स्वास्थ्यकर्मी उच्च जोखिममा छन् भन्ने महसुस भयो : धनकुटा अस्पताल प्रमुख

जिल्ला अस्पताल धनकुटामा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अहिले अस्पताल सिल अवस्थामा छ।

आइतबार अस्पतालका दुई नर्स र प्यारामेडिकलका दुई स्वास्थ्यकर्मीमा भाइरसको संक्रमण रहेको पुष्टि भएपछि धनकुटामा सन्त्रास फैलिएको छ।

अस्पताल सिल गरी सबै स्वास्थ्यकर्मी आइसोलेसनमा बसेका छन्। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा भाइरसको संक्रमण देखिएपछि सर्वसाधारण चिन्तित बनेका छन्।
स्वास्थ्यकर्मी नै जोखिममा रहेकाले सबैको स्वास्थ्य परीक्षण नगरिएसम्म कोरोना भाइरसको त्रास ताथ डर कम नहुने जिल्ला अस्पताल धनकुटाका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पुजन विश्वकर्माले बताए।

कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भए पनि स्वास्थ्यकर्मीको अवस्था भने सामान्य रहेको डा. विश्वकर्माले जानकारी गराए।

‘स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि जोखिम सबैलाई उत्तिकै रहेछ भन्ने महसुस भएको छ आफू पनि बचौं अरुलाई पनि बचाउ भन्दाभन्दै भएन,’ प्रमुख विश्वकर्माले भने, ‘स्वास्थ्यकर्मी नै स्वस्थ रहेनन् भने काम गर्न सकिँदैन । स्वास्थ्यकर्मी उच्च जोखिममा छन्, मास टेस्टिङ नभएसम्म सुरक्षित महसुस गर्ने अवस्था छैन।’

अस्पताल सिल गरिएपछि अस्पतालमा नयाँ बिरामी आएका छैनन्। संक्रमण देखिएका चार जना स्वास्थ्यकर्मीलाई विराटनगरस्थित कोसी अस्पताल पठाइएको छ।

कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भए पनि स्वास्थ्यकर्मीको अवस्था भने सामान्य रहेको डा. विश्वकर्माले जानकारी गराए।

आफ्ना सहकर्मी र साथीभाइमा भाइरसको संक्रमण देखिएपछि डा. विश्वकर्मा स्वयं अस्पताल परिसरभित्र आइसोलेसनमा बसेका छन्।

सँगै काम गरिरहेका स्वास्थ्यकर्मीमा भाइरस संक्रमण पोजेटिभ देखिएपछि आफूहरू जोखिम रहेछु भन्ने महसुस अन्य स्वास्थ्यकर्मीले पनि गरेका छन्।

‘स्वास्थ्यकर्मीलाई कत्तिको जोखिम रहेछ भन्ने कुरा बुझेको छ। । भाइरसले स्वास्थ्यकर्मी तथा सर्वसाधारण कसैलाई छोड्दैन रहेछ,’ डा. विश्वकर्मा भन्छन्, ‘अरुलाई भन्दा स्वास्थ्यकर्मीलाई झन् गाह्रो रहेछ।’

धनकुटामा अहिले चार स्वास्थ्यकर्मीसहित ७ जनामा कोरोनाको संक्रमण रहेको पुष्टि भएको छ।

त्यसमा चार स्वास्थ्यकर्मी, एकजना स्वास्थ्यकर्मीका परिवार र दुई प्रहरी रहेका छन्।

स्वास्थ्यकर्मीमा भाइरसको संक्रमण देखिएपछि अस्पतालमा कार्यरत ६३ स्वास्थ्यकर्मी सहित अन्य २२ गरी ८५ जनाको स्वाब परीक्षण गरिएको छ।

धनकुटामा बुधबार थप एक जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ। संक्रमित अहिले धनकुटा अस्पतालको आइसोलेसनमा छन्। अस्पताल प्रमुख विश्वकर्माका अनुसार उनलाई आज बिहीबार विराटनगर पठाउने तयारी भइरहेको छ।

धनकुटामा अहिले चार स्वास्थ्यकर्मीसहित ७ जनामा कोरोनाको संक्रमण रहेको पुष्टि भएको छ।

संक्रमित स्वास्थ्यकर्मी तथा अन्य सर्वसाधारणको कन्ट्याक्ट ट्रेसिङ भइ नसकेकाले स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण कसरी भयो भन्ने कुरा बाहिर आउन सकेको छैन।
डा. विश्वकर्माले भने, ‘स्वास्थ्यकर्मीमा भाइरसको संक्रमण बाहिरबाट आएको भनेर सहजै अनुमान लगाउन सकिन्छ।’

लकडाउन तथा क्वारेन्टाइनको नियम पालना राम्ररी नहँुदा कोरोना भाइरसको संक्रमण फैलिएको उनको ठम्याइ छ।

‘क्वारेन्टाइन र लकडाउनको पालना नहुँदा यो अवस्था आएको हो, सबैको स्वास्थ्य परीक्षण नगरिएसम्म भाइरसको जोखिम कम हुँदैन,’ उनले भने।

स्वास्थ्यकर्मीमा भाइरसको संक्रमण देखिँदा अस्पताल सिल गरिएको हुँदा अस्पतालका सबै सेवा बन्द भई थप समस्या भएको भन्दै विश्वकर्माले केन्द्र सरकारको निर्देशनअनुसार काम गरी वैकल्पिक अस्पतालको व्यवस्था गर्नेबारे छलफल भइरहेको बताए। ‘अस्पताल सिल गरिएपछि सबैलाई समस्या भएको छ, यो समस्या समाधानका लागि वैकल्पिक अस्पतालको व्यवस्था गरी बाहिरबाट स्वास्थ्यकर्मी मगाएर पनि सेवा दिन्छौं,’ अस्पताल प्रमुख विश्वकर्माले भने।

स्वास्थ्यकर्मीमा भाइरसको संक्रमण देखिएपछि काममा फर्किन मनोवैज्ञानिक रूपमा गाह्रो तथा समस्या हुने हुँदा त्यसका लागि उनीहरूलाई प्रेरणा र उत्साह दिनु आवश्यक रहेको उनले बताए।

अस्पतालमा कार्यरत ६३ स्वास्थ्यकर्मीमध्ये संक्रमित चारैलाई कोसी अञ्चल अस्पताल पठाइएको छ भने बाँकी धनकुटा जिल्ला अस्पतालको परिसरभित्र क्वारेन्टाइनमा बसेका छन्। ‘क्वारेन्टाइनमा बसेका स्वास्थ्यकर्मीको एक चरणको स्वास्थ्य परीक्षण भएर दोस्रो चरणको लागि तयारी भइरहेको छ, स्वास्थ्यकर्मीको क्वारेन्टाइनको फेज सकिएपछि नयाँ ढंगले अस्पताल सञ्चालन गर्छौं,’ उनले भने।

धनकुटा जिल्ला अस्पतालले अहिले ५ आइसोलेसन बेड सञ्चालनमा ल्याएको छ। अस्पतालमा जम्मा १५ बेडमात्र छन्। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण देखिएपछि अस्पतालभित्र थप सुरक्षा सतर्कता अपनाइएको प्रमुख विश्वकर्माले जानकारी दिए।

स्वास्थ्य जनशक्तिमाथि चुलिँदो संकट : नेपालमा दुई चिकित्सक, पाँच नर्स र तीन स्वास्थ्यकर्मीमा कोरोना

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कोरोना संक्रमणबाट जोगिन स्वास्थ्यकर्मीले ख्याल गर्नुपर्ने स-साना कुरा

 

हालको कोरोना विश्वमहामारीबाट आफू र आफ्नालाई जोगाउन तपाईँलाई एन९५ माष्कभन्दा पनि साबुन पानी सहितको सामान्य ज्ञान वा चेतनाको खाँचो रहेको छ ।

सफा नगरिएको हातले मुख छुने, माष्कलाई तल सारेर खाना खाने तथा अघिल्लो भागमा च्यापेर माष्कलाई यताउता मिलाउने लगायतको कार्य गर्ने तपाईँको पनि बानी छ भने तपाईँ सायद संक्रमित भैसक्नु भएको छ ।

कोरोना भाइरसबाट तपाईँ आफू र आफ्नालाई सुरक्षित राख्न तल उल्लेखित सुझावहरुलाई पछ्याउनु होस् :
१. सबैभन्दा पहिला तपाईँले के बुझ्न जरुरी छ भने नजिकको दूरीमा यस भाइरस हावामार्फत संचारित हुन्छ । यस जानकारीको आधारमा तपाईँको हरेक कदममा सावधानीसहित सुधार आउन जरुरी छ ।

२. तपाईँ आरामका साथ बस्नुहोस् अनि पत्रपत्रिकामा छापिएका मृत्युको संख्यालाई राम्रोसँग बुझ्नुहोस् ।

संक्रमितमध्ये अधिकांशमा यस भाइरसले लक्षण नदेखाउन सक्छ । कल्पना गरौं कि यस भाइरसलाई १०० जना ब्यक्तिहरुको नाकमा छर्किइएको छ ।

करिब ६० जनामा भाइरसको लक्षण कहिल्यै देखा नपर्न सक्छ भने बाँकी ४० मध्येका २० जना अस्पताल भर्ना हुनुपर्ने गरी सिकिस्तरुपमा थलो पर्दछन् । भने यसरी भर्ना भएका २० मध्येको एक जनाको मृत्यु हुनसक्छ । अस्पतालले ‘केश फेटालिटी रेट’ (घटना मृत्यु दर) लाई पाँच जनामा एक अर्थात पाँच प्रतिशत भनेर जानकारी दिन्छ ।

के नबिर्सनुस् भने भाइरस छरिएका १०० मध्ये २० जनामात्र स्वास्थ्य परिक्षण गर्न अस्पताल पुगका छन् । यहाँ संक्रमितहरुको मृत्युको बास्तविक जोखिम अर्थात ‘इन्फेक्सन फेटालिटी रेट’ १०० जनामा एकमात्र हुन्छ । ‘एसिम्टोमेटिक इन्फेक्स रेट’ अर्थात लक्षण नदेखिएको ब्यक्तिहरुमा संक्रमणको मात्रा बारे कसैलाई थाहा नहुने हुनाले यसबारेको तथ्यांक पत्ता लगाउन निकै कठिन हुन्छ । तर हालको कोरोना संक्रमणको लागि सो तत्यांक आँकलन गरिएको छ, जुन गणितज्ञहरुका अनुसार ०.५ प्रतिशत मात्रै रहेको छ ।

स्वास्थ्य सेवा कार्यकर्ता वा स्वास्थ्यकर्मी भएको कारण के तपाईँ अन्य सामान्य मानिसको तुलनामा भाइरस संक्रमण वा जटिल समस्याको उच्च जोखिममा हुनुहुन्छ ? सायद हुुनुहुन्न ।

३. स्वास्थ्य सेवा कार्यकर्ता वा स्वास्थ्यकर्मी भएको कारण के तपाईँ अन्य सामान्य मानिसको तुलनामा भाइरस संक्रमण वा जटिल समस्याको उच्च जोखिममा हुनुहुन्छ ? सायद हुुनुहुन्न ।

सबै जटिल समस्याहरु तपाईँको शरिरभित्र प्रवेश गरेको भाइरसको संख्याभन्दा पनि तपाईँको उमेरमाथि निर्भर रहन्छ । कोरोना भाइरसको लक्षण देखाएका तथा नदेखाएका संक्रमितहरुको ‘स्वाब’ परिक्षण गर्दा उनीहरुको शरिरभित्र प्रवेश भएका भाइरसको संख्यामा खासै ठूलो भिन्नता पाइएको छैन ।

४ खोक्दा वा हाछिँउ गर्दा मुख वा नाकबाट निस्कने -याल, खकार वा सिँगानबाट विभिन्न प्रकारका कणहरु बाहिर निस्कन्छन् जसमध्ये सबैभन्दा ठूलो छिटाको आकार ५–१० माइक्रोमिटरभन्दा ठूलो हुन्छन् र तौलको कारण यो कण ३–६ फिटभन्दा टाढा पुग्न सक्दैन । यस्तो खालको संचारलाई ‘ड्रपलेट ट्रान्समिशसन’ (छिटाको संचार) भनिन्छ । यस्ता साना छिटाहरु हावामा लामो समयसम्म रहन्छन् ।
अब डरलाई पन्छाउनुहोस् अनि रक्षात्मक उपायबारे शान्त तथा स्पष्टरुपमा सोच्नुहोस् ।

फोन गर्दा वा उठाउँदा, साथीहरुसँग बोल्दा वा ओपिडीबाट बाहिर निष्कँदा लगाइरहेको माष्कलाई तल झार्ने काम नगर्नुहोस् । माष्कको प्रयोग गर्दा शास फेर्न कठिनाइ भयो भन्ने काम पनि नगर्नुहोस् (गाह्रो हुन्छ तर सम्झौता गर्नुपर्छ) ।

५. सबैभन्दा पहिला कुन अवस्थामा कस्तो माष्कको प्रयोग गर्ने भन्नेबारे स्पष्ट हुनुहोस् ।

अस्पतालको ओपिडीमा कार्यरत रहँदा वा बिरामीहरुको निगरानीमा वरपर टहल्दा सर्जिकल माष्कको प्रयोग गर्नुहोस् । त्यसैगरी, बिरामीहरुबाट ¥याल वा सिँगानको छिटा निष्कने उपचारको विधी संचालनमा संलग्न हुँदा वा नजिकै रहँदा एन९५ माष्क लगाउनुहोस् र आफ्नो शरिरबाट निष्कने छिटाको संचारलाई रोक्न समुदायमा भने सामान्य कपडाको माष्कको प्रयोग नै पर्याप्त हुन्छ । आफूसँग भएको श्रोतलाई प्रभावकारीरुपमा बुद्धिमताका साथ उपयोग गर्नुहोस् । अझ संकटको अवस्थामा तपाईँलाई यिनीहरुको आवश्यकता आवश्यक हुनसक्छ ।
सर्जिकल माष्कको प्रभावकारीतालाई अवमूल्यन नगर्नुहोस् । यि माष्कहरु इन्ट्युमेशन (मुखमाट नली छिराएर गरिने उपचार विधी) को लागि पनि प्रभावकारी पाइएको छ ।

७. फोन गर्दा वा उठाउँदा, साथीहरुसँग बोल्दा वा ओपिडीबाट बाहिर निष्कँदा लगाइरहेको माष्कलाई तल झार्ने काम नगर्नुहोस् । माष्कको प्रयोग गर्दा शास फेर्न कठिनाइ भयो भन्ने काम पनि नगर्नुहोस् (गाह्रो हुन्छ तर सम्झौता गर्नुपर्छ) ।

८. चिया पिउन वा अन्य कामका लागि माष्क खोल्न परेको अवस्थामा माष्कको तल्लो धागोमा समातेर निकाल्नुस् । माष्कको अगाडीको भागमा कहिल्यै नछुनुहोस् । माष्क फुकालेर अगाडीको भाग तलपट्टि पारी टिसु पेपरले छोपेर ड्रयरभित्र राख्नुहोस् । माष्क खोलेपछि वा फेरी लगाएपछि हातलाई राम्रोसँग सफा गर्नुहोस् ।

९. आफू र आफ्नो वरपरका सबैले माष्कको प्रयोग गरेको सुनिश्चित गर्नुहोस् । यदि तपाईँसँग कुरा गर्न तपाईँको नजिकको ब्यक्तिले माष्कलाई तल सारे (आरामको लामो साससहित) भने उनले अबको पाँच मिनेटभित्र हावामा तीन हजार कणहरु निकाल्न तैयार छन् भनेर बुझ्नुपर्छ । त्यसैले उनले त्यसो गर्नुअघि तपाईँ त्यहाँबाट हिँड्नु नै बुद्धिमानी हुन्छ ।

१०. नाक वा मुखलाई खुल्ला राखेर माष्कको प्रयोग गरिरहेका ब्यक्तिहरुको नजिक नजानुहोस् । उनीहरुसँग टाढैबाट संचार गर्नुहोस् ।

११. क्याण्टिन वा सामूहिक खाना खाने मेसमा नजानुहोस् । या त आफ्नो लागि छुट्टै खानेकुरा मगाउनुहोस् या आफ्नो लागि घरैबाट खाना बोकेर जानुहोस् र कोठामा अलग्गै बसेर खानुहोस् । आफ्ना नर्स वा अन्य स्वास्थ्यकर्मी साथीहरुलाई पनि कोठामा अलग्गै बसेर खानको लागि आग्रह गर्नुहोस् । खाना चपाउँदा कसैसँग पनि नबोल्नुहोस् ।

तपाईँले पनि सहकर्मीहरुको अवस्थामाथि ध्यान दिइ आवश्यक प्रतिक्रिया दिनु होस् । उनीहरु संक्रमित नहुनु भनेको तपाईँ पनि सुरक्षित रहनु हो ।

१२. हरेक बिरामीको स्याहारपछि हातको सरसफाइ तथा स्वच्छता कायम गर्नुहोस् । सहकर्मीहरुलाई आफूमाथि निगरानी राख्न अनुरोध गर्नुहोस् । भने तपाईँले पनि सहकर्मीहरुको अवस्थामाथि ध्यान दिइ आवश्यक प्रतिक्रिया दिनु होस् । उनीहरु संक्रमित नहुनु भनेको तपाईँ पनि सुरक्षित रहनु हो ।

१३. ओपिडी कक्षभित्र हावालाई बाहिर फ्याँक्ने किसिमको पंखा लगाउनु होस् भने कोठाभित्र हावाको भित्रीबाहिरी बहावलाई कायम राख्नुहोस् । एसीको तापक्रमलाई तपाईँले सहनसक्नेसम्मको उच्च राख्नुहोस् । शौचालयमा पनि हावालाई बाहिर फ्याँक्ने किसिमको पंखा लगाउनुहोस् ।

१४. कोरोना आँखाबाट शरिरभित्र छिर्ने हुनाले अस्पताल पुग्नासाथ आँखामा भिजर (आँखा छोप्ने यन्त्र) तथा फेश सिल्ड (अनुहार ढाक्ने यन्त्र) को प्रयोग गर्नुहोस् । आफ्ना
सहकर्मीहरुसँग कुरा गर्दा पनि यि यन्त्रहरु ननिकाल्नुहोस् ।

१५. सकेसम्म लिफ्टको प्रयोग नगरी भर्याङ चढ्नुहोस् । यदि लिफ्टको प्रयोग गर्नुपरेमा सामाजिक दूरीको पालना गर्दै भित्तातिर फर्कनुहोस् ।

१६. बिरामी, आफन्त तथा कुरुवाहरुलाई माष्कको प्रयोग गर्न सधै कर गर्नुहोस् ।

(भारत केरलास्थित जिमकेयर हस्पिकटलका संक्रामकरोग विशेषज्ञ डा. राकेश टि पराकदाभाथुले तयार पाएर चिकित्सा समुदायमा सर्कुलर गरिएको सामग्रको अनुवाद)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कोरोना जोखिमले तेस्रो अन्तर्राष्ट्रिय बाैद्ध सम्मेलन स्थगित, दीप प्रज्वलन गरिने

बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा लुम्बिनी विकास कोषले मायादेवी मन्दिर परिसरमा दिप प्रज्वलन गर्दै सामाजिक दूरी कायम गरी २५६४‌औं बुद्ध जयन्त मनाउने भएको छ।

कोषले बौद्ध भिक्ष/भिक्षुणी तथा लामा गुरुहरूबाट प्रार्थना, पूजापाठ र २५ सय ६४ वटा दीप प्रज्वलनको कार्यक्रम राखेको जानकारी दिएको हो।

२५६४औं बुद्ध जयन्ती भएकाले त्यत्तिकै संख्यामा दीप प्रज्वलन गरिने बताइएको छ। कोषले बौद्धमार्गीलाई आ-आफ्नो स्थानमा सुरक्षित रही प्रार्थना एवम् पाठपूजा गरी बुद्धजयन्ती मनाउन अपिल गरेको छ।

हरेक वर्षको बुद्ध पूर्णिमाका दिन लुम्बिनीमा कम्तीमा दश हजार जनाको जमघट हुने गरेको कामु सदस्य सचिव राईले जानकारी दिए।

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण लुम्बिनीमा हुने तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन स्थगित गरिएको कोषले बताएको छ।

लुम्बिनी विकास कोषले बिहीबार एक विज्ञप्ति जारी गर्दै वैशाख २५ गतेका लागि तय भएको २५६४औं बुद्ध जयन्ती मूल समारोह र त्यसको दुई दिनअघि सुरु हुने तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका कार्यक्रम स्थगित भएको जानकारी दिएको हो।

लकडाउनका कारण विगत वर्षहरूमा जस्तो हजारौं संख्यामा मानिस भेला भई कार्यक्रम आयोजना गर्ने अवस्था नभएको कोषले जनाएको छ। तेस्रो, अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा समिति गठन गरिएको थियो।

सचिवालयसमेत स्थापना गरी सम्मेलनको तयारी भइरहेका बेला कोरोना महामारीका कारण कार्यक्रम स्थगित गर्नुपरेको कोषका कायममुकायम सदस्य सचिव ज्ञानिन राईले जानकारी दिएका छन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै