‘नोवेल’ कोरोनाभाइरसबारे भ्रम र यथार्थ

 

चीनमा फैलिरहेको कोरोनाभाइरस विश्व स्वास्थ्यकै निम्ति चुनौती बन्ने खतरा बढेको छ । युहान राज्यबाट निमोनियाको जस्तै लक्षणसहित सुरु भएको नयाँ भाइरसको संक्रमण संयुक्तराज्य अमेरिकासहित विश्वका ६ देशमा पुष्टि भइसकेको छ ।

भाइरसको संक्रमणबाट कम्तीमा १७ जनाको मृत्यु भएको र ५७० भन्दा बढी संक्रमित फेला परेको चिनियाँ अधिकारीले पुष्टि गरेका छन् । यद्यपि, यो संख्या अझै बढी रहेको अनुमान अन्तराष्ट्रिय विज्ञहरूको छ । सबै मृत्यु हुबेई प्रान्तमा भएको छ । चीन सरकारले युहान सहरलाई बन्द गरेको छ ।

नयाँ रोगलाई लिएर आम मानिसमा त्रास र केही जिज्ञासा छ । यस्ता जिज्ञासा हल गर्न स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोनाबारे सार्वजनिक गरेको प्रश्न र जवाफ जस्ताको तस्तै ।

नोबेल कोरोना भाइरस भनेको के हो ?
१. यो नयाँ प्रजातिको भाइरस हो जुन मानव जातिमा पहिले परिचाहन भएको थिएन । यस भाइरसले मानिस र पशुहरुमा संक्रमण गर्दछ । यस भाइरसले सामान्य रुघाखोकी देखि गम्भिर प्रकारको तीव्र श्वासप्रश्वास सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम ( सार्स) सम्म गराउन सक्दछ ।

२.के मानिसमा जनवारबाट नोवेल कोरोना भाइरस संक्रमित हुन सक्दछन् ?

नोवेल कारोना भाइरस जनावरबाट मानिसमा संक्रमित भएको कुनै वैज्ञानिक आधार हाल छैन ।

३. के नोवेल कारोना भाइरस र सार्स एउटै हुन् ?
सन् २००३ मा देखिएको सार्स र नोवेल कोरोनमा भाइरस एउटै प्रजातिका भाइरस हुन् । दुवै भाइरसले बिरामीलाई गभ्मिर बनाउन सक्दछन् । सबैभन्दा महत्वपुर्ण कुरा, नोवेल कोराना भाइरस मानिसहरुबीच सजिलै सर्न सक्दछ भनेर अझै पुष्टि भएको छैन ।

४. मानिस कसरी यो भाइरसबाट संक्रमित हुन सक्छ ?
मानिस कसरी यो भाइरसबाट संक्रमित भएका छन् भने विषयमा आजसम्म व्रज्ञानिक तवरले पुष्टि भएको छैन । हाल यस विषयमा अनुसन्धान भइरहेको छ ।

५. के यो एक व्यक्तिबाट अर्को व्यक्तिममा सर्न सक्दछ ?
अहिले निश्चिताका साथ भन्न सकिने अवस्था छैन । एउटै परिवारका सदस्यहरु बिरामी भएको पाइएकाले मानव–मानबीचमा सिमित तवरले सर्ने सम्भावना रहेको अनुमान गरिएको छ । तर, अझै मानिसहरुबीच सहजै सरेको हो भनेर पुष्टि भने भएको छैन । साथै परिवारका सदस्यहरु एकै स्रोतबाट संक्रमण भएको हुनसक्ने सम्भावना पनि रहेको छ ।

६. यस भाइरसको संक्रमणबाट कसरी बच्न सकिन्छ ?
समान्यतया यस भाइरस संक्रमण कसरी हुन्छ भन्ने बारेमा एकिन जानकारी छैन । तथापी, रुघा,खोकी तथा श्वासप्रश्वासका बिरामीको नजिक नजाने तथा हातको सरसफाइ नियमित गरेमा संक्रमणको सम्भावना कम रहन्छ ।

७.नोवेल कोराना भाइरका मुख्य लक्षण के हुन् ?
ज्वरो आउने, श्वासप्रश्वासमा अत्याधिक समस्या, रुघाखोकी लाग्ने, टाउको तथा जिउ दुख्ने लक्षण देखिन सक्छ । नोवेल कोराना भाइरस प्रभावित क्षेत्र तथा देशबाट आउने व्यक्तिमा दुई हप्ताभित्र रुघाखोकी लागेमा वा माथिका जस्ता लक्षण देखिएका तुरुन्त चिकित्सको सम्पर्कमा पुग्नुपर्दछ ।

८.नोवेल कोराना भाइरस लाग्नै नदिन के गर्ने ?
नियमित रुपमा साबुन पानीले हात धुने, खोक्दा र हाच्छ्यु गर्दा नाक र मुख छोप्ने, यदि फ्लु जस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने, फ्लु जस्तो लक्षण देखाउने जो कोहीले सम्पर्कबाट टाढा रहने, जंगली तथा घरेलु पशुपन्छीहरुसँग असुरक्षित सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु– अण्डा राम्रोसँग पाकेको मात्र खाने ।

९. के नोवेल कोराना भाइरस लागि उपचार सम्भव छ ?
नोवेल कोरानाभाइसले गर्दा हुने रोगको लागि कुनै खास उपचार छैन । यद्यपी यो भाइरसले निम्त्याएका धेरै लक्षणहरुको उपचार गर्न सकिन्छ । त्यसैले बिरामीको उपचार लक्षणको आधारमा गरिन्छ । साथै यस भाइरसको विरुद्द हालसम्म कुनै खोप उपलब्ध छैन ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै