बुटवल उपमहानगरमा ‘नगरप्रमुख ज्येष्ठ नागरिक घरदैलो अभियान’

बुटवल उपमहानगरपालिकाले ८० वर्ष पूरा भएका वृद्धवृद्धाको स्वास्थ्यपरीक्षण कार्यक्रम लागू गरेको छ । कार्यक्रममा चिकित्सकहरू ज्येष्ठ नागरिकको घरमै पुगेर निःशुल्क रूपमा स्वास्थ्य चेकजाच गर्ने गर्छन् । उक्त कार्यक्रमलाई नगरले ‘नगरप्रमुख ज्येष्ठ नागरिक घरदैलो अभियान’ नाम दिएको छ ।

नगरका वडाहरूलाई जिम्मेवार बनाउँदै वडाअन्तर्गतका स्वास्थ्यसंस्थाहरूलाई परिचालन गरिएको उपमहाननगरपालिकाकी जनस्वास्थ्य शाखाकी उपसंयोजक गीता पाण्डेले बताइन् । उनका अनुसार चिकित्सकको टोलीले वृद्धवृद्धाको प्रेसर, सुगरजस्ता सामान्य परीक्षण गर्ने गर्छ । यसका साथै वृद्धवृद्धाले झेलिरहेको स्वास्थ्य समस्याबारे बुझ्ने र साधारणखालका औषधिका साथै परामर्श दिने गरेको उनले बताइन् ।

घरदैलो अभियानको मुख्य आधार सामाजिक सुरक्षाभत्ताको सेवा लिने सूचीलाई लिई उपमहानगरले वृद्धवृद्धालाई भेट्ने गरेको पाण्डेको भनाइ छ । स्वास्थ्य टोलीमा स्टाफनर्स, सिनियर अहेव, अहेव, अनमी र महिला स्वास्थ्य स्वयंसेविका छन् । टोल विकास संस्था र महिला स्वास्थ्य स्वयंसेविकाले सेवाग्राहीको घर देखाउन सहयोग गरिरहेको पाण्डेले बताइन् ।

बुटवल उपमहानगरभित्र स्थायी बसोवास गर्नेलाई लक्षित गरी कार्यक्रम सुरु गरिएको भए पनि सम्पर्कमा आएका अस्थायी बासिन्दालाई समेत उक्त सेवा प्रदान गरिएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरका अनुसार यो सेवा ८० वर्ष उमेर नाघेका वृद्धवृद्धाले वर्षको तीनपटक पाउने व्यवस्था छ । कार्यक्रमलाई नियमित गर्नका लागि उपमहानगरले चालू आर्थिक वर्षका लागि पाँच लाख बजेट विनियोजन गरेको छ । वृद्धवृद्धाको पहिलो स्वास्थ्य परीक्षण अन्तिम चरणमा पुगेको पाण्डेले बताइन् । गत आर्थिक वर्षमा ९० वर्ष उमेरमाथिका वृद्धवृद्धाको घरमै पुगेर निःशुल्क स्वास्थ्यपरीक्षण सुरु गरेको बुटवल उपमहानगरले यसपटक ८० वर्षलाई आधार बनाएको हो ।

बुटवल उपमहानगरपालिकाका सामाजिक शाखाका ठगेश्वर पोख्रेलका अनुसार उपमहानगरभित्र ८० वर्ष उमेर पुगेका वृद्धवृद्धाको संख्या १ हजार २ सय ५२ छ ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

सुत्केरीभन्दा गर्भपतन गराउनेको संख्या बढी छ


डा. विपना कुँवर प्राथमिक स्वास्थ्यकेन्द्र, ताँहु पाल्पामा एक वर्षदेखि कार्यरत छिन् । स्वास्थ्यकेन्द्रमा मुख्यगरी मौसमअनुसारका बिरामी उपचारका लागि आउने गर्छन् । त्यसमा छिमेकी गाउँहरूमा रहेका स्वास्थ्यचौकीहरूबाट रेफर गरिएका बिरामी र ल्याब परीक्षण गर्नुपर्ने बिरामीको संख्या बढी छ । यसैगरी स्वास्थ्यकेन्द्रमा गर्भपतन सेवा र सुरक्षित सुत्केरी सेवा पनि उपलब्ध छ । प्रस्तुत छ, प्राथमिक स्वास्थ्यकेन्द्रको सेवा र जनस्वास्थ्यका विषयमा केन्द्रित रही केन्द्रकी निमित्त कार्यालय प्रमुख डा. विपना कुँवरसँग गरिएको कुराकानीको सारसंक्षेप ।

स्वास्थ्यकेन्द्रमा बिरामीको चाप कस्तो छ ?
यहाँ आउने बिरामी भनेका मौसमअनुसार प्रभावित बिरामी हुन् । मौसमी भाइरल, झाडापखाला, दमका साथै हाइपोटेन्सन, मधुमेह र ल्याब सेवाका लागि आउने बिरामी बढी छन् । हामीकहाँ छिमेकका क्षेत्रमा रहेका स्वास्थ्यचौकीले रेफर गरेका बिरामीको चाप हुने गरेको छ ।

स्वास्थ्यकेन्द्रले पुर्याउने स्वास्थ्य सेवा के–के हुन् ?
स्वास्थ्यकेन्द्रले गर्ने भनेको सामान्यखालका सबै बिरामीको स्वास्थ्यपरीक्षण हो । त्यसका साथै हामीकहाँ परिवारनियोजनको आइयुसिडी, इनप्लान्ट सेवा, सुरक्षित सुत्केरी, गर्भपतन सेवा, ल्याब सेवा, इसिजी सेवा उपलब्ध छन् । स्वास्थ्यकेन्द्र भएको हुँदा तीन बेडको चौबिसघण्टे इमर्जेन्सी सेवा छ ।

स्वास्थ्यकेन्द्रमा सुत्केरी र गर्भपतन सेवा लिनेको संख्या हाराहारीमा छ । गत आर्थिक वर्षको कुरा गर्दा हामीकहाँबाट ६३ जना सुत्केरी भएको रेकर्ड छ भने ६४ जनाले गर्भपतनको सेवा लिएको अवस्था छ । यो अवस्था सामान्य हो जस्तो लाग्दैन ।

स्वास्थ्यकेन्द्रमा किशोर–किशोरीले लिने स्वास्थ्यसेवाको अवस्था कस्तो छ ?
हामीले किशोरमैत्री स्वास्थ्यसेवा प्रवाह गरिरहेका छौँ । किशोर–किशोरीलाई अनुकूल हुने गरी सेवा दिने भएको हुँदा कार्यक्रमको नाम त्यसरी दिइएको हो । कार्यालय समयमा स्वास्थ्यकेन्द्रमा मात्र नभई अरू समय र गोप्य स्थानमा भेटेरसमेत सेवा दिने व्यवस्था गरेका छौँ । हामीकहाँ उनीहरूलाई जानकारी दिने उद्देश्यले टेलिभिजन र स्वास्थ्यशिक्षा सामग्री राखिएको किशोर–किशोरी कर्नरको पनि व्यवस्था छ । स्वास्थ्योपचार सेवा लिन आउने गरे पनि किशोर–किशोरीले उक्त कर्नरबाट भने खासै फाइदा लिन सकेका छैनन् ।

स्वास्थ्यकेन्द्रमा सुरक्षित सुत्केरी र गर्भपतन गराउन आउनेको संख्या कस्तो छ ?
स्वास्थ्यकेन्द्रमा सुत्केरी र गर्भपतन सेवा लिनेको संख्या हाराहारीमा छ । गत आर्थिक वर्षको कुरा गर्दा हामीकहाँबाट ६३ जना सुत्केरी भएको रेकर्ड छ भने ६४ जनाले गर्भपतनको सेवा लिएको अवस्था छ । यो अवस्था सामान्य हो जस्तो लाग्दैन । यो स्वास्थ्यकेन्द्रले ९ हप्तासम्मको गर्भपतन सेवा दिँदाको अवस्था हो ।

सुत्केरीकै हाराहारीमा गर्भपतन गराउन आउनुमा के–कस्ता कारण छन् जस्तो लाग्छ ?
सेवाग्राहीसितको सोधपुछ र कुराकानीमा अत्यधिक मात्रामा नचाहँदानचाहँदै, झुक्किएर गर्भ रहन गएको भनाइ आउने गरेको छ । सानै उमेरमा आमा बन्ने र बच्चा बढी भइसकेपछि अर्को बच्चा नचाहनेहरू पनि भेटिने गरेका छन् । अर्को कुरा भनेको विवाहित जोडी रोजगारीका लागि बिदेसिनुका साथै विभिन्न कारणले सँगै नरहने, २–३ वर्षमा एकपटक मात्र भेट हुने, परिवारनियोजनका साधनको प्रयोगमा बानी नहुुँदा, साधन प्रयोगको ज्ञान नहुँदा गर्भ रहने गरेको पनि हुन सक्छ । यसले गर्दा पनि गर्भपतन गराउने बढेका हुन् भन्ने लाग्छ ।

गर्भपतनसेवा लिनेहरूलाई परामर्श पनि दिने गरिएको छ कि ?
हो, पक्कै पनि छ । सानो उमेरमा गर्भवती हुँदा, छिटो–छिटो गर्भवती हुँदा हुने असरबारे जानकारी दिने गरेका छौँ । यसका साथै परिवारनियोजनका साधनको प्रयोग गर्न, स्थायी बन्ध्याकरणलाई प्राथमिकता दिनका लागि परामर्श दिने गरेका छौँ ।

स्वास्थ्यकेन्द्रका मुख्य समस्या के छन् ?
स्वास्थ्यकेन्द्र ताँहु बजारदेखि केही मिटर तल रहेको हुँदा यहाँसम्म आउनका लागि सानो गाडीलाई अप्ठ्यारो हुने गरेको छ । सुत्केरी गराउन र भएका महिलाका साथै अशक्तहरूलाई सडकका कारण अप्ठ्यारो हुने गरेको छ । त्यसैगरी हिउँद लागेसँगै स्वास्थ्यकेन्द्रमा पानीको अभाव सुरु भएको छ । स्वास्थ्यकेन्द्रमा एम्बुलेन्ससेवा पनि नभएको हुँदा बिरामीले भनेको समयमा उपचार पाउन सकिरहेका छैनन् ।

डा. विपना कुँवर प्राथमिक स्वास्थ्यकेन्द्र, ताँहु, पाल्पामा कार्यरत हुनुहुन्छ

प्रस्तुति : कृष्ण मल्ल

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

डेंगु सार्ने लामखुट्टेको वासस्थान खोज्दै तिलोत्तमा नगरपालिका, ‘डेंगु खोज र नष्ट गर’ अभियान तीव्र


रुपन्देहीमा डेंगुबाट ५५ जना प्रभावित भएपछि डेंगु प्रभावित नगरपालिकाहरूले सचेतना अभियान सञ्चालन गरेका छन् । प्रभावितमध्ये सबैभन्दा बढी बुटवल र त्यसआसपासका नगरपालिकाका बासिन्दा देखिएपछि ती नगरमा अभियान सुरु गरिएको हो ।
बढी सहरीकरण भएका वडामा अभियान केन्द्रित गरी डेंगु सार्ने लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट अभियान सुरु गरिएको तिलोत्तमा नगरपालिकाले जनाएको छ । अभियानको उद्घाटन नगरका मेयर वासुदेव घिमिरेले शंकरनगर चोकबाट गरेका छन् ।


अभियानमा जनप्रतिनिधि, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधि, कर्मचारी, सुरक्षकर्मी, स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्थाका पदाधिकारीलगायतको सहभागिता छ । अभियानअन्तर्गत २ दिनसम्म घर–घरमा पुगेर डेंगु रोगबारे सचेत गराइने नगरपालिकाका स्वास्थ्य शाखा संयोजक काशीनाथ बन्जाडेले बताए । स्वास्थ्य शाखाले डेंगु ज्वरोबारे सचेतना अभिवृद्धिका लागि पर्चासमेत वितरण गरेको छ । यसअघि बुटवल उपमहानगरले पनि स्वास्थ्य स्वयंसेविका र टोल विकास संस्थालाई परिचालन गरी ‘डेंगु खोज र नष्ट गर’ अभियान चलाएको थियो ।

डेंगु लागिसकेपछि बिरामीको टाउको असाध्यै दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेका दागहरू देखापर्ने, बेहोस हुने आदि लक्षण देखापर्ने उनले जानकारी दिए ।

कात्तिकदेखि मंसिरसम्म डेंगुरोगको जोखिम बढी रहने भएकाले यो समयमा बढी सावधानी अपनाउन जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीले अनुरोध गरेको छ । केही वर्षअघि रूपन्देहीमा डेंगुले महामारीको रूप लिएको थियो ।


स्वास्थ्य शाखा संयोजक बन्जाडेले एडिस एजिप्टाई लामखुट्टे कालो रङको हुने र त्यसमा सेतो थोप्लो पनि देखिने बताए । डेंगु लागिसकेपछि बिरामीको टाउको असाध्यै दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेका दागहरू देखापर्ने, बेहोस हुने आदि लक्षण देखापर्ने उनले जानकारी दिए ।

उनले डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्नेमा जोड दिए । एडिस जातको लामखुट्टेको वृद्धि रोक्न पानी जम्न सक्ने भाँडा, गमला, फुलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, टायर आदिमा पानी जम्न दिन नहुने उनले बताए ।
यस्तै, पानीट्यांकीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने, कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक–दुई चम्चा मट्टितेल हालिदिने तथा जम्मा भएको पानी सफा गर्ने, फूलदानीमा रहेको पानी हप्तामा दुईपटक फेर्ने गरेमा लामखुट्टेले फुलपार्न नसक्ने उनले जानकारी दिए ।
सहरी क्षेत्रमा बढी देखिने एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगुरोग भाइरल ज्वरोका रूपमा देखापर्ने स्वास्थ्यकर्मी बताउँछन् । जनस्वास्थ्य कार्यालय, रूपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ साहले एडिस एजिप्टाई नामक लामखुट्टेको प्रजनन क्षमता फोहोर पानीमा भन्दा सफा पानीमा क्रियाशील हुने भएकाले यो रोगको जोखिम सहरी क्षेत्रमा बढी हुने गरेको बताए ।


तिलोत्तमा नगरपालिकाले जनप्रतिनिधि र स्वास्थ्यसंस्थाका प्रमुखहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै भेक्टर कन्ट्रोल निरीक्षक साहले वर्षाको पानी जम्ने टिनका डब्बा, रङका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, फूलदानी, गमला, पानीट्ंयाकी आदिमा एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले फुल पार्ने बताए ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

बर्दघाट नगरले ल्यायो ४ एम्बुलेन्स, सञ्चालन जिम्मा वडाध्यक्षहरूलाई

बर्दघाट नगरपालिका नवलपरासी पश्चिमले बिरामीको सुविधाका लागि एम्बुलेन्स सेवा सुरू गरेको छ । नगरवासीको स्वास्थ्यलाई मध्यनजर गरी नगरपालिकाले चारवटा एम्बुलेन्समार्फत सेवाप्रवाहको थालनी गरेको बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले बताए ।
नगरपालिकाका सबै वडालाई पायक पर्ने गरी एम्बुलेन्स सेवाको व्यवस्थापन गरिएको नगरप्रमुख शर्माले बताए । चारवटा एम्बुलेन्स खरिद गरी सञ्चालन गर्ने निर्णय गतवर्षको नगरसभाले गरेको थियो ।
साबिकको चारवटा गाविसलाई केन्द्रविन्दु बनाई एम्बुलेन्स सुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी गिरीले जानकारी दिए । उनका अनुसार सम्बन्धित वडाका वडाध्यक्ष एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितिको संयोजक रहनेछन् भने त्यहाँ रहेको हस्पिटल वा स्वास्थ्यचौकी ती एम्बुलेन्सका स्टेसन हुनेछन् ।
साबिकको माकर गाविसको चिसापानी हस्पिटलमा एउटा एम्बुलेन्स रहने र उक्त एम्बुलेन्सको व्यवस्थापनको संयोजन जिम्मा वडा नं. २ का वडाध्यक्षलाई हुनेछ । पञ्चनगर गाविसको भुताहामा रहेको स्वास्थ्यचौकीमा रहने अर्को एम्बुलेन्सको जिम्मेवारी ९ नम्बर वडाका वडाध्यक्षको हुनेछ । वडा नं. १३ मा पर्ने साबिकको जहदा गाविसको स्वास्थ्यचौकीमा अर्को एम्बुलेन्स रहनेछ । साबिकको दाउन्नेदेवी गाविसको स्वास्थ्यचौकीमा पर्ने एम्बुलेन्स सञ्चालनको जिम्मा वडा नं १४ का वडाध्यक्षको छ । ती समितिले एम्बुलेन्स सञ्चालनको व्यवस्थापनका साथै आय–व्ययसमेत राख्नेछन् । एम्बुलेन्स प्रयोग गरेबापत प्रतिकिलोमिटर ४० रूपैयाँ दररेट राखिएको छ । त्यसमा नगरपालिकाभित्रका स्थायी बासिन्दा भए २५ प्रतिशत छुट दिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको जनस्वास्थ्य सेवा प्रमुख कृष्णहरि पौडेलका अनुसार बर्दघाट नगरपालिकाभित्र १५ बेडको चिसापानी अस्पताल, अर्को १५ बेडको सहिदस्मृति सामुदायिक अस्पताल, ४ वटा स्वास्थ्यचौकी, एउटा सहरी स्वास्थ्यकेन्द्र र एउटा सामुदायिक स्वास्थ्य एकाइ छन् ।
साबिकको माकर, पञ्चनगर, दाउन्नेदेवी, जहदा गाविसका साथै धुरकोट र जमुनिया गाविसका दुई–दुईवटा वडालाई एकीकृत गरी बर्दघाट नगरपालिका बनेको थियो । १६ वडा रहेको बर्दघाट नगरपालिकामा १२ हजार ७८ घरधुरी र ६१ हजार ४ सय ७२ जनसंख्या छ । पूर्व–पश्चिम राजमार्गको १६ किलोमिटर क्षेत्र यसै नगरपालिका क्षेत्रमा पर्दछ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

रक्तदानमा गृहिणीदेखि तेस्रोलिंगीसम्म

लुम्बिनी अञ्चल अस्पताल बुटवलको प्रसूति वार्डमा रहेकी एक महिलाका लागि ‘ओ नेगेटिभ’ रगत चाहियो । उक्त दुर्लभ समूहको रगत रक्तसञ्चार केन्द्र बुटवलमा थिएन । त्यहाँका कर्मचारीले रगत खोज्न आउने व्यक्तिलाई कृष्ण चौहान क्षेत्रीको सम्पर्क नम्बर दिए । चौहानले ती प्रसूति हुने महिलाका लागि रगतको व्यवस्थापन गरिदिए । उनका लागि चितवन घर भई बुटवलमा व्यवसाय गर्दै आएका एक व्यवसायीकी श्रीमती गोमा पोख्रेल श्रेष्ठले रक्तदान गरिन् । गृहिणी गोमा मात्र होइन, बुटवलमा तेस्रोलिंगीहरू पनि रक्तदान कार्यक्रममा सहभागी हुने गरेका छन् । यसले बुटवलमा रक्तदान संस्कार बढ्दै गएको देखाउँछ ।

नेपाल नियमित रक्तदाता समाज बुटवलका अध्यक्ष चौहानले दुर्लभ रगतको व्यवस्थापनका लागि दुर्लभ रगत भएका व्यक्तिको नाम र सम्पर्क नम्बरसहितको सूची बनाएका छन् । समाजले ब्लड बैंकमा स्टकका रूपमा नहुने दुर्लभ रगतको व्यवस्थापन उक्त सूचीमा रहेका व्यक्तिलाई बोलाई गर्दै आएको छ । गोमा पनि उक्त सूचीमा सूचीकृत व्यक्ति हुन् । उनले आइतबार दोस्रोपटक रक्तदान गरेकी हुन् । सुत्केरी हुने महिलाका लागि रगत चाहिएको खबर पाएपछि आफूले रक्तदान गरेको गोमाले बताइन् । ‘समाजसेवा गर्ने इच्छा सानैदेखि थियो,’ गोमाले भनिन्, ‘आफूले जे सकिन्छ, त्यही दिने हो, मैले रगत दिन सकेँ, दिएँ ।’


नेपाल नियमित रक्तदाता समाज बुटवलमा ०६९ मा गठन भएको समाजका अध्यक्ष चौहान बताउँछन् । चौहान र उनीनेतृत्वको स्वयंसेवी रक्तदान समाजले अहिलेसम्म बुटवलमा रगत अभाव हुन दिएको छैन । ‘रगत नपाए बुटवल जानू’ भन्ने नाराका साथ समाजले काम गरिरहेको चौहान बताउँछन् । उनी भन्छन्, ‘यहाँ दुर्लभ (नेगेटिभ) रगत पाउन अलि समस्या छ, तर हामीले व्यवस्थापन गरेका छौँ ।’ चाहिएको अवस्थामा हाम्रो सम्पर्कमा रहेका २ सय ५० जनाबाट नेगेटिभ रगत व्यवस्थापन गर्ने गरेको चौहानले बताए । गत आर्थिक वर्षमा मात्र समाजले २ हजार युनिट रगत व्यवस्थापनमा सहयोग गरेको चौहानले जानकारी दिए ।

रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदानमा यस क्षेत्रका तेस्रोलिंगी युवाका साथै नियमित रक्तदाताले २५ युनिट रगत दान गरे ।

नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देही शाखाले विभिन्न समूह र संस्थासँग मिली रक्तदान कार्यक्रमको आयोजना गरी रगत संकलनमा सहयोग गर्दै आएको छ । केही दिनअघि समाजले तेस्रोलिंगी युवा समूहसँगको संयुक्त समन्वयमा विशेष रक्तदान गरेको छ । संस्थाले जिल्लाका तेस्रोलिंगीलाई एकताबद्ध गराएर हकहित, क्षमता विकास र अधिकारबारे ज्ञान दिँदै आएको छ । रक्तदानको सन्देश बाँड्न रक्तदान कार्यक्रमको आयोजना गरिएको ब्लु डायमन्ड सोसाइटी रूपन्देहीकी अध्यक्ष आनिक राना बताउँछिन् । रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदानमा यस क्षेत्रका तेस्रोलिंगी युवाका साथै नियमित रक्तदाताले २५ युनिट रगत दान गरे ।
रक्तसञ्चार केन्द्र बुटवलकी वरिष्ठ ल्याब टेक्निसियन राधा ज्ञवाली पनि रक्तदाता समाजबाट रगत व्यवस्थापनमा सहयोग पुगेको बताउँछिन् । ज्ञवालीका अनुसार रक्तसञ्चार केन्द्रमा मुख्यतः ओ नेगेटिभ, डेंगुका लागि सेतो रगत र मिर्गौला डायलाइसिस गरिरहेका बिरामीका लागि ताजा रगत माग हुने गरेको छ । रक्तदान गर्नुपर्छ भन्ने सन्देश दिन र अभाव परेको खण्डमा रगत व्यवस्थापन गर्नमा समूह सक्रिय रहेको ज्ञवाली बताउँछिन् ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

नाक थुन्दै नेपालगन्ज

नेपालगन्जको प्रवेशद्वार राँझा क्षेत्रको सडक किनारमा फालिएको फोहोर ।

कोहलपुरबाट यात्रा गरी नेपालगन्जको राँझानजिक पुग्दा डुङ्डुङ्ती गन्ध आउँछ । यो गन्ध नेपालगन्ज नगरपालिकाले खाल्डो पुर्नका लागि सडकछेउमा फ्याँकेको फोहोरको हो । राँझाचोक ओहोर–दोहोर गर्ने सर्वसाधारण मात्र होइन, नेपालगन्ज विमानस्थल प्रयोग गर्ने विशिष्ट व्यक्ति, पर्यटक र सर्वसाधारणले फोहोरको दुर्गन्धका कारण नाक छोपेर हिँड्नुपर्ने बाध्यता छ । फोहोर फालिएको ठाउँ नेपालगन्जको प्रवेशद्वार हो ।

फोहोरमाथि माटो पटान गरेर त्यसमाथि हरियाली बनाउने वा विस्थापित टहराहरु राख्ने भन्नेमा दुई विवादास्पद तर्क चलिरहेका छन् । तर, फोहोर नछोपिँदा यो ठाउँ भएर हिड्नेहरु दुर्गन्धको मारमा पर्ने गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कृष्ण कार्की उक्त सडक किनारमा माटो पटान गर्न ५२ लाखभन्दा बढी आवश्यक देखिएपछि फोहोरबाटै खाल्डो पटान गर्ने योजनाअनुसार फोहोर फालिएको बताउँछन् । लागत रकम पनि घट्ने र फोहोर व्यवस्थापन पनि हुने भएकाले फोहोर फालिएको उनको तर्क छ । उनले दैनिक रुपमा फोहोर फालिएपछि माटो पटान गर्ने भनिएकोमा नगरपालिकाले त्यसो नगर्दा दुर्गन्ध फैलिएको बताए । पुरिएको खाल्डोमा अस्थायी टहरा बनाई केही टहरामा सब्जी मन्डी, केहीमा विस्थापित ठेला र टहरालाई व्यवस्थापन गरिने उनको भनाइ छ । तर, नगरपालिकाका प्रवक्ता शरदकुमार शर्मा भने माटो पटानपछि वृक्षारोपण गरी हरियाली बगैँचा बनाउने योजना रहेको सुनाउँछन् ।

उपमहानगरपालिकाका कारण यतिवेला हवाई र सडक यातायातबाट नेपालगन्ज प्रवेश गर्ने राँझाचोक भने फोहोरको डंगुरमा परिणत भएको छ । बगैँचा बनाउने कि घरबारविहीनका लागि टहरा बनाउने भन्नेमै अस्पष्टता छ । अहिले राँझाचोक क्षेत्र दुर्गन्धले बसिनसक्नु, हिँडिनसक्नु छ ।

राँझाचोकका स्थानीय सहर प्रवेशद्वारमा दुनियाँ हसाउने काम भएको बताउँछन् । सडकको पूर्वी किनारमा रहेको खाल्डो पुर्ने गरी उपमहानगरमा उठेको फोहोर थुपार्ने काम भएको छ । यसो गर्दा फोहोर व्यवस्थापन गर्न उपमहानगरलाई सजिलो भएको छ ।

उपमहानगरपालिकाका कारण यतिवेला हवाई र सडक यातायातबाट नेपालगन्ज प्रवेश गर्ने राँझाचोक भने फोहोरको डंगुरमा परिणत भएको छ । बगैँचा बनाउने कि घरबारविहीनका लागि टहरा बनाउने भन्नेमै अस्पष्टता छ ।

उपमहानगरपालिकाले फोहोरमाथि बगैँचा वा टहरा बनाउने बताए पनि नकुहिने फोहोरले पुरिएको खाल्डोमा बगैँचा वा टहरा दुवै बनाउन नमिल्ने प्राविधिकहरुले बताएका छन् । ‘नकुहिने फोहोरमा कसरी बिरुवा उम्रिएला ?’ नाम नबताउने सर्तमा नेपालगन्जका एक प्राविधिकले भने । वडाध्यक्ष कार्कीले फोहोर फालेपछि सँगसँगै माटो पटान गर्ने योजना रहे पनि वर्षाका कारण ढिलाइ भएको बताए । उनले भने, ‘छिट्टै खाल्डो पुर्ने योजना रहेकाले दुर्गन्ध पनि चाँडै हट्छ ।’

नेपालगन्जको प्रवेशद्वार राँझा क्षेत्रको सडक किनारमा फालिएको फोहोर ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोदकुमार शर्माले घुम्ती र टहराको व्यवस्थापन नभई सो स्थानमा वृक्षारोपण गरिने बताए । ‘के गर्ने भन्ने निर्णय भइसकेको छैन । विमानस्थलको प्रवेशद्वार भएकाले वृक्षारोपण गरी हरियाली बनाउँदा उपयुक्त हुन्छ,’ प्रवक्ता शर्माले भने, ‘घुम्ती र टहरा राख्ने विषयमा मलाई जानकारी छैन ।’ माटो पटानको कार्य वर्षाका कारण ढिला भएकाले वर्षा रोकिएलगत्तै अघि काम अघि बढ्ने उनको भनाइ छ ।

यति मात्र होइन, नेपालगन्ज मुख्य बजार र भित्री क्षेत्रमा हिँड्दा नाक थुन्नुपर्ने बाध्यता छ । मुख्य बजार क्षेत्रमा धुलोको राज छ भने भित्री सडकमा भत्किएका सडकको धुलोमैलो र कुनाकानी थुप्रिएका फोहोर हट्न सकेका छैनन्, जसको मार नेपालगन्जवासीले खेप्दै आएका छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै