लैंगिक विभेदले किशोर–किशोरीमा पर्न सक्छन् यस्ता स्वास्थ्य असर

महिला र पुरुष शारीरिक रूपमा धेरै समान देखिन्छन् । तर, महिला र पुरुषका शरीरका केही अंगको बनावट र तिनका कार्य फरक छन् । महिला र पुरुषबीचको यो जैविक भिन्नता (Biological difference) गर्भमा भ्रूणको विकास भएदेखि नै छुट्टिन्छ । आमाको डिम्बकोष र बाबुको शुक्रकीट मिलेर भ्रूण बन्नेवेलामै छोरा वा छोरी हुने भन्ने निर्धारण भ्रूणमै भइसकेको हुन्छ । भ्रूणको लिंग बाबुको शुक्रकीटमा निर्भर हुन्छ । प्राकृतिक अथवा जैविक भिन्नतालाई नै लिंग भनिन्छ । यसबाहेक समाजमा लिंगको भिन्नता छोरा वा छोरी हुनेबाहेक महिला र पुरुषबीच सामाजिक, आर्थिक, धार्मिकलगायत पक्षका आधारमा गरेको पाइन्छ । जस्तै, पुरुषलाई बहादुर, शक्तिशाली, निडर, हुकुम चलाउनेलगायत रूपमा चित्रण गर्ने गरिएको छ भने महिलालाई लजालु, निर्बल, सहनशील, घरायसी काम मात्र गर्ने आदिका रूपमा पहिचान दिने गरिएको छ, जुन लैंगिक विभेद हो । समाजद्वारा सिर्जित यस्तो लैंगिक विभेदलाई समय र परिस्थितिअनुसार परिवर्तन गर्दै लैजानुपर्छ, जुन समाजको विकासका लागि आवश्यक छ ।

लैंगिक विभेदका कारण किशोरीमा पार्ने शारीरिक तथा मानसिक असर
समाजमा विद्यमान लैंगिक विभेदका कारण किशोरीको स्वास्थ्य तथा भावनामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नकारात्मक असर परिरहेको हुन्छ । खासगरी हाम्रो समाजमा छोरी जन्माएमा आमा र बच्चाको राम्ररी स्याहार–सुसार नगर्ने, पोसिलो खाना नखुवाउने, बिरामी परेमा पनि हत्तपत्त उपचार गर्नेतिर त्यति ध्यान नदिने चलन छ । यस्तो चलनले बच्चामा असर पर्न जान्छ र किशोरी अवस्थामा पुगेर पनि उनको शारीरिक अंगहरू पूर्ण रूपमा विकसित नभई प्रजनन स्वास्थ्यमा समेत असर पर्न सक्छ ।

अर्काेतर्फ उमेर बढ्दै गएपछि किशोरीले आमालाई घरको काममा सघाउनुपर्ने हुन्छ, बिस्तारै घरायसी कामको बोझ लिनुपर्ने हुन्छ । उनी स्कुल जाने भए, पढाइका साथसाथै आमालाई घरको काममा सघाउनुपर्ने दोहोरो बोझ थपिन्छ । पढाइका साथसाथै घरको कामको बोझले पढाइ पनि छोड्नुपर्ने अवस्था आउँछ । यसप्रकारको दोहोरो कामको बोझले उनलाई शारीरिक र मानसिक दुवै असर त हुन्छ नै, त्यसअनुसार आवश्यक पोसिलो खाना, उचित स्याहार र व्यवहार पाइरहेका हुँदैनन् । यसले गर्दा उनको शारीरिक वृद्धि र विकासबाट आउनुपर्ने शारीरिक परिवर्तन, सुन्दरता, जोस, जाँगरको सट्टा शरीर कुपोसित हुन जान्छ, जसका कारण उनलाई अन्य रोगसमेत लाग्न सक्छ ।

किशोर–किशोरी वा युवावर्गमा यस्ता भावना उजागर भई स्कुल छाड्ने वा पढाइ छाड्ने, रक्सी वा लागुपदार्थ दुव्र्यसनीमा लाग्ने, फटाहापन, चोरी, ठगी, दादागिरी, जोखिमपूर्ण यौन व्यवहारमा लाग्ने वा फस्ने यौन रोग तथा एचआईभी÷एड्स लाग्ने समस्या आउँछन् । यसबाट किशोर–किशोरीले मात्र नभई परिवार, साथीहरू र समुदायले समेत ठूलो नोक्सानी बेहोर्नुपर्ने हुन्छ ।

हाम्रो समाजमा व्याप्त लैंगिक विभेदका कारण छोरीलाई बच्चैदेखि सुशील, लजालु हुनुपर्छ भनी अभिभावकले सिकाउन थाल्छन् । यसले गर्दा छोरीले आफ्ना कतिपय व्यक्तिगत, शारीरिक तथा मानसिक समस्या घरपरिवारलाई पनि भन्न सक्दैनन् । यसमा पनि विशेषगरी प्रजनन स्वास्थ्य तथा यौनजन्य समस्याहरू भएमा झन् चुपचाप लुकाएर बस्छन् । स्वास्थ्यसंस्थामा गई जँचाउने कुरा गर्न सक्दैनन् । किनकि, यौनजन्य कुरालाई केटीहरूको चरित्रसँग जोडेर हेर्ने सामाजिक चलन छ

यस्तै, लंैगिक विभेदका कारण यौन दुव्र्यवहार, चेलीबेटी बेचबिखन, अनिच्छित तथा असुरक्षित गर्भपतनजस्ता समस्याबाट पीडित भई शारीरिक, मानसिक तथा सामाजिकतवरले अस्वस्थ हुने स्थिति सिर्जना हुन्छ । यसरी लैंगिक विभेदका कारण किशोरीलाई मानसिक तथा शारीरिक असर पर्ने कुरामा अभिभावक, शिक्षक, धर्मगुरु, बडापाकाहरू सबैले समयमै बुझी यस्तो संस्कार र भावना हटाउनेतिर लागी किशोरीहरूलाई उचित सल्लाह र सहायता गरेमा उनीहरूको भविष्य उज्ज्वल पार्नमा सहयोग पुग्नेछ ।

लैंगिक विभेदका कारण परिवार वा अभिभावकले छोराको जातलाई बलियो तथा निडर हुनुपर्छ, नेतृत्व गर्न सक्ने बन्नुपर्छ भनी उत्प्रेरित गर्ने गर्छन् । यस्तो उत्प्रेरणाले गर्दा किशोरहरू आफ्नो शारीरिक वनावटप्रति नै मानसिक तनावमा रहने गर्छन् । केहीगरी आफ्नो शरीरको बनोट पुरुषको परिभाषाअनुसार हृष्टपुष्ट नभएमा हीन भावना आई मानसिक तनावमा रहन सक्छन् । अर्काेतर्फ हाम्रो समाजमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्याहरू आइपरेमा परिवार वा अभिभावक वा स्वास्थ्यकर्मीकहाँ गई जँचाउने चलन खासै छैन ।

यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्याहरूलाई समाजमा चरित्रसँग जोडेर हेरिने भएकाले किशोरहरू पनि यस्ता कुराहरूमा कसैसँग खुलेर कुरा गर्न चाहँदैनन् । तर, उनीहरूको यौनजन्य समस्याको समयमै उपचार हुन नपाएमा जटिल हुन सक्ने भएकाले उनीहरूको उमेर वृद्धिसँग आएको व्यावहारिक परिवर्तन, चालचलन, संगत आदिले किशोर–किशोरीको स्वास्थ्य तथा भावनामा नकारात्मक असर नपरोस् भन्नाका लागि अभिभावक छरछिमेक, शिक्षक, धर्मगुरु, ठूलापाका आदिले ध्यान दिई यसप्रति उनीहरूसँग सकारात्मक व्यवहार गरिदिनु राम्रो हुन्छ ।

किशोरावस्था र हिंसा
किशोर–किशोरी र युवा जमातमा धेरै नै हिंसा झै–झगडा देखिने गरेको छ, जुन समाजको टड्कारो समस्या हो । किशोर–किशोरी र युवाहरू शारीरिक तथा मानसिकतवरले स्वस्थ र फुर्तिलो हुने भएकाले तुरुन्तै आवेगमा आई हिंसा गर्न पनि पछि पर्दैनन् । यसले गर्दा उनीहरूको अकालमा मृत्यु हुने, बिरामी हुने, घाइते भई अपांग हुनेजस्ता समस्या आउँछन् । यसले उनीहरूको जीवनको गुणस्तरमै ह्रास आउन पनि सक्छ ।

नेपाली समाजमा स्थापित पुरुषप्रधानताका कारण केटा वा पुरुषहरूले केटी वा महिलामाथि गर्ने केही हदसम्मका दुव्र्यवहारलाई सामान्य ठानिन्छ । तर, यसको ठिक विपरीत केटी वा महिलाले आफूमाथि भएको दुव्र्यवहारलाई चुपचाप सहनुपर्ने वा आफैँ बचेर हिँड्नुपर्ने वा यस्ता दोष आफैँमा आइपर्छ भनी प्रतिकार नगरी स्वीकार गर्नुपर्ने हुन्छ । त्यसले किशोर–किशोरी वा युवावर्गमा यस्ता भावना उजागर भई स्कुल छाड्ने वा पढाइ छाड्ने, रक्सी वा लागुपदार्थ दुव्र्यसनीमा लाग्ने, फटाहापन, चोरी, ठगी, दादागिरी, जोखिमपूर्ण यौन व्यवहारमा लाग्ने वा फस्ने यौन रोग तथा एचआईभी÷एड्स लाग्ने समस्या आउँछन् । यसबाट किशोर–किशोरीले मात्र नभई परिवार, साथीहरू र समुदायले समेत ठूलो नोक्सानी बेहोर्नुपर्ने हुन्छ ।

किशोरावस्था तीव्र रूपमा शारीरिक र मनोवैज्ञानिक परिवर्तन हुने अवस्था हो । यसवेला किशोर–किशोरीका मनभित्र अनेक किसिमका भावना आउने र त्यसको परिपूर्तिका लागि उनीहरू तनावमा रहने हुन्छन्, जसले आफूभन्दा माथिल्लो पुस्ताले सहयोग नगरेजस्तो भावना विकास भई उनीहरू आफूभन्दा ठूलासँग छलफल गर्न नचाहने वा नगर्ने हुन्छन् ।

अभिभावक र छोराछोरीबीच छलफल जरुरी
किशोरावस्था तीव्र रूपमा शारीरिक र मनोवैज्ञानिक परिवर्तन हुने अवस्था हो । यसवेला किशोर–किशोरीका मनभित्र अनेक किसिमका भावना आउने र त्यसको परिपूर्तिका लागि उनीहरू तनावमा रहने हुन्छन्, जसले आफूभन्दा माथिल्लो पुस्ताले सहयोग नगरेजस्तो भावना विकास भई उनीहरू आफूभन्दा ठूलासँग छलफल गर्न नचाहने वा नगर्ने हुन्छन् । घरभित्रै दुई पुस्ताबीच अर्थात् बाबु–आमा तथा छोराछोरीबीच विचार नमिलेर ठूलो खाडल देखापर्छ । आजभोलि किशोर–किशोरीको इच्छा, आकांक्षा, सपना तथा आशाहरूको परिवर्तन समाजले मान्दै आएको विश्वास तथा मान्यताहरूसँग मेल आइरहेका छैनन् । त्यसैले, उनीहरूमा रिसाउने, झर्किने, निराश हुने, विद्रोही हुने स्थिति देखापरिरहेको छ । यस्तो वेला उनीहरूलाई उचित परामर्श या व्यवहार नगरेमा उत्तेजक भई आफैँ हिंसाको सिकार या वाहक हुन सक्छन् र अन्तमा हिंस्रकसमेत हुन पुग्छन् ।

किशोर–किशोरीको व्यवहार तथा गतिविधि पारिवारिक वातावरणको प्रभाव, आमा–बाबुसँगको सम्बन्ध, साथीसंगत, समुदायको वातावरण तथा अन्य सामाजिक तथा सांस्कृतिक तत्वले निर्धारण गरेका हुन्छन् । विशेषतः बाबुआमाको व्यवहार र पारिवारिक वातावरणले उनीहरूलाई भविष्यमा हिंस्रक प्रवृत्ति विकास गर्नमा मुख्य भूमिका खेलेका हुन्छन् । त्यसैले, परिवार, अभिभावकहरू आफैँ सचेत भई उनीहरूका लागि घरैमा राम्रो वातावरण बनाइदिनुपर्छ, जसले किशोर–किशोरीको भविष्यनिर्माणका लागि एउटा उचित मार्गनिर्देश गर्छ ।

अतः अभिभावक, शिक्षक, प्रौढ, सबैले किशोरावस्थाका आफ्ना छोराछोरीलाई लैंगिक विभेदमा नराखी उनीहरूको स्वस्थ वृद्धि–विकासमा ध्यान दिई आवश्यक सल्लाह दिनुपर्छ । यसबाट उनीहरूले आफ्ना शारीरिक तथा मानसिक वृद्धिका जिज्ञासाहरू अभिभावकसँग खुलस्त राख्नेछन्, जसबाट उनीहरूको वृद्धि–विकासमा सहयोग पुग्दछ ।

किशोरावस्थामा आउने भावनात्मक परिवर्तन
– मन चञ्चल हुने ।
– विपरीतलिंगीप्रति आकर्षण बढ्ने ।
– असम्भव तथा काल्पनिक कुराहरू सोच्ने ।
– यौनजिज्ञासा तथा चाहना बढ्ने ।
– महिनावारी, हस्तमैथुन, स्वप्नदोष, स्तन तथा लिंंगको आकारप्रति चासो बढ्ने ।
– विद्रोही स्वभाव हुने ।
– हरेक कुरामा बहस गर्न खोज्ने ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

किशोरावस्थामा स्वस्थ कसरी रहने ?

अधिकांश लेखमा किशोरी स्वास्थ्यबारे चर्चा गरिन्छ । तर, किशोरावस्थामा किशोर–किशोरी दुवैमा स्वास्थ्य चेतना हुनु जरुरी छ । किशोरावस्थाको स्वास्थ्यले बाँकी उमेर पनि स्वस्थ रहन सघाउँछ । किशोरावस्थामा स्वस्थ रहने केही सहज उपाय–

१. स्वस्थ, सन्तुलित र पर्याप्त खाना खानुहोस्
किशोरावस्थामा स्वस्थ हुनका लागि स्वस्थ खाना खानु जरुरी छ । आफ्नो शरीर र काम हेरेर ३ पटक पूर्ण खाना र ५–६ पटक आंशिक खाना खानुहोस् । कहिल्यै खान नछोडनुहोस् । तुलनात्मक रूपमा स्वस्थ खाना छनोट गर्नुहोस् । उदाहरणका लागि आइसक्रिमको साटो चिसो दही रोज्नुहोस्, चिप्सको साटो स्याउको चाना रोज्नुहोस् । त्यस्तै, प्रशस्त पानी पिउनुहोस् । जति बढी पानी पिउनुहुन्छ, त्यति नै स्वस्थ रहनुहुनेछ । पानीले शरीरको टक्सिनलाई बाहिर निकाली छालालाई स्वस्थ तथा चम्किलो बनाउन सघाउँछ ।

२. शारीरिक व्यायाम सुरु गर्नुहोस्
वास्तवमा ३० वा ४० पछि मात्र शारीरिक व्यायाम गर्नुपर्छ भन्ने मान्यता नै गलत छ । किशोरावस्थाबाटै सातामा ५ वा ६ दिन शारीरिक व्यायाम जरुरी छ । यसका लागि नजिकैको जिम सेन्टर वा स्विमिङ पुल रोज्न सक्नुहुन्छ ।
शारीरिक गतिविधिले मसलहरू तन्काएर बलियो र स्वस्थ बनाउनुका साथै खुसी प्रदान गर्छ ।

३. पूर्ण निद्रा सुत्नुहोस्
स्वास्थ्यका लागि पूर्ण निद्रा अत्यन्तै आवश्यक छ । पक्कै पनि तपाईं यदि रात अबेरसम्म मोबाइलमा साथीसँग च्याट गरेर बस्नुभयो भने दिनभर असहज महसुस हुन्छ ।
किशोरावस्थामा ८ घण्टा निदाउनु अनिवार्य छ । सप्ताहान्तमा होस् या लामो होलिडे, एकै समयमा उठ्ने तालिकाको अनुसरण गर्नुहोस् । यसले तपाईंलाई एकाग्र हुन सघाउँछ, साथै मित्रवत् व्यवहार गर्न र खुसी रहन मद्दत गर्छ । त्यसैले उही समयमा सुत्ने र उठ्ने बानी पार्नुहोस् ।

४. सरसफाइमा ध्यान पुर्याउनुहोस्
– प्रत्येक दिन नुहाउनुहोस् ।
– हरेक दिन आफ्ना अन्तर्वस्त्र परिवर्तन गर्नुहोस् ।
– कम्तीमा दुईपटकभन्दा बढी फेसवासले मुख नधुनुहोस् । मुख धुँदा नरगड्नुहोस्, बिस्तारै सर्कुलर मोसनमा धुनुहोस् ।
– अनुहारमा डन्डिफोर छ भने कहिल्यै हातले नफुटाउनुहोस्, यसले संक्रमण फैलाउँछ र डन्डिफोर अनुहारभर फैलाउँछ । हातले अनुहार छोइरहने बानी पनि त्याग्नुहोस् ।
– सुत्नुअघि सधैँ मेकअप धुनुहोस् ।

५. कपाल धुनुहोस्
अहिले धेरै युवा दिनहुँ कपाल धुन्छन्, जसले कपाल सुक्खा हुनुका साथै टुक्रिने गर्छ । हप्तामा २ वा ३ पटकभन्दा बढी स्याम्पु प्रयोग नगर्नुहोस् ।

६. साथीसँग घुमफिर गर्नुहोस् ।
किशोरावस्थामा साथी छनोटमा निकै चनाखो हुनुपर्छ । थोरै र अत्यन्तै मिल्ने साथी बनाउनु र कहिलेकाहीँ घुम्नु आवश्यक छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

सुरक्षित छ आकस्मिक गर्भनिरोधक चक्की ?

परिवारनियोजनका साधनको प्रयोगविना यौनसम्पर्क भएको अवस्थालाई असुरक्षित यौनसम्पर्क भनिन्छ । असुरक्षित यौनसम्पर्क हुनेबित्तिकै वा ७२ घण्टाभित्र आकस्मिक गर्भनिरोधक चक्की सेवन गरेमा यसले अनिच्छित गर्भधारण हुन दिँदैन ।
आकस्मिक गर्भनिरोधक परिवारनियोजनको नियमित साधन भने कदापि होइन । यसलाई सधैँ गर्भधारण रोक्ने उपायका रुपमा प्रयोग गरेमा यो कम प्रभावकारी हुन्छ र यसले गर्भपतन गराउँदैन ।

कहिले प्रयोग गर्ने ?
– यौनसम्पर्कका वेलामा कन्डम फुटेमा वा चिप्लिएर फुस्केमा,
– लगातार ३ दिनसम्म पिल्स खान बिर्सेमा,
– डिपो लगाउन १४ दिनभन्दा बढी ढिला हुन गएमा,
– परिवारनियोजनका कुनै पनि साधनको प्रयोगविनै यौनसम्पर्क हुन गएमा,
– बलात्कार भएमा,
– वीर्यस्खलन हुनुपूर्व लिंग योनिबाट बाहिर निकाल्न नभ्याएमा,
– गर्भ रहन सक्ने दिन गणनामा भुल भएमा ।

कसरी प्रयोग गर्ने ?
– असुरक्षित यौनसम्पर्क हुनेबित्तिकै वा भएको ७२ घण्टाभित्र एक चक्की खानुपर्छ । पहिलो चक्की खाएको १२ घण्टाभित्र अर्काे चक्की खानुपर्छ ।
– दुवै चक्की खाइसकेपछि महिनावारी नहोउन्जेल नियमित प्रयोग गर्दै आएका पिल्स चक्की, कन्डमलगायत अस्थायी साधनको पूर्ववत् प्रयोग गर्नुपर्छ ।
– आकस्मिक गर्भनिरोधक प्रयोग गर्दा पनि हुनुपर्ने समयभन्दा एक हप्ता पछिसम्म पनि महिनावारी नभएमा स्वास्थ्यकर्मीद्वारा गर्भ परीक्षण गराउनुपर्छ ।

कति सुरक्षित छ ?
यो पूर्ण रुपमा सुरक्षित छ ।
यसको प्रयोग सबै महिलाले गर्न सक्छन् । बच्चालाई दूध खुवाइरहेकी महिला र साधारण पिल्स चक्की खान नहुने महिलाले पनि यसको प्रयोग गर्न सक्छन् ।
यसले भविष्यमा गर्भधारण गर्नुपरेमा केही असर गर्दैन ।

कति प्रभावकारी ?
महिनावरी भएको दोस्रो वा तेस्रो हप्तामा असुरक्षित यौनसम्पर्क राख्ने १०० महिलामध्ये ८ जना गर्भवती हुन्छन् । ती १०० जनाले असुरक्षित यौनसम्पर्क राखेको ७२ घण्टाभित्र आकस्मिक गर्भनिरोधकको प्रयोग गरेमा जम्मा एकजना मात्र गर्भवती हुन्छिन् ।
असुरक्षित यौनसम्पर्क राखेको १२ वा २४ घण्टाभित्र यसको प्रयोग गरेमा बढी प्रभावकारी हुन्छ ।

कस्ता असर देखा पर्न सक्छन् ?
– आकस्मिक गर्भनिरोधकको प्रयोगले कहिलेकाहीँ वाकवाकी लाग्ने, बान्ता हुने, रिँगटा लाग्ने, टाउको दुख्ने, थकाइ लाग्ने, स्तन भारी हुने वा केही देखेको महसुस हुनेजस्ता अस्थायी समस्या हुन सक्छन् । सामान्यतया यस्ता समस्या एक वा आधा दिनमा हराएर जान्छन् ।
– यसको प्रयोगले महिनावारीको समय केही दिन वर वा पर जान सक्छ । यसको प्रयोग गर्ने १० जना महिलामध्ये एकजनामा महिनावारीको समय केही फरक पर्न सक्छ ।
– यसको प्रयोग गरेपछि केही महिलाहरुलाई थोरै रगत देखिन पनि सक्छ । तर, महिनावारीपछि आफैँ हराएर जान्छ ।
– खाना खानेबित्तिकै खाएमा वाकवाकी लाग्ने वा बान्ता हुनेजस्ता लक्षण कम देखापर्छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै