किशोरी परियोजना

मोरङ जिल्लाको तीनवटा स्थानीय तहमा किशोरी परियोजना सुरु भएको छ । ग्रामथान, बूढीगंगा र कटहरी गाउँपालिकाका ६ वटा विद्यालय र ३ वटा स्वास्थ्यचौकीमा किशोरी परियोजना सुरु भएको हो । वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहयोगमा नारी विकास संघ विराटनगरले विद्यालय तथा स्वास्थ्यचौकीमा किशोरीमैत्री कार्यक्रमहरू सञ्चालन गर्न परियोजनाको शुभारम्भ गरेको हो ।...