कोरोना कहरमा साहित्यकार : छैन साहित्यिक मुड, त्रास र सावधानीमा बित्दै दैनिकी

विश्व कोरोनाको त्रासमा रहँदा साहित्यकारहरू पनि कहरपूर्ण जीवन व्यतित गर्न विवश छन् ।

सबैलाई छोएको छ कोरोनाको डरले। नेपाली लेखकहरू पनि त्यसबाट अछुतो रहने कुरै भएन। सबैमा छ एकखाले सन्त्रास।

डरकै बिचबाट पनि केही लेखकले कोरिरहेका छन् सिर्जना। केही लेखक पुस्तक अध्ययनमा व्यस्त छन्। केहीको भने न पढ्ने मुड छ न लेख्ने नै।

‘कोरोनाको त्रासमा रहेको समयमा लेखन तिर मुडनै चलेको छैन’, वरिष्ठ कवि दिनेश अधिकारीले भने। उनी बेला–बेला इन्टरनेटमा समाचार हेर्छन्। घरमै बस्ने सावधानी अपनाउने बाहेन अन्यमा उनको जागर चल्न सकेको छैन।

‘साच्चै कोरोनाले विश्व आतंकित बनेको छ। भरखर विहे गरेको जोडिमा एउटामा कोरोना संक्रमण देखियो भने कस्तो बेचैनी होला। कुनै दिन यस्तै परिकल्पनामा पुस्तक पनि तयार होलान’, आख्यानकार अमर न्यौपानेको कल्पना हो यो।

तर, उनी यतिवेला कोठामै बसेर सावधानी पनाइरहेका छन् र अरुलाई पनि त्यस्तै गर्न सुझाव दिन्छन्। नेपालमा कोरोनाको धेरै जोखिम नभित्रिए पनि नेपालमा डर धेरै भित्रिकाले सजकता अपनाउनुपर्ने उनी बताउँछन्।

‘अन्य देशमा ठूलो मानविय क्षति भएकाले नेपालमा पनि डर आएको छ’, उनी भन्छन्।

‘सकारात्मक रुपमा हेर्दा अन्य बेला विभिन्न कामले घर बाहिर जानु पर्ने भए पनि अहिले घर भित्रै बस्नु पर्ने बाध्यता छ। यस्तो बेला मन पर्ने पुस्तक पढ्ने, फिल्म हेर्ने काम गर्दा राम्रो हु्न्छ’, उनी भन्छन्, ‘म पनि त्यसरी नै आफ्ना दिन व्यतित गरिरहेको छु।’

खालि समयलाई त्यत्तिकै खेर फाल्नु भन्दा युट्युवमा हेरेर आफूलाई मन पर्ने ‘क्रियसन’ गर्न सुझाव दिन्छन् न्यौपाने। जस्तो युट्युवमा हेरेर पेन्टिङमा रुची भएकाले पेन्टिङ्, डान्समा रुची भएकाले डान्स गर्न सक्ने उनी बताउँछन्।

बाहिर डुल्नु नपर्ने भएकाले यस्तो बेलामा पुस्तक नै तयार पार्न सकिने उनले बताए।

‘मनमा एक खाले त्रास हुने र त्यसले लेखनिमा असर पार्ने गरेको छ’, उनले भने, ‘बेला–बेला समाचार हेरिराख्न मन लाग्छ। मूल ढोका खोल्दा पनि ढोकाको हेन्डिल ककसले छोएका थिए भन्ने त्रास हुन्छ। हाछ्यु आउँदा विहान उठ्दा घाटी दुख्दा पनि डर लाग्ने गर्छ।’ यसले मनस्थितिमा असर पार्ने गरेको न्यौपानेले बताए।

न्यौपालेले अहिले आध्यात्मिक पुस्तक पढ्नमा व्यस्त छन्। उनी अहिले विनोबा भावेको गीता प्रवचन पुस्तक पढ्दै छन्।

यस्तै कथाकार रामलाल जोशीको पनि कोरोनाको त्रासले मन ठेगान छैन। कुनै सिर्जना कोर्ने जागर नै नरहेको उनी बताउँछन्।

‘सामाजिक सञ्जाल हेर्योकी विश्व त्रसित बनिरहेका समाचार आउँछन्। यसले मथिङ्गल नै आतंकित बनेको छ। यस्तो बेला के लेख्नु, के पढ्नुरु बस सबैले सावधानी अपनाउने हो।’, उनले भने।

गजलकार बावु त्रिपाठी समाचार तयार पार्दा पनि डिउटीमा नै छन्। सिर्जनाका लागि कुनै बेला र मुड नकुर्ने बताउँदै त्रिपाठिले अहिले सजकता अपनाउने बेला आएको बताए।

युवापुस्ताका आख्यानकार विवेक ओझा पनि घरमा महाभारत पढेर बसेका छन्। उनलाई पनि केही रचना कोर्ने मुड छैन। बेला–बेला कोरोनाको अपडेट हेर्छन्। कोरोना त्रासले लेख्ने मुडनै नचलिरहेको ओझाले बताए।

साहित्यकार डाक्टरको गज्जबको सकक्रियता

साहित्यकार एवम् जनस्वास्थ्य विशेषज्ञ रविन्द्र शमिर यतिवेला सामाजिक सञ्जालमा निकै व्यस्त छन्। कोरोनाको जोखिमका बारेमा बच्न र समाजमा सिर्जना गरिने भ्रम तथा यसको सावधानीका बारेमा उनले दिनहुँ जो केही न केही सामग्री राखिरहेका हुँन्छन्।

उनका त्यस्ता स्वास्थ्य सुझावलाई धेरै रुचाएर प्रतिक्रिया जनाउनुका साथै शेयर गरिरहेका हुन्छन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

प्रदेश ५ मा कोरोना रोकथामका गर्न संस्थागत र तहगत जिम्मेवारीको बाँडफाँट

कोरोना भाइरसको नियन्त्रण तथा उपचार समेतका लागि प्रदेश सरकार ५ को मन्त्रिपरिषद्ले विभिन्न निर्णयहरु गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको गतिलाई ध्यान दिदै संक्रमण व्यापक हुनसक्ने अवस्थालाई लिएर निर्णय गरिएको प्रदेश सरकारको भनाई छ । कोरोनाको जोखिम न्यूनिकरणका लागि तहगत तथा संस्थागत प्रयास अपरिहार्य भएको प्रदेश सरकारले बताएको छ ।

कोरोनाको प्रतिकार्य, नियन्त्रण र रोकथामका लागि प्रदेश, स्थानीय तह, जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकाय लगायतको तहगत तथा संस्थागत कार्य र जिम्मेवारी तोकिएको छ । मन्त्रिपरिषद्ले गरेका निर्णयहरु मुख्यमन्त्रीको कार्यालयबाट पत्रकारहरुलाई ईमेल मार्फत जानकारी गराइएको हो ।

मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रि परिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, वडा कार्यालय, सुरक्षा निकायको भूमिका र जिम्मेवारी तोकिएको जानकारी गराइएको छ ।

मुख्यमन्त्री कार्यालयले सबै जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, प्रदेशका सबै मन्त्रालय र मातहतका कार्यालयहरुलाई सहयोगी निकायको रुपमा लिइ काम गर्ने उल्लेख छ ।

मन्त्रीपरिषद्ले गरेको निर्णयको कार्यान्वयनको व्यवस्था मिलाउने र अनुगमन गर्ने स्वास्थ्य उपकरण र औषधीहरुको आपूर्ति भए नभएको अवस्था हेरी सहजीकरण गर्ने, संघ र स्थानीय निकायबीच नियमित समन्वयको व्यवस्था मिलाउने उल्लेख छ ।

त्यसैगरी सामाजिक विकास मन्त्रालयले प्रदेश स्तरीय र्यापिड रेस्पोन्स टीम गठन गर्ने, आइसोलेसन अस्पतालको स्थापना, संचालन र व्यवस्थापन गर्ने, क्वारेन्टाइन कक्ष स्थापनाका लागि अन्य निकायसँग समन्वय गरी स्थापना गर्ने, प्रदेशमा चाहिने औषधी, उपकरण र जनशक्तिको व्यवस्थापन गर्ने लगायत छन् । त्यसका लागि मुख्यमन्त्री कार्यालय, आन्तरिक मामिला मन्त्रालय, नीजि र सामुदायिक अस्पतालहरुसँग समन्वय गर्ने भनिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले रेडियो, टिभी र पत्रपत्रिकामार्फत कोरोनाबाट बच्ने सचेतनाको उपाय, साबधानी र स्वच्छताको सन्देश प्रवाह गर्ने, प्रदेशमा रहेका एम्बुलेन्सहरुको सूची तयार गर्ने र प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा तयारी अवस्था राख्ने, भारतिय सीमाबाट आउने र अन्य देशका नागरिकको नियमित चेकजाँचको व्यवस्था मिलाउने, भारतबाट भित्रिले सवारी र मालबाहक साधनको नियमित सेनेटाइजेसनको व्यवस्था गर्ने लगायतका जिम्मेवारी छन् । त्यसका लागि सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र पत्रकारहरुसँग समन्वय गर्न भनिएको छ ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय, गाउँपालिका, वडा कार्यालयहरुको पनि जिम्मेवारीहरु तोकिएको छ ।

प्रदेश ५ सरकारको मन्त्रिपरिषद्ले गरेको निर्णयहरुः

G

 

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

प्रदेश ५ का तीन जिल्लामा ६ वटा आइसोलेसन अस्पताल

प्रदेश ५ सरकारले कोरोना भाइरसको साबधानीका लागि प्रदेशको तीन जिल्लामा छ वटा आइसोलेसन अस्पताल स्थापनाको प्रक्रिया अगाडी बढाएको छ। मुख्त्रीमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले कोभिड—१९ पूर्वतयारी, प्रतिकार्य र नियन्त्रण कार्यहरु अगाढी बढाउने निर्णय गरेको हो।

नोबेल कोरोना भाइरस नियन्त्रणका लागि आइसोलेसन अस्पताल निमार्ण गर्न लागेको प्रदेश सरकारले जानकारी दिएको छ। प्रदेश सरकारका अनुसार रुपन्देहीको बुटवल धागो कारखाना, भीम अस्पताल भैरहवा र देवदह क्याम्पसमा आइसोलेसन अस्पताल निर्माण गर्ने लागेको हो । त्यसैगरी दाङको बेलझुण्डीमा रहेको आयुर्वेद अस्पतालमा र बाँकेमा नेपाल प्रहरी अस्पताल र क्यान्सर रोग अस्पताललाई आइसोलेसन अस्पताल बनाउन लागेको हो ।

प्रदेश सरकारले सामाजिक विकासमन्त्री सुदर्शन बरालको नेतृत्वमा रेपिड रेस्पोन्स टिम गठन गरेको छ । टिमको सदस्यमा सामाजिक विकास मन्त्रालयका सचिव, सम्बन्धित महाशाखा प्रमुख, लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट, भीम अस्पतालको सुपरिटेण्डेन्ट रहेका छन् ।

त्यसैगरी आइसोलेसन तथा ट्रिटमेन्ट अस्पताल निमार्णका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा टिम रहने व्यवस्था गरेका छन् । संभावित संक्रमितलाई आइसोलसेन अस्पतालमा रेफर गरी पठाएको र सम्बन्धित अस्पतालले विरामी बुझेको अभिलेख अद्यावधिक गरिराख्ने भनिएको छ ।

त्यसैगरी कोरोना भाइरसको सूचना सम्प्रेषण तथा सुरक्षाका लागि छुट्टै सूचना प्रणाली बनाउने निर्णय गरेको छ । सूचनालाई एकरुपता दिनका लागि सूचना प्रणालीको बनाउने निर्णय गरेको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए ।

प्रदेश ५ सरकारले कोरोना भाइरसको प्रकोपको साबधानीका लागि गरेका थप तयारीहरु निम्मनानुसार रहेका छन् ।

– प्रदेशमा रहेका एम्बुलेन्सहरुको जिल्लागत विवरण सम्बन्धित जिल्लाका प्रमुख जिल्लाअधिकारीहरुले तयारी अवस्थामा राख्ने । एम्बुलेन्स चलाउनका लागि थप चालक आवश्यक भए सुरक्षा निकायमा रहेका चालकहरुको विवरण तयार गरिराख्ने । सवारी चालकहरुलाई आवश्यक परामर्श गर्ने ।

– सीमा क्षेत्रबाट आवतजावत गर्ने मानिसहरुको विवरण संकलन गर्न थप जनशक्ति आवश्यक भए सम्बन्धित सुरक्षा निकायबाट व्यवस्था गरी विवरण संकलन गरी विवरण संकलन गरिराख्ने ।

– भारतीय सीमा हुँदै नेपाल प्रवेश गर्ने भारत लगायतका अन्य देशका नागरिकहरुलाई अत्यावश्यक काम बाहेक नेपाल प्रवेशमा रोक लगाउने ।

– भारतबाट नेपाल भित्रिने सवारी साधनलाई मेडिकल ट्रिटमेन्ट गरेर मात्र आउने व्यवस्था गर्ने ।

– आवश्यक सामग्रीहरुको बजारमा अभाव श्रृजना नहुने गरी बजार प्रणाली सन्तुलित बनाउन सबै जिल्लामा प्रमुख जिल्ला अधिकारहिरुको संयोजकत्वमा बजार अनुगमन समुह बनाई नियमित अनुगमन गर्ने ।

– कोरोना भाइरस सम्बन्धी सही सूचना संप्रेषण गर्न रेपिड रेस्पोन्स टिमका एक जना सदस्यलाई सूचना संप्रषणको जिम्मेवारी तोक्ने ।

– सामाजिक विकास मन्त्रालयले प्रदेशमा रहेका मेडिकल कलेज र निजी अस्पतालसंगको समन्वय बैठक बोलाई साझा निर्णय गर्ने व्यवस्था गर्ने । कोरोना संक्रमणको नियन्त्रणका लागि साझा आचार संहिता निर्माण गरी लागु गर्ने

– सबै कार्यालय, आफ्नो गाउँ घर परिसरमा सरसफाई गर्ने, एकापसमा दुरी कायम गर्ने व्यवस्थाका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आमनागरिकमा सार्वजनिक सूचना प्रसारण गर्ने ।

– कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने सामग्रीहरुको सूची सामाजिक विकास मन्त्रालयले तयार गर्ने । आफै खरिद गर्न संभव भए खरिद गर्ने नभए बजेट तगा सामग्री माग गर्ने ।

– कोरोना संक्रमणको कारण कुनै क्षेत्र लकडाउन गर्नुपर्ने अवस्थालाई मध्यनजर गरी जिल्लागत योजना प्रमुख जिल्ला अधिकारीले बनाइराख्ने । दुई वा बढी जिल्ला लकडाउन गर्न आवश्यक हुन सक्ने विषयलाई मध्यनजर गरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सो को योजना तयार गर्ने ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कोरोना कहर : बिरामीलाई रगत अभाव

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरको कार्यालयमा भरतपुरका राजु विश्वकर्मा उदास मुद्रामा थिए। हातमा रगत बोक्ने सेतो बाकस र भरतपुर अस्पतालको सिफारिस पत्र लिएर उनी यता–उता भौतारिइरहे थिए। ‘बुवाकोे उपचारको लागि रगत लिन आएको,’ उनले भने, ‘तर यहाँ छैन भन्नुहुन्छ।’

विश्वकर्मा कहिले काउन्टर त कहिले बाहिर ओहोरदोहोर गर्दै थिए। ब्लड बैंकमा रगत नपाएपछि उनले आफन्तलाई फोन लगाए । तर, कोही ब्लड दिने मान्छे भेटाएनन् । ‘सवैतिर प्रयास गर्दा पनि रगत पाइएन । यहाँ दुई घण्टा देखि कुरेको छु । तत्कालै दुई पोका ब्लड लिन डाक्टरले भनेका छन्’ उनले भने, ‘एबि पोजेटिभ रगत दिने मान्छे पनि पाएको छैन ।’

मध्यविन्दु नगरपालिकाका उत्तम गुरुङ्ग पनि दिउँसो डाक्टरले ब्लड लिनका लागि दिएको सिफारिस पत्र लिएर ब्लड खोज्न भौतारिएका छन् । ४२ बर्षीया आमाको अप्रेसनपछि ब्लड आवश्यक क्षेत्रीय रक्तसञ्चार केन्द्रमा आएका गुरुङ्ग रगत नपाएर निराश मुन्द्रामा छन् । ‘आमाको पाठेघरको अप्रेसनपछि शरीरको ब्लड बगिरहेको छ । डाक्टरले छिटो दुई पोका सेतो र एक पोका रातो ब्लड ल्याउन भनेका छन्’ उनले भने, ‘यहाँआएर दुई घण्टा लाईनमा बसेको छु । तर, दिने पाईएको छैन ।’

रगत अभाव खेपेका केही उदाहरणमात्रै हुन् यी । रक्तसञ्चार केन्द्रका कार्यालय अघिल्तिर पुग्दा रगत राख्ने झोला र सिफारिस पत्र बोकेर आएका यस्ता थुप्रै अनुहार देखिन्छन् । कार्यालयका कर्मचारी रगतको पर्खाइमा बसेका सबैलाई एउटै जवाफ दिईरहेका थिए, ‘ब्लड ग्रप मिल्ने आफ्नो मान्छे भए ल्याउनुस्, नत्र स्टक त छैन ।’

मेडिकल सिटिको रुपमा विकास भैईरहेको भरतपुरमा विरामीहरुको अत्यधिक चाप छ । यहाँ देशकै ठुलो क्यान्सर अस्पपताल, दुई मेडिकल कलेज, संघिय मन्त्रालय अन्तरगतको सरकारी अस्पताल र दुई दर्जन भन्दा बढि निजि हस्पिटलहरु रहेका छन् ।

खासगरी क्यान्सरका विरामीलाई बढि रगतको आवश्यक पर्दछ भने, चितवनमा सवारी दुर्घटना पनि बढि हुनेभएकाले रगतको माग बढि हुने गर्दछ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका कार्यालयका प्रमुख रमेशकान्त पौडेलका अनुसार जिल्लामा दैनिक एक सय ५० युनिट रगतको माग हुन्छ । तर, अहिले ५० युनिट मात्र संकलन हुने गरेको पौडेलले बताए । ‘चितवनमा रगतको माग दैनीक सय देखि १सय ५० युनिटसम्म हुन्छ । संकलन मुस्किलले ५० युनिट हुने गरेको छ ।’ उनले भने ‘२५ प्रतिशतको हाराहारीमा मात्र व्यवस्थापन गर्न सकेका छौँ ।’ रगतका लागि विरामीका आफ्न्तले मान्छे खोजेर ल्याउनुपर्ने उनले बताए ।

कोरोना भाइरस संक्रमणको जोखिम वढ्दैगएपछि रक्तदानको अभाव हुन थालेको उनले बताए । ‘स्थानीय प्रशासनले सार्वजनिक सार्वजनिक स्थलमा जमघटका कार्यक्रम नगर्न आह्वान गरेको छ । प्रशासनको निति निर्देशन सवैले मान्नुप¥यो । नियमित रक्तदान गर्ने संघसंस्थाले पनि यो समयमा रक्तदान गरेका छैनन् ।’ उनले भने, ‘अहिले रगतको चर्को अभाव छ ।’ रगतको व्यवस्थापन गर्नका लागि छुट्टै रणनिति बनाउन लागिएको उनले बताए । हालको आपतकालिन अवस्थालाई रगतको व्यवस्थापन गर्नका लागि स्वयसेवी रक्तदाता र विभिन्न संघसंस्थालाई आग्रह गरिएको उनले बताए । रगतको अभावलाई व्यवस्थापन गर्नका लागि सवै लाग्नुपर्ने उनको धारणा छ । यही अवस्थामा गए चितवनमा कोरोनाको त्राससंगै ठुलो संकटकालको अवस्था सृजना हुने उनले बताए ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

ललितपुरका वडावडामा बन्दै छ मास्क (भिडियाे रिपाेर्ट)

बजारमा मास्कको अभाव हुन थालेपछि ललितपुर महानगरपालिका सबै वडाहरुमा मास्क उत्पादनको तयारी थालेको छ।

त्यसका लागि अहिले प्रत्येक वडाबाट दुई जना महिलालाई मास्क बनाउने तालिम दिन सुरु भएको छ। तालिमपछि उनीहरुले वडामा गएर अरुलाई पनि मास्क बनाउन सिकाउनेछन्।

उनीहरुले बनाउने कपडाको यो मास्क सर्जिकल मास्कभन्दा अलि कम प्रभावकारी हुन्छ।

हुँदैन, तर, पनि अभावका बेलामा यो मास्क सस्तो मूल्यमा पाउन सकिन्छ। बजारमा यो तयारीमा मास्क ५ देखि ७ रुपैयाँसम्म पाउन सकिन्छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कोरोनाको शंका लागेमा १११५ मा फोन गर्नुस्, पैसा लाग्दैन

कोरोनाको संक्रमण भएको शंका लागेमा वा यसका बारेमा केही जानकारी चाहिएमा १११५ मा फोन गरेर बुझ्ने व्यवस्था गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोरोना नियन्त्रण सम्बन्धि गरेको अन्र्तक्रिया कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिएका हुन् ।

महाशाखाले शुक्रबार बिहान ११ बजेदेखि सेवा सुरु हुने बताएको छ । सेवा २४सैं घन्टा हुनेछ।

‘कल सेन्टर सञ्चालन गर्नका लागि ११ जना कर्मचारीलाई तालिम दिएका छौं’, डा. पाण्डेले भने, ‘उहाँहरूले महामारीको समयमा कुन अस्पताल जाने, कसरी बच्ने, के कुरा खानेलगायत विषयमा जानकारी दिनुहुन्छ।’ यो नम्बरमा फोन गर्दा पैसा भने लाग्दैन।

मन्त्रलयका अनुसार हालसम्म ४सय ५०जनालाई जाँच गरिएकोमा एकजनालाई मात्रै पोजेटिभ देखिएको थियो। ती पनि निको भइसकेको मन्त्रालयले जनाएको छ।

अहिले आइसोलेसनमा ६ जना बिरामी रहेको मन्त्रालयले जनाएको छ । ४ जना टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा र २ जना पाटन अस्पतालमा रहेका छन् ।

‘नोवेल’ कोरोनाभाइरसबारे भ्रम र यथार्थ

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कोरोना संक्रमण : युरोपका २६ देशबाट अमेरिका प्रवेशमा प्रतिबन्ध

विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणलाई ‘विश्वव्यापी महामारी’ घोषणा गरेलगत्तै अमेरिकाले युरोपका २६ देशका नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार बेलायतबाहेक युरोपका २६ देशका यात्रलाई एक महिनाका लागि प्रवेशमा रोक लगाएका हुन्।
वार्षिक करिब १ करोड युरोपेली पर्यटक अमेरिका घुम्न जाने गरेको तथ्याङ्क छ। यो प्रतिबन्धले अमेरिकी अर्थतन्त्रमा पनि नकारात्मक प्रभाव पर्ने देखिएको छ।

 

‘युरोपबाट अमेरिकामा कोरोना भाइरसको संक्रमण भित्रिएको हो, केही समयका लागि युरोप आवतजावतमा प्रतिबन्ध लगाउन आवश्यक छ,’ राष्ट्रपति ट्रम्पले टेलिभिजन सम्बोधनमा भनेका छन् ‘यो प्रतिबन्ध कडा लाग्नसक्छ तर, अति आवश्यक छ।’

अमेरिकामा अहिलेसम्म १ हजार १ सय ३५ जनामा भाइरसको संक्रमण देखिएको छ भने ३८ जनाको मृत्यु भइसकेको छ।

‘यो संक्रमणलाई फैलिन नदिनका लागि युरोपबाट हुने सबै यात्रा स्थगित गरेका छौं, यो नियम शुक्रबार रातिबाट लागु हुनेछ’ राष्ट्रपति ट्रम्पले भनेका छन्।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ)ले ‘महामारी’को घोषणा गरेको छ।

विश्व स्वास्थ्य संगठनका प्रमुख डा।टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना भाइरसले लिएको महामारीको रुपलाई हल्का र लापरबाहीका रुपमा लिन नहुने बताएका छन्।
‘महामारीलाई हल्का र लापरबाहीका रुपमा लिने कुरा होइन’ डा.टेड्रोसले भनेका छन् ‘महामारीलाई नियन्त्रण गर्न सबैले आ–आफ्नो तर्फबाट लाग्नुपर्छ।’

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

इटालीमा कोरोना भाइरस : सबै नागरिकलाई घरबाट निस्किन प्रतिबन्ध

निकै तीव्र गतिमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि इटलीले आफ्ना नागरिकलाई यात्रामा प्रतिवन्ध लगाएको छ। चीनपछि सबैभन्दा धेरै मानिसको मृत्यु भइरहेको इटाली अहिले आक्रान्त छ।

सरकारले नागरिकलाई सामूहिक रुपमा भेला हुन र यात्रामा प्रतिवन्ध लगाएको छ। प्रधानमन्त्री जुजेप्पे कोन्टेले एकदमै जरुरी भएमात्रै अनुमति लिएर घर छोड्न भनेका छन्।

यसअघि इटालीको सबैभन्दा प्रभावित सहर लोम्वार्दी ‘लक डाउन’ भइसकेको छ।

टेलिभिजनमा सम्बोधन गर्दै प्रधानमन्त्री कोन्टेले भनेका छन् ‘हामीले कोरोना भाइरस नियन्त्रणका लागि सकेजति सबै उपाय अपनाएका छौं। तर, अब हामीसँग धेरै समय छैन।’

इटालीमा ४ सय ६३ जनाको मृत्यु भइसकेको छ। एकैदिनमा सयभन्दा धेरै मानिसको मृत्यु भएको छ।

इटालीका २० क्षेत्रमा भाइरसको संक्रमण पुष्टि भइसकेको छ। यी क्षेत्रमा करिब ९ हजार १ सय ७२ जना मानिस संक्रमित भइसकेका छन्।

नागरिकको रक्षाको लागि सरकारले यो सब गरिरहेको बताउँदै प्रधानमन्त्रीले भनेका छन् ‘त्यसका लागि सबैभन्दा उत्तम उपाय भनेकै घरभित्र बस्नु हो। आम नागरिकलाई जोगाउन र देशलाई भाइरसबाट सुरक्षित गर्नका लागि सबै नागरिकको सहयोग जरुरी छ।’

उनले यो अवस्थामा नागरिकले आफ्ना केही संस्कारहरुमा सुधार गर्नुपर्ने पनि बताए। ‘अब यहाँ रात्री जीवन हुनेछैन। म घरमै बस्छु भन्ने संकल्प सबैका लागि अनिवार्य छ,’ उनले भनेका छन्, ‘यो सब यहाँका नागरिक र देशलाई राम्रोका लागि गरिएको प्रयास हो।’

एजेन्सीकाे सहयाेगमा

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

अस्ट्रेलियामा एकजना नेपालीलाई कोरोना संक्रमण

अस्ट्रेलियामा एकजना नेपालीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तास्मानिया राज्यको होबार्टमा कार्यरत उनी गत फेब्रुअरी २६मा नेपालबाट फर्किएका थिए।

उनी सिङ्गापुर तथा सिड्नीमा ट्रान्जिट हुँदै होबार्ट पुगेका हुन्। एबिसी न्यूजले जनाएअनुसार जनस्वास्थ्य सेवा तास्मानियाका निर्देशक मार्क भेइचले उनको संक्रमणको पुष्टि गरेका हुन्।

फर्किँदा नै सामान्य रुघाखोकी लागेपनि उनी कुनै चेकजाँच बिना होटेलमा काम गर्न पुगेका थिए। २० वर्षीय उनी कलेज पनि पढ्छन्।

त्यहाँका स्वास्थ्यअधिकारीहरुले उनीसँग सम्पर्कमा आएका होटेलका अन्य मानिसलाई पनि क्वारेन्टाइनमा राखिने बताएका छन्।अस्ट्रेलियामा अहिलेसम्म ५५ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कोरोना : आधाभन्दा धेरै निको, संक्रमितको संख्या एक लाख नाघ्यो, विश्वमा के छ पछिल्लो अवस्था?

विश्वका ८८ भन्दा धेरै देशमा कोरोना भाइरसको संक्रमण फैलिइसकेको छ।

विश्वभरि ३ हजार ५ सय ६ जना मानिसको मृत्यु भएको छ। मृतकमध्ये ३ हजार ७० जनाको चीनमा मृत्यु भएको छ।

१ लाख १ हजार ७ सय ६९ जना मानिस विश्वभरि संक्रमित भएका छन्। तीमध्ये ८० हजार ६ सय १५ जना मानिस चीनमा मात्रै संक्रमित छन्।

५६ हजार ८ सय ७६ जना संक्रमित उपचारपछि निको भएका छन्। यो स्थितिले भाइरस संक्रमितको उपचार दर पनि बढिरहेको देखाएको छ।

चीनपछि सबैभन्दा धेरै मानिसको मृत्यु युरोपियन देश इटली र खाडी राष्ट्र इरानमा भएको छ। इटलीमा १ सय ९७ र इरानमा १४५ जना मानिसको मृत्यु भएको छ।

इटलीमा ४ हजार ६ सय ३६ र इरानमा ४ हजार ७ सय ४७ जना मानिस संक्रमित भएका छन्।

त्यस्तै चीनपछि सबैभन्दा धेरै संक्रमित दक्षिण कोरियामा देखिएका छन्। यहाँ ७ हजार ४१ जना मानिस संक्रमित भइसकेका छन् भने ४२ जना मानिसको मृत्यु भएको छ।

एउटा चर्चबाट दक्षिण कोरियामा फैलिएको यो भाइरसको संक्रमण गति अहिले निकै तीव्र भइरहेको ।

अमेरिकामा १४ जना मानिसको मृत्यु भएको छ भने २ सय १३ जना मानिस संक्रमित भएका छन्।

अमेरिकी राज्य क्यालिफोर्नियामा एकजना संक्रमितको मृत्यु भएपछि त्यहाँ स्वास्थ्य आपत्काल घोषणा गरिएको छ। यहाँ एउटा पानी जहाजमा २१ जना यात्रुलाई संक्रमण पुष्टि भएको छ। त्यहाँ हजारभन्दा बढी यात्रु भएको बताइएको छ। उनीहरु सबैलाई जहाजभित्रै क्वारेन्टाइनमा राखिएको छ।

यसअघि वासिङटन सहरमा पनि आपतकाल घोषणा गरिएको थियो। अमेरिकाका १६ राज्यमा भाइरस संक्रमित भेटिएका छन्।

भारतमा अहिलेसम्म ३१ जना मानिसमा संक्रमण पुष्टि भएको छ। तीमध्ये राजस्थान घुमेर फर्किएका १६ जना इटलीका नागरिक छन्।

छिमेकी भारतको नयाँ दिल्लीमा ३१ मार्चसम्मका लागि सबै विद्यालयहरु बन्द गरिएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ब्रसेल्सको विदेश भ्रमण स्थगित गरेका छन्।

इरानमा अधिकांश उच्च पदीय अधिकारीहरुलाई भाइरसको संक्रमण देखा परेको छ। त्यहाँका १० प्रतिशत सांसदलाई भाइरसको संक्रमण पुष्टि भएको छ।

इरानका उच्च नेता अयोतुल्लाह अली खामेनीका एकजना सल्लाहकार तथा अर्का एक जना सांसदको पनि भाइरसका कारण मृत्यु भएको छ।

एकजना उपराष्ट्रपतिलाई पनि कोरोनाको संक्रमण देखा परेको छ।

यहाँका सबै कलेज तथा विद्यालयहरु बन्द गरिएका छन् भने धार्मिक सभा सम्मेलनहरुमा रोक लगाइएको छ। मुख्य सहरहरुमा आवतजावत र यातायात सन्चालन निकै सिमित पारिएको छ।

इटलीमा पनि सबै विद्यालयहरु बन्द गरिएका छन्।

सर्विया, स्लोभाकिया, पेरु र टोगोमा पनि पहिलोपटक कोरोना भाइरस संक्रमित भेटिएका छन्।

बेलायतमा थप अर्का एकजना संक्रमितको मृत्यु भएको ।

एजेन्सीहरुकाे सहयाेगमा

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

यसरी जुधिएला त काेराेनासँग?

  • शिक्षा मन्त्रालयले सम्भावित कोरोना महामारीको त्रास देखाउँदै कक्षा ९ सम्मको वार्षिक परीक्षा ५ चैतभित्र सक्न आह्वान गर्यो ।
  • सबैजसो जिल्ला प्रशासन कार्यालयहरूले ठूला सभा, समारोहत, भेला तथा भोजभतेर नगर्न भनेको छ। होली पनि घरबाहिर जम्मा भएर नमनाउन आग्रह गरेको छ। 
  • सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोना नियन्त्रण समन्वय समिति बनाएको छ।


झट्ट हेर्दा उपप्रधानमन्त्रीको संयोजत्वको उच्चस्तरीय समिति नै बनाएर सम्भावित ‘माहामारी’को सामनाका लागि तयार देखिन्छ।

तर, रोग भित्रिसकेको अवस्थामा चाहिने भित्रि तयारीका लागि भने पटक्कै ध्यान गएको छैन।

‘पहिलो र सबैभन्दा महत्त्वपूर्ण सर्त भनेको कोरोनाको नेपालमा सम्भावित महामारीको सामनाका लागि ‘नेसनल प्रिपरेसन प्लान’ बनाएर सोहीअनुसार अगाडि बढ्नु हो,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले भने ।

विज्ञका अनुसार अहिलेको सन्दर्भमा सरकारले पहिलो सर्तका रूपमा रोग भित्रिनै नदिने प्रयत्नसँगै भित्रिहालेको अवस्थामा संक्रमणदर र मृत्युदर कसरी कम गर्ने भन्ने विशेष योजना बनाउनुपर्छ । विगतमा तुलनात्मक रूपमा अहिलेको भन्दा कम हानिकारक मानिएका भाइरस फैलिँदासमेत उपचार सेवा धान्न धौ–धौ परेको दृष्टान्त दिँदै मरासिनी भन्छन्, ‘भूकम्प, विश्वव्यापी महामारीका असर कम गर्ने भनेको योजना र तयारीले नै हो ।’

विगतमा पनि यस्ता योजना र तयारी नहुँदा डेंगु, स्वाइनफ्लुजस्ता भाइरसदेखि सामान्य रुघाखोकीमा समेत असामान्य संख्यामा बिरामी आउँदा स्वास्थ्यकर्मीमा समेत उपचारमा लाग्ने आँट र सीप अभाव देखिएका उदाहरण डा. मरासिनी दिन्छन् ।

‘चाइनामा स्वास्थ्यकर्मीले डराएर उपचार नगरेपछि निर्देशक आफैँ खटिए र उनीले संक्रमणबाट ज्यान गुमाउनुपर्यो,’ डा. मरासिनी भन्छन्, ‘पछि बल्ल सेनाले स्वास्थ्यकर्मीलाई विशेष तालिम दिएर उपचार भइरहेको छ ।’

उनले नेपालमा रोग फैलिएको अवस्थामा के–के गर्ने भन्नेमै अन्योल रहेको बताए । उनले यसखालको भयावह अवस्थाको समेत पूर्वपरिकल्पना गरे, ‘जनशक्ति, अस्पताल, उपकरणसँगै अन्य आम नागरिकका लागि दैनिक उपभोग्य सामग्रीको व्यवस्थापनमा जुट्नुपर्ने हुन्छ ।’

कमजोर संयन्त्र, सामग्री अभाव

विज्ञका अनुसार अन्तर्राष्ट्रियस्तरमा महामारीको पूर्वतयारी ‘थ्री एम’का आधारमा गरिन्छ– पर्याप्त र दक्ष जनशक्ति, मेटेरियल (सामग्री), आर्थिक स्रोत । यी तीनै आधारमा कोरोनाको सम्भावित महामारीको सामना गर्न हाम्रो संयन्त्र तयार भएकै छैन । तर, सरकारले भने रोग भित्रिनसकेको भन्दै तयारीमा जुट्न तदारुकता देखाइरहेको छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सरकारले अहिले विश्व स्वास्थ्य संगठनको योजनाअनुसार प्रोटोकल र कार्ययोजना तयार पारेको, एयरपोर्टमा हेल्थडेस्क स्थापना गरेको, विभिन्न नाकामा समेत स्वास्थ्य परीक्षणसँगै कोरोना व्यवस्थापनका लागि आवश्यक सामग्री मौज्दात थप गरिरहेको बताए । उनले भूकम्पपछिकै अवस्थादेखि विभिन्न ठाउँमा हब र स्याटलाइट अस्पताल पहिचान गरी समन्वय गरिरहेको समेत जानकारी दिए ।

मन्त्रालयले तयारी पर्याप्त रहेको भने पनि अहिले पनि आपत्कालीन अवस्थाका लागि अत्यावश्यक मानिने सर्जिकल मास्क, स्यानिटाइजरजस्ता सामग्री नै उपभोक्ताले पाइरहेका छैनन् । मन्त्रालय स्रोतका अनुसार विश्व स्वास्थ्य संगठनले जनसंख्याको अनुपात, हाल कोरोना फैलिएका देशको अनुभवका आधारमा रोग फैलिइएको अवस्थामा नेपालमा कम्तीमा १५ सय जनाका लागि उपचारका लागि आवश्यक सामग्री मौज्दात राख्नुपर्ने सुझाब दिएको छ । यसका लागि झन्डै ६० करोडका मेडिकल सामग्री आवश्यक पर्छन् ।

बिरामी देखापरिसकेको अवस्थामा अन्य जनरल अस्पतालको आइसोलेसन वार्डले मात्रै पनि रोग रोकथाममा प्रभावकारी नहुने र छुट्टै अस्पताल आवश्यक पर्न सक्छ । सरकारले अहिले हब र स्याटलाइट अस्पतालका नाममा केही अस्पतालमा सीमित बेड छुट्याएको जनाएको छ ।

यो उच्च संक्रामक रोग भएकाले उपचारमा संलग्न जनशक्तिदेखि अस्पताल सरसफाइ कर्मचारीसम्मले व्यक्तिगत सुरक्षा सामग्री (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट, पिपिई) प्रयोग गर्नु अनिवार्य छ । यस्ता सामग्री एम्बुलेन्सचालकदेखि, हेल्थडेस्कमा काम गर्ने र सबैभन्दा बढी अस्पतालमा काम गर्ने सबै जनशक्तिलाई चाहिन्छ । यो समूहभित्र फुटकभर, विशेष मास्क, पूरै शरीर ढाक्ने गाउन, फेससिट, आँखाका लागि विशेष ग्लाससमेत हुन्छ । स्रोतका अनुसार अहिले यस्तो पिपिई सरकारसँग मुस्किलले सय थान छ । सकेसम्म केही समयको अन्तरमा पिपिई बदलिराख्नुपर्छ ।

तत्कालै अमेरिकी सरकारले हजार थान यस्तो सामग्री नेपाललाई दिइसकेको छ। ठूलो मात्रामा रोग फैलिएको अवस्थामा यो मौज्दातले केही दिनका लागि मात्रै थेग्नसक्छ।

भारतले उपचारमा प्रयोग हुने औषधि र केमिकल निर्यातमा रोक लागाइसकेको अवस्थामा औषधि र सामग्रीको मौज्दातबारे समेत सरकारी अधिकारी निरुत्तर छन् ।

अन्तर्राष्ट्रिय  विमानस्थलमा राखिएको हेल्थडेस्कमा थर्मल स्क्यानर, धर्ममिटरसहित टाढैबाट परीक्षण भइरहे पनि सीमानाकामा स्वास्थ्यकर्मी विनामास्क रक्तचाप नापेर बस्नुपर्ने अवस्था रहेको मन्त्रालयका अधिकारीहरू बताउँछन् । संक्रामक रोगका बिरामीलाई अस्पतालसम्म लैजानसमेत विशेषखालको (डबल क्याब) एम्बुलेन्स चाहिन्छ । यस्ता एम्बुलेन्ससमेत कहाँ, कति छन् भन्ने रेकर्ड मन्त्रालयसँग छैन ।

उच्च संक्रामक रोग आएको अवस्थामा उपचारका लागि भनेर तोकिएका आठवटा हब र २४ वटा स्याटलाइट अस्पतालमा पनि बेडहरू पूर्ण आइसोलेटेड नभएको विज्ञहरू बताउँछन् । तीमध्ये कतिवटामा भेन्टिलेटर छन् भन्नेसमेत मन्त्रालयलाई जानकारी छैन ।

डा. मरासिनीका अनुसार सरकारले चीनबाट १७५ विद्यार्थीको उद्धार गरी क्वारेन्टाइनमा राख्ने, हेल्थडेस्कलाई प्रभावकारी पार्ने, प्रभावित देशबाट आएका व्यक्तिलाई सेल्फडिक्लियरेसन फर्म भराउने कामको राम्रो सुरुवात भए पनि रोगको महामारी भित्रिसकेको अवस्थामा के गर्ने भन्नेमा भने निकै लापरबाही र सुस्तता छ ।

‘चाइनाले एक सातामा १००० बेडको अस्पताल बनायो, हामी दुई महिनासम्म सुतेर बस्यौँ,’ डा. मरासिनी भन्छन्, ‘अहिले पनि बस्तीको बीचमा रहेको र अरु बिरामी पनि आउने टेकु अस्पतालमै बिरामी राख्छौँ, कोरोनाका बिरामीलाई टिचिङ, वीरमा उपचार गर्छौं भनेर सुतेर बसेर हुन्छ?’

उनले सरकार गम्भीरतापूर्वक लागेर कम्तीमा उपत्यकाका छेउछाउमा लगेर प्रिफ्याब भवन नै बनाएर भए पनि छुट्टै अस्पताल बनाउन थाल्नुपर्ने बताए ।

महामारी फैलिएको अवस्थामा उपचारका लागि अस्पतालका शय्या छुट्याए पनि उपचार गर्ने तालिमप्राप्त जनशक्ति शून्यप्रायः छ ।

अहिले पनि सरकारसँग यस्ता हब अस्पतालसँग पनि विशेषज्ञ जनशक्ति कति छन् भन्ने आँकडा छैन । यस्ता उच्च संक्रामक रोगको प्रकृति र स्वभावअनुसार उपचारको मोडालिटी मिलाउन सक्ने क्लिनिकल भाइरोलोजिस्ट, मेडिकल इपिडिमियोलोजिस्ट सरकारसँग पर्याप्त छैनन् ।

कस्तो जनशक्ति ?

कोरोनाको सन्दर्भमा महामारी व्यवस्थापनका लागि ट्रपिकल मेडिसिन विशेषज्ञ, क्रिटिकल केयर स्पेसलिस्ट, चेस्ट फिजिसियन, सरुवारोग विशेषज्ञसहित तालिमप्राप्त नर्सिङ जनशक्ति आवश्यक हुन्छ । साथै, स्वास्थ्यकर्मी, इपिडिमियोलोजिस्ट, तालिमप्राप्त प्रयोगशालाकर्मी, हेल्थ एजुकेटरका अलावा सहायकस्तरका कर्मचारीसमेत हुनुपर्छ ।

सरकारी संयन्त्रमा यस्ता महामारीको उपचारमा संलग्न हुने ट्रपिकल मेडिसिन विशेषज्ञ एकजना मात्र उपलब्ध छन् । महामारी व्यवस्थापनमा विशेष ज्ञान भएका विशेषज्ञको सरकारी संयन्त्रमा दरबन्दी नै छैन ।

अहिलेको अवस्थामा क्लिनिकल ट्रपिकल मेडिसिनमा विशेषज्ञता हासिल गरेका चिकित्सक एकजना टेकु अस्पतालमा कार्यरत छन् ।

यस्ता रोगको उपचारका लागि मेडिसिनमा एमडी (विशेषज्ञ)पछि विशेषखालको तालिम लिनुपर्छ ।

उपचारसँगै यस्ता रोगको परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग केही निजी क्षेत्रका विशेषज्ञ भए पनि भाइरोलोजी प्रयोगशाला विशेषज्ञ एकजना मात्र त्रिवि (शिक्षण अस्पतालसँग) छन् ।

यस्तो जनशक्ति तयार पार्ने नीति र भिजन नै राज्यसंयन्त्रमा नरहेको डा. मरासिनीले बताए । ‘अहिलेका चर्चित ट्रपिकल मेडिसिनका क्लिनिसियनलाई थाइल्यान्ड पढ्न पठाउन पैसा नपुगेर १० हजार डलर दिन तत्कालीन मन्त्री र सचिवसँग मैले झगडा नै गर्नुपरेको थियो,’ उनले भने ।

अहिले पनि यस्तो महामारी हेर्ने केन्द्रीय निकाय महाशाखामा छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामै इपिडिमियोजिस्टको काम वरिष्ठ जनस्वास्थ्य प्रशासकले गर्छन् ।

केका लागि पूर्वतयारी ?

विज्ञहरूका अनुसार महामारीको अवस्थामा रोगको पहिचान र सही व्यवस्थापन अभावमा प्रत्येक मिनेटको महत्त्व हुन्छ । राज्यसंयन्त्रले सही रूपमा सूचनासमेत दिन नसक्दा महामारीको समयमा झन् अन्योल र भ्रम फैलिने गरेको छ । अहिलेको अवस्थामा सरकारी निकायका गतिविधिले उल्टै त्रास फैलाइरहेका छन् ।

‘हालसम्म नेपालमा कुनै पनि महामारीको सफल र पूर्ण नियन्त्रण भएकै छैन,’ जुनोटिक रोग विशेषज्ञ डा. जितेन्द्रमान श्रेष्ठ भन्छन् ।

स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुखविशेषज्ञ एवम् सरुवारोग विशेषज्ञ डा. पदमबहादुर चन्दका अनुसार महामारीसँग जुध्न स्वास्थ्य संरचना मात्रै नभएर राज्यसंयन्त्र नै प्राविधिक, भौतिक आर्थिक रूपमा सबल हुनु जरुरी छ। कोरोनाजस्ता अति संक्रामक रोग आइसकेपछि संरचना र क्षमता जुटाएर लड्न सकिन्न ।

‘महामारीको तयारी स्वास्थ्य एक्लैले गरेर हुन्न,’ उनले भने, ‘यो एउटा सानो जिल्लामा फैलिएको झाडापखालाको प्रकोप व्यवस्थापनजस्तो होइन ।’ चन्दले महामारीको समयमा मिडियाले दिने सही सूचनाले सोसल भ्याक्सिनको काम गर्ने बताए ।

विशेषज्ञ डा. श्रेष्ठका अनुसार महामारी भित्रिसकेपछि त्यसले एकपछि अर्को आर्थिक, सामाजिक समस्या निम्तिन थाल्छ । ‘के हामी त्यो भयावह अवस्थाको पूर्वानुमान गरेर सामना गर्न तयार छौँ ?’ उनले भने ।
रोग आएर मान्छे मर्न थालिसकेपछि दैनिक आइपर्ने समस्याको व्यवस्थापनबाहेक केही गर्न नसकिने भन्दै उनले त्यतिवेला आतंक मात्रै थपिने र राज्यसंयन्त्र नै निरीह साबित हुन सक्ने चेतावनी दिए ।

डा. चन्दका अनुसार महामारीका लागि सबैभन्दा ठूलो कुरा पूर्वतयारी हो । सम्भावित महामारीका लागि औषधिदेखि प्रयोगशाला, जनशक्ति तम्तयार हुनुपर्छ । अहिलेको अवस्थामा राज्यसंयन्त्रमा महामारीले निम्त्याउन सक्ने हानिबारे कमै मात्र गम्भीरता छ ।

डा. मारासिनीका अनुसार सरुवारोग नियन्त्रण ऐन २०२० ले केन्द्रदेखि जिल्लासम्म महामारीको समयमा विभिन्न निकायको भूमिका तोकेको छ । अहिले संविधानले नै तीन तहका सरकार हुँदा कसको के जिम्मेवारी हुने तोकेको छ । तर, अहिले सरकारहरूको तयारी हेर्दा राज्यविहीनताको झल्को आउँछ ।

विशेषगरी, नेपालको राज्यसंयन्त्र स्वास्थ्य समस्या तथा विभिन्न प्राकृतिक विपत्तिको व्यवस्थापनमा केही अनुभवी देखिए पनि अन्तर्राष्ट्रिय रोगको महामारीका सन्दर्भमा अनुभवहीनजस्तै छ ।

दैवीप्रकोपका सन्दर्भमा केन्द्रमा पनि गृहअन्तर्गत केन्द्रीय दैवीप्रकोप व्यवस्थापन समितिदेखि क्षेत्र र जिल्ला तहमा समेत बहुनिकाय रहेको समितिको परिकल्पना गरिएको छ ।

कानुनी आधारमा गठन हुने यस्ता समितिले महामारीको चरम उत्कर्षमा बैठकका लागि यसका जिम्मेवार मान्छेलाई खोज्दै हिँड्नुपर्ने अवस्था छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत पनि जिल्ला–जिल्लामा आरआरटी (¥यापिड रेस्पोन्स टिम)को परिकल्पना गरिएको छ । तर, अहिले पनि कुनै जिल्लामा ती संयन्त्र जुरमुराएर तयारीमा लागेका छैनन् ।

निर्देशक डा. मरासिनीका अनुसार महामारीमा खर्च गर्ने भनेर प्रत्येक जिल्लामा ५० हजारदेखि डेढ लाखसम्म र बफर स्टकका रूपमा केही औषधि हुन्छन् । सरुवारोग ऐन २०२० ले महामारी नियन्त्रणको जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । साना स्तरका महामारीको अनुभवबाट प्रमुख जिल्ला अधिकारीहरू नै आफ्नो यो जिम्मेवारीबारे अनभिज्ञ रहने गरेको पाइएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

‘कुनै देशलाई पूर्वतयारीमा ढिला गर्ने छुट छैन’

‘सबै देशको सहकार्यमा कोरोना नियन्त्रण गर्न सकिन्छ’

विश्व स्वास्थ्य संगठनकि सरुवा रोग विशेषज्ञ डाक्टर मेरियाना केरखोभले कोरोना ‘नियन्त्रण गर्न सकिने’ भाइरस भएको बताएकी छिन्।

‘मैले चीनमा दुईहप्ता बिताएकी छु, चिनियाँ स्वास्थ्यकर्र्मी तथा अधिकारीहरुले भाइरसको नियन्त्रण कसरी गर्ने भन्नेबारे राम्ररी बुझेका छन्’ डाक्टर केरखोभले भनेकि छिन्,‘चीनले जनस्वास्थ्यलाई मध्यनजर गर्दै भाइरसको संक्रमण फैलिन नदिन सबैभन्दा उत्तम तरिकाले काम गरिरहेको छ।’

उनले यो कुरा सिएनएनमा भाइरसका बारेमा भएको एउटा छलफलका क्रममा बोलेकी हुन्।

चीनको उहानबाट कोरोना भाइरसको महामारी फैलिएको हो। महामारी फैलिएपछि डा. केरखोभले केही समय चीनमै बसेर त्यहाँका स्वास्थ्यकर्मीहरुसँग काम गरेकी थिइन्।

सार्वजनिक स्वास्थ्यको ख्याल गरी कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न हात धुने, घरबाहिर ननिस्कने, बिरामीबाट टाढा बस्ने र संक्रमणको अवस्थामा अस्पताल गई परीक्षण गरे संक्रमण रोक्न सकिने उनले बताइन्।

कोरोना भाइरसको संक्रमण जतिबेला, जहाँ पनि फैलिनसक्ने भन्दै उनले सबैलाई सचेत रहन जानकारी दिएकी छिन्।

यसअघि एउटा पत्रकार सम्मेलनमा बोल्दै विश्व स्वास्थ्य संगठनका प्रमुख डा.टेड्रोस एड्हानोम गेहब्रेयससले भाइरस विरद्धको लडाईमा हरेक देश जुध्नुपर्ने बेला भएको बताएको छ।

‘यो लडाईंमा हरेक देश सम्पूर्णरुपमा लाग्नुपर्छ। यो जिम्मेवारी कुनै सरकारको कुनै एउटा स्वास्थ्यमन्त्रीको मात्रै होइन’ उनले भने ‘हामीले यो महामारीलाई जित्न पनि सक्छौं तर, त्यसका लागि विश्वका हरेक देशबीच सामूहिकता, साझेदारी र सहकार्य आवश्यक छ।’

उनले विश्वका कुनै पनि देश भाइरस संक्रमणको जोखिमबाट टाढा नरहेको भन्दै सबैलाई निकै संवेदनशील हुन पनि आग्रह गरे।

‘यो कुनै सामान्य कुरा होइन, कुनै बाहाना बनाएर पछि हट्ने समय पनि यो होइन, पूर्व तयारीमा ढिला गर्न कुनै पनि देशलाई छुट छैन’ उनले भनेका छन् ‘हरेक देशले यो महामारीलाई संवेदनशील रुपमा लिनुपर्छ र तयारीका लागि काम तीब्र पार्नुपर्छ।’

एजेन्सीहरुकाे सहयाेगमा

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कोरोना कहर : संक्रमणसँग जुध्न गरिब र विकासोन्मुख देशलाई विश्व बैंककाे १३ खर्ब ८० अर्ब सहयोग घोषणा

विश्व बैंकले आपतकालिन सहायताका लागि भन्दै १२ बिलियन अमेरिकी डलर(करिब १३ खर्ब ८० अर्ब) सहयोग घोषणा गरेको छ।

महामारीको रुपमा संसारभर फैलिरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि भन्दै विश्व बैंकले यो रकम घोषणा गरेको हो।

उक्त रकम संक्रमणसँग जुध्नका लागि गरीब तथा विकासोन्मुख देशहरुलाई सहयोग गरिनेछ।

विश्व बैंक समूहका अध्यक्ष डेभिड मालपासाले विश्व बैंकले कोरोना भाइरसको संक्रमणलाई सिमित पार्न आर्थिक सहयोग गर्ने घोषणा गरेको बताएका हुन्।

‘विश्व बैकले आर्थिक सहायता प्रदान गर्नुको लक्ष्य कोरोनाको संक्रमणलाई सिमित पार्नु हो’ उनले भने, ‘यो सहयोग गरिब र सबैभन्दा जोखिममा रहेका देशलाई प्राथमिकता दिइनेछ।’

विश्व बैंकले प्रदान गर्ने सहयोगले कोरोना भाइरसको संक्रमणसंग जुधिरहेका र संक्रमणको उच्च जोखिममा रहेमा विकासोन्मुख राष्ट्रहरुलाई आपतकालिन अवस्थाबाट उम्किन सहयोग गर्ने बताइएको छ।

यद्यपि यो सहायता पूरै अनुदान भने होइन। विश्व बैंंकका अनुसार उसले प्रदान गर्ने अनुदानले कम लागत ऋण, अनुदान तथा प्राविधिक सहयोगका लागि महत्वपूर्ण सावित हुने भनेको छ।

विश्वभरका नेताले कोरोना भाइरसको प्रकोपबाट आफ्नो राष्ट्रमा पर्ने आर्थिक प्रभावबाट जोगाउने वाचा गरेपछि उक्त सहयोग उपलब्ध हुने भनिएको छ।

कोरोना भाइरसको संक्रमणले विकासोउन्मुख राष्ट्रहरुमा आर्थिक मन्दि हुनसक्ने भन्दै विश्व बैंकले सहुलियतमा अनुदान दिने व्यवस्था गरेको हो।

‘जीवन बचाउनका लागि गति आवश्यक छ, हामीले दु्रत गतिमा अघि बढ्नुपर्छ, हाम्रा संसाधन तथा दृष्टिकोणहरुलाई आवश्यकता अनुसार परिचालन गर्छौ’ विश्वबैंकले भनेको छ।

सहुलियतको उद्देश्य देशहरु संकटमा परेको बेला उनीहरुलाई संकटबाट मुक्त गरी जनस्वास्थ्यमा सुधार ल्याउनु र नीजि क्षेत्रसंग सहकार्य गरेर आर्थिक प्रभावलाई घटाउनु रहेको छ।

हाल कोरोना भाइरसको संक्रमणबाट विश्वभरि ३ हजार २ सय १ जनाको मृत्यु भइसकेको छ भने ९२ हजार ८ सय १ जनामा संक्रमण देखिएको छ।
महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण ७६ भन्दा बढी देशमा फैलिइसकेको छ।

एजेन्सीकाे सहयाेगमा

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कोरोना कहर : चीनमा घट्दै, अरू देशमा फैलिँदै

मुख्य केन्द्रबिन्दू चीनको उहानपछि कोरोना भाइरस (कोभिड-१९) को संक्रमण अहिले विश्वभर नै तीव्र भइरहेको छ।

चीनमा भने तुलनात्क रुपमा यसको संक्रमण र मृत्यु हुनेको संख्या घटिरहेको छ। अहिलेसम्म विश्वका ७३ देशमा यो भाइरसको संक्रमण फैलिसकेको छ।

डब्ल्युएचओले कोरोना भाइरसको तीव्र प्रवाहबारे चिन्ता व्यक्त गर्दै यो भाइरसले संसारभर भयभित अवस्था सिर्जना गरेको बताएको छ।
डब्ल्युएचओका प्रमुख डा.टेड्रोस एड्हानोम गेहब्रेयससले  कोरोना भाइरस ‘अचम्म’ को भाइरस भएको भन्दै सबै देशलाई निकै सोचविचार गरेर रोकथामका लागि लाग्नुपर्ने बताएका छन्।

‘कोरोना भाइरसको नियन्त्रणका लागि प्रत्येक देशले सचेतता अपनाउनुका साथै उचित कदम चाल्नुपर्छ,’ उनले भनेका छन्, ‘हामी एकदमै सोच्नै नसकिएको ठाउँमा काम गरिरहेका छौं, कुनै पनि देशको थोरैमात्रै लापरबाही भयो भने संक्रमणबाट अछुतो रहन सक्दैन्।’

हालसम्म कोरोना भाइरस संक्रमण ७३ देशमा फैलिसकेको र यसबाट ९० हजार मानिस संक्रमित भएको विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ।
चीनपछि यो भाइरस संक्रमण इरान, इटली र दक्षिण कोरियामा तीव्र भइरहेको छ।

इरानमा कोरोना भाइरसको संक्रमणबाट ६६ जनाले ज्यान गुमाइसकेका छन् भने १ हजार ५ सय १ जना संक्रमित छन्। चीनपछि सबैभन्दा बढी मानिसको मृत्यु इरानमा भएको छ।

इटलीमा भाइरसको संक्रमणबाट ५२ जनाको ज्यान गएको छ भने, २ हजार ३६ जनामा संक्रमण भेटिएको छ। त्यस्तै, दक्षिण कोरियामा संक्रमणबाट २८ जनाले ज्यान गुमाएका छन् भने ४ हजार ८ सय १२ जनामा संक्रमण देखिएको छ। विश्वभर मृत्यु हुनेको संख्या ३ हजार १ सय १६ जनाभन्दा बढी भइसकेको छ।

चीनमा भने संक्रमित र मृत्यु हुनेको संख्या दिनदिनैजसो कम हुन थालेको छ।

सोमबारसम्म चीनमा २ हजार ९ सय १२ जनाको मृत्यु भएको थियो भने मंगलबारसम्म ३१ जनामात्रै थपिए।
एक साता अघि मात्रै त्यो संख्या दैनिक १ सय भन्दा बढी थियो।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले विगत ६ हप्तायता पछिल्लो यो तथ्यांकलाई सबैभन्दा कम भएको बताएको छ। उसले चीनमा कोरोना भाइरसको प्रभाव घट्दै गइरहेको बताएको छ।

एजेन्सीहरुकाे सहयाेगमा

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कोरोना कहर : अमेरिकामा ६ जनाको मृत्यु

अमेरिकाको वासिङ्टन राज्यमा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ।

योसंगै अमेरिकामा भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो।

वासिङ्टन राज्यमा १८ जनामा कोरारेना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ।

अघिल्लो साताको अन्त्यतिर वासिङ्टन राज्यमा कोरोनाको संक्रमण देखिएपछि उक्त स्वास्थ्य संकटकाल घोषणा गरिएको थियो।

भाइरसको संक्रमणबाट सुरुमा ज्यान गुमाएका दुई जनाको अध्ययन अनुसन्धान गरिरहेका अधिकारीहरुले राज्यका करिब १५ सय जना भाइरसबाट संक्रमिण हुनसक्ने अनुमान लगाएका छन्।

अधिकारीहरुले वासिङ्टनमा ६ हप्ताअघिदेखि भाइरसको संक्रमण फैलिएको हुनसक्ने विश्वास गरेका छन्।

अमेरिकामा हालसम्म वासिङ्टन, क्यालिफोर्निया,इलिनोइस, रोड आइल्याण्ड,न्युयोर्क फ्लोरिडा र ओरेगन राज्यमा कोरोना भाइरसका संक्रमित भेटिएका हुन्।

अहिलेसम्म यो भाइरसको संक्रमणबाट विश्वभरि ३ हजार १ सय १६ जनाको मृत्यु भइसकेको छ। तीमध्ये २ हजार ९ सय ४३ जना चीनमा मात्रै मृत्यु भएको छ।

चीनपछि सबैभन्दा धेरै मानिसको मृत्यु इरानमा भएको छ। यहाँ ६६ जना मानिसको मृत्यु भएको छ भने १ हजार ५ सय १ जना मानिस संक्रमित भएका छन्।
त्यस्तै इटलीमा ५२ जना मानिसको मृत्यु भएको छ भने २ हजार ३६ मानिस संक्रमित भएका छन्। त्यस्तै दक्षिण कोरियामा ४ हजार ८ सय १२ जना मानिस संक्रमित भएका छन् भने २८ जनाको मृत्यु भएको छ।

एजेन्सीकाे सहयाेगमा

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कोरोना कहर : इरानी सर्वाेच्च नेताका सल्लाहकारको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट इरानी सर्वोच्च नेता अयतुल्लाह अलि खामिनीका सल्लाहकार परिषदका एक जना सदस्यको मृत्यु भएको छ।

भाइरसको संक्रमणबाट गुज्रिरहेका ७१ वर्षीया मोहम्मद मिर्मोहम्मदीको सोमबार तेहरानको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इरानी सञ्चारमाध्यमल जनाएका छन्।

सल्लाहकार काउन्सिलका सदस्य उनी सर्वोच्च नेता र संसदबीच उत्पन्न हुने टकरावमा मध्यस्थता गर्दै आएका थिए।

चिनको वुहानलाई केन्द्रबिन्दु बनाई विश्वभर फैलिरहेको कोरोना भाइरसबाट चिनपछि इरानमा सबैभन्दा बढिले ज्यान गुमाएका छन्।

सिस्टर मेरी भनेर चिनिने इरानकी उपराष्ट्रपति मसुमेह एब्टेकर पनि भाइरसबाट संक्रमित भएकी छन्।

कोरोना भाइरस(कोभिड१९) बाट हालसम्म इरानमा ५४ जनाको मृत्यु भइसकेको छ भने ११ सयभन्दा बढीलाई संक्रमण देखिएको छ।

अन्य संक्रमित देशहरुको तुलनामा इरानमा संक्रमितको मृत्यु प्रतिशत बढि रहेको प्रति विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। अहिले इरानमा अन्य देशको तुलनाभन्दा मृत्यु हुनेको संख्यामा ५प्रतिशतले वृद्धि भएको छ।
इरान सरकारले कोरोना भाइरसको संक्रमण रोक्नका लागि विदेशमन्त्रीले केहि कदम चालेको बताएका छन्।

इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसावीले कोरोनाको संक्रमणबारे पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आफुहरुले् भाइरस नियन्त्रणका लागि सुचना सन्देस जारी गर्र्नुका साथै संक्रमण रोक्न भरपुर प्रयास गरिरहेको् बताएका छन्।

इरानले अमेरिकी विदेश सचिव माइक पोम्पीको इरानलाई सहयोग गर्ने प्रस्ताव अस्वीकार गरेको छ।

एजेन्सीकाे सहयाेगमा

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कोरोना रोक्न कांग्रेस सभापतिद्वारा सरकारको ध्यानाकर्षण

शेरबहादुर देउवा।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको संक्रमणको जोखिम नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोलेका सभापति देउवाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन आवश्यक सुरक्षाका लागि सम्पूर्ण प्रबन्ध गर्न सरकारसँग आग्रह गरेका हुन्।

‘कोरोना भाइरसको संक्रमण ५० भन्दा धेरै देशमा फैलिसकेको छ, विश्व स्वास्थ्य संगठनले पनि नेपाल उच्च जोखिममा रहेको बताइसकेको छ,’ देउवाले भने, ‘कोरोना भाइरसको संक्रमण फैलिन नदिन उच्च सुरक्षा सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराउँछु।’

नेपालसहित विश्वभरि रहेका नेपालीहरूलाई सुरक्षित रहन देउवाले अपील गरेका छन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

इरानमा कोरोना : उपराष्ट्रपतिलाई पनि संक्रमण, २६ जनाको मृत्यु

इरानका एकजना उपराष्ट्रपति मासुमेह एब्टेकरलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।

इरानको राष्ट्रिय समाचारले जनाएअनुसार उनलाई आफ्नै घरमा ‘क्वारेन्टाइन’मा राखिएको छ। राष्ट्रपति हसन रुहानीको सल्लाहमा उनलाई घरमै चिकित्सकीय निगरानीमा राखिएको बताइएको छ।
यसअघि अरु ७ जना उच्च सरकारी अधिकारी पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् भने तीमध्ये एकजनाको मृत्यु भएको छ।
इरानमा अहिलेसम्म २६ जना मानिसको कोरोना भाइरसबाट मृत्यु भइसकेको छ।

विश्वभरि फैंलिदैं कोरोना
चीनपछि कोरिया, युरोप तथा खाडी देशहरुमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण बढ्न थालेको छ। चीनले करिब १४ प्रतिशत बिरामी निको भइसकेको दाबी गरेको छ।
कोरोना भाइरसको उद्गमस्थल उहान तथा हुवेइ प्रान्तमा दिनहुँजसो संक्रमितको संख्या घट्न थालेको छ भने विश्वका अन्य देशमा बढ्न थालेको छ।

चीनपछि विश्वका अन्य देशमा यसरी भाइरसको संक्रमण बढ्न थालेपछि विश्व स्वास्थ्य संगठनले थप चिन्ता व्यक्त गरेको छ। चीनसहित अहिलेसम्म ४८ देशमा कोरोनाको संक्रमण फैलिएको छ।
‘यो अवस्थामा विश्वका कुनै पनि देश भाइरस छिर्न सक्दैन भनेर बस्न मिल्दैन’ विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.महानिर्देशक टेड्रस एड्हानोम गेहब्रेयससले भनेका छन् ‘अब हरेक देश निकै प्रतिवद्ध भएर यो भाइरसका विरुद्ध जुध्ने बेला आएको छ।’

साउदी अरबले विश्वका विभिन्न सात देशका लागि पर्यटकहरुलाई निषेध गरेको छ। केही समयका लागि भन्दै उसले चीन, इटली, कोरिया, जापान, मलेसिया, सिङ्गापुर तथा काजकस्तान देशबाट आउने पर्यटकका लागि भिसा बन्द गरेको छ।

यसअघि उसले देशमा हुने धार्मिक समारोहमा विदेशी मुलुकका धार्मिक यात्रीलाई पनि भिसा बन्द गरिसकेको छ।
साउदीमा अहिलेसम्म १३ जना मानिस भाइरसबाट संक्रमित भएका छन्।

त्यस्तै जापानले आगामी एक महिनाका लागि विद्यालयहरु बन्द गरेको छ। जापानमा १८६ जना मानिस संक्रमित भएका छन् भने ४ जनाको मृत्यु भएको छ। जापानका १४ प्रान्तमा यो भाइरसको संक्रमण देखिएको छ।

त्यस्तै इरानमा २६ जनाको मृत्यु भएको छ भने २ सय ४५ जना मानिस संक्रमित भएका छन्। इटलीमा १७ जनाको मृत्यु भएको छ भने ६५० जना मानिस संक्रमित भएका छन्।

त्यस्तै दक्षिण कोरियामा १३ जना संक्रमितको मृत्यु भइसकेको छ भने २०२२ जना मानिसमा संक्रमण पुष्टि भएको छ। त्यस्तै हङकङमा २ जना मानिसको मृत्यु भएको छ भने फिलिपिन्समा १ जनाको मृत्यु भएको छ। हङकङमा ९३ जना मानिसको मृत्यु भएको छ।

अमेरिकामा ६० जना मानिस संक्रमित भएका छन्। अमेरिकामा भाइरससँग सम्बन्धित औषधिको अभाव देखिएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन्।

एजेन्सीहरुकाे सहयाेगमा

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै