उद्योग वाणिज्य महासंघले बाँड्यो ४ हजार प्याकेट राहत

नेपाल उद्योग वाणिज्य महासंघले गरिब तथा विपन्न सर्वसाधारणलाई राहत सामग्री वितरण गरेको छ।

कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथाम गर्न सरकारले लगाएको लकडाउनले समस्यामा परेका दैनिक गुजारा गर्न मुस्किल श्रमिक तथा कामदारलाई महासंघले पहिलो चरणमा ४ हजार प्याकेट राहत सामग्री वितरण गरेको हो।

लकडाउनबाट प्रभावित श्रमिक तथा विपन्न वर्गलाई सहयोग गर्ने उद्देश्यले ‘बाँचौं र बचाऔं’अभियानअन्तर्गत राहत वितरण गरेको महासंघले जनाएको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको उपस्थितिमा महासंघ अध्यक्ष भवानी राणाले आइतबार  राहत सामग्री वितरण गरेकी हुन्। महासंघले बाँडेको राहतत सामग्रीमा प्रतिप्याकेट १० किलो चामल र एक किलो दाल छ।

राहत सामग्री उद्योग वाणिज्य संघ काभ्रे, काठमाडौं महानगरपालिका–३१, मध्यपुर थिमि वडा नम्बर ३ र ६, कामपा–१६, उत्पीडित सुकुमबासी बस्ती थापाथली, अन्तर्राष्ट्रिय आप्रवासी समुदाय, डोलेश्वर महादेव समिति, कामपा वडा नम्बर १ र २०, नेपाल चलचित्र प्राविधिक संघ, गणेश केसी टोल, सुन्दरीजल चाइना गेट, पशुपति क्षेत्र आश्रम, नवजीवन चिल्ड्रेन होम हात्तिवन ललितपुर लगायत संघसंस्था मार्फत वितरण गरिएको हो।

राहत वितरण कार्यक्रममा महासंघका कार्यकारिणी सदस्यहरू जय शिवाकोटी, आकाश अधिकारी, रविन श्रेष्ठ र नेपाल विज्ञापन संघका पदाधिकारी सहभागी थिए।

महासंघले यसअघि ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा ५० लाख नगद र १ करोडबराबरको स्वास्थ्य तथा खाद्यान्न सामग्री सहयोग गर्ने घोषणा गरेको थियो।
सोही सहयोगअन्तर्गत महासंघले केही समयअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत स्वास्थ्य मन्त्रालयलाई १० हजारथान मास्क र २ सय ५० सेट व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) लगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो।

त्यसैगरी महासंघले लकडाउनको समयमा अत्यावश्यक उद्योगले सुरक्षाका उपाय अवलम्बन गर्दै उद्योग सञ्चालन गर्न आग्रह गरेको छ।

त्यस्तै सबै सदस्य संघसंस्था, उद्योग प्रतिष्ठानलाई अत्यावश्यक सामग्रीको पारदर्शी र निष्पक्ष बिक्री वितरण गर्न तथा सर्वसाधारणलाई अनावश्यक रूपमा अत्यावश्यक सामग्री भण्डारण नगर्न आग्रह गर्दै महासंघले अत्यावश्यक सामग्रीे बिक्री वितरण प्रभावकारी बनाउन सरकारलाई अपिल पनि गरेको छ।

महासंघले ‘कोरोना भाइरसविरुद्ध सहयोग अभियान २०२०‘ स्थापना गरी राहत सामग्री संकलन पनि गरिरहेको जनाएको छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

विश्वभर १२ लाख संक्रमित, ६४ हजारभन्दा बढीको मृत्यु

विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६४ हजार ६ सय ७८ पुगेको छ।

विश्वका २०६ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ५ हजार ५०४ जनाले ज्यान गुमाएका छन्।

भाइरस संक्रमितको संख्या १२ लाख १ हजार ४७३ पुगेको छ। २४ घण्टाको अवधिमा ८४ हजार ८१२ नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये २ लाख ४६ हजार ३८३ जना उपचारगरि घर फर्किएका छन् । अहिले ८ लाख ९० हजार ४१२ मा भाइरसको संक्रमण छ । उनीहरु विभिन्न अस्पताल तथा आइसोलेनमा उपचाररत छन् । उपचारमा रहेकामध्ये ४२ हजार २८८ को अवस्था गम्भीर छ।

चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमणबाट सबैभन्दा धेरै अमेरिकी नागरिक संक्रमित भएका छन् । अमेरिकामा संक्रमणदर पनि तीव्र रुपमा बढेको छ । २४ घण्टामा थप ३४ हजार १९६ जनामा संक्रमण भएसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख ११ हजार ३५७ पुगेको छ । जहाँ मृत्यु हुनेको संख्या ८ हजार ४५२ छ ।

वितेको २४ घण्टामा अमेरिकामा १ हजार ४८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै सबैभन्दा धेरै इटालीका नागरिकले ज्यान गुमाएका छन् । इटालीमा १५ हजार ३६२ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा मात्रै इटालीमा ६८१ जनाको मृत्यु भएको छ। त्यसैगरी स्पेनमा १ लाख २६ हजार बढी संक्रमित रहेका छन् । जहाँ ११ हजार ९ सय बढीको ज्यान गएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

अमेरिकी अनुसन्धानकर्ताद्वारा कोरोनाको सम्भाव्य भ्याक्सिन विकास

अमेरिकी अनुसन्धानकर्ताले नोबेल कोरोना भाइरस (कोभिड-१९)को सम्भाव्य भ्याक्सिनको विकास गरिरहेको जनाएका छन्।

पिटर्सवर्ग विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले इन्जेक्सन (सुईंद्वारा दिइने)मा आधारित नयाँ कोरोना भाइरसको भ्याक्सिनको विकासमा काम गरिरहेको बताएका छन्।

साउथ चाइना मर्निङ पोष्टको एक रिपोर्टअनुसार सन् २०१२ मा उत्पन्न मिडिल इष्ट रेष्पिरेटरी सिन्ड्रम (मेर्स)को प्रकोपको निदानका लागि तयार गरिएको भ्याक्सिनलाई परिमार्जित गरी हाल विश्वलाई नै आतंकित गराइरहेको कोभिड–१९ को उपचारमा सघाउ पुर्यापउने औषधि तयार गर्न लागिएको हो।

द ल्यान्सेट नामक जर्नलमा बताइएअनुसार मुसामा परीक्षण गर्दा कोभिड–१९ भाइरसलाई निको पार्ने एण्टिबडी (कुनै विशेष भाइरस वा ब्याक्टेरियालाई मार्ने तत्व) उत्पादन गर्न सफल यस भ्याक्सिनको विकासको कामलाई अनुसन्धानकर्ताहरूले प्रयोगात्मक भ्याक्सिनको संज्ञा दिएका छन्।

यस सम्भाव्य भ्याक्सिन औंलाको टुप्पोको आकार बराबरको ४०० वटा मसिना सुईद्वारा शरीरमा दिइन्छ जसलाई अनुसन्धानकर्ताहरूले माइक्रोनिडल ऐरे (मसिना सुइहरूको व्यवस्थित संयोजन) भनेर व्याख्या गरेका छन्। प्रोटिज र सुगरबाट बनेको यस्ता सुइहरू छालाभित्र राम्रो घुलिने हुनाले यस भ्याक्सिन प्रभावकारी हुने पनि उनीहरूको दाबी छ।

अन्य माइक्रोनिडल ऐरे (मसिना सुइहरूको व्यवस्थित संयोजन)को तुलनामा यस भ्याक्सिनले मुसामा परीक्षण गर्दा सार्स–सिओभी–२ का लागि दुई हप्ताभित्र अति उच्च ऐण्टिबडी प्रतिक्रिया देखाएको थियो। सार्स–सिओभी–२ कोभिड–१९ रोग गराउने कोरोना भाइरसको वैज्ञानिक नाम हो।

पिटर्सवर्ग विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको अध्ययन प्रतिवेदनअनुसार यस नयाँ माइक्रोनिडल ऐरे छालाभित्र उच्च रूपमा घुलित हुने हुनाले यसले प्रतिरक्षामा आधारित प्रभावकारी खोपको लागि आवश्यक भ्याक्सिनको डोज (मात्रा)लाई कम गर्ने र लागत तथा अन्य हानीकारक असरलाई पनि घटाउने छ।
मुसामा सफल परीक्षण भइसकेको यस भ्याक्सिनको मानिसमा भने अझै परीक्षण हुन बाँकी छ।

कर्नल विश्वविद्यालयका सहायक प्राद्यापक रथ कोलिन्सले पिटर्सवर्गका अनुसन्धानकर्ताहरूले तयार गरेको भ्याक्सिन दिइने तरिकाको आधारमा अन्य सम्भाव्य भ्याक्सिनभन्दा लाभकारी देखिए तापनि मुसामा सफल परीक्षण भइसक्ता पनि मानिसमा सोको परीक्षण सफल हुन अन्य सम्भाव्य भ्याक्सिनलाई जस्तै चुनौतीपूर्ण रहेको टिप्पणी दिए।

‘प्रतिरक्षाका लागि मानिसमा भ्याक्सिनको प्रयोग सधैं खतराले भरिपूर्ण हुन्छ। रोग नलागेका मानिसमा भ्याक्सिन परीक्षण गर्दा सोही मानिसलाई रोग लाग्दाको अवस्थामा उसको प्रतिरक्षको प्रतिक्रियालाई अझै बढाउन वा खलबल्याउन सक्दछ,’ उनले भने, ‘भ्याक्सिन विकासको यो नै सबैभन्दा कठिन पक्ष हो।’
यस्तो किसिमको अनिश्चिततालाई पिटर्सवर्ग विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको अध्ययन प्रतिवेदनले पनि स्वीकारेको छ।

‘त्यसो त यस भ्याक्सिनले मानिसमा अपेक्षित प्रतिरक्षाको प्रतिक्रिया उत्पन्न गराई उनीहरूलाई सार्स–सिओभी–२ र मेर्स–सिओभी संक्रमणबाट रक्षा गर्छ भनेर अन्दाज लगाउन अहिले नै चाँडो हुने भए तापनि हाम्रो हालसम्मको अध्ययनले देखाएअनुसार यस भ्याक्सिनको विकास, उत्पादन र प्रारम्भिक परिक्षण चाँडै नै सम्पन्न हुनेछ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ।

अध्ययन टोलीले मानिसमाथि गरिने पहिलो चरणको स्वीकृतिको लागि युयस फुड एण्ड ड्रग एड्मिनिष्ट्रेसनमा आवेदन गर्नुपूर्व अन्य धेरै गृहकार्यहरू सम्पन्न गर्न बाँकी रहेको पनि बताएको छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

आबुई नि डाक्टर!  यिनले त भाइरस ल्याउँछन्…

म पेशाले चिकित्सक। डाक्टर बनी दिन-दुखीहरूको सेवामा समर्पित हुने सपनाहरू विद्यालय जीवनदेखि देख्न थालेको थिएँ। शिक्षकहरूले डाक्टर नर्मन बेथुन, डा। कोटनिस, चे ग्वेभारा, फ्लोरेन्स नाइटिंगेलका जीवनी सुनाउनु हुन्थ्यो, पढाउनु हुन्थ्यो।

वातावरण नै यस्तो बन्यो कि डाक्टरी पेशाबाहेक अरु सब गौण लाग्न थाल्यो। लक्ष्य पूरा गर्न धेरै मेहनत गरियो। प्रवेशिका, उच्च माध्यमिक तहमा पनि सोचेअनुसारकै अंक ल्याएर पढियो।

१२ कक्षा उत्तीर्ण गरेको करिब दस वर्षपछि पढाइ सकेर विशेषज्ञ चिकित्सक बनियो। लोकसेवा नि खुल्यो, भरियो, नाम पनि निस्कियो। भर्खर घरजम भइकन पेशामा संलग्न भएको एक वर्ष पनि बित्न नपाई विश्वमा त्रासदीपूर्ण माहामारीको उद्घाटन भयो।

धेरैले यसलाई तेस्रो विश्वयुद्घको संज्ञा पनि दिए। दुश्मन कुनै देश वा सेना नभई, नदेखिने भाइरस बन्यो।

चीनको उहान सहरमा पहिलोपटक देखिएको भाइरस पहिचानमै दुई हप्ताबढी समय बित्यो।

नयाँ भाइरस मानिसबाट मानिसमा सर्दै जाने अवस्था रह्यो। चीनको उहान सहर निकै आतंकित बन्यो, भकाभक संक्रमितहरू देखिन थाले, कतिपय मर्न थाले। उपचारमा संलग्न चिकित्सक, नर्सहरू पनि संक्रमित हुन थाले।

कोरोना भाइरसको उत्पत्ति हुनसक्ने खतरा पहिचान गर्न सक्ने डाक्टरले यही भाइरसबाट संक्रमित भएर सहादत प्राप्त गरे। हुँदाहुँदै उहानको महत्वपूर्ण अस्पतालका निर्देशक पनि संक्रमित भएर देहान्त भए।

त्यसको लागि आ-आफ्नो तर्फबाट गर्न सकिने सहयोगको अपेक्षा राख्छौं। यो अदृश्य शत्रुसँगको लडाइँमा हामी विजय हासिल गरेरै फर्किनेछौं। अनि सब जना सँगै बसेर विजयोत्सव मनाउँला। त्यसका लागि तपाईंहरु घरमै बसेर युद्ध लड्नुस्, हामी कर्मक्षेत्रमा बसेर लड्छौं।

चौबिसै घण्टा लगातार हप्ता दिन काम गर्दा प्रयोग भएका मास्क, चश्मा, व्यक्तिगत सुरक्षा कवचहरूका खट बसेका अनुहारहरू, एलर्जीले रातो रातो भएका हात खुट्टाका फोटोहरू इन्टरनेटमा भाइरल भईरहदा, मेरो भावुक मन चसक्क बिझ्यो।

पत्तै नपाई आँशुका धारा बगेका थिए। तर, नदेखिने भाइरस शत्रुसँग लड्नु साँच्चिकै बलिया हतियारयुक्त सेनासँग लड्नुभन्दा कठीन थियो।
चिकित्सा पेशामा लागेर मैले कहिले पनि सोचिनँ कि ‘तेस्रो विश्वयुद्घ’ को अग्रिम मोर्चा सम्हाल्नु पर्नेछ। चीनको उहान सहरमा रहेका नेपालीहरूको जीवन रक्षाको लागि नेपाल सरकारले एयर लिफ्ट गर्नुपर्ने विषय नेपालको पत्रपत्रिकामा छाएपछि वास्तवमै नेपालमा पनि कोरोनाले विधिवत् प्रवेश पाएको थियो।

उद्दार गरिल्याउनुपर्ने मागसँगै घना बस्तीबीचमा क्वारेन्टाइन राख्न नमिल्ने आवाज पनि बढ्दै गयो। विवादका बीच उहानबाट उद्दार गरी ल्याएका नेपाली विद्यार्थीहरूलाई भक्तपुरको खरिपाटीमा १४ दिन क्वारेन्टाइनमा राखियो।

हामी चिकित्सक पनि यो घटनापछि कोरोना संक्रमण सम्बन्धी जानकारी, सूचना, बच्ने उपाय, उपचार पद्दतिका बारे खोजीनिती सुरू गर्न थाल्यौं। अर्थात् मानसिक रुपमा हामीले आफूलाई तयार पार्दै लग्यौं।

सहर, देश हुँदै भाइरसले विश्व भ्रमण गर्न थालिसकेको थियो। दक्षिण कोरिया, जापान, भियतनाम, मलेसिया हुँदै युरोप भ्रमणको लक्षण देखायो।
स्पेन र इटालीमा संक्रमणले डढेलोको रुप लिन थालेपछि विश्व स्तब्ध बने। विकसित भनिएका देशको स्वास्थ्य उपचार प्रणाली र नवउदारवादी राज्य संरचनामाथि प्रश्न उठ्न थाले।

‘चीनको मात्र समस्या हो नि भनेर जे पनि खाने चिनियाँ जनतालाई प्रकृतिले सबक सिकायो’ भनेर बिल्ला गरेर हिँड्नेहरू पनि सोच्न बाध्य भए।
विश्वकै उत्कृष्ट उपचार पद्दति र प्रबन्ध भएको भनेर घमण्ड गर्न लायकका युरोपेली देशहरू एकपछि अर्को संक्रमणले थला पर्न थाल्दा इरानको अवस्था खोज्न आवश्यक परेन।

केही हप्ता दिनमा चीनलाई पछार्दै इटालीको मृत्युको ग्राफ रेखा माथि चढ्दै गर्दा नेपालले पनि आवश्यक सतर्कता अपनाउन थाल्यो।
वैदेशिक उडान स्थगन गर्न थाल्यो। एसईई परीक्षा र त्रिविका चल्दै गरेका सबै स्नातकोत्तर तहका परीक्षा स्थगन गरेका खबरहरू सामाजिक सञ्जालमा भाइरल हुन थाले।

पूर्वसतर्कता अपनाउने क्रममा नेपालले संक्रमण भित्रिन नदिने र फैलिन नदिने रणनीति केही ढिलो भए पनि लियो।

चिकित्सकहरूलाई बिदामा नबस्न, जो जहाँ छ त्यहीँ बस्ने निर्देशन अनुसार ड्युटीमा बस्ने खबर आयो।

अब चाहिँ यथार्थमै मन गह्रुंगो हुनथाल्यो। अब नचिताएजस्तै युद्धमै होमिनुपर्ने स्थिति आएजस्तो भयो।

युद्धको अवस्थामा बजिने साइरनको काम स्वास्थ्य मन्त्रालयको परिपत्रले गर्यो । सदाझैं बिरामी परीक्षणमा बसियो।

सरकारभन्दा काला व्यापारी र नाफाखोर व्यापारीहरू निक्कै अगाडि बढे सदाझैं। हामी चिकित्सकले सामान्य मास्क पाउन सकेनौं।
हामीले मास्क खोजिरहँदा आम नागरिकले ग्यास र मास्कको मौज्दात गर्न भ्याइसकेका रहेछन्।

‘जस्ता अगुवा उस्तै जनता’ भएको यो देशमा आवश्यक नभएकाहरूले पनि अनावश्यक तवरले मास्क, ग्लोब्स, मौज्दातमा राखिदिँदा हामी चिकित्सक बिना हतियार युद्धभूमिमा परिएजस्तो भयो।

जस्तै परिवेशमा डाक्टर भएपछि बिरामी जाँच्नु कर्तव्य र जिम्मेवारी भयो। बिरामी नजाँचु मेडिकल इथिक्सले पोलिने भइयो। जाँचु आवश्यक पिपिई अभावमा माहामारीमा आफूलाई नै संक्रमित गर्ने डर उत्पन्न भयो।
यस्तै डरले निद्रा हराउन थाल्यो, खाना रुच्न छोड्यो। मनमा नानाभाँती कुराहररू खेल्न थाले। परिवारको निक्कै याद आयो। स्वरमा अचम्मित

तवरले कम्पन देखिन थालेकोले सामान्य र छोटो कुराकानी मात्र परिवारसँग हुनथाल्यो।

हुनतः माहामारीको समयमा कुनै इमरजेन्सी हुँदैन तसर्थ पिपिईका तयारीसाथ शंकास्पद बिरामीहरूको जाँच गर्नु उपयुक्त हुन्छ भन्ने मेसेज डाक्टरहरूको सञ्जालमा व्यापक रुपले सम्प्रेषण हुन थालेको थियो।

यसले आवश्यक सावधानी र सतर्कतासाथ ड्युटीमा खट्न आत्मविश्वास जगाउने काम पनि गर्न थाल्यो। अर्कोतिर, त्रिवि शिक्षण अस्पतालका क्रिटिकल केयर विभाग प्रमुख डा। आचार्यको ‘युद्ध लड्न जान त हतियार चाहियो नि, लौरो बोकेर कहि युद्ध जितिन्छ?’ हतियार नदिई राज्यले युद्धमा पठाउन नैतिकताले पनि दिँदैन’ भन्ने विचारसहित नेपाल सरकारको पूर्वतयारीबारे अन्तरवार्ताले स्वास्थ्यकर्मीहरू मात्र होइन, सर्वसाधारणका बीच पनि सनसनी फैलायो। मेरै आफ्नै अवस्था बोलिदिएजस्तो भान भयो।

संक्रमणको मार नेपालको विद्यमान स्वास्थ्य पूर्वाधारले नथेग्ने र विपत्ति सामना गर्ने फितलो गृहकार्यका कारण नेपाल सरकारले आशातित लकडाउनको निर्णय गर्‍याे।

लकडाउन क्रुर र अमानवीय हो, तर मानव अस्तित्व जोगाउन नेपालजस्तो कमजोर स्वास्थ्य पूर्वाधार र संरचना भएको देशमा आवश्यक औजार पनि बन्यो।

चैत ११ गतेदेखि देश पूरै लकडाउन (घरबन्दी) गर्ने सरकारी घोषणासँगै हामीमा एकातिर कोरोना संक्रमण नफैलिने विश्वास जाग्यो भने अर्कोतिर लकडाउनले निम्तिने दैनिक जीवनयापनका समस्याहरूको सामना कसरी गर्ने भन्ने प्रश्न पनि उब्जियो।

घरबन्दीको समयमा सरकारले निक्कै संवेदनशील रूपमा कोरोना रोकथामको उपाय र तयारी थालेकोले लकडाउन भएपछि बिरामी जाँचका लागि चाहिने पिपिई पाइने आशा भने झांगियो।

केही आशाका कुराहरू मनमा खेलाउँदै त्यो दिन सदाझैं बहिरंग विभागको ड्युटीमा खटेँ। अस्पतालसँग हामीले दिने सामान्य मास्क पनि थिएन। आफूसँग भएको रुमाल बेरैर भए पनि बिरामी जाँच्न थालेँ।

हिजैमात्र कोरोनाको नयाँ संक्रमित फेला परेको समाचार हावाको बेगसरह फैलिएको थियो। संक्रमितसँगै एउटै जहाजमा यात्रा गर्नेहरूको खोजी बल्ल सुरू गर्दैथियो।

तयारीको अवस्था यस्ता घटनाले नंग्याइदिए जस्तो लाग्थ्यो। संवेदनशील समयमा पनि विदेशबाट नेपालमा आएकाहरूको यात्रा विवरण तयारी नभएको र कता जाँदैछ, के गर्दैछ भन्ने फलोअप नभएको देख्दा नेपालको प्रशासन ‘कुकुरको पुच्छर १२ वर्षमा ढुंगामा राखे पनि बांगोको बांगै’ भन्ने उखान याद आयो।

त्यही दिन छिमेकी जिल्ला बाग्लुङका दुई जना पनि सोही संक्रमित चढेको जहाजमा कतारबाट यात्रा गरेको खबर आइपुग्यो।

सरकारसँग स्वास्थ्यकर्मीहरूको लागि पिपिई माग्नु साँच्चिकै भात पकाउन किचेनमा लगाउनजस्तो भइसक्यो।

माग्दा, माग्दा लाज लागिसक्यो, थकित भइसक्यौं हामी र अस्पताल प्रशासन। हाम्रो लागि आयो भन्ठानेको त हामीभन्दा पहिला मन्त्रीहरूको घरमा पो पुगेछ। मन्त्री अर्यालको पतिले त पिपिई लगाई फेसबुकमा पनि पोष्ट्याउन भ्याइसकेका रहेछन्।

पोखराको यस अस्पतालमा आज जाँचेका बिरामीहरूमध्ये दुई जनामा कोरोनाको लक्षणसँग मिल्दोजुल्दो भेटिएकोले कोरोना विशेष अस्पतालमा रिफर गरेर कोठामा फर्कें।

दैलेख जिल्लाको एक गाउँपालिकाले क्वारेन्टाइनमा राखिएका २१ जनालाई दुई दिनमै घर पठाएको भन्नेजस्तो खबरले स्थानीय तहहरूबाट पनि चरम लापरबाही गरिएको भन्ने प्रष्ट भएको छ।

उसै त आत्मबल कमजोर बनिरहेको अवस्थामा कोठामा पुग्न नपाउँदै गेटमा अर्को तमासा देख्नुपर्योल।

घरबेटी आमा कड्किँदै थिईन्, ‘अब त अस्पतालका यी डाक्टर नर्सहरूको पनि केही भर छैन। केही रुपैयाँ बहालको लोभमा हाम्रो पूरै परिवार तहसनहस हुन सक्छ। हामी त बाहिर ननिस्किउँला तर यिनीहरू बिरामीमार्फत नै संक्रिमत भएर आउँछन् । अन्यथा नलिनुस् ज्यानभन्दा पैसो ठूलो हुँदैन, यस्तो समयमा निकालेर अमानवीय भयो नभनिदिनुहोला, के गर्ने अनिकालमा बीऊ जोगाउनै पर्यो्। कि कोठा छोड, कि अस्पताल छोड।’

केही दिनभित्र कोठा सर्ने सर्तमा मात्र कोठामा भित्र्याएको भन्न थाले। यस्तोसम्म होला भनेर मैले सोचेकै थिइनँ। आफ्नो र पराइको भेद आज बल्ल थाहा भो। बसिरहेको कोठामा नराख्ने भनेपछि अरू कसले कोठा देला?

अस्पतालमा बसुम् सीमित आवास गृह पहिले नै भरिसकेको छ। ड्युटी नगरी घर फर्किउँ, सब यातायातका साधन बन्द भइसक्यो। यस्ता कुराहरू मथिंगलमा घुमाउँदा घुमाउँदै भाउन्न भएर आयो। खाना पकाउने बल रहेन। सुत्न खोजेँ सकिनँ।

भोलिपल्ट अस्पतालको ड्युटी थिएन। कोठामै बसें। के गर्ने नगर्नेरु यस्तो संकट आउला भनेर सोचको पनि थिएनँ।

संक्रमितहरू थपिएसँगै परिवार र साथीभाइको फोन बाक्लिन थाल्यो। सबैको एउटै स्वर( जोगिएर काम गर, परा सतर्कता अपनाउ। हस्, गर्दैछु भन्नेबाहेक म सँग अरू जवाफ थिएन। जीवन-मरणबीचको दोसाँधमा आफूलाई पाएँ। संकटको यस क्षणमा भरपर्दो कुनै विकल्प देखिनँ।

सदाझैं ड्युटी जानुअघि पिपिई आयो, आएन बुझें। सरकारले चीनबाट ल्याउन खोज्दैछ केही दिन कुर्नु भन्ने प्रशासकको जवाफ आयो। मास्क बल्लतल्ल जुटाइएको रहेछ।

अस्पतालमा सामान्य बिरामीहरू आउन छोडिसकेका थिए। धेरै अस्पतालले बहिरंग सेवा बन्द गरिसकेको थिए।

फलोअपका लागि फोन सम्पर्क गर्न भनिसकिएको थियो। त्यसैले, अस्पतालमा आउने जरो खोकीका बिरामी देखिएपछि सशंकित हुनुपर्ने अवस्था रह्यो।

ज्यानको माया कसलाई हुन्न ररु परिवारप्रतिको दायित्वबाट को पो पछि हट्न सक्ला ररु जनाजान कालको मुखमा हाम फाल्न कसलाई मन हुन्छ र?

म त भर्खर फल दिने अवस्थामा पुगेको वृक्ष। त्यत्रो वर्ष बा–आमाले खाई(नखाई हुर्काए, पढाए। डाक्टर बनाउने सपना पूरा गरे। परिवारको आड भरोसा मै माथि हुने नै भयो।

यस्तो अवस्थामा पिपिई बिना बिरामी नजाँच्ने भन्न पनि सक्थें। तर, फेरि उही बिरामी र समाजले के भन्ला भन्ने चिन्ता। जाँच्दिनँ भनुम् डरपोक डाक्टर भन्ने भए सबले। बिरामी र समाजले हामीप्रति नै औंला ठड्याउने भए। डाक्टर भएछि त जसरी पनि जाँच्नुपर्छ।

आजभोलि अस्पतालबाट फर्किंदा अपराधीझैं व्यवहार गर्ने गर्छन्। परिवार, घरबेटी, छिमेकी र साथीहरू सबजना टाढै बस् भन्छन्, तर्सिन्छन् पहिलेझैं मायाले बस, खाउ भन्ने कोही छैनन् अहिले। पहिले मेरो व्यक्तित्वभन्दा मेरो पेशामा गर्व गर्नेहरू अहिले त्यही पेशामा सशंकित हुनेहरूलाई देख्दा लाग्छ मानिस मूर्ख भएको हो या समय बलवान्?

डाक्टर भनेका समाज सेवा गर्न बसेका त हुन् नि१ उपदेश दिन त जसलाई पनि आउने हाम्रो यो समाज। म र मेरो पेशाप्रति समर्पणको अग्निपरीक्षा पहिलोपटक हुन खोज्दैछ। अग्निपरीक्षा छल्ने कसरीरु छलेर पेशाबाट पलायन हुन पनि त सक्दिनँ।

अर्को मनले सोच्छ, समाजसेवा त गर्न बसेको हो तर डाक्टरको पनि त परिवार छन्। कतिका त आफ्ना छोराछोरी पनि छन्।

मैले जोखिम मोलेर बिरामी त जाँचेँ, म संक्रमित त होऔंला। मेरो कारण मेरो परिवार संक्रमित होलान्। म त मरिजाउँला परिवारप्रतिको दायित्व नै पूरा नगरी।

तर, मेरो परिवारलाई पनि अनाहकमै मृत्युको मुखमा पुर्याीउने अभागी कर्म त मैले नै गर्ने भएँ। यस्तै चिन्ता(पीरले मन मस्तिष्क खाइरहेकै छ।

उठेर ल्यापटप खोलेँ। कोभिड(१९ को रियल टाइम अपडेट हेरें। अमेरिकाले चीनलाई पछि पारिसकेको रहेछ। एक लाख भन्दाबढी संक्रमित पुष्टि गर्याे । मृत्युको तालिका पनि चीनलाई पछार्न स्पेन तम्सेको त्यो रेखाचित्रले मन चसक्क पोल्यो।

ओलम्पिकको मेडल तालिकामा कुन देशले हिजो कति स्वर्णपदक ल्याए भनेर हेरेजस्तै यो कोभिड(१९ को तालिका हेर्ने बढो न्यास्रोलाग्दो जीवन चलिरहेको छ।

बिहानी चियाको चुस्कीसँगै टिभीको समाचार हेरें। खुसी भएँ, आवश्यक औषधी, उपकरण र स्वास्थ्य सामग्री लिएर नेपाली जहाज अवतरण भइसकेको रहेछ। मन त्यत्तिकै चञ्चल भो।

ड्युटी नपरेकोले भोलिको दिन परिकल्पना गर्दै मन बहलाउँदै कोठामा एक्लै रमाएँ। बगैंचामा निस्किने हिम्मत गर्न सकेको छैन, घरवालीहरूसँग भेट होला भनेर।

उनीहरूको त्यो शंकालु नजर अहिले घिनलाग्न थालिसकेको थियो। पहिला आफ्नै परिवार जसरी बसियो। तर, आज उनीहरूकै दिन बलियो रहेछ र म यसरी कोठामै कुण्ठित भएर बस्नुपरेको छ। चाँदीको घेराबीचको चन्द्रमाको याद गर्दै दिन कटाएँ।

सरकारसँग स्वास्थ्यकर्मीहरूको लागि पिपिई माग्नु साँच्चिकै भात पकाउन किचेनमा लगाउनजस्तो भइसक्यो।

माग्दा, माग्दा लाज लागिसक्यो, थकित भइसक्यौं हामी र अस्पताल प्रशासन। हाम्रो लागि आयो भन्ठानेको त हामीभन्दा पहिला मन्त्रीहरूको घरमा पो पुगेछ। मन्त्री अर्यालको पतिले त पिपिई लगाई फेसबुकमा पनि पोष्ट्याउन भ्याइसकेका रहेछन्।

त्यसको लागि आ-आफ्नो तर्फबाट गर्न सकिने सहयोगको अपेक्षा राख्छौं। यो अदृश्य शत्रुसँगको लडाइँमा हामी विजय हासिल गरेरै फर्किनेछौं। अनि सब जना सँगै बसेर विजयोत्सव मनाउँला। त्यसका लागि तपाईंहरु घरमै बसेर युद्ध लड्नुस्, हामी कर्मक्षेत्रमा बसेर लड्छौं।

स्थानीय पालिका अध्यक्ष, मेयरसाबहरू, उनीहरूका नजिकका अस्पताल र आफन्तहरूको पिपिई लगाएका फोटो सामाजिक सञ्जालमा देखिन थालिसकेका थिए।

‘मै खाउ, मै लाउ, सुखसयलमा मै बाचूँ, मै हासूँ मै नाचूँ अरु सबै मरुन्’ भन्ने सोच भएको भन्ने कुरा व्यवहारले छर्लङ्ग देखिन सकिन्छ।
सायद, यस्तै प्रवृत्तिले गर्दा भनियो ‘सतिले सरापेको देश।’ जति भौतिकवादी र आशावादी बन्छुभन्दा पनि नेपालका यी नेताहरूको चर्तिकला देख्दा नसकिने रहेछ।

अलि जागेको आशा पनि हिउँले खाएको आलुको बोटजस्तै लल्याकलुलक हुन थालिसके। त्यत्रो महंगो मूल्य तिरी ल्याएका सामानहरू, चिनियाँ व्यापारीहरूले चिनिया जनताहरू आफैंलाई आवश्यक भइकन पनि जोहो गरी अलिबाबा र ज्याकमा फाउण्डेशनले पठाएका ती सामानरूरु हाम्रो हात नपर्दै बाटोमै हराउने भयो।

पाल्पामा पठाएको सामान बाटैमा कति गायब भो रे। कति जनप्रतिनिधिले उल्टो गाउन लगाएर हिँडेका फोटा हाम्रै डाक्टर साथीहरू पोष्ट गर्दैछन्।

कसलाई कुन सामान कति जरुरीका हुन् भन्ने हेक्का हाम्रामा नेताजी भनाउँदामा कहिले पलाउने हुन्रु आज बल्ल महसुस भयो, काठमाडौं र पोखराबीचको २५० किमीको दुरी पनि २५०० किमि जतिको टाढा लाग्न थाल्यो।

आखिर समाजसेवामा खटिने डाक्टर न परे। युद्धमोर्चामा गएपछि पिठ्यूँ फर्काएर भाग्ने कायर पनि त परिनँ।

जस्तै परिस्थितिको सामना गर्न पछि नपर्ने प्रण गर्दै उही सामान्य सुरक्षा सावधानी अपनाएर जिम्मेवारी सम्हालेँ। बिरामी जाँच्ने कर्म छोडिएन। शंकास्पद बिरामीहरू नभेटिएका पनि होइनन्।

आइरहन्छ, गइरहन्छ, चलिरहन्छ भन्ने मानसिकतामा दिन बित्दै गयो। तर, कहिलेकाहीँ यो दिमागले उटपट्यांग प्रश्न गर्छ। कतै मलाई पनि संक्रमण भइहाल्यो भनेरु मैले गरेर मेरामा आउने बिरामीलाई पनि सारेकोरु एक दुई गर्दै पूरै सहर नै पो संक्रमित हुने हो कि भन्ने शंका अनि मलाई कति पाप लाग्ने हुन्रु प्रश्न प्रश्नमै सीमित होस् यही कामना गर्छु म।

आजभोलि अस्पतालबाट फर्किंदा अपराधीझैं व्यवहार गर्ने गर्छन्। परिवार, घरबेटी, छिमेकी र साथीहरू सबजना टाढै बस् भन्छन्, तर्सिन्छन् पहिलेझैं मायाले बस, खाउ भन्ने कोही छैनन् अहिले। पहिले मेरो व्यक्तित्वभन्दा मेरो पेशामा गर्व गर्नेहरू अहिले त्यही पेशामा सशंकित हुनेहरूलाई देख्दा लाग्छ मानिस मूर्ख भएको हो या समय बलवान्?

हामी पनि त मानिस हौं, रोबोट त हैन नि। हाम्रो पनि त कोमल मन छ, भावना छ। युद्ध जित्न हतियार मात्रै भएर पुग्दैन। उत्प्रेरणा, मनोबल, आत्मविश्वास उत्तिकै चाहिन्छ। म मात्र होइन, धेरै स्वास्थ्यकर्मीहरू अहिले यस्तै मनस्थितिमा जिइरहेका छन्।

तथापि, कर्तव्यबाट बिमुख भएका छैनन्। कदाचित् हामी स्वास्थ्यकर्मीहरू बिरामीसँग जुध्दाजुध्दै संक्रमित भई ज्यान गएमा यस्ता डाक्टर, उस्ता नर्स भनेर गाली नगरिदिनुस्। हामी यो सेतो कोटमा कुनै कालो धब्बा लगाउने अवसर दिने छैनौं।

त्यसको लागि आ-आफ्नो तर्फबाट गर्न सकिने सहयोगको अपेक्षा राख्छौं। यो अदृश्य शत्रुसँगको लडाइँमा हामी विजय हासिल गरेरै फर्किनेछौं। अनि सब जना सँगै बसेर विजयोत्सव मनाउँला। त्यसका लागि तपाईंहरु घरमै बसेर युद्ध लड्नुस्, हामी कर्मक्षेत्रमा बसेर लड्छौं।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कोरोनाको उपचारमा ‘बाधा पुर्‍याउने’ स्वास्थ्य कर्मचारीको लाइसेन्स खारेज र ‘अयोग्य’ ठहर गरिने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस(कोभिड १९)को उपचारलगायत स्वास्थ्य सेवा सञ्चालनमा बाधा पुर्‍याउने स्वास्थ्य कर्मचारीको विवरण संकलन सुरु गरेको छ।

महामारीका बेला उपचार तथा स्वास्थ्य सेवामा बाधा पुर्‍याउने स्वास्थ्य कर्मचारीको पेशागत लाइसेन्स खारेज गर्ने र त्यस्ता कर्मचारी भविष्यमा समेत अयोग्य ठहर हुने मन्त्रालयले जनाएको छ।

चैत १९को सचिवस्तरीय बैठककाे निर्णयअनुसार महाशाखा प्रमुख डा. गुणराज लोहनीले नेपाल चिकित्सा परिषद, नेपाल नर्सिङ परिषद, फार्मेसी परिषद, नेपाल आयुर्वेद चिकित्सा परिषद, नेपाल स्वास्थ्य व्यवसायी परिषदलगायतलाई पत्राचार गर्दै त्यस्ता कर्मचारीको विवरण संकलन गर्न र आवश्यक छानबिन गर्न निर्देशन दिएका छन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

लकडाउनमा लभ : भावनात्मक रूपमा गाँसिएका प्रेमिल जोडीहरू एकअर्कासँग टाढिन बाध्य

आफूभन्दा केही माइलको दूरीमात्र टाढा रहे तापनि हेनी ऐन्सिल अचेल आफ्ना प्रेमीसँग लामो दूरीको प्रेम सम्बन्धमा ‘मात्रै’ सीमित छिन्।
ऐन्सिल र उनको प्रेमी माइकेल ब्राएन न्यूजील्याण्डको राजधानी वेलिङटनमा बसोबास गर्छन्। कम्तीमा आगामी चार हप्तासम्म उनीहरूले एक-अर्कालाई देखभेट गर्न पाउने छैनन्।

कोभिड–१९ को संक्रमणलाई रोक्न सरकारले राष्ट्रमा लकडाउनको घोषणा गरेसँगै उनीहरू एक-अर्काको यादको सहारामा आफ्नो प्रेम सम्बन्धलाई अगाडि बढाउन विवश छन् ।

‘सुरू-सुरूमा त हामी लकडाउनको नियमबारे अनभिज्ञ थियौं। हामीलाई लागेको थियो, सबै ठिकै हुन्छ होला। किनकि, हामीले हप्तामा एक वा दुई पटक त एक-अर्कासँग भेट्न पाउँछौं होला भन्ने सोचेका थियौं,’ आफ्नो प्रेमीसँग विगत पाँच वर्षदेखि प्रणय सम्बन्धमा रहेकी यी २५ वर्षे युवतीले भनिन्, ‘हामीले पछि पो सबै कुरा थाहा पायौं र यो पटक्कै राम्रो भएन।’

त्यसो त ब्रायनले आफ्नी प्रेमिकालाई लकडाउनको समयमा आफ्नै फ्ल्याटमा आएर सँगै बस्नको निम्ति आग्रह नगरेका होइनन्, तर उनीसँग फ्ल्याट साझा गर्ने अर्कै साथीकी प्रेमिका त्यहीँ आएर बस्न थालिसकेकी थिइन्। साथै, प्रेमीको फ्ल्याट उनीहरूसँगै बस्नको लागि केही साँघुरो हुने भएका कारण ऐन्सिलले आफ्नै स्थानमा बस्ने निधो गरिन्। जसका कारण स्थानीय पिज्जा चेनमा सँगै काम गर्दा एक-अर्कासँग भेटेका र करिब आठ किलोमिटरको दूरीमा बस्ने यस यूगल जोडीले अबको केही हप्ता भर्चुअल संसारमा च्याट वा कुरा गरेर न्याश्रो मेटाउने छन्।

उनीहरूले एकअर्कालाई शुभ बिहानी र शुभ रात्रिको सन्देश पठाउन थालिसकेका छन्। तर, व्यक्तिगत भेटघाटको साटो उनीहरूको समय कम्तीमा तत्कालको भविष्यसम्मका लागि सन्देशको आदान-प्रदान गरेर र टाढैबाट विभिन्न शो तथा अन्य दृश्यात्मक सामाग्री सँगसँगै हेरेर बिताउने निश्चित छ।

‘उनीसँग भेट्ने ठूलो धोको छ। तर, हाल अवस्था साह्रै निराशाजनक छ,’ हाल प्रेमीसँगको अस्थायी विछोडमा रहेकी ऐन्सिलले आफ्नो व्यथा पोखिन्, ‘कम्तीमा उनलाई भेट्न र अँगालो हाल्नमात्र पाए पनि हुन्थ्यो।’

कोभिड–१९ को संक्रमण एवम् सञ्चारलाई निष्तेज गर्न राष्ट्रहरूले लकडाउन तथा यात्रामा प्रतिबन्ध लागू गरेसँगै संसारभरीका लाखौं प्रेम सम्बन्धमा रहेका जोडीहरूले ऐन्सिल र ब्राएनकै जस्तो नियति भोगिरहेका छन्। त्यसो त ऐन्सिलले आफ्नो प्रेमीबाट अलग्गै रहने निर्णय गरे तापनि अन्यले भने कोरोना भाइरसले उनीहरूलाई एक-अर्कासँग बलियो रूपमा नजिक्याएको महसुस गरेका छन्।

आजको लकडाउनलाई प्रेम जोडीहरूले कसरी सामना गर्ने भन्ने विषय संसारभरि यसरी चर्चाको विषय बनेको छ कि गत हप्ता बेलायतको कार्यकारी प्रमुख स्वास्थ्य अधिकृतले समेत पत्रकार सम्मेलनको क्रममा समेत यस विषयको उठान गरे।

‘सबैभन्दा महत्वपूर्ण कुरा त आजको जस्तो अनिश्चितताको परिस्थितिको सामना गर्नु र सोमाथि विजय हासिल गर्नु नै हो भने यदि तपाईं कसैसँगै सारा जिन्दगी नै बिताउन चाहनुहुन्छ भने केही समयको लागि छुट्टिएर बस्नु खासै ठूलो कुरा हैन,’

‘म स्पष्ट रूपमा प्रेम सम्बन्धमा आधारित परामर्शजन्य नयाँ पेशाको थालनी गर्न गइरहेको छु। ता कि मैले यस प्रश्नको जवाफ सोच विचारपूर्वक दिन सकौं,” उनले जानकारी दिए, ‘तपाईं आफ्नो सोच र भावनाको क्षमतालाई ध्यानपूर्वक परीक्षण गर्नुहोस्। सँगै वा अलग्गै आफ्नो घरभित्र सुरक्षित रूपमा बस्नु होस् र यसै क्रमलाई कम्तीमा केही समयको लागि निरन्तरता दिनुहोस्।’

छुट्टिएर पनि सँगसँगै

उता बेलायतमा २१ वर्षे जेम्स् मार्स र उनकी प्रेमिका गत सोमबार आफ्नो प्रेम सम्बन्धको पहिलो वर्षगाँठ मनाउन व्यग्र थिए। तर दुर्भाग्वश, बेलायत सरकारले लकडाउनको घोषणा गर्न पुग्यो।

यसै कुराको चाल पाएर लिड्स विश्वविद्यालयमा सँगै अध्ययनरत् यस जोडीले प्रेमी मार्स आफ्नो पारिवारीक घर फर्कनुअघिको रात लकडाउन समाप्त नहुँदासम्मको लागि छोटो समयको लागि भेटघाट गरे। बेलायतमा लागू लकडाउन करिब तीन साताको लागि कायम रहने विश्वास गरिएको छ।

‘हामी सामान्यतया एक-अर्कालाई हरेक दिन देखिरहेका हुन्थ्यौं भने प्राय:जसो राति सँगै हुने गर्थ्यौं,’ ब्रायन भन्छन्, ‘त्यो अवस्था र एक-अर्काबाट टाढिनु परेको आजको अवस्थाबीच ठूलो फरक छ।’

उनका अनुसार आधिकारीक रूपमा प्रणय सम्बन्धमा प्रवेश गरेयता एक-अर्कालाई नदेखेको वा नभेटेको यो नै सबैभन्दा लामो अवधी हुनेछ।
भौतिक रूपमा एक-अर्काबाट टाढिए पनि उनीहरूको दूरीलाई फेसटाइम (आइएसओमा उपलब्ध भिडियोमार्फत अन्तरक्रिया गर्न मिल्ने समाजिक सञ्जाल) ले नजिक्याएको छ। जसको प्रयोगद्वारा उनीहरूले एक-अर्कासँग भर्चुअल जगतमा देखभेट गरिरहेका छन् भने हाउसपार्टी नामक अर्को भिडियो एपको प्रयोगद्वारा आफ्ना साथीसंगतीहरूसँग समय बिताइरहेका छन्।

तर, भर्चुअल जगतको आफ्नै परिधि र चुनौती छन्।

ब्रायन र उनका अधिकांश साथीहरू तीन वर्षे अण्डरग्य्राट डिग्री पूर्ण गर्नबाट केही महिनामात्रै टाढा छन् र डिग्री समापनको सफलता मनाउन उनीहरू सँगै हुने छैनन्। ‘सायद हामी हाम्रो तीन वर्षे अध्ययन यात्रा समापनको स्मृतिमा कोरोना भाइरसलाई लिएर अगाडि बढ्नेछौं,’ ब्रायन अगाडि थप्छन्।

अझ पीडादायी त के भने प्रविधिले ब्रायन र उनकी प्रेमिकालाई एक-अर्काप्रति आबद्ध गराय तापनि ब्रायनका अनुसार एउटै कोठामा सँगै भएजस्तैको सन्तुष्टि भने पटक्कै मिल्दैन। तथापि, एक-अर्काबाट टाढिनु परेको यस अवस्थाले उनीहरूको प्रेम सम्बन्धलाई थप प्रगाढ बनाउनेमा ब्रायन आशावादी छन्।

‘सबैभन्दा महत्वपूर्ण कुरा त आजको जस्तो अनिश्चितताको परिस्थितिको सामना गर्नु र सोमाथि विजय हासिल गर्नु नै हो भने यदि तपाईं कसैसँगै सारा जिन्दगी नै बिताउन चाहनुहुन्छ भने केही समयको लागि छुट्टिएर बस्नु खासै ठूलो कुरा हैन,’ ब्रायन आफ्नो विचार अभिव्यक्त गर्छन्, ‘कहिलेकाहीँ आफ्नो जागिरको क्रमका तपाईं कतै टाढा पनि जानुपर्ने अवस्था आउन सक्छ। त्यसैले सोही एक जना व्यक्तिप्रति निर्भर भइरहनु पनि त्यति व्यावहारिक हुँदैन।’

गोप्य ‘इश्क’

दिल्ली विश्वविद्यालयको छात्र हेमानगेले पछिल्लो एक हप्तादेखि आफ्नो समलिंगी प्रेमीको आवाज पनि सुन्न पाएका छैनन्। प्रेमीको परिवारसामु सो खुलासा नगरिसकेको कारण उनको नाम नखोल्न अनुरोध गर्ने हेमानगे आफ्नो परिवारसँग भारतको राजधानी नयाँ दिल्लीमा बसोबास गर्छन्। पछिल्लो केही महिनादेखि यस ‘केटा’ प्रेमिकाले २२ वर्षे ‘केटा’ प्रेमीसँग गुपचुप रूपमा भेटघाट गरिरहेका छन्।

गत साता प्रधानमन्त्री नरेन्द्र मोदीले एक अर्ब तीन करोड जनसंख्या रहेको संसारकै सबैभन्दा ठूलो प्रजातन्त्रको अभ्यास गरिरहेको भारतमा तीन हप्ताको लागि लकडाउनको घोषणा गरे। जसको अर्थ हो- त्यहाँका कोही पनि जनता घरभन्दा बाहिर निस्कन पाउने छैनन्। सार्वजनिक यातायता बन्द भएसँगै हेमानगे कसैगरी पनि नयाँ दिल्लीको अर्को कुनामा अवस्थित आफ्नो प्रेमीको घर जान पाउने छैनन्।

‘मैले आजसम्म कहिले पनि यस्तो बेचैनी र असहाय अवस्था महसुस गरेको थिइनँ,’ अबको केही साता विछोडमै बिताउनुपर्ने थाहा पाएर पनि केही गर्न असक्षम हेमानगेले गुनासो पोखे।

‘म अझै विद्यार्थी जीवन बिताइरहेको छु। त्यसैले, म मेरो जीवनलाई स्वतन्त्रपूर्वक आफ्नो सर्त र चाहनाअनुसार डोर्याेउन सक्दिनँ,’ उनले आफ्नो पीडाको पोको खोले, ‘जसै म स्वतन्त्र हुनेछु, तब म यस जोखिमलाई उठाउने छु।’

‘परिवारसँगै एउटै घरमा बसिरहेका कारण म उसँग खुलेर संवाद गर्न सक्दिनँ,’ उनी अगाडि भन्छन्, ‘हामीलाई सञ्चार गर्न साह्रै कठिन भइरहेको छ।’

त्यसैले कम्तीमा अबको केही हप्ता उनीहरूको लागि सञ्चार गर्ने भरपर्दो माध्यम ह्वाट्स एफमार्फतको सन्देश सुविधा नै हो। पहिलेझैं विश्वविद्यालयको पढाइपश्चात सँधै एक-अर्कासँग भेट्न पाउनु हालका लागि असम्भव नै देखिन्छ यस समलिंगी जोडीका लागि।

हेमानगेले आफ्नो प्रेमीलाई अन्तिम पटक लकडाउन लागू हुनुभन्दा करिब दुई हप्ता अगाडि भेटेका थिए, जतिबेला भविष्यमा के हुन गइरहेको छ भन्नेबारे यी दुबै अनभिज्ञ थिए।

‘मैले आजसम्म कहिले पनि यस्तो बेचैनी र असहाय अवस्था महसुस गरेको थिइनँ,’ अबको केही साता विछोडमै बिताउनुपर्ने थाहा पाएर पनि केही गर्न असक्षम हेमानगेले गुनासो पोखे।

अनिश्चित समयको पिरती

विगत केही वर्षदेखि लामो दूरीको सम्बन्धमा रहेकी ३० वर्षे इसोवेल इविङको लागि अप्रिल प्रेमीसँगको प्रणय–मिलनको महिना हुने निश्चित थियो।

प्रसारण पत्रकारिता गरिहेकी इविङ मध्य–जनावरीमा हङ्गेरीको राजधानी बुढापेस्ट सरेकी थिइन् र धेरै समयपछि प्रेमी साम स्मुदिसँग व्यक्गित रूपमा भेट्ने कल्पनामा रमाइरहेकी थिइन्। व्यावसायिक स्किअर (स्कि खेलाडी) स्मुदी केही महिनाको लागि उत्तर अमेरिका गएका थिए र त्यहाँबाट हङ्गेरी गई आफ्नी प्रेमिकासँग समय बिताउने योजनामा रहेका थिए।

तर, कोरोना भाइरसले उनको योजनामा तुषारापात ल्यादियो।

मार्च ११ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कन्टिनेन्टल युरोपबाट अमेरिकातर्फ उडान भर्ने सबै हवाइसेवालाई बन्द गर्न लागेको घोषणा गरेपश्चात् स्मुदी कतै उत्तरी अमेरिकामै फस्ने त हैनन् भनेर उनीहरू दुबै चिन्तित हुन थाले। त्यसको केही दिन नबित्दै हङ्गेरीले विदेशीहरूका लागि आफ्नो सबै सीमा नाका बन्द गरेपश्चात् उनीहरूको एक-अर्कालाई प्रत्यक्ष रूपमा भेट्ने व्यग्रतामा अन्तत: ओश लाग्न पुग्यो। जसको कारण स्मुदी हङ्गेरीको साटो न्यूजीयाल्याण्डतर्फ मोडिए र उनीहरू मिलनको योजनालाई केही समयका लागि रद्ध गर्न बाध्य भए।

अहिले स्मुदी इविङको न्यूजील्याण्डस्थित छुट्टी मनाउने घरमा स्वत: अलग्गिएर (सेल्फ आइसोलेसनमा) बसिरहेका छन् भने उता इविङ बुढापेष्टस्थित अपर्टमेन्टमा रहेर कार्यालयको कामलाई निरन्तरता दिइरहेकी छिन्। उनीहरू दुबैलाई थाहा छैन भविष्यले कहिले उनीहरूको भेट जुराउने छ भनेर।

‘लामो समयदेखि दूरीको सम्बन्धमा रहेका कारण अलग्गिएर बस्न हामीलाई खासै गाह्रो भएको भने छैन,’ अन्य प्रेमिकाभन्दा कम पीडामा रहेकी इविङ भन्छिन्, ‘तर भविष्यमा निकै चाँडै भेट हुने आशालाई हामी दुबैले मलजल गरिरहेका छौं।’

हतारमा कसियो लगनगाँठो

उमेरले ३२ पुगेकी अनिका (नक्कली नाम) विगत तीन वर्षदेखि आफ्नो प्रेम सम्बन्धलाई बैवाहिक मान्यता दिन आतुर रहे पनि परिस्थिति उनको पक्षमा थिएन।

अन्ततगत्वा, नयाँ दिल्लीस्थिति यस जोडीले मार्च २० मा अदालतमा गएर विवाह दर्ता गराउने, अप्रिल १० मा करिब ४०० जना पाहुना तथा साथीभाइलाई निम्तो गरी नृत्य कार्यक्रमको आयोजना गर्ने र त्यसको दुई दिनपछि वैवाहिक समारोहको आयोजना गर्ने निर्णय भयो।
तर दुभौग्य, कोरोना भाइरसको प्रकोप भारतमा देखियो।

तत्कालै भारत सरकारले सबै पर्यटक भिसामा रोक लगाउने लगायतको कडा उपायको अख्तियार गरेसँगै अनिका र उनको हुनेवाला श्रीमानमा स्वभाविक रूपमा चिन्ता बढ्न थाल्यो जसपश्चात् उनीहरूले दोस्रो विकल्पको खोजी गर्न थाले।

नयाँ–नयाँ परिस्थितिको विकास हुँदै जाँदा उनीहरूको विवाह सम्बन्धी योजनामा पनि परिवर्तन आइरह्यो।

अन्तत: आफ्नो नियन्त्रणभित्र रहेको सीमित समयको सदुपयोग गर्दै उनीहरूले मार्च २० मा सामान्य समारोहको बीच आफूहरूलाई वैधानिक विवाह बन्धनमा बाँध्न सफल भए।

‘त्यो पूरै साता हाम्रो लागि तनावग्रस्त रह्यो,’ सामाजिक दूरीको निर्देशनलाई पालना गर्न करिब ३० जना मात्र आगन्तुकलाई विवाहमा निम्त्याइएको जनाउँदै उनले भनिन्, ‘अन्तत: हाम्रो विवाह छोटो, मीठो र घनिष्ठ हुनपुग्यो।’

विभिन्न समाचार संस्थाहरुबाट अनुवाद

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

२४ घन्टामा विश्वभर करिब ६ हजारको मृत्यु, ७९ हजारभन्दा बढी संक्रमित

संक्रमित कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वभर बिहीबार एकै दिन करिब ६ हजार जनाको मृत्यु भएको छ भने साढे ७९ हजारभन्दा बढी संक्रमित थपिएका छन्।

अन्तर्रास्ट्रिय सञ्चारमाध्यमका अनुसार बिहीबार विश्वभर कोरोना भाइरस संक्रमणका कारण ५ हजार ९ सय ७४ जनाले ज्यान गुमाएका छन् भने सोही दिन विश्का २ सय ४ देश तथा क्षेत्रमा ७९ हजार ५ सय ५१ जना कोरोना भाइरसका नयाँ बिरामी थपिएका छन्।

बिहीबार सबैभन्दा बढी संक्रमित र मृत्यु हुनेका संख्या अमेरिकामा रहेको छ। अमेरिकामा एकैदिन कोरोनाबाट ९ सय ६८ जनाको मृत्यु भएको छ भने २९ हजार ६ सय ७८ जना नयाँ संक्रमित थपिएका छन्। इटालीमा बिहीबार कोरोनाका कारण ७ सय ६० जनाले ज्यान गुमाएका छन्।

सोही दिन इटालीमा कोरोनाका थप ४ हजार ६ सय ६८ बिरामी अस्पताल पुगेका थिए। स्पेनमा बिहीबार ७ हजार ९ सय ४७ जना नयाँ बिरामी देखिएका थिए भने ९ सय ६१ जनाको मृत्यु भएको छ।

चीनमा बिहीबार ३५ जनामा कोरोनाको संक्रमण देखिएको छ भने ६ जनाको मृत्यु भएको छ। फ्रान्समा बिहीबार कोरोनबाट मर्नेको संख्या १ हजार ३ सय ५५ रहेको छ। यसमा केही दिन अघि जोड्न बाँकी रहेका ८ सय ८४ जनाको मृत्यु पनि जोडिएको छ।

इरानमा बिहीबार २ हजार ८ सय ७५ कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने १ सय २४ जनाको मृत्यु भएको छ। बेलायतमा बिहीबार कोरोनका कारण ५ सय ६९ जनाले ज्यान गुमाएका छन् भने ४ हजार २ सय ४४ नयाँ बिरामी थपिएका छन्।

स्वीट्जरल्याण्डमा बिहीबार १ हजार ५९ जना नयाँ संक्रमित थपिएका छन् भने ४८ जनाको मृत्यु भएको छ। टर्कीमा २ हजार ४ सय ५६ जना नयाँ बिरामी थपिएका छन्, जहाँ बिहीबार ७९ जनाको मृत्यु भएको छ। क्यानडामा १ हजार ५ सय ५२ जना नयाँ बिरामी थपिएका छन् भने बिहीबार ५९ जनाको मृत्यु भएको छ। बिहीबार नै ब्राजिलमा १ हजार १ सय ६४ जना नयाँ बिरामी देखिएका थिए। ब्राजिलमा बिहीबार ८२ जनाको मृत्यु भएको छ।

बाँकीको मृत्यु र संक्रमित अन्य देशमा थपिएका थिए। बेल्जियममा कोरोनाबाट बिहीबार १ सय ८३ जनको मृत्यु भएको छ भने १ हजार ३ सय ८४ जनामा कोरोनाको संक्रमण देखिएको छ। त्यस्तै नेदरल्याण्ड्समा बितेको २४ घण्टामा १ हजार ८३ जनामा कोरोना देखिएको छ भने १ सय ६६ जनाको ज्यान गएको छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

यी पेसाकर्मी जसलाई छुँदैन ‘लकडाउन’ ले

कोरोना भाइरस संक्रमणले विश्वभर महामारीको रूप लिँदै गएपछि सरकारले पनि पछिल्लो एक साताभन्दा बढी समयदेखि पूरै देश ‘लकडाउन’ गरेको छ। चैत २५ सम्म जारी रहने लकडाउनका कारण बिहान कमाएर बेलुका खाने र बेलुका कमाएर बिहान खाने दैनिक ज्यालादारी वर्ग सबैभन्दा बढी पीडामा परेको छ। कोरोना भाइरसबाट जोगिन अतिआवश्यक काम नपरेसम्म घरबाट बाहिर निस्किन लगगभ प्रतिबन्ध जस्तै छ।

तर, यस्तो विषम परिस्थितिमा पनि केही यस्ता पेसाकर्मी छन् जो लकडाउन जारी रहेकै बेलामा दैनिक काम गरिरहेकै हुन्छन्। प्रहरी, एम्बुलेन्स चालक, औषधी पसले, तरकारी तथा खाद्यान्न पसले, पानी तथा ग्यास आपूर्तिकर्ता, बिजुली र फोनको तार मर्मत गर्ने कर्मचारी, डाक्टर, नर्सलगायत पेसाकर्मीलाई लकडाउनले छोएको छैन। उनीहरूले काम नगरे अधिकांश सर्वसाधारणलाई दैनिक जीवनयापनमा समस्या पर्ने निश्चित छ।

यसरी लकडाउनमा पनि काम गरिरहने सबै पेसाकर्मी धन्यवादका पात्र छन्। यही मेसोमा हेल्थपोस्ट नेपालकर्मी सौरभ रानाभाटले केही यस्तै पेसाकर्मीलाई आफ्नो क्यामेरामा कैद गरेका छन् :

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

घरमै बनाउन सकिन्छ, काेरोना भाइरसबाट बच्ने सुरक्षा सामग्री

   

अहिले चीनको वुहान सहरबाट डिसेम्बर २०१९मा पहिचान गरिएको कोभिड-१९ को महामारी विश्वभर फैलिएको छ र हजारौंको ज्यान लिइसकेको छ। हालसम्म यसको प्रभावको आँकडा हेर्दा विकसित भनिएका राष्ट्रहरूलाई पनि नियन्त्रणमा ल्याउन निकै चुनौतीपूर्ण देखिएको छ। भाग्यवश नेपालमा यसले अहिलेसम्म ठूलो प्रभाव पारेको छैन र नपारोस् पनि। त्यसैले न्यून प्रभाव कायम राख्न निकै होसियारी अपनाउन जरुरी छ।

यसको मुख्य लक्षणहरू उच्च ज्वरो, सुख्खा खोकी र स्वास्प्रश्वासमा कठिनाई नै हुन् भने कहिलेकाहीँ मांसपेशीहरु दुख्ने, पखाला लाग्ने आदि पनि हुने गर्दछ। यो रोगको मृत्युदर तीन प्रतिशतबाट क्रमशः माथितिर बढ्दै गइरहेको छ। यसबाट हुनसक्ने ‘देहान्त’बाट उम्कने सबैभन्दा उत्तम उपाय भनेको ‘एकान्त’नै हो अथवा समाजबाट अलग्गै रहनु नै हो।

यो रोग स्वासप्रश्वासबाट सर्ने एक सरुवा रोग भएकोले एक व्यक्तिबाट अर्को व्यक्तिमा खोकीका बेला निस्कने तरल थोपाका साथ सोझै वा परेको कुनै सतहमा अर्को व्यक्तिले छोयो भने सर्ने गर्दछ। यस सम्बन्धी अन्य धेरै जानाकारीहरू सञ्चारमाध्यमहरूमा प्रशस्तै पाइन्छ। यहाँ हामीले तिनै वैज्ञानिक दृष्टिकोणले प्रमाणित स्रोतहरूको आधारमा यसबाट बच्नका लागि आवश्यक सुरक्षा सामाग्रीहरूको अभाव भएमा घरमै कसरी उत्पादन गर्ने भन्नेमा प्रयोगमा आइरहेका तरिकाहरुलाई अत्यन्तै संक्षेपमा स्मरण गराउने प्रयास गरेका छौं।

१. मास्क (मुखौटा) :

मुखौटा नेपालको सहरी भागमा महामारीका बखत मात्र नभई प्रदुषणबाट बच्नका लागि पनि प्रयोग गरिन्छ। बजारमा पाइने मुखौटाहरूमध्ये सामान्य मुखौटा त्यति प्रभावकारी हुँदैन भने स्वास्थ्य केन्द्रहरूमा पाइने मुखौटाहरू दैनिक रुपमा फेरि राख्नुपर्ने हुन्छ। जुनमध्ये वा निम्न वर्गका लागि आर्थिक रुपबाट धान्न गाह्रो हुन्छ। त्यसैले, प्रभावकारी मास्क बनाउन हामीले यहाँ अत्यन्तै किफायती र सरल उपाय प्रस्तुत गरेका छौं।

आवश्यक सामग्रीहरू:

सुतीको कपडा, सिलाउन चाहिने सामग्री (हात वा मेशिन), फिल्टर वा हात पुछ्ने कागज (प्वालको आकार १० न्या. मिटरभन्दा कम पोर साइजको।)

तरिका: आफ्नो नाक र मुखलाई पूर्ण रूपमा ढाक्न सक्ने सुतीको कपडा अनुहारको आकारमा तन्कन सक्ने गरी गेटिससमेतको प्रयोग गरी दुई तहमा सिलाउने, जसो गर्दा त्यसभित्र दैनिक रुपमा नयाँ-नयाँ फिल्टर वा उपयुक्त कागज राख्न सकियोस्।

वैज्ञानिक आधार: कोभिड-१९ रोगको जीवाणुको व्यास ०.१ देखि ०.३ माइक्रोमिटर हुन्छl ( एक माइक्रोमिटर भनेको एक मिलिमिटरको हजार भागको एक भाग) होl त्यसैले, एन-९५ वा त्यो भन्दा पनि माथिको (युरोपियन स्ट्याण्डर्ड अनुसार एफएफ-२ वा तोभन्दा माथि) कोभिड-१९ को बिरामीको उपचारमा संलग्न स्वास्थकर्मीहरूलाई चाहिन्छl सर्वसाधारणलाई यस्तो मास्कको आवश्यकता पर्दैनl एन-९५ (N95) मास्क भनेको ०.३ माइक्रोनसम्मको वस्तुलाई ९५ प्रतिशत छेक्न सक्ने मास्क होl यो मास्क रोगीलाई उपचार गर्ने स्वास्थकर्मीहरूलाई बाहेक अरूलाई अवश्यकता पर्दैन र यो तयार गर्न पनि गाह्रो हुन्छl

हात सफा गर्ने उत्तम, सरल र किफायती उपाय साबुन पानीले धुनु नै हो। यसले उक्त भाइरसलगायत अन्य भाइरस र व्याक्टेरियालाई पखाल्न र नष्ट गर्न सक्छ। तर, बिडम्बना, हाम्रो हातले एक मिनटमै कैयौंपटक अन्जानमै अन्य सतहलाई छुँदै अनुहारमा छुने गरिरहन्छ। जसका कारण भाइरस नाक, मुख वा आँखामा पुग्न सक्छ।

२. हात सफा गर्ने स्यानिटाईजर

हात सफा गर्ने उत्तम, सरल र किफायती उपाय साबुन पानीले धुनु नै हो। यसले उक्त भाइरसलगायत अन्य भाइरस र व्याक्टेरियालाई पखाल्न र नष्ट गर्न सक्छ। तर, बिडम्बना, हाम्रो हातले एक मिनटमै कैयौंपटक अन्जानमै अन्य सतहलाई छुँदै अनुहारमा छुने गरिरहन्छ। जसका कारण भाइरस नाक, मुख वा आँखामा पुग्न सक्छ। अनि त्यसपछि फोक्सोमा। अर्कोतर्फ त्यति नै पटक हात धुन सम्भव पनि हुँदैन। त्यसका लागि अत्यन्तै सजिलो गरी बेला-बेलामा हातलाई कीटाणुमुक्त बनाउन तेलजस्तै सफा गर्ने झोल (स्यानिटाइजर) घरमै बनाउन सकिन्छ।

आवश्यक सामाग्रीहरू र तरिका: ७०% वा अझ राम्रो अल्कोहल (Iso propyl वा Ethyl Alcohol) र १००% राम्रो घ्युकुमारी ९०:१० को अनुपातमा राम्रोसँग सिसाको भाँडोमा फिटेर तयार पारि हावा नछिर्ने स्प्रे बोतलमा राख्न सकिन्छ। उपलब्ध भएमा ब्लिचिङ एजेन्ट जस्तै: 8% Hydrogen peroxide (कपाल रंग्याउन प्रयोग गरिने)लाई पनि मिसाउन सकिन्छ।

वैज्ञानिक आधार: कम्तीमा ६०% अल्कोहल वा ६-८% हाइड्रोजन पेरोक्साइडले राम्रोसँग कीटाणुमुक्त पार्न सक्छ। घ्युकुमारीले हातलाई नरम र सम्भावित जलनबाट मुक्त पार्छ।

सावधानी: यो अल्कोहल निकै प्रज्ज्वलनशील हुने हुनाले दलिएको हात ज्वालातर्फ पर्न दिन हुन्न।

३. रोगप्रतिरोधक क्षमता बढाउने आहार-बिहार

कोभिड-१९ जस्ता नयाँ शक्तिशाली भाइरसहरुको जन्म हुँदा तत्कालका लागिको उपचार विधि भनेकै आफ्नो शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाइराख्ने होl यसका लागि आहार-बिहारमा विशेष ध्यान पुर्यानउन पर्छ। यो नै यसको वैज्ञानिक आधार हो।

क. बिहार

कोभिड-१९ श्वासप्रश्वास सम्बन्धी रोग भएकोले लकडाउनका बेला घरभित्रै बसी गर्न मिल्ने कपालभाती, अनलोम बिलोम, उज्जाई लगायतका प्राणायाम् नछुटाई सूर्य नमस्कार वा अन्य योगाशन, मार्शल आर्ट आदि गर्नाले शारीरिक तथा मानसिक रुपले स्वास्थ्यलाई मजबुत बनाउँदै रोग प्रतिरोधात्मक क्षमताको बृद्धि हुन्छl

ख. खाना

उच्च पोषणयुक्त खाना जस्तै: गेडागुडीको झोल, हरियो तरकारी, कागती र अमिलोजन्य फलफूलहरू, घरेलु बेसार, लसुन, अदुवा, मह र अन्य मसला आदिको प्रयोगले रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ।

यो कवचका सामग्रीहरुमा चश्मा, पूरै अनुहार ढाक्ने तर बाहिर सझिलै देखिने पारदर्शी मास्क, नाक र मुखलाई ढाक्ने मास्क (N-97, ३ माइक्रोनको वस्तुलाई छान्न सक्ने ९९% क्षमताको), पूरै शरीर ढाक्ने गाउन (रगत र रगत जन्य पदार्थलाई तर्काउन सक्ने), टाउकोमा लगाउने खोल, जुत्तामा लगाउने खोल (गोली गाँठोभन्दा माथिसम्म पुग्ने), दुई वटा पन्जा (ल्याटेक्स पन्जामाथि आधा पाखुरा ढाक्ने नाइट्राइल पन्जा, पाउडर नटाँसिने) आदि पर्दछन्।

४. व्यक्तिगत सुरक्षा सामग्री

यो कवचका सामग्रीहरुमा चश्मा, पूरै अनुहार ढाक्ने तर बाहिर सझिलै देखिने पारदर्शी मास्क, नाक र मुखलाई ढाक्ने मास्क (N-97, ३ माइक्रोनको वस्तुलाई छान्न सक्ने ९९% क्षमताको), पूरै शरीर ढाक्ने गाउन (रगत र रगत जन्य पदार्थलाई तर्काउन सक्ने), टाउकोमा लगाउने खोल, जुत्तामा लगाउने खोल (गोली गाँठोभन्दा माथिसम्म पुग्ने), दुई वटा पन्जा (ल्याटेक्स पन्जामाथि आधा पाखुरा ढाक्ने नाइट्राइल पन्जा, पाउडर नटाँसिने) आदि पर्दछन्। यिनीहरू उज्यालो रङ्गका हुन्छन्। एक चोटीमात्र प्रयोग गर्नका लागि गाउनमा सिन्थेटिकको प्रयोग गरिन्छ भने पुन: प्रयोग गर्नका लागि सामान्यतया १००% सुती वा १००% पोलिस्टर वा दुबैको प्रयोग गरिन्छ। यिनीहरूको तयारी उचित कीटाणुनाशक रसायनहरू मिसाई रोलरहरूको प्रयोग गरी कडा र अत्यन्तै मसिनो गरी बुनिएको हुन्छ। स्तरीयता मापदण्ड: EU standard directive 93/42/EEC Class I, EN 445 आदि।

सावधानी: यिनीहरू प्रभावकारिताको लागि स्तरीयता र प्रयोगमा निश्चित मापदण्ड तोकिएको हुन्छ। बानी नपरेका सर्वसाधारणले सुरक्षित तवरले झट्ट प्रयोग गर्न कठिन हुन्छ। त्यसैले, संक्रमित बिरामीका नजिक यो सेट लगाएर अनुभवी स्वास्थ्यकर्मीहरू मात्र जानु पर्दछ।

पुनश्च: यस्ता महामारीहरूको फैलावट तीन चरणमा हुने रहेछन्।

पहिलो चरण: (व्यक्तिगत)मा व्यक्तिले संक्रमित देशको भ्रमण गरेर फर्केपछि सुरूदेखि नै अलग्गै बसेको भुलबस बढीमा आफ्नो घर संक्रमण सीमित हुने र सझिलै उपचार गर्न सकिने

दोस्रो चरण: (पारिवारिक) भ्रमणपश्चात् व्यक्ति अलग्गै नबसी आफ्ना नातागोतामा भेट्न गएको र कहाँ-कहाँ फैलियो भनी रोगी पत्ता लगाई उपचार गर्न सकिने

तेस्रो चरण: (सामुदायिक)मा उक्त व्यक्तिले पूरै बेवास्ता गर्दै समाजमा समावेश हुँदा कहाँ-कहाँ फैलियो भनेर रोगी पत्ता लाउन नसकि पूरै सहर वा देश नै बन्द गरी सबै जनतालाई घरभित्रै थुन्न पर्ने अवस्था आउने।

माथिका सबै अवस्थामा भाइरसको लक्षण देखिन कम्तीमा १० दिन लाग्ने भएकाले त्यसपश्चात् लक्षण देखिएका व्यक्तिहरूलाई जाँचपछि सकारात्मक देखिएपछि मात्र रोगी पत्ता लाग्छ।

यी सबै झन्झटहरूबाट आफू बच्नका लागि अति आवश्यक नपरी बाहिर ननिस्कनु नै हो। खाद्यान्नका लागि बाहिर निस्कनै पर्योअ भने पनि सकेसम्म आवश्यकताको १/२ दिनअगावै र १/२ हप्ताका लागि खरिद गर्ने। ता कि बारम्बार बाहिर जान नपरोस्। यसरी जाँदा परिवारको एक जना सदस्य पूर्ण सावधानीपूर्वक बाटोमा खोल्न नपर्ने गरी मुखौटा लगाउने, आवश्यक दुरीलाई मनमा राख्दै सामान किन्ने, पैसा तिर्ने र घर फर्केपछि सकेसम्म त्यो सामान तीन दिनसम्म छुट्टै राख्ने, सबै कपडा बाहिरै फुकाल्ने र साबुनले धुने, आफू नुहाउने र मात्र भित्र छिरियो भने सुरक्षित हुन सकिन्छ। यसो गर्दा सामानहरूमा फर्माइडको रुपमा टाँसिएर आउने उक्त भाइरसको नियन्त्रणमा सहयोग पुग्छ।

आशा छ, यो विश्वयुद्ध पनि संसारका जुनसुकै कुनामा बसेका नेपालीले बिना क्षति जित्नेछन् र अरूलाई पनि जिताउन सहयोग गर्नेछन्।

लेखकद्वय क्रमश: आन्ध्र विश्वविद्यालय, भारत र आलेरगन फर्मासेयुटिकलस्, क्यालिफोर्निया, अमेरिकामा पदार्थीय विज्ञानका अनुसन्धाताका रुपमा कार्यरत् छन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

सशस्त्रको १२० शैय्यावाला ‘कोरोना डेडिकेटेड अस्पताल’

सशस्त्र प्रहरी बलले कोरोना भाइरस (कोभिड–१९) संक्रमित बिरामीको उपचारका लागि तयार गरिरहेको बलम्बुस्थित ‘डेडिकेटेड अस्पताल’ निर्माण अन्तिम चरणमा पुगेको छ।

सशस्त्रको प्रमुख अस्पताल रहेको बलम्बुमा तयार हुँदै गरेको यो डेडिकेटेड अस्पताल आगामी सोमबारसम्म पूर्णरूपमा तयार हुने बलले जनाएको छ।

सशस्त्रले खालि रहेको भवनलाई अस्पताल बनाइरहेको हो। कोरोना भाइरस संक्रमण पुष्टि भएका बिरामीको उपचार गर्न उक्त भवनलाई डेडिकेटेड भनिएको हो। जसमा १ सय २० शैय्या हुनेछ।

दुईवटा भवनमा रहेका १२ ठूला कक्षमा कोरोना लागेका व्यक्तिको उपचार गरिने छ। यसबाहेक मुख्य भवनको केही पर आइसियु पनि तयार भइरहेको छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

विश्व-महामारीमा नेपालको ‘कोरोना-जात्रा’

संसारका सानादेखि ठूला, गरिबदेखि धनी देशलाई अनौठा नेता–प्राणीहरूले चलाइरहेको संयोग यतिखेर शायद निकै टड्कारो देखिँदैछ। कोरोना कहर चलिरहँदा तिनका अन्तर्य उदाङ्गिदैछन्, हैसियत खुल्दैछन्। जब प्रकृतिले साँच्चासाँच्चै परीक्षा लिन्छ तब नेताहरूले चिट चोरेर पास गर्न सक्दैनन्। ठिक यस्तै लाग्दैछ।

सर्वशक्तिमान अमेरिका धापमा फसेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसलाई भुसुनाबराबर भन्ने स्थितिबाट हटेर अब बहुलठ्ठी उपायतिर मोडिएका छन्। जहाँ उनकै ह्वाइट हाउस टिमका सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउसी चाहिँ अहिलेकै स्थिति कायम रहे १ लाख अमेरिकी मर्न सक्ने चेतावनी दिइरहेका छन्। धन्य, प्रेसलाई बांगो आँखाले समेत हेर्न नचाहने ट्रम्पले उनलाई कारबाही गर्छु भन्न सकिरहेका छैनन्।

व्यापारी पृष्ठभूमिका ट्रम्प आफ्नै नाफा–घाटा चाहिँ पर्गेल्न पोख्त छन्। यसअघि पाँच राष्ट्रपतिसँग काम गरिसकेका, एड्सदेखि सार्स, इबोलासम्मको औषधि पत्ता लगाउने श्रेय पाएका डा. फाउसीलाई सुनेजस्तो गर्नैपर्ने उनको बाध्यता हो।

ट्रम्पलाई थाहा छ, उनको वहुलठ्ठीपनले अमेरिकी प्रजातन्त्र मासिनेवाला छैन। प्रजातन्त्र यस्तो चिज हो, जहाँ यसप्रति विरक्तिनेहरूले समेत समान अधिकार र स्वछन्दता भोग्न पाउँछन्। तिनीहरूले पनि फेरि प्रजातन्त्रकै माध्यमबाट आफ्ना कुण्ठा परीक्षण गर्न सक्छन्। कोरोना पार्टी चलाउने छाडा मनुवा, रोग भगाउन चर्चमा मान्छे भेला गर्ने धर्मस्वाँठहरू पनि त्यही प्रजातन्त्रभित्र बाँच्न पाउँछन्। डा. फाउसीको आँकलन सत्य साबित नहोस्।

छिमेकी चीनको जबर्जस्ती सफल हुने देखियो।

चीन आफैंमा कोरोना नियन्त्रणमा ‘ड्र्यागन’ साबित हुने देखियो। संक्रमण सुरुवातका केही कमजोरी चीनले हुबेई प्रान्तको लकडाउनबाट सपक्कै छोप्यो। लकडाउनलाई पश्चिमा विचारक, अनि मिडियाले मानवअधिकारसँग जोडेरसमेत आलोचना गर्न खोजे। चीनमा केही भइहाले खुच्चिङ गर्न खोज्ने (जुन ‘रिफ्लेक्स एक्सन’ सरहै हो) पश्चिमा जगतको विशेषतै भइसक्यो।

चीनको सूचना संयन्त्र नियन्त्रित छ। उसले संक्रमित र मृतकको संख्या पारदर्शी राखेन भन्ने प्रश्न उठिनै रहन्छ। तर, चीनले कोरोना नियन्त्रणमा देखाएको कौशल, आत्मवल र नतिजा दुत्कार्ने हैसियत शायदै कसैले राख्ला। उसको यो अनुभवलाई आज संसारले नै अनुशरण गर्नुपर्ने स्थिति आएको छ।

चीनको शासन व्यवस्थासँग सहमति–विमति जे जस्तो रहोस्, तर काम छोप्ने मामलामा उसको ल्याकत अपूर्व मान्नैपर्ने हुन्छ। मानवीय विपत्ति व्यवस्थापनमा आधुनिक प्रजातन्त्रका कतिपय औजार काम लाग्दैनन् भन्नेतर्क एकातिर भइरहेको छ। त्यसैमा चीनको शासकीय केन्द्रियताले कोरोनाभाइरस नियन्त्रणमा देखाएको प्रभावकारिता चर्चा हुनु स्वाभाविक हो।

यतिबेलाको हकमा चीनलाई ढिक्कै एउटा ‘ड्र्यागन’ मुलुकका रूपमा हेर्नेहरू खुसी भएको हुनुपर्छ।

युरोप झस्केको छ।

युरोजोन भित्रका विविधता जसरी अनुकूलतामा एउटा विहङ्गम तागत बन्दै आएको थियो। प्रकृतिले निम्त्याएको विपत्तिमा चाहिँ त्यहाँ पत्रपत्रमा रहेका कमजोरी उदाङ्गो भएका छन्। इटालीको राजनीति र सामाजिक तहमा समेत गहिरिएको अराजकताले कोरोनाका लागि इन्धनको काम गर्‍यो।

प्रधानमन्त्री नरेन्द्र मोदीले काश्मिर प्रकरणपछि नागरिकता विधेयकबाट भारतलाई सन्देह, घृणा, आक्रोश, उन्माद र अतिवादको खाडलमा हुत्याइरहेका बेला कोरोना भाइरसले सबै विषयलाई एउटै पोको पारेर थाँती लगाएको छ। विजेपीका धर्मान्ध र कांग्रेस आईका बाबुसाहेब सबै हात धुनतिर लागेका छन्।

साँस्कृतिक रूपमै इटालीसँग बढी नजिक स्पेन त्यही आगोमा लपेटिएको छ। उत्तरी युरोपेली मुलुक, जर्मनीलगायतले स्वाभाविक संयमताबाट संक्रमण काबुमा लिँदै गएका देखिन्छन्। बेलायतको अन्यमनष्कता महामारीमा समेत प्रकट भयो।
कोरिया, सिंगापुरले पुरस्कृत हुनैपथ्र्यो।

यी दुर्लभ संयमित मुलुक हुन्। सिंगापुरको व्यवस्थापन विश्वमै उदाहरण हो। कोरियालीको मेहेनत र लगाव यसै सर्वत्र प्रशंसित छ। लकडाउनबिनै कोरोना नियन्त्रण गरी उनीहरूले आफ्नो क्षमता चरितार्थ गरे। सरकार चलाउनेहरू जनमुखी भएर काम गर्छन्, अनि जनताले सरकारकै लयमा साथ दिँदै हरेक काम पूर्ण गर्छन्। खुलापन, समृृद्धिसँगै अनुशासन उत्तिकै महत्वपूर्ण छ एवं यी चिजबीचको सन्तुलनले राज्य सञ्चालकलाई परेका बखत सही वुद्धि पनि दिनेरहेछ।

हाम्रो सर्वनिकट भारत चाहिँ साँचो अग्निपरीक्षामा छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले काश्मिर प्रकरणपछि नागरिकता विधेयकबाट भारतलाई सन्देह, घृणा, आक्रोश, उन्माद र अतिवादको खाडलमा हुत्याइरहेका बेला कोरोना भाइरसले सबै विषयलाई एउटै पोको पारेर थाँती लगाएको छ। विजेपीका धर्मान्ध र कांग्रेस आईका बाबुसाहेब सबै हात धुनतिर लागेका छन्। र, बिजोक हुँद ैछ ती करोडौं मजदुरको जो बिहान काम नगरी बेलुका हातमुख जोड्न सक्दैनन्। जसलाई सहरले मानिसको दर्जा दिनसमेत कन्जुस्याइँ गर्छ। ती मजदुर आफ्नो घरको ओत खोज्न ठूला सहरबाट लाखौंको सख्यामा ताँती लाग्दैछन्।

१ अर्ब ३७ करोड जनताका प्रधानमन्त्री मोदीले तीन हप्ते लकडाउन घोषणा गर्दा ती अतिगरिबको व्यवस्थापनमा केही गरिसक्ने अवस्था थियो–थिएन, खोजीको विषय हो। भारतले पछिल्लो मोदीकालमा भोगेको आर्थिक संकटमाथि चाहिँ कोरानाको वज्र परेकै हो। सँगसँगै सत्य यो पनि हो कि मान्छेले मान्छेलाई माया गर्नुपर्छ भन्ने सहिष्णुता प्रवद्र्धनको साटो भगवान भक्तिका नाममा काटमार, हानाहान गर्ने संस्कृतिको मलजलमा मात्रै राजनीतिक भविष्य देखिरहँदा समाजलाई विपत्ति सामनामा सक्षम बनाउने काम चाहिँ नभएकै हो। कोरोना कहरले भारतमा यो यथार्थको समीक्षा गर्ने वातावरण शायदै बन्ला।

हाम्रो धरातलमा आऔं।

हामी नेपाली पात्रोअनुसार वर्षको एक दिन सांस्कृतिक पर्वका रूपमा गाईजात्रा मनाउँछौं। जुन दिन सबैले वर्षभरि जम्मा भएको भँडास पोख्न पाउँछन्। एउटा सांस्कृतिक छुट मानौं।

संसार कोरोनासँग आत्तिसकेका बेला नेपालमा चाहिँ राजनीतिक गाईजात्रा सयौं सातामा बाजागाजासाथ चलिरहेको थियो। बामदेव प्रकरणमा माथापच्ची चल्दै थियो जसका कारण प्रधानमन्त्री केपी ओलीले आनन्दपूर्वक विदेश गएर मिर्गौला प्रत्यारोपण गर्ने योजनासमेत बदल्न पुगे।

त्यसैबीच नेकपाका आशलाग्दा युवामन्त्री योगेश भट्टराईले कोरोना फ्री पर्यटनको गफ लगाइदिए। ओलीका प्रिय स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चीनमा मादल बज्दा यहाँ नाच्नुपर्दैन भनेर जनताको चिन्तामा पानी घोलिदिए। नियन्त्रण कार्यदलका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल सार्वजनिक कार्यक्रममा गएर घन्टौं गफको तर मार्न व्यस्त रहे। प्रशासकहरू चाहिँ शनैः शनैः नेपालतर्फ आइरहेको वा छिरिसकेको कोरोना भाइरसलाई झापाको बाहुनडाँगीमा वितण्डा मच्चाउने जंगली हात्ती झैं ठानिरहेका थिए (आइहाले होहल्ला गरे भइहाल्छ भनेर)।

परन्तु, जब पहिलो संक्रमित भेटियो, सबैको निद्रा भंग भयो। भोलिपल्टै लकडाउन गरियो। जसका पनि तयारीका अनेक गम्भीर पाटा हुन्छन्। जनताले पेट भर्नुप¥यो, अर्थतन्त्र डामाडोल हुन दिन भएन।

प्रमाणित संक्रमण नै कुरिरहँदासम्म परीक्षण नै नभइरहेको विषयबारे प्रश्न उठ्दा प्रश्न गर्नेहरू नै सरकारका आँखामा बैरी भए, भइरहेका छन्। अन्तर्राष्ट्रिय उडान रोक्ने विषयलाई नेपाल नागरिक उड्डयन प्राधिकरणका टाउकोमा मात्र हालेर मन्त्री, प्रधानमन्त्री ओभानो बन्न खोजे।

स्वास्थमन्त्रीको केटौलेपन सबैभन्दा टिठलाग्दो थियो। उनले यतिसम्म भने– डाक्टरहरू पाउने भए भात पकाउन पनि पिपिई माग्छन्। टाउकैहरूको यो गति छ भने गैरचिकित्सक स्वास्थ्य सचिवलाई विचरा उपाधिमात्रै दिँदा ठिक होला।

अदालतले आदेश दिनुपर्ने स्थिति आयो, तर त्यसलाई पनि रद्दीको टोकरीमा फालियो। मन्त्री, प्रशासकहरूले कोरोना भाइरस वैश्विक महामारी बनिसक्दा यसबारे दिएका अभिव्यक्तिले उनीहरूबाट सामान्य सूचनासमेत नराखेको प्रष्टियो। आखिर निर्णयकर्ता त तिनै हुन्।

स्वास्थमन्त्रीको केटौलेपन सबैभन्दा टिठलाग्दो थियो। उनले यतिसम्म भने– डाक्टरहरू पाउने भए भात पकाउन पनि पिपिई माग्छन्।

टाउकैहरूको यो गति छ भने गैरचिकित्सक स्वास्थ्य सचिवलाई विचरा उपाधिमात्रै दिँदा ठिक होला।

वास्तवमा नेपालको कोरोना लडाइँ नेतृत्वहीन मात्रै नभएर निष्ठारहित देखियो। तयारीका लागि सिंगो दुई महिना छँदाछँदै उपचारमा आवश्यक सामग्री किन्न अन्तिम घडीमा विवादाष्पद व्यापारिक समूहलाई जिम्मा दिइयो। सरकारले उक्त कम्पनीमार्फत् किन्ने वस्तुका भाउ बजारभन्दा १८ गुणा महँगो भएको प्रमाण बाहिर आइसकेको छ। सरकारले यो तथ्य बाहिर ल्याउने सञ्चारजगत, नागरिक तप्कालाई समेत बदलाको नजरले हेर्ने संकेत देखाइसकेको छ।

सरकारमै रहेका, प्रशासनभित्रका कतिपय संवदेनशील पात्रहरू यतिबेला फोनमा समेत कानेखुसी गरेझैं बोल्छन् वा बोल्नै खोज्दैनन्। डाक्टर, नर्सले त बोल्यो कि कारबाही हुन्छ भनिसकिएको छ। सरकारका देशभर छरिएका प्रोपोगान्डा औजारसमेत प्रश्न उठाउनेमाथि खनिन क्षणभरमा मोर्चाबन्द भइरहेका छन्।

अर्थात्, वैश्विक कोरोना माहामारीमा नेपाल एउटा अलौकिक नमुना मुलुक हो जहाँ तयारी शून्य थियो, जहाँ डाक्टरहरू नै भागाभागको स्थितिको आँकलन गरिरहेका थिए। जहाँ मान्छेको प्राणरक्षा गर्ने सामान खरिद गर्दा समेत भ्रष्टाचार गर्न छाडिन्न, जहाँ अति राजनीतिकरणका कारण समाजले महामारीलाई हेर्ने दृष्टिकोण नै खण्डित–दूषित छ।

धन्य, नेपाल त्यस्तो अनौठो मुलुक पनि हो जहाँ पशुपतिनाथ सम्झेर सबै समस्याबारे आँखा चिम्लिने संस्कृति अझै छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

तीनदिन कुरेपछि भारततिरै फर्काइयो १० दिने सुत्केरीसहित नेपालीलाई

नेपाल भारत सीमा बेलहियामा तीनदिनदेखि नेपाल आउने आशामा रहेका नेपालीलाई अन्ततः भारततर्फ नै फर्काइएको छ । स्थानीयका अनुसार ति नेपालीहरु रुदैरुदै फर्किएका छन् । फर्काइनेमा १० दिनकी सुत्केरी समेत छिन् । सुत्केरी महिला लक्ष्मी परियार रुपन्देही तिलोत्तमा नगरपालिका मंगलापर (कान्छी बजार) कि हुन् । सुनौलीेदेखि उनको घर रहेको मंगलापुरको दुरी करिब १५ किलोमिटर मात्रै रहेको छ ।
उनको साथमा दुई बर्ष र तीन बर्षका दुई बच्चा समेत छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका मंगलापुर घर बताउने लक्ष्मी परियार श्रीमान मनोज परियारको साथमा सुत्केरी भएको सात दिनको दिन भारतको दिल्लीबाट हिडेका थिए ।

उनिीहरुलाई भारततर्फको क्वारेन्टाइनमै राख्ने निर्णय भए बमोजिम उतै राखिएको रुपन्देहीमा प्रमुख जिल्ला अधिकारी महादेव पन्तले बताए । उनका अनुसार ति नेपालीले भारतमै १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ । १० दिनको सुत्केरी समेतलाई फिर्ता गर्नुभएछ, मानवीय सम्वेदनालाई हेर्नुभएन त ? भन्ने जिज्ञामा प्रजिअ पन्तले कसैलाई ल्याउने र कसैलाई फर्काउन नमिल्ने हुदा त्यसो गरिएको उनको तर्क थियो । मान्छेलाई हेरर हुने रहेनछ प्रजिअ पन्तले भने, रोगका कारण हामी बाध्य भयो । ज्यादै नै अप्ठ्यारो परेको खण्डमा त्यस्ता व्यक्तिलाई बिस्तारै हेर्न सकिने संम्भावना भने रहेको उनले बताए ।

दस दिनकी सुत्केरी तीन दिनदेखि सीमामा, कसले गर्ला उद्धार?

नेपाल आउन पर्खिएकाहरुको संख्या ३ सय १० जना रहेको बेलहिया समाजका संयोजक रमेश पोखरेलले बताए । आउन नपाएपछि नेपालीहरु रुदै फर्किएको उनको भनाई छ । उक्त समुहमा १५ जना जति महिला छन् । पोखरेलका अनुसार ति नेपालीलाई नौतनवामा रहेको इन्टर कलेजमा भारत सरकारको रेखदेखमा रहनेछन् । पोखरेलका अनुसार उनीहरुलाई गाडीमा राखेर नौतनवातर्फ लगिएको छ । नेपालतर्फ रहेको १ सय भन्दा बढी भारतीयलाई पनि भारत प्रवेश गर्न नदिएको उनले बताए । ति भारतीयहरुलाई नेपालतर्फ डण्डा खोला नजिक रहेको टेक्निकल कलेजमा राखिने व्यवस्था गरिएको छ ।

विपतको समयमा सबैभन्दा जोखिममा गर्भवती, सुत्केरी, बालबालिका, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकमा हुने हुदा प्राथमिकता ति व्यक्तिलाइ प्राथमिकतामा राख्नुपर्ने भएपनि प्रशासनबाट त्यसरी नहेरिनु दुखद भएको पौडेलको भनाई छ । समताको दृष्टिकोणले पनि ति सुत्केरीको व्यवस्थापन प्रशासनबाट हुनुपर्ने उनले तर्क गरिन् ।

उनीहरुले दुई रात उतै दशगजा र भारततर्फको सडक पेटीमा बिताएको थिए । उनिहरुलाई बेलहिया समाजले खानपिनको व्यवस्था गरिरहेको थियो । समाजका संयोजक रमेश पोखरेलले उनिहरुको दुःख देखेर समाजले खानपिनको व्यवस्था गरेको बताए ।

सीमामा रहेका व्यक्तिहरुको बिषयमा प्रशासनले गरेको निर्णय गलत भएको महिला अधिकार क्षेत्रमा सक्रिय ज्ञानु पौडले बताइन् । विपतको समयमा सबैभन्दा जोखिममा गर्भवती, सुत्केरी, बालबालिका, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकमा हुने हुदा प्राथमिकता ति व्यक्तिलाइ प्राथमिकतामा राख्नुपर्ने भएपनि प्रशासनबाट त्यसरी नहेरिनु दुखद भएको पौडेलको भनाई छ । समताको दृष्टिकोणले पनि ति सुत्केरीको व्यवस्थापन प्रशासनबाट हुनुपर्ने उनले तर्क गरिन् ।

आफ्नो देशमा आउने अधिकारबाट सरकारले उनिहरुलाई बन्चित गरेको उनको भनाई छ । रोगबाट सुरक्षित गर्नका लागि नेपाल ल्याइसकेपछि क्वारेन्टाइनमा राख्न सकिने संभावना हुदाहुदैपनि त्यसो गरिनु गलत भएको उनले बताइन् । कसैलाई चीनसम्म बिमान नै पठाएर ल्याउने र कसैलाई सीमाबाट फर्काउने नीतिले बिभेद भयो उनले भनिन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

स्वास्थ्यकर्मीलाई ‘आतंकित’ नबनाऔं

संसारभरि महामारीको रुपमा फैलिएको कोभिड(१९ को त्रास सर्वसाधारणदेखि लिएर आम स्वास्थ्यकर्मीहरु पनि त्रासकै वातावरणमा छन्।
स्वस्थाकर्मीहरुको मुख्य डरचाहीँ व्यक्तिगत स्वास्थ्य सुरक्षा कवच उपलब्ध नहुनु हो।

यस्तो अवस्थामा स्वास्थ्यकर्मी (बिशेषगरी अग्रपंतिमा काम गर्नेहरु)लाई आधिकारिक व्यक्तिहरुको परामर्शको खाँचो टड्कारो देखिन्छ। सुरक्षा कवच के होरु यसका कति तह हुन्छनरु कतिबेला कुन कवच प्रयोग गर्नेरु आदि बिषयमा तालिम र कवच उपलब्धताको को खाँचो छ।

साथै संक्रमित बिरमीसँग काम गर्दा हुने दुर्घटनाका बारेमा सोचेर राज्यका तर्फबाट हुने सहयोग र स्वास्थ्यकर्मीको उपचारको व्यवस्थाका बारेमा आश्वासनको पनि उत्तिकै खाँचो छ, अन्यथा राज्यले धेरै क्षति बेहोर्नुपर्ने स्थिति देखिन्छ।

जस्तो कि, स्वास्थ्यकर्मीहरुको मनोबल गिर्ने, उनीहरुलाई सुरक्षित महसुस नहुने, आत्तिने रोग, चिन्ता वा उदासीपन आदि मानसिक समस्याको शिकार बन्ने। विभिन्न बाहाना गरेर कामबाट छुट्टी लिने। यी सबै कारणले गर्दा महामारीको बेलामा बिरामीको उपचार गर्ने स्वास्थ्यकर्मीको अभाव हुनसक्छ।

सुरक्षाकचव नहुँदा एक त स्वास्थ्यकर्मीकै ज्यानके जोखिम हुन्छ भने अर्कोतिर उनीहरुबाट अरु बिरामी, कुरुवा अनि आफन्त र समाजमा पनि रोग सर्नसक्छ। अनि महामारी झन् भयावह हुनसक्छ।

यसका लागि राज्यले नागरिकलाघ ‘नजरबन्द’ (लकडाउन) र महामारीसँग लड्नका लागि अस्पतालका सैय्या छुट्टाएरमात्रै हुँदैन। राज्यको प्राथमिकतामा स्वास्थ्यकर्मीको सुरक्षा अग्रपंतिमा हुनुपर्छ।

स्वास्थ्यकर्मीलाई उचित सेवा सुबिधा आफ्नो ठाउँमा होला, त्योभन्दा अगाडी सुरक्षा कवच र उचित तालिमको जरुरत छ।

अफवाहहरुमा विश्वास नगर्ने, विश्व स्वास्थ्य संगठनजस्ता संस्थाज्ता आधिकारिक निकायका सूचनामात्रै विश्वास गर्ने, सामाजिक सञ्जाल साथै अन्य ठाउँमा देखिने अबैधानिक समाचारहरुलाई वास्ता नगर्ने, सामाजिक संजालका माध्यमबाट साथीहरु तथा आफन्तसँग जोडिइरहने, आफूलाई कसरी मानसिक रुपमा बलियो पार्न सकिन्छ भन्नेबारेमा ध्यान दिने।

आतंकित स्वास्थ्यकर्मीले दिएको सेवाको गुणस्तर कस्तो हुन्छरु यसबारेमा राज्यले सोंच्ने बेला आइसकेको छ। अहिलेको परिवेशमा

स्वास्थ्यकर्मी भनेका देश कसैलाई कसैको उपनिवेश हुन नदिनका लागि लड्ने सिपाहीजस्तै हुन्। त्यसैले स्वास्थ्यकर्मीका लागि सबैभन्दा धेरै सोंच्न जरुरी छ।

स्वस्थाकर्मीहरु आफैं पनि राज्यको जिम्मेवार नागरिक बन्नुपर्ने बेला आएको छ। यस्तो बेलामा राज्यको मात्रै भर परेर हुँदैन। आफू कसरी सुरक्षित हुने भन्नेबारेमा पनि आफैले सोच्नुपर्छ।

अफवाहहरुमा विश्वास नगर्ने, विश्व स्वास्थ्य संगठनजस्ता संस्थाज्ता आधिकारिक निकायका सूचनामात्रै विश्वास गर्ने, सामाजिक सञ्जाल साथै अन्य ठाउँमा देखिने अबैधानिक समाचारहरुलाई वास्ता नगर्ने, सामाजिक संजालका माध्यमबाट साथीहरु तथा आफन्तसँग जोडिइरहने, आफूलाई कसरी मानसिक रुपमा बलियो पार्न सकिन्छ भन्नेबारेमा ध्यान दिने।

यसरी आफूले जाने बुझेका कुराहरु आफ्ना सहकर्मीलाई पनि सिकाउँदै राष्ट्रलाइ परेको यो आपतमा हातेमालो गर्न जरुरी छ। हाम्रो आफ्नो स्वास्थ्य राम्रो भयो मात्रै हामी देशलाई योगदान गर्न सक्छौं। सावधान रहेर काम गरौं, कोरोनाभन्दा पनि मानसिक समस्याले हामीमा जरा गाड्यो भने आम नागरिक र राज्यलाई अर्को भार पर्नसक्छ।

(लेखक, बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरानका मानसिक स्वास्थ्य विभागमा असिस्टेन्ट प्रोफेसर हुन्।)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कोरोना विश्व महामारी : एकै दिन ३ हजार ७ सय १५ को मृत्यु, ६० हजार संक्रमित

कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट विश्वभर सोमबार ३ हजार ७ सय १५ जनाको मृत्यु र ६० हजार ९ सय ९१ जना नयाँ बिरामी थपिएका छन्।

अन्तर्रास्ट्रिय सन्चार माध्यमहरुका अनुसार सोमबार सबैभन्दा बढी संक्रमित अमेरिकामा थपिएका छन् भने सबैभन्दा बढीको मृत्यु स्पेनमा भएको छ।

अमेरिकामा सोमबार १९ हजार ९ सय ८८ जना कोरोनाका नयाँ बिरामी थपिएका थिए भने ५ सय ६५ जनाको मृत्यु भएको थियो। इटालीमा सोमबार कोरोना भाइरसको संक्रमणका कारण ८ सय १२ जनाले ज्यान गुमाएका छनु भने ४ हजार ५० जनाका नयाँ बिरामी थपिएका थिए।

स्पेनमा सोमबार कोरोनाका ७ हजार ८ सय ४६ जना नयाँ बिरामी थपिएका थिए भने ९ सय १३ जनाको मृत्यु भएको थियो। चीनमा पछिल्लो २४ घण्टामा ३१ जना नयाँ बिरामी थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ। जर्मनीमा सोमबार थप ४ हजार ४ सय ५० जनामा कोरोनाको संक्रमण देखिएको छ भने १ सय जनाले ज्यान गुमएका छन। फ्रान्समा सोमबार कोरोना भाइरसका कारण ४ सय १८ जनाको मृत्यु भएको छ भने त्यहाँ ४ हजार ३ सय ७६ नयाँमा कोरोना बाइरसको संक्रमण देखिएको छ। इरानमा सोमबार कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय १७ पुगेको छ ।

अष्ट्रियामा सोमबार ८ सय ३० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन भने २२ जनाको मृत्यु भएको छ। क्यानडामा सोमबार थप १ हजार १ सय २८ जनामा कोरोना भएको पाइएको थियो भने २४ जनाको मृत्यु भएको छ। नेदरल्याण्ड्समा सोमबार थप ८ सय ८४ जनामा कोरोनाको संक्रमण भएको पाइएको छ।

सोही दिन इरानमा थप ३ हजार १ सय ८६ जना कोरोनाका नयाँ बिरामी थपिएका छन्। बेलायतमा बोतेको २४ घन्टामा थप २ हजार ६ सय १९ जनामा कोरोनाको संक्रमण भएको पाइएको थियो। बेलायतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण १ सय ८० जनाले ज्यान गुमाएका छन्। स्वीट्जरल्याण्डमा १ हजार ९३ जना कोरोनाका नयाँ संक्रमित थपिएका थिए भने ५९ जनाको मृत्यु भएको छ। बेल्जियममा १ हजार ६३ जनामा थप संक्रमण देखिएको छ भने सोमबार बेल्जियममा ८२ जनाको मृत्यु भएको छ।

अष्ट्रियामा सोमबार ८ सय ३० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन भने २२ जनाको मृत्यु भएको छ। क्यानडामा सोमबार थप १ हजार १ सय २८ जनामा कोरोना भएको पाइएको थियो भने २४ जनाको मृत्यु भएको छ। नेदरल्याण्ड्समा सोमबार थप ८ सय ८४ जनामा कोरोनाको संक्रमण भएको पाइएको छ। बितेको २४ घन्टामा ९३ जनाले ज्यान गुमाएका छन ।

सोमबार टर्कीमा १ हजार ६ सय १० जना कोरोनाका नयाँ बिरामी थपिएका थिए भने ३७ जनाको मृत्यु भएको छ। कोरोना भाइरसको सक्रमणबाट अहिलेसम्म्म ३७ हजार ६ सय ३८ जनाको मृत्यु भएको छ भने ७लाख ८४ हजार ३सय १४ जनामा संक्रमण देखिएको र १लाख ६५ हजार २ सय ८८ जना उपचार पछि घर फर्किसकेका छ्न।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

लकडाउन : कलंकी टु कालिमाटी

कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउनको अवधि अझैं लम्बाएर २५ गतेसम्म बनाएको छ। मानिस घरबाहिर निस्किएका छैनन्। तर राजधानीका कयौं ठाउँमा मानिसको चहलपहल भने उस्तै देखिन्छ।

सोमबार हेल्थपोस्ट नेपालका सौरभ रानाभाटले कलंकीदेखि कालिमाटीसम्मको दृश्य कैद गरेका छन् :

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

पोखराका विपन्न र ज्यालादारी परिवारले तीन दिनभित्र २ हजारबराबरको खाद्यान्न पाउने

पोखरा महानगरपालिकाले नगरभित्रका विपन्न र ज्यालादारी गर्ने परिवारलाई २ हजार बराबरको खाद्यान्न राहत दिने भएको छ। लकडाउन अवधि २५ चैतसम्म लम्बिएपछि महानगरले राहत बाँड्ने तयारी गरेको हो ।

महानगरपालिकाले करिब साढे २ करोड रुपैयाँको राहत कोष स्थापना गरेको र सोही कोषमा जम्मा भएको रकम खर्च गरेर प्रति परिवार २ हजार बराबरको खाद्यान्न उपलब्ध गराइने नगर प्रमुख मानबहादुर जिसीले जानकारी दिएका छन्।

`पोखरा महानगरले २ करोड तथा कर्मचारीको तर्फबाट संकलित ४८ लाख ५० हजार समेत गरेर २ करोड ४८ लाख ५० हजारको विपद् व्यवस्थापन कोष स्थापना गरिएको छ । चाँडै राहत वितरणमा जुट्नेछौं,´ प्रमुख जिसीले भने ।

उनले कोरोना भाइरसका कारण विश्वभर कठिन परिस्थिति सिर्जना भएकाले अत्यावश्यकबाहेक अन्य कारणले घरा बाहिर ननिस्कन आग्रह गरेका छन्। अहिले पोखराका सबै वडाले वडाभित्र रहेका विपन्न परिवारको संख्या संकलन गरिरहेका छन् ।

परिचय खुल्ने कागजात भए पुग्ने

सरकारले गत ११ चैतमा देशभर एक हप्ते लकडाउनको घोषणा गर्यो । कोरोना भाइरसका कारण हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै लकडाउन अवधि २५ चैतसम्म लम्ब्याइयो । यस्तो अवस्थामा अति विपन्न र ज्यालादारी गर्ने परिवार मारमा पर्ने भन्दै नगर प्रमुख मान बहादुर जिसीले आइतबार साँझ सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै वडाभित्र रहेका त्यस्ता परिवारको संख्या संकलन गर्न सबै वडाध्यक्षलाई निर्देशन दिए ।

उनको निर्देशनसँगै अहिले वडाले तदारुकताका साथ परिवार संख्या पत्ता लगाउने काम गरिरहेका छन् । वडाले संख्या पत्ता लगाउने काम गरिरहँदा नगरपालिकाले राहत लिनका लागि भर्नुपर्ने फारमको नमुना सार्वजनिक गर्यो ।

नमुना फारममा विपन्न र मजदुरहरुले राहत पाउनका लागि नागरिकताको प्रतिलिपी, पासपोर्ट साइजको फोटो, खानेपानी र विद्युत शुल्क तिरेको बिल र घरभाडा सम्झौताको कागज बुझाउनु पर्ने उल्लेख छ ।

राहत लिन घरभाडा सम्झौता बुझाउनुपर्ने भनिएपछि यसको विरोध भयो । राति राहत बाँड्ने घोषणा गर्दा प्रशंसा पाएका मेयर जिसी भोलिपल्ट बिहान आलोचित बन्न पुगे । आलोचना बढ्न थालेपछि अहिले सबै कागजात नचाहिने महानगरपालिकाले जनाएको छ । `सबैले नागरिकताको फोटोकपी घरमा नराखेका हुन सक्छन् । घरभाडा सम्झौता नहुनु अर्को पाटो भयो,´ महानगरका प्रवक्ता धनबहादुर नेपालीले भने, `ती सबै कागजात अत्यावश्यक होइन । परिचय खुल्ने कागजात भए पुग्छ।´

मंगलबारसम्म राहत लक्षित परिवारको संख्या संकलन गर्ने काम सकिने र बिहिबारसम्म राहत बाँडिने उनले जानकारी दिए । `लक्षित परिवारमा आज के खाउँ, भोलि के खाउँ हुन थालिसक्यो । भोलिसम्म संख्या संकलनको काम सकिन्छ,´ उनले भने, `सकेसम्म बुधबार नभए बिहिबारसम्म राहत वितरण गर्छौं ।´

फारम भर्ने अति विपन्न र ज्यालादारी गर्ने परिवारले फारम भर्न पुग्दा कुपन पाउने छन् । सोही कुपनमार्फत उनीहरुले तोकिएको किराना पसलबाट राहत पाउने प्रवक्ता नेपालीले जानकारी दिए ।

खाद्यान्न प्याकेजमा चामल, दाल, तेल, गेडागुडी हुनेछ । `अत्यावश्यक सबै कुरा राहतमा समेट्छौं । फारम भर्दा दिइएको कुपनले नजिकैको पसलबाट सामान पाइन्छ । त्यसरी बाँडिएको राहत कम्तीमा १० दिनलाई पुग्ने हुन्छ,´ उनले भने ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

‘काेराेना आश‌ंका’ मा वीर अस्पताल भर्ना भएका दुई बिरामीको मृत्यु

वीर अस्पतालमा आइतबार र सोमबार भर्ना भएका दुई जना बिरामीको मृत्यु भएको छ।

अस्पतालका अनुसार आइतबार भर्ना भएकी अधवैंशे एक महिलाको उपचारको क्रममा मृत्यु भएको हो। उनी चन्द्रागिरि नगरपालिकाकी हुन्।
उनी उच्च ज्वरो र श्वासप्रश्वास समस्या भएर अस्पतालमा आइपुगेकी थिइन्।

यस्तै, सोमबार बिहान बेहोस् भएर वीर अस्पताल भर्ना भएका एक पुरूषको उपचारको क्रममा मृत्यु भएको छ। उनी निमोनियासाथै उच्चज्वरोले सिकिस्त भएर भर्ना भएका थिए।

वीरका निर्देशक केदार सेञ्चुरीका अनुसार दुबै मृतक कोरोना आशंकामा भर्ना गरिएका बिरामी थिए। दुबैको शव अहिले वीर अस्पतालमै छ।
दुवैको रिपोर्ट परीक्षणका लागि टेकु अस्पतालमा पठाइएको छ। ‘कोरोना आशंकामा भर्ना भएका दुबै जनाको उपचारको क्रममा मृत्यु भएको छ,’ सेञ्चुरीले भने, ‘रिपोर्ट आइनसकेकाले अहिले यसै भन्न सकिएन।’

मृतकमध्ये सोमबार भर्ना भएका व्यक्ति भारतीय नागरिक हुन्। उनी दुई साताअघि नेपाल आएर कालिमाटीमा बसिरहेको बुझिएको छ।
‘हामी केशको विस्तृत बुझिरहेका छौं,’ सेञ्चुरीले भने। दुबैको नाम अस्पतालले खुलाइसकेको छैन।

हालसम्म नेपालमा कोरोना संक्रमणका पाँच जना बिरामी पत्ता लागेका छन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

सेल्फ क्वारेन्टाइनमा कलाकार : कोही जनचेतना जगाउँदै, कोही काममै व्यस्त

विश्वलाई नै चुनौति दिइरहेको छ, कोरोनाको संक्रमणले। विश्वका धेरै देशहरु लकडाउन भइसकेका छन् र, नेपाल पनि।

कोरोनाको त्रासले विश्वको अधिकांश देशका जनता आफ्ना रहरपूर्ण जीवनलाई एउटा कोठामा सिमित गर्दै कहरपूर्ण रुपमा बाँचिरहेका छन्।
यसबाट अछुतो नेपाली फिल्मी क्षेत्र पनि कहाँ रहन सक्थ्यो र? नेपाली फिल्म क्षेत्र लगभग ठप्प छ।

देशभरका फिल्म हल बन्द छन्। सुटिङहरू रोकिएका छन्। फिल्मका रिलिज मिति स्थगित गरिएका छन्। देशविदेशमा तय भएका कन्सर्टहरू स्थगित गरिएका छन्।

यतिवेला सबै कलाकारहरू घर भित्रै ‘सेल्फ क्वारेन्टाइन’मा बसेका छन्। कोही सामाजिक सञ्जालमा सक्रिय हुँदै कोरोनाबारे सचेताना फैलाइरहेका छन् भने कोही पुस्तक पढ्न तथा फिल्म हेर्नमा व्यस्त छन्।

महानायक राजेश हमाल सामाजिक सञ्जाल मार्फत भिडियो सन्देशबाट कोरोना बारे सचेतना दिइरहेका छन्।

दीपकराज गिरी, जितु नेपाल, नाजिर हुसेन, साम्राज्ञी राज्य लक्ष्मी शाह, ऋचा शर्मा, दीपाश्री निरौलालगायत दर्जनौ कलाकारहरूले पनि सामाजिक सन्जाल मार्फत सचेतना प्रदान गरिरहेका छन्। सबैले सम्मेमित भएरर घरभित्रै बसि सावधानी अपनाउन आफ्ना दर्शकलाई आग्रह गरिरहेका छन्।

‘दुई नम्बरी’, ‘प्रदेशी–२’ लगायत थुप्रै फिल्मको छायांकन रोकिएको छ। कास्कीको घाचोकमा भइरहेको छायांकन रोकिएपछि दुई नम्बरीका निर्देशक दिपेन्द्र लामा अझै फिल्मलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने धाउन्नमा छन्।

‘फिल्मको २५ प्रतिशत भाग मात्र छायांकन भएको छ। कोरोना प्रभावका कारण फिल्मको छायांकन स्थगित भएपछि अहिले त्यसलाई अझै कसरी स्तरिय बनाउन सकिन्छ भन्नेमा नै केन्द्रीत छु’, उनले भने, ‘हामी कोरोनाको त्रास अन्त्य भएसँगै पुनः फिल्म छायांकनका लागि घाचोकतर्फ नै जाने छौं।’

उनले सबैलाई कोरोनाको जोखिमप्रति सजक रहन समेत आग्रह गरे। भिडभाडमा नगाई बरु कोठा भित्रै बसेर क्रेटिभ काम गर्न उनी सुझाउँछन्।

उक्त फिल्ममा पल शाह र वर्षा शिवाकोटीलगायतलाई मुख्य मूमिकामा देख्न सकिने छ। ‘दुई नम्बरी’ बाट नेपाली रजतपटमा भुटानी नायिका उगेनले डेब्यु गरेकी छिन्।

नायक दयाहाङ राईको पनि अहिले खासै व्यस्तता छैन। ‘घरमा बस्यो, फिल्म हे¥यो, मन परेका पुस्तक पढ्यो बस्यो। यसरी नै दिन वितिरहेका छन्’, उनले भने।

आफूले सरकारले जारी गर्ने गरेका चेतना मुलक र जानकारी मुलक सूचनाहरू पनि सामाजिक सञ्जालमा सेयर गर्ने गरेको बताए। ‘कोरोनाको त्रासले छोएको नै छ। त्यस्तो खासै केही गर्ने जागर चलेको छैन’, उनले भने।

यस्तै फिल्म ‘परदेशी –२’ को सुटिङ पनि स्तगित भएको छ। केकी अधिकारी, प्रकाश सपुतलगायत कलाकारको अभिनय रहेको उक्त चलचित्र पनि कोरोनाको प्रभावले नै स्थगित भएको हो।

केही दिन पहिले घरको घतमा मस्ति गरिरहेको अभिनेता निश्चल बस्नेत र स्वस्तिमा खड्काको भिडियो स्वस्तिमाको इन्स्टाग्राममा राखिएको थियो। जसमा उनीहरू एक अर्कासँग जिस्किँदै, कुटाकुट गर्दै रमाइरहेका देखिन्थे।

यी सबै कुरा हेर्दा अनुमान लगाउन सकिन्छकी विभिन्न सेलिव्रेटिहरूले आफू खुशी क्वारेन्टाइनका दिनहरू विताइरहेका छन्। सबै स्वास्थ्यप्रति

सजक छन् र सबैले दर्शकहरूलाई पनि विभिन्न माध्यमबाट सजग रहन आग्रह गरिरहेका छन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कोरोना भाइरसबारे संसारभरि नमेटिएका केही जिज्ञासा र तथ्यगत कुरा

विश्वभरिबाट करिब ५० हजार मानिसहरूले सिएनएनलाई कोरोना भाइरससम्बन्धी विभिन्न प्रश्नहरू सोधेका थिए। जसमध्ये केही मुख्य प्रश्नहरूको जवाफ यस अमेरिकी समाचार संस्थाले दिएको छ। सोहीमध्ये हामीले नेपालको परिवेश सुहाउँदो केही प्रश्न तथा जवाफहरूलाई हाम्रा पाठकसामु प्रस्तुत गरेका छौं।

कोरोना भाइरस संक्रमित कति प्रतिशत मानिसलाई सोको लक्षण देखिएको छैन? के यस्ता मानिसहरूबाट अरूलाई संक्रमण हुनसक्छ?

‘साइन्स’ जर्नलमा छापिएको एक अनुसन्धानअनुसार चीनमा पाँच जना कोरोना भाइरस संक्रमितमध्ये चार जनालाई त्यस्ता व्यक्तिबाट रोगको सञ्चार भएको थियो, जसलाई आफू कोरोना संक्रमित छु भन्ने नै थाहा थिएन।

‘यस घटनाले कोरोना भाइरसको भौगोलिक विस्तार द्रूत हुने र यसको नियन्त्रण गम्भीर चुनौतीको रुपमा रहने देखाएको छ,’ अनुसन्धानकर्ताहरूले उल्लेख गरेका छन्।

न्यूजर्सीका प्राथमिक स्याहार चिकित्सक डाक्टर एलेक्स सालेर्नोले अमेरिकामा यतिबेला बाहिर हिँडिरहेका तीन जनामध्ये संक्रमण भएर पनि लक्षण नदेखिएको एक जना व्यक्ति हुनसक्ने बताए। उनले सामाजिक दूरी तथा बारम्बारको हात सफाइका अलावा पनि लक्षण नदेखिएका मानिसहरूको थप परीक्षणको आवश्यकतामाथि जोड दिएका छन्।

‘हामीले परीक्षण गरेर भेटिएका ‘पोजिटिभ केश’हरूलाई ‘नेगेटिभ केश’हरूसँग अलग्याएका छौं। तथापि, लक्षण नदेखिएका मानिसहरूको पनि परीक्षण गर्न सकेमा हामीले मानिसहरूलाई छिट्टै नै सामान्य जीवन तथा काममा फर्काउन सक्छौं,’ उनले भनेका छन्।

तर दुर्भाग्य, सालेर्नोका अनुसार अमेरिकामा परीक्षण किटको अभाव, बिग्रिएको किट तथा परीक्षणमा ढिलाई लगायतको कारण परीक्षण गराउन इच्छुक सबै मानिसहरूको सहज परीक्षण हुन सकिरहेको छैन।

त्यसो त फ्लूले झन् धेरै मानिसको ज्यान लिइरहेको छ भने हामी किन कोरोना भाइरसबारे चिन्तित हुने?

मृतक संख्याको आधारमा फ्लूभन्दा कोरोना भाइरस कमजोर देखिए तापनि यस कोभिड–१९ विभिन्न कारणहरूले गर्दा झन् खतरनाक छ।
अमेरिकामा कोरोना भाइरसको पहिलो केश जनावरी महिनामा पहिचान भएको थियो भने यस रोगको कारण बिरामीको पहिलो मृत्यु फेब्रुअरी महिनाको अन्ततिर प्रमाणित भएको हो। तर, मार्च २६ सम्म आइपुग्दा यस राष्ट्रमा कोरोना भाइरसको ७८ हजारभन्दा बढी बिरामीहरूको पहिचान भइसकेको छ भने यसका कारण ज्यान गुमाउने संख्या कम्तीमा ११ सय ३५ जना पुगिसकेको छ।

अर्कोतर्फ गत वर्षको अक्टोबर १ देखि अमेरिकामा फ्लूको मौसम सुरू भएयता यसको कारण २३ हजार भन्दा बढी नागरिकहरूको मृत्यु भैसकेको छ। देशभरि अक्टोबरदेखि मार्चको मध्यसम्म कम्तीमा तीन करोड ४० लाख फ्लू संक्रमिक देखिएका छन्।

तल उल्लेखित निम्न तथ्यहरूले फ्लूभन्दा कोरोना भाइरस अझ खतरनाक भएको पुष्टि गर्छ:

– फ्लूभन्दा कारोना भाइरसको संक्रमणको दर दोब्बर बढी छ। सिएनएनका स्वास्थ्य संवाददाता डाक्टर सञ्जय गुप्ताका अनुसार फ्लूले औसतमा १.२८ व्यक्तिलाई संक्रमित गराउँछ तर कोरोना भाइरसले दुईदेखि तीन जनासम्मलाई संक्रमित गराउने सम्भावना राख्दछ।

– उमेरले ८० कटेका र विभिन्न दीर्घरोग भएका मानिसहरूमा कोरोना भाइरसको ‘मृत्युदर निकै उच्च’ छ जनामा एक रहेको छ।

– कोरोना भाइरस प्रभावितमा करिब १४ दिनसम्म कुनै लक्षण नदेखिन सक्छ भने कसैमा त कुनै पनि लक्षण नै नदेखिन सक्छ। तर, लक्षण नदेखिएको अवस्थामा पनि भाइरस प्रभावितले अरूलाई थाहै नपाई संक्रमित गराउने जोखिम उच्च रहन्छ।

– फ्लूको लागि भ्याक्सिन उपलब्ध छ तर कोरोना भाइरसको उपचारका लागि हालसम्म कुनै पनि भ्याक्सिन वा औषधीको विकास भएको छैन।

विज्ञहरूका अनुसार फ्लूको भ्याक्सिन दिएर यसबाट हुने मृत्युलाई अत्याधिक रुपमा कम गर्न सकिन्छ। तर, कोरोना भाइरसको सवालमा यस्तो सम्भावना शून्य छ।

सम्भवत: हुँदैन। अप्रिल १२ मा पर्ने इष्टर पर्वको अवसरमा चर्चको प्रार्थना कक्ष मानिसहरूले भरिने राष्ट्रपति ट्रम्पले आशा गरे तापनि एक प्रमुख महामारीविज्ञ तथा सेन्टर फर डिजिज कन्ट्रल एण्ड प्रिभेन्सन (सिडिसी)का सल्लाहकारले भने सो समयमा कोरोना भाइरसको कारण अमेरिकामा मृत्यु हुने मानिसको संख्या चुलिने प्रक्ष्येपण गरेका छन्।

सामाजिक दूरीको अन्त्य कहिले हुन्छ? अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेझैं अप्रिलको दोस्रो सातादेखि आमजीवन सामान्य र सहज बन्नसक्छ?

सम्भवत: हुँदैन। अप्रिल १२ मा पर्ने इष्टर पर्वको अवसरमा चर्चको प्रार्थना कक्ष मानिसहरूले भरिने राष्ट्रपति ट्रम्पले आशा गरे तापनि एक प्रमुख महामारीविज्ञ तथा सेन्टर फर डिजिज कन्ट्रल एण्ड प्रिभेन्सन (सिडिसी)का सल्लाहकारले भने सो समयमा कोरोना भाइरसको कारण अमेरिकामा मृत्यु हुने मानिसको संख्या चुलिने प्रक्ष्येपण गरेका छन्।

अर्कातिर, कैयौं चिकित्सकहरूले सामाजिक दूरीको व्यवस्था कायम राहिरहने र रहिरहनुपर्नेमा जोड दिएका छन्।

के कोरोना भाइरस पानी (स्विमिङ पुल वा वाथ टव लगायत)मार्फत सर्छ?

प्राय: सबै जिमखानाहरू बन्द हुँदा त्यसका सदस्यहरू पानीमा डुबुल्की मार्दा पो सुरक्षित छ कि भनेर सोचिरहेका छन्।

‘स्विमिङ पुल वा बाथ टबको प्रयोग गर्दा पानीमार्फत कोभिड–१९ सरेको हालसम्म कुनै ठोस प्रमाण छैन,’ सिडिसीले भनेको छ, ‘तर पनि सुरक्षाको लागि उपयुक्त ढंगले सञ्चालन गरी मर्मतसम्भार तथा क्लोरिन वा ब्रोमिनजस्ता रसायनको प्रयोग गरी पानीमा भएको कीटाणुलाई मार्न सकिन्छ भने कोभिड–१९ संक्रमण गराउन सक्ने भाइरसलाई नष्ट गर्न सकिन्छ। कोभिड–१९ श्वासप्रश्वासबाट सर्ने हुँदा अहिलेको लागि स्वास्थ्यकर्मीहरूले सुझाव दिएझैं अन्य मानिसहरूसँग कम्तीमा छ फिटको दूरी कायम गर्नु नै बुद्धिमानी हुन्छ।

के कोरोना भाइरस न्यून वा उच्च तापक्रममा मर्छ?

सामान्यतया चिसो मौसम वा सुख्खा वातावरणमा भन्दा उच्च तापक्रम तथा उच्च आद्रतामा कोरोना भाइरसहरू छिटो मर्छन्। ‘तथापि, कोभिड–१९ को तापक्रमसँगको सम्बन्धबारे भने हामीसँग धेरै जानकारी छैन,’ सिडिसीले भनेको छ, ‘यसका साथै भाइरस मर्नका लागि आवश्यक तापक्रम सतहको सामग्री, वातावरण तथा अन्य विविध पक्ष तथा तत्वहरूमाथि निर्भर गर्दछ।’

राष्ट्रपति ट्रम्पले गर्मी मौसमको न्यानोले कोरोना भाइरस कमजोर हुने जनाए तापनि वैज्ञानिकहरूले त्यस्तो अनुमान गर्न अहिले नै निकै चाँडो हुने प्रतिक्रिया दिएका छन्।

के लामखुट्टेले कोरोना भाइरस सार्न सक्छ?

सक्दैन। विश्व स्वास्थ्य संगठनले जनाएअनुसार लामखुट्टेद्वारा कोरोना भाइरस सरेको अहिलेसम्म कुनै ठोस उदाहरण वा प्रमाण छैन। ‘यो नयाँ कोरोना भाइरस श्वासप्रश्वासजन्य भाइरस भएको हुँदा संक्रमित व्यक्तिले हाछिउँ गर्दा वा खोक्दो उसको मुख वा नाकबाट निस्कने सिँगान, थुक वा र्यादलको थोपा वा कणबाट अरु मानिसमा सर्छ।

हामीले कहिलेसम्म सामाजिक दूरी कायम गर्नुपर्ला?

सम्भवत: धेरै महिनासम्म। तर, यो प्रकोप एकपल्ट सकिएर फेरि पनि देखा पर्न सक्ने हुनाले भविष्यमा पनि पटक-पटक सामाजिक दूरी कायम गर्नुपर्ने हुनसक्छ। बेलायतको इम्पेरियल कलेजले गरेको एक अनुसन्धानअनुसार हामीले करिब पाँच महिनासम्म कडा रुपमा सामाजिक दूरीको पालना गर्नुपर्ने हुनसक्छ। अहिलेलाई के बुझ्न जरुरी छ भने कम्तीमा कोरोना भाइरसको भ्याक्सिनको विकास नहुँदासम्म सामाजिक दूरी नै यस रोगलाई नियन्त्रणमा लिने सबैभन्दा प्रभावकारी उपाय हो।

कोरोना भाइरस सतहमा कति अवधिसम्म जीवित रहन्छ?

युएस नेशनल इन्स्टिट्युट अफ हेल्थको लगानीमा सञ्चालित एक अध्ययनअनुसार सतहको प्रकृति हेरिकन कोरोना भाइरस कम्तीमा तीन दिनसम्म जीवित रहन सक्छ।

विभिन्न रोग वा स्वास्थ्य समस्याका कारण अस्पताल वा दन्त चिकित्सकको मा जानु कतिको सुरक्षित छ?

साँच्चिकै आकस्मिक अवस्थाबाहेक अस्पताल, दन्त चिकित्सक वा अन्य कुनै स्वास्थ केन्द्रमा नजानु नै बुद्धिमानी हुनसक्छ।

यदि लक्षण नदेखिएका मानिसले पनि अरुमा संक्रमण फैलाउन सक्छन् भने म को संक्रमित छ र को छैन भनेर कसरी पहिचान गर्नसक्छु?

‘सक्नुहुन्न,’ जर्ज वासिङ्टन युनिभर्सिटी हस्पिटलका डिजास्टर एण्ड अप्रेसनल मेडिसिन प्रमुख डाक्टर जेम्स फिलिप्स् भन्छन्।

हालसम्मको लागि हामीले सबै मानिस कोरोना भाइरस संक्रमित छन् र सबैले हामी कोरोना भाइरस संक्रमित छौं भनेर व्यवहार गर्नु नै सबैभन्दा राम्रो हो। यहाँ ‘व्यवहार’ भन्नाले एक-अर्कासँग तोकिएको दूरी अथवा सामाजिक दूरी कायम गरौं भन्ने नै हो।

तसर्थ, भिडभाडमा नजाने, मानिसहरूभन्दा कम्तीमा छ फिट पर रहने, अनुहारमा हातले नछुने वा हातको सरसफाई तथा स्वच्छता कायम गर्ने लगायत गर्नुपर्दछ।

यदि यस्तो हो भने मैले रोगीको स्याहार कसरी गर्ने त?

संसारभरि कोरोना भाइरस परीक्षण किटको संकट भइरहेको हालको अवस्थामा तपाईंले आफ्ना परिवारका सदस्या तथा आफन्तहरूलाई लागेको रोग कोभिड–१९ हो वा अरु नै केही हो भनेर छुट्याउन सक्नुहुन्न। तसर्थ, अलग्गै एवम् सुरक्षित रहेर आफू र आफन्तलाई यस रोगबाट जोगाउनुभन्दा अन्य केही विकल्प छैन।

तथापि, माथिको प्रश्नको सवालमा सिडिसीले केही सुझावहरु दिएको छ, जुन तल उल्लेखित छन्:

– रोगको शंका लागेका व्यक्तिलाई सम्भव भएसम्म छुट्टै कोठाको व्यवस्था गरिदिने। ढोका बन्द गरेर राख्ने।

– स्याहारकर्ताको रुपमा एक जना मात्र मानिसको प्रबन्ध मिलाउने।

– बिरामी व्यक्तिलाई मास्क लगाउन लगाउने। यदि मास्कको कारण सास फेर्न गाह्रो भएको अवस्थामा स्याहारकर्ताले मास्क प्रयोग गर्ने।
स्वास्थ्यकर्मीहरूका अनुसार यदि तपाईं स्वस्थ हुनुहुन्छ भने मास्क प्रयोग नगर्नु नै राम्रो हो।

संसारभरि कोरोना भाइरस परीक्षण किटको संकट भइरहेको हालको अवस्थामा तपाईंले आफ्ना परिवारका सदस्या तथा आफन्तहरूलाई लागेको रोग कोभिड–१९ हो वा अरु नै केही हो भनेर छुट्याउन सक्नुहुन्न। तसर्थ, अलग्गै एवम् सुरक्षित रहेर आफू र आफन्तलाई यस रोगबाट जोगाउनुभन्दा अन्य केही विकल्प छैन।

यस रोगको लक्षणहरु के–के हुन्?

विश्व स्वास्थ्य संगठनका अनुसार ज्वरो आउने, खोकी लाग्ने, श्वासप्रश्वास छोटो हुने र सास फेर्न अप्ठेरो हुने लगायत कोरोना भाइरस संक्रमणका संकेतहरू हुन्।

यो भन्दा गम्भीर अवस्थामा निमोनिया हुने, श्वासप्रश्वास प्रक्रियामा गम्भीर समस्या आउने, मिर्गौलाले काम गर्न नसक्ने र मृत्युसम्म हुनसक्ने हुन्छ।
कोरोना भाइरसले शरीरमा संक्रमण गरेपश्चात सोका लक्षणहरू कति समयभित्र देखापर्छन् भन्नेमा अझै दुविधा रहेको छ। तथापि, केही

स्रोतहरूले यसको लक्षण देखिन १० देखि १४ दिनको समय लाग्ने जनाएका छन्।

यो रोग कसरी फैलन्छ?

सामान्यतया संक्रमण भएको एक व्यक्तिबाट अन्य व्यक्तिमा कोभिड–१९ सर्दछ। यस भाइरस लागेको व्यक्तिले खोक्दा, हाछिउँ गर्दा वा सास फाल्दा नाक वा मुखबाट सिँगान, थुक वा र्याबलको छिटा बाहिर निस्कन्छ। यस्तो तरल पदार्थ केही वस्तु वा मानिस वरपरको सतहमा गएर बस्छ। जब यस्ता वस्तु वा सतहलाई छोएर सोही हातले आँखा, नाक वा मुखलाई छुँदा यस भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सञ्चारित हुन्छ।

भाइरस लागेको व्यक्तिले खोक्दा वा सास फाल्दा नाक वा मुखबाट निस्केको तरल पदार्थको छिटा वायुमण्डलमा मिसिन्छ र सोही बेला सास फेर्दा संक्रमित तरल पदार्थको छिटा शरीरभित्र प्रवेश गर्दा पनि कोभिड–१९ को संक्रमण हुन्छ।

कोरोना संक्रमित भएर लक्षण नदेखिएको मानिसले यदि हाछिउँ गरेको छैन तथा खोकेको पनि छैन भने पनि अरूलाई रोग सर्न सक्छ?
‘लक्षण नदेखिएको मानिसले झन् सजिलै अरुलाई कोरोना भाइरस सार्न सक्दछन्,’ इपिडिमोलाजी प्रद्यापक एनि रिमोन भन्छिन्।

उनका अनुसार लक्षण नदेखिए पनि प्रभावित व्यक्तिले बोल्दा मुखबाट थुकको छिटा निस्कने र सोही छिटा अन्य व्यक्तिको मुख, नाक वा आँखामा पर्ने वा विभिन्न सतहमा पर्दा निरोगी व्यक्तिले त्यस्तो सतहमा छोई आफ्नो आँखा, नाक वा मुखमा छुँदा भइरस संक्रमण हुने सम्भावना रहन्छ।

खानामार्फत कोरोना भाइरस सर्ने सम्भावना कत्तिको हुन्छ?

सिडिसीका अनुसार हालसम्म खानामार्फत यस भाइरस सरेको कुनै ठोस प्रमाण वा उदाहरण छैन। आजसम्मको निष्कर्षको आधारमा कोभिड–१९ श्वासजन्य तरल पदार्थको छिटा (र्याोल, सिँगान वा थुकको)मार्फत एक व्यक्तिबाट अर्को व्यक्तिमा सञ्चारित हुन्छ।

कोरोना भाइरस मानिसको छालाबाट शरीरमा प्रवेश गर्नसक्ने सम्भावना छ कि छैन?

सिडिसीका अनुसार भाइरस भएको सतह वा वस्तुलाई हातले स्पर्श गरी सोही हातले नाक, मुख वा आँखामा छुँदा सो मानिसमा भाइरस संक्रमण हुने सम्भावना रहे तापनि कोभिड–१९ सर्ने यो प्राथमिक माध्यम भने हैन। बरू, यो त मुख्यगरी श्वासजन्य तरल पदार्थको छिटा (र्यााल, सिँगान वा थुक) अर्को व्यक्तिको मुख वा नाकमा पर्दा सोही तत्व सासमार्फत फोक्सोमा प्रवेश भएपश्चात कोभिड–१९ रोगको सिकार हुने गर्छन्।

भाइरस प्रभावित व्यक्तिको दिसाबाट कोभिड–१९ सर्ने सम्भावना निकै न्यून छ। त्यसो त सुरूआती अनुसन्धानले संक्रमित व्यक्तिको दिसामा कोरोना भाइरस पाइन सक्ने देखाए तापनि दिसाको माध्यमबाट अन्य व्यक्तिमा सर्ने यस भाइरसको चरित्र भने हैन।

कोरोना भाइरस प्रभावित व्यक्तिले कति समयसम्म अन्यलाई संक्रमित गराउन सक्ने सम्भावना रहन्छ?

यस्तो समय फरक–फरक हुन सक्दछ। अझ विशेषगरी कोरोना भाइरस प्रभावित व्यक्ति कति अवधिसम्म स्वत: अलग्गिएर (सेल्फ आइसोलेसन)मा बस्छन् भन्ने कुरामा उनले कति समयसम्म अरूलाई संक्रमित गराउन सक्छन् भन्ने निर्भर गर्दछ।

तसर्थ, भाइरस प्रभावित व्यक्ति कहिलेसम्म स्वत: अलग्गिएर बस्नुपर्छ भन्ने विषयमा सिडिसीले एक निर्देशिक सार्वजनिक गरेको छ:

– ज्वरो नियन्त्रण गर्ने औषधीको प्रयोग विना ज्वरो पूरै निको नहुँदासम्म,

– खोकी लगायत अन्य लक्षणहरू पूरै नियन्त्रण नहुँदासम्म,

– २४ घण्टाभन्दा बढी समयमा गरिएको कम्तीमा दुई पटकको भाइरस परीक्षणमा दुबै पटक नेगेटिभ परिणाम नआउँदासम्म

कोरोना भाइरस प्रभावित व्यक्ति सेल्फ आइसोलेसनबाट निस्कन मिल्दैन।

के कोभिड–१९ मानिसको दिसाबाट पनि सर्न सक्छ?

भाइरस प्रभावित व्यक्तिको दिसाबाट कोभिड–१९ सर्ने सम्भावना निकै न्यून छ। त्यसो त सुरूआती अनुसन्धानले संक्रमित व्यक्तिको दिसामा कोरोना भाइरस पाइन सक्ने देखाए तापनि दिसाको माध्यमबाट अन्य व्यक्तिमा सर्ने यस भाइरसको चरित्र भने हैन। यो एक जोखिम भएको कारण शौचालयको प्रयोगपछि र खाना खानुअघि नियमित रुपमा हात धुन अत्यावश्यक छ। कोभिड–१९ सर्ने माध्यम र तरिकाहरूको सम्बन्धमा चलिरहेका अनुसन्धानहरूलाई विश्व स्वास्थ्य संगठनले हासिल गरिरहेकाले अद्यावधिक तथ्य एवम् जानकारीलाई भविष्यमा निरन्तर रूपमा उपलब्ध गराइने छ।

मैले आफैंलाई सुरक्षित राख्न मास्क प्रयोग गर्न जरुरी छ?

यदि तपाईं कोभिड-१० को लक्षणहरू (विशेषगरी खोकी लाग्ने) देखिएर बिरामी पर्नुभएको छ अथवा यस रोग लागेको सम्भावना भएको मानिसको रेखदेखमा आवद्ध हुनुहुन्छ भने मात्रै मास्क प्रयोग गर्नुहोस्। बुझ्नुपर्ने कुरा के हो भने डिस्पोजेबल मास्क प्रयोग एक पटक मात्र गर्न सकिन्छ। यदि तपाईं आफैं बिरामी हुनुहुन्न वा बिरामीको हेरचाहमा लाग्नुभएको छैन तर पनि मास्क प्रयोग गरिरहनुभएको छ भने सम्झनुहोस् कि तपाईंले मास्कलाई खेर फालिरहनु भएको छ। हाल विश्वव्यापी रूपमा मास्क अभाव छ। तसर्थ, विश्व स्वास्थ्य संगठनले मास्क प्रयोग सोचविचारपूर्वक गर्न सुझाव दिएको छ।

के मलाई फ्लू र कोरोना भाइरस एकै पटक हुनसक्छ?

यस्तो हुन सम्भव छ। वास्तवमा फ्लू र कोरोना भाइरसको लक्षणहरू जस्तै: ज्वरो र खोकीलगायत उस्तै हुन्छन्। तर, फ्लू र कोरोना भाइरसबीच फरक छुट्याउन सकिने सबैभन्दा भरपर्दो लक्षण भनेको सास फेर्न कठिनाइ हो। जुन कोरोना भाइरस प्रभावितमा मात्रै हुन्छ।

(सिएनएनले तयार गरेको सामग्रीको नेपालको परिवेश सुहाउँदो भावानुवाद)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कोरोना विश्वमहामारी : पछ्याउन लायक राष्ट्र सिंगापुर

असहयोगी एवं असमझदार बिरामी तथा कुरुवा, अधिक कार्य समय र सुरक्षात्मक यन्त्र तथा उपकरण अभावमा कोरोना भाइरस संक्रमितलाई सेवा दिनका लागि अग्रपंक्तिमा खटिएका विश्वभरका स्वास्थ्यकर्मी अधिकमारमा परिरहेका छन्। यतिमात्र नभएर कोभिड–१९ प्रभावितलाई निको पार्न खटेका उनीहरू आफैं संक्रमणको शिकार बन्न पुगेका ेतथ्य बाहिरिरहेको छ।

शिशु जन्माइसकेपछि उक्त शिशुको बुबा भाइरस परीक्षणमा पोजेटिभ देखिएको जानकारी लुकाएकी एक मलेसियाली महिलाका कारण सरसफाइका लागि सम्पूर्ण अस्पताल नै बन्द गर्नुपरेको थियो।

उता, फिलिपिन्समा नौजना डाक्टरको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ। तीमध्ये दुईजना आफ्नो हालैको विदेश यात्राको विवरण लुकाउने बिरामीको सेवामा आबद्ध भएका थिए।

यसैगरी स्पेनमा ५४ जनाभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन्। जसले त्यहाँको १४ प्रतिशत बिरामीलाई सेवा प्रदान गर्न सक्थे। सोही कारण स्पेनमा स्वास्थ्यकर्मीको चर्को अभाव खड्कन थालिसकेको छ भने ७० हजार संक्रमित भएको इटालीमा मेडिकल ग्लोब्स् (पन्जा) बिना बिरामीको उपचार गर्न बाध्य एकजना डाक्टरले कोरोना भाइरसकै कारण ज्यान गुमाइसकेका छन्।

संसारकै सबैभन्दा बढी कोरोना भाइरस संक्रिमत नागरिक रहेको राष्ट्र अमेरिका (जहाँ १ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भैसकेको छ) को अस्पतालहरूमा क्षमताभन्दा बढी बिरामी भर्ना भइसकेका छन्।

आसाको किरण

यस्तो विषम र निराशाजनक अवस्था हुँदाहुँदै सिंगापुरको अनुभवलाई भने आसाको किरणका रूपमा लिइएको छ। हालसम्म यस ‘लायन सिटी’ का रूपमा परिचित राष्ट्रमा करिब ६ सय ३० जना संक्रमित भेटिएका छन्। जसमध्ये सबै अस्पतालमा उपचाररत छन्। तथापि, सिंगापुरमा अहिलेसम्म निकै थोरै स्वास्थ स्याहारकर्ता यस रोगको संक्रमणमा परेका छन्।

अझ सकारात्मक कुरा के हो भने त्यहाँको स्वास्थ्य मन्त्रालयअन्तर्गत सरुवा रोग विभाग निर्देशक भेर्नन लिकाअनुसार कोरोना भाइरस संक्रमित स्वास्थ्यकर्मीमध्ये अधिकांश अस्पतालको स्वास्थ्य स्याहार वातावरणभन्दा बाहिरको परिवेशमा संक्रमित भएका थिए।

सिंगापुरको अस्पतालमा कोरोना भाइरस बिरामीको प्रत्यक्ष सेवामा सहभागी ४१ स्वास्थ्यकर्मीहरूले यस रोगको संक्रमणबाट जोगिनुलाई ‘भाग्य’ मात्र भन्न नमिल्ने त्यहाँका विज्ञहरूले टिप्पणी गरेका छन्।

साउथ चाइना मर्निङ पोस्टको एक रिपोर्टअनुसार यी सबै स्वास्थ्यकर्मी एक अधवैंशे बिरामीको दुई मिटरभन्दा नजिक रहेर उनलाई श्वासनलीमा पाइप राखेर गरिने ‘इन्ट्युबेट’ नामक उपचारको विधि सञ्चालन गरिरहेका थिए। त्यसो त यस्तो विधि सञ्चालन गर्दा उसको शरीरबाट तरल पदार्थको छिट्टा निस्कने र बिरामीले खोक्ने हुँदा स्वास्थ्यकर्मीका लागि यो विधि हानिकारक मानिन्छ।

उक्त प्रक्रिया सञ्चालन गर्दा उक्त बिरामीमा भाइरस संक्रमणको अवस्थाबारे अनभिज्ञ ती स्वास्थ्यकर्मीलाई बिरामीमा संक्रमण ‘पोजिटिभ’ देखिएपछि दुई साताका लागि क्वारेन्टाइनमा राखिए तापनि अन्त्यमा कसैमा भाइरस संक्रमण देखिएन।

दिएनाल्स अफ इन्टर्नल मेडिसिन नामक एक स्वास्थ्यसम्बन्धी जर्नलले त्यसबारे निष्कर्ष खुलाउँदै भनेको छ– ‘त्यस्तो अवस्थामा एकजना पनि स्वास्थ्यकर्मीमा भाइरस संक्रमण नदेखिनुले सर्जिकल मास्क, हातसम्बन्धी सफाइ एवं स्वच्छता र अन्य गुणस्तरीय विधिले उनीहरूलाई संक्रमण हुनबाट जोगाएको तर्फ इशारा गर्छ।’

शल्यचिकित्सक तथा लेखक अतुल गवान्डेले यस घटनालाई द न्यूयोर्करको एक लेखमा स्वास्थ्यकर्मीहरू कसरी आफैं अन्ततः बिरामी नभइ आफ्ना बिरामीको सेवामा लागिपरेका छन् भन्ने विषयमा प्रकाश पारेका छन्।

उनले एसियाबाट अधिक सिकाइ हासिल गर्न सकिने र तीमध्ये केही सिकाइ स्ट्यान्डर्ड पब्लिक हेल्थप्लेबुकमा समावेश भएको समेत जनाए। अर्को शव्दमा उनले सामाजिक दुरी, आधारभूत हातको सफाइ र स्वच्छता तथा सरसफाइको पाठ्य प्रणालीबारे अझ धेरै चर्चा आवश्यक रहेको दाबी गरे।

संयुक्त पहल

कोरोना भाइरस प्रभावित विभिन्न देशमा अत्यावश्यक स्वास्थ्य सामग्री संकट देखापरेसँगै विज्ञहरूले राष्ट्र–राष्ट्रबीच ज्ञान तथा स्रोतको आदान–प्रदान हुनुपर्नेमा जोड दिएका छन्।

यसतर्फ चीनले फिलिपिन्स, पाकिस्तान र युरोपलाई व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) प्रदान गर्न थालिसकेको छ। चीनका सबैभन्दा धनी व्यक्ति ज्याक माले एसियाका १० देशलाई १८ लाख थान मास्क, २ लाख १० हजारथान कोभिड–१९ परीक्षण किट, ३६ हजारथान व्यक्तिगत सुरक्षा कवच वा रक्षात्मक कपडा दान गरिरहेका छन्।

यसैबेला चिकित्सकहरूले पश्चिमा राष्ट्रलाई एसियाबाट सिक्न पनि घच्घच्याइरहेका छन्। संक्रमणजन्य रोग विशेषज्ञ लियो होई नामले सन् २००३ को सार्स (सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम) को मार सहेको एसिया कोभिड–१९ लाई नियन्त्रणमा लिन चाँडै नै तयार हुन सफल भएको जसमा पश्चिम तयार हुन नसकेको भन्दै यसका कारण यथेष्ठ सुरक्षा उपकरणको कमी रहेको बताएका छन्।

चीनमा प्रकोप देखापरेको सुरुवाती अवस्थामा सुरक्षा सामाग्री अभावका कारण त्यहाँका करिब २ हजार स्वास्थ्यकर्मी संक्रमित भए तापनि पछिल्लो समय सुरक्षा सामग्रीको बढ्दो उपलब्धतासँगै त्यस्तो अवस्थाको अन्त्य भएको तर्फ उनले औंल्याए।

‘सुरक्षा सामग्रीको तयारी वा उपलब्धतापछि निकै कम स्वास्थ्यकर्मीमात्र कार्यथलोमा संक्रमित भएका छन्। बरू धेरैजसो त अस्पताल बाहिर कोभिड–१९ बिरामीसँगको सम्पर्कमा आएका कारण संक्रमित भएका हुन्,’ उनी भन्छन्।

यससम्बन्धमा मलेसिया उपयुक्त उदाहरण हो। करिब ८० स्वास्थ्यकार्यकर्ता कोरोना संक्रमित भएको यस देशमा अधिकांशमा संक्रमणको सञ्चार सामुदायिक तहमा भएको थियो।

गत साता बिहीबार राति इन्टरनेटमार्फत् भएको एक सम्मेलनका क्रममा उहान विश्वविद्यालयको झोङनान अस्पतालका इन्टेन्सिभ केयर विशेषज्ञ पेङ जियोङले चीनमा कोरोना भाइरस प्रकोप देखापरेको सुरुका दिनमा एक स्वास्थ्यकर्मीलाई प्रतिकार्य समय (ड्युटी सिफ्ट) दुईथान व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) दिएर उक्त उपकरणको संकटलाई सम्बोधन गरेको जानकारी दिए।

यसैबीच फिलिपिन्समा मनिलाको चाइनिज जनरल हस्पिटलका चिकित्सकहरूले भिडियो कन्फरेन्स आयोजना गरी चीनको झेजियाङका चिकित्सकहरूसँग कोभिड –१९ का बिरामीको उपचार अनुभव लिने काम गरेका थिए।

त्यसो त अनुभव तथा जानकारी आदान–प्रदानका लागि क्राउडसोर्सिङ मञ्चहरूको पनि व्यवस्था गरिएको छ। जसअन्तर्गत् बोस्टनको द ब्रिङ्हाम एन्ड उमन्स हस्पिटलले अत्यन्त नाजुक अवस्थाका बिरामीको उपचार कसरी गर्ने भन्ने विषयमा निर्देशिका सार्वजनिक गरेको छ भने उसको वेबसाइटमा चिनियाँ डाक्टरहरूको सुझाव तथा जानकारी समावेश गरिएको छ।

यसैगरी ज्याक मा फाउन्डेसनले संसारभरिका डाक्टर तथा नर्सलाई कोरोना भाइरसविरुद्ध लड्न आवश्यक जानकारी तथा ज्ञान समावेश गरी अनलाइन प्लेटफर्म सञ्चालन गरेको छ। ‘एउटै विश्व, एउटै लडाइँ’ उसले ट्विटरमा लेखेको छ।

सस सि हक स्कुल अफ पब्लिक हेल्थका सहायक प्राध्यापक जेरेमी लिमले हालको समयमा सबै राष्ट्र मिलेर संगठित कदम चाल्न अत्यावश्यक रहेको बताएका छन्। ‘भाइरसले राष्ट्रको सिमानालाई मान्दैन। हामी सबै मिलेमात्रै बलियो हुन सक्ने हुनाले राष्ट्रहरूले एकअर्कासँग आफ्नो सूचना र सहयोग आदान–प्रदान गर्न आवश्यक छ,’ उनी भन्छन्।

‘राम्रो सरसफाइ र स्वच्छता कायम राख्नुस् र नियमित हात धुनुस्,’ सिंगापुरको स्वास्थ्य मन्त्रालयमा उनले सुझाव दिएका थिए।

सिंगापुर : एक घटना अध्ययन

आज सिंगापुरलाई विश्वले नै नक्कल गर्न (पछ्याउन) मिल्ने राष्ट्रका रूपमा लिइएको छ। अधिकांश विदेशबाट हालसालै फर्केका नागरिकमा सहित बढिरहेको कोभिड १९ प्रभावित जनताको संख्यामा आएको वृद्धि (जसमध्ये अधिकांश हालसालै विदेशबाट फर्केका) का कारण समस्या भोगिरहे तापनि सिंगापुरले हालसम्म आफ्नो स्वास्थ्यसेवा सहज र सुचारू तरिकाले अगाडि बढाइरहेको छ।

यदि चिकित्सकहरूको कुरालाई मान्ने हो भने सार्सको प्रकोपपछि भविष्यमा आउन सक्ने जस्तोसुकै महामारीका लागि आफूलाई तयारी अवस्थामा राखेका कारण नै सिंगापुरले उसका भाइरस प्रभावित नागरिकको सहज व्यवस्थापन गर्न सफल भएको छ ।

यसका साथै कोरोना भाइरस प्रकोप देखिनासाथ उसले आकस्मिक योजनाको तयारी गरिसकेको थियो भने पहिलो बिरामीको पहिचान हुने बित्तिकै स्वास्थ्यकर्मचारीलाई छुट्टी तथा यात्राको योजना पछाडि सार्न आग्रह गरेको थियो।

यसैबीच बिरामीको हेरचाहका लागि पर्याप्त स्वास्थ्यकर्मीको उपलब्धता होस् र उनीहरूले आवश्यक आराम पाउन् भनेर सुनिश्चित गर्न उसले अस्पतालका मानव संशाधन तुरुन्तै विभिन्न समूहमा विभाजित गरेको थियो। सिंगापुरमा डाक्टरको संख्या १३ हजार ७ सय ६६ छ, जसको अर्थ प्रति १ हजार बिरामी बराबर २.४ जना चिकित्सक पर्छन्।

‘अत्यधिकमात्राको सुरक्षासहित अत्यावश्यक सेवाको सहज सञ्चालन नै यसको उद्देश्य थियो,’ अर्थोपेडिक सर्जन सियाचिलो भन्छन्, ‘उपयुक्त डाक्टर–बिरामीको मात्रा र अत्यावश्यक स्वास्थ्य सेवाका लागि पर्याप्त विशेषज्ञको उपस्थिति सुनिश्चित गर्नु सबैभन्दा महत्वपूर्ण थियो।’

एजेन्सीहरुकाे सहयाेगमा

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कोरोना विश्व कहर : संक्रमित ७ लाख नाघे, करिब ३४ हजारको मृत्यु

कोरोना भाइरसबाट विश्वभर ३३ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ । २४ घन्टामा कोरोना भाइरसको कारणन ३ हजार ७५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३३ हजार ९ सय ३६ जनाको मृत्यु भएको हो ।

यस्तै ७ लाख २१ हजार भन्दा बढी मानिसहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । विश्वका २ सय भन्दा बढी मुलुकमा संक्रमण फैलिदा बिरामी परेकामध्ये उपचारपछि १ लाख ५० हजार ९ सय ३९ जना निको भएर घर फर्किएका छन्।

कोरोना भाइरसको सबैभन्दा बढी चपेटामा इटाली परेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७ सय ५६ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १० हजार ७ सय ७९ पुगेको छ । इटाली पूर्ण लकडाउनको अवस्थामा रहदा पनि संक्रमण फैलने क्रम भने रोकिएको छैन । इटालिमा ५२ सय १७ जना थप मानिस संक्रमित हुँदा कोरोनाको संक्रमणबाट ९७ हजार ६ सय ९८ मानिस प्रभावित भएका छन् ।

४४ सय ३५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । उपचार गराइरहेका १ लाख ३४ हजार भन्दा बढी मानिसमध्ये २९ सय ७० जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

अहिलेसम्म १३ हजार ३० जना भने उपचारपछि निको भएर घर फर्किसकेका र उपचार गराइरहेका ७३ हजार ८ सय ८० जनामध्ये ३९ सय ६ जनाको अवस्था गम्भीर रहेको इटालिका स्वास्थ्य अधिकारिहरुले बताएका छन। यस्तै सबैभन्दा बढी कोरोना भाइरसको संक्रमणमा परेको अमेरिकामा पछिल्लो २४ घण्टामा थप २ सय ४८ जनाको मृत्यु भएको छ भने १७ हजार ९ सय ८१ जना संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या २४ सय ६८ पुगेको छ भने संक्रमित हुनेको संख्या १ लाख ४१ हजार ५ सय ५९ पुगेको छ ।

४४ सय ३५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । उपचार गराइरहेका १ लाख ३४ हजार भन्दा बढी मानिसमध्ये २९ सय ७० जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

अमेरिकाका सबै राज्यमा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यहाँ अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउँदै अनिश्चितकालिन राष्ट्रिय संकटकाल लगाइएको छ । कोरोना भाइरसको उद्भव मानिएको चीनमा पछिल्लो २४ घण्टामा नयाँ संक्रमण देखिएको छैन । त्यहाँ ३३ सय मानिसको मृत्यु भएको छ । यस्तै स्पेनमा ६ हजार ८ सय ३ जनाको मृत्यु भएको छ भने ८० हजार भन्दा बढी संक्रमित भएका छन् । इरानमा २६ सय ४० को मृत्यु हुँदा फ्रान्समा २६ सय ६ जनाको मृत्यु भएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

‘लक डाउन’ मा सामाजिक सञ्जाल : मानसिक रोग बन्न सक्छ

कोभिड-१९ महामारी मध्यनजर राख्दै देश पूर्णरूपले ‘लकडाउन’ को अवस्थामा छ। हाम्रो जीवनशैली केही समयका लागि बदलिन बाध्य बनेको छ। हरेक दिनको कार्यशैलीबाट केही समयका लागि हामी सबै वञ्चित छौं।

२०७२ सालको विनाशकारी भूकम्पका बेला हामी सबै समाजिक जमघट गरेर आफ्नो घरबाट टाढा बस्न बाध्य बनेका थियौं तर आज हामी सबैजना यस्तो प्रकोपमा परेका छौं कि न हामी सामाजिक जमघटमा बस्न पाउँछौ न आफ्नो घरबाट बाहिर जान। नोबेल कोरोना भाइरस (कोभिड-१९) ले हाम्रो जीवन नै अनिच्छित बनाइदिएको छ।

के हो होम क्वारेन्टाइन र यो किन जरूरी छ?

देश पूरा लकडाउनको अवस्थामा छ। त्यसैले हामी सबैले आफू अनि आफ्नो समाज बचाउने हेतुले क्वारेन्टाइनमा बस्न एकदम जरुरी छ। केही समयका लागि आफू भौतिक रूपमा समाजबाट टाढा भई आफ्नो घरमा नै बस्नुलाई क्वारेन्टाइन भनिन्छ। सेल्फ क्वारेन्टाइन भनेको आइसोलेसनको स्टेज हो।

स्वस्थ अनि अस्वस्थ दुवै व्यक्ति होम क्वारेन्टाइनमा बस्न आवश्यक छ। जसमा कोरोना पोजेटिभ देखिन्छ ती व्यक्ति सेल्फ आइसोलेसनमा बस्नुपर्दछ। जो अस्वस्थ हुन्छ ती सेल्फ क्वारेन्टाइनमा बस्न जरुरी हुन्छ अनि जो हेर्दा स्वस्थ देखिन्छ उनीहररूले कति बेला भाइरसको क्यारियर (Carrier) बन्दछ थाहा हुन्न। त्यसैले शारीरिक रूपमा स्वस्थ मानिस पनि क्वारेन्टाइनमा बस्दछन्।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमण हुन नदिन सरकारले देशलाई लकडाउनमा राखेर होम क्वारेन्टाइनमा बस्न आह्वान गरेको हो। होम क्वारेन्टाइनमा बस्नाले रोग फैलिने मात्रा कम हुन्छ।

त्यही भएर यदि हामी सबै देशलाई महामारी प्रकोपबाट बचाउन समाजिक दुरी (social distancing) लाई मर्यादित रूपले अपनाउने हो भने आइपर्ने ठूलो सङ्कट भने पक्कै पनि झेल्नुपर्दैन। होम क्वारेन्टाइन र सेल्फ क्वारेन्टाइनले रोग फैलिन कम गर्छ। त्यसैले आफू पनि बच्न र समाजलार्इ र देशलाई पनि बचाउन सबैजना होम क्वारेन्टाइनमा बस्न जरुरी छ।

होम क्वारेन्टाइनमा बस्दा के के कुरामा ध्यान पुर्‍याउनुपर्छ?

– सबैभन्दा जरुरी भनेको व्यक्तिगत स्वच्छता (personal hygiene) लाई एकदम ध्यान पुर्‍याउनुपर्छ।

– अतिआवश्यक काम नपरेसम्म घरबाट कदापि पनि बाहिर निस्कनु हुँदैन।

– सकेसम्म यस्तो बेलामा पाहुनालार्इ निमन्त्रणा पनि नदिने अनि आफू पनि कसैको घरमा पाहुना लाग्न जानु हुँदैन।

– कुनै पनि प्रकारका सामाजिक जमघट वा भेलामा सहभागी हुनुहुँदैन।

– सकभर अरूसँग अन्तक्र्रिया गर्नुहुन्न । गर्नै परेछ भने पनि कम्तिमा तीन फिट दुरी राख्न आवश्यक छ।

– नजिकै हिँडडुल गर्ने तर कसैसँग गफ नगर्ने।

– पोषिलो खानेकुरा खाने जसले रोगसँग लड्ने क्षमता बढाउन मद्दत पुर्याओस्। सन्तुलित खानेकुरा खाने, आफूलाई मनपर्ने सङ्गीत सुनेर आनन्द लिने गर्नुपर्छ।प्रशस्त मात्रामा शुद्ध पानी पिउने।

– आफ्नो शरीरको तापक्रम बेलाबेलामा मापन गर्ने।

– आफ्नो फूलबारीमा काम गर्ने, घर सफा राख्ने, व्यायाम गर्ने, आफ्नो घरको छतमा बस्ने गर्न सकिन्छ। आफू बसिरहेको वरपर सरसफाइमा ध्यान दिनुपर्छ।

– होम क्वारेन्टाइनको समयमा आफूलाई माया गर्ने, आफूलाई मनपर्ने आफन्तजन तथा साथीभाइसँग फोन सम्पर्कमा रहनुपर्छ।

– लकडाउन तथा होम क्वारेन्टाइनको समयमा मानसिक रूपमा पहिल्यैदेखि कमजोर व्यक्तिलाई एक्लै छाड्नु हुँदैन।

– लकडाउनको समयमा घरमा बस्दा वा होम क्वारेन्टाइनको समयमा एकान्तमा बस्दा दैनिक क्रियाकलापलाई मित्र बनाउनुपर्छ।

होम क्वारेन्टाइनमा बस्दा सामाजिक सञ्जालले मनिसमा पर्ने प्रभाव?

हालको स्थितिमा बच्चादेखि बुढाबुढीसम्म जोकोहीको पनि मुख्य साथी टिभि ,मोबाइल फोन, ल्यापटपजस्ता उपकरण बनेका छन्। सामजिक सञ्जाल नै हरेक मानिसको दिन काट्ने माध्यम बनेको छ। यो समयमा मिडियाको प्रयोग एकदम बढेको सहजै देखिन्छ। हाम्रो घरसंसार नै हालको सन्दर्भमा इन्टरनेटमा गोलगोल घुमेको छ। मिडियाको प्रयोगले व्यक्तिमा सकारात्मक र नकारात्मक दुईटै असर गर्दछ।

सकारात्मक प्रभाव
मानिस एक सामाजिक प्राणी हो। त्यसैले सामजिक मेलमिलाप, समाजबाट टाढा बस्नु भनेको एक तरिकाले मानिसका लागि एकदम असहज हुन जान्छ। कुनै न कुनै रूपले समाजसँग आफूलाई मानिसले जोडिराखेका हुन्छ। जब समाजसँग जोडिनबाट वञ्चित बन्छ त पक्कै पनि कतै न कतै कुनै न कुनै रूपले नराम्रो असर गर्छ। अहिले होम क्वारेन्टाइनमा बस्नु परेको बेलामा मानिसलाई भौतिकरूपमा नभए पनि इन्टरनेटले सामाजिक सञ्जालले समाजसँग जोड्न सहज बनाएको छ।

अहिलेको सन्दर्भ नियाल्ने हो भने फेसबुक, इन्स्टाग्राम, टिकटक, ट्विटरजस्ता सामाजिक सञ्जालले सबैलाई आफ्ना विदेश वा स्वदेशमा भएका साथीहरू, परिवारका सदस्यबीच कुराकानी गर्न सजिलो बनाएको छ। जसले गर्दा मानिस एक्लोपनको सिकार हुनबाट बचेका छ्न्।

इन्टरनेटबाट नयाँनयाँ कुरा सिक्ने, विभिन्न चलचित्र हेर्ने पाएका छ्न्। विभिन्न नयाँ सीप सिक्ने, मिठा परिकार युट्युबमार्फत् सिक्ने गर्छन्। हरेक दिनका क्वारेन्टाइनमा आफूले गरेका क्रियाकलाप इन्स्टाग्राम ,फेसबुकमा राख्ने जसले गर्दा कसले के गरेर आफ्नो दिन बिताइरहेको छ देख्न पाइन्छ।

विश्वमा भइरहेका हरेक कुरा मिडियामार्फत् सबैले थाहा पाइराखेका छन्। मानिसका लागि फेसबुक, टिकटक मनोरञ्जन दिने माध्यम बनेका छन् जसको सहायताले मानिसले आफ्नो मुड फ्रेस बनाउन सकेका छन्। समाजिक सञ्जाल नै हालका लागि मानिसलाई समाजसँग जोड्ने माध्यम बनेको छ। विभिन्न पुराना फोटो हेर्ने, फोटोको वर्णन गर्नेजस्ता कुरा देख्न सकिन्छ।

विश्वमा भइरहेका हरेक कुरा मिडियामार्फत् सबैले थाहा पाइराखेका छन्। मानिसका लागि फेसबुक, टिकटक मनोरञ्जन दिने माध्यम बनेका छन् जसको सहायताले मानिसले आफ्नो मुड फ्रेस बनाउन सकेका छन्। समाजिक सञ्जाल नै हालका लागि मानिसलाई समाजसँग जोड्ने माध्यम बनेको छ। विभिन्न पुराना फोटो हेर्ने, फोटोको वर्णन गर्नेजस्ता कुरा देख्न सकिन्छ।

नेतादेखि कलाकार सबैका लागि मिडिया नै दिन बिताउने आधार भएको छ। कोरोनाका बारेमा विभिन्न आवश्यक जनचेतनामूलक कुरा गरेका विभिन्न भिडियो देख्न सकिन्छ। जुन कुराले मनिसलाई हरसमय कोरोना भाइरसबारे सचेत रहन दिमागको ढोका ढकढक्याइरहन्छ।
इटरनेटमार्फत् मानसिक तथा शारीरिक रूपमा आनन्द दिने मेडिटेसन वा ध्यानका सङ्गीत सुन्ने बानीको विकास गर्न सकिन्छ। युट्युबको प्रयोग गर्दा हँसाउने अनि ऊर्जाशील बनाउने भिडियो हेर्न सकिन्छ, जसले हामीलाई मानसिक रूपमा स्वस्थ बनाउँछ।

नकारात्मक प्रभाव

नकारात्मक खालका समाचारले मनलाई विचलित बनाउन सक्छ। बढी निराशा पैदा गर्ने खालका समाचार प्रकाशन प्रशारण गर्ने सञ्चारमाध्यमको भर पर्नाले हामी मानसिक रूपमा कमजोर बन्दैछौं।

मिडियामा प्रस्तुत भएका सबै समाचार सही हुँदैनन्। कुनै गलत पनि देखिएको छ। त्यस्तो गलत समाचारका कारण मानिसमा डर बढ्नुका साथै कोरोनाका बारेमा फैलिएका अनेकौं भ्रामक खबले मानिसमा तनाव बढ्न सक्छ। कोही कोही व्यक्ति डिप्रेसनको सिकार बन्न सक्छ्न्।
नकारात्मक हिसाबले हेर्ने हो भने इन्टरनेट धेरै मानिसमा लत बन्न नसक्ला भन्न सकिँदैन। जसको कारण व्यक्तिमा smart phone addiction, internet addiction जस्ता मानसिक समस्या देखापर्नसक्छ।

म घरमै बस्ने त हो भन्ने मनस्थितिले गर्दा रातभर सामाजिक सञ्जालमा भुल्ने बानी धेरैमाझ देखिन्छ। जसले गर्दा बिहान एकदम ढिलोसम्म सुत्ने, दिउँसो धेरै सुत्ने बानी मानिसमा बढ्न सक्छ। जसको कारण मानिसको सुत्ने शैली नै परिवर्तन हुन्छ। त्यसबाट ती व्यक्तिमा विभिन्न sleep disorder देखापर्नसक्छ।

जो व्यक्ति पहिले नै कुनै प्रकारका मानसिक समस्याबाट गुज्रिइसकेका हुन्छन्, तिनीहरू सामाजिक सञ्जालमा राखिएका अनावश्यक समाचारले झन् बढी मात्रामा त्रसित बन्दछन्।

जब नेपालमा फ्रान्सबाट कतार हुँदै आएकी एक युवतीमा कोरोना भाइरस संक्रमण पाइएको थियो, त्यसपछि सामाजिक सञ्जालले सोही जहाजमा आएका व्यक्तिहरूको नाम, ठेगानासमेत खुलाएको पाइएको थियो। जुन समाचारले ती व्यक्तिमा मानसिक रूपमा कतिसम्म असर परेको होला अन्दाज पनि लगाउन सकिँदैन।

त्यसैले सामाजिक सञ्जाललमा फैलिने यस्ता समाचारले मानिसमा त्रास झन् बढ्छ। जसले व्यक्तिमा विभिन्न शारीरिक र मानसिक समस्या आउँदछ।

सामजिक सञ्जालको अत्यधिक प्रयोगले बच्चामा पनि असर गर्न सक्छ। जसले गर्दा antisocial behavior को विकास हुन सक्दछ। त्यसबाट conduct disorder देखिन सक्दछ।

त्यसैले यो लकडाउनको अवस्थामा हामी होम क्वारेन्टाइनमा बस्न एकदम जरुरी छ। समाजिक सञ्जालको उपयोग बुद्दिमानी ढंगले गर्नुपर्दछ। इन्टरनेट नहुने भए यस्तो हालतमा हामी मानसिक रूपमा कमजोर हुन सक्थ्यौं। यसको उपयोग राम्ररी गर्ने हो भने हाम्रो यो क्वारेन्टाइनको समय एकदम फलदायी बन्न जान्छ ।

समाजिक सञ्जाललमा भएका कुन कुरालाई हामीले ध्यानाकर्षण गर्ने भन्ने कुरा आन्दाज गरी एक उपयुक्त समय छुट्ट्याएर सामाजिक सञ्जालमा व्यतित गर्ने हो भन्ने हामीले कुनै पनि कठिनाइ भोग्नु पर्दैन।

त्यसैले सन्तुलित, सही, आसा जगाउने खालका सामग्रीहसहित भरपर्दो जानकारी दिने सञ्चारमाध्यम, जस्तै अनलाइन, पत्रपत्रिका, टेलिभिजन, रेडियो पढ्ने, सुन्ने र हेर्ने गर्नुपर्छ। यस चिन्ताजन्य समयमा सञ्चारमाध्यमा आएका कस्ता सामाचार सुन्ने पढ्ने भन्नेबारे विचार पुर्याउनुपर्छ। यसरी घरभित्र बस्दा जुनबेला पनि समाचार पढ्न, हेर्न र सुन्न हुँदैन। त्यसका लागि समय छुट्ट्याउनुपर्छ। सामाजिक सञ्जाल फेसबुक, ट्विटरमा मन विचलित बनाउने समाचार भिडियो पोस्ट गर्नेलाई अनफलो गर्नुपर्छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

झापाका सबै निजी अस्पतालले बिरामी जाँच्ने, प्रदेश १ मा डाक्टरहरूको जिम्मेवारी पनि तोकियो

झापाका सबै निजी अस्पतालले अब सबै बिरामी हेर्ने गरी अस्पताल खोल्ने भएका छन्। जिल्लामा गठित कोरोना नियन्त्रण तथा मूल्यांकन समितिका सदस्य लोकराज ढकालका अनुसार निजी अस्पताल सञ्चालकहरूसँगको बैठकमा सबै निजी अस्पतालका गेट तत्काल खोल्ने सहमति भएको छ। निजी अस्पतालले ओपिडी सेवा बन्द गरेको र बिरामीलाई नलिने गरेको सञ्चारमाध्यममा सार्वजनिक भएपछि बैठक बसेको हो।

बैठकमा फिबर क्लिनिक सबै अस्पतालले सञ्चालन गर्ने, वुद्धशान्ति गाउँपालिकाकाअध्यक्ष रमेश भुजेलको समन्वयमा २ सय ८० सेट पिपिई (प्रतिसेट १५ हजार रुपैयाँ पर्ने) लिन काठमाडौं गाडी पठाउने निर्णय भएअनुसार शनिबार नै गाडी पठाइएको छ। सोमबार बिहानसम्ममा सामान आउने जनाइएको छ। पिपिई प्राप्त भएपछि बिएन्डसी अस्पताल बिर्तामोडमा पनि कोरोनाका शंकास्पद बिरामीको जाँच गर्ने निर्णय भएको छ।

बैठकमा बिर्तासीटि, मनमोहन,अञ्जलि, मेडिका लगायत अस्पतालका सञ्चालकले त्रासदीको बेला आआफ्नो तर्फबाट सहयोग गर्ने सहमति जनाएको मनमोहन अस्पताल बिर्तामोडका अध्यक्ष नरेश खरेलले बताए। बैठकमा पिपिए बिएण्सी बाहेकका अस्पताललाई पनि उपलब्ध गराउने सहमति भएको छ ।

यसैबीच प्रदेश- १ सरकारले १४ जना डाक्टरको निश्चित स्थानसहित जिम्मेवारी तोकेको छ। उनीहरूलाई स्वास्थ्य सम्बन्धि कुनै समस्या आएमा अथवा परामर्श दिनु परेमा तत्काल उपलब्ध हुनेगरी जिम्मेवारी दिइएको छ।

प्रदेश-१ को सामाजिक विकास मन्त्रालयका अनुसार डा. गोबिन्द कँडेल र डा. मनिष सुबेदीलाई मेची अस्पताल, डा. लक्ष्मीनारायण यादव, डा. डेनप्रसाद आचार्य, डा. दीपक सिग्देल, उत्तरकुमार मैनाली र डा. दिनेश न्यौपानेलाई कोशी अस्पतालका लागि जिम्मेवारी दिइएको छ।

त्यसैगरी डा. मुक्ति भट्टराई लाइफलाइन अस्पताल, दमक झापा, डा. निकेशराज श्रेष्ठ र डा. राजिव श्रेष्ठ न्यूरो अस्पताल, विराटनगर, डा.विकास साह बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरान सुनसरी, डा.दिपेश आचार्य पूर्वाञ्चल बिश्वबिद्यालय, गोठगाँउ मोरङ, डा. पुरु कोइराला विराट मेडिकल कलेज, विराटनगर,डा. बैभव मल्लिक इलाम अस्पताल, इलाम, डा. राजेन्द्र पाण्डे रंगेली अस्पताल, मोरङ, डा. योगेश मण्डल मंगलबारे अस्पताल मोरङ, डा. सन्तोष राई ,इनरुवा अस्पताल, सुनसरी, डा. जीवनारायण मण्डल उदयपुरअस्पताल, उदयपुर, डा.बिशाल नेपाली, पाँचथर अस्पताल पाँचथर, डा. सोसिङ लामा ताप्लेजुङ अस्पताल, डा. आनन्द देव तेह्रथुम अस्पताल, डा.सन्तोषदेव ओखलढुङ्गा अस्पताल , डा.शैलेश श्रेष्ठ खोटाङ अस्पताल, डा. पुजन बिश्वकर्मा धनकुटा ,डा.पबित्रा श्रेष्ठ भोजपुर अस्पताल, डा. श्यामसुन्दर झा संखुवासभा अस्पताल, सानी शेर्पालाई सोलुखुम्बु अस्पतालमा जिम्मेवारी तोकिएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

संक्रमित किशोरीसँगै जहाजमा आएका युवक ‘होम क्वारेन्टाइन’ मा

कोरोना संक्रमित किशोरीसँगै हवाई यात्रा गरेका सुर्खेतका एक किशोरलाई होम क्वारेन्टाइनमा राखिएको छ। तर उनको रिपोर्ट भने नेगेटिभ आएको छ।

युवती आएकै जहाजबाट उनी काठमाडौंबाट नेपालगञ्ज हुँदै सुर्खेत आइपुगेका थिए। गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आइपुगेकी १९ वर्षीया एक किशोरीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी स्वास्थ्य मन्त्रालयले गरेको थियो।

किशोरी चढेकै हवाइजहाजमा आएका युवक अहिले होम क्वारेन्टाइनमा बसेको कर्णाली प्रदेश अस्पतालका चिकित्सक केएन पौडेलले बताए। युवकको स्वास्थ्य परिक्षण गर्दा नेगेटिभ आएको पौडेलले जानकारी दिए। युवकमा कोरोना संक्रमण भए(नभएको जाँचका लागि बिहिबार स्याव काठमाडौं पठाइएको थियो।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

काेराेना विश्व कहर : मृत्यु हुने ३० हजार बढी, साढे छ लाख भन्दा बढी संक्रमित

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ हजार नजिक पुगेको छ।

बितेको २४ घन्टामा मात्रै यसको संक्रमणबाट विश्वभर ३ हजार ५ सय ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

यो एकैदिन मृत्यु भएको अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर ३० हजार आठ सय २२ पुगेको छ। कोरोना भाइसबाट विश्वभर हालसम्म ६ लाख ६२ हजार नौ सय ६७ जना संक्रमित भएका छन्। शनिबार एकै दिन विश्वभर ६६ हजार चार सय नौ जना कोरोनाका नयाँ संक्रमित देखिएका छन्।

अहिलेसम्म संक्रमित मध्ये १ लाख ४१ हजार नौ सय ५१ जना उपचारपछि पूर्ण रुपमा निको भएका छन्। अमेरिकामा शनिबार एकैदिन कोरोना संक्रमणबाट पाँच सय १५ जनाको मृत्यु भएको छ। शुक्रबार त्यहाँ ३ सय ९८ जनाको मृत्यु भएको थियो।

अमेरिकामा दिनहुँ कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ। अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार २ सय ११ पुगेको छ। त्यहाँ शनिबार एकै दिन १९ हजार २ सय २५ जना नयाँ संक्रमित फेला परेका छन्।

कोरोना संक्रमणले त्यहाँको अवस्था भयावह बन्दै गएको छ। गएको २४ घन्टामा सबैभन्दा बढी इटालीमा आठ सय ८९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। त्यहाँ हिजो एकै दिन ५ हजार नौ सय ७४ जना नयाँ संक्रमित थपिएका छन्।

इटालीपछि शनिबार स्पेनमा धेरैले ज्यान गुमाएका छन्। यसको संक्रमणबाट त्यहाँ गएको २४ घन्टामा आठ सय ४४ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म त्यहाँ यसको संक्रमणबाट पाँच हजार नौ सय ८२ जनाको मृत्यु भइसकेको छ।

चीनमा शुक्रबार कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म ८१ हजार चार सय ३९ जना संक्रमित भएका छन्। त्यसैगरी शनिबार फ्रान्समा ३ सय १९ जना, युकेमा २ सय ६०, इरानमा १३९, जर्मनीमा ८२, नेदरल्यान्डमा ९३, बेल्जियममा ६४, स्वीटजरल्यान्डमा ३३ जनाको कोरोना भइरस संक्रमणबाट मृत्यु भएको छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

पिपिई, परीक्षण कीट र समन्वय अभावमा थालिएको कोरोनाविरुद्धको प्रभावहीन लडाइँ

नोबेल कोरोना (कोभिड–१९) भाइसरको विश्वव्यापी त्राससँगै नेपालले थालेको रोग रोकथाम तथा महामारी पूर्वतयारीको काम अत्यावश्यक सामग्रीको कमी र स्वास्थ्य मन्त्रालय प्रणालीभित्रैका निकायबीच समन्वय अभावमा प्रभावहीन भएको छ।

संसारका विकसित देशलाई समेत नियन्त्रण गर्न हम्मेहम्मे परेको महामारीका चार संक्रमित र सयौं शंकाष्पद नेपाल छिरिसकेको अवस्थामा पनि सरकार सबैभन्दा महत्वपूर्ण परीक्षण र उपचारका लागि आधारभूत सामग्री जोहो गर्नै असफल देखिएको छ।

नेपालमा गत माघ ९ मा पहिलो संक्रमित भेटिएपछिका ६५ दिन बितिसक्दा पनि सरकारले परीक्षण सेवाको दायरा र दर बढाउन नसक्नु र उपचारमा खटिने स्वास्थ्यकर्मीलाई चाहिने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) न्यूनतम तहमा पनि व्यवस्थापन गर्न सकेको छैन। जसले गर्दा संक्रमण दर बढ्दै गए अस्पताल र प्रयोगशालामा उपचार नपाएर स्थिति नियन्त्रण बाहिर जान सक्ने अवस्था देखिएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. भीम आचार्यले कोरोना सन्दर्भमा नेपालमा नफैलिँदै स्वास्थ्य प्रणाली असफल भएको टिप्पणी गरे।

उनले स्वास्थ्य प्रणालीभित्र समन्वयको चरम अभाव, पिपिई र प्रयोगशाला परीक्षण सामग्री पर्याप्त नहुँदा आमनागरिक र पेसाकर्मी त्रासमा बस्नुपर्ने अवस्था आएको बताए।

‘महामारीको भाषा नै नबुझिकनै मन्त्री र सचिव पिपिई नभई विचारी जाँच्नुपर्छ भनेर बोल्दै हिँडेका छन्,’ डा. आचार्यले भने, ‘शंका लागेकाले परीक्षण गर्न नपाउनु, उपचार गर्ने डाक्टरले आफ्नै ज्यान जोगाउने पिपिई नपाउने अवस्था सामान्य होइन। अलिकति केस बढ्न थालेपछि के हालत होला?’

उनले भूकम्पपछिको स्वास्थ्य सेवाको समन्वय र व्यवस्थापन गरेर देखाइसकेको मन्त्रालय अहिले निरीह र गैरजिम्मेवार बनिरहेको आरोप लगाए।

‘तत्कालीन मन्त्री खगराज अधिकारीले धेरै राम्रो अभिभावकत्व र समन्वय गरेका थिए,’ उनले भने, ‘अहिले त मन्त्री र सचिव नै उस्तै रहेछन्।’

विज्ञहरूले उपप्रधानमन्त्री तहको समन्वय समितिले उडान बन्द र सीमा बन्द गर्ने सन्दर्भमा केही ढिलाइ गरे पनि अन्य सन्दर्भमा व्यवस्थित काम गरिहेको टिप्पणी गरेका छन्।

तर, अन्य निकायबाट सम्पादन गरिने कामका दाँजोमा सबैभन्दा महत्वपूर्ण स्वास्थ्य मन्त्रालयको काम नै सबैभन्दा कमजोर देखिएको छ।

‘महामारीको भाषा नै नबुझिकनै मन्त्री र सचिव पिपिई नभई विचारी जाँच्नुपर्छ भनेर बोल्दै हिँडेका छन्,’ डा. आचार्यले भने, ‘शंका लागेकाले परीक्षण गर्न नपाउनु, उपचार गर्ने डाक्टरले आफ्नै ज्यान जोगाउने पिपिई नपाउने अवस्था सामान्य होइन। अलिकति केस बढ्न थालेपछि के हालत होला?’

महामारीमा छैन समन्वय

कोरोना महामारी सन्दर्भमा कार्यान्वयनका काम गर्नुपर्ने तीन निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी), राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र उपचार गर्ने प्रमुख अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबीच नै समन्वय अभाव छ।

समान्यतयाः महामारीको अवस्थामा जहाँसुकैबाट आएका भए पनि सरुवा रोगको परीक्षण रिपोर्ट सुरुमा इडिसिडीलाई दिने र उसले सम्बन्धित अस्पताल एवं माथिल्ला तहमा सर्कुलर गर्ने चलन भत्किएको छ। केही दिनअघि कोरोनाको तेस्रो पोजेटिभ केस जाँचमा पोजेटिभ देखिएको १२ घन्टासम्म पनि बिरामी भर्ना गर्ने अस्पतालले जानकारी पाएन।

विशेषगरी तेस्रो पोजेटिभ केस प्रयोगशालाबाट अस्पताल नगई मन्त्रालय र मिडियामा गएपछि टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीसमक्ष अधिकांश चिकित्सक र स्वास्थ्यकर्मीले असन्तुष्टि जनाएपछि यस्तो अवस्थामा उपचार गर्न नसक्ने चेतावनी नै दिइसकेका छन्।

अब झन् परीक्षण रिपोर्ट प्रयोगशालाबाट स्वास्थ्य सेवा विभाग र विभागबाट मन्त्रालय पुगेपछि मात्रै बल्ल अस्पताल जाने गरी रिपोर्टिङ सिस्टम बनाइएको छ। त्यो प्रणालीले झन् आफूलाई ‘बाइपास’ गरिएको भन्दै तीनवटै प्रमुख निकाय असन्तुष्ट छन्।

कोरोना उपचारमा समन्वय अभाव : पोजेटिभ भेटिएको १२ घन्टापछि बल्ल अस्पताललाई जानकारी

त्यतिमात्रै होइन, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाभित्र पनि प्याथोलोजी समूह र ल्याब टेक्नोलोजी समूहबीच ठूलो द्वन्द्व छ। विशेषगरी प्रयोगशाला निर्देशकसहित उच्च नेतृत्व प्याथोलोजी समूहको छ। तर, प्राविधिकहरूले कोरोनाजस्ता भाइरससम्बन्धी परीक्षण भाइरोलोजिस्टहरूले गर्नुपर्नेमा हिस्टोप्याथोलोजी हेर्ने प्याथोलोजिस्टले गरिरहेको भन्दै असन्तुष्ट छन्। अहिले अधिकांश भाइरोलोजिस्टलाई अन्य अस्पताल वा मन्त्रालय तानिएको छ।

मन्त्रालयदेखि विभागको सन्दर्भमा जनस्वास्थ्य व्यवस्थापन अभाव खट्किएको बुझाइ जनस्वास्थ्य प्रशासकहरूको छ। त्यसैगरी मन्त्रालयमा अहिले कार्यकारी अधिकारविहीन १२औं तहका चिकित्सक भए पनि चिकित्सक सचिव छैनन्। जसले गर्दा नै मन्त्री र सचिव दुवैले स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने पिपिई अत्यावश्यक नभएको भन्दै दिएको अभिव्यक्तिसमेत विवादित बनिरहेको छ।

छुट्टाछुट्टै विषयको समन्वयका लागि विभिन्न समिति बने पनि अहिले मन्त्रीले अधिकांश समिति भंग गरेका छन्। उपप्रधानमन्त्री स्तरको उच्चस्तरीय समिति र मन्त्री तहको अनुगमन समितिबाहेक मन्त्रालय तहमा सचिवको अध्यक्षतामा पाँच सदस्यीय निर्देशक समिति र डा. दीपेन्द्ररमण सिंहको प्राविधिक समिति क्रियाशील छ। समिति जति भए पनि ठोस योजना र उपलब्धी नदेखिनुले कोरोनाविरुद्धको युद्ध कठिन अवस्थामा पुगेको देखाएको छ।

अपर्याप्त कीट सामग्री, कछुवा गतिमा परीक्षण

विश्व स्वास्थ्य संगठनले रोगको महामारी भित्रिन र बढ्न नदिन ‘परीक्षण, परीक्षण परीक्षण’ भन्दै जोड दिइरहँदा सरकार अहिलेसम्म पर्याप्त रूपमा यसलाई बढाउन सकिरहेको छैन्।

संगठनले समेत उपत्यकाभित्र र बाहिर परीक्षण सेन्टर वृद्धिमा जोड दिइरहँदा हालसम्म पर्याप्त रिएजेन्ट वा कीटको व्यवस्थापन गर्न नसक्दा विस्तार सम्भव भएको छैन।

संक्रमण नियन्त्रण गर्न सफल मानिएका दक्षिण कोरियाजस्ता देशले दैनिक १० हजारभन्दा बढी परीक्षण गरेर संक्रमित भेटिएमा कन्ट्याक्ट ट्रेसिङ र आइसोलेसनबाटै रोग फैलिन रोकेका थिए।

तर, नेपालमा ६५ दिनको बीचमा ७ सय ५८ जनाको मात्रै परीक्षण भएको छ। उपत्यका बाहिर धरानमा मात्रै परीक्षण सुरु गर्ने पहल थालिएको छ। उपत्यकासहित देशभरबाट अहिले दैनिक ६० हाराहारीमा नमुना आइरहे पनि एनपिएचएले मुस्किलले ३० नमुना परीक्षण गर्न सकिरहेको छ।

संगठनकै प्रोटोकलअनुसार भन्दै सरकारले संक्रमित देशबाट फर्किएका वा संक्रमितसँग सम्पर्क भएका मात्रै परीक्षण गर्दा पनि अहिले तत्कालै परीक्षण गर्नुपर्नेको संख्या पनि हजारभन्दा बढी भएको छ। तर, प्रयोगशालासँग १ हजारभन्दा कम नमुनामात्रै जाँच्न सक्ने रिएजेन्ट छ।

कोरोनाका सन्दर्भमा दुईवटा परीक्षण विधि चलनमा छन्। पहिलो, रियल टाइम बेस पिसिआर। जसमा तीन प्रकारका रिएजेन्ट चाहिन्छन्। यो विधिबाट कोरोना पत्ता लगाउन ६ देखि ८ घन्टा लाग्छ। सुरुमा स्वाबको आरएनए निकाल्ने, त्यसको डिएनए बनाउने र रियालटाइम पिसिआरबाट पोजेटिभ÷नेगेटिभ हेरिन्छ।

अहिले नेपालमा यो विधिबाट मात्रै परीक्षण हुँदै आएको छ। यो विधिबाट पनि तत्कालै धरान, वीर अस्पताल, टेकु अस्पताल, नास्ट प्रयोगशाला खुमलटार, पोखरा, विराटनगरमा परीक्षण थाल्न सकिन्छ। रिएजेन्टकै अभावमा सरकारले त्यो बाटो रोजेको छैन।

दोस्रो, द्रुत विधि हो। जसमा जिन एक्सपर्ट कीट भए जिन एक्सपर्ट मेसिनबाट तत्काल परीक्षण गर्न सकिन्छ। कीट भए नेपालमा यस्ता मेसिन ८० भन्दा बढी ठाउँमा छ। अहिलेसम्म नेपालमा नल्याइएको यस्तो कीट १ लाखको संख्यामा ल्याउने योजना सरकारको छ।

प्रयोगशालामा परीक्षण गर्ने क्षमता बढ्नुको साटो शनिबारसम्म थप कीट वा रिएजेन्ट नआएर परीक्षण नै रोकिन सक्ने प्रयोगशाला अधिकारीहरू बताउँछन्। तर, निर्देशक डा. रुना झाले भने परीक्षण, उपलब्ध सामग्रीबारे बताउने अधिकार आफूलाई नभएको भन्दै मन्त्रालयको प्रवक्तासँग सोध्नुपर्ने बताइन्।

डा. आचार्यले अहिलेको अवस्थामा अन्यत्रको स्रोत काटेर पनि जसरी पनि परीक्षण कीट जुटाएर शंका लागेका सबैलाई परीक्षण गर्नुपर्ने समय भएको बताए। ‘चौबिस घन्टामा ३० जनाको परीक्षण गरेर यति अतिसंक्रामक रोगको गतिलाई जित्छु भन्नु हास्यास्पद छ,’ उनले भने।

किन पिपिईबाट पन्छिँदै?

बुधबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भानुभक्त ढकालले ‘भात पकाउन पिपिई चाहिन्छ भनेजसरी माग आएको’ भन्दै टिप्पणी गरे।

भोलिपल्ट स्वास्थ्य सचिव यादव कोइरालाले शंकाष्पदलाई जाँच्न पिपिई नचाहिने अभिव्यक्ति दिए।

‘शंकाष्पद होस् या प्रमाणित कुनै पनि मानिसको उपचार गर्न पिपिईबिना जा भन्नु सैनिकलाई हतियार दिन्नँ लडाजइँमा जा भनेजस्तै हो,’ जनस्वास्थ्य प्रशासक डा. आचार्य थप्छन्, ‘सरकार कमजोर हुँदा चारथान पिपिई दिएर पनि मन्त्रीहरूसँग फोटो खिचाइरहेको देखिन्छ, योभन्दा निरीह अवस्था अरू के हुन्छ?’

मन्त्री र सचिवको कठोर अभिव्यक्ति पछाडिका प्रमुख कारण सरकार पर्याप्तमात्रामा पिपिई जोहो गर्न असफल हुनु नै हो। संक्रमण सुरु हुँदा नेपालमा १ सयमात्रै पिपिई सेट थियो। पछि अमेरिकी सहयोग नियोगले १ हजार सेट दियो। यसबीचमा स्थानीय बजारबाट थप ६ सय सेट किनेको थियो भने विभिन्न निकायले अनुदामा झन्डै १ हजार सेट दिएको मन्त्रालयका अधिकारीहरू बताउँछन्।

यो आधारमा सरकारले यसबीच झन्डै २ हजार ५ सय सेट व्यवस्थापन गरेको छ। जुन प्रतिप्रदेश डेढ सयभन्दा बढी, हब अस्पतालसहित अन्य र टेकु अस्पतालमा देखिएको बिरामीको उपचार खर्च भइरहेको छ। अहिले पनि १ हजारहाराहारी मात्रै पिपिई सेट बाँकी रहेको सरकारी तथ्यांक छ। कोरोना फैलिएको अवस्थामा फरक कोठामा राख्ने हो भने एउटा बिरामीका लागि सबै प्रकारका जनशक्तिले लगाउँदा कम्तिमा २७ पिपिई सेट चाहिन्छ।

सरकारको कतैबाट पाइन्छ कि भन्ने आसा र व्यापारीको बिक्दैन कि भन्ने त्रासबीच पिपिई सेटको बजार अड्किएको छ।

पुरानो स्टक र दाताको दानबाहेक एक थान पनि पिपिई जोहो गर्न सरकारले सकेको छैन। चीन सरकार, अलिबाबा कम्पनीका मालिक ज्याक मा र कोरिया सरकारले केही पिपिई दिने प्रतिबद्धता गरे पनि आएको छैन। सुरुमा तदारुकता देखाएको चीनले पछि उत्पादक कम्पनीसँग सम्पर्क गराएर छाडिदिएको र कम्पनीले कम्तिमा दुई साता लाग्ने बताएको स्वास्थ्य अधिकारीहरू बताउँछन्।

निजी क्षेत्र र कोरिया सरकारले दिएको सामग्री पनि नियमित उडान नभएको कारण नेपाल आउन नसकेपछि सरकारले तेस्रो विकल्पका रूपमा व्यापारी गुहारेर उनीहरूले जोहो गरेको सामग्री शनिबार विशेष उडानबाट ल्याउने योजना बताएको छ।

मन्त्रालयका अधिकारीहरूका अनुसार हाल सरकारले टेकु, सशस्त्र प्रहरी र पाटन अस्पताललाई मात्रै पिपिई दिइरहेको छ। १ सय बेडभन्दा बढीका निजी अस्पताललाई पनि निजी क्षेत्रबाट किनेर निजी अस्पतालहरूको संगठन (अपिन) ले केही थान उपलब्ध गराएको छ । तर, सरकारसँग पर्याप्त मौज्दात नभएकाले नै मन्त्री र सचिव पिपिई व्यवस्थापन गर्न सकिन्न कि भन्ने त्रासमा छन्।

रोगले असामान्य अवस्था लिए तत्काल जोहो गरिएका १ लाख थान पनि डाक्टर, नर्सदेखि हाउसकिपरसम्मलाई उपलब्ध गराउनुपर्दा केही दिनमै सकिनसक्छ। त्यतिबेला नियन्त्रणखबाहिरको अवस्था आउन सक्नेमा सबैभन्दा बढी त्रास छ। त्यसका लागि कम्तिमा अहिले रहेका केही थान जोहोले थेग्न सक्दैन।

अहिले सरकारले खरिद गर्न नसके पनि निजी क्षेत्रका व्यापारीहरूले २ हजारहाराहारी पिपिई सेट बेचिरहेका छन्। उनीहरू पर्याप्तमात्रामा आफूहरू ल्याउन सक्ने तर दाताको मुख ताकिरहेको सरकारले कतै ठूलो मात्रामा पाए आफूले ल्याउने सामग्री नबिकेर अलपत्र पर्छ कि भन्ने त्रासमा छन्।

सरकारको कतैबाट पाइन्छ कि भन्ने आसा र व्यापारीको बिक्दैन कि भन्ने त्रासबीच पिपिई सेटको बजार अड्किएको छ।

उच्च तहका अधिकारीले उच्च संक्रामक रोगको उपचारमा अत्यावश्यकीय सामग्री, आयात वा स्थानीय तहमा उत्पादनको विकल्प खोज्नुको सट्टा यस्तो अभिव्यक्ति दिएर स्वास्थ्यकर्मीको मनोवल गिराएको आरोप नेपाल चिकित्सक संघले समेत लगाएको छ।

मन्त्री र सचिवका अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा पनि तीव्र आलोचना भइरहेको छ। पछिल्लो समय सचिव नेतृत्वको समन्वय समितिमा सदस्य रहेका वरिष्ठ चिकित्सक डा. भगवान कोइरालाले समेत शुक्रबार ट्विटमार्फत् ‘संकटको समयमा स्वास्थ्यकर्मीको मनोवल घटाउन दिनुहुँदैन, डब्लुएचओ र एनएमसीको गाइडलाइनअनुसार पिपिई न्युनतम आवश्यकता हो, हामीले पनि पेसागत धर्म निभाउने छौं।’

यो आधारमा पनि सरकारले पिपिई पर्याप्त मात्रामा जुटाउन नसके त्यसले चिकित्सक र स्वास्थ्यकर्मी उपचारबाट पन्छिने र मृत्युदर पनि अत्यधिक हुनसक्ने जोखिमप्रति सरकार संवेदनशील हुनसकेको छैन।

प्रयोगशाला परीक्षण

हालसम्म परीक्षण : ८७५

दैनिक परीक्षण अधिकतम : ३०

मौज्दात परीक्षण क्षमता : १००० जना

परीक्षा उपलब्ध स्थान : काठमाडौं

किन्ने तयारी : १ लाख कीट

आवश्यक पर्न सक्ने परीक्षणको आंकलन

संक्रमण भेटिएका कतार एयरवेज र एयर अरेबियाबाट आएका यात्रु ३७४ जना

भारतीय सिमानाबाट नेपाल छिरेको हजारौं यात्रु (लक्षण देखिएमा)

एयरपोर्ट र नाकाका हेल्थडेस्कमा खटिएका स्वास्थ्यकर्मी, कर्मचारी र सुरक्षाकर्मी

विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रमा खटिएका चिकित्सक स्वास्थ्यकर्मी

नयाँ संक्रमित थपिँदै जाँदा परिवार र अन्य सम्पर्कमा आएका व्यक्ति

सरकारले निर्णयअनुसार लक्षण देखिएका ६० नाघेका सबै

व्यक्तिगत सुरक्षा सामग्री (पिपिई)

६५ दिनमा जोहो भएको करिब २ हजार ६ सय सेट

प्रदेशमा कम्तिमा १ सय ५० भन्दा बढीका दरमा वितरण

५ हब र ७८ स्याटेलाइट अस्पतालमा करिब ४ सय

सरकारको किन्ने तयारी १ लाख सेट

कोरोना उपचार सामग्री खरिदमा अनियमितताको गन्ध, विवादित ओम्नी समूहबाट रातारात सवा अर्बको खरिद

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

‘लकडाउन’ जिन्दगी (फाेटाे फिचर)

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले ‘लक डाउन’ घोषणा गरेको आज पाँच दिन पुगेको छ।

राजधानी काठमाडौं लगायत देशभरका सहरहरु अहिले सुनसान प्राय भएका छन्।

तर, पनि फाट्टफुट्ट मानिस सडकमा देखिन्छन्। अत्यावश्यकबाहेक बाहिर नसिस्कन सरकारले आह्वान गरेपनि त्यसको उल्लंघन हुन थालेपछि प्रहरीले पनि सडक तथा गल्लीहरुमा सक्रियता बढाएको छ।

विश्वकै लागि निकै ठूलो ‘कहर’ बनिरहेको कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिनका लागि सबैभन्दा उत्तम विकल्प भनेकै ‘सामाजिक दूरी’ बढाउने हो।

नेपालमा पनि भाइरसका पाँच जना संक्रमित भेटिइसकेका छन्।

हेल्थपोस्ट नेपालका सौरभ रानाभाटले लकडाउनको पाँचौं दिनमा गुज्रिरहेको राजधानी काठमाडौंलाई तस्बिरमा कैद गरेका छन् :

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

बेल्जियमबाट कतार हुँदै नेपाल आएकी बाग्लुङकी युवतीलाई कोरोना संक्रमण पुष्टि

थप एकजना नेपालीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बेल्जियमबाट कतार हुँदै नेपाल आएकी एकजना युवतिलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

क्यूआर ६ नम्बरको फ्लाइटबाट चैत ४ गते नेपाल फर्किएकी १९ वर्षीया उनी बाग्लुङकी हुन्।

योसँगै नेपालमा ५ जना संक्रमित भेटिएका छन्। तीमध्ये १ जनालाई निको भएको छ भने अरु ४ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ।

डा. देवकोटाका अनुसार धनगढीमा उपचार गराइरहेका संक्रमित युवा गत २० मार्चमा नेपाल आइपुगेका थिए। उनी भिस्टारा एयरको फ्लाइट नम्बर यूके १५५मा दुबईबाट दिल्ली हुँदै आएका थिए।

उनका अनुसार त्यो फ्लाइटमा आएका सबैजनाको पहिचान भइसकेको र सम्पर्कमा ल्याएर परिक्षणको तयारी भइरहेको छ।
डा. देवकोटाका अनुसार आजसम्म ९ सय जनाको परिक्षण भइसक्नेछ।

मन्त्रालयले कोरोना भाइरसम्बसन्धि जानकारीका लागि अर्काे हटलाईन पनि प्रयोगमा ल्याएको छ।

सुरुको १११५ र अब अर्काे ११३३ नम्बरबाट पनि कोरोनाको बारेमा जानकारी लिन र सरकारलाई त्यसबारेमा जानकारी दिन सकिनेछ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कोरोना उपचार सामग्री खरिदमा अनियमितताको गन्ध, विवादित ओम्नी समूहबाट रातारात सवा अर्बको खरिद

कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिएको लामो समयसम्म अत्यावश्यक तयारीमा ध्यान नदिएको सरकारले रातारात ‘सर्टकट’ मै १ अर्ब २४ करोड रुपैयाँबराबरको सामग्री खरिद प्रक्रिया सुरु गरेको छ। मन्त्रिपरिषदबाट पछि अनुमोदन गर्ने भनिएको खरिद ठेक्काबाट चाहिँ यसअघि विवादमा तानिइसकेको व्यापारिक समूह पुरस्कृत भएको छ।

सरकारले एकपछि अर्को संक्रमित भेटिइरहँदा परीक्षण किटलगायत महत्वपूर्ण सामान मौज्दात शून्यप्रायः भइसकेको स्थितिमा ‘जब पर्‍यो राति अनि बुढी ताती’ भने झैं मध्यरातमा ठेक्का निर्धारण गरेको हो। यो निर्णय हुँदा नेपालमा पहिलो संक्रमण देखिएको दुई महिना बितिसकेको छ।

प्राणघातक कोभिड–१९ भाइरसले संसारका शक्तिशाली देशलाई समेत कावा खेलाइरहेका बेला नेपालमा चाहिँ पर्याप्त समय र भाग्यशाली संयोगका बाबजुद सरकार पुरानै लोसे ढर्रामा अलमलिएको त छँदै थियो। त्यसमाथि नभई नहुने परीक्षण किटलगायत खरिदमा समेत दुरदर्शिता र पारदर्शिता राख्न नसक्नु महँगो पर्ने देखिएको छ।

ठेक्का पाएको ओम्नी समूहले चीनको ग्वान्झाओमा संकलन गरेका सामग्री लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आजै मध्याह्न त्यसतर्फ उडिसकेको छ। उपचारमा संलग्न स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा कवचसहित १८ प्रकारका ३० टन सामग्री शनिबार मध्यरातसम्म नेपाल आइपुग्ने छ।

१ करोड ३ लाख ३८ हजार ४ सय ४४ अमेरिकी डलरबराबरको ठेक्का पाटन मंगलबजार कृष्णगल्लीमा कार्यालय रहेको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलले पाएको हो। यो समूहको व्यापारिक प्रगति खासगरी ओली सरकार गठन भएयताको समयमा ह्वात्तै बढ्नुलाई कर्पोरेट आपूर्ति क्षेत्रले आश्चर्यजनक ठान्ने गरेको पाइन्छ। यसको वार्षिक कारोबार ७ अर्ब रुपैयाँबराबर भएको स्रोतहरू बताउँछन्।

१ करोड ३ लाख ३८ हजार ४ सय ४४ अमेरिकी डलरबराबरको ठेक्का पाटनमा कार्यालय रहेको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलले पाएको हो। यो समूहको व्यापारिक प्रगति खासगरी ओली सरकार गठन भएयताको समयमा ह्वात्तै बढ्नुलाई कर्पोरेट आपूर्ति क्षेत्रले आश्चर्यजनक ठान्ने गरेको पाइन्छ। यसको वार्षिक कारोबार ७ अर्ब रुपैयाँबराबर भएको स्रोतहरू बताउँछन्।

सरकारले यसअघि अडियो टेप काण्डबाट राजिनामा दिएका तत्कालीन सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अगुवाई एवं प्रधानमन्त्रीकै सल्लाहकार समूहको चासोमा सूचना प्रविधि क्षेत्रमा ठूला मूल्यका परियोजना निर्माणमा विशेष जोड दिइरहँदा ओम्नीको सफलता आरोहणलाई रोचक रूपमा हेरिएको छ। बाँस्कोटाको विशेष जोडमा करिब १ हजारवटा सरकारी स्कुलमा आइटी ल्याब बनाउनका लागि निर्मित परियोजनाको ठेक्का ओम्नीले नै पाएको हो।

हजारमध्ये ७० विद्यालय त बाँस्कोटाकै निर्वाचन क्षेत्रबाट परेका छन् र विद्यालय छनोटमा कुनै योग्यताको प्रक्रियासमेत अवलम्बन गरिएको छैन। उक्त ठेक्का ‘स्पेसिफिकेसन’ मिलाएर सबैभन्दा कम कबोल गर्ने कम्पनीभन्दा झन्डै साढे २ अर्ब बढी कबोल गर्ने ओम्नीलाई दिइएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सार्वजनिक लेखा समितिमा समेत उजुरी परेको छ।

ओम्नीको स्वास्थ्य क्षेत्रमा नयाँ इन्ट्री हो। यस क्षेत्रमा लामो अनुभव भएका विभिन्न फर्मले समेत चासो देखाए पनि उच्च राजनीतिक संरक्षण पाएको ओम्नीकै भाग्य खुलेको हो। तुलनात्मक ररूपमा अधिकांश ‘आइटम’ महँगो मूल्यमा टेन्डर हाले पनि ओम्नीको वार्षिक कारोबारको आयतनलाई आधार देखाएर विश्वासिलो भन्दै सरकारले यसलाई ठेक्का दिएको हो।

‘यति धेरै सामान किन्नुपर्ने अवस्था थियो, यसमा आर्थिक हिसाबले पनि सबल कम्पनी हेर्नुपर्छ भनेर मन्त्रीको निर्देशन थियो,’ स्रोतले भन्यो, ‘कम्पनीले सामान ल्याउन सक्छ भन्ने देखाएर महँगो मूल्यको सेटिङ भएको देखिन्छ।’ खरिद सम्झौता भएर सामान लिन जहाज उडिसके पनि सम्झौता मन्त्रिपरिषदबाट स्वीकृत भएको छैन।

कसरी भयो खरिद?

नेपालमा दोस्रो संक्रमित भेटिएसँगै स्वास्थ्यकर्मी तथा चिकित्सकका संघसंस्थाले पिपिईबिना उपचार गर्न नसक्ने चेतावनी र नियमित परीक्षणका लागि कीट र रिएजेन्टको समेत अभाव हुने अवस्था आएपछि उपप्रधानमन्त्री संयोजकत्वको समितिले चैत ११ गते २४ घण्टाभित्र सूचना जारी गरेर प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो।

सोही समितिले चैत १६ भित्र सामग्री नै आइपुग्ने गरी प्रक्रिया टुंग्याउने निर्णयपछि रातारात खरिदको काम सुरु भएको थियो। स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाले सूचना जारी गरेकै दिन सम्पर्कमा आएका ३० वटा व्यापारिक फर्मबाट सोही दिन प्रस्ताव मागेर मन्त्रालय पठाएको थियो।

‘प्राविधिक समितिले मूल्य घटाउन निकै मेहेनत गर्‍यो, तर सो फर्म अहिले बजारमा सामान पाउनु नै ठूलो कुरा भन्दै टसमस भएन,’ स्रोतले भन्यो, ‘मन्त्री पनि दबाबमा परेको जस्तो देखिन्थ्यो, अहिले मूल्यभन्दा उपलब्धता प्राथमिकता हो भनेर अगाडि बढ्ने निर्णय भयो।’

कोटेसन हालेका कम्पनीसँग वार्तामा स्वास्थ्यमन्त्री भानुभक्त ढकालका नवनियुक्त सल्लाहकार डा. खेम कार्की नेतृत्वको प्राविधिक टोली बसेको थियो र मूल्यमा छलफल गरेको थियो। समितिमा प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल, मन्त्रीको सचिवालयका उपसचिव लीलाराज पौडेल, स्वास्थ्य सेवा विभागका महानिर्देश डा. महेन्द्र श्रेष्ठ, व्यवस्थापन महाशाखाका प्रमुख भोगेन्द्र डोटेल र योजना शाखाका उपसचिव सदस्य थिए। कम्पनीका तर्फबाट भन्दै मध्यस्तकर्ताका रूपमा नुवाकोटका गोकर्ण सिटौला र तुलहरि नामका व्यक्ति सबै प्रक्रियामा संलग्न भएका थिए।

‘प्राविधिक समितिले मूल्य घटाउन निकै मेहेनत गर्‍यो, तर सो फर्म अहिले बजारमा सामान पाउनु नै ठूलो कुरा भन्दै टसमस भएन,’ स्रोतले भन्यो, ‘मन्त्री पनि दबाबमा परेको जस्तो देखिन्थ्यो, अहिले मूल्यभन्दा उपलब्धता प्राथमिकता हो भनेर अगाडि बढ्ने निर्णय भयो।’

खरिद प्रक्रियामा कानुनको राय र प्रशासनको संलग्नताबिनै मन्त्री र सचिवको उपस्थितिमा राति बोलाएर सम्झौता भएको देखिन्छ।

ओम्नीले हालेको कोटेसनको मूल्य सूची हेर्दा अधिकांशमा दोब्बर बढी मूल्य पर्ने देखिएको छ। मन्त्रालय स्रोतका अनुसार १ लाख थान पिपिईमात्रै २० करोडभन्दा बढीको मुख्य अन्तर छ। सरकारले खरिद गर्ने निर्णय गरेकामध्ये पोर्टेबल पिसिआर मेसिनसहित ५० हजार नमुना परीक्षण गर्न पुग्ने रिएजेन्ट, ७५ हजार कीट, १ हजार ५ सय थान थर्मलगनलगायत सामग्री छन्।

मन्त्रालयका अधिकारीले खरिद गरिएका सामग्री आइतबारसम्म प्रदेश तहमा पुर्‍याइने भन्दै खरिद प्रक्रियाबारे बताउन चाहेनन्। व्यवस्थापन महाशाखा प्रमुख भोगेन्द्र डोटेलले पनि संकटको समयमा सरकारको प्राथमिकता मूल्यभन्दा उपलब्धता भएको भन्दै थप विषयमा मन्त्रालयका प्रवक्तासँग सोध्नुपर्ने बताए। ‘पहिला सामग्री आएर अस्पताल, प्रदेश र प्रयोगशालामा पु र्‍याएर महामारीको तयारी गर्न दिनुस् अनि यस विषयमा कुरा गरौंला,’ उनले भने।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कोरोना संक्रमण : भारतको केरलामा एकजनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट भारतको केरलामा एक जनाको मृत्यु भएको छ।

शनिबार कोचीस्थित कलामास्सेरी मेडिकल कलेजमा उपचाररत ६९ वर्षीय वृद्धको मृत्यु भएपछि भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ।

भारतीय अधिकारीहरूका अनुसार उनी दुबईबाट फर्किएका हुन्। उनमा निमोनिया देखिएपछि गत २२ मार्चमा अस्पताल भर्ना गरिएको थियो भने पछि मात्रै कोरोनाभाइरस पोजिटिभ देखिएको जनाइएको छ। उनको स्वास्थ्य अवस्था नाजुक भएपछि भेन्टिलेटरमा राखिएको थियो।

उनी मुटु रोगका बिरामी र यसअघि शल्यक्रिया समेत गरिसकेको थियो। उनको शव आफन्तहरूलाई बुझाइसकेको अधिकारीले बताएका छन्। अहिलेसम्म भारतको महाराष्ट्रमा पाँच, गुजरातमा तीन, कर्नाटकमा दुई, मध्यप्रदेशमा दुई जनाको मृत्यु भएको छ।

तमिल नाडू, राजस्थान, विहार, पन्जाब, दिल्ली, वेष्ट बेंगाल, जम्मु र कश्मिर र हिमाञ्चल प्रदेशमा एक-एक जनाको मृत्यु भएको छ। केरलामा अहिलेसम्म एक जनाको मात्रै मृत्यु भए पनि १७६ संक्रमित बिरामीहरू रहेका छन् जसमध्ये ११ जना विदेशी नागरिक समेत रहेका छन्। गएको २४ घण्टामा भारतमा एक सय ४९ नयाँ संक्रमित बिरामी थपिएका छन्। त्यहाँ अहिले कोरोनाभाइरस संक्रमित बिरामीको संख्या ८ सय ७३ पुगिसकेको छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै