कालिका मिडिया
देवघाट आश्रममा स्वास्थ्यपरीक्षणबाट कालिकाको वार्षिकोत्सव सुरु, ‘वृद्धाश्रममा लुगाभन्दा उपचार दिनुस्’
चितवनको भरतपुरमा रहेको कालिका मिडियाले आफ्नो १७औँ वार्षिकोत्सवका अवसरमा देवघाटमा रहेका वृद्धवृद्धाको निःशुल्क स्वास्थ्यपरीक्षण गरेको छ । कालिकाले वार्षिकोत्सवको बृहत् एकमहिने कार्यक्रमअन्तर्गत बुधबार देवघाटका वृद्धवृद्धालाई निःशुल्क स्वास्थ्यपरीक्षणसँगै सम्मान तथा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको निर्देशक दीपक पौडेलले बताए । पौडेलका अनुसार देवघाटका आश्रममा रहेका ३३ जना वृद्धवृद्धाको निःशुल्क स्वास्थ्यपरीक्षण...