टेकुमा १ दिन, वीर र कान्तिमा ३ दिन, प्रसूतिगृहमा ४ दिन ओपिडी बन्द, आकस्मिक कक्षमार्फत जुनसुकैवेला सेवा

दसैँ बिदामा नियमित तथा आकस्मिक स्वास्थ्योपचार सेवाको उपलब्धता सबैको चासोको विषय हो । मुलुक दसैँमय बनिसकेको छ । तर, रोगले चाडपर्व भन्दैन । अझ वर्षदिनको प्रतीक्षापछि आएको महान्तम पर्व दसैँ विशेषगरी मिठा–मिठा परिकारसँग प्रत्यक्ष जोडिएकाले असन्तुलित तथा अधिक भोजनका कारण रोगको जोखिम झन् बढी हुन्छ । यस्तोमा चाडपर्वको लामो बिदामा स्वास्थ्योपचार सेवा उपलब्ध स्वास्थ्यसंस्थाबारे खुलदुली हुनु स्वाभाविक छ । त्यसैले यहाँ राजधानीका प्रमुख अस्पतालहरूमा दसैँ बिदामा स्वास्थ्यसेवाप्रवाहको अवस्थाबारे जानकारी प्रस्तुत गर्नु वाञ्छनीय छ ।

वीर अस्पताल
मुलुकै सबैभन्दा पुरानो र ठूलो अस्पताल वीरले दसैँमा ३ दिन ओपिडीसेवा बन्द गर्ने भएको छ । फूलपाती (आज) शनिबार परेकाले यसै पनि ओपिडीसेवा बन्द नै छ । अष्टमी, नवमी र दशमीका दिन अस्पतालमा ओपिडीसेवा बन्द रहने निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिए । तर, आकिस्मक सेवा भने सधैँ खुला रहनेछ । आकस्मिक कक्षमा सेवाका लागि आउने बिरामीका लागि भने सबैखाले सेवा उपलब्ध गराउने तयारी गरेको उनको भनाइ छ । त्यसका लागि हरक्षण डाक्टर उपलब्ध हुने डा. सेन्चुरीले जानकारी दिए । ‘चाडपर्वका वेला अस्पताल बन्द हुन्छ भन्ने भ्रम कसैलाई नहोस्,’ डा. सेन्चुरी भन्छन्, ‘वीरमा आएका बिरामीले सेवा नपाएर फर्कनुपर्ने छैन ।’

कान्ति बाल अस्पताल
कान्ति बाल अस्पतालले पनि दसैँ बिदामा जम्मा ३ दिन ओपिडीसेवा बन्द गर्ने भएको छ । अस्पतालका निर्देशक डा. आरपी बिच्छाका अनुसार दसैँमा अष्टमीदेखि मंगलबार (टीकाको दिन) सम्म ओपिडीसेवा बन्द रहनेछ । ओपिडी बन्द रहे पनि आकस्मिक सेवा भने २४ घण्टै खुला रहने निर्देशक बिच्छा बताउँछन् । ‘अस्पतालमा आएका बिरामी सबैले सेवा पाऊन्, दसैँका कारण केही पनि सेवाविहीन घर नफर्कियून् भन्ने उद्देश्यका साथ तयारी गरेका छौँ,’ डा. बिच्छाले भने, ‘यसका लागि हामीले थप ३ जना डाक्टर राखेका छौँ, जतिसुकैवेला अस्पताल आउँदा बिरामीले सेवा पाउनेछन् ।’

टेकु अस्पताल
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा दसैँको टीकाको दिनबाहेक ओपिडीसेवा सुचारु रहनेछ । डेंगुको महामारी फैलिरहेको तथा अत्यावश्यक रेबिज तथा सर्पदंशको भाक्सिन लगाउनुपर्ने भएको हुँदा अस्पतालमा सेवा बन्द नगरिएको निर्देशक डा. वासुदेव पाण्डे बताउँछन् ।
‘टीकाको दिनबाहेक अन्य दिनमा बिहान ९ बजेदेखि हिउँसो २ बजेसम्म ओपिडी खुला रहनेछ,’ डा. पाण्डे भन्छन्, ‘सेवा अवरुद्ध नहोस् भनेर डाक्टर तथा कर्मचारीको बिदा चाडपर्वअनुसार आलोपालो मिलाएका छौँ ।’

प्रसूतिगृह
थापाथलीस्थित परोपकार प्रसूतिगृहमा आइतबारदेखि बुधबारसम्म ओपिडीसेवा बन्द रहनेछ । आकस्मिक सेवा भने हरेक दिन २४ घण्टै सुचारु रहने अस्पतालले जनाएको छ । दसैँमा अष्टमी, नवमी, दशमी र एकादशी गरी ४ दिन ओपिडी सेवा बन्द रहने निर्देशक डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार आकस्मिक कक्षमा युनिट–युनिट गरी ड्युटी मिलाएर सेवा सुचारु गरिनेछ ।

नियमित १० देखि १२ जनाको संख्यामा चिकित्सक अस्पतालमा रहने गौतम बताउँछन् । दसैँ बिदाको हरेक दिन, टीकाको दिनसमेत अस्पतालमा चिकित्सक कार्यरत रहने उनको भनाइ छ । तर, टीकाको दिन भने केही समय ब्रेक गराउन निर्देशन दिएको गौतम बताउँछन् । उनका अनुसार ६ घण्टा ड्युटीमा रहँदा टीकासमेत लगाउन नपाउने अवस्था आउने भएकाले ब्रेक गराउन भनिएको हो । दसैँ, टीका तथा अन्य कुनै पनि कुराले डेलिभरी नरोकिने भएकाले निरन्तर सेवा दिइने गौतम बताउँछन् ।

‘दसैँका वेला झन् धेरै जोखिमका केस आउने गरेका छन् । जति बिरामी आउँछन्, जोखिमकै बढी हुन्छन्,’ डा. गौतम अनुभव सुनाउँछन्, ‘त्यसकारण चाडपर्वका वेला चिकित्सकहरू अन्य समयभन्दा झनै व्यस्त हुन्छन् ।’

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कान्तिमा पेडियाट्रिक इन्टरमिडिएट केयर युनिट, अब आइसियू अभावमा रेफरको बाध्यता हट्ने

सीमित साधन–स्रोतका कारण मागअनुसार सेवा दिन नसकिरहेको कान्ति बाल अस्पतालले पेडियाट्रिक इन्टरमिडिएट केयर युनिट (बालबालिकाको गहन उपचार एकाइ) सेवा सञ्चालनमा ल्याएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको उपस्थितिमा ८ शैय्याको युनिटको औपचारिक उद्घाटन गरिएको हो । युनिट स्थापनासँगै आइसियू अभावमा बिरामी रेफर गर्नुपर्ने बाध्यता धेरै हदसम्म हट्नुका साथै बच्चाको मृत्युदरसमेत घट्ने दाबी अस्पतालको छ ।

आइसियूको बेड अभावमा अस्पतालले दैनिक कम्तीमा १० बालबालिकालाई अन्य अस्पतालमा रेफर गर्दै आएको छ । इन्टरमिडिएट आइसियू सेवा सञ्चालनमा आएसँगै बिरामी रेफर गर्नुपर्ने बाध्यता ५० प्रतिशतभन्दा बढीले न्यूनीकरण गर्न सकिने अस्पतालका निर्देशक प्रा.डा. आरपी बिच्छाले जानकारी दिए ।

पिआइसियूको जरुरत नपर्ने बच्चालाई इन्टरमिडिएट केयर युनिटमा राखेर उपचार गर्न सकिन्छ । पिआइसियूमा बच्चालाई भेन्टिलेटरमा ४–५ दिन राखेर स्वास्थ्यमा सुधार आएको अवस्थामा खतरामुक्त नहोउन्जेल इन्टरमिडिएट केयरमा राखेर उपचार गर्न सकिने हुँदा पिआइसियूको बोझ कम गर्न यसले महत्त्वपूर्ण भूमिका खेल्छ । यसअघि, अस्पतालले पिआइसियूको उपचारपछि सीधै साधारण बेडमा राखेर उपचार गर्ने गरेको थियो । यसो गर्दा एकातिर बच्चाको स्वास्थ्यमा जोखिम रहन्थ्यो भने अर्कोतर्फ आवश्यकभन्दा बढी पिआइसियूमा राख्नुपर्ने बाध्यता रहन्थ्यो ।

‘अस्पतालले पूर्ण रूपमा सेवा दिन नसक्दा र कमी–कमजोरीका कारण यहीँ वरिपरिका निजी अस्पतालले फाइदा उठाइहेका छन्,’

अस्पतालको पुरानो प्रतिष्ठा फर्काउनुपर्छ : निर्देशक डा. बिच्छा

अस्पतालका निर्देशक डा. बिच्छाले कान्तिकै कमी–कमजोरीका कारण निजी बाल अस्पतालहरूले ठग्ने मौका पाइरहेको बताए । ‘अस्पतालले पूर्ण रूपमा सेवा दिन नसक्दा र कमी–कमजोरीका कारण यहीँ वरिपरिका निजी अस्पतालले फाइदा उठाइहेका छन्,’ डा. विच्छा भन्छन्, ‘एक रात बालबालिका अस्पतालमा राखेको ३५–४० हजार लिने गरेका छन् । २–३ रात अस्पतालमा राख्दा घरबार, गरगहना सबै रित्याएर चौथो दिन पुनः कान्तिमा आउँदा पनि बेड उपलब्ध नगराइदिँदा मृत्युवरण गरिरहेका हुन्छन् ।’

अब अस्पताल प्रगतिको बाटोमा लम्किनुपर्ने डा. बिच्छाले जानकारी दिए । उनले अस्पतालका सम्पूर्ण कर्मचारीलाई ६ घण्टा काम गरिरहेको अवस्थामा १२ घण्टा काम गर्न आग्रह गरे । उनले भने, ‘कान्ति बाल अस्पतालको पुरानो प्रतिष्ठालाई पुनः फर्काउनुपर्छ ।’

०.८ प्रतिशत बजेटले अस्पतालमा सेवा विस्तार गर्ने कि उपकरण किन्ने ? : स्वास्थ्यमन्त्री यादव
२०५० सालमा भएको ओएनएम सर्भेपछि हालसम्म पनि नभएको र जनसंख्या २ गुणाभन्दा बढी बढेको अवस्थामा स्वास्थ्यका कर्मचारी नबढेकाले अस्पतालमा चिकित्सकको अभाव भएको स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बताए । समायोजनको झमेला सकिएपछि मन्त्रालयको पहिलो प्राथमिकता ओएनएम गर्नेतर्फ हुने मन्त्री यादवले जानकारी दिए ।

‘आर्थिक रूपमा कान्ति बाल अस्पताल कमजोर भए पनि अब आइसियू तथा एनआइसियूको सेवाविस्तार गर्नेतर्फ लाग्नुपर्छ,’ डा. यादवले भने, ‘सेवाविस्तार राम्रो हुन सके मात्र अस्पतालको विश्वसनीयता बढ्न जान्छ ।’

‘दक्षिणपूर्वी एसियामा स्वास्थ्य क्षेत्रका लागि सबैभन्दा कम बजेट विनियोजन गर्ने देशमा नेपाल पर्छ । ४ दशमलव ८ प्रतिशत स्वास्थ्य क्षेत्रमा छुट्याइएकोमा ४ प्रतिशत कर्मचारी तलबमै सकिने गर्छ,’ मन्त्री यादवले भने, ‘शून्य दशमलव ८ प्रतिशत रकमले कति अस्पतालको सेवा विस्तार गर्ने, कति उपकरण किन्ने ?’

विकासको आधार नै स्वास्थ्य र शिक्षा रहेको उदाहरण दिँदै मन्त्री यादवले राज्यले यस क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याए । कान्ति बाल अस्पतालमा चिकित्सक अभाव, उपकरण अभाव र सेवा विस्तार गर्ने विषयमा मन्त्रालय सकारात्मक रहेको र सहयोगका लागि प्रतिबद्ध रहेको मन्त्री यादवको भनाइ थियो ।

बेडसंख्या बढाउनुभन्दा पनि सेवालाई अझ विशिष्टीकृत बनाउँदै लैजानुपर्नेमा स्वास्थ्य तथा जनसख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले जोड दिए । ‘आर्थिक रूपमा कान्ति बाल अस्पताल कमजोर भए पनि अब आइसियू तथा एनआइसियूको सेवाविस्तार गर्नेतर्फ लाग्नुपर्छ,’ डा. यादवले भने, ‘सेवाविस्तार राम्रो हुन सके मात्र अस्पतालको विश्वसनीयता बढ्न जान्छ ।’

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

डा. बिच्छाकाे नयाँ ‘गेटअप’, सम्हाले कान्तिको जिम्मेवारी, बौरिएला त थलापरेको कान्ति ?

क्लिनिकल्ली नेपालका चर्चित बालरोग विशेषज्ञ डा. आरपी बिच्छालाई चिन्नेहरूले पछिल्ला ५ वर्ष जनस्वास्थ्यका निकाय हाँक्ने प्रशासकका रूपमा देखे र भेगे पनि । पछिल्लोपटक स्वास्थ्य मन्त्रालयले १५ असारमा ११औँ तहका चिकित्सक, जनस्वास्थ्य प्रशासकको समायोजन पदस्थापन गर्दा डा. बिच्छालाई सरकारीस्तरको एक मात्र बाल अस्पताल कान्तिको निर्देशकका रूपमा जिम्मेवारी दियो ।

पदस्थापनको १८ दिनपछि जिम्मेवारी सम्हाल्न पुगेका बिच्छा नियमित रूपमा देखिनेभन्दा फरक ‘गेटअप’मा देखापरे । अरू स्वरूपमा फरक नपरे पनि अक्सर सफाचट बनेर हिँड्ने बिच्छा सेतो दारीमा झुल्किए । ५ वर्षदेखि जनस्वास्थ्यअन्तर्गतका महत्त्वपूर्ण केन्द्र तथा महाशाखा हाँक्दै आएका विच्छालाई आफ्नै दरबन्दी रहेको र झन्डै एक दशकसम्म बालरोग विशेषज्ञ र निर्देशकसमेत भइसकेको अस्पताल फर्किनुपर्दाको दुःख हो कि भन्ने लाग्नु स्वाभाविकै थियो ।

पदबहाली र भावी योजनाबारे कुरा गर्नुअघि हामीले विच्छासँग पहिलो प्रश्न त्यही ग-यौँ, ‘डाक्टर सा’ब नयाँ गेटअपको सन्देश के हो ?
उनले ठट्यौली पारामा जवाफ दिए, ‘बालरोग विशेषज्ञहरू सबै बालबालिकाजस्तो मात्रै कहाँ देखिन्छन् र !’

बिच्छाको जवाफभित्र एउटा गहन सन्देश दियो । राजनीतिक, प्रशासनिक खिचातानी र सरुवा–बढुवाका तँछाड–मछाडले एउटा प्रशासकलाई हैरानी मात्रै दिँदैन, अनुभव पनि दिन्छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतका बालस्वास्थ्य, परिवार स्वास्थ्य, सार्क क्षयरोग तथा एचआइभी केन्द्र हुँदै परिवारकल्याण महाशाखाको नेतृत्व लिँदासम्मका प्रशासनिक तथा व्यवस्थापकीय अभुभूतिले जर्जर बनेको कान्ति अस्पताललाई बौर्याउन कत्तिको सहयोग पुर्याउला, धेरैको जिज्ञासा यही थियो । ‘मलाई परिवारकल्याणका साथीहरूले बिदा गर्दा र कान्तिका साथीहरूले स्वागत गरिरहँदा मेरो प्रशासनिक अनुभव र व्यवस्थापन क्षमताले यो अस्पताल उँभो लाग्ला भन्ने अपेक्षा राख्नुभयो,’ बिच्छाले भने, ‘हो, म जीर्ण अवस्थामा पुगेको नेपालकै एक मात्र सरकारी बाल अस्पताललाई नयाँ उचाइ दिने चुनौती सहर्ष स्विकारेर आएको छु ।’

पदबहाली गरेकै दिन बिच्छाले अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी एवम् कर्मचारीसँग भेटे र ब्रिफिङ लिए । उनलाई अस्पतालका निवर्तमान निर्देशक डा. गणेश राईले सबैभन्दा हार्दिकतापूर्वक स्वागत गरे ।

किनकि, राईले बारबार आफूले चाहेरभन्दा बाध्यतामा निर्देशक बन्नुपरेको गुनासो गर्दै आएका थिए । खासै प्रशासनिक झन्झट बेहोर्न नचाहने डा. राईले मन्त्रालयबाट पनि पर्याप्त सहयोग पाएनन्, जति राजनीतिक सहयोग २०७३ मा स्वास्थ्यमन्त्री गगन थापाबाट तत्कालीन निर्देशक डा. अजित रायमाझीले पाएका थिए ।

डा. बिच्छाले पनि त्यही ०७३ कै जगबाट कान्तिलाई नयाँ उचाइ दिने योजना सुनाए । ‘तत्कालीन मन्त्री गगन थापाको पालामा ५२ बेडको आइसियूसहितको गुरुयोजना बन्यो, त्यसअनुसारको पूर्वाधार र उपकरण पनि आए, तर अहिले पनि ३१ बेडभन्दा चलेका रहेनछन्,’ डा. बिच्छाले सुनाए ।

कान्ति अस्पताल देशभरका बिरामीको आस्था र विश्वासको केन्द्र भन्ने विशेषण बिस्तारै बोझ बनेजस्तै भएको छ । देशभरबाट रेफर भएर आएका गम्भीर बिरामी बालबालिकालाई आइसियू, पिआइसियू, एसआइसियूको अभावमा उपचार नभएर रेफर गर्नुपर्ने अवस्थाको बोध आफूलाई भएको उनले सुनाए । ‘बेड क्षमतासँगै पर्याप्त बालविशेषज्ञ, नर्सिङ जनशक्ति र केही पूर्वाधार नभएर सेवा सम्भव भएको छैन,’ उनले भने ।

‘तत्कालीन मन्त्री गगन थापाको पालामा ५२ बेडको आइसियूसहितको गुरुयोजना बन्यो, त्यसअनुसारको पूर्वाधार र उपकरण पनि आए, तर अहिले पनि ३१ बेडभन्दा चलेका रहेनछन्,’ डा. बिच्छाले सुनाए ।

कान्ति अस्पतालका लागि ०५२ मा बनेको अर्गानोग्राम, जनशक्ति संरचनाले अहिलेको चापले धान्नै नसक्ने अवस्था रहेको उनी बताउँछन् । ‘५ सयजना ओपिडीमा आउने अस्पतालमा ०५० को दरबन्दीले हुन्न,’ उनले भने, ‘अब म एक–डेढ सातामै योजना बनाएर मन्त्री र सचिवसमक्ष पेस गर्छु,’ उनले भने, ‘जनशक्ति बढाउनका लागि मन्त्रालयको पर्याप्त सहयोग चाहिन्छ ।’

उनले जनशक्ति, पूर्वाधार बढाउन नसके बालरोगको बहुविशेषज्ञ अस्पतालभन्दा पनि जनरल अस्पतालमा रहिरहने चुनौतीसमेत औँल्याए । उनले आफ्नो स्वगतका लागि आयोजित कार्यक्रममा भनेका थिए, ‘कान्तिलाई बालरोग उपचारको अस्थाको केन्द्र यहीँ उपस्थित चिकित्सक र कर्मचारीले बनाएको हो र अब बनाउने शक्ति पनि यही हो । मिलेर गर्यौँ भने यो अस्पतालमा सुधार आउँछ ।’
तर, सुधारका लागि ८ घण्टाको सट्टा १० घण्टा र एक सिफ्टको सट्टा २ सिफ्ट काम गर्नुपर्ला, म आफैँ पनि गर्छु र सबै लागेर गर्छौं,’ बिच्छाले थपे ।

झुस्स दारीले प्रतिविम्बित गर्नेजस्तो वितृष्णा उनले प्रदर्शन नगरेको अवस्थामा सायद अस्पताल सुधारका लागि उनले लिने प्रयासले सार्थकता पाउन थालेपछि उनको दारीवाला गेटअप पनि बदलिनेछ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

सरकारबाटै हेपिएको छ कान्ति बाल अस्पताल, २ नर्सका भरमा ५२ बिरामी, पारिश्रमिकमा चरम विभेद

मुलुककै एक मात्र सरकारीस्तरको केन्द्रीय बाल अस्पतालका रूपमा रहेको कान्ति बाल अस्पताल, त्यहाँ पुगेपछि राम्रो स्वास्थ्यसेवा पाइएला, रोग निको होला भन्ने आशा धेरैमा हुने नै भयो । यसै पनि बालरोगको उपचारमा निम्न र मध्यमवर्गीय नेपालीका लागि कान्तिबाहेकको विकल्प देशमा छैन । देशका हरेक कुनाकाप्चाबाट ठूलो आशा लिएर आफ्ना रुग्ण बालबालिकाको उपचारका लागि दिनहुँ जनताको घुँइचो लाग्ने कान्ति बाल अस्पतालको यथार्थ भने भिन्न छ ।

१० वर्षयता कान्तिमा बिरामीको चाप बढ्दै गए पनि तिनको हेरचाह गर्ने नितान्त प्राविधिक जनशक्ति नर्सको दरबन्दीसंख्या भने बढ्न सकेको छैन । हाल अस्पतालमा सरकारीतर्फका नर्स दरबन्दी जम्मा ७० छन्, जुन बिरामीको चाप र गुणस्तरको विकाससँगै निर्धारित मापदण्डको तुलनामा बढ्दै जानुपर्नेमा घट्दै गएको अस्पतालकी नर्सिङ प्रशासक प्रमुख निवारण जोशी बताउँछिन् ।

कान्तिमा अस्पताल विकास समितिअन्तर्गत ९० जना नर्स कार्यरत छन् । केही नर्स पढ्नका लागि विदेश गएका र केही अन्य अस्पतालमा गएका र केही सुत्केरी बिदामा रहेका कारण पनि दिनहुँ बिरामीको सेवामा खटिने नर्सको संख्या बिस्तारै घट्दै गएको छ । रिक्त पदमा तत्काल दरखास्त माग गरी नयाँ कर्मचारी राख्ने अवस्था नभएको जोशीको भनाइ छ ।

कान्तिका वार्डहरू सधैँजसो भरिभाराउ हुन्छन्, तर बिरामीको हेरचाहमा दुईजना मात्र नर्स खटिएका हुन्छन् । अस्पतालको मेडिकल वार्डमा ५२ शय्या सञ्चालनमा छन् । सो वार्डमा लागि अस्पतालले जम्मा १० जना नर्स खटाएको छ, तर पालो मिलाउँदा एक सिफ्टमा २ जना मात्र नर्स खटिने रहेको जोशी बताउँछिन् ।

सरकारले नर्सको दरबन्दी १० वर्षदेखि नबढाएका कारण तथा अस्पताल विकास समितिमा रहेका नर्सको संख्या पनि बिस्तारै घट्दै गएका कारण अस्पतालले बिरामीलाई पर्याप्त मात्रामा हेरचाह गर्न सकिरहेको छैन । ‘महिनामै दुईजनासम्म नर्सले छोडेर जाने प्रवृत्ति छ,’ जोशी भन्छिन्, ‘न नयाँ पदपूर्ति हुन्छ, न त बाहिरबाट सरुवा भएर नै आउन मान्छन् ।’ कुनै समय ३ सय ८ बेडमार्फत सेवा दिएको अस्पतालले नर्स अभावकै कारण हाल २ सय ८० बेड मात्र सुचारु गर्न सकेको छ ।

२ नर्सको भरमा ५२ बिरामी
नर्सिङ जनशक्ति कम हुँदा बिरामीको पर्याप्त हेरचाह गर्न सक्ने अवस्था नरहेको जोशीको भनाइ छ । २ जना नर्सले ५२ बेडसम्म पनि हेर्नुपर्ने अवस्था रहेको उनी बताउँछिन् । जोशी भन्छिन्, ‘एक नर्सले ठूलो संख्यामा बिरामीको हेर्नुपर्ने अवस्था भएपछि बिरामीलाई दिइने औषधि, इन्जेक्सनबाहेक अन्य हेरचाहमा ध्यान दिन सकिँदैन, जसका कारण नर्स र बिरामीको आफन्तका बीच दूरी बढ्ने गरेको छ ।’
अस्पतालमा बिरामीको चापको पछिल्लो अवस्थालाई नियाल्ने हो भने थप ३ सयको हाराहारीमा नर्सिङ जनशक्ति आवश्यक देखिन्छ । जोशीका अनुसार आइसियूमा १ बिरामीको हेरचाहका लागि १ नर्स, अकास्मिककक्षमा २ बिरामीबराबर १ नर्स, जनरल वार्डमा ६ बिरामीबराबर ४ जना नर्सको आवश्यकता पर्छ ।

कान्तिका वार्डहरू सधैँजसो भरिभाराउ हुन्छन्, तर बिरामीको हेरचाहमा दुईजना मात्र नर्स खटिएका हुन्छन् । अस्पतालको मेडिकल वार्डमा ५२ शय्या सञ्चालनमा छन् । सो वार्डमा लागि अस्पतालले जम्मा १० जना नर्स खटाएको छ, तर पालो मिलाउँदा एक सिफ्टमा २ जना मात्र नर्स खटिने रहेको जोशी बताउँछिन् ।

नर्स अभावले खुम्चिँदै अस्पतालको बेड संख्या
अस्पतालमा नर्सिङ जनशक्ति अभावका कारण भएका बेडसंख्या पनि घट्दै गएका छन् । निम्कु वार्डमा आइसियूमा राख्नुनपर्ने र वार्डमा पनि राख्न नमिल्ने महिनादिनसम्मको शिशुलार्ई राख्ने गरिन्छ । उक्त वार्ड स्टाफको कमीका कारण २० बेडबाट १० बेडमा खुम्चिएको जोशीले जानकारी दिइन् । उनका अनुसार कान्तिले एनआइसियू वार्डमा १६ बेडसम्म चलाएको थिाये । तर, जनशक्ति र स्रोत–साधन अभावमा हाल १० बेड मात्र सञ्चालनमा छन् । त्यसैगरी, सर्जिकल आइसियूमा १० बेडसम्म सञ्चालन गरिएकोमा हाल ७ बेड मात्र सञ्चालनमा छन् ।

कान्तिमा कार्यरत पाँचौँ तहका स्टाफ नर्सको मासिक पारिश्रमिक २३ हजार ५ सय छ, जुन टिचिङ तथा गंगालाल अस्पतालमा ४० हजारभन्दा माथि छ र न्याम्समा थप ५० प्रतिशत भत्ताको समेत व्यवस्था छ ।

कामको चापले नर्स सधैँ तनावमा
बिरामीको चापअनुसारको नर्सिङ जनशक्ति उपलब्ध भएको खण्डमा सन्तुलित ढंगले काम हुन्छ र सेवाको गुणस्तर पनि कायम हुन्छ । तर, आवश्यक जनशक्ति अभावमा सीमित जनशक्तिले अत्यधिक बिरामीको चाप थेग्नुपर्दा नर्सले सधैँ तनावमा काम गर्नुपर्ने बाध्यता छ ।
‘थौरै जनशक्तिले धेरै बिरामी हेर्नुपर्ने हुन्छ, यसले नर्समा कामको बोझ बढ्न गई तनाव सिर्जना हुने गर्छ,’ जोशी भन्छिन्, ‘तर, नर्सले जति धेरै बिरामी हेर्नुपरे पनि आफ्नो मूल काम भने छुटाएका हुँदैनन् । बिरामीलाई सेवा त दिनै पर्यो नि !’

बिरामीको उपचारमा ध्यान दिनुपर्ने र सेवाप्रवाहलाई प्रभावकारी बनाएर अघि बढ्नुपर्ने अस्पताल आफैँ विभिन्न समस्यामा रुमलिन पुगेको छ । जनशक्ति अभाव, पुराना मेसिन तथा उपकरण, बजेट अभावलगायत समस्याबाट अस्पताल गुज्रिरहेको छ ।

सरकारले नै कान्तिलाई कम महत्व दिएको छ, अन्य अस्पतालको तुलनामा नर्सको तलब आधा छ : निर्देशक
अन्य सरकारी अस्पतालको तुलनामा कान्ति बाल अस्पतालमा कार्यरत नर्सको पारिश्रमिक न्यून छ । कान्तिमा कार्यरत पाँचौँ तहका स्टाफ नर्सको मासिक पारिश्रमिक २३ हजार ५ सय छ, जुन टिचिङ तथा गंगालाल अस्पतालमा ४० हजारभन्दा माथि छ र न्याम्समा थप ५० प्रतिशत भत्ताको समेत व्यवस्था छ । तर, कान्तिमा कुनै किसिमको भत्ताको सुविधा नरहेको अस्पतालका निर्देशक डा. गणेश राई बताउँछन् । उनी भन्छन्, ‘यस्तो अवस्थामा मैले कसरी नर्सलाई टिकाएर राख्न सक्छु ? आधाभन्दा बढी विदेश जाने गरेका छन् ।’

कान्ति यस्तो अस्पताल हो, जहाँ कर्मचारीलाई कुनै किसिमको भत्ताको व्यवस्था छैन । कान्तिमा दुई–चार महिना अनुभव हासिल गरेपछि जागिर छोड्ने प्रवृत्ति छ । तर, अन्य अस्पतालमा कार्यरत कर्मचारीले गलबभत्ता मिलाएर कान्तिको भन्दा दोब्बर पारिश्रमिक पाउँछन् ।सरकारले सबै अस्पतालका नर्सलाई समान व्यवहार गर्नुपर्ने डा. राईको भनाइ छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

उपकरण भएर पनि जनशक्ति अभावमा कान्तिको आइसियूसेवा संकुचित, निजीको महँगो शुल्क तिर्न बिरामी बाध्य

सरकारीस्तरमा सञ्चालित मुलुकको एक मात्र बाल अस्पताल कान्ति बाल अस्पतालमा आइसियूका लागि ५२ बेड छुट्याइएका छन् । सबै बेड आइसियूकक्षका लागि आवश्यक यन्त्र–उपकरणले जडित पनि छन् । तर, अस्पतालले ३८ बेड मार्फत मात्र आइसियूसेवा दिइरहेको छ ।
अस्पतालले बिरामीको माग कम भएका कारण बाँकी बेड सञ्चालनमा नल्याएको होइन । कान्तिको आइसियूमा भर्ना पाउनुलाई भाग्यकै रूपमा लिने गरिएको छ ।

आइसियूमा भर्ना पाउनका लागि नाम लेखाएर हप्तौँसम्म पालो कुर्नुपर्ने बाध्यता बिरामीको छ । कान्तिमा आइसियू नपाएकै कारण दिनहुँ कयौँ अभिभावक कमजोर आर्थिक अवस्थाका बाबजुद पनि आफ्ना बालबालिकाको सघन उपचारका लागि महँगा निजी अस्पताल धाउन बाध्य छन् । आइसियू मिलाइदिनका लागि दिनहुँ अस्पताल प्रशासनले राजनीतिक दबाबसमेत झेल्ने गरेको छ । यति चर्को माग हुँदाहुँदै पनि किन अस्पतालले पूर्ण क्षमतामा आइसियूसेवा सञ्चालन गरिरहेको छैन ?

‘कान्ति बाल अस्पतालले पछिल्लो समय चरम आर्थिक संकट तथा जनशक्ति अभावको सामना गरिरहेको छ,’ निर्देशक डा. राई भन्छन्, ‘जनमानसमा कान्तिमा ५२ बेडको आइसियू छ भन्ने बुझाइ छ, तर हामीले जनशक्ति र साधनस्रोत अभावमा मुस्किलले ३८ बेडमार्फत सेवा दिइरहेका छौँ ।’

अस्पतालका निर्देशक डा. गणेश राई जनशक्ति अभावकै कारण पूर्ण क्षमतामा आइसियूसेवा सञ्चालन गर्न नसकेको बताउँछन् । आवश्यक जनशक्ति र साधनस्रोतको कमीका कारण सञ्चालनमा रहेका ३८ बेडको सेवाप्रति पनि स्वयम् निर्देशक डा. राई नै सन्तुष्ट छैनन् । ‘कान्ति बाल अस्पतालले पछिल्लो समय चरम आर्थिक संकट तथा जनशक्ति अभावको सामना गरिरहेको छ,’ निर्देशक डा. राई भन्छन्, ‘जनमानसमा कान्तिमा ५२ बेडको आइसियू छ भन्ने बुझाइ छ, तर हामीले जनशक्ति र साधनस्रोत अभावमा मुस्किलले ३८ बेडमार्फत सेवा दिइरहेका छौँ ।’

आइसियू प्रमुख विभूति कट्टेलका अनुसार सञ्चालनरत ३८ बेडमध्ये एनआइसियू १६, पिआइसियू १२, सिआइसियू ७ तथा आइसोलेसन २ बेड छन् । त्यसमध्ये एनआइसीयूमा महिनादिनभन्दा कम उमेरका बालबालिकालाई उपचारका लागि राखिन्छ । आइसोलेसन बेडमा विशेषप्रकारका बिरामी राख्ने गरिन्छ । पिआइसियूमा ३० दिनभन्दा माथि १५ वर्षभन्दा कम उमेरका बालबालिकाको उपचार हुन्छ । एसआइसियू १५ वर्षसम्मका सबै प्रकारका बिरामी राख्ने गरिन्छ, जहाँ मुख्यतया सर्जरी गरेका बिरामी राख्ने गरिन्छ । आइसियू आवश्यक भएका तर अन्यप्रकारका आइसियूमा राख्न नमिल्ने बिरामीलाई एनआइसियूमा राखिन्छ ।

कान्तिले पहिलेदेखि नै दिँदै आएको आइसियूसेवालाई पूर्वस्वास्थ्यमन्त्री गगन थापाको पालामा सेन्ट्रल आइसियूका रूपमा विकास गरिएको थियो । त्यतिवेलैदेखि ५२ बेडमा आइसियू सञ्चालन गरिएको भनिए पनि जनशक्ति अभावका कारण पूर्ण क्षमतामा आइसियू सञ्चालन गर्न नसकिएको निर्देशक राई बताउँछन् । आइसियू सञ्चालनका लागि उपकरणहरू उपलब्ध भए पनि प्रमुख रूपमा जनशक्ति अभावै कारण पूर्ण क्षमतामा सेवा दिन नसकिएको उनको भनाइ छ । सञ्चालनमा रहेका ३६ बेडका लागि पनि पर्याप्त जनशक्ति उपलब्ध गराउन सकिएको छैन । उपलब्ध उपकरण र जनशक्तिलाई जसोतसो व्यवस्थापन गरी सेवा दिइरहेको आइसियू प्रमुख कट्टेल बताउँछिन् ।

सरकारी मापदण्डअनुसार आइसियूमा मेसिनमार्फत उपचार गराइरहेको एक बिरामीको रेखदेखका लागि एकजनै नर्स आवश्यक हुन्छ । त्यसैगरी, मेसिनमा नभएको बिरामीको हकमा २ बिरामीबराबर एक नर्स हुनुपर्ने प्रावधान छ । कान्तिको आइसियूमा एकजना नर्सले ५ जनासम्म बिरामी हेर्नुपर्ने अवस्था छ । जब कि बालबालिकाको हकमा जनरल वार्डमा पनि १ नर्सले अधिकतम ६ जनासम्म मात्र बिरामी हेर्न मिल्ने प्रावधान छ ।

कान्तिमा सञ्चालनरत एनआइसीयूमा १६ बेडका लागि १६ जना नै नर्सिङ स्टाफ उपलब्ध छन् । उपलब्ध नर्सिङ स्टाफलाई सिफ्ट–सिफ्मा ड्युटी लगाउँदा एक नर्सले मापदण्डभन्दा निकै बढी बिरामी हेर्नुपर्ने बाध्यता छ । आइसियूमा बिहानको सिफ्टमा पर्याप्त चिकित्सक उपलब्ध हुने भए पनि २४ घण्टे सेवामा भने एक–दुईजना चिकित्सक मात्र उपलब्ध हुन्छन् । कान्तिको आइसियूमा रेजिडेन्ट चिकित्सक तथा कन्सल्टेन्टहरू खटिने गरेका छन् । एनआइसियू र पिआइसियूका लागि ५–५ जना चिकित्सक खटाइएका छन् । सर्जिकल आइसियूका लागि भने यति नै जना भनेर ड्युटी तोकिएको छैन । अस्पतालमा आइसियूमा मात्र नभई सबै विभागमा जनशक्तिको अभाव रहेको निर्देशक राई बताउँछन् ।

कान्तिको आइसियूमा बिरामीको आर्थिक अवस्था हेरेर शुल्क लिने गरिएको छ । कान्तिमा भेन्टिलेटरसहितको आइसियू बेडचार्ज २ हजार ५ सय छ, जुन निजी अस्पतालहरूको तुलनामा नगण्य हो । त्यसैगरी, विनाभेन्टिलेटर आइसियूसेवा लिएबापत बिरामीले प्रतिदिन १ हजार २ सय रूपैयाँ तिर्नुपर्छ ।

मुलुकको एक मात्रै केन्द्रीय बाल अस्पताल भएकाले कान्तिमा रेफरका केसहरू बढी आउने गरेका छन् । बिरामीको अत्यधिक चापका कारण कान्तिको आइसियूले धान्न सक्ने अवस्था छैन । आइसियूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सकेको अवस्थामा भने आइसियूसेवा अपुग भएर बिरामी फर्काउनुपर्ने समस्या न्यूनीकरण गर्न सकिने आइसियू प्रमुख कट्टेल बताउँछिन् ।

बिरामीको आर्थिक अवस्थाअनुसार शुल्क
कान्तिको आइसियूमा बिरामीको आर्थिक अवस्था हेरेर शुल्क लिने गरिएको छ । कान्तिमा भेन्टिलेटरसहितको आइसियू बेडचार्ज २ हजार ५ सय छ, जुन निजी अस्पतालहरूको तुलनामा नगण्य हो । त्यसैगरी, विनाभेन्टिलेटर आइसियूसेवा लिएबापत बिरामीले प्रतिदिन १ हजार २ सय रूपैयाँ तिर्नुपर्छ । त्यसमा पनि बिरामीको आर्थिक अवस्था हेरी छुटको व्यवस्था छ । बिरामीको आर्थिक अवस्थाअनुसार केही प्रतिशतदेखि शतप्रतिशतसम्म छुट दिने गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा उपचार गराइरहेका बिरामीलाई आइसियू चाहिने अवस्था आएमा बाहिरबाट रेफर गरिएकालाई भन्दा उपचाररतलाई प्राथमिकता दिने गरिएको छ ।

कान्तिमा मात्र होइन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको मापदण्डअनुसारको जनशक्तिको परिपूर्ति कुनै पनि अस्पतालमा भएको छैन । देश संघीय संरचनामा गएसँगै अन्य क्षेत्रमा जस्तै स्वास्थ्यमा पनि कर्मचारी समायोजनको प्रक्रिया अघि बढेको छ । यद्यपि, समायोजन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै चिकित्सक तथा कर्मचारी आन्दोलनमै छन् । नयाँ संगठन संरचनामा पनि मापदण्डअनुसार चिकित्सक तथा कर्मचारीको व्यवस्था हुने संकेत नदेखिनुले स्वास्थ्यक्षेत्रको समस्या समस्याकै रूपमा रहने चिन्ता बढेको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

बालरोग प्रतिष्ठानको अपुरो सपना

जनसंख्याको ४० प्रतिशत बालबालिकासम्म स्वास्थ्य सेवाको पहुँच पु¥याउँने कुरामा आमरुपमा चासो र चिन्ता कमै पाइन्छ । धेरै वर्ष बरिष्ठ बालरोग विशेषज्ञहरुले कान्ति अस्पताल बाल प्रतिष्ठानको स्वरुपमा विस्तार गर्न प्रयास गरे पनि आजसम्म यो विषयले सार्थकता नपाउँनु आफैमा विडम्बनापूर्ण विषय हो ।

दुई/अढाई दशकदेखि नै कुरा उठ्ने, प्रक्रिया सुरु हुने तर तुहिने नियति भोगी रहेको छ बाल प्रतिष्ठानले । त्यति बेलादेखि नै बाल प्रतिष्ठानबाट पनि ‘इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ खोल्ने कुरा अगाडि बढेको थियो । यो विषय सरकारको रातो किताब ‘रेड बुक’मा पनि आइसकेको थियो । कान्ति बाल अस्पतालका यस अघिका थुपै निर्देशकहरुले यो कुराका लागि धेरै प्रयात्न गरे ।

विकसित मुलुकहरुमा बालबालिकाको प्रमुख अविभावक राज्य हो भन्ने सोचमा, उपचार, शिक्षा, स्वास्थ्य, पोषणजस्ता विषयलाई एकीकृत रुपमा लगिएको हुन्छ । नेपालको सन्दर्भमा यी विषयहरुमा सघन रुपमा ध्यान जान अझै बाँकी छ । खासगरी स्वास्थ्य सेवाको सन्दर्भमा नवजात शिशु जीवन रक्षादेखि निःशुल्क खोप र पोषणका विषय सरकारका प्राथमिकतामा परेका छन् । तर, यहाँ उल्लेख गर्न खोजिएको सन्दर्भमा बाल अस्पताल र बाल रोगसम्बन्धी विशिष्ठ सेवाको विस्तारसँग सम्बन्धित छ ।
यसका लागि बालरोगसँग सम्बन्धित उपचार गर्ने संस्था स्थापना र जनशक्ति बढाउँने कुरा सरकारको प्राथमिकतामा नपरेको महासुस हामी बालरोग विशेषज्ञहरुले गरेका छौ ।

दुई/अढाई दशकदेखि नै कुरा उठ्ने, प्रक्रिया सुरु हुने तर तुहिने नियति भोगी रहेको छ बाल प्रतिष्ठानले ।
त्यति बेलादेखि नै बाल प्रतिष्ठानबाट पनि ‘इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ खोल्ने कुरा अगाडि बढेको थियो । यो विषय सरकारको रातो किताब ‘रेड बुक’मा पनि आइसकेको थियो । कान्ति बाल अस्पतालका यस अघिका थुपै निर्देशकहरुले यो कुराका लागि धेरै प्रयात्न गरे ।
त्यसका लागि बजेटसमेत छुट्टिसकेको अवस्था भए पनि नेपाल सरकारको स्वामित्वमा त्यस्ता प्रतिष्ठान धेरै खुलेका कारण नेपाल सरकारलाई आर्थिक रुपमा धेरै भार पर्ने कारण देखाई आइसकेको बजेट बन्द भयो ।

इन्टिच्युट अफ चाइल्ड हेल्थमा बाल स्वास्थ्यसम्बन्धी अध्ययन–अध्यापन हुने, अनुसन्धान हुने तथा यसको केन्द्र कान्ति बाल अस्पतालमा हुने र यसले आफ्ना विभिन्न प्रकारका कार्यक्रम अञ्चल अस्पताल, क्षेत्रीय अस्पतालमा लाने भनिएको थियो । जति वेला यो अवधारणा नेपालमा आएको थियो, त्यतिवेला देशमा संघीयताबारे बहस नै भएको थिएन ।

अहिले पनि बाल प्रतिष्ठानको कुरा गर्दा खासगरी स्वास्थ्यको प्रशासन क्षेत्रले पदाधिकारी थपिने, त्यसले राज्यलाई भार थपिन्छ भन्ने रुपमा मात्रै यो विषयलाई बुझेको देखिन्छ । ४० प्रतिशत जनसंख्याका लागि ३ सय ५० हाराहारीमा मात्रै बालरोग विशेषज्ञ छन्, त्यो पनि सहरी क्षेत्रमा केन्द्रीत छ । यस्तो अवस्थामा बाल मृत्यु घटाउन र स्वास्थ नागरिक बनाउँन पनि राज्यले बाल प्रतिष्ठानको विषयमा गम्भीर रुपमा सोच्नु पर्नेमा अहिले पनि यो विषय कसैको चासोमा परेको छैन् ।
हामीले कुरा गर्नेक्रममा ‘इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’मात्रै नभई ‘इन्स्टिच्युट अफ म्याटनल एन्ड चाइल्ड हेल्थ’ भनेर अगाडि लैजाँदा राम्रो हुन्छ भनेर करिब ६ वर्षअघि परोपकार प्रसूति गृह र कान्ति बाल अस्पताल मिलेर कार्यको थालनी गर्ने निर्णय गरियो । तर, त्यो पनि मन्त्रालयमा त्यत्तिकै पेन्डिङ छ । र, हाल आ–आफ्नो क्षेत्र तथा प्रदेशमा तथा काठमाडौंबाहिर मात्र सरकारले यस्ता प्रतिष्ठान निर्माण गर्ने नीतिअनुसार यो बन्द भएको अवस्था छ । हामीले यसबारे कुरा चलाउँदा मन्त्रालयले आगामी दिनमा यो सम्भव नहुने बताउने गरेको छ । उनीहरुको चाहना के छ भने, नेपालमा मातृ स्वास्थ्यसम्बन्धी कुनै पनि संस्थाएक्लै छैन । तर, यो बनाएमा दुईवटै एउटा हुने थियो । तर, बाल तथा मातृरोगका विशेषज्ञ जनशक्ति उत्पादन र सेवा विस्तारको सोचअनुसार १५ वर्ष अगाडि भएको एमओयू पनि तुहियो ।
स्त्रीरोग विशेषज्ञ तथा बालरोग विशेषज्ञको सल्लाहअनुसार उक्त कुरा आवश्यक छ भनी अगाडि बढाउने भनिए पनि नेपालमा ठाउँठाउँमा प्रतिष्ठान बनिसकेको अवस्थामा एक मेडिकल विश्वविद्यालय बनाउने र त्यसअन्तर्गत एक जना डिन राखेर चलाउने भन्ने धारणा सुन्नमा आएको छ, तर कागजीरुपमा भने आइसकेको छैन ।

जनशक्ति, उपकरण तथा मर्मत–सम्भारमा अस्पतालले धेरै अभाव झेलिरहेको छ । कान्ति बाल अस्पतालका लागि नेपाल सरकारले गरेको कर्मचारीको व्यवस्थापन ज्यादै नै पुरानो हो । बिचबिचमा एकदमै नगण्य मात्रामा अस्पतालमा कर्मचारी थप गरिएको छ ।

इन्टिच्युट अफ चाइल्ड हेल्थमा बाल स्वास्थ्यसम्बन्धी अध्ययन–अध्यापन हुने, अनुसन्धान हुने तथा यसको केन्द्र कान्ति बाल अस्पतालमा हुने र यसले आफ्ना विभिन्न प्रकारका कार्यक्रम अञ्चल अस्पताल, क्षेत्रीय अस्पतालमा लाने भनिएको थियो ।
जति वेला यो अवधारणा नेपालमा आएको थियो, त्यतिवेला देशमा संघीयताबारे बहस नै भएको थिएन ।
त्यतिवेला यो अर्कै किसिमले आउने कुरा भए पनि अहिले संघीय संरचनाअनुसार शासन सञ्चालन भइसकेको हुनाले प्रत्येक प्रदेशमा चिकित्सा क्षेत्रमा एक प्रतिष्ठान बनाउने र त्यही प्रतिष्ठानअन्तर्गत नै बालस्वास्थ्यलाई राख्ने कुरा हाल सुनिँदै आएको छ । त्यसैले अब कान्ति बाल अस्पतालमा प्रतिष्ठान बन्न सक्छ भन्ने कुरामा मलाई कत्ति पनि विश्वास छैन ।

बालअस्पतालकिन छैन् प्राथमिकतामा?
अहिले कान्ति अस्पताल आफैमा भौतिक पूर्वाधारको अभाव खेपिरहेकै छ । त्यसमा पनि प्राथमिकताका आधारमा भन्ने हो भने अस्पताललाई नयाँ भवनभन्दा पनि पुरानै भवनको मर्मत–सम्भारमा ध्यान दिनुपर्ने अवस्था छ । यहाँ सम्पूर्ण शौचालय पानी चुहिने छन् ।
तिनीहरुको समेत मर्मत–सम्भारको आवश्यकता छ । भवन निर्माणभन्दा पनि अस्पताललाई अत्यावश्यक वस्तुमा जनशक्तिको अभाव छ ।
जनशक्ति, उपकरण तथा मर्मत–सम्भारमा अस्पतालले धेरै अभाव झेलिरहेको छ । कान्ति बाल अस्पतालका लागि नेपाल सरकारले गरेको कर्मचारीको व्यवस्थापन ज्यादै नै पुरानो हो । बिचबिचमा एकदमै नगण्य मात्रामा अस्पतालमा कर्मचारी थप गरिएको छ । नेपाल सरकारको बिरामी र स्वास्थ्य जनशक्ति अनुपातअनुसारको मापदण्ड कान्ति बाल अस्पतालमा लागू हुन सकेको छैन । जन शक्ति एकदमै न्यून छ ।
कान्तिमा नेपाल सरकारको ४४ वटा नर्सिङ दरबन्दी छ । सरकारले कान्तिलाई ५२ आइसियू बेड दिएकोमा जनशक्ति अभावमा अस्पतालले ३७ बेड भन्दाबढी चलाउन सकेको छैन ।
कान्ति अस्पतालमा आँखा तथा हड्डीरोग विशेषज्ञको दरबन्दी नै छैन । अस्पतालमा ३९ जना मेडिकल अफिसरको दरबन्दी रहेकोमा एकजना मात्रै स्थायी मेडिकल अफिसर छन् । करारमा अन्य५ जनाछन् । यसका लागि मन्त्रालयतर्फबाट नै काम हुनु आवश्यक छ ।
बाल रोगका डाक्टरहरुलाई अन्य क्षेत्रमा त्यति अवसर नमिल्ने भएकोले पनि डाक्टरहरु त्यति कान्ति अस्पतालमा आउन चाहँदैनन् ।
कर्मचारीहरुका लागि आकर्षक तलब तथा अन्य सुविधा कान्ति बाल अस्पतालमा नभएका कारण पनि कान्ति अस्पताल रोजगारीका लागि आकर्षणको केन्द्र बन्न सकेको छैन ।
उपत्यकाका अन्य सरकारी अस्पतालमा कान्ति बाल अस्पतालमा भन्दाआकर्षक सेवा सुविधा रहेको छ । जस्तै त्रिवि र कान्तिमा स्टाफ नर्सको तलबको कुरा गर्ने हो भने कान्तिमा नर्सको तलब २३ हजार छ भने त्रिविमा ४१ हजार रहेको छ ।

डा. राई कान्ति बाल अस्पताल, महाराजगन्जका निर्देशक हुन्

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

नेपालमै सम्भव छ– सबै प्रकारका बाल सर्जरीको उपचार


पेडियाट्रिक सर्जरी नेपाली चिकित्सा जगत्का लागि एक नयाँ अवधारणा हो । विश्वका अन्य मुलुकमा यो सेवा ६०–७० वर्षअगाडि नै सुरु भइसकेको भए पनि नेपालमा सन् १९७१ देखि कान्ति बाल अस्पतालमा सुरु भएको थियो । तर, यसका लागि राम्रो अप्रेसन थिएटरको विस्तार भने १९८० मा जापानी सहयोगमा भएको थियो । तत्पश्चात् १९९० देखि मात्र कान्तिबाट प्रभावकारी  पेडियाट्रिकसर्जरी सेवा दिन थालिएको हो ।
पिरियोडिक सर्जरी जवजात शिशुदेखि १८ वर्षको उमेरसम्म गर्ने गरिन्छ । पछिल्लो समय आमाको गर्भमा भएको बच्चाको अवस्थाबारे पनि पेडियाट्रिक  सर्जनसँग सल्लाह लिने प्रचलन बढेको छ । अल्ट्रासाउन्डजस्ता प्रविधिको सहयोगले गर्भमा रहेको बच्चामा केही समस्या भए–नभएको जानकारी पाउन सकिन्छ ।

गर्भ रहेको करिब १८ हप्तापछि भिडियो एक्स–रेको सहायताले बच्चामा रहेका विभिन्न समस्याबारे जानकारी पाउन सकिन्छ । गर्भ बसेको १२ हप्तासम्मको समय एकदमै संवेदनशील समय भएकाले त्यतिवेला जथाभावी औषधिको सेवन गर्नुहुँदैन । लामो यात्रा पनि गर्नुहुँदैन । चुरोट, रक्सीजस्ता पदार्थको सेवन गर्नुहुँदैन । त्यतिवेला गर्भको सही परीक्षण गराउनु पनि उत्तिकै आवश्यक छ ।

बच्चामा हुने मेडिकल समस्याहरू, जस्तै : निमोनिया, रुघाखोकी, झडापखाला तथा सर्जिकल समस्या, जस्तै : नवजात शिशुमा हरियो वान्ता हुनु (जुन आन्द्राका भएको गडबडीका कारण हुने गर्छ) जस्ता समस्यामा पेडियाट्रिक सर्जरीको उपयोग गरिन्छ । नवजात शिशुमा मिर्गौला सुन्निने, मिर्गौलामा पानी जम्ने, लिंगको टुप्पोमा प्वाल नहुने, पिसाबको प्वाल नहुने, जन्मनेबित्तिकै पेट ठूलो भएर जानेजस्ता समस्या देखापरेमा पिरियोडिक सर्जरीको आवश्यकता पर्छ ।

भर्खरै जन्मेको बच्चामा गरिने सर्जरीलाई नवजात सर्जरी भनिन्छ भने जन्मेको एक वर्षभित्र गरिने सर्जरीलाई शिशु सर्जरी भनिन्छ । त्यसैगरी १ देखि ५ वर्षसम्मलाई सानो बच्चा र त्यसदेखि माथि १८ वर्षसम्मलाई ठूलो बच्चा भनिन्छ । उल्लिखित सबैको समग्र रूप नै पिरियोडिस सर्जरी हो ।
यदि नसाको कमी भएर बच्चा जन्मने बित्तिकै पेट फुल्ने, जन्मनेबित्तिकै हर्नियाको समस्या देखिनेजस्ता समस्या देखापरेमा पनि पेडियाट्रिक सर्जरीको आवश्यकता पर्न सक्छ । यस्ता समस्या विभिन्न कारणले आउने गर्छन् । बच्चा गर्भमा बसेको १२ हप्तासम्म बच्चाको विभिन्न ग्रन्थि तथा भागहरू बन्नेक्रम जारी हुन्छ । त्यो समय गर्भावास्थाका लागि एकदमै संवेदनशील समय हो ।
गर्भ रहेको करिब १८ हप्तापछि भिडियो एक्स–रेको सहायताले बच्चामा रहेका विभिन्न समस्याबारे जानकारी पाउन सकिन्छ । गर्भ बसेको १२ हप्तासम्मको समय एकदमै संवेदनशील समय भएकाले त्यतिवेला जथाभावी औषधिको सेवन गर्नुहुँदैन । लामो यात्रा पनि गर्नुहुँदैन । चुरोट, रक्सीजस्ता पदार्थको सेवन गर्नुहुँदैन । त्यतिवेला गर्भको सही परीक्षण गराउनु पनि उत्तिकै आवश्यक छ । महिनावारी नभएर परीक्षण गराउन जाँदा गर्भ रहेको थाहा पाउनुभन्दा पति–पत्नीबीचको सल्लाहमा सन्तानको योजना बनाएर पनि यस्ता समस्याबाट उन्मुक्ति पाउन सकिन्छ । आकस्मिक रूपमा हुने गर्भमा पनि यस्ता प्रकारका विभिन्न समस्या आउन सक्छन् ।

नेपालमा बच्चाको सर्जरीका लागि पेडियाट्रिक सर्जनकहाँ जाने चलन एकदमै कम छ । यस्तोमा सर्जरीको नतिजा राम्रो नआउन पनि सक्छ । हाल नेपालमा करिब ३० को संख्यामा पेडियाट्रिक सर्जन उपलब्ध छन्, जुन अहिलेका लागि पर्याप्त नै हो । जशक्ति उपलब्ध भएर पनि नेपालीको पेडियाट्रिकसर्जनकहाँ जाने प्रचलन अभावले समस्या निम्त्याइरहेको छ ।

कतिपय अवस्थामा बच्चाको खाने नली र श्वासनली सँगसँगै हुन्छन् । त्यस्ता बच्चालाई पनि जतिसक्दो छिटो शल्यक्रियाको आवश्यकता पर्छ । विशेषगरी आमाको पेटमा रहेको वेला खासगरी पुरुष बच्चामा पिसाबको बाटोमा पर्दा हुने गर्छ । त्यसले बच्चाको मिर्गौलासम्म पनि असर पु¥याउने गर्छ । अलि ठूलो बच्चामा आन्द्राभित्र आन्द्रा छिर्ने गर्छ । त्यस अवस्थामा पनि छिटोभन्दा छिटो सर्जरीको आवश्यकता पर्छ ।
बच्चामा एपेन्डिसाइटिस हुँदैन भन्ने आमधारणा छ, जुन गलत हो । बच्चामा हुने एपेन्डिसाइटिस अन्यमा भन्दा बढी खतरापूर्ण हुन्छ । साना बच्चाले एपेन्डिसाइटिसका लक्षण थाहा पाउन नसक्ने भएका कारण पनि उनीहरूमा बढी जोखिम हुन्छ । यदि पेडियाट्रिक सर्जनले वेलैमा यसबारे जानकारी दिन सकेमा बच्चाको अकालमा हुने मृत्युलाई कम गर्न सकिन्छ ।
नेपालमा बच्चाको सर्जरीका लागि पिरियोडिक सर्जनकहाँ जाने चलन एकदमै कम छ । यस्तोमा सर्जरीको नतिजा राम्रो नआउन पनि सक्छ । हाल नेपालमा करिब ३० को संख्यामा पेडियाट्रिक सर्जन उपलब्ध छन्, जुन अहिलेका लागि पर्याप्त नै हो । जशक्ति उपलब्ध भएर पनि नेपालीको पेडियाट्रिक सर्जनकहाँ जाने प्रचलन अभावले समस्या निम्त्याइरहेको छ ।
१८ वर्षसम्मका बच्चाको सर्जरी पेडियाट्रिक सर्जनबाटै गराएमा त्यसले पछि हुन सक्ने समस्यालाई कम गर्छ । यसले सर्जरीपछिको नतिजा प्रभावकारी बनाउँछ । नेपालमा अनुभवी तथा दक्ष पेडियाट्रिक सर्जन उत्पादन भइसकेका छन् र अझै पनि उत्पादन हुनेक्रममा छन् । जनशक्ति मात्र नभएर यसमा नयाँ–नयाँ प्रविधिसमेत आइसकेका छन् । प्वाल पारेर सर्जरी गरिने ल्याप्रोस्कोपीलगायत विभिन्न नयाँ प्रविधि पनि नेपालमा आइसकेका छन् ।
करिब २५–३० वर्षअगाडि  पेडियाट्रिक सर्जरी गर्नका लागि विदेश जानुपर्ने अवस्था थियो भने अहिले त्यस्तो छैन । हाल सबैखाले पेडियाट्रिक सर्जरीको उपचार नेपालमै उपलब्ध छ ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

किन चाहिन्छ क्याल्सियम ?

आवश्यक मात्रामा क्याल्सियमको मात्रा नपुगेमा मानव शरीरमा त्यसका विभिन्न असर देखापर्न सक्छन् । आवश्यक मात्रामा क्याल्सियम नभएमा मानव शरीरमा हड्डीसम्बन्धी विभिन्न रोग देखापर्ने गर्छन् । हाडजोर्नीलाई मजबुत बनाउन तथा मुटु स्वस्थ राख्नसमेत मानव शरीरमा क्याल्सियमको आवश्यकता हुन्छ ।

क्याल्सियमको कमी भएमा हड्डीको मजबुतीमा समस्या पैदा हुन सक्छ, मुटु सञ्चालनमा समस्या आउन सक्छ । यसका साथै क्याल्सियमको कमीले सम्पूर्ण मानसिक विकासमा समस्या आउन सक्छ ।

शरीरको सम्पूर्ण चक्र सन्तुलित राख्न मानव शरीरमा क्याल्सियम आवश्यक छ । शरीरमा आवश्यक मात्रामा क्याल्सियम भएन भने स्मरणशक्तिमा समेत ह्रास आउन सक्छ । दूध, सागपात, गेडागुडी, माछामासुलगायत खानेकुरामा प्रशस्त मात्रामा क्याल्सियम पाउन सकिन्छ ।
क्याल्सियमको कमी भएमा हड्डीको मजबुतीमा समस्या पैदा हुन सक्छ, मुटु सञ्चालनमा समस्या आउन सक्छ । यसका साथै क्याल्सियमको कमीले सम्पूर्ण मानसिक विकासमा समस्या आउन सक्छ । मानिसले उमेरअनुसार फरक–फरक मात्रामा खानेकुरा खाएझैँ क्याल्सियम प्राप्तिमा पनि फरकपन पाउन सकिन्छ । मानिसले खाने स्वस्थकर खानाअनुसार नै उनीहरूले पाउने क्याल्सियमको मात्रा फरक पर्छ ।
क्याल्सियमको कमीले मानिसलाई रिकेट्स, ओस्टेमालासिया नामक रोगसमेत लाग्न सक्छ । भिटामिन डी तथा क्याल्सियमको कमी भएमा रिकेट्स रोग लाग्ने गर्छ । गर्भवती महिलालाई प्रशस्त मात्रामा क्याल्सियमको आवश्यकता पर्छ ।

प्राकृतिक संरचनाअनुसार पुरुषको तुलनामा महिलालाई क्याल्सियमको मात्रा बढी आवश्यक पर्छ । महिलाहरू महिनावारी हुँदा तथा गर्भावस्थामा समेत शारीरिक रूपमा कमजोर हुने भएकाले पुरुषको तुलनामा बढी क्याल्सियमको आवश्यकता पर्न गएको हो ।

भिटामिन डी र क्याल्सियमको एक–आपसमा अन्तरसम्बन्धित छन् । त्यसैले भिटामिन डी र क्याल्सियम सँगसँगै हुनु आवश्यक छ ।
क्याल्सियमको मात्रा कम भएमा सानो छँदा बच्चाको वृद्धि विकास कम हुने गर्छ । बच्चा त्यति सक्रिय नदेखिने, सानोतिनो चोटपटकका कारण पनि फ्याक्चरको समस्या आउनेलगायत समस्या देखापर्छन् । ठूलो भएपछि क्याल्सियमको मात्रा कम भएका ओस्टेमालासिया नामक रोग देखापर्ने गर्छ । साथै, क्याल्सियमको मात्रा शरीरमा कम भएका मानिसमा समकक्षीको तुलनामा छोटो समयमै थकित हुनेजस्ता समस्या देखापर्छन् । शारीरिक अस्वस्थताका कारण स्मरणशक्तिमा समेत कमी आउँछ । कतिपय बच्चामा क्याल्सियमको कमीले छारेरोगको समस्या पनि देखापर्न सक्छ ।
प्राकृतिक संरचनाअनुसार पुरुषको तुलनामा महिलालाई क्याल्सियमको मात्रा बढी आवश्यक पर्छ । महिलाहरू महिनावारी हुँदा तथा गर्भावस्थामा समेत शारीरिक रूपमा कमजोर हुने भएकाले पुरुषको तुलनामा बढी क्याल्सियमको आवश्यकता पर्न गएको हो । त्यसैगरी शारीरिक रूपमा बढी मिहिनेत गर्ने मानिसलाई कम परिश्रम गर्नेको तुलनामा बढी क्याल्सियम आवश्यक हुन्छ । साथै, महिनावारी रोकिएका महिलालाई अन्यको तुलनामा बढी क्याल्सियम आवश्यक हुन्छ ।
खानाको प्रकृतिअनुसार मानव शरीरमा क्याल्सियमको आपूर्ति निर्धारण हुने गर्छ । तयारी खाना खाने मानिसको तुलनामा घरको खाना खानेले बढी मात्रामा क्याल्सियम पाउन सक्छन् । खाना खाने शैलीमा पनि क्याल्सियमको आपूर्ति निर्भर हुन्छ ।
गाउँघरमा स्थानीयस्तरमा उपलब्ध खानेकुरालाई नै मिलाएर खान सकेको अवस्थामा प्रशस्त मात्रामा क्याल्सियम पाउन सकिन्छ । घरबाहिर पनि मैदाबाट बनेको खानेकुरा खानुभन्दा दूध तथा क्याल्सियम पाइने खानेकुरा खाएमा क्याल्सियम पाउन सकिन्छ ।
नेपालमा अझै पनि मानिसको खाना खाने परिपाटीमा परिवर्तन नआएकाले क्याल्सियमका कारण लाग्ने रोग अझै पनि देखापरि नै रहेका छन् । वयष्कमा भन्दा पनि खासगरी बालबालिकामा क्याल्सियमको कमीले लाग्ने रोग बढी देखिएका छन् ।

(डा. शर्मा कान्ति बाल अस्पतालमा पोषणविद्का रुपमा कार्यरत छन्)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कान्तिमा इमर्जेन्सीबाटै ओपिडी, आकस्मिक सेवा सुस्त, गम्भीर बिरामी पनि लाइनमा

महाराजगन्जस्थित कान्ति बाल अस्पतालले अपराह्न १ बजेपछि इमर्जेन्सी वार्डबाटै ओपिडी सेवा दिने गरेको छ । ओपिडी सेवा बन्द भएपछि अस्पतालले इमर्जेन्सीबाटै सबैखाले बिरामीलाई दिने गरेको अस्पतालका निर्देशक डा. गणेश राई बताउँछन् ।

‘अस्पतालको इमर्जेन्सी सेवा नै ओपिडीजस्तो छ । ओपिडी समय सकिएपछि रुघाखोकीका सामान्य बिरामीदेखि जोखिमयुक्त रोगका बिरामीको समेत जाँच इमर्जेन्सी वार्डमा हुने गरेको छ,’ इमर्जेन्सी केसका बिरामीले पनि पालो कुरेर लाइनमा बस्नुपर्दा समयमा उपचार नपाएको सेवाग्राहीको गुनासोप्रति डा. राई भन्छन्, ‘हामी कुनै पनि समय जाँचका लागि आएका बिरामीलाई फर्काउँदैनौँ र हामीकहाँ अन्यत्र जस्तो कोटा सिस्टम छैन । सामान्यदेखि जटिलखाले सबै आएजति बिरामीलाई लिने भएकाले इमर्जेन्सीमा लाइन हुनु स्वाभाविकै हो ।’ उनका अनुसार कान्तिमा आउने कुल बिरामीको ४० प्रतिशत इमर्जेन्सीबाट र ६० प्रतिशत ओपिडीबाट आउने गरेका छन् ।

कान्तिको इमर्जेन्सीमा लाइन बस्नुपर्ने गुनासो सेवाग्राहीको छ । सिरियस बिरामीले पनि लाइनमा बस्नुपरेको विषयलाई लिएर अस्पताल र सेवाग्राहीबीच समय–समयमा असमझदारी बढेका घटना बाहिरिने गरेका छन् । केही समयअघि मात्र इमर्जेन्सीमा ल्याइएको सिरियस बिरामीलाई लाइनमा राखेको विषयलाई लिएर बिरामीका आफन्तले चिकित्सकमाथि हातपात गरेको घटनाले चर्चा पाएको थियो ।

 ‘इमर्जेन्सीमा एकजना डाक्टर नियमित उपस्थित हुन्छ, थप आवश्यक परेमा उसैले खबर गर्छ । खबर गरेलगत्तै आवश्यक मात्रामा डाक्टर तथा नर्स उपलब्ध हुन्छन् ।’

इमर्जेन्सीमा नियमित यति नै डाक्टर रहनुपर्ने भनी निश्चित कोटा निर्धारण गरिएको छैन । कम्तीमा एकजना अनिवार्य उपस्थित हुने र आवश्यकताअनुसार अन्य वार्डबाट जतिसुकै वेला थप डाक्टर उपलब्ध हुने व्यवस्था गरिएको निर्देशक राई बताउँछन् । उनी भन्छन्, ‘इमर्जेन्सीमा एकजना डाक्टर नियमित उपस्थित हुन्छ, थप आवश्यक परेमा उसैले खबर गर्छ । खबर गरेलगत्तै आवश्यक मात्रामा डाक्टर तथा नर्स उपलब्ध हुन्छन् ।’

अस्पतालमा चैत–वैशाख महिनादेखि इमर्जेन्सीमा बिरामीको चाप बढ्ने गरेको इमर्जेन्सी वार्डकी नर्सिङ इन्चार्ज अन्नपूर्ण मल्ल बताउँछिन् । उनका अनुसार इमर्जेन्सीमा दैनिक ८० देखि ९० को संख्यामा बिरामी आउने गरेका छन् । इमर्जेन्सीकक्षमा कार्यरत कर्मचारीको संख्या नबढेको तर पछिल्लो एक–डेढ वर्षमा बिरामीको चाप भने बढ्दै गएको मल्लको अनुभव छ ।

उनका अनुसार इमर्जेन्सी वार्डमा हाल ९ जना नर्स र एकजना मात्र डाक्टर कार्यरत छन् । २४ घण्टामा औसत ९० बिरामीका लागि एकजना मात्र डाक्टर अपर्याप्त रहेकाले लाइन बस्नुपरेको उनको बुझाइ छ । ‘ओपिडीका कतिपय बिरामी ओपिडी बन्द भएपछि इमर्जेन्सीमा आउँछन् । एकजना डाक्टरले इमर्जेन्सी र ओपिडी दुवैको भार थेग्न नसकेकाले इमर्जेन्सीमा लाइन बस्नुपरेको हो,’ उनी भन्छिन् । १ बजेसम्म ओपिडी खुला रहने हुँदा इमर्जेन्सीमा लाइन हुँदैन । कतिपयलाई ओपिडी बन्द भएको ज्ञान नहुने तथा थाहा हुनेहरू पनि कान्तिमा इमर्जेन्सीमा सेवा लिन पाइन्छ भन्दै आउने भएकाले पनि समस्या हुने गरेको छ ।

अस्पतालको इमर्जेन्सी वार्डमा १३ वटा बेड रहेको र बिरामीको चाप बढेको समयमा एउटै बेडमा ४–५ जनासम्म बिरामी सुताउनुपर्ने अवस्थासमेत आउने गरेको इन्चार्ज मल्ल बताउँछिन् ।

दसैँ–तिहारको समयमा सामान्यतया बिरामीको चाप कम हुने समयमा पनि कान्तिमा दैनिक औसत ६० जना बिरामी आउने गरेको उनी बताउँछिन् । यो संख्या रजिस्टर गरिएका बिरामीको हो । सबै बिरामीको रजिस्टर गरिएको हुँदैन । रिप लगाउनुपर्ने तथा इन्जेक्सन लगाउनुपर्ने बिरामीको मात्रै रजिस्टार गर्ने गरिन्छ ।

अस्पतालको इमर्जेन्सी वार्डमा १३ वटा बेड रहेको र बिरामीको चाप बढेको समयमा एउटै बेडमा ४–५ जनासम्म बिरामी सुताउनुपर्ने अवस्थासमेत आउने गरेको इन्चार्ज मल्ल बताउँछिन् । सरकारी अस्पतालमा त्यो पनि इमर्जेन्सीमा आएका बिरामीलाई बेड संख्या अपर्याप्त भए पनि लिनुपर्ने हुन्छ । अत्यन्तै जोखिम केस तथा आइसियूमा राख्नुपर्ने केस भएमा त्यस्तालाई माथि (सम्बन्धित वार्डमा) रेफर गरिने मल्ल बताउँछिन् ।

इमर्जेन्सीमा एक सिफ्टमा ३ जना नर्स कार्यरत हुन्छन् । बिरामीको चाप बढेको समयका लागि यो संख्या अत्यन्तै कम रहेको उनको भनाइ छ । बिरामीको राम्रो हेरचाह र गुणस्तरीय सेवाका लागि साधन–स्रोतसँगै जनशक्तिसमेत बढाउनुपर्ने उनको तर्क छ । कान्तिमा बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म उपलब्ध ओपिडी सेवाका लागि भने दैनिक सयदेखि १ सय ५० को हाराहारीमा बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

‘बाल क्यान्सरसम्बन्धी सबै उपचार नेपालमै हुन्छ’

 

क्यान्सर रोग निको हँुदैन भनिन्छ नि ?
यो गलत धारणा हो । अस्पताल आएका बिरामीमध्ये हामीले धेरैलाई उपचार गरेर पठाएको छौँ । ७०–७५ प्रतिशत क्यान्सरका बिरामी कान्ति अस्पतालबाट निको भएर गएका छन् । चौथो स्टेजका बिरामीलाई पनि हामीले निको बनाएर पठाएका छौँ ।

बालक्यान्सर धेरैजसो कति वर्षका बालबालिकालाई लाग्ने गर्छ ?
हामी १४ वर्षसम्मका बालबालिकालाई लिने गर्छौं । नेपालको संविधानअनुसार भोटिङ राइटको उमेर (बालिग) नहोउन्जेल बालबालिका भन्नुपर्ने हुन्छ । सबैभन्दा बढी भने १४ वर्षसम्मका बच्चालाई नै लाग्ने गर्छ । भर्खरै जन्मेको बच्चालाई पनि लाग्छ । २ जन्मदेखि नै क्यान्सर भएको २ महिनाको बच्चाको अहिले यहीँ उपचार हुँदै छ । ३० महिनाको बच्चालाई क्यान्सर भएर ल्याएका पनि छन् । यहाँ धेरैजसो १६ वर्षका पनि आउँछन् । लगातार ३ वर्षसम्म फलो अपमा आइरहन्छन्, हामीले निको बनाएर पठाएका छौँ ।

क्यान्सर लाग्ने कारण के हो ?
क्यान्सर यस्तो रोग हो, जुन हाम्रो शरीरको आकार, तौल, उचाइ, आँखा र कपालको रङ र शरीरका अंगहरूका कामलाई निर्दिष्ट गर्ने हाम्रो शरीरका विभिन्न अंगका कोषहरूमा क्रोमोजोम हुन्छन् । त्यसभित्र पनि जिन हुन्छ र त्यसको समूहमा पनि जिन हुन्छ । त्यो जिन र जिनको समूहले सही निर्देशन दियो भने सही तरिकाको कोष बन्न थाल्छ । कोषहरूको पनि आफ्नो उमेर हुन्छ, यति दिन बाँच्ने भन्ने निश्चित आयु हुन्छ । त्यो अवधि सकिएपछि कोषहरू मर्छन् । त्यो निर्दिष्ट गर्ने कामचाहिँ जिन र जिनको समूहले गर्छ । कथंकदाचित् कुनै कारणले यी जिन वा जिनको समूहमा चोट पुग्न गएमा अथवा क्रोमोजोममा चोट पुग्न गयो भने क्रोमोजोमको टुक्रा अर्कोमा गयो वा टाँसिन गयो वा बिलाएर गयो भने यी क्रोमोजोम, जिन वा जिनको समूहले दिने निर्देशन गलत हुन्छ ।

धेरैजसो क्यान्सर वंशजमा जाँदैन । एउटा पुस्तामा जान्छ तर अर्को पुस्तामा क्यान्सर जाने धेरै कम हुन्छ । तर, यदि कुनै चोट लागेको रहेछ भने जिन वा जिनको समूह वा क्रोमोजोममा चोट पुगेको हुन सक्छ र त्यस्ता चोटहरू वंशजमा जान्छन् ।

रगतमा तीनथरीका रक्तकोष हुन्छन्– रातो रक्तकोष, सेतो रक्तकोष, प्लेटलेट्स रक्तकोष । यदि जिनको समूहले रक्तकोष वयष्क हुन नपाउँदै सानो उमेरमै अड्काइदिएर रक्तकोषहरूको संख्या अनियन्त्रित रूपमा बढ्न गयो वा रक्तकोषहरू समयमा मरेनन् भने पनि तिनको संख्या बढ्दै जान्छ र तिनीहरूले शरीरभरि ढाक्छन् । जुन–जुन अंगमा ढाक्छन् र त्यो अंगलाई काम गर्न दिँदैनन्, मुख्य क्यान्सरको असर नै यही हो । प्रमुखचाहिँ जिन वा जिनको समूह वा क्रोमोजोममा चोटका कारण क्यान्सर विकसित हुन्छ । यो चोट पुर्याउने तत्व विभिन्न हुन्छन् । जस्तै, प्रदूषित वातावरण, कीटनाशक औषधिको अत्यधिक प्रयोग, औषधिको अत्यधिक प्रयोग, खानेकुरा वा फलफुलमा रासायनिक पदार्थको प्रयोग, यी सबै केमिकल हुन्, यिनीहरूले भित्र गएर हाम्रो शरीरको कोषमा भएका क्रोमोजोम, जिन वा जिनको समूहलाई चोट पुर्याउँछन् । यसले गर्दा यी जिन वा क्रोमोजोमले राम्ररी काम गर्न सक्दैनन् । यिनीहरूले दिएको निर्देशन गलत हुन्छ । गलतखालका कोषहरू उत्पन्न हुन थाल्छन् । अनियन्त्रित रूपमा यी कोषको संख्या बढ्न थाल्छन् र सानै उमेरमा यिनीहरू अड्केका हुन्छन् र वयष्कका रूपमा काम गर्ने हुँदैनन् । यिनीहरूले क्षमताअनुसार काम गर्न सक्दैनन् । त्यसले गर्दा बिस्तारै–बिस्तारै सबै अङ्गहरूलाई ढाकेर मल्टी अङ्ग फेलियर हुन्छन् । मल्टी अर्गान फेलियर भएर बिरामी बित्छन् । ठाउँ–ठाउँबाट मल्टी अर्गन फेलियर भएर रक्तस्राव हुन्छ वा विभिन्नखालको संक्रमण भएर बिरामीको मृत्यु हुन्छ ।

जन्मँदैको बच्चालाई आमाको जिनको कारणले क्यान्सर लाग्छ कि पछि बच्चाको जिन विकास भएर ?
धेरैजसो क्यान्सर वंशजमा जाँदैन । एउटा पुस्तामा जान्छ तर अर्को पुस्तामा क्यान्सर जाने धेरै कम हुन्छ । तर, यदि कुनै चोट लागेको रहेछ भने जिन वा जिनको समूह वा क्रोमोजोममा चोट पुगेको हुन सक्छ र त्यस्ता चोटहरू वंशजमा जान्छन् । कुनै–कुनै क्यान्सर भने केही हदसम्म वंशजमा जान्छन् । जस्तै, मांसपेशीको क्यान्सर, आन्द्राका क्यान्सरहरू, हड्डीका क्यान्सरहरू, ब्रेनका क्यान्सरजस्ता एउटै समूहका कतिपय क्यान्सरहरू वंशजमा जाने हुन्छन् । धेरैजसो क्यान्सर वंशजमा जाँदैनन् । आमालाई क्यान्सर भयो भन्दैमा बच्चालाई क्यान्सर हुँदैन । तर, आमाको बिग्रेको जिन भने केही हदसम्म बच्चामा जाने गर्छ । तर, बच्चाको शरीर यदि विद्वान् छ कि उसले नराम्रोखालको जिनलाई छानेर मात्र लिने गर्छ । जिनमा पुगेको चोटलाई शरीरले आफैँ मर्मत गर्न सक्छ । मर्मत गर्ने हुनाले क्यान्सर विकासित हुन एकदम गाह्रो हुन्छ । क्यान्सर हुनका लागि कुनै–कुनै क्यान्सरमा करिब १६–१७ पटक चोट पुगेको हुनुपर्छ । कुनै–कुनैमा ५०औँपटक चोट पुगेपछि मात्र क्यान्सर हुन्छ । विभिन्न रासायनिक तत्व, औषधि, विकिरणले पनि, जिन वा जिनको समूह वा क्रोमोजोममा चोट पुर्याउन सक्छ, त्यसका कारणले मात्र क्यान्सर विकसित हुन्छ । जस्तै, हिरोसिमा, इचिनेबोलमा चाहिँ अटोमिक प्लानमा दुर्घटना भयो, जसले अहिलेसम्म पनि पुस्तौँपुस्तासम्म क्यान्सर देखिएको छ । त्यो किन भने, त्यहाँ जिनमा ठूलो चोट परेका कारण यस्तो भएको हो र वंशजमा गएका कारण समस्या भएको हो ।

आमाको जिनको कारणले बच्चामा जिन सरेर क्यान्सर लाग्छ कि लाग्दैन ?
कुनै–कुनै क्यान्सरको हकमा, यदि आमाले धेरै मात्रामा एक्स रे गरेको, विकिरणमा एक्सपोज भएको, रासायनिक पदार्थ, गर्भावस्थामा विभिन्नखाले औषधिको प्रयोग, कीटनाशक औषधि भएको खानेकुरा वा रासायनिक पदार्थको प्रयोग गरेका खानेकुरा बढी प्रयोग गरेमा पनि जिनहरूमा चोट पुगेको रहेछ भने आमाको शरीरको जिनले पनि मर्मत त गर्छ, तर सबै मर्मत गर्न नसक्दा केही हदसम्म बच्चाको शरीरमा जान्छ । तर, बच्चाको शरीरले पनि मर्मत गरिरहेको हुन्छ । जिनमा एकपटक मात्र चोट पुर्याएर मात्र क्यान्सर हुँदैन, बारम्बार चोट पुर्याएको हुनुपर्छ, १५–२० पटक चोट पुर्याएपछि बल्ल त्यो जिन थकित भएर आफूले मर्मत गर्न नसकेपछि गलतखालको सेल बनाउन थाल्छ ।

बालबालिकालाई कस्तो प्रकारका क्यान्सर लाग्ने गर्छन् ?
बालबालिकामा धेरैजसो लाग्ने भनेको ब्लड क्यान्सर नै हो, जसलाई हामी ल्युकिमियाज भन्ने गर्छौैैं । त्यसमा पनि अकिटल्मफोप्लास्टिक ल्युकिमियाज भएको बढी भेटिएको छ । ब्लड क्यान्सरमा एएलएलएएमएल किटइम्फोलिया, किटमाइलोफिया, बोर्न अफ सफ्टट्युमर क्यान्सर र्यापदोयुमा सरकुमा, इयु सर्कुमा, हड्डीको क्यान्सर, ओस्टिक सार्कुमा, मिर्गौलाको क्यान्सर, रिनल ट्युमर, कलेजोको क्यान्सर, लिभरको ट्युमर, आर्सिनोमा भन्ने क्यान्सर हुन्छन् । हिजोआजचाहिँ ब्रेन ट्युमर पनि बढी मात्रामा देखिने गरेको छ । मेजोलुस्टायामा ट्युमर, ग्यालोमाजको ट्युमर, जमसेल ट्युमर, ब्रेनमा हुने, एपेनडायोमा हुने वा सबैभन्दा बढी युकेमेजिया हुन्छ, त्यसपछि सिएस ट्युमर र बोन एन्ड सप्सिट्युमर र लिम्फोमाज, युन एन लिम्फोमाज, वेस्टी सारमाफाओ, लिबर ट्युमरको क्यान्सर र किड्नीको क्यान्सर नै बढी मात्रामा देखिने गर्छन् ।

साधारणतया हाम्रो शरीरमा ४००० देखि ११००० सम्म सेतो रक्तकोष हुनुपर्नेमा रोगीमा ४० हजार, २ लाख, ९ लाखसम्म मैले देखेको छु । १ मिलिलिटरमा ९ लाख सेतो रक्तकोष पनि देखेको पनि छु ।

ल्युकिमियाज भनेको कस्तो क्यान्सर हो ?
यो सेतो रक्तकोषको क्यान्सर हो । जिन वा जिनको समूहलाई चोट पुग्न गएपछि तिनीहरूद्वारा र्निदिष्ट सेतो रक्तकोषहरू बढ्न पाएनन् र सानै उमेरमा अड्के भने अनियन्त्रित भएर एकदमै विकराल रूपमा उनीहरूको संख्या बढ्न जान्छ । समयमा मर्नुपर्ने यी रक्तकोषहरू मरेनन् भने सानै उमेरमा त्यहीँ अड्केर बस्छन् र अनियन्त्रित रूपमा बढ्न थाल्छन् । साधारणतया हाम्रो शरीरमा ४००० देखि ११००० सम्म सेतो रक्तकोष हुनुपर्नेमा रोगीमा ४० हजार, २ लाख, ९ लाखसम्म मैले देखेको छु । १ मिलिलिटरमा ९ लाख सेतो रक्तकोष पनि देखेको पनि छु । त्यसो हुँदा के हुन्छ भने, रगत त तरलपदार्थ हो नि, बग्नु पर्यो नि ! यति धेरै रक्तकोष भएपछि रगत बाक्लो हुन्छ र अलकत्रा बगेजस्तो गरी बग्न थाल्छ, बिस्तारै बग्छ । रगत जताततै जाने भएकाले सबै अंगलाई असर पार्छ, ब्रेनमा पनि जान सक्छ । ब्रेनमा गयो भने टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, काँप्ने, कहिलेकाहीँ खुट्टा नचल्ने पनि हुन्छ ।

कहिलेकाहीँ बच्चाको ज्यानै पनि जान सक्छ । रगत रोकिँदै बिस्तारै बग्ने भएकाले रक्तनली पनि फुट्छ, फुट्दा ठाउँ–ठाउँमा रगत बग्ने गर्छ । नाकबाट रगत जान सक्छ, छालाबाट पनि रगत जान सक्छ । दिसा–पिसाबमा रगत जान सक्छ । अरू भित्री अङगबाट रगत बग्न सक्छ । अनियन्त्रित रूपमा रगत बढेका कारण फोक्सोमा फैलियो भने निमोनिया हुने, खोकी लाग्ने हुन्छ र डाक्टरले एन्टिबायोटिक दिन्छन् । फेरि हनहन्ती ज्वरो आउँछ । धेरैपटक ज्वरो आउने, रगत कम भएर जाने, ठाउँठाउँबाट रगत बग्ने, बच्चा एकदम आलस्य हुने, तौल घटेर जाने, शरीरका विभिन्न ठाउँमा गिर्खा आउने, आँखा कम देख्ने, आँखामा सेता दागहरू देखिने, आँखा सुन्निएर आउने, पेट दुख्ने, पेटमा मांसपेशीमा डल्लाहरू आउने, साधारणतया नर्मल व्यक्ति १–२ दिनमा व्यक्ति हिँड्दा लरबराएर हिँड्ने, बेहोस हुने, काम्ने, जहिल्यै ज्वरो आइरहने, शरीर सेतो भएर जानेजस्ता लक्षणहरू देखियो भने हामी तुरुन्त डक्टरकोमा जानुपर्छ ।

ब्लड क्यान्सरको हकमा चाहिँ सेतो रक्तकोष वयष्क भएका हुँदैनन् र अनगिन्ती संख्या बढेकाले राम्ररी काम गर्न सक्दैनन् ।

सेतो रक्तकोषको क्यान्सर शरीरभरि फैलने हुन्छ र बोनम्यारोको रातो रक्तकोष, सेतो रक्तकोष, प्लेटलेट्स रक्तकोष बढाउने हो भने रातो रक्तकोषले अक्सिजनलाई विभिन्न भागमा लैजान्छ । प्लेटलेट्सले शरीरमा कहीँ पनि रगत बग्न नदिएर रगत जमाउने काम गर्छ भने प्लेटलेट्सको रातो रक्तकोष कम भयो भने शरीर सेतो भएर जान्छ । शरीरका विभिन्न भागमा अक्सिजन पुर्याउन सक्दैन । प्लेटलेट्सको कमी मात्र भयो भने पनि ठाउँ–ठाउँबाट रगत बग्न थाल्छ । राता–राता छिर्का आउने, बोक्सीले चुसेको भन्छौँ नि हामी, निला निला डामहरू आउने, नाकबाट रगत जाने, दिसा–पिसाबमा रगत जाने र भित्री अंगमा रगत बग्ने हुन्छ । सेतो रक्तकोष हाम्रो शरीरका सिपाही हुन् । शरीरमा पसेको जुनसुकै रोगविरुद्ध लड्ने काम सेतो रक्तकोषले गर्छ । तर, ब्लड क्यान्सरको हकमा चाहिँ सेतो रक्तकोष वयष्क भएका हुँदैनन् र अनगिन्ती संख्या बढेकाले राम्ररी काम गर्न सक्दैनन् । बोनम्यारोमा पनि फैलिएर बोनम्यारोलाई राम्रोखालको रक्तकोष बनाउन दिँदैनन्, आफू पनि रोगसँग लड्न सक्दैनन्, जसका कारण बालबालिकामा जहिले पनि ज्वरो आइरहने, खोकी लाग्ने, निमोनिया, पिसाबको असर, मेनेन्जाइटिस, इन्सेफलाइटिस हुने लगायत विभिन्नखालका संक्रामक रोग लागिरहने हुन्छ ।

ठूला मान्छेले चुरोट, ड्रग्स, अल्कोहल बढी मात्रामा प्रयोग गर्छन्, यी सबै केमिकल हुन्, जसले नजिकै बस्ने बच्चालाई असर गर्छ । बच्चा छेउमा बसेको हुन्छ, चुरोटको धुवाँ उँडाइरहेको हुन्छ, झन् बच्चाको मुखमै फुकिरहेको हुन्छ नि, यो प्यासिभ स्मोकिङ एकदमै भयानक हो ।

बच्चालाई रोग लाग्न नदिन आमा कत्तिको सचेत हुनुपर्छ ?
एकदमै, सचेत के अर्थमा हुनुपर्छ भने आमाले गर्भावस्थामा प्रदूषित खानेकुरा खानुभएन । रासायनिक पदार्थ तथा कीटनाशक औषधिको प्रयोग भएका फलफूल, तरकारी, खाद्यान्न तथा अन्य मिसावटयुक्त पदार्थ खानु भएन । विकिरणहरूमा आफूलाई बढी एक्सपोज गर्नुभएन, धेरै मात्रामा एक्स–रे, सिटी स्क्यान गर्नुभएन । फ्याक्ट्री भएका स्थानबाट हानिकारक पदार्थ निस्कने भएकाले त्यस्ता ठाउँबाट सदा टाढा बस्नुपर्छ । फ्याक्ट्रीबाट विकिरणहरू पैदा भइरहेका हुन्छन् जसले जिन र क्रोमोजोमलाई असर पार्छ । बढी मात्रामा औषधि पनि खानुभएन । औषधि रासायनिक तत्व हुन्, जसले केही मात्रामा रोग निको पारे पनि साइड इफेक्ट गरिरहेका हुन्छन् र जिनलाई चोट पुर्याउँछन् । जिनमा चोट पुग्यो भने बच्चालाई सर्न सक्छ । रासायनिक पदार्थ पनि भ्रूण अवस्थामा भएको बच्चाको शरीरमा पनि जान्छ जिनमा चोट पुगेपछि बच्चालाई क्यान्सर हुन जान्छ ।
ठूला मान्छेले चुरोट, ड्रग्स, अल्कोहल बढी मात्रामा प्रयोग गर्छन्, यी सबै केमिकल हुन्, जसले नजिकै बस्ने बच्चालाई असर गर्छ । बच्चा छेउमा बसेको हुन्छ, चुरोटको धुवाँ उँडाइरहेको हुन्छ, झन् बच्चाको मुखमै फुकिरहेको हुन्छ नि, यो प्यासिभ स्मोकिङ एकदमै भयानक हो । बरु एक्टिभ स्मोकिङ गर्दा अलिअलि छानिएर केही मात्रामा फोक्सोमा जान्छ, फोक्सोको क्यान्सर विकसित भएर जान्छ । तर, बच्चानजिकै बसेर चुरोट खाँदा, मुखबाट नराम्रोखालको विषालु तत्वहरू निस्कन्छन्, त्यसले बच्चालाई नराम्रो चोट पुर्याउँछ । अल्कोहलपान गर्नेको श्रीमतीको शरीरमा पनि चोट लागिरहेको हुन्छ र क्रोमोजोममा चोट पुगिरहेको हुन्छ र त्यही अल्कोहल बच्चामा पनि गइरहेको हुन्छ । त्यो रासायनिक तत्वले बच्चाको शरीरमा जिन वा जिनको समूह वा क्रोमोजोममा चोट पुर्याएको हुन्छ । त्यसबाट पनि बच्चामा क्यान्सर विकसित हुन सक्छ ।

कान्ति बाल अस्पतालमा बालक्यान्सरको उपचार कत्तिको सम्भव छ ?
कान्ति बाल अस्पतालमा हामी ब्लड क्यान्सरदेखि ब्रेन ट्युमरसम्म सबैको उपचार गर्छौं । धेरैजसो क्यान्सरको उपचारमा हामी सफल नै छौँ । हामीले उपचार गर्दा धेरैजसो बच्चालाई निको भएको छ । यहाँ हामी क्यान्सरको उपचारका क्रममा औषधि वा केमोथेरापी मात्र उपचारको विकल्प होइन, यसमा मल्टिमोडालिटी उपचार गनुपर्छ भन्छौँ । यसमा हामीलाई सबैको सहयोग चाहिन्छ । सर्जनको पनि सहयोग चाहिन्छ, निश्चित अवधिमा अप्रेसन गर्नुपर्ने हुन्छ । अर्कोचाहिँ रेडियोथेरापी भन्छौँ हामीले, विकिरणले बाँकी रहेको ट्युमरलाई पगाल्ने, त्यो पनि दिनुपर्ने हुन्छ । अरू विषयका डाक्टर पनि आवश्यक पर्छ, जस्तो मुटुको उपचार गर्नुपर्ने हुन्छ अथवा यसले डायबिटिज विकास गर्न सक्छ ।

एन्ड्रोकोनोलोजिस्ट पनि चाहिन सक्छ, फोक्सो, मिर्गौलालगायतमा पनि असर पार्न सक्छ । यी सबै विषयका डक्टरसँग हामीले समन्वय गर्नुपर्छ । नर्सिङ स्टाफ त झन् महत्वपूर्ण हुन्छ । हामीले औषधि लेखिदिन्छौँ, मुख्य २४ घण्टा बस्ने भनेको त नर्सहरू नै हो । साधारणतया बच्चामा क्यान्सरको उपचार नै मुख्य उपचार हो । उपचारका क्रममा औषधिको साइड इफेक्टका कारण होस् वा बच्चा कमजोर भएर होस्, बच्चामा देखापर्ने अरू समस्यालाई नियन्त्रित गर्न हामीले विभिन्नखाले अन्य उपचार गर्नुपर्ने हुन्छ । एउटाचाहिँ मल्टिमोडालिटी हुन्छ, किमोथेरापी, रेडियोथेरापी सर्जरी, यी तीनैखाले हुन्छन् । कुनैमा केमोथेरापी मात्र दिए पुग्छ भने कुनैमा यी तीनैवटा मोडालिटी प्रयोग गर्नुपर्ने हुन्छ । हामीकहाँ बढी कुपोषणबाट प्रभावित भएर आएको पाइएको छ । धेरैजसो तौल कम भएका बालबालिका आउने गर्छन् । उनीहरूको रोगहरूसँग लड्ने क्षमता कम हुन्छ । त्यसमाथि अझ ब्लड क्यान्सर भयो भने त सेतो रक्तकोषहरूले रोगसँग लड्ने क्षमता न्यून हुन्छ । त्यसले गर्दा बालबालिकामा संक्रमक बढी देखिन्छ । संक्रमक भनेको चाहे जीवाणुले होस् वा कीटाणुले, झ्याउहरूले होस् वा प्रोटोजोवाले, उनीहरूमा एचआइभी हुन सक्छ । मलेरिया, निमोनिया, झाडापखाला, पिसाब इन्फिक्सेन, ब्रेनको इन्फिेक्सन तथा अरूखालका नसर्ने रोगहरू (डायबिटिज, मिर्गौलाको रोगलगायत) हुन सक्छन् । रेनल फेलियरमा जान सक्छन्, टनी गेलियर फेलियर पनि भन्छौँ हामी, यी सब बालबालिकामा क्यान्सरको उपचारका क्रममा हुन सक्छन् ।

क्यान्सरका स्टेजबारे केही बताइदिनुस् न ?
सामान्यतया ब्लड क्यान्सरमा स्टेज भन्ने हुँदैन । ब्लड जताततै फैलने भएकाले सुरुमै क्यान्सर फैलिसकेको हुन्छ । तर, अरू सलिड ट्युमरहरू ब्रेन ट्युमर, मांसपेशीको ट्युमर, हड्डी, कलेजो, मिर्गौला, लिम्फोमाजलगायतको ट्युमर, यिनीहरूलाई चाहिँ हामी स्टेजिङ गर्छौं । स्टेजिङ भनेको के हो भने जुन ठाउँमा क्यान्सर भयो, त्यहीँ ठाउँमा छ भने त्यो पहिलो स्टेजको क्यान्सर हो । नजिकका लिम्फुडहरूमा फैलियो भने त्यसलाई दोस्रो स्टेज भनिन्छ । अलिक टाढा, लिम्फोमाको हकमा छाती र पेटको बीच भागमा डायफ्रान भन्ने एउटा झिल्ली हुन्छ, त्यसको दुईतिर फैलियो भने त्यसलाई तेस्रो स्टेज भनिन्छ । टाढा–टाढासम्म फैलिएको, जस्तो कि ब्रेनमा फैलिएको होस् अथवा बोनम्यारोमा जहाँबाट रगत बनेको हुुन्छ, अथवा खुट्टाको क्यान्सर छाती वा फोक्सोमा फैलिएको होस्, यस्तो अवस्थालाई चौथो स्टेज भनिन्छ । कुनै–कुनै क्यान्सरमा हामी पाँचौँ स्टेजको क्यान्सर पनि भन्छौँ, जस्तै ः दुईवटै मिर्गौलामा क्यान्सर भयो भने त्यसलाई पाँचौँ स्टेजको क्यान्सर भनिन्छ । अरू क्यान्सरको हकमा भने चौथो स्टेजको क्यान्सर नै लास्ट हो । क्यान्सर चौथो स्टेजमा पुगेकालाई बचाउन अलिक गाह्रो नै पर्छ । तर, कतिपय अवस्थामा हामीले निको बनाएर पनि पठाएका छौँ । पहिलो स्टेज र दोस्रो स्टेजको क्यान्सर निको पार्न सजिलो हुन्छ । हामीले एकदम हल्का केमोथेरापी दिएर, सर्जरी गरेर वा आवश्यक परेमा रेडियोथेरापी दिएर निको पार्न सकिन्छ । तेस्रो र चौथो स्टेजको क्यान्सर भने एकदम गाह्रो हुन्छ । औषधि पनि एकदम कडा–कडा प्रयोग गर्नुपर्ने हुन्छ । त्यसको साइड इफेक्ट पनि कडा हुन्छ र बच्चा बाँच्ने सम्भावना पनि कम हुन्छ । चौथो स्टेजको क्यान्सर भएका बालबालिका २५ प्रतिशत बाँच्ने सम्भावना हुन्छ ।

क्यान्सर हुने कारण धेरैजसो, ब्लड क्यान्सरको कुरा गर्ने हो भने अथवा स्टिम सेल, ल्युकिमेनस सेल्सको कुरा गर्ने हो भने पनि यिनीहरू विकृत भएका हुन्छन्, अनि जिन वा क्रोमोजोमको समूहमा चोट पुग्न गयो भने स्टिम सेलहरू डिफ्रेन्सियट हुन सकेनन् ।

पाँचौँ स्टेजको क्यान्सर निको हुने सम्भावना कत्तिको हुन्छ ?
पाँचौँ स्टेजको पनि निको भएको छ । हामीले उपचार गरेका थियौँ । केमोथेरापी दिएका थियौँ । एकजना सर्जन डक्टर हुनुहुन्थ्यो रामनन्दन चौधरी, उहाँले अप्रेसन गर्नुभयो, फेरि मैले औषधि दिएँ, उसलाई केमोथेरापी पनि दियौँ । त्यो धनगढीको बच्चा थियो, २ वर्षको । उसको पाँचौँ स्टेजको क्यान्सर निको भएको थियो र ऊ अहिले स्कुल गइरहेको छ । मानिसको धारणा मात्र गलत हो, धेरैजसो क्यान्सर निको हुन्छन् । हामीकहाँ समयमा आयो भने निको बनाएर पठाउँछौँ । तर, सबैले मिहिनेत गर्नुपर्छ, विशेषगरी आमाबाबुले मज्जाले मिहिनेत गर्नुपर्छ । बच्चाले औषधि खाएन भनेर हामीलाई भनेर त काम लाग्दैन । औषधि खाएको खण्डमा बच्चा तन्दुरुस्त हुन्छ र बच्चालाई रोगसँग लड्ने क्षमता पनि प्राप्त हुन्छ । उपचारमा आमाबुबाको सहयोग भयो भने अवश्य हामी बचाउन सक्छौँ, निको भएर जान्छ ।

कान्ति बाल अस्पतालमा कुन स्टेजको क्यान्सर लिएर बढी बिरामी आउँछन् ?
धेरैजसो दोस्रो र तेस्रो स्टेजका बिरामी आउँछन् । कुनै–कुनै मात्र अलिक छिटो आउँछन् । प्रायः दोस्रो र तेस्रो स्टेजमा आउँछन् । सबैभन्दा बढीचाहिँ तेस्रो स्टेजका आउँछन् । चौथो स्टेजमा पुगेर त कम बिरामी आउने हुन्छन्, लगभग बित्ने नै हुन्छन् । अज्ञानताका कारण धेरैजसो बिरामी घुमेकोघुम्यै हुन्छन्, एउटा डाक्टरबाट अर्कोको । घुम्दाघुम्दै ज्यान गइसक्छ, या त उपचार नलाग्ने अवस्थामा पुगिसकेको हुन्छ ।

यहाँ उपचार हुन नसक्ने अवस्थामा बिरामीलाई बाहिर कहाँ–कहाँ पठाउनुहुन्छ ?
मैले चाहिँ रेफर गर्ने गरेको छैन । मैले उपचारका क्रममा बिरामीको बोनम्यारो ट्रान्सप्लान्टेसन्ट गर्नुपर्ने अवस्था आयो भने मात्र बाहिर रेफर गर्ने गरेको छु । बाहिर भन्नाले, अहिलेचाहिँ सिभिल अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट सुरु भयो, नेपालको परिवेशमा बोनम्यारो ट्रान्सप्लान्टेसन सम्भव नहुँदा मैले इन्डिया पठाउने गरेको छुु । कतिपय बिरामीलाई सल्लाहसुझाब दिन्थेँ– यो बिरामीको उपचार भनेको बोनम्यारो ट्रान्सप्लान्ट नै हो । धेरैजसो चौथो स्टेजको क्यान्सरलाई इन्डिया पठाउने गरिन्छ । हाई रिस्कको ब्लड
क्यान्सरका बिरामी आउँछन्, चौथो स्टेजका बिरामीलाई क्यान्सर फर्केर पनि आउने गरेको छ ।

बोनम्यारो ट्रान्सप्लान्टेसन भनेको ?
बोनम्यारो ट्रान्सप्लान्टेसन भनेको एउटा उपचारविधि हो । कुनै–कुनै क्यान्सरको उपचारका हकमा यो विधि उपयोग हुन्छ । हाम्रो शरीर मुख्यतः बाबु–आमाको बिउमा भएको एउटा सेलबाट दुईवटा र दुईवटाबाट चारवटा, आठवटा, १६, ३२, ६४ हुँदै गएर शरीरका विभिन्न अंग बन्छन् । सुरुको अवस्थालाई सेल्स स्टेम्प्सन भनिन्छ । सेल्स स्टेम्प्सने आफैँ नवीकरण गर्न सक्छ र अरूबाट पनि बनाउन सक्छ भने स्टिम सेल्सचाहिँ विभिन्न तन्तु वा फरकखालका कोषमा डिफिरियन्ट सेट हुन सक्छ । कतिपय अवस्थामा परिवर्तन हुन सक्छ । जस्तै, रगतका कोषहरू, मुटु, कलेजो, फोक्सो, यिनीहरू बढ्न डिफ्रेन्सिटबाट परिवर्तन भएर मुटु बढ्ने हो सेम सेल्सबाट परिवर्तन भएर सेतो, रातो, प्लेटलेट्स रक्तकोष बन्छन् भने यो स्टिम सेल्सचाहिँ नियन्त्रित रूपमा यसको डिफ्रसियन्सनबाट परिवर्तन हुँदै गएर विभिन्न अंग, कोषिका अथवा तन्तुहरू बढ्ने हो भने यसको संख्या अनगिन्ती बढ्ने भएकाले नै स्टिम सेलको कारणले नै हो ।

क्यान्सर हुने कारण धेरैजसो, ब्लड क्यान्सरको कुरा गर्ने हो भने अथवा स्टिम सेल, ल्युकिमेनस सेल्सको कुरा गर्ने हो भने पनि यिनीहरू विकृत भएका हुन्छन्, अनि जिन वा क्रोमोजोमको समूहमा चोट पुग्न गयो भने स्टिम सेलहरू डिफ्रेन्सियट हुन सकेनन् । अरू अङ्गहरू, कोषिकाहरूमा परिवर्तन हुन सकेनन्, एउटैखालका कोषिकाको संख्या अनियन्त्रित रूपमा बढ्न थाल्यो । त्यसले गर्दा ब्लड क्यान्सरका सेल्सहरू बढ्न थालेर सेतो रक्तकोषहरू विकास भए । तन्तुहरूमा विभिन्नखालका मांसपेशीका क्यान्सर, मिर्गौलाको क्यान्सरमा सानो उमेरमा अड्किएको जुन साना कोषहरू छन्, ती अनियन्त्रित रूपमा बढ्दै गए । यसैका आधारमा हामीले बोनम्यारोविधिबाट यही स्टिम सेलबाट, स्टिम सेलहरू (सिडी ३४) बोन म्यारोमा पनि हुन्छन्, रगतमा पनि र अरू अंगमा पनि हुन्छन्, ती स्टिम सेलहरूलाई छुट्याएर हामीले खेतलाई पूरै सफा गरी धान रोपेजस्तै गरी शरीरको बोनम्यारोमा जहाँ–जहाँ रक्तकोषका ग्रन्थि बन्छन् ती ठाउँ पूर्ण रूपले सफा गरेर रगतमा वा बोनम्यारोमा भएको सिडी ३४ सेल्सहरू निकालेर फालिदने हो । त्यो नराम्रो रगत फालिदिएर राम्रोखालको सेम सेल हालिदिएपछि त्यसबाट नयाँ आउने कोषिकाहरू राम्रोखालकै बन्छन् भन्ने हाम्रो धारणा हो । त्यसहिसाबले गरिने स्टिम सेल्स ट्रान्सप्लान्टेसनलाई बोनम्यारो ट्रान्सप्लान्टेसन भनिन्छ । बोनम्यारोबाट सिडी ३४ सेलहरू निकाल्ने काम नै बोनम्यारो ट्रान्सप्लान्टेसन हो ।

ब्लड क्यान्सर न्यूनीकरणका लागि के गर्नुपर्छ ?
सबैभन्दा पहिले जिन वा जिनको समूह वा क्रोमोजोमलाई चोट पुर्याउने तत्वहरूलाई नियन्त्रण गर्नुपर्छ । त्यो भनेको मिसावटयुक्त र कीटनाशक औषधि प्रयोग भएको खानेकुरा नखाने, विकिरणमा एक्सपोज हुने काम घटाउने हो । यससँगै क्यान्सरसम्बन्धी चेतनामूलक कार्यक्रम गर्नुपर्यो । हामीले क्यान्सरलाई पहिलो चरणमै समात्न सक्यौँ भने पूर्ण रूपमा हटाउन सक्छौँ । आवश्यक परेको खण्डमा हामीले सेम सेल्स ट्रान्सप्लान्ट गरिदियौँ भने बच्चा पूरा सामान्य जीवनमा फर्किन थाल्छ । सामान्य भयो भने अर्को जन्मने बच्चामा क्यान्सर फैलँदैन । त्यसैले हामीले जनचेतनामूलक कार्यक्रम चलाउनुपर्यो । प्रिभेन्टली मेजर, जस्तै ः चुरोट, रक्सी, ड्रग्स नियन्त्रण, जंक फुड्सको असरबारे चेतना, रासायनिक पदार्थ, विकिरण, हाइटेन्सनको लाइनबाट टाढा बस्ने, मोबाइल बढी प्रयोग नगर्ने गर्नुपर्छ । मोबाइलका कारण चिन्ता बढ्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने हुन्छ, जसले पनि क्यान्सर निम्तिने गर्छ ।

क्यान्सर कस्तो प्रकारको रोग हो ?
क्यान्सर अहिले नेपालमा मात्र नभएर संसारभरि नै विकराल रूपमा फैलिरहेको छ । बालक्यान्सरको हकमा विकसित देशहरू, जहाँ संक्रामक रोगहरू र कुपोषण नियन्त्रणमा आइसकेका छन्, त्यहाँ पनि दुर्घटनापछि दोस्रोमा क्यान्सरबाटै बालबालिकाको बढी मृत्यु हुने गरेको छ ।

ठूलो मान्छे र बच्चामा हुने क्यान्सरमा के फरक छ ?
सामान्यतया फरक के हो भने, बालबालिकामा क्यान्सर हुने कारण मैले भनेँ, जिन वा क्रोमोजोममा चोट पुगेका कारणले हुन्छ । ठूलो मान्छेको हकमा जिन वा क्रोमोजोमको चोट मात्र नभएर उनीहरूले बाँचेको जीवनशैलीजन्य कारणले पनि हुन्छ । जस्तै, चुरोट धेरै खाने मान्छेमा लङ क्यान्सर बढी हुन्छ । महिलामा स्तन क्यान्सर हुने गर्छ । अल्कोहल बढी खानेमा कलेजोको क्यान्सर बढी हुन्छ । ठूलो मान्छेमा वातावरणले बढी असर पार्छ, जुन बालबालिकाको हकमा कम हुन्छ । त्यसैले गर्दा बालबालिकाको क्यान्सर चाँडो निको हुन्छ । ठूलो मान्छेमा चोट धेरै भइसकेको हुन्छ र चोट पुर्याउने तत्वहरू पनि बढी नै सक्रिय भइसकेका हुन्छन्, जसले गर्दा निको पार्न धेरै गाह्रो हुन्छ । ठूलो मान्छेको हकमा ५ वर्ष बचाउन सक्दा पनि गर्व हुन्छ भने बालबालिकामा क्यान्सर निको भएपछि उनीहरू ६०–७० वर्षसम्म बाँच्छन् र सफल जीवनयापन गर्न सक्षम हुन्छन् ।

(प्रस्तुतिः अतिन आचार्य)

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

सुरुमा मैले जे सोचेको थिएँ, त्यसरी अगाडि जान सकेन

डा.गणेश राई बालरोग विशेषज्ञ हुन् । ३१ वर्षदेखि सरकारी सेवामा लागेका राई पछिल्लो १४ महिनादेखि मुलुकै एकमात्र सरकारी बाल अस्पतालका निर्देशकको जिम्मेवारीमा छन् । स्पष्ट वक्ता एवं इमान्दार चिकित्सकको छवी बनाएका डा.राईसँग निर्देशकको प्रशासनीक जिम्मेवारी सम्हाल्दाका अनुभुति र अस्पताल व्यवस्थापनको अवस्थाबारे हेल्थपोस्ट नेपालका लागि अतिन आचार्यले गरेको कुराकानी ।

तपाईं कान्ति बाल अस्पतालको निर्देशक हुनुभएको एक वर्षभन्दा बढी भयो, जिम्मेवारी आउनुअघि र आइसकेपछि के–के परिवर्तन भएका छन् ?
यो सरकारी अस्पताल हो, पहिलेदेखि नै अप्ठ्यारो अवस्था थियो । म आएर के गरेँ भन्ने रहन्छ होला । म यो अस्पताललाई यहाँ र यतिसम्म लान्छु भनेर आएको भन्दा पनि सिनियरिटीका आधारमा मन्त्रालयले मलाई चलाइदिनपर्यो भनेका कारण आएको हुँ । मलाई एउटा निर्देशक उदाहरणीय बन्नुपर्छ जस्तो लाग्छ । उदाहरणीय कसरी बन्ने त भन्ने कुरा आउन सक्छ । यसमा न्याय कसरी वितरण गर्ने भन्ने कुरा महत्वपूर्ण रहन्छ । समयमा आउने, समयमा जाने मात्र नभएर अहिलेको बेथितिलाई हटाउनुपर्यो नि ! विपन्न नागरिकलाई पनि हामीले सेवा–सुविधा दिने व्यवस्था गर्यौँ ।

सामाजिक एकाइ गठन गर्यौँ । क्यान्सरजस्तो भयानक रोगको उपचारमा सरकारले सहयोग गर्ने व्यवस्था भए पनि त्यसलाई प्रभावकारी बनाउन हामीले अझ परिणाममुखी काम गरेका छौँ । अस्पतालको छाना पनि चुहिने थियो । कान्ति अस्पताल पुरानोे अस्पताल हो र यसको आफ्नै महत्व छ । सँगसँगै यसका आफ्नै कमजोरी पनि छन्, धेरै सुधार गर्नु छ । पुराना संरचनालाई कसरी सुधार गरेर लाने, यसलाई मैले महत्वका साथ हेरेको छु । मैले यो पदमा आएपछि धेरै परिवर्तन गरेको गरेको छु । जस्तै, यहाँका छाना, ट्वाइलेट, धारा खराब थिए । सबै ट्वाइलेटका ढोकाहरू बनाएँ र भूकम्पको वेलामा भत्केका भवनहरूको मर्मत गर्न लगाएको छु । अर्को कुरा यहाँको ठूलो बोरिङ टुटेको थियो, त्यसलाई पनि मर्मत गराएँ । त्यतिखेर हिलो पानी आउँथ्यो, त्यसलाई मर्मत गर्यौँ, अहिले सफा पानी आउँछ । पैसा नभएर पनि मैले आफैँ व्यवस्था गरेको छु, विभिन्न संघसंस्थासित मागेर पनि निर्माण गर्न लगाएको छु ।

अझै बेथिति छन् होला नि ! व्यवस्थापन नमिलेको कि कर्मचारीको मनपरीतन्त्र ?
बेथिति भन्नाले यहाँ धेरै कुरा छन् । बिरामीसँग कसरी कुरा गर्नुपर्छ, त्यो एउटा समस्या । अर्को भनेको समयमा नआउने र समयभन्दा अगाडि जाने प्रवृत्ति । सकारात्मक सोच राख्न पनि सकेका छैनन् । सकारात्मक सोचले पनि बिरामीलाई ठूलो राहत मिल्छ । हामीले केसम्म गर्यौँ भने, यहाँ धेरै समस्या भएका कारण कर्मचारीका लागि उत्प्रेरक कक्षा पनि चलायौँ । कारबाहीभन्दा पनि हामीले प्रोत्साहित गरेका छौँ । पहिलेभन्दा धेरै कर्मचारीको व्यवहारमा सुधार आएको छ, तर म अहिले नै शतप्रतिशत सुधार भएको छ भनेर चाहिँ मान्दिनँ । म सबैजना सुध्रेका छन् भनेर दाबी गर्दिनँ । तर, केही सुधार भने अवश्य आएको छ ।

कस्तो समस्या छ भने, २२ जना बिरामीलाई २ जना नर्सले हेर्छन् । हामीले आइसियुमा ५२ बेड चलाउने भनेकोमा जनशक्ति अभावका कारण ३७ वटा मात्र बेड चलाएका छौँ । हामीसँग सबैभन्दा ठूलो समस्या भनेकै जनशक्ति हो ।

कार्यकारी भएर यो कुर्सीमा बसेको सम्झनुहुन्छ होला, एक वर्षको कार्यकाल पूरा गरिसक्दा कस्तो महसुस हुन्छ ?
यो कुर्सीमा बसेको दिन मलाई पहिले यो ठाउँ मेरा लागि गौरवको विषय हो भन्ने महसुुस भयो । टिम वर्कबाट सुधार हुनेछ भन्ने धेरै आशा लागेको थियो । टिम वर्कले नै मानिसलाई एउटा शक्ति प्रदान गर्छ । कान्ति अस्पतालमा मैले पहिलेदेखि काम गरेको र सबै कर्मचारी चिनेका कारण पनि मलाई सजिलो हुन्छ जस्तो लागेको थियो । धेरै गाह्रो पनि भएन, तर गर्दै बुझ्दै जाँदा धेरै कठिनाइ रहेछन् भन्ने बुझेँ । सुरुमा मैले जे सोचेको थिएँ, त्यसरी अगाडि जान सकेन ।

तपाईंलाई यहाँको मुख्य समस्या के हो जस्तो लाग्छ ?
यहाँका मुख्य समस्यालाई म तीन भागमा बाँड्छु । पहिलो जनशक्ति, दोस्रो भौतिक संरचना, तेस्रो बिरामी परीक्षणमा आवश्यक औजार, सामग्री । यहाँ स्टाफ नर्सको पनि कमी छ । कस्तो समस्या छ भने, २२ जना बिरामीलाई २ जना नर्सले हेर्छन् । हामीले आइसियुमा ५२ बेड चलाउने भनेकोमा जनशक्ति अभावका कारण ३७ वटा मात्र बेड चलाएका छौँ । हामीसँग सबैभन्दा ठूलो समस्या भनेकै जनशक्ति हो । जनशक्तिको कमीकै कारण हामीले यहाँ आएका बिरामीलाई पनि अन्यत्र पठाएका छौँ । यहाँको सिटी स्क्यानले काम गर्दैन, पुरानो राखेर चलाएका छौँ । एक्स रे मेसिनसमेत पुरानो छ, कामै गर्दैन । औजार ठूलो समस्या हो । डिआर एक्स रे मेसिन पनि धेरै महँगो छ, यतिखेर २ करोड पर्न आउँछ । हामीसँग पैसा नभएर पुरानै चलाएका छौँ । अर्को समस्या भौतिक संरचना हो । पल्ला भवनहरु एल्लो र रेड जोन भएकाले हामी यसमा छौँ । प्रशासन भवनका लागि समेत ठाउँ अभाव छ । यी तीनैथोकको व्यवस्था मिलाउन धेरै पैसा चाहिन्छ, त्यसैले हामीले बनाउन सकेका छैनौँ ।

पोहोर २१ करोड ८४ लाख बजेट विनियोजन भएको थियो । यसपटक त झन् बढ्नुपर्ने हो नि, झन् घटेर पो आउँछ, १९ करोड २० लाख मात्र आएको छ । अब भन्नुहोस्, म यो पैसाबाट के किनौँ ? किन्नै नसक्ने अवस्था छ । अर्को समस्या भन्नुपर्दा अहिले ६७ जना कर्मचारी ठेक्काबाट आउँछन् ।

अस्पतालमा कर्मचारीको व्यवस्थापन कसरी गर्नुभएको छ ?
कान्ति बाल अस्पतालमा २ किसिमका कर्मचारी छन्, एउटा स्वास्थ्य मन्त्रालयबाट सरकारी सेवा–सुविधा लिने कर्मचारी र अर्को कान्ति बाल अस्पताल समितिले नियुक्त गरेका कर्मचारी । स्वास्थ्य मन्त्रालयअन्तर्गतका कर्मचारीको तलब मन्त्रालयले नै उपलब्ध गराउँछ भने अस्पताल विकास समितिले नियुक्त गरेका कर्मचारीको तलब अस्पतालले नै उपलब्ध गराउँछ । अस्पतालले नियुक्त गरेका कर्मचारीलाई तलब खुवाउन अलिक समस्या छ । ती कर्मचारी भएनन् भने अस्पताल बन्द हुन्छ । ५५ प्रतिशत त्यस्ता कर्मचारी छन् । मन्त्रालयका ४५ प्रतिशत मात्र छन् । हामीले ५५ प्रतिशत कर्मचारीलाई तलब खुवाउन भए पनि विभिन्न शीर्षकमा शुल्क लिएका छौँ । उनीहरूको तलबमा करिब–करिब ९० लाखदेखि १ करोडसम्म खर्च हुन्छ । तलब खुवाउन मैले कतिपय अवस्थामा शुल्क बढाएको पनि छु ।

यतिका समस्या छन्, समाधानमा कस्तो पहल गरिरहनुभएको छ त ?
मलाई गणेश राई भनेर जिम्मा दिइएको हो । आज मैले यसलाई कर्मथलोका रूपमा लिएको छु । यसको उन्नति र विकास हुनु भनेको मेरो पनि विकास हुनु हो । यो हिसाबले मैले दुई–तीन किसिमले पहल गरेको छु । एउटा भनेको आफूभन्दा माथिल्लो निकाय मन्त्रालयमा पहल गर्ने हो । बारम्बार मन्त्रीज्यू र सचिव तथा महाशाखाका कर्मचारीहरूसँग म निरन्तर छलफलमा छु र गर्नेछु । सबैलाई मैले समस्याको जानकारी गराएको छु लिखित रुपमै पनि । त्यसबाहेक हामीले बाहिर अन्य संघसंस्थासँग सहकार्य गरिरहेका छौँ । सिविन नामक बालस्वास्थ्यसँग सरोकार राख्ने संस्थाले विदेशीसँग मिलेर मानसिक रोगको उपचारका लागि भवन बनाउने प्रक्रिया अगाडि बढेको छ । त्यही संस्थामार्फत हामीलाई बाल मानसिक रोग विशेषज्ञ पनि दिनुभएको छ । हामीले उहाँहरूलाई तलब दिनुपर्दैन । यसैले बालमनोरोग सेवा दिइरहेको अवस्था छ । अर्को कुरा यहाँको पानी शुद्धीकरण गर्ने मेसिन पनि बिग्रेको थियो । पहिले माडवारी सेवा समितिले बनाइदिएको थियो । बिग्रिएपछि मेरै पहलमा एभरेस्ट बैंकले बनाइदिएको हो । सक्दो सहयोग सरकारसँग माग्ने, नत्र बाहिरका संघसंस्थासँग सहकार्य गरेर भए पनि काम गर्दै छौँ ।

तपाईंको विचारमा कान्ति बाल अस्पताललाई अझ सुधार गर्न के–के आवश्यक छ ?
यो अस्पताललाई अझ व्यवस्थित गर्न थप आइसियु वार्ड सञ्चालन गर्नुपर्छ । त्यसमा पनि दक्ष जनशक्तिको मात्रा बढाउनुपर्छ । सबैभन्दा बढी जरुरी दरबन्दी बढाएर स्टाफ नर्सको संख्या बढाउनुपर्छ । आवश्यक पदपूर्ति, मिलान गनुपर्छ । यहाँ डाक्टरभन्दा पनि सिनियर मेडिकल अफिसरको मिलान हुनुपर्छ । सिनियर लेभलका सर्जनहरूलाई यहाँ खटाउनु आवश्यक छ । त्यसबाहेक पोहोर २१ करोड ८४ लाख बजेट विनियोजन भएको थियो । यसपटक त झन् बढ्नुपर्ने हो नि, झन् घटेर पो आउँछ, १९ करोड २० लाख मात्र आएको छ । अब भन्नुहोस्, म यो पैसाबाट के किनौँ ? किन्नै नसक्ने अवस्था छ । अर्को समस्या भन्नुपर्दा अहिले ६७ जना कर्मचारी ठेक्काबाट आउँछन् । ड्राइभर, सेक्युरिटी गार्ड, सरसफाइका कर्मचारी छन् । यी सबैको व्यवस्थापन होस् जस्तो लाग्छ । यी कर्मचारीलाई तलब खुवाउन गाह्रो छ । सरकारद्वारा नियुक्तलाई केही समस्या छैन, तर ठेक्का विधिबाट आएकालाई तलब खुवाउन धेरै समस्या भएको छ । यसपालि पैसा झन् घटेर पो आएको छ । त्यसैबाट तलब खुवाउनुपर्छ, समस्या छ । पैसा घटेपछि मैले कर्मचारीलाई कसरी तलब खुवाउने ?

आइसियु ५२ बेड चलाउनुपर्ने, तर पैसाको कमीले हाल ३७ बेड मात्र चलेको छ । यो यस्तो अस्पताल हो जहाँ जस्तोसुकै बिरामी आए पनि उपचार पाउने सम्भावना छ । हड्डीको, आँखाको समस्या लिएर आउँछन्, तर हामीसँग पर्याप्त डाक्टर छैनन् । त्यसमा सरकारले पहल गर्नुपर्यो । साधारण उपचार हामी गर्छौं, तर ठूलो उपचारका लागि उहाँहरू चाहिन्छ । नाक, कान, घाँटीमा केही अड्काएर बिरामी आउँछन् । त्यसको उपचार गर्ने दरबन्दी भएर पनि डाक्टर छैनन् । हामीले क्यान्सरको पनि उपचार गरिरहेका छौँ । २४ घन्टा रगत दिनुपर्ने हुन्छ तर कर्मचारी अभाव छ । क्यान्सरको उपचारका लागि प्याथोलोजी डक्टर पनि चाहिन्छ । उसले कुन किसिमको क्यान्सर हो भनेर पत्ता लगाउँछ । तर, हामीसँग त्यस्ता डाक्टर छैनन् ।

दातृनिकाय र विभिन्न संघसंस्थाबाट धेरै सहयोग छ भन्नुहुन्छ, किन काम हुन सकेको छैन ?
तपाईंको कुरा सही हो । तर, ‘रेड टेप’ भन्ने चलन छ नि, यहाँ त्यस्तै चलन छ । टिप्पणी गर्ने चलन धेरै छ । यहाँ तपाईंले अलिकति पनि काम छिटो सक्नुभयो भने र अलिकति तलमाथि भयो भने पनि अख्तियारले निगरानी बढाउँछ । बरु पैसा फर्काइदियो भने सजिलो रहेछ । खर्च नगरे ‘किन काम नगरेको ?’ भनेर कराउँछ । खर्च गर्नेबित्तिकै ‘किन गरिस् ? कसरी गरिस् ? कहाँ लगेर गरिस् ? तेरो कुरा मिलेन’ भनेर प्रश्नमाथि प्रश्न गर्न थाल्छ । गर्न खोज्यो, सबै प्रक्रिया मिलाउँदा महिना बित्छ, सबैै मिलाएर काम गर्नुपर्यो नि त । आर्थिक प्रक्रिया, खरिद प्रक्रिया सबै मिलाउनुपर्यो । खुला प्रतिस्पर्धाद्वारा काम गर्ने प्रक्रिया मिलाउनुपर्यो । मिलाउँदामिलाउँदै अन्तिममा वैशाख–जेठमा पुग्दोरहेछ । यसलाई सहजीकरण गर्न सबैको सहयोग आवश्यक हुँदोरहेछ । प्रक्रियाको नै कमजोरी छ । यहाँ हामीमा नै कमजोरी छ, कर्मचारीमा पनि पुरानो शैलीमा काम गर्ने अवधारणा छ ।

अस्पतालबाट दैनिक उत्पादन हुने फोहोरको व्यवस्थापन कसरी गर्नुभएको छ ?
धेरै राम्रो प्रश्न गर्नुभएको छ । मैले तपाईंलाई यो कुरा भन्नु एकदमै जरुरी ठानेको छु । कान्ति अस्पतालमा फोहोर व्यवस्थापन एकदमै ठूलो समस्याका रूपमा रहेको छ । यहाँ प्रत्येक वडामा कन्टेनर छ । हामीले यहाँको कन्टेनरमा लगेर राख्ने गरेका छौँ । फोहोरको कुरामा चाहिँ यहाँको अवस्था नराम्रो छैन । अस्पतालको पर छुट्टै कन्टेनर पनि छ । हामीले त्यहाँ लगेर राख्छौँ र टिचिङको कन्टेनरमा पनि लगेर राख्ने गरेका छौँ । हप्तामा दुईपटक नगरपालिकाको गाडी आएर लाने गर्छ । अरू फोहोरचाहिँ टिचिङ र कान्तिको सँगसँगै लाने व्यवस्था गरेका छौँ । हाम्रा सरसफाइका कर्मचारीले पनि दिनहँु सफाइको काम गरिरहेका छन् ।

कान्ति बाल अस्पतालले उपलब्ध गराइरहेको विशेषज्ञ सेवा प्रयाप्त छ त ?
अस्पतालमा ३०८ बेड चलिरहेका छन् । यहाँ सबै किसिमका रोगका डाक्टरको दरबन्दी छ । हाम्रो लक्ष्य भनेको बिरामीले चाहेको सुविधा पाऊन् भन्ने नै हो । यसमा हामीले के गरिरहेका छौँ भने मानसिक रोग, मुटुरोग, सुगर, नसासम्बन्धी रोग, बाल दमरोगको पनि हामीले सेवा दिइरहेका छौँ, जुन अहिले विश्वव्यापी रूपमा फैलिरहेको छ । धेरै आवश्यक भएका विशेष पनि पुर्याउन सकेका छैनौं ।

सम्बन्ध सुमधुर बनाउन सबैभन्दा ठूलो कुरा त हामी मानिसमा, अझ भनौँ डाक्टर र बिरामीबीच राम्रो बोलीचाली हुनुपर्छ । उहाँहरूले बोलेर नै समस्या बताउनुपर्छ । धेरै मानिसको बोलचाल नभएका कारण सम्बन्ध बिग्रेको पनि देखेको छु । अस्पतालमा धेरै समस्या आउनुका पछाडि राम्रो बोलचाल नहुनु पनि प्रमुख कारण हो

यहाँ कुन–कुन रोगका बिरामीको बढी चाप छ ?
यहाँ सबैभन्दा बढी बिरामी आउने भनेको नै निमोनियाका हुन् । डायरियाका पनि आउँछन् । अर्को भनेको रगतमा समस्या भएकाहरू आउने गर्छन् । यस्तो समस्याचाहिँ भर्खरै जन्मेको बच्चामा हुने गर्छ । क्यान्सरका बिरामी पनि आउने गर्छन् । त्यस्तै, मुटुरोग वा किड्नीका रोगी पनि निकै आउँछन् । बिरामीको किसिमअनुसार भर पर्छ । कान्ति बाल अस्पताल बालरोगसम्बन्धी नेपालको सबैभन्दा ठूलो अस्पताल हो ।
यहाँ सबैभन्दा बढी बिरामी उपत्यकाबाट आउँछन् । त्यसबाहेक बाहिरबाट पनि ठूलो संख्यामा आउँछन् । झाडापखाला, निमोनिया, रुघाखेकीका बिरामी भने यहीँका बढी हुन्छन् । बाहिरबाट आउने बिरामीहरू त्यहाँ उपचार नभएपछि आउने गर्छन् । जस्तै, क्यान्सर, मुटुरोग, किड्नीको अप्रेसन गर्नुपरेमा, ठूला–ठूला अप्रेसन गर्नुपरेमा बाहिरबाट आउने गर्छन् । बाहिरको अस्पतालमा बच्चाको अप्रेसन कमै हुने भएकाले यहाँ आउँछन् । बाहिरबाट आउने भनेको कडा रोग लिएर आउँछन्, बाहिर उपचार सम्भव नभएर आउँछन् ।

कस्तो हुन्छ भने, क्यान्सरको उपचार गर्न २–३ वर्ष लाग्छ । क्यान्सरको किसिम हेरेर कुन ठिक हुँदैन भन्न सकिन्छ । क्यान्सर पनि ठिक हुन्छ र उपचार विधिबाटै ठिक हुने भइसकेको छ । यो कुरा संसारमा आइसकेको छ । हामीकहाँ आउने क्यान्सरका धेरै बिरामी ठीक भएर गएका छन् । क्यान्सरको उपचार मात्र गरेर हँुदैन, त्यसका लागि सपोर्टिभ पनि चाहिन्छ । हरेक वस्तुमा इन्फेक्सन हुन्छ । अस्पतालमा बिरामी बस्ने ठाउँ र ट्वाइलेट सफा राख्नुपर्यो । बिरामीलाई चाहिने औषधि समयमा उपलब्ध गराउनुपर्यो । रगतको उपलब्धता पर्याप्त हुनुपर्यो । यतिले मात्र नभएर सबै कुरामा सपोर्टिभ हुनुपर्छ जस्तो लाग्छ ।

विपन्न विरामीले केही सहुलियत पाइरहेका छन् ?
गरिबलाई औषधि आउँछ, त्यसलाई हामी वार्डमा लगेर दिन्छौँ । हामीले दिएकोले मात्र पुग्दैन, तर पनि हामीले सक्दो सहयोग गरेका छौँ । हामीले फार्मेसी सञ्चालन गरेका छौँ र क्यान्सरका बिरामीलाई हौसलास्वरूप अझ बढी सहयोग गरेका छौँ । क्यान्सरपीडितलाई सरकारले पनि १ लाख दिएको छ । त्यसबाहेक हामीले फन्ड खोजेर पनि सहयोग पुर्याइरहेका छौँ ।

रातिको समयमा ५२ जना बिरामीलाई २ जना नर्सले हेरिहेका छन् भन्नुहुन्छ, कसरी व्यवस्थापन गरिरहनुुभएको छ ?
डाक्टरले ६–६ घण्टामा सुई दिनु भनेर गएका हुन्छन् । २ जना नर्सले ६–६ घण्टामा बिरामीलाई मिलाएर सुई दिन नभ्याएपछि समय अलिक बढाएर दिन्छ । तलब खुवाउन नसक्दा पनि हामीले आवश्यक जनशक्ति बढाउन सकेका छैनौँ । यो हाम्रो मात्र नभएर राज्यकै समस्या हो । हामीकहाँ साँच्चै भन्नुपर्दा कर्मचारीको नै अभाव छ । बिरामीलाई सेवा दिन मन छ, तर स्टाफ नर्स नै छैनन् ।

पछिल्ला दिनमा डाक्टर र बिरामीको सम्बन्ध बिग्रँदै गएको छ, सम्बन्धन सुमधुर बनाउन के गर्नुपर्छ जस्तो लाग्छ ?
सम्बन्ध सुमधुर बनाउन सबैभन्दा ठूलो कुरा त हामी मानिसमा, अझ भनौँ डाक्टर र बिरामीबीच राम्रो बोलीचाली हुनुपर्छ । उहाँहरूले बोलेर नै समस्या बताउनुपर्छ । धेरै मानिसको बोलचाल नभएका कारण सम्बन्ध बिग्रेको पनि देखेको छु । अस्पतालमा धेरै समस्या आउनुका पछाडि राम्रो बोलचाल नहुनु पनि प्रमुख कारण हो । त्यसैले राम्रो काउन्सिलिङको पनि व्यवस्था हुनुपर्छ । डाक्टरले सधैँ राम्रो काउन्सिलिङ दिनुपर्छ जस्तो लाग्छ । मलाई के लाग्छ भने, बिरामी अस्पतालमा रमिता हेर्न आउँदैनन्, उपचारका लागि आउँछन् । त्यसकारण हामी आफैँ बिरामी भएजस्तो गरेर उपचार गर्नुपर्छ । डक्टरले सधैँ बिरामीलाई माया र सम्मान दिनुपर्छ । शुद्ध मनले, सकारात्मक सोच राखेर उपचार गरेको खण्डमा पक्कै पनि डक्टरलाई हेर्ने दृष्टिकोण बदलिन्छ र दुईबीचको सम्बन्ध पनि सुमधुर हुन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै