कलेजोको सफल प्रत्यारोपणपछि टिचिङबाट घर फर्किए कञ्चनपुरका रावल, २८ वर्षीय ज्वाइँले दिए पुनर्जीवन

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा सफलतापूर्वक कलेजो प्रत्यारोपण गराएका दोस्रो बिरामी दीपेन्द्रसिंह रावल शुक्रबार घर फर्किएका छन् । दुई साताअघि कलेजो प्रत्यारोपण गराएका रावल स्वस्थ भई डिस्चार्ज भएपछि बिरामी र बिरामीका आफन्तसँगै प्रत्यारोपण टोलीको नेतृत्व गरेका सर्जन डा. रमेश भण्डारीसहित टोलीमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी निकै खुसी र उत्साहित देखिएका छन् । नातामा ज्वाइँ पर्ने व्यक्तिबाट कलेजोदान पाई पुनर्जीवन पाएका रावल पूर्वस्वास्थ्यकर्मी हुन् ।

३ साउनमा भारतको नयाँदिल्लीस्थित फोर्टिस हस्पिटलका वरिष्ठ सर्जन विवेक बिजको मार्गदर्शनमा अंगप्रत्यारोपण सर्जन डा. रमेश भण्डारी नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले रावलको सफलतापूर्वक कलोजो प्रत्यारोपण गरेको थियो । डा. भण्डारीका अनुसार रावलमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएपछि उनलाई शुक्रबार डिस्चार्ज गरिएको हो । रावललाई २८ वर्षीय ज्वाइँ पर्ने व्यक्तिले कलेजो दिएको र उनको यसअघि नै डिस्चार्ज भइसकेको डा. भण्डारीले हेल्थपोस्टलाई जानकारी दिए । बिरामीले स्वास्थ्यलाभ गरेर घर फर्किएसँगै डा. भण्डारीले प्रत्यारोपणमा सघाएका भारतीय चिकित्सक डा. बिजलाई पुनः एकपटक धन्यवाद दिएका छन् ।

डा. भण्डारीका अनुसार रावलमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएपछि उनलाई शुक्रबार डिस्चार्ज गरिएको हो । रावललाई २८ वर्षीय ज्वाइँ पर्ने व्यक्तिले कलेजो दिएको र उनको यसअघि नै डिस्चार्ज भइसकेको डा. भण्डारीले हेल्थपोस्टलाई जानकारी दिए ।

प्रत्यारोपणपछि दुई साताको अस्पताल बसाइपछि स्वास्थ्यलाभ भएका रावललाई शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिएको हो । यसअघि अस्पतालले १७ जेठमा डा. भण्डारीकै नेतृत्वमा ५८ वर्षीय पुरुषमा कलेजोको पहिलो सफल प्रत्यारोपण गरेको थियो । त्यतिवेला डा. भण्डारी नेतृत्वको टोलीलाई भारतकै एपोलो अस्पतालको विशेषज्ञ चिकित्सक टोलीले सघाएको थियो भने ३३ वर्षीय छोरीले कलेजो दान गरेर बुबालाई पुनर्जन्म दिएकी थिइन् ।

पहिलो प्रत्यारोपणको करिब डेढ महिनापछि दोस्रो प्रत्यारोपण गरेको त्रिवि अस्पतालले सुरुवाती दिनमा महिनामा कलेजोको एउटा प्रत्यारोपण गर्ने योजना बनाएको छ । भविष्यमा अस्पतालले कलेजो प्रत्यारोपणलाई दिने गतिबारेको जिज्ञासामा डा. भण्डारीले भने, ‘अहिले सुरु–सुरुमा महिनामा एउटा प्रत्यारोपण गर्ने लक्ष्य हो, दोस्रो सफलतासँगै तेस्रो प्रत्यारोपणका लागि बिरामी तयार पारेका छौँ । ८–१० वटा प्रत्यारोपण गरेपछि महिनाको दुईवटासम्म गर्ने योजना छ ।’ ८–१० वटा प्रत्यारोपण नगरुन्जेल विदेशी चिकित्सक टोलीको सहयोगलाई निरन्तरता दिइने डा. भण्डारीको भनाइ थियो ।

भविष्यमा अस्पतालले कलेजो प्रत्यारोपणलाई दिने गतिबारेको जिज्ञासामा डा. भण्डारीले भने, ‘अहिले सुरु–सुरुमा महिनामा एउटा प्रत्यारोपण गर्ने लक्ष्य हो, दोस्रो सफलतासँगै तेस्रो प्रत्यारोपणका लागि बिरामी तयार पारेका छौँ । ८–१० वटा प्रत्यारोपण गरेपछि महिनाको दुईवटासम्म गर्ने योजना छ ।’

नेपालमा हालसम्म सरकारी र निजी गरी जम्मा ४ वटा अस्पतालले कलेजो प्रत्यारोपणको अनुमति पाएका छन्, जसमध्ये २ वटाले मात्र प्रत्यारोपण गराएका छन् । सरकारीस्तरमा भक्तपुरस्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रले दुई बिरामीमा कलेजोको सफल प्रत्यारोपण गराएको थियो । यद्यपि, अस्पतालले यसलाई निरन्तरता दिन सकेन । त्रिवि शिक्षणले भने अनुमति पाएको झन्डै पाँच महिनाको तयारीपछि प्रत्योरोपण सुरु गरेकोमा डेढ महिनाको बीचमा दोस्रो सफलता हात पारेको हो । यससँगै त्रिवि शिक्षणले भने प्रत्यारोपणलाई निरन्तरता दिएर प्रत्यारोपणको सुस्ततालाई केही गति दिने विश्वास पलाएको छ ।

यसबाहेक मोफसलका दुई निजी अस्पतालले पनि कलेजो प्रत्यारोपणको अनुमति पाइसकेका छन् । दुवै अस्पताल चितवनका हुन् । यद्यपि, उनीहरूले हालसम्म प्रत्यारोपण सुरु गरेका छैनन् । चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसले केही महिनाअघि कलेजो प्रत्यारोपणको अनुमति पाएका थिए ।

नेपालमा विदेशको तुलनामा एकतिहाइभन्दा पनि कम खर्चमा कलेजो प्रत्यारोपण हुने गरेको छ । विदेशमा प्रत्यारोपण गर्दा ७० लाख रूपैयाँभन्दा बढी खर्च लाग्ने गरेकोमा नेपालमा २० देखि २५ लाखमै प्रत्यारोपण हुन्छ । तर, प्रत्यारोपण अत्यन्त जटिल भएका कारण त्यसका लागि अत्यन्त सम्पन्न पूर्वाधारको आवश्यकताका साथसाथै कानुनी व्यवधान र दातासित बिरामीको अंगको मेल खानुपर्ने हुँदा प्रत्यारोपणले गति लिन नसकेको विज्ञहरूले बताउँदै आएका छन् । यद्यपि, पछिल्लो समय त्रिवि टिचिङको सक्रियता बढेसँगै नेपाली बिरामीले सस्तो मूल्यमा स्वदेशमै गुणस्तरीय सेवा पाउने आशा पलाएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

त्रिवि टिचिङलाई कलेजो प्रत्यारोपणमा दोस्रो सफलता, लिने नै भयो त सुस्ताएको प्रत्यारोपणले गति ?

महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले कलेजो प्रत्यारोपणमा दोस्रो सफलता हासिल गरेको छ । अस्पतालले शुक्रबार सफल प्रत्यारोपण गरेको हो । टिचिङको दोस्रो प्रत्यारोपणसँगै नेपालमा हालसम्म कलेजो प्रत्यारोपणको संख्या ४ पुगेको छ ।

यसअघि अस्पतालले करिब डेढ महिनाअघि १७ जेठमा ५८ वर्षीय पुरुषमा कलेजोको पहिलो सफल प्रत्यारोपण गरेको थियो । त्यतिवेला प्रत्यारोपणको ३ सातापछि बिरामीलाई स्वस्थ अवस्थामा डिस्चार्ज गरिएसँगै प्रत्यारोपणमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी निकै उत्साहित भएका थिए ।

अंगप्रत्यारोपण सर्जन डा. रमेश भण्डारी नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले शुक्रबार दोस्रो सफलता हात पारेको हो । चिकित्साविज्ञानमा जटिलतम मानिने कलेजो प्रत्यारोपणमा यसपटक डा. भण्डारी नेतृत्वको टोलीलाई भारतको नयाँदिल्लीस्थित फोर्टिस हस्पिटलका वरिष्ठ सर्जन विवेक बिजले मार्गदर्शन गरेका थिए । शुक्रबार प्रत्यारोपण गरिएका बिरामीको नाम गोप्य राखिए पनि उनको उमेर ४४ वर्ष भएको उपचार टोलीको नेतृत्वकर्ता डा. भण्डारीले जानकारी दिए ।

अंगप्रत्यारोपण सर्जन डा. रमेश भण्डारी नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले शुक्रबार दोस्रो सफलता हात पारेको हो । चिकित्साविज्ञानमा जटिलतम मानिने कलेजो प्रत्यारोपणमा यसपटक डा. भण्डारी नेतृत्वको टोलीलाई भारतको नयाँदिल्लीस्थित फोर्टिस हस्पिटलका वरिष्ठ सर्जन विवेक बिजले मार्गदर्शन गरेका थिए । शुक्रबार प्रत्यारोपण गरिएका बिरामीको नाम गोप्य राखिए पनि उनको उमेर ४४ वर्ष भएको उपचार टोलीको नेतृत्वकर्ता डा. भण्डारीले जानकारी दिए । यसअघिको पहिलो प्रत्यारोपणमा भारतकै एपोलो अस्पतालका विशेषज्ञ चिकित्सकहरूले सघाएका थिए ।

नेपालमा हालसम्म सरकारी र निजी गरी जम्मा ४ वटा अस्पतालले कलेजो प्रत्यारोपणको अनुमति पाएका छन्, जसमध्ये २ वटाले मात्र प्रत्यारोपण गराएका छन् । सरकारीस्तरमा भक्तपुरस्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रले दुई बिरामीमा कलेजोको सफल प्रत्यारोपण गराएको थियो । यद्यपि, अस्पतालले यसलाई निरन्तरता दिन सकेन । त्रिवि शिक्षणले भने अनुमति पाएको झन्डै पाँच महिनाको तयारीपछि प्रत्योरोपण सुरु गरेकोमा डेढ महिनाको बीचमा दोस्रो सफलता हात पारेको हो । यससँगै त्रिवि शिक्षणले भने प्रत्यारोपणलाई निरन्तरता दिएर प्रत्यारोपणको सुस्ततालाई केही गति दिने विश्वास पलाएको छ ।

नेपालमा विदेशको तुलनामा एकतिहाइभन्दा पनि कम खर्चमा कलेजो प्रत्यारोपण हुने गरेको छ । विदेशमा प्रत्यारोपण गर्दा ७० लाख रूपैयाँभन्दा बढी खर्च लाग्ने गरेकोमा नेपालमा २० देखि २५ लाखमै प्रत्यारोपण हुन्छ । तर, प्रत्यारोपण अत्यन्त जटिल भएका कारण त्यसका लागि अत्यन्त सम्पन्न पूर्वाधारको आवश्यकताका साथसाथै कानुनी व्यवधान र दातासित बिरामीको अंगको मेल खानुपर्ने हुँदा प्रत्यारोपणले गति लिन नसकेको विज्ञहरूले बताउँदै आएका छन् । यद्यपि, पछिल्लो समय त्रिवि टिचिङको सक्रियता बढेसँगै नेपाली बिरामीले सस्तो मूल्यमा स्वदेशमै गुणस्तरीय सेवा पाउने आशा पलाएको छ ।

यसबाहेक मोफसलका दुई निजी अस्पतालले पनि कलेजो प्रत्यारोपणको अनुमति पाइसकेका छन् । दुवै अस्पताल चितवनका हुन् । यद्यपि, उनीहरूले हालसम्म प्रत्यारोपण सुरु गरेका छैनन् । चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसले केही महिनाअघि कलेजो प्रत्यारोपणको अनुमति पाएका थिए ।

नेपालमा विदेशको तुलनामा एकतिहाइभन्दा पनि कम खर्चमा कलेजो प्रत्यारोपण हुने गरेको छ । विदेशमा प्रत्यारोपण गर्दा ७० लाख रूपैयाँभन्दा बढी खर्च लाग्ने गरेकोमा नेपालमा २० देखि २५ लाखमै प्रत्यारोपण हुन्छ । तर, प्रत्यारोपण अत्यन्त जटिल भएका कारण त्यसका लागि अत्यन्त सम्पन्न पूर्वाधारको आवश्यकताका साथसाथै कानुनी व्यवधान र दातासित बिरामीको अंगको मेल खानुपर्ने हुँदा प्रत्यारोपणले गति लिन नसकेको विज्ञहरूले बताउँदै आएका छन् । यद्यपि, पछिल्लो समय त्रिवि टिचिङको सक्रियता बढेसँगै नेपाली बिरामीले सस्तो मूल्यमा स्वदेशमै गुणस्तरीय सेवा पाउने आशा पलाएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कलेजो प्रत्यारोपण गरिएका व्यक्ति डिस्चार्ज

तीन साताअघि त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण गरिएका व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । जेठ १७ मा ३३ वर्षे छोरीले दिएको कलेजो प्रत्यारोपण गरिएका ५८ वर्षे पुरुषको शुक्रबार डिस्चार्ज गरिएको छ ।

प्रत्यारोपणपछि २ सातासम्म आइसियूमा राखिएका उनलाई एक साता हाइकेयर यूनिटमा राखेर उपचार गरिएको थियो । प्रत्यारोपणमा डा. रमेशसिंह भण्डारीको नेतृत्वको टोलीले प्रत्यारोपण गरेको थियो । नेपाली चिकित्सकको टोलीलाई डा. निरभ गोयलको टोलीको सघाएको थियो ।

डा. भण्डारीले विहानै आफ्नो सामाजिक सञ्जाल फेसबुकमा डिस्चार्ज भएको र त्यसले आफू र आफ्नो टिमलाई ठूलो राहत मिलेको उल्लेख गरेका छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सफल, गगनको साथले तय गरेको थियो बाटो

तीन वर्ष लामो निरन्तर प्रयासपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कलेजोको सफल प्रत्यारोपण भएको छ । अस्पतालका प्रत्यारोपण शल्यचिकित्सक डा. रमेशसिंह भण्डारीको टोलीले शुक्रबार १६ घण्टा लामो शल्यक्रियापछि उक्त सफलता प्राप्त गरेको हो ।  कलेजको प्रत्यारोपणमा लामो अनुभव वटुलेका भारतको अपोलो अस्पतालका विशेषज्ञको निरीक्षण र सहयोगमा नेपाली टोलीले ३३ वर्षिया छोरीको कलेजोको टुक्रा निकालेर ५८ बर्षे बाबुलाई प्रत्यारोपण गरेका थिए ।

अस्पतालले १६ घन्टा लामो समय लगाएर उक्त प्रत्यारोपण सम्पन्न गरेको हो। डा भण्डारीका अनुसार शुक्रबार बिहान ८ बजेबाट सुरु भएको शल्यक्रिया शनिबार बिहान साढे १२ बजे मात्र सकिएको थियो ।

शल्यक्रियामा डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीसहित झण्डै ५० जनाको प्राविधिक एवं विशेषज्ञ संलग्न शल्यक्रियामा शल्यचिकित्सक मात्रै १२ जना संलग्न थिए । अस्पतालका अनुसार एनेस्थेसियामा डा अमित भट्टराई र डा पंकज जोशी, कलेजो प्रत्यारोपणको क्रिटिक केयरमा डा सुवाश आचार्य र डा प्रमेश सुन्दर श्रेष्ठ, डा राहुल पाठक (लिभर ट्रान्सप्लान्ट हेपाटोलोजी), रेडियोलोजीमा डा दिनेश चटौत, डा अजित थापा संलग्न थिए ।
प्याथोलोजीमा डा अनिलदेव पन्त, पेडियाट्रिक लिभर ट्रान्स्प्लान्ट हेपाटोलोजीमा डा सुर्यबहादुर थापा समेत संलग्न थिए ।

प्रत्यारोपणका लागि करिव १५ करोड चाहिने अवस्थामा तत्कालिन स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्यमन्त्रालय अन्तर्गतको नभएपनि शिक्षण अस्पताललाई ११ करोड अनुदान उपलब्ध गराएका थिए । सो अनुदानबाट अत्याधुनिक उपकरण खरिद गरेर नै अहिलेको सफलताको अवस्था आएको भण्डारीले जानकारी दिए ।

अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण भएको हो। यसअघि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण भएको थियो । तर, केन्द्रले प्रत्यारोपणलाई निरन्तरता दिन सकेको छैन । अस्पतालले आगामी हप्ता नै दोस्रो प्रत्यारोपण गर्ने जनाएको छ ।

अस्पतालमा सुरुमा दक्ष शल्यचिकित्सक भएपनि अन्य प्राविधिक तालिम प्राप्त जनशक्ति र अत्यधुनिक उपकरण थिएन् । प्रत्यारोपणका लागि करिव १५ करोड चाहिने अवस्थामा तत्कालिन स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्यमन्त्रालय अन्तर्गतको नभएपनि शिक्षण अस्पताललाई ११ करोड अनुदान उपलब्ध गराएका थिए । सो अनुदानबाट अत्याधुनिक उपकरण खरिद गरेर नै अहिलेको सफलताको अवस्था आएको भण्डारीले जानकारी दिए ।

त्योबाहेक थापाले शिक्षण अस्पतालमा प्रत्यारोपणकै लागि अन्य पूर्वाधार ४ करोड आइसियु र अन्य सेवा विस्तारका लागि थप १० करोड समेत गरेर २५ करोड उपलब्ध गराएका थिए ।शल्यक्रियापछि प्रत्यारोपण गरिएको व्यक्तिलाई १० दिनदेखि २ सातासम्म आइसियूमा राख्नुपर्ने हुन्छ । आइसियु सेवा चुस्त नहुँदा प्रत्यारोपण सफल भएपनि त्यसको परिणाम निकाल्न सकिन्न । थापाले उपलब्ध गराएको अनुदानबाटै ४ करोडमा चार बेडको लिभर ट्रान्सप्लान्ट आइसियु बनेको थियो ।

थापाले नेपालमा कलेजको प्रत्यारोपणलाई सुरुवात र दिगो बनाउँन मन्त्री हुँदा निकै पहल गरेका थिए । उनले कानूनी अड्चन फुकाएर नेपालमा पहिलो सफल प्रत्यारोण गर्नका लागि पनि अगुवाई गरेका थिए । पछि शिक्षण अस्पतालमा ठूलो संभावना देखेपछि अस्पताललाई साथ दिएका थिए ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कलेजो प्रत्यारोपणको सुस्ततम गति : ४ अस्पताल, २ प्रत्यारोपण ! नयाँ निजीले देलान् त राहत ?

चिकित्साविज्ञानमा जटिलतम सेवामध्ये मानिने कलेजो प्रत्यारोपणका लागि नेपालमा अनुमति पाउने स्वास्थ्यसंस्थाको संख्या ४ पुगेको छ । स्वास्थ्यसेवा विभागअन्तर्गतको अंग प्रत्यारोपण समन्वय समितिले पछिल्लोपटक निजीस्तरमा सञ्चालित फोफसलका दुई मेडिकल कलेजलाई प्रत्यारोपण अनुमति दिएसँगै कलोजो प्रत्यारोपण अनुमति पाउने स्वास्थ्यसंस्था ४ पुगेका हुन् । पछिल्लोपटक चितवनका चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसले कलेजो प्रत्यारोपण अनुमति पाएका छन् । सरकारीस्तरमा भक्तपुरस्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र र महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले यसअघि नै कलोजो प्रत्यारोपण अनुमति पाइसकेका छन् ।

प्रत्यारोपण अनुमति पाउने स्वास्थ्यसंस्था थपिरहँदा कलेजो प्रत्यारोपणको अवस्था भने शून्यप्रायः नै छ । पहिलोपटक दुई बिरामीमा कलेजो प्रत्यारोपण गराएको मानव अंग प्रत्यारोपण केन्द्रले पनि त्यसपछि प्रत्यारोपणलाई निरन्तरता दिन नसकेको अवस्था छ । त्रिवि शिक्षणले भने करिब ४ महिनाअघि नै अनुमति पाएर प्रत्यारोपणका सम्पूर्ण तयारी पूरा भएको जनाए पनि हालसम्म प्रत्यारोपण सुरु गर्न सकेको छैन ।

अनुमति पाएसँगै सम्पूर्ण तयारी पूरा भइसकेकाले एक महिनाभित्रै सेवा सुरु गर्ने जनाएको देशकै उपचारको केन्द्र मानिने त्रिवि अस्पतालले ४ महिना बितिसक्दा पनि सेवा सुरु गर्न नसक्नुले कलेजो प्रत्यारोपणको संवेदनशीलता र जटिलतालाई उजागर गर्छ ।

विशेषगरी, कलेजो लिने व्यक्तिको दिने व्यक्ति (डोनर)सँगको रक्तसमूह, कलेजोको आकार, शरीरको एनाटोमी, कानुनले निर्धारण गरेको परिधिभित्रको नाता मेल खान नसक्नु नै प्रत्यारोपणमा ढिलाइको प्रमुख कारकतत्व रहेको अस्पतालका सम्बन्धित विज्ञहरूको भनाइ छ ।

किन सकेनन् अनुमति पाएकाले सेवालाई निरन्तरता दिन ?
कलेजो प्रत्यारोपण सेवा चिकित्साविज्ञानकै जटिलतम र संवेदनशील सेवा भएकाले यसको सफल क्रियान्वयनका लागि प्राविधिक सम्पन्नता, विशेषज्ञ चिकित्सक तथा अन्य आवश्यक दक्ष जनशक्तिको पर्याप्त उपलब्धता, पूर्वाधार तथा अत्याधुनिक यन्त्र–उपकरणहरूको सुलभ उपलब्धता, बिरामीको आर्थिक क्षमता त अत्यावश्यक छ नै, त्यसका अलावा कलेजो लिने र दिने व्यक्तिबीचको आंगिक, जैविक, कानुनी र सहमतिगत मेल पनि उत्तिकै आवश्यक हुन्छ ।

त्रिवि शिक्षण अस्पतालले सम्पूर्ण पूर्वाधार, प्रविधि र जनशक्तिगत तयारी पूरा भएको घोषणासहित एक महिनाभित्र प्रत्यारोपणलाई मूर्त रूप दिन प्रारम्भ गर्ने जनाएको ४ महिनाभन्दा बढी बितिसक्दा पनि प्रत्यारोपण सुरु हुन नसक्नुपछाडिको प्रमुख कारण बिरामीसित अंगदाताका आवश्यक पक्षहरूको मेल गराउन नसक्नु रहेको अस्पतालले जनाएको छ ।

विशेषगरी, कलेजो लिने व्यक्तिको दिने व्यक्ति (डोनर)सँगको रक्तसमूह, कलेजोको आकार, शरीरको एनाटोमी, कानुनले निर्धारण गरेको परिधिभित्रको नाता मेल खान नसक्नु नै प्रत्यारोपणमा ढिलाइको प्रमुख कारकतत्व रहेको अस्पतालका सम्बन्धित विज्ञहरूको भनाइ छ । यसका अतिरिक्त केही हदसम्म बिरामीमा प्रत्यारोपणका लागि आवश्यक महँगो शुल्क तिर्न सक्ने क्षमता अभाव पनि समस्याकै रूपमा छ ।

यसअघि नै दुई बिरामीमा सफल प्रत्यारोपण गरेर कलेजो प्रत्यारोपणको क्षेत्रमा चिकित्सक तथा अन्य स्वस्थ्यसंस्थाको पनि प्रेरणाको स्रोत बनेको मानव अंग प्रत्यारोपण केन्द्रले पनि प्रत्यारोपणलाई निरन्तरता दिन नसक्नुलाई भने विशेषज्ञहरू तयारीको कमीका रूपमा विश्लेषण गर्छन् । उपचारको संवेदनशीलता, जोखिम र जटिलताअनरूप त्यसलाई चिर्न सक्ने तहको पूर्वाधारलगायत सम्पूर्ण पक्षको तयारी हुन नसक्दा नै प्रत्यारोपणले निरन्तरता पाउन नसकेको उनीहरूको भनाइ छ ।

सोमबार प्रत्यारोपण अनुमतिको पत्र पाएकामध्ये कलेज अफ मेडिकल साइन्सेसले एकदेखि दुई महिनाभित्र कलेजो प्रत्यारोपणसेवालाई मूर्त रूप दिने जनाएको छ । अस्पतालका अनुसार प्रत्यारोपणका लागि बिरामी र अंगदाता पनि छनोट भइसकेको छ । विश्वविख्यात कोरियन विशेषज्ञ टोलीको नेतृत्व, भारतीय विशेषज्ञसमेतको संलग्नतामा प्रत्यारोपणको सुरुवात गरिने अस्पतालको भनाइ छ

नयाँ अनुमति पाएका निजीले सक्लान् त सेवालाई मूर्त रूप दिन ?
सोमबार प्रत्यारोपण अनुमतिको पत्र पाएकामध्ये कलेज अफ मेडिकल साइन्सेसले एकदेखि दुई महिनाभित्र कलेजो प्रत्यारोपणसेवालाई मूर्त रूप दिने जनाएको छ । अस्पतालका अनुसार प्रत्यारोपणका लागि बिरामी र अंगदाता पनि छनोट भइसकेको छ । विश्वविख्यात कोरियन विशेषज्ञ टोलीको नेतृत्व, भारतीय विशेषज्ञसमेतको संलग्नतामा प्रत्यारोपणको सुरुवात गरिने अस्पतालको भनाइ छ । ‘हामीकहाँ  डा. प्रवीण जोशीलगायत कलेजो प्रत्यारोपणका विशेषज्ञ सर्जनहरू कार्यरत हुनुहुन्छ, जसले विभिन्न समयमा भारतका प्रतिष्ठित अस्पतालहरूमा कलेजो प्रत्यारोपणमा सफल सहभागिता जनाइसक्नुभएको छ,’ अस्पताल स्रोतले भन्यो ।

करिब ४ वर्षअघि नै सन् २०१५ अप्रिलमा मिर्गौला प्रत्यारोपण अनुमति पाई सेवालाई निरन्तरता दिइरहेको र सार्क क्षेत्रकै पहिलो सर्जिकल मेडिकल कलेजका रूपमा समेत परिचय बनाएकाले पनि कलेजो प्रत्यारोपणमा पनि आत्मविश्वास बलियो रहेको अस्पतालको दाबी छ । यद्यपि, तोकिएकै समयमा सेवा सुरु हुँदा पनि प्रत्यारोपण सेवाले पाउने निरन्तरताका विषयमा भने मानव अंग प्रत्यारोपण केन्द्रकै अवस्था नहोला भन्न सकिँदैन । यसबारे अस्पताल स्रोत भन्छ, ‘कलेजो प्रत्यारोपणजस्तो जटिल विषय, त्यसमाथि पनि नेपालजस्तो देशमा ‘रेयर’ नै हुने गर्छ । त्यसैले सेवाले गति लिने विषय बिरामीका विविध पक्षमा निर्भर गर्छ ।’

त्यसैगरी मिर्गौलासँगै कलेजो प्रत्यारोपणको अनुमति पाएको चितवन मेडिकल कलेज (सिएमसी)मा कलेजो प्रत्यारोपण विशेषज्ञका रूपमा डा. छेतेन योन्जन तामाङ, डा. वरुण श्रेष्ठलगायत विशेषज्ञ चिकित्सक कार्यरत छन् । सिएमसीलाई सबैभन्दा राम्रो आइसियू ब्याकअप भएको अस्पतालका रूपमा समेत हेर्ने गरिएको छ । चितवनका यी दुवै मेडिकल कलेजले स्वास्थ्यसेवा विभागअन्तर्गतको अंग प्रत्यारोपण समन्वय समितिको १६ वैशाखको निर्णयबाट प्रत्यारोपण अनुमति पाएका हुन् ।

नेपालमा एकतिहाइभन्दा पनि कम खर्च
प्रत्यारोपणमा नेपाल आत्मनिर्भर नहुँदा ठूलो संख्याका बिरामी भारतलगायत विदेशी मुलुकहरूमा महँगो मूल्यमा सेवा लिन बाध्य छन् । विभिन्न कारणले लिभरसिरोसिस भई पूर्ण रूपमा ड्यामेज भएको कलेजोलाई फालेर स्वस्थ कलेजो भएको अन्य व्यक्तिको केही भाग काटेर प्रत्यारोपण गरिन्छ । कानुनतः अंग प्रत्यारोपणका लागि चिकित्सक र संस्था दुवै सूचीकृत भएर अनुमति लिनुपर्छ । प्रत्यारोपण गरेको बिरामीलाई उच्च निगरानी र हेरचाहका साथ राख्नुपर्छ । त्यसैले कति प्रत्यारोपण गर्ने भन्ने अस्पतालको क्षमतामा भर पर्छ ।

यसअघि नै अनुमति पाएका सरकारीस्तरका दुई अस्पतालमध्ये मानव अंग प्रत्यारोपण केन्द्रले ३ वर्षअघि नै २ सफल प्रत्यारोपण गरे पनि सेवालाई निरन्तरता दिन सकेको छैन भने उच्च क्षमताको त्रिवि शिक्षण अस्पतालले अझै सुरु गरेको छैन ।

कलेजो प्रत्यारोपण सेवा नियमित गर्न सकेमा नेपालमा उपचारका लागि धान्ने नसक्ने बिरामी आउने विशेषज्ञहरू बताउँछन् । यहाँको सुलभ मूल्यका कारण बाहिरी मुलुकबाट पनि बिरामी आकर्षित हुने उनीहरूको अनुमान छ । नेपालमा कलेजो प्रत्यारोपणका लागि करिब २० देखि २५ लाख रूपैयाँ लाग्ने अनुमान गरिएको छ, जुन छिमेकी देश भारतको तुलनामा एकतिहाइभन्दा पनि कम हो । भारतमा कलेजो प्रत्यारोपण गरेबापत बिरामीले ७० लाखभन्दा बढी खर्च गर्नुपर्ने बताइन्छ । अस्पतालमा हुने यो खर्चबाहेक पनि बिरामी कुरुवालगायत अनेकन खर्च जोडिने जानकारहरू बताउँछन् ।

अमेरिकाका वरिष्ठ सर्जन डा. थोमस स्टार्लले सन् १९६३ मा पहिलोपटक कलेजो प्रत्यारोपण सुरु गरेका थिए भने पहिलो सफल कलेजो प्रत्यारोपण सन् १९६७ मा भएको थियो । नेपालमा भने मानव अंग प्रत्यारोपण केन्द्रले विदेशी विशेषज्ञ टोलीसमेतको सहयोग र संलग्नतामा वि.सं. ०७३ मा पहिलोपटक कलेजोको सफल प्रत्यारोपण गरेको थियो । दुई बिरामीमा सफल प्रत्यारोपण गरिए पनि पर्याप्त तयारी अभावमा सेवाले निरन्तरता भने पाउन सकेको छैन ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

त्रिवि शिक्षण अस्पताल कलेजो प्रत्यारोपणका लागि सम्पूर्ण रुपमा तयार

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणको सम्पूर्ण तयारी पूरा भएको छ । बहुप्रतीक्षित कलेजो प्रत्यारोपण सेवाका लागि अस्पतालले भौतिक, प्राविधिकलगायत सबै तयारी पूरा गरी प्रत्यारोपण अनुमतिसमेत पाइसकेकाले अब नेपाली बिरामीले सस्तो र सर्वसुलभ सेवा देशभित्रै पाउने भएका छन् ।

चिकित्सा विज्ञानमा जटिल मानिने कलेजो प्रत्यारोपण सेवाका लागि हालसम्म नेपालमा प्रयास हुँदै नभएका भने होइनन् । तर, आत्मनिर्भर नभइसकेकाले अझ ठूलो संख्याका बिरामी भारतलगायत विदेशी मुलुकहरूमा महँगो मूल्यमा सेवा लिन बाध्य छन् ।अस्पतालले एक महिनाभित्रै सेवा सुरु गर्ने जनाएको छ ।
विभिन्न कारणले लिभरसिरोसिस भई पूर्ण रूपमा ड्यामेज भएको कलेजोलाई फालेर स्वस्थ कलेजो भएको अन्य व्यक्तिको केही भाग काटेर प्रत्यारोपण गरिन्छ । यसरी प्रत्यारोपण गर्न डोनर (कलेजो दाता)सँग ब्लड ग्रुप, लिभरको आकारका साथै शरीरको एनाटोमी मिल्नुपर्छ ।

त्रिवि शिक्षण अस्पतालमा प्रत्यारोपणका लागि नेपाल चिकित्सक संघ, नेपाल मेडिकल काउन्सिल, स्वास्थ्य मन्त्रालय, कानुन मन्त्रालयका प्रतिनिधिको समूहले अस्पतालको तयारीबारे स्थलगत अध्ययन गरी योग्य ठहर गरेको थियो । सो समूहले योग्य ठहर गरेपछि केही दिनअघि मात्रै स्वास्थ्य मन्त्रालयले अस्पताललाई कलेजो प्रत्यारोपण अनुमतिपत्र दिएको छ ।
कानूनतः अंगप्रत्यारोपणका लागि चिकित्सक र संस्था दुबै सूचीकृत भएर अनुमति दिनुपर्छ ।

यसअघि पनि अस्पतालको टिमले कलेजोका एकपछि अर्को जटिल शल्यक्रिया गरेको र सोको सफलताले कलेजो प्रत्यारोपणका लागि आत्मविश्वास बढेको वरिष्ठ कलेजो सर्जन डा. रमेश भण्डारी बताउँछन् ।

‘सुरुवातमा महिनाको १ देखि २ जनाको मात्र प्रत्यारोपण गर्ने योजना छ, किनकि प्रत्यारोपण कहिलेकाहीँ असफल पनि हुन सक्छ,’ डा. भण्डारीले भने, ‘प्रत्यारोपण गरेको बिरामीलाई उच्च निगरानी र हेरचाहका साथ राख्नुपर्छ । त्यसैले कति प्रत्यारोपण गर्ने भन्ने अस्पतालको क्षमतामा भर पर्छ ।’

हालसम्म कलेजो प्रत्यारोपणका लागि नेपाली बिरामी भारतसँग निर्भर छन् । भारतमा प्रत्यारोपण शुल्क मात्रै करिब ७० लाख रूपैयाँसम्म लाग्ने चिकित्सक बताउँछन् । त्यसबाहेक बिरामी कुरुवाका लागि लाग्ने खर्च त छँदै छ ।
अहिलेको क्षमता हेर्दा त्रिवि टिचिङमा कलेजो प्रत्यारोपण करिब २० देखि २५ लाखसम्ममा गर्न सकिने डा. भण्डारी बताउँछन् ।
अस्पतालले अहिले बिरामीको छनोट गरिरहेको छ । ‘सुरुवातमा महिनाको १ देखि २ जनाको मात्र प्रत्यारोपण गर्ने योजना छ, किनकि प्रत्यारोपण कहिलेकाहीँ असफल पनि हुन सक्छ,’ डा. भण्डारीले भने, ‘प्रत्यारोपण गरेको बिरामीलाई उच्च निगरानी र हेरचाहका साथ राख्नुपर्छ । त्यसैले कति प्रत्यारोपण गर्ने भन्ने अस्पतालको क्षमतामा भर पर्छ ।’
कलेजो प्रत्यारोपण सेवा नियमित गर्न सकेमा धान्नै नसक्ने बिरामी आउने उनको विश्वास छ । ‘यहाँकोे सुलभ मूल्यका कारण बाहिरी मुलुकबाट पनि बिरामी आकर्षित हुनेछन्,’ उनले भने ।

डा. भण्डारीकै पहलमा भारतबाट विशेषज्ञ चिकित्सकको टोलीले कलेजो प्रत्यारोपणका लागि सघाउनेछ । भारतमा करिब डेढ दशकअघि सुरु भएको कलेजो प्रत्यारोपण सेवाबाट बर्सेनि हजारौँ बिरामी लाभान्वित हुँदै आएका छन् ।
अमेरिकाका वरिष्ठ सर्जन डा. थोमस स्टार्लले सन् १९६३ मा पहिलोपटक कलेजो प्रत्यारोपण सुरु गरेका थिए भने पहिलो सफल कलेजो प्रत्यारोपण सन् १९६७ मा भएको थियो ।

कलजो मानव शरीरको एक प्रमुख अंग हो । मानव विज्ञानका अनुसार कलेजोले ५०० सय क्रियाकलाप गर्छ भने स्वस्थ शरीरका लागि चाहिने १,००० इन्जाइम उत्पादन गर्छ । यसअघि ०७३ मंसिरमा मानवअंग प्रत्यारोपणमा समेत सुरुमा विदेशी विज्ञको सहयोगमा कलेज प्रत्यारोपण भएपनि केन्द्रले विज्ञ टोलीलाई टिकाउन नसक्दा सेवालाई निरन्तरता दिन सकेन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

नर्भिकले कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने

प्रत्यारोपणका लागि अस्पतालको विभिन्न विधाका विशेषज्ञ टोली

काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने भएको छ । २५ वर्षदेखि स्तरीय सेवा प्रदान गर्दै आएको अस्पतालले बुधबार विज्ञप्ति जारी गर्दै निकट भविष्यमा कलेजो प्रत्यारोपण सेवा विस्तार गर्ने घोषणा गरेको हो ।
अस्पतालले हाल डिडिसीको विस्तारित विशिष्ट चिकित्सासेवाअन्तर्गत कलेजो प्रत्यारोपण सेवा सुरु गर्न लागेको हो । उक्त सेवा वरिष्ठ चिकित्सक तथा पेटरोग विशेषज्ञ डा. मधु घिमिरेको नेतृत्व तथा डिडिसी प्रमुख डा. सन्दीपराज कुँवरलगायत पेटरोग विशेषज्ञहरूको संलग्नतामा सञ्चालन हुने अस्पतालले जनाएको छ ।

सेवा विस्तारका लागि अहिले अस्पताल पूर्वाधार निर्माणमा केन्द्रित छ । सेवा सञ्चालनका लागि प्रक्रियागत लाइसेन्स लिने कार्यलाई अगाडि बढाएको अस्पतालले थप चिकित्सकीय तथा अन्य मानव संसाधनका लागि तयारी गरिरहेको छ ।

सेवा सञ्चालनका लागि अस्पतालले विकासतर्फ कलेजो प्रत्यारोपण विशेषज्ञ शल्यचिकित्सकहरू, कलेजो प्रत्यारोपण विशेषज्ञ चिकित्सकहरू (कलेजोरोग विशेषज्ञ÷फिजिसियन), कलेजो प्रत्यारोपण विशेषज्ञ रेडियोलोजिस्ट, कलेजो प्रत्यारोपण विशेषज्ञ बालचिकित्सक र कलेजो प्रत्यारोपण विशेषज्ञ प्याथोलोजिस्टलगायत मानव संसाधनको विकास गर्नुपर्नेछ ।

कलेजो प्रत्यारोपणसम्बन्धी तालिमप्राप्त एवम् अनुभवी विशेषज्ञ शल्यचिकित्सक/चिकित्सकहरू पहिलेदेखि नै आफूसित आबद्ध भएकाले अस्पताललाई मानव संसाधन जुटाउन केही सहज छ । डा. जयन्तकुमार साह, डा. सञ्जयकुमार यादव, डा. सुजितकुमार साह र डा. अनिषा तिवारी (शल्यचिकित्सक), डा. सागर पौडेल (प्रत्यारोपण विशेषज्ञ, कलेजोरोग चिकित्सक), डा. वीरेन्द्रकुमार राउत, डा. किरण अधिकारी र डा. बालचन्द्र कार्की (विशेषज्ञ एनेस्थेसियोलोजी÷ क्रिटिकल केयर मेडिसिन), डा. विवेक साह (विशेषज्ञ रेडियोलोजिस्ट), डा. सुशीलराम श्रेष्ठ (विशेषज्ञ प्याथोलोजिस्ट) र डा. रञ्जित साह (विशेषज्ञ इन्फेक्सिीयस डिजिज)लगायत पहिलेदेखि नै नर्भिकमा अबद्ध छन् । त्यसैगरी, कलेजो प्रत्यारोपण विशेषज्ञ पेडियाट्रिसियनहरूमा डा. अमृत ढुङ्गेल र डा. हेमन्त शर्मासमेत उपलब्ध भएको अस्पतालले जनाएको छ ।

अत्यधिक एवम् अनियन्त्रित मद्यपान, धूमपान, केही विशेष प्रकारका हेपाटाइटिस आदिका कारण हाल नेपाली जनसंख्याको ठूलै हिस्सा कलेजोको असाध्य रोगबाट ग्रस्त हुँदै गएकाले कलेजो फेल हुने, कलेजोको सिरोसिस हुने, कलेजोको क्यान्सर हुनेजस्ता विकराल स्थिति सिर्जना भइरहेका छन् । स्वदेशमा प्रत्यारोपण सुविधा उपलब्ध नहुँदा कलेजो फेर्ने प्रक्रियाका लागि ठूलो धनराशि बोकेर बिदेसिनुपर्ने बाध्यता रहेको छ ।

इन्डोेस्कोपिक अल्ट्रासाउन्ड र बेलुन इन्टेरोस्कोपीजस्ता प्रविधिमा अग्रणी बन्न सफल अस्पतालले इन्डोस्कोपी, कोलोनोस्कोपी तथा पोलिपेक्टोमी इन्डोस्कोपिक अल्ट्रासाउन्ड, इआरसिपी इन्टेरेस्कोपी, बेलुन डायलाटेसनजस्ता ७५ हजारभन्दा बढी प्रक्रियामा सफलता हासिल गरिसकेको तथा यथाशीघ्र आर्गन प्लाज्मा कोगुलेसनजस्ता प्रविधि भित्र्याउने तयारी गरिरहेको जनाएको छ ।

नेपालमा कलेजो प्रत्यारोपणको सफल भएपनि सुचारु छैन् । अस्पतालले सुलभ र स्तरीय कलोजो प्रत्यारोपण सेवा सुरु गर्न सबैखाले तयारी सुरु गरेको अस्पतालको भनाइ छ । तयारीकै सिलसिलामा यही पुस १९, २० र २१ गते कलेजो प्रत्यारोपणसम्बन्धी विशेषज्ञ ओपिडी सेवा सञ्चालन गर्ने र नेपाल सरकारबाट स्वीकृति प्राप्त हुनासाथ कलेजो प्रत्यारोपण सेवा गर्ने अस्पताल व्यवस्थापनले जनाएको छ ।

स्थापनाको डेढ दशकपछि सन् २०१२ मा अस्पताल देशको अत्याधुनिक सुविधासम्पन्न पाचनप्रणाली उपचार केन्द्र (डिडिसी)का रूपमा रूपान्तरित भएको अस्पतालले पेट तथा कलेजोका अत्यन्तै जटिल रोगहरूको उपचार गर्दै आएको छ । यसका साथै इन्डोेस्कोपिक अल्ट्रासाउन्ड र बेलुन इन्टेरोस्कोपीजस्ता प्रविधिमा अग्रणी बन्न सफल अस्पतालले इन्डोस्कोपी, कोलोनोस्कोपी तथा पोलिपेक्टोमी इन्डोस्कोपिक अल्ट्रासाउन्ड, इआरसिपी इन्टेरेस्कोपी, बेलुन डायलाटेसनजस्ता ७५ हजारभन्दा बढी प्रक्रियामा सफलता हासिल गरिसकेको तथा यथाशीघ्र आर्गन प्लाज्मा कोगुलेसनजस्ता प्रविधि भित्र्याउने तयारी गरिरहेको जनाएको छ ।

नर्भिक अस्पताल आइएसओ प्रमाणीकरण प्राप्त गर्ने नेपालको पहिलो अस्पताल हो । चुस्त र स्तरीय व्यवस्थापनका लागि अस्पताल आइएसओबाट प्रमाणीकरण हासिल गर्न सफल भएको थियो । अस्पतालले सन् २००० मै मुलुकमै सर्वप्रथम क्याथल्याब सेवाको शुभारम्भ गरेको थियो । मुटुरोगलगायत अन्य इन्टरभेन्सनल प्रक्रियाहरूमा अग्रणी भूमिका खेल्दै आएको अस्पतालले स्वचालित अवस्थामै मुटुरोगका जटिल शल्यक्रिया, स्नायु शल्यक्रियालगायतका १०औँ हजार जटिल शल्यक्रियात्मक उपचार सेवामा सफलता पाइसकेको छ ।
अस्पतालले नेपाली चिकित्साफाँटमा बहुआयामिक, बहुवैशिष्ट्य सेवाप्रदायकका रूपमा सेवाग्राहीमाझ आफूलाई परिचित गराउँदै आएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै