कर्मचारी भत्ता

कर्णाली प्रदेश सरकारले दुर्गममा स्वास्थ्यसेवाप्रवाहका लागि प्रोत्साहन गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आकर्षक भत्ता दिने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशअन्तर्गतका सरकारी स्वास्थ्यसंस्थामा काम गर्ने चिकित्सकलाई भौगोलिक विकटता र तहअनुसार तलबको ५० देखि १३५ प्रतिशतसम्म मासिक प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । यसका साथै सरकारले कर्णालीमा कार्यरत...