किन कमजोर बन्दैछ ‘कन्ट्याक्ट ट्रेसिङ’?

सरकारले कोरोना भाइरस (कोभिड–१९) का लागि वैशाख ३० मा केस अनुसन्धान तथा कन्ट्याक्ट खोज पड्ताल टिम परिचालन अन्तरिम निर्देशिका, २०७७ जारी गर्यो। तर, निर्देशिका जारी भएको तीन साता बितिसक्दा पनि महानगरपालिका तथा नगरपालिकाहरूले ‘कन्ट्याक्ट ट्रेसिङ’ टिम गठन गर्न सकेका छैनन्।

निर्देशिकाअनुसार प्रत्येक गाउँपालिका १ वटा, नगरपालिकामा २ वटा, उपमहानगरपालिकामा ३ वटा र महानगरपालिकामा ५ वटा ट्रेसिङ टिम बन्नुपर्छ।

निर्देशिकाले तोकेबमोजिम जनशक्ति नभएका कारण टिम गठनले पूर्णता नभएको काठमाडौं महानगरका वरिष्ठ कविराज निरीक्षक ज्ञानबहादुर वलीले बताए।

सरकारले प्रत्येक टिममा एक–एक जनस्वास्थ्य अधिकृत, पारामेडिक्स तथा प्रयोगशाला प्राविधिक वा प्रयोगशाला सहायक गरी तीन सदस्य रहने प्रावधान तोकेको छ। तर, महानपालिकासँग जनस्वास्थ्य अधिकृतको जनशक्ति शून्य अवस्थामा छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भएका जनशक्तिबाट काम चलाउन निर्देशन दिएपछि त्यसैबाट काम गरिरहेको वलीले जानकारी गराए।

सरकारले प्रत्येक टिममा एक–एक जनस्वास्थ्य अधिकृत, पारामेडिक्स तथा प्रयोगशाला प्राविधिक वा प्रयोगशाला सहायक गरी तीन सदस्य रहने प्रावधान तोकेको छ। तर, महानपालिकासँग जनस्वास्थ्य अधिकृतको जनशक्ति शून्य अवस्थामा छ।

‘कन्ट्याक्ट ट्रेसिङ’ को टिम गठनमा अलमलमा परेको थियौं। इडिसिडीबाट निर्देशन पाएपछि हामीले एचएबाट स्तरवृद्धि भएको जनशक्तिलाई टिमको प्रमुख राखेर काम चलाइरहेका छौं,’ वलीले बाध्यता सुनाए, ‘दक्ष जनशक्ति नहुँदा काम सहज भएको छैन।’

महानगरले ‘कन्ट्याक्ट ट्रेसिङ’ का लागि छुट्टै आन्तरिक निर्देशिका बनाए पनि पास हुन बाँकी रहेको उनले बताए।

वलीका अनुसार महानगरले १० टिम निर्माण गरेको छ। तर, जनशक्ति नै नभएको टिमबाट के काम होला? भन्ने प्रश्न उब्जिएको छ।

‘प्रत्येक टिममा प्रयोगशाला प्राविधिक वा प्रयोगशाला सहायक हुनुपर्ने प्रावधान छ। तर, हामीसँग दुई जना ल्याबको जनशक्तिमात्र छ,’ उनले भने।

‘महानगरले बनाएको निर्देशिका ड्राफ भएको छ। पास भएपछि थप जनशक्ति माग गर्छौं,’ वली भन्छन्, ‘अहिलेको प्रमुख चुनौती हाम्रो जनशक्तिको अभाव हो।’

त्यस्तै, ललितपुर महानगरपालिकाको हालत पनि उस्तै छ। महानगरबाट ५ टिम गठन भए पनि काममा भने परिचालन भई नसकेको ललितपुरका जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालले बताए। ‘निर्देशिकाले प्रत्येक टिममा एक जनस्वास्थ्य अधिकृत राख्नुपर्ने प्रावधान छ,’ उनले भने, ‘तर हामीसँग हाल दुईमात्र जनशक्ति छ।’

उनका अनुसार जनशक्ति व्यवस्थापन हुन नसक्दा पनि काममा परिचालन हुन सकेको छैन। ल्याबको जनशक्ति नभएका कारण टिम परिपूर्ति गर्नेका लागि प्रक्रियामा गएको गेलालले बताए।

यो परिदृश्यले के इंगित गर्छ भने राजधानीमै पनि कन्ट्याक्ट ट्रेसिङको काम हुन सकेको छैन। महाशाखा स्थानीय तहको जिम्मेवारी रहेको बताउँछ भने स्थानीय निकाय भने जनशक्ति अभाव रहेको कारण काममा परिचालन गर्न नसकेको प्रस्टीकरण दिन्छ।

निर्देशिका जारी भएको तीन सातासम्म पनि टिम गठन हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको विज्ञहरू बताउँछन्।

सरकारले निर्देशिका जारी गरेसँगै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले समन्वयको मात्र काम गर्दै आएको महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताए।

‘हामीलाई स्थानीय तहमा बनेको टिमका लागि तालिम दिन निर्देशन भएको छ। हामीले जनशक्तिलाई तालिम पनि दिँदै आएका छौं,’ डा. पाण्डेले भने, ‘कन्ट्याक्ट ट्रेसिङको काम स्थानीय तहबाट मात्र हुन्छ, हामीले आवश्यक परेमात्र समवन्य गर्छौं।’

यो परिदृश्यले के इंगित गर्छ भने राजधानीमै पनि कन्ट्याक्ट ट्रेसिङको काम हुन सकेको छैन। महाशाखा स्थानीय तहको जिम्मेवारी रहेको बताउँछ भने स्थानीय निकाय भने जनशक्ति अभाव रहेको कारण काममा परिचालन गर्न नसकेको प्रस्टीकरण दिन्छ।

मंगलबारसम्म काठमाडौंमा १८ र ललितपुरमा २ जना कोरोना संक्रमित पुष्टि भएको छ। काठमाडौं उपत्यकामा त कन्ट्याक्ट ट्रेसिङ हुन सकेको छैन भने संक्रमण धेरै भएको ठाउँमा संक्रमणको संख्या अकल्पनीय रूपमा बढिरहेको विज्ञ बताउँछन्।

नेपालमा कन्ट्याक्ट ट्रेसिङ समयमै नभएका कारण संक्रमित संख्या बढिरहेको मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल बताउँछन्।

उनका अनुसार कुनै पनि व्यक्तिको कोरोना परीक्षण रिपोर्टमा पोजेटिभ देखिएको छ भने रिपोर्ट आएको २४ देखि ४८ घण्टाभित्र संक्रमितको सम्पर्कमा रहेको पहिचान गरी क्वारेन्टाइनमा राख्नुपर्ने व्यवस्था मिलाउनुपर्ने हुन्छ।

कन्ट्याक्ट ट्रेसिङ समयमा नै हुन नसक्दा संक्रमित व्यक्तिको सम्पर्कमा आएका मानिसले संक्रमण फैलाइरहेको डा. अनिल बताउँछन्। ‘कन्ट्याक्ट ट्रेसिङ रफ्तारमा नभएका कारण एकअर्को व्यक्तिमा संक्रमण हुने जुन गति छ, त्यसलाई घटाउन सकेनौं,’ डा. अनिलले भने, ‘जसका कारण समुदाय स्तरसम्म संक्रमण देखिइसकेको छ।’

बाहिरी देशको तथ्यांक हेर्दा एक कोरोना संक्रमित व्यक्तिले समग्रमा सरदरमा ३ व्यक्तिलाई सरेको पाइएको छ। तर, नेपालमा कन्ट्याक्ट ट्रेसिङ नहुँदा एक व्यक्तिले कतिलाई संक्रमण फैलाएको कुनै पत्ता लगाउनसमेत सकिएको छैन।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

काठमाडौंका यी ठाउँमा छन् २६ जना कोरोना संक्रमित

देशभर कोरोना भाइरसको संक्रमित संख्या बढ्दै जाँदा उपत्यकाभित्र पनि भित्रभित्रै संक्रमण फैलिरहेको पाइएको छ।

स्वास्थ्य मन्त्रालयले संक्रमणको जानकारी दिँदा स्थायी ठेगानाका आधारमा विवरण सार्वजनिक गर्ने गरे पनि बसोबास ठेगाना र अस्थायी ठेगाना फरक पर्दा अन्योल हुने गरेको छ।

केही दिनअघि राष्ट्रिय सूचना आयोगले समेत विज्ञप्ति नै जारी गरेर संक्रमितको स्पष्ट ठेगाना खुलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो। तर मन्त्रालय, इडिसिडी, स्थानीय सरकार र स्वास्थ्यकै अन्य निकायबीच समन्वय नहुँदा संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्नसमेत कठिन भइरहेको अवस्था छ।

स्वास्थ्य मन्त्रालय, संक्रमितको उपचार भइरहेको अस्पतालका तथ्यांकका आधारमा उपत्यकाभित्र अझै २८ जना कोरोना पोजेटिभ रहेका छन्।

बिहीबार मात्रै टेकु अस्पतालबाट ४ जना डिस्चार्ज भएका थिए। अहिले उपत्यकामा भएका संक्रमितमध्ये पाटन अस्पतालमा ११ जना, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा १५ जना, टेकु अस्पतालमा एक र त्रिवि शिक्षण अस्पतालमा एकजना संक्रमित उपचाररत छन्।

तर, संक्रमितको कन्ट्र्याक ट्रेसिङ गर्ने प्रमुख जिम्मेवार निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समेत जिल्लाका आधारमा को संक्रमित कहाँ छन् भन्ने आँकडा नै छैन।

विशेष गरी बढी जनसंख्या र धेरै स्थानहरू भएको उपत्यकामा संक्रमितको ठेगाना खुलाउन सक्दा कम्तीमा स्थानीय तहको सक्रियतासँगै स्थानीयमा सावधानी अपाउने क्रम बढ्ने विज्ञहरू बताउँछन्।

तर, सरकार भने उपत्यकाभित्रै बढ्दो संक्रमण दर खुलाएमा त्रास र आलोचना बढ्ने शंकको आधारमा विवरण लुकाउन तल्लीन रहेको अधिकारीहरू बताउँछन्।काठमाडौं महानगरपालिका, काठमाडौं स्वास्थ्य कार्यालयले आफूहरूलाई संक्रमितको बसोबास ठेगाना सार्वजनिक नगर्न निर्देशन आएको जनायो।

विभिन्न निकायबाट प्राप्त सूचनाका आधारमा अहिले उपत्यकाभित्र रहेका संक्रमितहरू चन्द्रागिरि, कालिमाटी, नक्साल, कलंकी, एयरपोर्टगेट, मैतीदेवी, बानेश्वर, त्रिपुरेश्वर, टेकु, बागबजार, तारकेश्वर र गोकर्णेश्वर लगायतका ठाउँमा बसोबास गर्छन्।

महामारीमा खटिएका विभिन्न निकायका अधिकारी एवं कर्मचारीसँगको अनौपचारिक कुराकानीका आधारमा उपत्यकाभित्रका १३ भन्दा बढी स्थानमा संक्रमित र संक्रमण फैलिन सक्ने जोखिम रहेको छ।

विभिन्न निकायबाट प्राप्त सूचनाका आधारमा अहिले उपत्यकाभित्र रहेका संक्रमितहरू चन्द्रागिरि, कालिमाटी, नक्साल, कलंकी, एयरपोर्टगेट, मैतीदेवी, बानेश्वर, त्रिपुरेश्वर, टेकु, बागबजार, तारकेश्वर र गोकर्णेश्वर लगायतका ठाउँमा बसोबास गर्छन्।

स्थानीय सरकारका प्रतिनिधिले अग्रसरता लिएका ती ठाउँमा सिल गर्ने र प्रत्यक्ष सम्पर्कमा आएकाहरूको स्वाब संक्रलनसमेत भइरहे पनि धेरै व्यक्तिको कन्ट्र्याक ट्रेसिङ नै हुन नसकेको इपिडिमियोलोजी महाशाखाका अधिकारीहरू बताउँछन्।

तीबाहेक उपत्यकाकै अर्को जिल्ला भक्तपुरको भक्तपुर नगरपालिकाको भेलुखेलमा पनि एक संक्रमित भेटिएका थिए। भक्तपुरमा साँझ १ संक्रमित थपिएका छन् । चाँगुनारायण नगरपालिका दुवाकोट–१ सरस्वती खेलका सशस्त्र प्रहरी र थिमि नगरपालिका शंखधर चोक बस्ने युवतीले भने कोरोना संक्रमण जितिसकेका छन्।

उपत्यकाकै अर्को जिल्ला ललितपुरको पाटन क्षेत्रमा बस्ने इडिसिडीका एक चिकित्सकमा कोरोना देखिए पनि अधिकारीहरूले उनको बसोबास ठेगानाबारे जिल्लालाई समेत जानकारी गराएका छैनन्।

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले पछिल्ला दिनमा मन्त्रालयले स्थायी र अस्थायी ठेगानामा सन्देह पैदा नहुनेगरी विवरण सार्वजनिक गरिरहेको बताए।
उनले मन्त्रालयले पछिल्ला दिनमा संक्रमितको विवरणलाई व्यवस्थित गरेको भन्दै केही समय लगाएर कुन जिल्लाको कुन ठाउँमा बसोबास छ भन्नेसमेत तथ्यांक निकाल्न सकिने बताए।
कन्ट्याक्ट ट्रेसिङ गर्ने तीन निकाय, छैन समन्वय

नेपालमा पहिलो संक्रमित भेटिएको शुक्रबार १ सय २१ दिन पुगेको छ। पछिल्ला दिनमा मात्रै संक्रमितको संख्या उल्लेख्य रूपमा बढेको हो।

यसबीचमा सरकारले देशव्यापी रूपमा परीक्षणको दायरा बढाउनु सँगै प्रभावकारी रूपमा कन्ट्र्याक ट्रेसिङ गर्नका लागि हालसम्म संयन्त्र बनाउन नसकेको प्रस्ट छ।

‘हामीसँग कन्ट्याक्ट ट्रेसिङको टिम गठन भएकै छैन, अबचाहिँ बनाउनुपर्छ कि भनेरै लागिरहेका छौं,’ ओलीले भने, ‘हामीले पनि केही ठाउँका नाम इडिसिडीबाट पाएका छौं, अरू खोज्दैछौं।’

पछिल्लो समय इडिसिडी एक्लैले कन्ट्र्याक ट्रेसिङ गर्न नसकेपछि मन्त्रालयले निर्देशिका जारी गरेरै प्रत्येक स्थानीय निकायमा त्यसका लागि टिम बनाउने जनाएको छ। तर, स्वास्थ्य अधिकारीहरूका अनुसार स्थानीय तहसँग त्यसका लागि आवश्यक जनशक्ति र सामथ्र्य नै छैन। उपत्यकाकै संक्रमितको लगत राख्ने सन्दर्भमा नै त्यो झल्कन्छ। थोरै संक्रमित देखिएका भक्तपुर र ललितपुरमा खासै समस्या नदेखिए पनि काठमाडौंमा समस्या देखिएको छ।

काठमाडौंभित्र संक्रमित रहेको स्थानको यकिन आँकडा माग्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अधिकारीलाई तीन दिनदेखि फलो गर्दा पनि व्यवस्थित तथ्यांक भेटिएन।

महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले यही ठाउँमा यकिन गरेर कति संक्रमित छन् भन्ने खोज्न कठिन भइरहेको बताए। ‘मन्त्रालयले एकातिरको ठेगाना भन्छ, त्यता खोज्यो मान्छे भेटिन्न, कहाँ छ कहाँ भन्ने अन्योल भयो,’ उनले भने।

उनले आफूले टेकु अस्पतालका निर्देशक, प्रशासन र चिकित्सकसमेतलाई प्रयोगशालामा स्वाब पठाउँदा नै बसोबास गरिहेको ठेगाना नै उल्लेख गरिदिन आग्रह गरेको बताए।
डा. पाण्डेले स्थानीय तहले नै संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा सजिलो हुने बताए।

पछिल्लो दिनमा महाशाखाकै एक चिकित्सकमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङको काम गर्दै आएको टिम पनि तितरबितर भएको छ। ‘कोही होम क्वारेन्टाइनमा छन् भने कोही

आइसोलेसनमा आएका पनि बहाना गर्दै हिँड्छन्,’ महाशाखाका एक जनस्वास्थ्य अधिकृत भन्छन्, ‘झन् संक्रमित थपिँदै छन् कन्ट्र्याक ट्रेसिङको काम त स्थानीय सरकारतिर पन्छाएर छाडिँदै छ।’

जिल्लाको स्वास्थ्य समन्वय गर्नका लागि भन्दै सुरुमा खारेज गरी पछि ब्युँताइएको स्वास्थ्य कार्यालय महामारीको समन्वय सन्दर्भमा निरीह जस्तै छ।

काठमाडौं स्वास्थ्य कार्यालयकी प्रमुख सिर्जना श्रेष्ठले संवाददाताले संकलन गरेका केही ठाउँका नाम सोधेर त्यस्तै.. त्यस्तै.. भएको भन्दै विवरण आउनेक्रममै रहेको भन्दै पन्छिइन्। ‘तथ्यांक राख्ने मान्छे हुनुहुन्न, उहाँ आएपछि म खोजेर भन्छु,’ उनले भनिन्।

काठमाडौं महानगरपालिका सहरी स्वास्थ्य महाशाखाका उपप्रमुख ज्ञानबहादुर ओलीले महानगरभित्र ११ जना संक्रमित बसोबास भएको थाहा पाए पनि सबैको ठाउँ ठेगाना नभएको बताए।

‘हामीसँग कन्ट्याक्ट ट्रेसिङको टिम गठन भएकै छैन, अबचाहिँ बनाउनुपर्छ कि भनेरै लागिरहेका छौं,’ ओलीले भने, ‘हामीले पनि केही ठाउँका नाम इडिसिडीबाट पाएका छौं, अरू खोज्दैछौं।’

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

संक्रमितका सम्पर्क पछ्याउँदै बितेका १७ दिन

चीनमा पिएचडी (विद्यावारिधि) अध्ययनरत ३२ वर्षे युवा नेपालमा पहिलो पोजेटिभ प्रमाणित हुँदासम्म अहिले विश्वव्यापी महामारी बनेको कोरोना भाइरस (कोभिड–१९) लाई धेरैले शायद चीनको मात्रै चासो ठाने।

गएको माघ १० गते नेपालमा पहिलो कोरोना केस घोषणा भइरहँदा कोभिड–१९ ले चीनमा २६ जनाको मात्रै ज्यान लिएको थियो। दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ, थाइल्यान्डलगायत मुलुकमा मात्रै सक्रमण भेटिएको थियो।

अहिले संसारका २ सय ९ देश यो भाइरसविरुद्ध साझा लडाइँमा छन्। सर्वशक्तिमान मुलुक यो भाइरससँग पराजितजस्तै छन्। भाइरस नियन्त्रणमा राखेका वा भाइरससँग भागिरहेका दुवैप्रकारका देश अहिले संक्रमित र तिनको सम्पर्क पहिचान (कन्ट्याक्ट ट्रेसिङ) गरी परीक्षण, क्वारेन्टाइन र आइसोलेसनबाटै रोगविरुद्ध लडिरहँदा समेत आसातीत नतिजा आउन सकिरहेको छैन।

नेपालमा पछिल्ला संक्रमण भेटिएका अधिकांश व्यक्ति आएका हवाईजहाजमा सवार केही र स्थलमार्गबाट आएकासँग जोडिएकाको सम्पर्क पहिचान निकै कठिन भएको छ।

अन्तर्राष्ट्रिय रूपमा जिपिएस प्रणाली लागू भएको, सहरलाई सिसिटिभी निगरानीमा राखेका र कडा कानुन भएका देशले सम्भावित संक्रमितलाई सम्पर्कमा ल्याउन र चाहे जसरी क्वारेन्टाइनमा राख्न सके पनि नेपालमा यो प्रभावकारी बन्न सकेको छैन।

झन् नेपालमा सम्पर्क व्यक्ति पहिचानको कामको जिम्मेवारी प्रशासनको नेतृत्वमा भन्दा स्वास्थ्यकर्मीका भरमा छाडिँदा कन्ट्याक्ट ट्रेसिङको काम पनि राज्यप्रणालीका जटिलतामा जेलिएको छ।

अर्कोतिर क्वारेन्टाइनमा बस्नुपर्ने सम्भावित संक्रमितहरू कतिपय ठाउँमा स्वास्थ्यकर्मीदेखि, प्रहरी प्रशासन, स्थानीय सरकारका निगरानी र हैरानीबाट भाग्दै हिँडेका उदाहरणसमेत छन्।

चीनसहित विश्वका धेरै देशमा फैलिसकेको र ती देशबाट नेपालमा बेपर्वाह ठूलो संख्यामा भित्रिरहेकाहरू समयमै क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गर्न नसक्दा संक्रमण दोस्रो चरणमा प्रवेश गरिसकेको अवस्थामा फितलो ट्रेसिङले झन् चिन्ता थपेको छ।

पहिलो केस देखिँदासम्म ती युवासँगै एउटौ उडानमा आएकाहरूको पहिचानमा कुनै ध्यान दिइएन। पहिलो संक्रमित भेटिएको ६९औं दिनमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षे युवतीमा दोस्रो संक्रमण प्रमाणित भएसँगै बल्ल सरकारले संक्रमितका सम्पर्क पहिचान सुरु गरेको थियो। यो आधारमा सम्पर्क खोजी सुरुवात भएको १७ दिनवितिसकेको छ ।

अहिले स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अधिकारीहरू संक्रमितसँगै आएकाको ठेगाना पत्ता लगाउने, सम्पर्क स्थापित गर्ने, प्रत्येक दिन स्वास्थ्य अवस्था बुझ्ने र परामर्श दिने काममा खटिइरहेका छन्।

उनीहरूले पहिचान भएकालाई लक्षण देखिएमा तत्काल सम्पर्क गर्न लगाउने, लक्षण वा अन्य स्वास्थ्य अवस्था सोध्ने र रेकर्ड राख्ने गरेका छन्। महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार अधिकांश संक्रमण पहिचान भएकाको सम्पर्कमा आएकाहरूको पहिचान भइसकेको बताए।

‘विभिन्न उडानबाट आएकामध्ये अधिकांशको कन्ट्याक्ट ट्रेसिङमा खासै समस्या भएन,’ उनले भने, ‘तर, त्यसपछि स्थलमार्ग र सीमा नाकाबाट आएकाहरूमा त समस्या छ।’

‘अध्यागमन, प्रहरी, स्वास्थ्य संरचना, स्थानीय सरकार सबैको साथ लिएर कन्ट्याक्ट ट्रेसिङ गर्ने तथा क्वारेन्टाइन र आइसोलसनमा पठाउने गरेका छौं,’ डा. पाण्डेले हेल्थपोस्टनेपालसँग भने ।

सरकारले विभिन्न माध्यमबाट विदेशबाट आएकालाई सम्पर्कमा आउन गरेको आह्वान, सफ्टवेयरमार्फत् उनीहरूको विवरण भर्ने व्यवस्था गरेका कारण पनि धेरै मानिस सम्पर्कमा आएको डा. पाण्डेको भनाइ छ। ‘विभिन्न उडानबाट आएकामध्ये अधिकांशको कन्ट्याक्ट ट्रेसिङमा खासै समस्या भएन,’ उनले भने, ‘तर, त्यसपछि स्थलमार्ग र सीमा नाकाबाट आएकाहरूमा त समस्या छ।’

उनका अनुसार अहिले स्थानीय सरकार, प्रहरी सबै सचेत भएर गाउँगाउँमा यस्ता मानिसको खोजी गर्ने र सेल्फ क्वारेन्टाइनमा कडाइ गर्ने अवस्थामा बढोत्तरी भएको छ।

महाशाखाका अनुसार अहिले तीनदेखि पाँचजना सदस्य रहेको १३ समूह कन्ट्याक्ट ट्रेसिङमा खटिएको छ। इडिसिडीलाई यसका लागि विश्व स्वास्थ्य संगठन र नेपाल स्वास्थ्य अनुसन्धान परिषदका प्राविधिकले समेत सघाइरहेका छन्। तीबाहेक मन्त्रालयका एप्स, सामाजिक सञ्जाल र १११५ र ११३३ नम्बरमार्फत् पनि धेरै मानिस सम्पर्कमा आइरहेको स्वस्थ्य अधिकारीको भनाइ छ।

स्वास्थ्य अधिकारीले सक्दो प्रयास गरिरहे पनि संक्रिमतको सम्पर्कमा आएकाको पहिचान गर्न हम्मे परिरहेको छ। यतिसम्म कि नेपालमा भेटिएका नौ संक्रमितमध्ये तीनजना कतार एयरवेजको उडान नम्बर क्युआर६५२ बाट दोहा हुँदै चैत ४ मा नेपाल आएका थिए। उनीहरूसँगै आएका १ सय ५८ मध्ये पाँचजना अहिलेसम्म सम्पर्कमै आएनन्। त्यसमा रहेका पाँच विदेशीसहित अन्य भने सम्पर्कमै रहेर स्वास्थ्य परामर्श र अपडेट लिइरहेका छन्।

सोही उडानबाट आएकामध्ये मैतीदेवीकी १९ वर्षे युवती र बाग्लुङकी अर्का १९ वर्षे युवती तथा ६५ वर्षे महिलामा कोरोना संक्रमण पुष्टि भएको हो। विश्व स्वस्थ्य संगठनको मापदण्डअनुसार विमानमा अगाडिपछाडी र दाँयावायाँ बसेकाहरुको पहिचान गरेर परीक्षणसमेत गरिसकेको इडिसिडिका अधिकारीको भनाई छ ।

तर उनीहरुले चैत ४ मा यती एयरका उडानबाट पोखरा, विमानस्थलबाट ट्याक्सीमा बसपार्क गएर स्कार्पियोमा बाग्लुङ गएका थिए । ती दुई महिलासँग सम्पर्कमा आएकाहरु सबैको पहिचान नभएपनि समुदायमै परीक्षण सुरु गर्ने सरकारको तयारी छ । मैतीदेवीकी युवतीका घरपरिवारको पनि नमूना परीक्षण नेगेटिभ आइसकेको छ ।

ती युवा एक दिन काठमाडौं बसेर भोलीपल्ट काठमाडौंबाट बुद्ध एयर चढेर नेपालगन्ज पुगे। नेपालगन्ज विमानस्थलबाट इरिक्सा चढेर कोहलपुर पुगे। उनी कोहलपुरबाट माइक्रोबस चढेर अत्तरिया र अत्तरियाबाट मिनिबसमा धनगढी पुगेका थिए। यसबीचमा उनको सम्पर्कमा आएकालाई मिति र समयसहित सरकारले लक्षण देखिए सम्पर्कमा आउन आह्वान गर्नेबाहेक केही गर्न सकेको छैन।

त्यसैगरी चैत ६ गते धादिङका ३२ वर्षे पुरुष युएईको शारजहाँबाट एयर अरेबियाको उडान नम्बर जि९५३७ मा काठमाडौं आए, होटलमा बसे। उनलाई पनि संक्रमण देखियो। उनले काठमाडौमा रहँदा साथीभाईलाई पार्टीसमेत दिन भ्याए। सोही जहाजमा सवार १ सय ७० मध्ये अझै केही सम्पर्क बाहिर छन्।

चौथो संक्रमित धनगढीका ३४ वर्षे युवा दुबईबाट नयाँदिल्ली हुँदै भिस्टारा एयरलाइन्सको जहाजबाट काठमाडौ ओर्लिएका थिए। उनीसँग सोही जहाजमा १ सय ३० जना सवार थिए। त्यसमा सवार केही अझै सम्पर्कमा छैनन्।

ती युवा एक दिन काठमाडौं बसेर भोलीपल्ट काठमाडौंबाट बुद्ध एयर चढेर नेपालगन्ज पुगे। नेपालगन्ज विमानस्थलबाट इरिक्सा चढेर कोहलपुर पुगे। उनी कोहलपुरबाट माइक्रोबस चढेर अत्तरिया र अत्तरियाबाट मिनिबसमा धनगढी पुगेका थिए। यसबीचमा उनको सम्पर्कमा आएकालाई मिति र समयसहित सरकारले लक्षण देखिए सम्पर्कमा आउन आह्वान गर्नेबाहेक केही गर्न सकेको छैन।

ती युवा घर पुगेको केही दिनमै संक्रमण पुष्टि भएको थियो। उनीमार्फत् नै नेपालमा कोरोना संक्रमण दोस्रो स्टेजमा प्रवेश ग-यो। उनकी ३४ वर्षीया भाउजु पनि संक्रमित भइन्। जुन नेपालमा समुदायमा सरेको पहिलो केस थियो।

अहिले पनि स्थानीय तहमा प्रयोग भइरहेका इरिक्सा, माइक्रो र मिनिबसको सम्पर्क भएकाको पहिचान हुन नसकेको इडिसिडीका अधिकारीहरू बताउँछन्।

हवाईमार्गबाट आएकहरूकै सम्पर्क स्थापित गर्न नसकेको अवस्थामा भारतबाट स्थलमार्ग हुँदै आएका दुई युवामा संक्रमण भेटिए पनि महामारी नियन्त्रणका क्षेत्रमा काम गरिरहेका अधिकारीहरू झन् सशंकित छन्।

खासगरी चैत २२ मा संक्रमण पुष्टि भएका तर चैत १४ मा उत्तराखण्डबाट आएका कन्चनपुरका ४१ वर्षे पुरुष र चैत १२ मा भारत मुम्बईबाट गौरीफन्टा हुँदै कैलाली छिरेका २१ वर्षे युवाका सम्पर्कमा आएकाको पहिचान चुनौतीपूर्ण छ।

२१ वर्षे ती युवा सरकारले लकडाउन गरेर सीमा बन्द गरेपछि त्यसको विरुद्ध सीमा नाकामा सयौंले गरेको प्रदर्शनमा सरिक थिए। यद्यपि, सरकारी अधिकारीले उनीसँगै आएका १३ जना क्वारेन्टाइनमा रहेको बताएका छन्।

यीबाहेक स्थलमार्ग हुँदै भारतबाट आएका र तिनको सम्पर्क खोजीका लागि नागरिक तहमै जागरण र स्थानीय सरकारमा जिम्मेवारीबोध महत्वपूर्ण हुने विज्ञहरू बताउँछन्।

इडिसिडीका प्राविधिक लीलाविक्रम थापाका अनुसार एकभन्दा बढी केस भेटिएका र स्थानीय तहमा संक्रमण फैलिएका धनगढी र बाग्लुङमा कन्ट्याक्ट ट्रेसिङका लागि काठमाडौबाट चिकित्सकसहितको टोली नै पठाइएको थियो।

उनले भारतबाट नेपाल आएर संक्रमण प्रमाणित भएका दुई व्यक्तिको सम्पर्कको जानकारी विश्व स्वास्थ्य संगठनमार्फत् भारत सरकारलाई समेत उपलब्ध गराइएको जानकारी दिए।

इडिसिडीका अधिकारीहरूका अनुसार कतिपय नामका आधारमा बसेको स्थान ट्रेसिङ गर्न स्वास्थ्य मन्त्रालयले नेपाल टेलिकममा निवेदन दिइसके पनि सुनुवाइ भएको छैन। प्रहरीले सिमकार्डका आधारमा व्यक्तिको निगरानी र डिटेल खोजी गर्न सक्ने भए पनि गोपनियताको कारणले त्यो प्रक्रियामा पनि सरकार प्रवेश गरेको छैन।

कन्ट्याक्ट ट्रेसिङका लागि खटिएका विभिन्न समूहमध्ये एक समूहका संयोजक डा. प्रकाश बुढाथोकीले सम्पर्कमा ल्याउन केही समस्या भएको सुनाए।

उनका अनुसार सम्पर्कमा ल्याउन नसकिएका अधिकांशमा पासपोर्ट बनाउँदा उल्लेख गरिएको फोन नम्बर परिवर्तन हुनु, सिसिटिभी फुटेज उपलब्ध नहुनु, पासपोर्ट लिएको ठेगनामा हाल बसोबास नहुनु र सिमकार्डका आधारमा व्यक्तिको स्थान पहिचान गर्न सहज नहुनले समस्या परेको छ।

‘प्रहरीले नि खोज्ने, स्थानीय सरकारले नि खोज्ने, हामीले पनि खोज्ने गर्दा केही मान्छेले हैरान महसुस गरेको पनि पायौं,’ डा. बुढाथोकीले भने।
इडिसिडीका अधिकारीहरूका अनुसार कतिपय नामका आधारमा बसेको स्थान ट्रेसिङ गर्न स्वास्थ्य मन्त्रालयले नेपाल टेलिकममा निवेदन दिइसके पनि सुनुवाइ भएको छैन। प्रहरीले सिमकार्डका आधारमा व्यक्तिको निगरानी र डिटेल खोजी गर्न सक्ने भए पनि गोपनियताको कारणले त्यो प्रक्रियामा पनि सरकार प्रवेश गरेको छैन।

प्रधानमन्त्री केपी ओलीलले मंगलबार आफ्नो संवोधनका क्रममा कन्ट्याक्ट ट्रेसिङका लागि छुट्टै सफ्टवेयरबारे सोचिरहेको बताएका थिए। तर, पनि स्वास्थ्य अधिकारीहरू सफ्टवेयर बनाउने सोचेर मात्रै हुने अवस्था नभएको भन्दै प्रभावकारी रूपमा कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने बताउँछन्।

‘देशव्यापी संरचना र कानुनले पालना गराउने प्रमुख निकायका रूपमा कन्ट्याक्ट ट्रेसिङको नेतृत्व प्रहरीलाई नदिएसम्म प्रभावकारी हुन्नँ,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘अहिले स्वास्थ्यबाट भनिए पनि क्वारेन्टाइनको पालना गर्न अटेर गरिरहेका छन्। प्रहरीले खोज्ने र पछि स्वास्थ्य काउन्सिलिङका लागि बल्ल स्वास्थ्यकर्मीलाई जिम्मा दिनुपर्छ।’

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै