औषधी बिक्री

नेपालमा औषधिको माग घटेको भन्दै हात्तीसारमा रहेको देउराली-जनता फर्मास्युटिकल्स प्रालिको उत्पादन तत्कालका लागि बन्द गरिएको छ। फर्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माका अनुसार कोभिड-१९ को महामारीका कारण बजारमा अन्य औषधिको माग ह्वात्तै घटेको छ। ‘हामीसँग पर्याप्त औषधि छ, तर माग नै घटेपछि किन उत्पादन गर्ने भन्ने भयो। त्यही भएर केही...