औषधि वितरण

चितवन जिल्ला स्वास्थ्य कार्यालय पुग्नेबित्तिकै अत्यन्त अव्यवस्थित रूपमा फलिएका अनेक प्रकारका औषधिको डंगुर देख्न सकिन्छ । कार्यालयले म्याद नाघेका र केही म्याद भएकै औषधि पनि कार्यालयअगाडि जथाभावी फालेको हो । स्वास्थ्य कार्यालयबाहिर एन्टिबायोटिक, प्यारासिटामोल, क्षयरोग, कुष्ठरोग, औलो, मलेरिया, एचआइभीलगायतका म्याद नाघेका औषधिको थुप्रो देख्न सकिन्छ । कार्यालयपरिसरमा गैरजिम्मेवार ढंगले...