सहर कुरूप बनाउँदै मेडिकल, म्याद गुज्रेका औषधि सडकमा छरपस्ट

नेपालगन्जमा च्याउझैँ खोलिएका औषधि पसल (मेडिकल)हरूले नगरपालिकाको सरसफाइ अभियानलाई चुनौती दिँदै सहर नै कुरूप हुने गरी फोहोर मिल्काउँदा जताततै फोहोरले दुर्गन्ध फैलाउन थालेको गुनासो बढ्दै गएको छ ।

केही समयसम्म सफाइ महाअभियान नै सञ्चालन गरेको नेपालगन्ज उपमहानगरपालिकाले पछिल्लो समयमा नगरको फोहोर व्यवस्थापनमा उदासीनता देखाएको गुनासो नगरवासीको छ ।

नगरमा फोहोर गर्ने जोसुकैलाई कारबाही गरी फोहोर व्यवस्थापनमा सक्रिय हुने उद्घोष गरेको उपमहानगरपालिका भने पछिल्लो समय उदासीन बनेको देखिएको छ ।

यसअघि, नेपालगन्जको फोहोर व्यवस्थापनका लागि उपमहानगरपालिकाले कडा अभियान चलायो । फोहोर व्यवस्थापनका लागि उपमहानगरपालिकाले कुनै कसर बाँकी राखेन । तर, गल्ती गर्नेलाई कानुनको दायरामा भने ल्याउन सकेको अवस्था छैन ।

यस्तै, शुक्रबार नेपालगन्ज उपमहानगरपालिका सुर्खेत रोड सिग्नेट होटेलनजिक मेडिकलले ठूलो लापरबाही गरेको छ । मेडिकलबाट खेर गएका औषधि तथा मेडिकलजन्य फोहोरहरू आफूखुसी सडकमा छरपस्ट फालिदिँदा नगरको सौन्दर्य बिग्रनुका साथै मानव स्वास्थ्यमा जोखिम बढेको छ ।

नेपालगन्जका सामाजिक अभियन्ता युवा विशाल रानामगरले सो फोहोरको तस्बिर खिचेर सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेपछि यस्तो कुरा बाहिर आएको हो । उनले तस्बिर सेयर गर्दै ‘हामी जनता प्रत्यक्ष/अप्रत्यक्ष रूपमा नगरपालिकालाई कर तिर्छौं, तर नगर सफा राख्नुपर्ने ठेक्का नगरपालिकाको मात्र हो र ?’ भन्ने प्रश्न तेस्र्याएका छन् ।

म्याद गुज्रिएका औषधि दादागिरी शैलीमा मेडिकलले सडकमै छरपस्ट फालिदिँदासमेत उपमहानगरपालिकाले दोषी पत्ता लगाई कारबाही गर्नसमेत चासो दिएको छैन । कसले र किन यसरी सडकमा म्याद गुज्रिएका औषधिजन्य वस्तु फाल्यो, त्यो अझै पत्ता लाग्न सकेको छैन ।

औषधि बेचेर मोटो रकम असुल्ने यस्ता नाफाखोर मेडिकलका कारण सर्वसाधारणले सास्तीसमेत खेप्नुपरेको छ । अझ मेडिकलबाट उत्सर्ग हुने जोखिमयुक्त फोहोर पनि सडकमै मनोमानी ढंगबाट फालिदिँदा सो स्थान भएर हिँड्ने मानव तथा पशुलाई समेत यसले असर पार्ने जोखिम बढेको छ ।

यद्यपि, उपमहानगरपालिकाले फोहोर व्यवस्थापनलाई ध्यानमा राख्दै फोहोर व्यवस्थापनमा ध्यान नदिने नगरवासीलाई कडा कारबाही गर्ने यसअघि नै बताइसकेको छ । तर, नेपालगन्ज उपमहानगरपालिकाको फोहोर व्यवस्थापनमा यहाँका नागरिकले देखाएको उदासीनताप्रति उपमहानगरपालिका भने मौन देखिएको छ ।

घर, व्यवसाय, पसल, होटेल, उद्योगलगायतबाट उत्सर्ग हुने फोहोरजन्य पदार्थलाई यत्रतत्र फालिएको देखिन थालेको छ । विशेषगरी, पछिल्लो समय अस्पताल तथा अस्पतालजन्य फोहोरले नेपालगन्जको सौन्दर्य बिगार्नुका साथै विभिन्न रोग र संक्रमणको जोखिम बढाएको छ ।

नेपालगन्ज उपमहानगरपालिका सुर्खेत रोड होटेल सिग्नेटनजिक शिवाज र साई फर्माअगाडि म्याद गुज्रिएका विभिन्न ब्रान्डका औषधिहरू सडकमै छरपस्ट फालिएका छन् । म्याद गुज्रिएका ट्याबलेट, औषधिका बोतल सडकपेटीसँगै त्यसै फालिँदासम्म सम्बन्धित मेडिकल स्टोरलाई पहिचान गरी कारबाहीसमेत गर्न उपमहानगरपालिकाले चासो दिएको छैन ।

नेपालगन्जका सामाजिक अभियन्ता युवा विशाल रानामगरले सो फोहोरको तस्बिर खिचेर सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेपछि यस्तो कुरा बाहिर आएको हो । उनले तस्बिर सेयर गर्दै ‘हामी जनता प्रत्यक्ष/अप्रत्यक्ष रूपमा नगरपालिकालाई कर तिर्छौं, तर नगर सफा राख्नुपर्ने ठेक्का नगरपालिकाको मात्र हो र ?’ भन्ने प्रश्न तेस्र्याएका छन् ।

उनले यसरी अलपत्र अवस्थामा फालिएको फोहोरलाई केन्द्रित गर्दै भनेका छन्, ‘यसरी फालिएको औषधिजन्य फोहोरले मानव स्वास्थ्यमा असर पार्ने हुँदा जथाभावी बाटोमा ल्याएर औषधि मिल्काउनेलाई पहिचान गरी कारबाही होस् ।’ यसरी सडकमै फोहोरमैला फ्याँक्ने तथा सडकको फोहोर व्यवस्थापनका लागि उपमहानगरपालिकाको ठोस योजनाप्रति कटाक्ष गरेका छन् ।

उनले सेयर गरेका तस्बिरमा नेपालगन्जका थुप्रै व्यक्तिले आफ्नो तर्क पनि राखेका छन् । यो त एउटा प्रतिनिधि घटना मात्र हो । तर, दिनहुँजसो नेपालगन्जबाट उत्सर्ग हुने विभिन्न जोखिमयुक्त फोहोरजन्य पदार्थमा नागरिकको जागरुकता र गल्ती गर्नेलाई कारबाही नगर्दासम्म उपमहानगरपालिकाले फोहोर व्यवस्थापनका लागि जति नै डम्फु पिटे पनि नगरको फोहोर व्यवस्थापन हुन सक्दैन ।

अझ नेपालगन्ज उप–महानगरपालिका क्षेत्रवरपर उत्पादन हुने अधिकांश फोहोर सडकमै जलाइने गरिन्छ । उप– महानगरपालिकाभित्रका मुख्य र सहायक सडकमा बिहान र साँझको समयमा फोहोर संकलन गरी जलाइने गरिन्छ । नेपालगन्जमा दिनहुँ ३५ टन फोहोर उत्पादन हुनेमा २० टन मात्र व्यवस्थापन गर्ने गरिएको एक तथ्यांकले यसअघि प्रस्ट्याएको छ । नगरको फोहोर व्यवस्थापन पूर्ण रूपमा नहुँदा बाँकी फोहोर सडकमै जलाइने गरेको स्थानीयको भनाइ छ ।

यसरी छरपस्ट फालिने र जलाइने फोहोरले श्वासप्रश्वास, दम, एलर्जी तथा घातक रोगसमेत लाग्न सक्ने सम्भावना बढ्ने चिकित्सक बताउँछन् । सडकमा फ्याँकिने र जलाइने यस्ता फोहोर अधिकांश प्लास्टिक तथा अस्पतालजन्य (मेडिकलबाट) उत्सर्ग भएका फोहोर हुन्छन् ।

जस्तोसुकै फोहोर सडकमा राखी जलाइँदा नगरको वातावरण दिन प्रतिदिन बिग्रँदै गएको स्थानीयले गुनासोसमेत गरेका छन् । किराना पसल, रेस्टुरेन्ट, मेडिकललगायतबाट दिनहुँ निस्कने फोहोरको सही व्यवस्थापन हुन नसक्नु र मनपरी सडकमा फाल्नु, जलाउनुले मानव शरीरमा यसले नकरात्मक असर पार्ने चिकित्सकहरू बताउँछन् ।

यसरी छरपस्ट फालिने र जलाइने फोहोरले श्वासप्रश्वास, दम, एलर्जी तथा घातक रोगसमेत लाग्न सक्ने सम्भावना बढ्ने चिकित्सक बताउँछन् । सडकमा फ्याँकिने र जलाइने यस्ता फोहोर अधिकांश प्लास्टिक तथा अस्पतालजन्य (मेडिकलबाट) उत्सर्ग भएका फोहोर हुन्छन् ।
विभिन्न अध्ययनले खुला रूपमा मेडिकलजन्य फोहोर तथा प्लास्टिक फालिदिँदा र जलाइँदा वातावरणसँगै मानव तथा पशुपक्षीमा नकारात्मक प्रभाव पार्ने देखाएको छ । त्यसबाट निस्कने धुवाँका कारण दम, मुटुरोग लाग्ने, टाउको दुख्ने र कलेजो एवम् मिर्गौलालाई नकारात्मक असर गर्ने देखिएको छ ।

प्लास्टिक जलाउँदा निस्कने डाइअक्सिन र फ्युरान्स नामक विषादीहरू क्यान्सर र श्वासप्रश्वाससम्बन्धी रोगका कारक बन्ने गरेको पनि विभिन्न अध्ययनबाट पत्ता लागेको छ । वातावरणमा दीर्घकालीन असर गर्ने मेडिकलजन्य फाहोर र प्लास्टिक खुला रूपमा सडकमै छरपस्ट फाल्नु र जलाउनुले नेपालगन्जलाई स्वच्छ बनाउन चुनौती थपिएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

दुई कम्पनीका मधुमेह र दुखाइमा प्रयोग गर्ने औषधि कम गुणस्तरका, ९ औषधि पसललाई कारबाही


न्यून गुणस्तरका औषधि उत्पादन तथा विक्री–वितरणको बिगबिगी भइरहँदा औषधि व्यवस्था विभागले गुणस्तरहीन औषधि विक्री–वितरणमा संलग्न औषधि उद्योग तथा पसलहरूलाई कारबाही गरेको छ । विभिन्न ५ जिल्लाका ९ औषधि पसललाई कारबाही गरेको औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले बताए । उनका अनुसार कास्कीका ४, भक्तपुरका २, काठमाडौंको १, तनहुँको १ र म्याग्दीको १ औषधि पसल कारबाहीमा परेका हुन् ।

विभागको आर्थिक वर्षको तेस्रो चौमासिक प्रतिवेदनअनुसार यसअवधिमा विभागले न्यून गुणस्तरका औषधि उत्पादन गर्ने दुई कम्पनीलाई बजारबाट औषधि फिर्ता गर्न निर्देशन दिएको छ । एक स्वदेशी र एक विदेशी औषधि उत्पादक कम्पनीका न्यून गुणस्तरका औषधि बजारबाट रिकलका लागि पठाइएको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिए । उनका अनुसार मधुमेहरोगमा प्रयोग गरिने नेपाल फर्मास्युटिकल ल्याबरोटरी प्रालि जितपुर, वीरगन्जले उत्पादन गरेको फोरमिन–जी १४० नामक औषधि रिकलका लागि विभागले सूचना पठाएको हो । त्यसैगरी, भारतको विन मेडिकेयर प्रालि मोदिपुरमले उत्पादन गरेको –२५०११०, डिकमोल नामक दुखाइ कम गर्न प्रयोग गरिने औषधि न्यून गुणस्तरको पाइएकाले विभागले पत्रपत्रिकामा समेत सूचना जारी गरी रिकलका लागि निर्देशन दिएको छ ।

विभागले समय–समयमा गुणस्तरहीन औषधि उत्पादन तथा विक्री–वितरण गर्ने विभिन्न औषधि कम्पनी तथा उद्योगलाई गरेको कारबाहीले औषधिको गुणस्तर कायम राख्न सहयोग पुगेको महानिर्देशक ढकालको भनाइ छ । रिकलका लागि सूचना पाएपश्चात् तोकिएको समयभित्र त्यस्ता औषधि फिर्ता नगर्ने औषधि पसल र कम्पनीलाई विभागले दिएको सञ्चालन अनुमति रद्द गर्ने महानिर्देशक ढकालले बताए ।

न्यून गुणस्तरका औषधि उत्पादन गर्ने कम्पनीलाई कारबाही, औषधि जफत तथा कतिपय अवस्थामा निलम्बन नै गरिने विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए । विभागले समय–समयमा गुणस्तरहीन औषधि उत्पादन तथा विक्री–वितरण गर्ने विभिन्न औषधि कम्पनी तथा उद्योगलाई गरेको कारबाहीले औषधिको गुणस्तर कायम राख्न सहयोग पुगेको महानिर्देशक ढकालको भनाइ छ । रिकलका लागि सूचना पाएपश्चात् तोकिएको समयभित्र त्यस्ता औषधि फिर्ता नगर्ने औषधि पसल र कम्पनीलाई विभागले दिएको सञ्चालन अनुमति रद्द गर्ने महानिर्देशक ढकालले बताए । बजार अनुगमनका क्रममा न्यून गुणस्तरको पाइएका औषधि उत्पादक कम्पनीलाई कारबाही गर्न औषधि व्यवस्था विभागले नेपाल सरकारसमक्ष सिफारिस गर्छ ।

तोकिएको मापदण्ड पूरा नभएका तथा जनस्वास्थ्यमा प्रतिकूल असर पार्नेखालका त्यस्ता औषधिको सेवनले रोग निको हुनुको साटो झन्–झन् बढ्दै जाने भएकाले त्यस्ता औषधि उद्योग तथा विक्री–वितरकलाई कारबाहीको दायरामा ल्याउनु आवश्यक रहेको सूचना अधिकारी केसी बताउँछन् । उनका अनुसार विभागले गुणस्तरहीन औषधि उत्पादक तथा विक्री–वितरक कम्पनीहरूको सूची बनाई उनीहरूलाई कारबाहीको दायरामा ल्याउने गरेको छ ।

कुन–कुन परे कारबाहीमा ?
कारबाहीमा परेका कास्कीका औषधि पसलमा पालुङटार फार्मेसी, आभास आयुर्वेदिक फर्मा, अधिकारी मेडिसिन सप्लायर्स र सृष्टि मेडिकल हल छन् । म्याग्दीको आचार्य मेडिकल हल र तनहुँको एलेक्सा मेडिकल हल पनि विभागको कारबाहीमा परेका छन् । त्यसैगरी, भक्तपुरको एकै वडाका दुई फार्मेसीलाई विभागले कारबाही गरेको छ । सूर्यविनायक नगरपालिका–१ का अरनिको हाइवे पोलिक्लिनिक प्रालिको फार्मेसी र अर्बिसा फार्मेसी कारबाहीमा परेका हुन् । त्यस्तै, काठमाडौंको नागार्जुन नगरपालिकाको एभठिडे फार्मेसी पनि विभागको कारबाहीमा परेको छ ।

म्याग्दीको आचार्य मेडिकल हललाई भने विभागले २१ दिनका लागि औषधि विक्री–वितरणमा रोक लगाएको छ । बाँकी पाँच फार्मेसी सबैभन्दा कम १५ दिनको कारबाहीमा परेका छन् । कास्कीका सबै औषधि पसलहरू पालुङटार, आभास, अधिकारी र सृष्टिलाई १५ दिन सञ्चालनमा रोक लगाएको छ । त्यसैगरी, तनहुँको एलेक्सा मेडिकल हल पनि १५ दिनको कारबाहीमा परेको छ ।

१५ देखि ८० दिन सञ्चालनमा रोक, कसलाई कति ?
कारबाहीमा परेका औषधि पसलहरूलाई विभागले कसुरअनुसार १५ देखि ८० दिनसम्म औषधि विक्री–वितरणमा रोक लगाएको छ । त्यसमध्ये सबैभन्दा बढी कारबाही भोग्नेमा काठमाडौंको नागार्जुन नगरपालिकास्थित एभठिडे फार्मेसी छ । एभठिडेलाई विभागले ८० दिनका लागि औषधि विक्री–वितरणमा रोक लगाएको हो । त्यसपछि बढी कारबाही भोग्नेमा भक्तपुरका दुई फार्मेसी छन् । सूर्यविनायक–१ का अरनिको हाइवे पोलिक्लिनिक र अर्बिसा फार्मेसीलाई ७५ दिनका लागि सञ्चालनमा रोक लगाइएको हो ।

म्याग्दीको आचार्य मेडिकल हललाई भने विभागले २१ दिनका लागि औषधि विक्री–वितरणमा रोक लगाएको छ । बाँकी पाँच फार्मेसी सबैभन्दा कम १५ दिनको कारबाहीमा परेका छन् । कास्कीका सबै औषधि पसलहरू पालुङटार, आभास, अधिकारी र सृष्टिलाई १५ दिन सञ्चालनमा रोक लगाएको छ । त्यसैगरी, तनहुँको एलेक्सा मेडिकल हल पनि १५ दिनको कारबाहीमा परेको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

बिरामीको भरोसा बन्दै वीर अस्पतालको फार्मेसी, औषधिको अंकित मूल्यमा ७०% सम्म छुट

नेपालकै पुरानो र ठूलो केन्द्रीय अस्पताल वीरको मूल भवनको भुइँतलामा विशेषगरी दिउँसोको समयमा खचाखच भिड देख्न सकिन्छ । लाइनमा बसेका प्रायः मानिसको हातमा डाक्टरको प्रेस्क्रिब्सन हुन्छ । उनीहरू अस्पतालको फार्मेसीमा औषधि किन्न पालो पर्खेर बसेका हुन्, जहाँ १५ देखि २० मिनेटसम्म लाइन बस्नुपर्ने बाध्यता छ । हरेक दिन हजारौँको संख्यामा स्वास्थ्योपचारका लागि मुलुककै सस्तो अस्पताल वीर आउने बिरामीले पैसा तिरेर औषधि किन्नका लागि यसरी नै समय र श्रम खर्चिरहेका छन् ।

अस्पतालपरिसरमा अन्य फार्मेसी नभएका भने होइनन् । अस्पतालको गेटबाट बाहिर निस्केलगत्तै लहरै फार्मेसी छन् र त्यहाँ लाइन बस्नुपर्ने अवस्था पनि रहँदैन । तर, अस्पतालको फार्मेसीले दिने छुट र विश्वसनीयताका कारण धेरै बिरामी केहीबेर पर्खेरै भए पनि भित्रै औषधि किन्न रुचाउँछन् ।

सेवाग्राहीको यति धेरै विश्वास र आकर्षण भएको फार्मेसीले उनीहरूलाई नकुराईकन सेवा दिनमा के समस्या छ त ? फामेर्सी प्रमुख मानबहादुर महरा आवश्यक जनशक्तिको अभावले समस्या निम्त्याएको मान्छन् । ‘सेवाग्राहीको चाप धान्न सक्ने पर्याप्त जनशक्ति नभएको हुँदा सेवाग्राहीका लागि केही असर पुुगेको छ,’ उनी भन्छन् ।

तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले सबै सरकारी अस्पतालमा आफ्नै फार्मेसी राख्न प्रशासनिक र कानुनी अग्रसरता लिएपछि वीरको फार्मेसी ५ माघ ०७३ मा स्थापना भएको थियो । अस्पताल प्रशासनले त्यसलाई विस्तार गर्दै लगेर यो अवस्थामा पु-याएको हो । सुरुमा २ सय प्रकारका औषधि बिक्रीबाट प्रारम्भ गरिएको फार्मेसीले अहिले १ हजार ५ सय प्रकारका औषधि बिक्री गरिरहेको छ ।

अस्पताल भवनमै अ‍ेपिडी र विपन्न वर्गका लागि भनेर २ वटा फार्मेसी सञ्चालनमा छन् । ५ जना जनशक्तिबाट सञ्चालन सुरु गरिएको फार्मेसीमा अहिले १० जनले सेवा दिइरहेका छन् । तर, सेवाग्राहीको बढ्दो आकर्षण धान्न यो जनशक्तिले भ्याइरहेको छैन । फार्मेसीका लागि दरबन्दी भने जम्मा ३ वटा छन् । दरबन्दीका बाहेक नेपाल सरकारको छात्रवृत्तिमा ५ जना र न्याम्समा पढेर आएका २ जनाले फार्मेसीमा सेवा दिइरहेका छन् ।

अंकित मूल्यको ७० प्रतिशतसम्म छुट
वीरको फार्मेसीबाट औषधि खरिद गर्दा सेवाग्राहीले ७० प्रतिशतसम्म छुट पाउने गरेका छन् । ८ रुपैयाँ अंकित मूल्यको पेन्टोप्राजोल ४० एमजी क्याप्सुल फार्मेसीले जम्मा २ रुपैयाँ ४० पैसामा बेच्दै आएको छ । त्यसैगरी, ९ सय १० रुपैयाँ ४० पैसा अंकित मूल्यको इनोक्जापारिन– ६० एमजी इन्जेक्सनलाई वीरका ग्राहकले जम्मा ३ सय ५६ रुपैयाँ ४० पैसा तिर्नुपर्छ, जसमा झन्डै ६१ प्रतिशत छुट समावेश छ ।

विशेषगरी, मुटु, सुगर, हर्मोनल ड्रग्स, दम, एन्टिबायोटिक्स, क्यान्सर, मिर्गौलारोगका औषधि अन्यत्रभन्दा वीरको फार्मेसीमा सस्तोदरमा पाइने महराको दाबी छ । अस्पतालमा बालरोग, गाइनो, मानसिकरोग विभाग नभएकाले यी रोगका औषधि फार्मेसीमा उपलब्ध छैनन् ।

उधारोको समेत व्यवस्था
फार्मेसीले केही निश्चित समूहका ग्राहकका लागि उधारोमा समेत औषधि दिने गरेको छ । आकस्मिक सेवाका लागि आउने बिरामी, भर्ना भएर बसेका बिरामी, विपन्न सेवाअन्तर्गतका बिरामी (हेमोडाइलाइसिस, क्यान्सर, मिर्गौला फेललगायत), स्वास्थ्य बिमाअन्तर्गतका बिरामी, जनयुद्धका घाइते कार्डधारी बिरामीलाई उद्यारोमा औषधि सेवा प्रदान गरिरहेको छ । यसरी उधारोमा दिइएको औषधिको भुक्तानी नेपाल सरकार वा अस्पतालबाट हुने गर्छ ।

यसअन्तर्गत एक बिरामीले अधिकतम ४ लाखसम्मको औषधि उधारो पाउने व्यवस्था छ । मिर्गौला ट्रान्सप्लान्ट गरेका बिरामीले ४ लाख रुपैयाँसम्मको औषधि सेवा पाउने गर्छन् । त्यसैगरी, क्यान्सर र विपन्न वर्गअन्तर्गतका बिरामीले अधिकतम एक लाख रुपैयाँबराबरको औषधि उधारोमा पाउने व्यवस्था छ ।

वीरमा मात्र पाइन्छ हेपाटाइटिस सीको औषधि
हेपाटाइटिस सीको औषधि वीरबाहेक अन्यत्र कहीँ पनि पाइँदैन । तसर्थ, वीरको फार्मेसीमा धेरैजसो हेपाटाइटिस सीको औषधि लिन आउनेको धुइँचो लाग्ने गरेको महरा बताउँछन् । उनका अनुसार यो औषधिका लागि धेरै अस्पतालका कार्ड बोकेर ग्राहकहरू वीरमा लाइन लाग्ने गरेका छन् । त्यसैगरी, नार्कोटिक तथा साइकोटोर्फिक औषधि पनि विशेष सहुलियतका कारण खोज्न आउनेको संख्या धेरै छ ।

रोगका विभागअनुसार फार्मेसीलाई विशिष्टीकृत गरिने
१ सय २९ वर्ष पार गरिसकेको ऐतिहासिक वीर अस्पतालले २ वर्षअघि मात्र आफ्नै फार्मेसी स्थापना गरेको हो । फार्मेसीलाई रोगका विभागअनुसार विशिष्टीकृत गर्ने योजना अस्पतालको छ । यसका लागि कोठाहरू बनिरहेको महरा बताउँछन् । उनका अनुसार डिपार्मेन्टका रूपमा विकास गरेपछि फार्मेसीको छुट्टै युनिट बनाउने लक्ष्य छ । ‘आइपिटी, ओपिडी, इमर्जेन्सीलगायत विभागमा फार्मेसीको विस्तार गर्ने तथा औषधिको साइड इफेट पत्ता लगाउने फर्माको भिगिलेन्स सेन्टरका रूपमा काम गर्ने लक्ष्य छ,’ उनले भने ।

ठाउँ अभावले स्टोरेजमा समस्या
ठाउँ अभावका कारण औषधि स्टोर गर्न समस्या रहेको महराको गुनासो छ । १० दिनका लागि पुग्ने औषधि पनि स्टोर गर्ने ठाउँ छैन । उनका अनुसार बिरामीको चापअनुसार ३ महिनासम्मको औषधि स्टोर गर्ने ठाउँको आवश्यकता छ ।

जनशक्ति अभावले २४ घण्टे सेवामा कठिनाइ

सेवाग्राहीलाई २४ घण्टे सेवा उपलब्ध गराउन थप ८ देखि १० जना आवश्यक रहेको फार्मेसी प्रमुख महरा बताउँछन् । फार्मेसीले नियमानुसार २४सै घण्टा सेवा–सुविधा दिनुपर्ने हुन्छ । ‘जनशक्ति अभावका कारण रातिको समयमा हामीले सेवा दिन सकिरहेका छैनौँ,’ महरा भन्छन्, ‘दिउँसोकै समयमा पनि सेवाग्राहीको चापअनुरूप पर्याप्त जनशक्ति नहुँदा समयमै सेवा दिनमा बाधा पुगेको छ ।’

तर, पछिल्लो समय नेपाल सरकारले फार्मेसीका लागि थप ५ दरबन्दी स्वीकृत गरेकाले अर्को वर्षदेखि भने २४ घण्टे सेवा दिन सकिने महरा बताउँछन् । उनका अनुसार थप दरबन्दीमा पदपूर्तिका लागि लोकसेवामा पठाइसकेको छ । हाल वीरका दुई फार्मेसीमध्ये विपन्न वर्गका लागि छुट्याइएको फार्मेसी बिहान ७ बजेदेखि अपराह्न ४ बजेसम्म र ओपिडी फार्मेसी बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म खुल्ने गरेको छ ।

फार्मेसी सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले ‘सिड मनी’मार्फत २५ लाख रुपैयाँ दिएको थियो । उक्त रकमबाट सुरु भएको फार्मेसीले आर्थिक वर्ष ०७४/७५ सम्म ३ करोड रुपैयाँबराबरको कारोबार गरिसकेको छ । सेवाग्राहीलाई आकर्षक छुट दिएर पनि अहिलेसम्म फार्मसी ४३ लाख नाफामा गएको प्रमुख महराले जानकारी दिए ।

औषधि खरिद ऐन र अस्पताल औषधि निर्देशिका ‘२०७२’ बाट औषधि छनोट गर्दा विशेषगरी सम्बिन्धत चिकित्सक, विभाग, युनिट प्रमुखको विश्वसनीयताका आधारमा औषधिको ब्रान्ड छनोट गर्नका लागि ड्रग्स एन्ड थेरापिटिक कमिटीको सिफारिसमा औषधि खरिद गर्नेगरेको महराले बताए ।

फार्मेसीले खरिदमूल्यमा २० प्रतिशत मुनाफा राखी औषधिको अधिकतम खुद्रा मूल्य नबढ्ने गरी औषधि विक्री गर्ने गरेको छ । यति नाफा राख्दा पनि ग्राहकले बाहिरका औषधि पसलमा भन्दा अस्पतालको फार्मेसीमा सस्तो दरमा औषधि पाउने गरेका छन् ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतका प्रत्येक सरकारी अस्पतालले आफ्नै फार्मेसी राख्नुपर्ने कानुनी प्रावधान छ । यही प्रावधानअनुसार अस्पतालको डिपर्मेन्टका रूपमा वीरको फार्मेसी सञ्चालनमा छ । निजी फार्मेसीमा भन्दा सस्तो दरमा औषधि उपलब्ध हुने भएकाले अस्पतालको फार्मेर्सीबाट बिरामीले राहत महसुस गर्ने महरा बताउँछन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै