युवा चिकित्सकको सुरक्षित एनेस्थेसिया अभियान, भन्छन्– शल्यक्रियालाई कुनै कुराले रोक्दैन, पछि पनि दुख्दैन

अप्रेसन (शल्यक्रिया) कसैको रहरको विषय हुँदैहोइन । शल्यक्रिया अवधिभर त बेहोस बनाइन्छ, तर होसमा आएपछि… । धेरै बिरामी र आफन्तको चिन्ता, शल्यक्रियापछि होसमा फर्किएला–नफर्किएला, घाउ निको हुन कति समय लाग्ला र घाउ कति दुख्ला ?

उपकरण, विधि र प्रविधिले निरन्तर फड्को मारिरहेको चिकित्साविज्ञानमा शल्यक्रियाका क्रममा हुने जोखिम र शल्यक्रियापछि हुने दुखाइको व्यवस्थापनका लागि नेपालका युवा एनेस्थेसिओलोजिस्टले एउटा अभियान नै छेडेका छन् । नेपालको सन्दर्भमा बेहोस बनाउने वा दुखाइको व्यवस्थापन गर्ने नवीनम प्रविधि ‘अल्ट्रासाउन्ड गाइडेड रिजलन एनेस्थेसिया’बारे चेतना र प्रयोग बढाउन युवा एनेस्थेसिओलोजिस्टहरूले यस्तो प्रयत्न गरेका हुन् ।

विकासित देशहरूका सन्दर्भमा नौलो नभए पनि एनेस्थेसियालाई भिन्न ढंगले सोच्ने र अपनाउने यो अभियान तीन वर्षदेखि अगाडि बढिरहेको छ । निजामती कर्मचारी अस्पतालमा कार्यरत युवा एनेस्थेसिओलोजिस्ट डा. अनुजजंग रायमाझीसहित केही युवा चिकित्सकले सन् २०१६ मा आफूले जानेको यो सुरक्षित एनेस्थेसियाको सीप अन्य चिकित्सकलाई सिकाउँदै सर्जन र बिरामी पक्षलाई समेत सचेत गराउन सुरुवात गरेका थिए । डा. रायमाझीसहित डा. संयुक्तराज आचार्य, डा. नवीन्द्र विष्ट, डा. पवनकुमार हमाल, डा. प्रज्वल भट्टराई, डा. सुवास पौडेल डा. दिप्तेश अर्याल, डा. रुपेश यादव र डा. ललितजंग राजवंशी सुरुदेखि नै सरिक छन् ।

सुरक्षित एनेस्थेसियाबारे चेतनासँगै माग बढ्दै गएको र वीर, ट्रमा, टिचिङ, निजामती कर्मचारी अस्पताल, कान्ति, केएमसी, नोबलसँगै उपत्यकाबहिर भरतपुर, विराटनगर, धरानका चिकित्सकले पनि अभ्यास सुरु गरिसकेको हाल ट्रमामा कार्यरत डा. हमालले जानकारी दिए ।

अभियानअन्तर्गत सातवटा वर्कसपमार्फत १ सय ५० भन्दा बढी एनेस्थेसिओलोजिस्ट र जिपीलाई यो सीप सिकाइसकेका छन् । ‘यो सीप सिकाउन चार तहका तालिमका पाठ्यक्रम बनाएर आवश्यकता र मागका आधारमा तालिन गर्दै आएका छौँ’ डा. रायमाझीले भने । दुई वर्षको अवधिमा मात्रै उनीहरूले ७ वटा वर्कसप गरिसकेका छन् । जसमध्ये २ भरतपुर र विराटनगरमा गरिएको थियो ।

उनीहरूले युरान फाउन्डेसन नामक संस्था नै बनाएर गतिविधि गरिरहेको युवा एनेस्थेसिओलोजिस्ट डा. पवन हमालले बताए । यसका लागि उनीहरूले आफ्नै
पहलमा चार लेबलको पाठ्यक्रमसमेत विकास गरेका छन् । प्रारम्भिक लेबलदेखि चौथो तहसम्ममा दीर्घकालीन रूपमा दुखाइको व्यवस्थापन कसरी गर्ने भन्ने सीप समाविष्ट छ ।

सुरक्षित एनेस्थेसियाबारे चेतनासँगै माग बढ्दै गएको र वीर, ट्रमा, टिचिङ, निजामती कर्मचारी अस्पताल, कान्ति, केएमसी, नोबलसँगै उपत्यकाबहिर भरतपुर, विराटनगर, धरानका चिकित्सकले पनि अभ्यास सुरु गरिसकेको हाल ट्रमामा कार्यरत डा. हमालले जानकारी दिए ।

अल्ट्रासाउन्ड गाइडेड रिजनल एनेस्थेसिया प्रयोगले जोखिम कमसँगै संक्रमणदरमा कमी र खर्च र बिरामीलाई सहजसमेत भएका कारण बिस्तारै लोकप्रिय बन्दै गएको अनुभव उनीहरूको छ ।

शल्यक्रिया चरणमा पूरै बेहोस बनाउँदा जोखिम हुने, अन्य रोग वा उमेर समूहका बिरामीदेखि दीर्घकालका दुखाइको व्यवस्थापनमा उपयोगी भएका कारण यो सीपकको लोकप्रियता बढ्दै गएको छ । सामान्य रूपमा हेर्दा यस्तो विशिष्ट सीप सिकेका व्यक्तिले आकर्षणका हिसालले रोजाइको जनशक्ति भएर बस्ने विकल्प थियो । तर, चिकित्सकहरू सीमित व्यक्तिमा मात्रै यो सीप भएर पैसा मात्रै कमाउने तिर भन्दा सुरक्षित एनेस्थेसियाका लागि यो सीप फैलाउन लागिपरेको निजामती अस्पतालका एनेस्थेसिओलोजिस्ट डा. अनुजजंग रायमाझीले बताए ।

एनेस्थेसिया विकसित देशका सन्दर्भमा लामो समयदेखि अभ्यासमा आए पनि नेपालमा यसका सन्दर्भमा अझै शल्यचिकित्सकहरूमै जानकारीको कमी भएको भनाइ चिकित्सकहरूको छ । डा. रायमाझीका अनुसार यो विधि शल्यक्रियामा एनेस्थेसियासँगै दीर्घखालका दुखाइमा पनि प्रभावकारी साबित भएको छ ।

अस्पतालहरूमा भइरहेका जनशक्तिले सामान्य अतिरिक्त तालिम लिने सुरुवातमा कम्तिमा २० देखि ३० लाखको उपकरण भएमा ‘अल्ट्रासाउन्ड गाइडेड रिजलन एनेस्थेसिया’ सम्भव हुन्छ । मुटुको रगत फाल्ने क्षमता १०-१५ प्रतिशत मात्रै भएको बिरामीमा समेत शल्यक्रिया सफल भइरहेको चिकित्सकहरू बताउँछन् ।

‘जोखिमसँगै लामो समय लाग्ने शल्यक्रियामा पनि बिरामीलाई जनरल एनेस्थेसिया दिए शल्यक्रिया टेबुलमै मृत्यु हुनसक्छ ’ डा. रायमाझीले भने, ‘त्यस्तो अवस्थामा पनि ज्यान जोगाएर शल्यक्रिया सफल बनाउन सकिन्छ ।’

जनरल एनेस्थेसियामा फोक्सो, मुटु, मिर्गौला कमजोर भएको अवस्थामा ती अंगलाई औाषधि दिँदा जोखिम धेरै हुन्छ । ‘यो पद्धति हो, यसमा नसाबाट अल्ट्रासाउन्डले हेर्दै एक्युरेटसँग दिइन्छ,’ अगुवा डा. रायमाझीले भने, ‘जसले जोखिम घटाउँछ’

अहिले पनि आम बिरामी र कतिपय चिकित्सकहरूको पनि बुझाइ भनेको एनेस्थेसिया भनेको बेहोस गराउनु मात्रै हो । तर, बेहोस गराउँदा मुटु, छाती, मिर्गौला र अन्य महत्वपूर्ण प्रणालीलाई नर्मल फिजियोलोजी राखेर पछि आफ्नै काममा फर्काउने चुनौती एनेस्थेसिओलोजिस्टले वहन गरेका हुन्छन् । ‘बेहोस आफैँमा एउटा पद्धति हो । मुटु, फोक्सो कसरी सञ्चालन गर्ने ?’ डा. रायमाझी भन्छन् ।
सामान्यतः अहिले एनेस्थेसियामा पूरै बेहोस गराउने, स्पाइनल एनेस्थेसिया, ब्लक एनेस्थेसिया र लोकल प्रचलनमा छन् ।

अल्ट्रासाउन्ड गाइडेड रिजनल एनेस्थेसियामा भने शल्यक्रियाका समयमा यी परम्परागत एनेस्थेसियाका तरिकाहरूले बेहोस गराउँदा बढी जोखिम हुन सक्ने उमेर समूह उच्च रक्तचाप, फोक्सो, मिर्गौला, क्यान्सरजस्ता मधुमेहका समस्या भएका बिरामीलाई आवश्यक ठाउँमा र आवश्यक मात्रामा मात्रै दिएर शल्यक्रियालाई सहज बनाइन्छ ।

जनरल एनेस्थेसियामा फोक्सो, मुटु, मिर्गौला कमजोर भएको अवस्थामा ती अंगलाई औषधि दिँदा जोखिम धेरै हुन्छ । ‘यो पद्धति हो, यसमा नसाबाट अल्ट्रासाउन्डले हेर्दै एक्युरेटसँग दिइन्छ,’ अगुवा डा. रायमाझीले भने, ‘जसले जोखिम घटाउँछ’

यो विधिबाट एनेस्थेसिया दिँदा अन्य रोगको जोखिमका कारण बेहोस अवस्थाबाट ब्युँताउनै कठिन भएकालाई मात्रै होइन, शल्यक्रियाका समयमा हुन सक्ने संक्रमण, निमोनियाको जोखिम, औषधिको असर कम, आइसियू र भेन्टिलेटरमा राख्नुपर्ने अवधिसमेत निकै कम भएको छ, जसका कारण जोखिमसँगै खर्चसमेत कम लाग्ने डा. रायमाझी बताउँछन् । ‘जनरल प्रविधिबाट एनेस्थेसिया दिँदा लामो समय बेहोस हुँदा जटिलता आउन सक्छन्, त्यसलाई यो पद्धतिले घटाउँछ,’ उनले भने ।

समयमै होसमा फर्किने हुँदा तत्काल हिँडाइ सुरु हुन्छ र जसले गर्दा पेट र रक्तप्रणालीसम्बन्धी रिकभरी पनि छिट्टै हुन्छ ।

दीर्घकालीन रुपमा हुने दुखाईको राम्रो निदानका लागि पेन मेडिसिनकै रूपमा पनि अल्ट्रासाउन्ड गाइडेड रिजलन एनेस्थेसियाको प्रयोग भइरहेको र त्यसले कठिनखालका दुखाइको पनि सहजै व्यवस्थापन गर्न सकिने डा. रायमाझी बताउँछन् । ‘क्यान्सरका दुखाइ, ढाडको दुखाइ, घुँडाको दुखाई र अन्य धेरै दुखाइमा यो विधिबाट व्यवस्थापन गरिरहेका छौँ,’ उनले भने ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

ठूला अस्पतालमै पर्याप्त छैनन् एनेस्थेसिओलोजिस्ट, आवश्यक संख्याको एकचौथाइ मात्र उपलब्ध

बेहोस बनाएर अप्रेसन गर्नुपर्ने जुनसुकै रोगका बिरामीका लागि एनेस्थेसिया चिकित्सकको आवश्यकता पर्दछ । नेपालमा हालसम्मको अप्रेसनका केसहरूलाई अध्ययन गर्दा करिब २ हजारको हाराहारीमा एनेस्थेसिया चिकित्सक आवश्यक देखिन्छ । तर, हाल देशमा आवश्यक संख्याको एकचौथाइ अर्थात् करिब ५ सयको हाराहारीमा मात्र एनेस्थेसिया चिकित्सक उपलब्ध रहेको तथ्यांक छ । त्यसमा पनि करिब आधा चिकित्सक राजधानी काठमाडौंका ठूला अस्पतालमा कार्यरत छन् । सरकारी दरबन्दीमा देशभरमा जम्मा ६८ एनेस्थेसिया चिकित्सक कार्यरत छन् ।

स्वाभाविक कामको चार गुना प्रेसर खप्नुपर्ने भएपछि सेवाको गुणस्तर कस्तो होला भन्ने सहजै अनुमान लगाउन सकिन्छ । यसै पनि आवश्यक संख्याको २५ प्रतिशत मात्र चिकित्सक उपलब्ध छन् भने भएका चिकित्सक पनि सुगमकेन्द्रित छन् । उपलब्ध चिकित्सकको तुलनामा बिरामीको अस्वाभाविक चापका कारण एकातिर सेवाको गुणस्तर खस्किरहेको छ भने अर्कोतर्फ देशका कतिपय भागमा बिरामीहरू सम्बन्धित सेवाबाट वञ्चित हुनुपरेको अवस्था छ । देशका दुर्गम भेग एनेस्थेसिया चिकित्सकविहीन हुँदा दिनहुँ हजारौँ बिरामीसास्ती खेप्न बाध्य छन् ।

मुलुकका साना अस्पतालहरू एनेस्थेसिओलोजिस्टविहीन हुँदा ती अस्पतालहरूमा शल्यक्रियासेवा नै सञ्चालन हुन सकिरहेको छैन । कतिपय अस्पतालमा एनेस्थेसियाको तालिम नलिएका चिकित्सकले बेहोस बनाउनुपर्ने बाध्यता हुँदा बिरामीको शल्यक्रिया असुरिक्षत हुँदै आएको छ ।

अहिलेको ३ गुना थप आवश्यक, एक एनेस्थेसिओलोजिस्टले १० हजार बिरामी हेर्दै
देशका सबै अस्पतालमा एनेस्थेसिया चिकित्सक उपलब्ध नहुँदा सम्बन्धित विषयको अध्ययन र ट्रेडिङ नलिएका चिकित्सकले नै बेहोस बनाउने, औषधिको प्रयोग गर्ने हुँदा बिरामीको शल्यक्रियामा असुरक्षा निम्तिँदै आएको छ । देशमा हालको शल्यक्रिया आवश्यक पर्ने बिरामीको चापलाई हेर्दा कम्तीमा १ हजार ५ सय एनेस्थेसिया चिकित्सक थप गर्नुपर्ने अवस्था रहेको ‘सोसाइटी अफ एनेस्थेसिओलोजिस्ट अफ नेपाल’का पुर्व महासचिव डा. दीप्तेश अर्याल बताउँछन् । उनका अनुसार नेपालमा हाल एक एनेस्थेसिओलोजिस्टले कम्तीका १० हजार बिरामी हेर्नुपर्ने अवस्था छ । ‘नेपालमा एक वर्षमा ५० जनाको हाराहरीमा एनेस्थेसिया डाक्टर उत्पादन हुने गरेको छ,’ डा. अर्याल भन्छन्, ‘देशको जनसंख्या र आवश्यकताका आधारमा यो संख्या ज्यादै न्यून हो ।’

मुलुकका साना अस्पतालहरू एनेस्थेसिओलोजिस्टविहीन हुँदा ती अस्पतालहरूमा शल्यक्रियासेवा नै सञ्चालन हुन सकिरहेको छैन । कतिपय अस्पतालमा एनेस्थेसियाको तालिम नलिएका चिकित्सकले बेहोस बनाउनुपर्ने बाध्यता हुँदा बिरामीको शल्यक्रिया असुरिक्षत हुँदै आएको छ । डा. अर्याल भन्छन्, ‘एनेस्थेसिओलोजिस्टको अभावमा स–साना अस्पतालमा सर्जरी गर्न नसकिएको अवस्था छ । त्यसका लागि सरकारले दरबन्दी सिर्जना गरेर खटाउनुपर्छ ।’

के हो एनेस्थेसिया ?
कुनै पनि बिरामीलाई शल्यक्रियाका लागि बेहोस बनाउने जिम्मा एनेस्थेसिया चिकित्सकको हुन्छ । बिरामीका सबै स्वास्थ्य अवस्थाको चेकजाँच गरी बेहोस बनाउन हुने वा नहुने, कुन औषधि वा प्रविधिको प्रयोग गरी कति समयका लागि बेहोस बनाउन मिल्ने, बेहोसपछि होसमा आउनमा कुनै समस्या भए–नभएबारे एनेस्थेसिया चिकित्सकले निर्णय गर्छन् । एनेस्थेसियाका डाक्टरहरूले बिरामीलाई उसको अवस्थाअनुसारको औषधि वा प्रविधिको प्रयोग गरेर अप्रेसनका लागि बेहोस बनाउने काम गर्छन् । तसर्थ, एनेस्थेसिया भनेको दुखाइ महसुसविना अप्रेसन गराउने विधि हो र यस कामको जिम्मेवारी पाएका चिकित्सक एनेस्थेसिओलोजिस्ट हुन् ।

रिजनल र जनरल एनेस्थेसिया
एनेस्थेसिया विभिन्न किसिमबाट गर्न सकिन्छ । शल्यक्रियाको प्रकृति र आवश्यकताअनुसार शरीरको कुनै भाग वा पूरै बेहोस बनाउनुपर्ने हुन्छ । ‘मानिसको साधारण औँलामा चोटपटक लागेको छ र त्यो भागमा टाँका लगाउनुपर्यो भने औँला मात्रै नदुख्ने बनाउन सकिन्छ,’ डा. अर्याल भन्छन्, ‘यसमा बिरामीलाई पूरै होस् रहिरहने तर औँलाको भागमा केही दुखाइको महसुस नहुने बनाउन सकिन्छ । यस विधिलाई रिजनल एनेस्थेसिया भनिन्छ ।’
उनका अनुसार टाउको, मुटु, फोक्सो, छातीलगायत शरीरका महत्वपूर्ण अंगहरूको अप्रेसन गर्नुपर्दा बिरामीलाई पूरै बोहोस बनाउनुपर्ने हुन्छ । बिरामीलाई अचेत बनाउनका लागि रगतमा औषधि दिइन्छ, नदुख्ने औषधिको पनि प्रयोग गरिन्छ । यसप्रकारको पूरै बेहोस बनाउने विधिलाई जनरल एनेस्थेसिया भनिन्छ ।

एनेस्थेसिओलोजिस्टको प्रमुख काम बिरामीलाई बेहोस बनाउनु नै हो । तर, बेहोस बनाउनुभन्दा अघि अप्रेसन गर्न बिरामी फिट भए–नभएको हेर्ने, शरीरका अन्य अंगहरूको अवस्थाबारे चेकजाँच गरी शल्यक्रियाका लागि बिरामीको अवस्था उपयुक्त भए मात्र बेहोस बनाउनुपर्ने भएकाले यो जिम्मेवारी पनि एनेस्थेसियाकै हुन्छ ।

के हुन् त एनेस्थेसिओलोजिस्टका काम ?
एनेस्थेसिओलोजिस्टको प्रमुख काम बिरामीलाई बेहोस बनाउनु नै हो । तर, बेहोस बनाउनुभन्दा अघि अप्रेसन गर्न बिरामी फिट भए–नभएको हेर्ने, शरीरका अन्य अंगहरूको अवस्थाबारे चेकजाँच गरी शल्यक्रियाका लागि बिरामीको अवस्था उपयुक्त भए मात्र बेहोस बनाउनुपर्ने भएकाले यो जिम्मेवारी पनि एनेस्थेसियाकै हुन्छ ।

बेहोस बनाइएको बिरामीले आफैँ श्वास–प्रश्वास गर्न सक्दैन । त्यतिवेला मुखबाट पाइप हालेर फोक्सोसम्म पुर्याई भेन्टिलेटर मेसिनको सहायताले बिरामीको होस नखुलुन्जेलसम्म श्वास–प्रश्वास गराउनुपर्ने हुन्छ । अप्रेसन सफल भएपछि औषधिको असर बिस्तारै हटेर जाने गर्छ । डा. अर्याल भन्छन्, ‘बिरामी होसमा आएपछि बिरामीले आफैँ श्वास फेर्न सक्ने भएकाले पाइप निकालेर साधारण समस्या हो भने वार्डमा राखिन्छ भने सिरियस बिरामी हो भने आइसियूमा राखिन्छ ।’

एनेस्थेसियाका डाक्टरले ओपिडीमा बिरामीको प्रत्यक्ष चेकजाँच गर्दैनन् । आइसियूमा सिकिस्त रहेका बिरामीलाई औषधोपचार गर्ने, भेन्टिलेटर राख्ने, डाइग्नोस्टिक गर्ने काम एनेस्थेसियाका डाक्टरले गर्ने गर्छन् ।

डा. अर्यालका अनुसार क्रोनिक पेन हुने, जस्तै, कुनै–कुनै मानिसलाई हात–खुट्टा झमझमाउने, टाउको दुख्ने, ढाड दुख्ने महिनौँसम्म दुखिरहने हुन्छ भने दुखाइ कम गर्ने विधि प्रयोग वा औषधि प्रयोग गरेर उपचार गर्नेमा जुन पेन स्पेसलिस्ट हुन्छन्, उनीहरूले पनि एनेस्थेसियाको टे«निङ लिनुपर्ने हुन्छ ।
बच्चा जन्माउनका अप्रेसन गर्नुपरेमा दुखाइ कम गर्न वा बेहोस बनाउने काम एनेस्थेसियाका डाक्टरले गर्ने गर्छन् । ‘सिटी स्यान, एमआरआई गराउँदा बिरामीहरू हल्लिँदा वा चल्दा एमआरआई गर्न सकिँदैन । बिरामी नचलून् भनेर बेहोस बनाएर सिटी स्यान, एमआरआई गर्ने काम पनि एनेस्थेसिया डाक्टरले गर्ने गर्छन्,’ डा. अर्याल भन्छन् ।

अप्रेसन सफल हुने–नहुने कुरामा एनेस्थेसिओलोजिस्टको ठूलो भूमिका हुने उनको भनाइ छ । ‘अप्र्रेसनका क्रममा बिरामी बाँच्ने–नबाँच्नेमा एनेस्थेसियाका डाक्टरको निकै ठूलो भूमिका हुन्छ,’ उनले भने ।

त्यसैगरी, बाँकी ५५ एनेस्थेसिओलोजिस्टमध्ये ४० जना प्रदेशमातहतका अस्पतालमा र १५ जना केन्द्र सरकारमातहतका अस्पतालमा कार्यरत रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । त्यसका साथै, पाँचौँ, छैटौँ र सातौँ तहका २३ जना एनेस्थेसिया सहायक जनशक्ति सरकारी दरबन्दीमा कार्यरत रहेको मन्त्रालयले जनाएको छ ।

सरकारी दरबन्दीमा जम्मा ६८ एनेस्थेसिओलोजिस्ट
नेपाल सरकारको दरबन्दीमा कार्यरत एनेस्थेसिओलोजिस्ट चिकित्सकको संख्या ज्यादै न्यून छ । स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार नेपालभर जम्मा ६८ जना एनेस्थेसिओलोजिस्ट सरकारी दरबन्दीमा छन् । त्यसमध्ये कन्सलट्यान्ट एनेस्थेसिओलोजिस्ट १३ जना छन् । कन्सल्ट्यान्टमध्ये ८ जना केन्द्र सरकारमातहतका अस्पतालमा कार्यरत छन् भने ५ जना प्रदेशमातहतका अस्पतालमा छन् ।
त्यसैगरी, बाँकी ५५ एनेस्थेसिओलोजिस्टमध्ये ४० जना प्रदेशमातहतका अस्पतालमा र १५ जना केन्द्र सरकारमातहतका अस्पतालमा कार्यरत रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । त्यसका साथै, पाँचौँ, छैटौँ र सातौँ तहका २३ जना एनेस्थेसिया सहायक जनशक्ति सरकारी दरबन्दीमा कार्यरत रहेको मन्त्रालयले जनाएको छ ।

वर्षिक ५० जना एनेस्थेसिओलोजिस्ट थपिन्छन्
एनेस्थेसिओलोजीको पढाइ त्रिवि शिक्षण अस्पताल, चिकित्साशात्र अध्ययन संस्थान (न्याम्स), बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानमा हुन्छ ।एनेस्थेसिओलोजिस्टका लागि एमडीपछि ३ वर्षको ट्रेडिङ लिनुपर्ने हुन्छ । नेपालमा प्रतिवर्ष करिब २५ जनाको हाराहारीमा मात्र एनेस्थेसिओलोजिस्ट उत्पादन हुन्छन् भने झन्डै त्यति नै संख्यामा विदेशबाट पढेर आउँछन् । नेपालमा एनेस्थेसिओलोजी अध्ययनका लागि सिट कम भएका कारण अन्य मुलकमा पढ्न जाने लहर बढ्दो छ । यसका लागि विशेषगरी भारत, चीन, बंगालादेश, पाकिस्तान नेपाली विद्यार्थीको रोजाइमा पर्ने गरेको छ ।

एमबिबिस पास गरेका चिकित्सक एनेस्थेसिओलोजी अध्ययनका लागि योग्य हुन्छन् । सरकारी कोटामा एनेस्थेसिओलोजी पढ्दा कुनै खर्च लाग्दैन । तर, निजी कलेजमा पढ्नुपर्दा ३० लाखको हाराहारीमा लाग्ने गरेको छ । एनेस्थेसियोलोजीको पढाइ र काम दुवै चुनौतीपूर्ण रहेको कारण एनेस्थेसियओलोजिस्टले दाम पनि राम्रै कमाउने गरेका छन् ।

नेपालमा एनेस्थेसिओलोजी अध्ययनका लागि सिट बढाउनुपर्छ : डा. प्रधान 
विकसित देशमा प्राथमिताका साथ एनेस्थेसिओलोजीको पढाइ हुने गरेकोमा नेपालमा पढ्नका लागि सिट पर्याप्त नभएकाे  एनेस्थेसिओलोजिस्ट समाजका अध्यक्ष डा. बिश्वास प्रधान बताउँछन् । उनका अनुसार शिक्षण अस्पताल महाराजगन्जमा वर्षमा जम्मा ५–६ जनाका लागि मात्र सिट उपलब्ध छ । अन्य केही अस्पताल र मेडिकल कलेजमा गरेर जम्मा २५ जनाले मात्र एनेस्थेसिओलोजी पढ्ने अवसर पाउँछन् । पढ्नका लागि सिटसंख्या कम भएकै कारण आकर्षण र राम्रो आम्दानी हुँदाहुँदै पनि यसको जनशक्ति अभाव भएकाले स्वदेशमा अध्ययनका लागि सिटसंख्या बढाउनुपर्ने उनको धारणा छ ।

अन्य चिकित्सकको भन्दा कमाइ बढी, पढाइखर्च सरकारी कोटामा निःशुल्क, निजीमा ३० लाख
एमबिबिस पास गरेका चिकित्सक एनेस्थेसिओलोजी अध्ययनका लागि योग्य हुन्छन् । सरकारी कोटामा एनेस्थेसिओलोजी पढ्दा कुनै खर्च लाग्दैन । तर, निजी कलेजमा पढ्नुपर्दा ३० लाखको हाराहारीमा लाग्ने गरेको छ । एनेस्थेसियोलोजीको पढाइ र काम दुवै चुनौतीपूर्ण रहेको कारण एनेस्थेसियओलोजिस्टले दाम पनि राम्रै कमाउने गरेका छन् । तर, यो विषय धेरै चुनौतीपूर्ण रहेकाले यसतर्फ सबैको आकर्षण भने हुन नसकेको डा. प्रधान बताउँछन् ।

गुणस्तर सही छ, तर औषधि अभाव र दुरूपयोगले समस्या
एनेस्थेसिया उपचार प्रविधिमा विकसित देशमा जस्तै सेवा–सुविधा भएको उपकरण नेपालमा उपलब्ध छन् । डा. अर्याल भन्छन्, ‘बिरामीलाई बेहोस बनाउनका लागि जुन उपकरणको प्रयोग गरिन्छ त्यो नेपालमा पनि उपलब्ध छन् । तर, औषधिमा भने बाह्य देशको भर पर्नुपर्ने हुँदा नेपालमा समय–समयमा औषधिको अभावले समस्या आउने गर्छ ।’ दुखाइ कम गर्न नाराकोटिन नामक औषधि प्रयोग गरिन्छ । तर, यो औषधि मानिसले दुव्र्यसनमा प्रयोग गर्नाले थप समस्या आउने गरेको डा. अर्यालकाे भनाइ छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

एनेस्थेसियोलोजिस्ट समाजको अध्यक्षमा डा. पोखरेल, सुरक्षित एनेस्थेसियोलोजी प्रमुख अजेन्डा

सोसाइटी अफ एनेस्थेसियोलोजिस्ट, नेपाल (सान)को अगामी कार्यकालका लागि प्रा.डा. जेजुनाथ पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।  शनिबार काठमाडौंमा सम्पन्न २० वार्षिक सम्मेलन एवं अधिवेशनले डा. पोखरेलको अध्यक्षतामा नयाँ नेतृत्व निर्विरोध रुपमा चयन गरेको हो । समाजका उपाध्यक्षमा डा. सविन गौचन, महासचिवमा डा. नविन्द्रराज बिष्ट, सहसचिव डा. रितेश लम्साल, कोषध्यक्ष नविन पोखरेल र सहकोषाध्यक्षमा डा. स्मृति कोइरालालाई निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा डा. सुवासप्रसाद आचार्य, डा. अपुर्व शर्मा, डा. आशिष गोविन्द अमात्य, डा. रुपेशकुमार यादव र डा. पुजा थापा निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिको कार्यकाल नयाँ वर्ष सुरुवातसँगै सुरु हुनेछ । समाजमा ३५० भन्दा बढी एनेस्थेसियोलोजिस्ट सदस्य छन् । अधिवेशनसँगै एनेस्थेसियोलोजिस्टहरुले विधागत दक्षता अभिवृद्धि, ज्ञानको आदानप्रदानसँगै नेपालमा सुरक्षित एनेस्थेसियाको विस्तारका सन्दर्भमा सघन रुपमा छलफल गरेको नवनिर्वाचित सदस्य डा. सुवास आचार्यले जानकारी दिए ।

प्रदेश तहसम्मै संजाल र सुरक्षित एनेस्थेसिया प्राथमिकता

वर्तमान अध्यक्ष डा. बिश्वास प्रधान

समाजले सुरक्षित एनेस्थेसियाको मुल ध्येयले समाजको उपस्थिति र संगठन विस्तारसँगै सुरक्षित एनेस्थेसियाको विकासलाई प्राथमिकता दिने जनाएको छ । समाजका वर्तमान अध्यक्ष डा. बिश्वास प्रधानले गुणस्तरीय स्वास्थ्य सेवामा सबैको समान पहुँच विस्तारका लागि दक्ष एनेस्थेसियोलोजिस्टको उत्पादन र उपलब्धता बढाउँन सरकार संवेदनशील भएर लाग्नुपर्नेमा बताए ।

उनले कम्तिमा दक्ष एनेस्थेसियोलोजिस्टको उपलब्धताविना गुणस्तरीय स्वास्थ्य सेवा कल्पनाभन्दा बाहिरको विषय हुने बताए । मुलुक संघीय संरचनामा जाँदैगर्दा प्रदेश तहमा समेत ठूला अस्पतालको सोच अगाडि सारिएपनि एनेस्थेसियोलोजिस्टको दरवन्दी सृजना गर्ने गर्ने कुरामा सरकारले कन्जुस्याँई गरेको डा. प्रधानले बताए । ‘अहिले सरकारले अस्पतालहरुमा शल्याचिकित्सकको दरबन्दी थपिरहेको छ, तर ती अस्पतालमा एनेस्थेरियोलोजिस्टको सट्टा एनेस्थेसिया एसिस्ट्यान्टको दरबन्दी राख्दैछ ।’ डा. प्रधानले भने, ‘यस्तो सोचले कसरी गुणस्तरीय स्वास्थ्य सेवा र सुरक्षित एनेस्थेसिया संभव हुन्छ?’

नवनिवार्चित अध्यक्ष डा. जेजुनाथ पोखरेल

नवनिवार्चित अध्यक्ष डा. जेजुनाथ पोखरेलले सरकारले सुरक्षित शल्यक्रियाका लागि सुरक्षित एनेस्थेसियाको महत्व बुझेर दक्ष जनशक्ति बढाउने र टिकाउने सोच अगाडि सारेमा समाज प्राविधिक र प्राज्ञिक सहयोग गर्न तयार भएको बताए । डा. पोखरेलले सरकारले प्रदेशिक अस्पतालहरुबाट सर्जरी, इर्मजेन्सी सेवा दिन्छु भनिरहँदा सहायक जनशक्ति राखेर त्यो संभवन नहुने भन्दै एनेस्थेसियोलोजिस्टकै दरबन्दी बढाउनुपर्नेमा जोड दिए ।

आयोजक समितिका सहसचिव डा. पवन हमालले नीति निर्मातासँगै आम नागरिकमा समेत एनेस्थेसियोलोजीबारे बुझाई फराकिलो बनाउँन आवश्यक भएको बताए । ‘बिरामी वा आफन्तहरु अस्पताल रोज्छन्, सर्जन रोज्छन् तर किन बेहोस बनाउँने र बोहोसबाट उठाउने डाक्टर को हो भनेर खोज्दैनन् ? ।’ डा. हमालले थपे, ‘अब हामीले एनेस्थेसियाबारे जागरण नै ल्याउनुपर्नेछ ।’

नवनिर्वाचित महासचिव डा. नविन्द्रराज बिष्टले समाजले आगामी दिनमा विभिन्न शाखामार्फत् पनि सुरक्षित एनेस्थेसिया र गुणस्तरीय स्वास्थ्य सेवाका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे । समाजका हाल भरतपुर, पोखरा, लुम्बिनी र पूर्वमा शाखा छन् ।

शल्यक्रिया वा अन्य वेहोस भएका अवस्थामा महत्वपूर्ण अंगका कार्यप्रणालीको निरन्तर संचालन एवं सुरक्षित रुपमा होस्मा फर्काउने दक्षतायुक्त विधा एनेस्थेसियोलोजी हो । बेहोस गराउने यो विधाका लागि विशेषज्ञ तहकै पढाई र जनशक्ति हुने भएपनि आम समाजमा यो विधाको प्रयाप्त प्रचार एवं महत्वबारे चेतना अभाव छ ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै