नेपाली स्वास्थ्य अनुसन्धानलाई विश्वभर स्वीकार्य बनाउन आचारसंहिता परिमार्जनमा जुट्यो परिषद्

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनआरसी) ले स्वास्थ्य अनुसन्धानको क्षेत्रमा नयाँ आचारसंहिता ल्याउने भएको छ । स्वास्थ्यका अब गरिने अनुसन्धानात्मक कार्य विश्वव्यापी मापदण्ड (ग्लोबल स्ट्यान्डर्ड) अनुसार हुनुपर्ने मान्यताका साथ परिषद् विस्तृत आचारसंहिता ल्याउने तयारीमा जुटेको हो ।

यसअघि सन् १९५५, २००१, २०११ मा स्वास्थ्य अनुसन्धानको आचारसंहिता ल्याइएको थियो । साबिकको आचारसंहितालाई परिमार्जन गर्नुपर्ने आवश्यकता बढेसँगै समयानुकूल परिमार्जन गर्न लागिएको परिषद्ले जनाएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै परिषद्ले चलू वर्ष सन् २०१९ मा आउन लागेको आचारसंहिता यसअघिका रिसर्च गाइडलाइनभन्दा राम्रो हुने बताएको छ । नयाँ आचारसंहिता अन्तर्राष्ट्रियस्तरको हुने परिषद्को दाबी छ ।

परिषद्ले अनुसन्धानका गाइडलाइनबारे केही वर्षअघिदेखि नै विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसँग छलफल गरेर काम सुरु गरेको थियो । अनुसन्धानको प्रस्ताव पेस गर्ने तरिकादेखि अनुसन्धानका प्रत्येक चरणको निर्देशिकासमेत बन्ने परिषद्का प्रमुख डा. अन्जनीकुमार झाले जानकारी दिए । उनका अनुसार नेपालमा भएका अनुसन्धानले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न सक्ने गरी कार्य भइरहेको छ ।

परिषद्ले तयार पारेको आचारसंहिताको फोरम अफ इथिकल रिभ्यु कमिटिज इन एसिएन एन्ड वेस्टर्न प्यासिफिक रिजन (फरक्याप) का प्रतिनिधिहरूले हालको गाइडलाइनको अध्ययन गरिरहेका छन् । उनीहरूको अध्ययनको निचोडले नेपाली अनुसन्धानलाई मान्यता दिने कि नदिने भनेर तय हुने परिषद्ले जनाएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै