पतिको देनमा शरीरमा एचआइभी पालिरहेकी मथुराको डेढ दशकको जीवनसंघर्ष

नखाएको विष पनि लाग्दो रै’छ कहिलेकाहीँ ।
आफ्नै छाया आफूसित भाग्दो रै’छ कहिलेकाहीँ ।।
आफू जति मुढोतिर सोझ्याउन खोजे पनि
बन्चरो त उल्टै घुँडो ताक्दो रै’छ कहिलेकाहीँ ।

कहिलेकाहीँ नियतिले यस्तो खेला गर्छ कि, विनागल्ती जीवनभर सजायँ बेहोनुपर्ने हुन्छ । भनिन्छ, कहिलेकाहीँ नखाएको विष पनि लाग्छ, नभरेको बन्दुक पनि पड्किन्छ । त्यस्तै नियतिको सिकार बनेकी पात्र हुन्, अछामकी मथुरा कुँवर । १८ वर्षदेखि आफ्नै पतिमार्फत एचआइभी संक्रमण बेहोरेकी मथुराको जीवनमा माथिको गजलका पंक्तिहरू चरितार्थ भएका छन् । विनाकुनै कसुर उनको शरीरमा यस्तो भाइरसले प्रवेश पायो, जो एकपटक छिरेपछि निस्कन असम्भव छ । एचआइभी संक्रमणको सुरुका दिनमा पीडाको आँसु झार्नेबाहेक बाटो नभेट्टाएकी मथुरा पछिल्लो समय आफूजस्तै संक्रमित महिलाको पथप्रदर्शक बनेकी छिन् । गत हप्ता शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा नियमित जाँचका लागि आएकी मथुराको जीवनमा आफूमाथि वज्रपातकै रूपमा अकस्मात् घटेको घटना र त्यससँग जोडिएका कथा–व्यथाको पोको यसरी फुकाइन्–

श्रीमान् रोजगारीको सिलसिलामा भारत गएका थिए । वि.सं. ०५८ मा घरमा खबर आयो, श्रीमान् बिरामी परेका छन्, तुरुन्तै जानू । चार छोराछोरीलाई घरमा छोडेर मथुरा भारततर्फ हानिइन् । ‘शरीर सुकेर एक मुठीको हुनुभएको रहेछ, अस्पतालमा चेकजाँच गराएँ, तर उहाँको रोग पत्ता लागेन,’ मथुरा भन्छिन्, ‘धेरै ठाउँमा श्रीमान्को उपचारका लागि भौँतारिएँ, धेरै पछि मात्र एचआइभी पोजेटिभ भएको पत्ता लाग्यो ।’ एचआइभी रोगबारेमा मथुरालाई केही जानकारी थिएन । श्रीमान्को मिति पो तोकिदियो अस्पतालले । डाक्टरले अबको विकल्प मृत्युबाहेक केही नभएको जनाउँदै घर लान निर्देशन दियो ।

पतिको मृत्युपछि समाजले यसको लोग्ने त एड्स लागेर मरेको हो, यसलाई पनि छ भनेर कुरा काट्न थाले । उनलाई एचआइभी छ भन्ने हल्ला गाउँमा फैलिएपछि गाउँलेले अब यसले दुनियाँलाई दुनियाँलाई रोग सार्ने भई भन्न थाले । एचआइभी भएकै कारण छिमेकीले धारो÷कुवामा, मेलापातमा छिछि–दूरदूर गरे । यति मात्र होइन, उनी समाजका हरेक क्रियाकलापबाट वञ्चित बनिन् ।

मथुरा छाँगाबाट खसेजस्तो भइन् । यस्तो के रोग लाग्यो उहाँलाई ? उपचारका लागि आफूले लगाएको सुन, जग्गा जमिनसमेत बेचिन् । ‘घरमा खाने एक गेडो अन्न पनि नराखेर उपचार गराएँ,’ मथुरा भन्छिन्, ‘मृत्युलाई कसैले छेकेर छेक्न सक्दो रहेनछ ।’ डाक्टरले मथुराको पनि चेकजाँच गरे । विडम्बना ! उनको नतिजा पनि पोजेटिभ नै आयो । आकाशबाट खसेझैँ भइन् उनी, पाउमुनि जमिन रहेन । डाक्टरले श्रीमान्को एक महिनाभित्र मृत्यु हुने बताएका थिए । मथुराले घरमा ल्याएर स्याहार–सुसार गरेर ५ महिनासम्म बचाइन्, त्यसपछि भने उनको सुसार र मायाले धान्न सकेन ।

पतिको मृत्युपछि समाजले यसको लोग्ने त एड्स लागेर मरेको हो, यसलाई पनि छ भनेर कुरा काट्न थाले । उनलाई एचआइभी छ भन्ने हल्ला गाउँमा फैलिएपछि गाउँलेले अब यसले दुनियाँलाई दुनियाँलाई रोग सार्ने भई भन्न थाले । एचआइभी भएकै कारण छिमेकीले धारो÷कुवामा, मेलापातमा छिछि–दूरदूर गरे । यति मात्र होइन, उनी समाजका हरेक क्रियाकलापबाट वञ्चित बनिन् । पतिका कारण एचआइभी सर्यो तर कुनै कसुर नभईकन सजायँ उनले भोगिन् । मरेर जानेलाई भन्दा समाजको चरम तिरस्कारका बीच रोग बोकेर संघर्ष गर्नेले झेलेको पीडा वर्णन गर्न नसकिने हुन्छ ।

मथुरा कुँवर

‘पँधेरोको पानी खान पाइनँ, कुनै समारोहमा जान पाइनँ, राम्रो लुगा लगाउन पाइनँ,’ मथुरा भन्छिन्, ‘मरेको लास जलाउनसमेत समाज तयार भएन ।’ समाजले एचआइभी लागेको कुरा लिएर मथुराको परिवारलाई समाजबाट वञ्चित गरायो । बाबुको रोगका कारण बालबालिकाले अनेक लाञ्छना भोग्नुपर्यो । एचआइभी लागेको मानिसलाई गौगोति नामक संस्थाले गाउँमा सहयोग गरिरहेको मथुराले सुनिन् । उनी संस्थाको सम्पर्कमा पुगिन् । संस्थाले मथुरालाई तालिम दियो । आफ्नो मनोबल उच्च बनाउँदै गइन् । आफूले जस्तो पीडा अरुले खेप्नुनपरोस् भन्दै उनले प्रण गरिन्, ‘अब म आफ्नो बाँकी जीवन एचआइभी लागेका महिलाको सहयोगमा बिताउँछु ।’

उनले सुनौलो बिहानी समाज नेपाल नामक संस्था स्थापना गरिन् । आफूजस्तै एचआइभी संक्रमितलाई जीवन जिउने भरोसा जगाउन थालिन् । सामाजिक उत्प्रेरकका रूपमा काम गर्न थालिन् । उनले गरेको कामले निरन्तरता पाउँदै गयो । तर, छरछिमेकको सोच बदलिएको थिएन । उनले गरेको कामप्रति खिस्सी गरिरहेका हुन्थे । ‘एड्स लागेकीले के सम्झाउँछे ?’ मथुराको जवाफ हुन्थो, ‘विनाकसुर मलाई एड्स लाग्यो, मजस्तै अरुले भोग्नुनपरोस्, एचआइभीबाट बचून् भनेर सम्झाउन हिँडेकी हुँ ।’

उनी अरु महिलाहरूलाई सम्झाउँदै, सिकाउँदै हिँडिन् । माया, सद्भावका कारण जीवनलाई अझै लामो बनाउन सकिँदो रहेछ भन्ने विश्वास उनमा थपिँदै गयो । एचआइभी संक्रमित महिलाको राष्ट्रिय महासंघको सम्मेलनमा बोल्ने अवसर पाइन् । उनको त्यो बोलीबाट प्रभावित भएर सहभागी सदस्यहरूले उनलाई महासंघको अध्यक्षमा चयन गरे । महासंघमा मथुराले दुई–दुई वर्षका दुई कार्यकाल कुशलतापूर्वक नेतृत्व दिइन् ।

‘एचआइभी लागेका पनि मानिस हुन्, यिनीहरूलाई पनि उपचार, माया दिनुपर्छ भनेर मानवीय भावनाले नै भनेका होलान्,’ मथुरा भन्छिन्, ‘अस्पतालमा डाक्टर, नर्सबाट पनि हामीले लाञ्छना खेप्नुपरेको छ ।’ बिरामी वा दुर्घटना भएको अवस्थामा एचआइभी संक्रमित भनेर राम्रो उपचार हुँदैन, यस्तै कारणबाट पनि अझै पनि एचआइभी संक्रमितहरू खुलेर बाहिर नआउन नसकेको मथुरा बताउँछिन् ।

१६ वर्षसम्म भोलेन्टियर जीवन बिताएकी उनले धेरै दुःख–कष्ट पार गर्दै जीवनरूपी रथलाई सार्थक रूपमा अघि बढाउँदै गइन् । संस्थामा आएको प्रोजेक्टमा एड्भोकेसी अफिसर भएर काम गरिरहेकी मथुराले त्यसैबाट आफ्नो रोजीरोटी चलाइरहेकी थिएन् । तर, अब उनको एक गुनासो छ, ‘जीवन चलाउन खाएको यो सानो जागिरबाट पनि निकालेर मेरो रोजी–रोटी खोस्न लागिपरेका छन् ।’ उमेर पुगेको भन्दै आफूलाई जागिरबाट निकाल्न लागिएको उनी बताउँछिन् । मथुरा भन्छिन्, ‘अहिलेसम्म यही जागिरबाट गुजारा चलाउँदै आएको थिएँ, अब म घर न घाटको भएकी छु ।’

जनचेतनाका कारण एचआइभी लागेको मानिसलाई हेर्ने समाजको दृष्टिकोणमा पछिल्लो समय केही परिवर्तन आएको उनको अनुभव छ । ‘एचआइभी लागेका पनि मानिस हुन्, यिनीहरूलाई पनि उपचार, माया दिनुपर्छ भनेर मानवीय भावनाले नै भनेका होलान्,’ मथुरा भन्छिन्, ‘अस्पतालमा डाक्टर, नर्सबाट पनि हामीले लाञ्छना खेप्नुपरेको छ ।’ बिरामी वा दुर्घटना भएको अवस्थामा एचआइभी संक्रमित भनेर राम्रो उपचार हुँदैन, यस्तै कारणबाट पनि अझै पनि एचआइभी संक्रमितहरू खुलेर बाहिर नआउन नसकेको मथुरा बताउँछिन् । सुरुको भन्दा हेर्ने दृष्टिकोणमा केही सुधार आएको छ, तर लाञ्छना र भेदभाव पूरै हट्न भने नसकेको उनी महसुस गर्छिन् ।

जेठो छोरो हृदयाघातका कारण गुमाउनुपर्यो
मथुराका तीन छोरा र एक छोरी थिए । तर, एक वर्षअघि उनीमाथि अर्को वज्रपात भयो । उनी पहिलो सन्तानलाई हृदयाघातका कारण गुमाउन पुगिन् । छोरा आर्थिक अभावका कारण विभिन्न तनावबाट गुज्रिएका थिए । अत्यधिक मद्यपान गर्न थालेका थिए । बेलुका सुतेको सन्तानले बिहानको घाम देख्न पाएनन् । ‘४ नातिनी, दुई नातिले टुहुरो हुनुपर्यो,’ मथुरा भन्छिन्, ‘न धन छ, न त घर–जग्गा नै ।’

माहिलो छोरोको विवाह गर्न केटी नदिने वातावरण बन्यो
केही समयअघि माहिलो छोरोको विवाह हुन लाग्दा एचआइभी संक्रमित महिलाको सन्तानलाई छोरी नदिने भनेर अपहेलना भयो । तर, समाजका केही बुझेका समाजसेवीको सहयोगमा छोरोको विवाह भयो । जागिरबाट निकालिएको दिनपछि घाटको वास हुने मथुरा बताउँछिन् ।  ‘वि.सं. ०७२ को भूकम्पबाट घर चिरा–चिरा भएको छ,’ मथुरा भन्छिन्, ‘भएको घर पनि देवरहरूको समेत गरेर ३ जनाको नाममा छ ।’ यद्यपि, आफूजस्तो अरु महिलाले रोग बेहोर्नुनपरोस्, अपमान खेप्न नपरोस् भनेर जागरणमा लाग्ने अठोट भने लगनशीलता भने मथुरामा कायमै छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

विश्वमा देखिएका प्रमुख आठ स्वास्थ्य समस्या

स्वास्थ्य समस्याहरू झन्पछि झन् जटिल बन्दै गइरहेका छन् । यसका दुई कारण हुन सक्छन्, १. मेडिकल साइन्समा भएको विकास, जसका कारण रोगको पहिचान गर्न सहज भएको छ । २. मानिसको जीवनशैली, जुन दिनप्रतिदिन अस्वस्थकर बन्दै गइरहेको छ । मेडिकल विज्ञान विश्वास गर्छ कि, समान्य स्वास्थ्य समस्याको सैद्धान्तिक कारण अस्वस्थकर खानपान, व्यायामको कमी, वातावरणीय ह्रास, अत्यधिक तनाव र वंशानुगत हुन्, जब कि, विगतमा सरुवारोग मुख्य समस्या थियो भने अहिले नसर्ने रोगको महामारी छ ।
अहिले विश्वमा सामान्य बन्दै गएका र मानिसलाई चुनौती बन्दै गएका प्रमुख स्वास्थ्य समस्या–

१. क्यान्सर
क्यान्सर २१औँ शताब्दीको सर्वाधिक चासो तथा चुनौतीको विषय बनेको छ । वातावरणीय क्षति, खाद्यान्नमा बढ्दो केमिकल र रेडिएसनको प्रभाव, विकासको नाममा बढ्दो औद्योगीकरण र यसले निम्त्याएको वातावरणीय क्षति क्यान्सरका प्रमुख कारण हुन् ।
क्यान्सरको कुनै एउटा विशेष कारण नहुने भए पनि धेरै रिस्क फ्याक्टर विभिन्नखाले क्यान्सर गराउनमा जिम्मेवार हुन्छन् । सुर्तीजन्य पदार्थ, धूमपान, मध्यपान, मोटोपन, अत्यधिक सूर्यको किरणमा बस्नु र विकिरण क्यान्सरका प्रमुख कारक हुन् भने वंशानुगत कारणले पनि परिवार तथा आफन्तमा क्यान्सर बढाउने भूमिका खेल्छ । अन्य धेरैखालका संक्रमण, जस्तै, हेपाटाइटिस बी भाइरस, ह्युमन प्यापिलोमा भाइरस पनि क्यान्सरका वाहक हुन् । प्रोस्टेड र ब्रेस्ट क्यान्सर क्रमशः पुरुष र महिलाका प्रमुख समस्या हुन् ।
विभिन्नखाले क्यान्सरविरोधी औषधि, केमोथेरापी, रोडिएसन थेरापी र सर्जरीका माध्यमबाट क्यान्सरको उपचार गरिन्छ । तथापि, क्यान्सरको पूर्ण उपचार भने अझै पनि असम्भवप्रायः छ । त्यसैले सुरुवाती चरणमै रोग पहिचान गर्नु नै महत्वपूर्ण कुरा हो ।
नियमित स्वास्थ्यपरीक्षण, जीवनशैली परिवर्तन, नियमित व्यायाम, स्वस्थ खानपान, धूमपान तथा मद्यपानबाट मुक्ति नै क्यान्सरबाट जोगिने मुख्य उपाय हुन् ।

विभिन्नखाले क्यान्सरविरोधी औषधि, केमोथेरापी, रोडिएसन थेरापी र सर्जरीका माध्यमबाट क्यान्सरको उपचार गरिन्छ । तथापि, क्यान्सरको पूर्ण उपचार भने अझै पनि असम्भवप्रायः छ । त्यसैले सुरुवाती चरणमै रोग पहिचान गर्नु नै महत्वपूर्ण कुरा हो ।

२. मधुमेह
असामान्य रूपमा रगतमा ग्लुकोजको मात्रा बढ्नु नै मधुमेह हो । फास्टिङमा रगतमा सुगरको मात्रा ११० एमजीभन्दा माथि र खाएको समयमा २०० एमजीभन्दा माथि भएमा मधुमेह भएको मानिन्छ । मधुमेहले धेरैखाले क्रोनिक स्वास्थ्यसमस्या निम्त्याउँछ । यसले शरीरका सबैजसो अंगमा असर पुर्याउँछ, जस्तै, मस्तिष्क (स्ट्रोक, कग्निटिभ इम्पेयरमेन्ट, पक्षघात), आँखा (र्याटिनोप्याथी, ग्लुकोमा), छालाको संक्रमण बढाउँछ । भनिन्छ, यो मानिसलाई सबैभन्दा कमजोर बनाउने शक्तिशाली रोग हो ।
जीवनशैली परिवर्तन, नियमित व्यायाम, फाइबरयुक्त खाद्यान्न, नट्स, फलफूल तथा तरकारी र साधारण तौल मेन्टेन गर्नु नै मधुमेहबाट बच्ने उत्तम विकल्प हो ।
३. मुटुरोग
मुटुसम्बन्धी रोग जस्तै, हृदयाघात, एन्जिना, हार्टफेलर, सबैभन्दा बढी मृत्यु गराउने रोगमा पर्छन् । अमेरिकामा सबै प्रकारका क्यान्सरका कारण मर्नेको भन्दा मुटुरोगका कारण मर्नेको संख्या बढी छ । धूमपान, फ्याटयुक्त खाद्यान्न, व्यायामको कमी, विलासी जीवनशैली यसका मुख्य कारण हुन् । त्यस्तै, मधुमेह तथा संक्रमणका कारण पनि मुटुसम्बन्धी रोग लाग्ने गर्छ ।
धूमपान नगर्ने, नुन कम खाने, नियमित व्यायाम, कम बोसोयुक्त खाना र नियमित स्वास्थ्यपरीक्षण मुटुरोगबाट बच्ने प्रमुख उपाय हुन् ।

४. मिर्गौलारोग
किड्नी फेलर पनि एक मुख्य स्वास्थ्य सरोकारको विषय बन्दै गएको छ । रगतलाई फिल्टर गर्ने क्षमताका आधारमा किड्नीको अवस्था जाँचिन्छ । किड्नीमा पूर्वक्षति, जस्तै, डिहाइड्रेसन, रगतको क्षतिका कारण किड्नीमा झड्का लाग्छ, इन्फेक्सन हुन्छ, पिसाबको प्रवाहमा बाधा पुग्छ र अन्ततः एक्युट किड्नी इन्जुरी हुन पुगी किड्नी फेल हुन्छ ।
किड्नीले ३ महिनाभन्दा बढी काम गर्न छाड्यो भने त्यसलाई क्रोनिक किड्नीरोग भनिन्छ । पिसाबको मात्रा घट्ने, रिँगटा लाग्ने, भोक नलाग्ने र मांसपेशी बाउँडिने किड्नीरोगका प्रमुख लक्षण हुन् ।
कम मात्रामा प्रोटिनयुक्त खाना खाने, नुन कम खाने, प्रशस्त झोलिलो खाना खाने, शरीरको तौल नियन्त्रणमा राख्ने, धूमपान त्याग्ने गर्नाले किड्नीरोगबाट बच्न सकिन्छ ।
मधुमेह तथा उच्च रक्तचापका कारण पनि किड्नीफेल हुने सम्भावना बढी भएकाले चिकित्सकहरू त्यसको निराकरणमा जोड दिन्छन् ।

स्ट्रोक यस्तो अवस्था हो, जतिवेला मस्तिष्कमा रक्तप्रवाह रोकिन्छ र मस्तिष्कका सेलको डेथ हुन्छ । यस्तो अवस्थामा आर्टरी थुनिएर हृदयरोग र हेमरेज पनि हुन सक्छ । मोटोपन, शारीरिक निष्क्रयता, उच्च रक्तचाप, मधुमेह तथा वंशानुगत यसका कारण हुन् ।

५. अल्जाइमर
अल्जाइमरले मस्तिष्कको चेतना प्रवाहित गर्ने प्रणालीमा असर गर्छ । यो पुरुषमा भन्दा महिलामा बढी हुने गर्छ । पुरुषमा भने अर्को मस्तिष्करोग पार्किन्सन्स बढी छ । अल्जाइमरको मुख्य कारण अज्ञात नै छ, तर बुढ्यौली र पारिवारिक कारण यसका मुख्य कारण हुन् भने मोटोपन, उच्च रक्तचाप, डाउनसिन्ड्रोम पनि यसका कमन रिस्क फ्याक्टर हुन् । लक्षणका आधारमा मात्र यसको उपचार गरिन्छ । नियमित शारीरिक व्यायामले रोग बढ्न कम गर्छ र कार्डियोरेस्पिरेटोरी फिटनेसले पनि रोगको विकास कम गर्न सघाउँछ ।

६. इन्फ्लुएन्जा
एक स्वस्थ मानिस इन्फ्लुएन्जासित आफैँ लड्न सक्छ भने रोगप्रतिरोधी क्षमता कम भएका मानिस जस्तै, बालक, वृद्ध, गर्भवती महिला, मधुमेहका बिरामी, उच्च रक्तचापका बिरामी इन्फ्लुएन्जा र निमोनियाको उच्च जोखिममा हुन्छन् ।
स्वाइनफ्लु (एच१एन१) भाइरसका कारण मृत्यु हुनेको संख्या ह्वात्तै बढेपछि ११ जुन २००९ मा विश्व स्वास्थ्य संगठनले ‘फ्लु पेन्डामिक’ घोषणा गरेको थियो । २००९–०१० मा र त्यसपछिका वर्षहरूमा यो नियमित समस्या बन्दै आएको छ । यसको संक्रमण भएमा भ्याक्सिनेसनलगायत हात धुने, नाक तथा मुखमा अनावश्यक हात नलाने, मास्क लगाउने, संक्रमितको सम्पर्कबाट बच्ने, संक्रमणको समयमा भिडभाडमा नजाने गर्नुपर्छ ।

७. स्ट्रोक
स्ट्रोक यस्तो अवस्था हो, जतिवेला मस्तिष्कमा रक्तप्रवाह रोकिन्छ र मस्तिष्कका सेलको डेथ हुन्छ । यस्तो अवस्थामा आर्टरी थुनिएर हृदयरोग र हेमरेज पनि हुन सक्छ । मोटोपन, शारीरिक निष्क्रयता, उच्च रक्तचाप, मधुमेह तथा वंशानुगत यसका कारण हुन् । यसले विभिन्नखालका जटिलता, जस्तै, प्यारालाइसिस, चेतनाप्रणालीमा क्षति, इमोसनल समस्या र असाधारण व्यवहारजस्ता समस्या निम्त्याउन सक्छ । कुनै पनि बेनसम्बन्धी रोगको उपचार जटिल छ । त्यसैले स्ट्रोकबाट बच्ने उपायबारे सचेत हुनु नै मुख्य विकल्प हो ।

८. एड्स
चिम्पान्जीबाट मानिसमा सरेको एड्स विश्वव्यापी संकटको रूपमा परिचित छ । करिब ३७ मिलियन मानिस एड्सबाट प्रभावित छन्, जब कि, आधाजासो (१७ मिलियन) मानिसलाई मात्र आफूलाई यो रोग लागेको थाहा छ । सब–साहारन अफ्रिका यो रोगबाट सबैभन्दा प्रभावित क्षेत्र हो, जहाँ २५ दशमलव ८ मिलियन मानिस एड्स भाइरसबाट प्रभावित भएको मानिन्छ । जसमा उल्लेख्य संख्यामा बालबालिका (आमाबाबुबाट सर्ने, गर्भवती अवस्थामा, स्तनपानका कारण) प्रभावित छन् । शरीरका फ्लुडबाट सर्ने, जस्तै, सेमेन, आमाको दूध, भेजाइनल फ्लुड, रेक्टल फ्लुडको संसर्गबाट जोगिन सकेमा यो रोगबाट बच्न सकिन्छ । त्यसैले सुरक्षित रक्तदान, सुरक्षित यौनसम्पर्क र सकेसम्म कम यौनसाथी बनाउने र यौनजन्य रोगको परीक्षण गर्नु यसबाट जोगिने मुख्य उपाय हुन् ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

एड्सबारे जान्नुपर्ने केही तथ्य

– एचआइभी संक्रमित हुनुको अर्थ एड्स होइन
– सुतेका वेला पसिना आउनु एड्सको आमलक्षण हो
– एचआइभी संक्रमण हुन्छ, एड्स होइन
– एड्स स्वयम्मा रोग होइन
– एड्सबाट बच्ने प्रमुख उपाय भनेको रोगबारे सही जानकारी र सुरक्षित उपायको अवलम्बन नै हो

एड्स स्वयम्मा रोग होइन । तर, एड्सपीडित व्यक्तिको शरीरले जीवाणु, विषाणुलगायतका कारण लाग्ने संक्रामक रोगविरुद्ध लड्ने आफ्नो प्राकृतिक प्रतिरोधात्मक शक्ति गुमाउँछ । यस्तो किन हुन्छ भने– एड्स गराउने एचआइभी भाइरसले रगतमा हुने प्रतिरोधी पदार्थ श्वेतरक्तकोष (लिम्फोेसाइट)लाई आक्रमण गर्छ । हामी सबैलाई थाहा छ, एड्स प्राणघातक अवस्था हो । तसर्थ, एड्सबारे केही महत्वपूर्ण तथ्य जानिराखौँ ः

लक्षणबारे जानौँ र समयमै परीक्षण गराऔँ
एड्सपीडितको शरीरमा रोगप्रतिरोधात्मक क्षमता कम हुने हुँदा सामान्य चिसोजन्य रोगदेखि क्षयरोगसम्मका संक्रामक रोगहरूले सजिलै आक्रमण गर्दछन् र तिनको उपचार निकै कठिन भएर आउँछ । सुरुवाती स्टेजमा एड्सको पहिचान कठिन हुन्छ, जसका कारण उपचारमा ढिलाइ हुन जान्छ । त्यसैले एड्सका सुरुवाती लक्षणबारे जानकारी हुनु जरुरी छ । यसका प्रमुख लक्षण–
– सुतेका वेला पसिना आउनु ।
– हप्तौँसम्म लगातार ज्वरो आइरहनु ।
– हप्तौँसम्म खोकी लागिरहनु ।
– वजन घट्नु ।
– मुखमा घाउ आउनु ।
– भोक नलाग्नु ।
– बारम्बार डायरिया हुनु ।
– घाँटी सुन्निनु ।
– छालामा दुखाइसहितको चिलाउने बिबिरा आउनु ।

संक्रमणका तरिका जानेर सधैँ सजग रहौँ
एचआइभी संक्रमण मुख्यतया यी कारणले हुन्छन्–
– असुरक्षित यौनसम्पर्कबाट सर्छ ।
– संक्रमित रगत प्रयोग गरेमा सर्छ ।
– संक्रमित सुई प्रयोग गरेमा सर्छ ।
– एचआइभी संक्रमित महिलाले बच्चा जन्माएमा बच्चामा सर्छ । संक्रमितले स्तनपान गराउँदा पनि साना बच्चामा सर्ने सम्भावना रहन्छ ।

एचआइभी संक्रमित हुनुको अर्थ एड्स होइन भन्ने बुझौँ
कुनै व्यक्ति एचआइभी संक्रमित छ भने यो जरुरी छैन कि उसमा एड्स होस् । एचआइभी संक्रमित अधिकांश व्यक्ति सही औषधोपचार विधि अवलम्बन गरी सामान्य जिन्दगी जिउन सक्छन् । यसको मतलब यो भन्न खोजिएको होइन कि, एचआइभी संक्रमितलाई एड्स हुँदैन । एचआइभी संक्रमित व्यक्तिलाई एड्स हुन सक्छ, तर हरेक एचआइभी संक्रमित व्यक्तिलाई एड्स हुन्छ भन्ने छैन । अहिलेको अवस्थामा विकसित उपचार विधि अवलम्बन गर्ने एचआइभी संक्रमितमा जीवनकालभर एड्सको अवस्था विकास हुन पाउँदैन । एचआइभीको तेस्रो स्टेजका रूपमा पनि चिनिने एड्सको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा हुने नभई एचअइभी भाइरसको संक्रमण हुने हो । धेरैले एड्स सर्ने कुरा गरेको सुनिन्छ, तर संक्रण हुने भनेको एचआइभी भाइरसको हो । असुरक्षित यौन सम्बन्ध, संक्रमित रगत वा इन्जेक्सनमार्फत एचआइभीको संक्रमण हुन्छ, एड्सको होइन ।

रोकथामका उपाय अपनाऔँ
एड्स असाध्य अवस्था हो । तसर्थ, यसबाट बच्नुको विकल्प छैन । यसबाट बच्न असुरक्षित यौनसम्बन्धबाट बच्नुपर्छ । पुरानो तथा संक्रमित सुईको प्रयोग गर्नुहुँदैन । संक्रमित रगतको प्रयोग गर्नुहुँदैन । एचआइभी तथा एड्सबाट बच्ने प्रमुख उपाय भनेको रोगबारे सही जानकारी र सुरक्षित उपायको अवलम्बन नै हो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

एचआइभी संक्रमण घट्दै, रोकथाममा नेपालको आशलाग्दो प्रगति


प्रतिवर्ष १ डिसेम्बरमा मनाइने विश्व एड्स दिवस यसवर्ष नेपालमा ‘एचआइभी जाँच गराऔँ, आफ्नो अवस्था थाहा पाऔँ’ भन्ने मूल नाराका साथ मनाइने भएको छ । ‘एड्सविरुद्ध विश्व अभियान’ कार्यक्रममा ऐक्यबद्धता जनाउँदै विश्वभरका सरकारी, गैरसरकारी तथा निजी संघसंस्था, नागरिक समाज, सञ्चारमाध्यमलगायत सबै क्षेत्र र वर्ग एकजुट भई मनाइने विश्व एड्स दिवस एचआइभी पत्ता लागेको ७ वर्षपछि सन् १९८८ देखि मनाउन थालिएको हो ।

नेपालमा करिब ७६ प्रतिशत एचआइभी संक्रमण असुरक्षित यौनसम्पर्कका माध्यमबाट भएको पाइन्छ । नेपालको वर्तमान एचआइभीको अवस्थालाई केन्दीकृत महामारीको रूपमा परिभाषित गरिएको छ । यसको अर्थ एक वा सोभन्दा बढी एचआइभी सर्न सक्ने जोखिममा रहेको समुहमा एचआईभी संक्रमणदर ५ प्रतिशतभन्दा बढी तर सामान्य जनसंख्यामा एचआइभी संक्रमणदर १ प्रतिशतभन्दा कम हुनु हो ।

९०:९०:९० लक्ष्य
नेपाल सरकारले एचआइभी सम्बन्धमा सन् २०२० सम्मका लागि ९०:९०:९० लक्ष्य लिएको छ । उक्त लक्ष्यअनुसार ९० प्रतिशत एचआइभी संक्रमितले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउनेछन् । तीमध्ये ९० प्रतिशतको औषधोपचारमा पहुँच हुनेछ भने औषधि खानेमध्ये ९० प्रतिशतको शरीरमा भाइरसको भार न्यून भएको हुनेछ । स्वास्थ्यसेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी ९०:९०:९० लक्ष्य पूरा गर्नका लागि सरकारको मात्र एकल प्रयास पर्याप्त नहुने बताउँदै सम्पूर्ण गैरसरकारी तथा निजी क्षेत्रलगायत आमजनसमुदायको सहयोगको आवश्यकता औँल्याउँछन् ।

नयाँ संक्रमित घट्दै, नेपालको आशलाग्दो सफलता
पछिल्लो ८ वर्ष (२०१०–०१७)को तथ्यांकलाई केलाउँदा विश्वव्यापी रूपमा एचआइभीको नयाँ संक्रमण १६ प्रतिशतले घटेको छ भने बच्चामा हुने संक्रमणमा ३५ प्रतिशतले कमी आएको छ भने एड्सका कारण सबैभन्दा बढी मृत्यु भएको वर्ष सन् २००४ देखि २०१७ सम्म आइपुग्दा एड्सको कारणले हुने मृत्यु ५१ प्रतिशतले घटेको छ । नेपाल उक्त ८ वर्षको अवधिमा नयाँ संक्रमणदर उल्लेख्य घटेको पाइएको छ । अनुमानित संक्रमितको संख्यालाई आधार मान्दा नेपालमा ०१० को तुलनामा ०१७ मा नेपालमा ६१ प्रतिशतले नयाँ संक्रमण घटेको देखाएको छ । उक्त तथ्यांकअनुसार नेपाल एचआइभी उपचार तथा रोकथाम अभियानमा विश्वमा राम्रो देश प्रगति गर्ने देशको अग्रपंक्तिमा देखिएको छ । नेपालमा निःशुल्क उपचारको उपलब्धता र रोकथामका कार्यक्रमहरूको प्रभावकारिताका कारण सफलता मिलेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका सूचना अधिकारी वीरबहादुर रावल बताउँछन् । उनका अनुसार नेपालमा सरकारी, गैरसरकारी, दातृनिकायका तर्फबाट एचआइभीको क्षेत्रमा बर्सेनि करिब २ अर्ब रूपैयाँ खर्च हुने गरेको छ, जसमा नेपाल सरकारका तर्फबाट ७५ करोड खर्च हुने गरेको छ ।

एचआइभी संक्रमण घटाउँदै एड्सको महामारीलाई अन्त गर्ने दिगो विकास लक्ष्य प्राप्तिका लागि सन् २०३० सम्मको लक्ष्य निर्धारण गरिएको छ ।

संक्रमणको पछिल्लो अवस्था
सन् २०१७ को अन्तसम्म संसारभर ३ करोड ६९ लाख व्यक्तिमा एचआइभी संक्रमण भएको अनुमान गरिएको छ, जसको ५९ प्रतिशत अर्थात् २ करोड १७ लाखजना मात्र एआरभी उपचारमा छन् । नेपालमा उक्त अवधिसम्म ३१ हजार २० जनामा संक्रमण भएको अनुमान छ भने २१ हजार १ सय ४८ जना संक्रमित हालसम्म सार्वजनिक भएका छन् । तीमध्ये १६ हजार ४ सय ४८ जना उपचारमा छन् । संक्रमितमध्ये पुरुषको संख्या १९ हजार २० छ । १५ देखि ४९ वर्ष उमेर समूहको वयष्क जनसंख्यामा एचआइभीको व्याप्ततादर ० दशमलव १५ प्रतिशत छ । नेपालमा करिब ७६ प्रतिशत एचआइभी संक्रमण असुरक्षित यौनसम्पर्कका माध्यमबाट भएको पाइन्छ । नेपालको वर्तमान एचआइभीको अवस्थालाई केन्दीकृत महामारीको रूपमा परिभाषित गरिएको छ । यसको अर्थ एक वा सोभन्दा बढी एचआइभी सर्न सक्ने जोखिममा रहेको समूहमा एचआइभी संक्रमणदर ५ प्रतिशतभन्दा बढी तर सामान्य जनसंख्यामा एचआइभी संक्रमणदर १ प्रतिशतभन्दा कम हुनु हो ।

नेपालमा पछिल्लो १० वर्षमा प्रतिवर्ष थप संक्रमित संख्या

उच्च जोखिम समूह
नेपालमा एचआइभी संक्रमणको उच्च जोखिममा रहेका समुहहरूमा सुईद्वारा लागुपदार्थ प्रयोगकर्ता, पुरुष समलिंगी तथा तेस्रोलिंगी, रोजगारीका लागि विदेसिने समूह र जेलका कैदी हुन् । सुईद्वारा लागुपदार्थ प्रयोग गर्नेहरू र पुरुष समलिंगी यौनकर्मीमा एचआइभी संक्रमणदर अरु जोखिम समूहभन्दा उच्च छ । एचआइभी तथा एड्ससम्बन्धी क्रियाकलापहरू राष्ट्रिय एचआइभी रणनीतिक योजना २०१६–२०२१ ले निर्देश गरेअनुरूप सञ्चालित छन् ।
एचआइभी संक्रमण घटाउँदै एड्सको महामारीलाई अन्त गर्ने दिगो विकास लक्ष्य प्राप्तिका लागि सन् २०३० सम्मको लक्ष्य निर्धारण गरिएको छ । उक्त लक्ष्य हासिल गर्नका लागि एचआइभी रोकथाम, हेरचाह, सहयोग तथा उपचारसम्बन्धी कार्यक्रमलाई तीव्रता दिन विभिन्न कार्यक्रम सञ्चालन गरी यस वर्षको एड्स दिवस मनाउन लागिएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जनाएको छ ।

के छन् एड्स दिवससम्बन्धी केन्द्रका कार्यक्रम ?
– देशका विभिन्न भागमा एचआइभी शिविर चलाउन २ लाख ८० हजार टेन्स बिटहरू सबै जिल्लामा पठाइएको छ । सबै क्षेत्रमा आइएनजियोहरूलाई परिचालन गर्न पत्राचार गरिएको छ ।
– लक्षित वर्गसम्म चेतना पुर्याउन विभिन्न मिडियालाई आह्वान गरिएको छ ।
– विज्ञहरूमार्फत विभिन्न मिडियामा अन्तर्वार्ता तथा टक सो कार्यक्रमहरू सञ्चालन गरिसकिएको छ ।
– काठमाडौं उपत्यकामा एचआइभी परीक्षणका लागि पुरानो तथा नयाँ बसपार्क, लगनखेल र भक्तपुरको सूर्यविनायकमा स्टलहरू खडा गरिएका छन् ।
– स्वास्थ्यसेवा विभागको तालिमकेन्द्रको हलमा शनिबार बिहान ९ बजेदेखि रक्तदान कार्यक्रम आयोजना हुँदै छ ।
– स्वास्थ्यमन्त्रीबाट एचआइभी एप्लिकेसनको शुभारम्भ हुँदै छ ।
– चेतनामूलक प्रचार सामग्रीहरू सबै स्थानीय तहसम्म पुर्याइएको छ ।
– एचआइभीका क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तित्व तथा संघसंस्थालाई सम्मान गर्ने कार्यक्रम छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

काठमाडौंमा मात्रै थपिए ४ सय ६४ एचआइभी संक्रमित

केही वर्षदेखि देशभर एचआइभी संक्रमण घटिरहेको अवस्थामा देशको राजधानी काठमाडौंमा भने यो वर्ष मात्रै ४६४ जना नयाँ एचआइभी संक्रमित भेटिएका छन् । यो विभिन्न प्रयोगशाला परीक्षण एवं सरकारले सञ्चालन गरेको कार्यक्रमअनुसार सेवा लिन आइपुगेका संक्रमितको एकीकृत तथ्यांक हो । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार २०७४ मा देशभर २ हजार १ सय ७५ नयाँ संक्रमित भेटिएकोमा काठमाडौंमा सबैभन्दा बढी छन् ।

काठमाडौंपछि सबैभन्दा बढी रुपन्देहीमा १ सय ६२ जना नयाँ संक्रमित भेटिएका छन् । केन्द्रका अनुसार धनुषामा १ सय १०, बाँकेमा १ सय ४, पर्सामा १ सय २, सुनसरीमा १ सय २, पाल्पामा ९८, कैलालीमा ९३, मोरङमा ९३ जना एचआइभी संक्रमणका नयाँ केस भेटिएका छन् । (कुन जिल्लामा कति नयाँ संक्रमित भेटिए तलको तथ्यांक हेर्नुहोस्)

असुरक्षित यौनसम्पर्कमा संलग्न व्यक्ति, दुव्र्यसनी, यौनकर्मी महिला तथा पुरुष, समलिंगी महिला तथा पुरुष एचआइभी संक्रमणको जोखिम समूहमा पर्छन् । त्यसबाहेक वैदेशिक रोजगारीमा जाने समूहसमेत संक्रमणको उच्च जोखिममा छ ।

केन्द्रका निर्देशक डा. ताराप्रसाद पोखरेलका अनुसार काठमाडौंमा यौनकर्मी, लागुऔषध प्रयोगकर्तालगायत अन्य जोखिमयुक्त समूहको उपस्थिति बाक्लो रहेकै कारण बढी संक्रमित भेटिएको हो । ‘यौनकर्मी, समलिंगी, लागुऔषध प्रयोगकर्तालगायत सबैको बाक्लो उपस्थिति यहीँ छ,’ पोखरेलले भने, ‘त्यसैले काठमाडौंमा संक्रमण बढी छ ।’

असुरक्षित यौनसम्पर्कमा संलग्न व्यक्ति, दुव्र्यसनी, यौनकर्मी महिला तथा पुरुष, समलिंगी महिला तथा पुरुष एचआइभी संक्रमणको जोखिम समूहमा पर्छन् । त्यसबाहेक वैदेशिक रोजगारीमा जाने समूहसमेत संक्रमणको उच्च जोखिममा छ ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्यांकअनुसार महिलाभन्दा पुरुष एचआइभी संक्रमित बढी भेटिएका छन् । नेपालमा पहिलोपटक सन् १९८८ मा एचआइभी संक्रमित भेटिएका थिए ।  हाल नेपालभर २२ हजार ६ सय ३४ जना संक्रमित भेटिइसकेका छन् । भेटिएका संक्रमितमध्ये २ हजार ९ सय ३२ को मृत्यु भइसकेको छ । हाल १९ हजार ७ सय २ एचआइभी संक्रमित रोगसित लडिरहेका छन् । संक्रमितमध्ये ७ हजार २ सय ९२ पुरुष र ७ हजार महिला छन् । तीबाहेक ९ सय ६८ बालबालिका छ । केन्द्रका अनुसार संक्रमितमध्ये १५ हजार २ सय ६० ले औषधिको प्रयोग गरिरहेका छन् ।

नेपाल सरकारले एचआइभी रोग नियन्त्रणका लागि हालसम्म ७५ करोड खर्च गरिसकेको र विभिन्न दातृनिकायबाट एचआइभी नियन्त्रणका लागि १ अर्ब २५ करोड अनुदानस्वरूप प्राप्त भएको केन्द्रका सूचना अधिकृत वीरबहादुर रावलले बताए ।

नेपाल एचआइभी एड्स अलाइन्सका अध्यक्ष ऋषि ओझाले सरकारले सानो संख्यामा संक्रमित रहेका वर्गमा करोडौँ खर्च गरिरहेको भन्दै वैदेशिक रोजगारीमा जाने कामदारका परिवारका लागि कुनै पनि कार्यक्रम ल्याउनतर्फ ध्यान नदिएको आरोप लगाए । ‘कैदीबन्दी र माइग्रेन्ट वर्कर्समा सरकारले चासै दिएन,’ ओझाले भने । सरकारले प्रदेशमा पैसा पठाएको भने पनि काम नभएको उनले बताए ।

केन्द्रका निर्देशक डा. पोखरेलले भने भोलुमका हिसाबले सानो भए पनि सबै वर्ग र क्षेत्रमा कार्यक्रम पुगेको बताए । उनले एचआइभी क्षेत्रमा बजेटको आकार र प्राथमिकता घटिरहेकाले आगामी दिनमा थप चुनौती आउन सक्ने बताए ।

सरकारले सन् २०१६ देखि २०२१ सम्मका लागि तीनवटा प्रमुख लक्ष्यसहित रणनीति बनाएको छ । जसमा अनुमानित करिब ३१ हजार एचआइभी संक्रमितमध्ये ९० प्रतिशतलाई पत्ता लगाउने, त्यसको ९० प्रतिशतलाई उपचार सुरु गर्ने र उपचार सुरु गरेका मध्ये ९० प्रतिशतको भाइरल लोड काउन्ट गरेर त्यसलाई नियन्त्रणमा राख्ने कार्यक्रम रहेको डा. पोखरेलको भनाइ छ ।

कुन  जिल्लामा कति थपिए ?

१ काठमाडौं ४६४
२ रुपन्देही १६२
३ धनुषा ११०
४ बाँके १०४
५ पर्सा १०२
६ सुनसरी १०२
७ पाल्पा ९८
८ कैलाली ९३
९ मोरङ ९३
१० अछाम ६८
११ चितवन ६१
१२ झापा ५८
१३ कास्की ५४
१४ नवलपरासी ५०
१५ रौतहट ४५
१६ सर्लाही ३९
१७ बारा ३६
१८ डोटी ३०
१९ बैतडी २९
२० सिरहा २८
२१ सुर्खेत २८
२२ दाङ २६
२३ गुल्मी २५
२४ कपिलवस्तु २५
२५ कञ्चनपुर २४
२६ दैलेख २१
२७ तनहुँ १८
२८ भक्तपुर १५
२९ बाग्लुङ १४
३० स्याङ्जा १४
३१ गोरखा १३
३२ नुवाकोट १३
३३ प्युठान १२
३४ बझाङ ११
३५ ललितपुर ११
३६ डडेल्धुरा १०
३७ मकवानपुर ८
३८ बर्दिया ७
३९ धादिङ ७
४० उदयपुर ७
४१ महोत्तरी ६
४२ अर्घाखाँची ६
४३ पाँचथर ५
४४ सप्तरी ५
४५ बाजुरा ४
४६ दार्चुला ४
४७ म्याग्दी ३
४८ रोल्पा ३
४९ धनकुटा १
५० इलाम १
५१ लमजुङ १
५२ संखुवासभा १

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै