रक्तदानको रगतमा भेटियो एचआइभी र भिरिंगी, अस्पतालले गर्दैनन् रक्तसुपरिवेक्षण

रक्तदान कार्यक्रममार्फत संकलित रगतमा एचआइभी तथा भिरिंगीका जीवाणु भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षणका क्रममा बिरामीका लागि संकलन गरिएको रगतमा एचआइभी र भिरिंगीको संक्रमण पुष्टि भएको हो । प्रयोगशालाले बुधबार प्रतिवेदन प्रस्तुत गर्दै रगतमा प्राणघातक जीवाणु भेटिएको तथ्य सार्वजनिक गरेको छ ।

प्रयोगशालाको रक्तसञ्चार शाखाले २०१७ नोभेम्बरदेखि रक्तदाताले दान गरेदेखि बिरामीमा चढाउनेवेलासम्म रगतको सम्पूर्ण अध्ययनका लागि राष्ट्रिय ‘हमोभिजिलेन्स’ कार्यक्रम सुरु गरेको थियो । प्रयोशालाका अनुसार सरकारीतर्फ परोपकार प्रसूतिगृह र सहिद गंगालाल हृदय केन्द्र र निजीतर्फ ओम अस्पताल र नेसनल क्यान्सर अस्पताल गरी जम्मा चार अस्पताललाई प्रतिवेदनका लागि छनोट गरिएको थियो । तर, गंगालाल र ओमले प्रतिवेदनका लागि तथ्यांक उपलब्ध गराएका थिएनन् ।

प्रसूतिगृह र क्यान्सर अस्पतालले भने रक्तसञ्चारबारे सम्पूर्ण रिपोर्ट पठाउने गरेको प्रयोगशालाले जनाएको छ । ती अस्पतालले एक वर्षको अवधिमा पठाएका १ हजार १२ वटा केसमध्ये १२ वटा शंकास्पद भेटिएको प्रयोगशालाका रक्तसञ्चार ब्युरो प्रमुख डा. रेखा मानन्धरले जानकारी दिइन् । ‘तीमध्ये १० वटाको रिपोर्टमा कुनै खराबी पाइएन भने २ वटामा एचआइभी र भिरिंगीको संक्रमण पाइयो,’ उनले भनिन् ।

प्रयोशालाका अनुसार सरकारीतर्फ परोपकार प्रसूतिगृह र सहिद गंगालाल हृदय केन्द्र र निजीतर्फ ओम अस्पताल र नेसनल क्यान्सर अस्पताल गरी जम्मा चार अस्पताललाई प्रतिवेदनका लागि छनोट गरिएको थियो । तर, गंगालाल र ओमले प्रतिवेदनका लागि तथ्यांक उपलब्ध गराएका थिएनन् ।

प्रयोगशालाका निर्देशक प्रा.डा. हरिचन्द्र उप्रेतीले रगत लिँदा–दिँदा हुने साइडइफेक्टबाट जोगिनुपर्ने बताए । ‘रगतले जीवन बचाउने काम गर्छ, त्यसैले यसमा कसैले पनि लापरबाही गर्नुहुँदैन,’ उनले भने, ‘रगत लिँदा र दिँदा रगतको गुणस्तर कस्तो छ भन्ने कुरा सबैलाई थाहा हुनु आवश्यक छ ।’ प्रयोगाशालाकी पूर्वनिर्देशक गीता शाक्यले वीर अस्पतालमा सबैभन्दा बढी रगत खपत हुने तर कति हुन्छ भन्ने तथ्यांक नभएको बताइन् । अस्पतालले लगेको रगतमध्ये २० प्रतिशत रगत प्रयोग नभई ब्लड बैंकमा फिर्ता हुने गरेको उनको भनाइ छ ।

‘पहिला–पहिला प्लास्टिकको ब्यागमा राखेर लगिन्थो, तर अहिले कोल्डब्यागको प्रयोग गर्दा गुणस्तर जोगाउन केही सहयोग पुगेको छ,’ उनले भनिन्, ‘कहाँ–कति प्रयोग हुन्छ भन्ने तथ्यांक कुनै अस्पतालमा पनि राख्ने चलन छैन ।’ गुणस्तर मापन नियन्त्रण महाशाखाका डा. दीपेन्द्ररमण सिंहले कस्तो किसिमको गुणस्तरको रगतको आपूर्ति भइरहेको छ भन्नेबारे सबैलाई जानकरी हुनुपर्ने बताए । उनले भने, ‘त्यसका लागि मन्त्रालयले अहिले भएको मापदण्डलाई परिवर्तन गर्न लागेको छ ।’

अस्पतालले गर्दैनन् रक्तसुपरिवेक्षण

विशेषगरी मिर्गौला प्रत्यारोपण र क्यान्सरको उपचारका लागि रगतको प्रयोग हुने गर्छ । तर, सरकारी तथा निजी क्षेत्रका धेरैजसो अस्पतालले हमोभिलिजेन्स गरेका छैनन् ।  सुरक्षित रगत संकलन, भण्डारण, परीक्षण रगतको तत्वको निर्माणलगायतदेखि बिरामीले रगत प्राप्त गर्नेसम्मको अवस्थालाई ‘हमोभिलिजेन्स’ भन्ने गरिन्छ ।

‘ब्लडबैंकबाट रगत लिने र दिने कार्य भएको छ,’ उनले भने, ‘रगत लिँदा र दिँदाको साइडइफेक्ट के–के आउने गर्छन् भन्ने कुराको ज्ञान आमजनमानसमा छैन । यसले गर्दा गुणस्तरहीन रगतको प्रयोग भइरहेको छ ।’

नेपाल क्यान्सर अस्पताल, परोपकार प्रसूतिगृह र ग्रान्डीलगायत केही अस्पतालले मात्र हमोभिजिलेन्स गर्ने गरेका छन् । तर, अधिकांश ठूला अस्पतालले हमोभिजिलेन्स गरेको पाइएको छैन । सबै अस्पतालमा ब्लडबैंक हुनुपर्ने रक्तसञ्चार निर्देशिकामा उल्लेख छ । जनशक्ति अभाव, गुणस्तर कायम गर्न नसकेका कारण अन्य अस्पतालले हमोभिजिलेन्स नगरेको रक्तसञ्चार विशेषज्ञले बताउँदै आएका छन् ।

अस्पतालले रगत संकलनदेखि लिएर ट्रान्सप्लाल्ट गर्दा रियाक्सन आउने वेलासम्मका सबै चरणमा रक्तसुपरिवेक्षण गर्नुपर्ने रक्तसञ्चार विशेषज्ञ डा. विपिन नेपाल बताउँछन् । उनका अनुसार रगतको गुणस्तर कायम राख्ने दायित्व डाक्टर, अस्पताल, ब्लडबैंकलगायतको हुन्छ ।

रक्तसञ्चार निर्देशिकामा रगत गुणस्तरयुक्त हुनुपर्ने प्रावधान छ । तर, रगतको गुणस्तर कायम गर्न सकिएको छैन । डाक्टरमा रक्तसुरक्षासम्बन्धी ज्ञानको कमी, जनशक्तिको कमीले गर्दा रगतको गुणस्तरमा कमी आएको उनको भनाइ छ ।
‘ब्लडबैंकबाट रगत लिने र दिने कार्य भएको छ,’ उनले भने, ‘रगत लिँदा र दिँदाको साइडइफेक्ट के–के आउने गर्छन् भन्ने कुराको ज्ञान आमजनमानसमा छैन । यसले गर्दा गुणस्तरहीन रगतको प्रयोग भइरहेको छ ।’

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

नेपालमा ७७ प्रतिशत एचआइभीको कारण विनाकन्डम यौनसम्पर्क, जम्मा प्रयोगकर्ता ८ प्रतिशत

नेपालमा कुल एचआइभी संक्रमितको ७७ प्रतिशतमा विनाकन्डम यौनसम्पर्क गरेका कारण संक्रमण भएको पाइएको छ । प्राणघातक यौनजन्यरोगहरू तथा अनिच्छित गर्भबाट जोगाउन भरपर्दो अस्थायी साधनका रूपमा लिइने कन्डमको प्रयोगमा सचेतता र अभ्यस्तता अभावले एकातर्फ प्राणघातक रोगहरूको संक्रमण बढ्दो छ भने अर्कोतर्फ अनिच्छित गर्भका कारण जनसंख्या वृद्धि मात्र होइन, भ्रूणहत्याजस्ता आपराधिक अमानवीय कर्मले समेत बढावा पाइरहेका छन् ।

सन् २०१७ को अन्त्यसम्म संसारभर ३ करोड ६९ लाख व्यक्तिमा एचआइभी संक्रमण भएको अनुमान गरिएको छ । नेपालमा एचआइभी संक्रमितको संख्या करिब ३१ हजार २० रहेको अनुमान गरिएको छ, जसमध्ये पुरुषको संख्या १९ हजार २० र महिलाको संख्या १२ हजार छ । नेपालमा प्रजनन उमेरसमूह (१५ देखि ४९ वर्ष)मा एचआइभीको व्याप्ततादर शून्य दशमलव १५ प्रतिशत रहेको छ ।

नेपालमा प्रजनन उमेरसमूहका करिब ४३ प्रतिशत जनसंख्याले परिवारनियोजनका साधन प्रयोग गर्ने गरेको भए पनि कन्डमको प्रयोग गर्नेको संख्या भने न्यून पाइएको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र टेकुको तथ्यांकअनुसार जम्मा ८ प्रतिशतले परिवारनियोजनको अस्थायी साधनका रूपमा कन्डमको प्रयोग गर्ने गरेका छन् । यद्यपि, नेपाल सरकारले निःशुल्क कन्डम वितरण गरिरहेको छ भने वर्षौंदेखि कन्डम प्रयोगबारे सञ्चारमाध्यमहरूमार्फत चेतनामूलक सन्देशहरू प्रवाहित गरिरहेको छ ।

नेपालमा प्रतिहजार किशोरीमा ८८ जनाले बच्चा जन्माउँछन् । यसमध्ये अधिकांश किशोरी परिवारनियोजनका साधनमा पहुँच वा ज्ञानको कमीका कारण कम उमेरमै आमा बनिरहेका छन् । अझै पनि प्रजनन उमेरका २४ प्रतिशत महिलाहरूको परिवारनियोजनको माग अपुग रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र, टेकुका निर्देशक डा. तारानाथ पोखरेल बताउँछन् । उनका अनुसार पछिल्लो समय भने कन्डमलाई परिवारनियोजनको साधनका रूपमा स्वीकार गरी प्रयोग गर्नेमा नयाँ पुस्ता थपिँदै गएको छ ।

हाल नेपालमा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा एचआइभीसँग सम्बन्धित विभिन्न सेवा, जस्तै, एचआइभी परामर्श तथा परीक्षण, उच्च जोखिममा रहेका लक्षित समुदायमा एचआइभी रोकथाम कार्यक्रम, उपचार, हेरचाह तथा सहयोग र यौनरोगको रोकथाम तथा नियन्त्रण कार्यक्रमहरू विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरू मार्फत देशैभरी प्रदान गरिँदै आएको छ ।

स्वास्थ्यसेवा विभागको ०७३–७४ को वार्षिक प्रतिवेदनअनुसार नेपालमा परिवारनियोजनको साधनका रूपमा कन्डमको प्रयोग गर्ने व्यक्तिहरूको संख्या ८ प्रतिशत रहेको बताएको छ ।  आइबिबिएस सर्भेअनुसार एचआइभी तथा यौनरोग सर्न सक्ने जोखिममा रहेका समुदाय, जस्तै, यौनकर्मी, उनीहरूका ग्राहक, पुरुष समलिंगी, तेस्रोलिंगी, सुईबाट लागुपदार्थ लिने व्यक्तिहरूमा कन्डम प्रयोग गर्ने व्यवहारमा पछिल्लो समय केही सुधार आएको देखिन्छ । तराई क्षेत्रका २२ जिल्लामा यौनकर्मीको संख्या उल्लेख्य रहेका कारण यी समुदायमा एचआइभी तथा यौनरोगको संक्रमणदर स्थिर अवस्थामा राख्नका लागि यौनसम्पर्कका क्रममा कन्डमको प्रयोगलाई बढावा दिनुपर्ने पोखरेल बताउँछन् ।

हाल नेपालमा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा एचआइभीसँग सम्बन्धित विभिन्न सेवा, जस्तै, एचआइभी परामर्श तथा परीक्षण, उच्च जोखिममा रहेका लक्षित समुदायमा एचआइभी रोकथाम कार्यक्रम, उपचार, हेरचाह तथा सहयोग र यौनरोगको रोकथाम तथा नियन्त्रण कार्यक्रमहरू विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरू मार्फत देशैभरी प्रदान गरिँदै आएको छ ।

नेपालजस्तो विकासोन्मुख मुलुकका लागि एचआइभी संक्रमण र जनसंख्या वृद्धि दुवै ठूला चुनौतीका रूपमा रहेको अवस्थामा जनसंख्या वुद्धिदरलाई कम गर्नुका साथसाथै एचआइभी तथा यौनरोग संक्रमणलाई कम गर्नका लागि कन्डमको सहज र सुलभ उपलब्धता तथा पहुँच हुनु आवश्यक छ । सर्वसाधारणमा रहेको कन्डमप्रतिको नकारात्मक भ्रम आगामी दिनमा हटाउँदै लानुपर्ने आवश्यकता रहेको डा. पोखरेलले बताए । उनका अनुसार नेपालमा एचआइभीका नयाँ संक्रमितभन्दा पनि यसबाट मृत्यु हुनेको संख्या बढी छ ।

एचआइभीसम्बन्धी विभिन्न कार्यक्रममा गरी नेपाल सरकारले वार्षिक रूपमा डेढ करोड खर्च गर्दै आएको छ, जुन यो क्षेत्रको कुल खर्चको ५० प्रतिशत मात्र हो । बाँकी ५० प्रतिशत विभिन्न दातृ निकायमार्फत खर्च हुने गरेको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र, टेकुका अनुसार नेपालमा २५–४९ वर्ष उमेर समूहका मानिसमा बढी मात्रामा एचआइभी संक्रमण हुने गरेको पाइएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

एड्सबारे जान्नुपर्ने केही तथ्य

– एचआइभी संक्रमित हुनुको अर्थ एड्स होइन
– सुतेका वेला पसिना आउनु एड्सको आमलक्षण हो
– एचआइभी संक्रमण हुन्छ, एड्स होइन
– एड्स स्वयम्मा रोग होइन
– एड्सबाट बच्ने प्रमुख उपाय भनेको रोगबारे सही जानकारी र सुरक्षित उपायको अवलम्बन नै हो

एड्स स्वयम्मा रोग होइन । तर, एड्सपीडित व्यक्तिको शरीरले जीवाणु, विषाणुलगायतका कारण लाग्ने संक्रामक रोगविरुद्ध लड्ने आफ्नो प्राकृतिक प्रतिरोधात्मक शक्ति गुमाउँछ । यस्तो किन हुन्छ भने– एड्स गराउने एचआइभी भाइरसले रगतमा हुने प्रतिरोधी पदार्थ श्वेतरक्तकोष (लिम्फोेसाइट)लाई आक्रमण गर्छ । हामी सबैलाई थाहा छ, एड्स प्राणघातक अवस्था हो । तसर्थ, एड्सबारे केही महत्वपूर्ण तथ्य जानिराखौँ ः

लक्षणबारे जानौँ र समयमै परीक्षण गराऔँ
एड्सपीडितको शरीरमा रोगप्रतिरोधात्मक क्षमता कम हुने हुँदा सामान्य चिसोजन्य रोगदेखि क्षयरोगसम्मका संक्रामक रोगहरूले सजिलै आक्रमण गर्दछन् र तिनको उपचार निकै कठिन भएर आउँछ । सुरुवाती स्टेजमा एड्सको पहिचान कठिन हुन्छ, जसका कारण उपचारमा ढिलाइ हुन जान्छ । त्यसैले एड्सका सुरुवाती लक्षणबारे जानकारी हुनु जरुरी छ । यसका प्रमुख लक्षण–
– सुतेका वेला पसिना आउनु ।
– हप्तौँसम्म लगातार ज्वरो आइरहनु ।
– हप्तौँसम्म खोकी लागिरहनु ।
– वजन घट्नु ।
– मुखमा घाउ आउनु ।
– भोक नलाग्नु ।
– बारम्बार डायरिया हुनु ।
– घाँटी सुन्निनु ।
– छालामा दुखाइसहितको चिलाउने बिबिरा आउनु ।

संक्रमणका तरिका जानेर सधैँ सजग रहौँ
एचआइभी संक्रमण मुख्यतया यी कारणले हुन्छन्–
– असुरक्षित यौनसम्पर्कबाट सर्छ ।
– संक्रमित रगत प्रयोग गरेमा सर्छ ।
– संक्रमित सुई प्रयोग गरेमा सर्छ ।
– एचआइभी संक्रमित महिलाले बच्चा जन्माएमा बच्चामा सर्छ । संक्रमितले स्तनपान गराउँदा पनि साना बच्चामा सर्ने सम्भावना रहन्छ ।

एचआइभी संक्रमित हुनुको अर्थ एड्स होइन भन्ने बुझौँ
कुनै व्यक्ति एचआइभी संक्रमित छ भने यो जरुरी छैन कि उसमा एड्स होस् । एचआइभी संक्रमित अधिकांश व्यक्ति सही औषधोपचार विधि अवलम्बन गरी सामान्य जिन्दगी जिउन सक्छन् । यसको मतलब यो भन्न खोजिएको होइन कि, एचआइभी संक्रमितलाई एड्स हुँदैन । एचआइभी संक्रमित व्यक्तिलाई एड्स हुन सक्छ, तर हरेक एचआइभी संक्रमित व्यक्तिलाई एड्स हुन्छ भन्ने छैन । अहिलेको अवस्थामा विकसित उपचार विधि अवलम्बन गर्ने एचआइभी संक्रमितमा जीवनकालभर एड्सको अवस्था विकास हुन पाउँदैन । एचआइभीको तेस्रो स्टेजका रूपमा पनि चिनिने एड्सको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा हुने नभई एचअइभी भाइरसको संक्रमण हुने हो । धेरैले एड्स सर्ने कुरा गरेको सुनिन्छ, तर संक्रण हुने भनेको एचआइभी भाइरसको हो । असुरक्षित यौन सम्बन्ध, संक्रमित रगत वा इन्जेक्सनमार्फत एचआइभीको संक्रमण हुन्छ, एड्सको होइन ।

रोकथामका उपाय अपनाऔँ
एड्स असाध्य अवस्था हो । तसर्थ, यसबाट बच्नुको विकल्प छैन । यसबाट बच्न असुरक्षित यौनसम्बन्धबाट बच्नुपर्छ । पुरानो तथा संक्रमित सुईको प्रयोग गर्नुहुँदैन । संक्रमित रगतको प्रयोग गर्नुहुँदैन । एचआइभी तथा एड्सबाट बच्ने प्रमुख उपाय भनेको रोगबारे सही जानकारी र सुरक्षित उपायको अवलम्बन नै हो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

काठमाडौंमा मात्रै थपिए ४ सय ६४ एचआइभी संक्रमित

केही वर्षदेखि देशभर एचआइभी संक्रमण घटिरहेको अवस्थामा देशको राजधानी काठमाडौंमा भने यो वर्ष मात्रै ४६४ जना नयाँ एचआइभी संक्रमित भेटिएका छन् । यो विभिन्न प्रयोगशाला परीक्षण एवं सरकारले सञ्चालन गरेको कार्यक्रमअनुसार सेवा लिन आइपुगेका संक्रमितको एकीकृत तथ्यांक हो । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार २०७४ मा देशभर २ हजार १ सय ७५ नयाँ संक्रमित भेटिएकोमा काठमाडौंमा सबैभन्दा बढी छन् ।

काठमाडौंपछि सबैभन्दा बढी रुपन्देहीमा १ सय ६२ जना नयाँ संक्रमित भेटिएका छन् । केन्द्रका अनुसार धनुषामा १ सय १०, बाँकेमा १ सय ४, पर्सामा १ सय २, सुनसरीमा १ सय २, पाल्पामा ९८, कैलालीमा ९३, मोरङमा ९३ जना एचआइभी संक्रमणका नयाँ केस भेटिएका छन् । (कुन जिल्लामा कति नयाँ संक्रमित भेटिए तलको तथ्यांक हेर्नुहोस्)

असुरक्षित यौनसम्पर्कमा संलग्न व्यक्ति, दुव्र्यसनी, यौनकर्मी महिला तथा पुरुष, समलिंगी महिला तथा पुरुष एचआइभी संक्रमणको जोखिम समूहमा पर्छन् । त्यसबाहेक वैदेशिक रोजगारीमा जाने समूहसमेत संक्रमणको उच्च जोखिममा छ ।

केन्द्रका निर्देशक डा. ताराप्रसाद पोखरेलका अनुसार काठमाडौंमा यौनकर्मी, लागुऔषध प्रयोगकर्तालगायत अन्य जोखिमयुक्त समूहको उपस्थिति बाक्लो रहेकै कारण बढी संक्रमित भेटिएको हो । ‘यौनकर्मी, समलिंगी, लागुऔषध प्रयोगकर्तालगायत सबैको बाक्लो उपस्थिति यहीँ छ,’ पोखरेलले भने, ‘त्यसैले काठमाडौंमा संक्रमण बढी छ ।’

असुरक्षित यौनसम्पर्कमा संलग्न व्यक्ति, दुव्र्यसनी, यौनकर्मी महिला तथा पुरुष, समलिंगी महिला तथा पुरुष एचआइभी संक्रमणको जोखिम समूहमा पर्छन् । त्यसबाहेक वैदेशिक रोजगारीमा जाने समूहसमेत संक्रमणको उच्च जोखिममा छ ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्यांकअनुसार महिलाभन्दा पुरुष एचआइभी संक्रमित बढी भेटिएका छन् । नेपालमा पहिलोपटक सन् १९८८ मा एचआइभी संक्रमित भेटिएका थिए ।  हाल नेपालभर २२ हजार ६ सय ३४ जना संक्रमित भेटिइसकेका छन् । भेटिएका संक्रमितमध्ये २ हजार ९ सय ३२ को मृत्यु भइसकेको छ । हाल १९ हजार ७ सय २ एचआइभी संक्रमित रोगसित लडिरहेका छन् । संक्रमितमध्ये ७ हजार २ सय ९२ पुरुष र ७ हजार महिला छन् । तीबाहेक ९ सय ६८ बालबालिका छ । केन्द्रका अनुसार संक्रमितमध्ये १५ हजार २ सय ६० ले औषधिको प्रयोग गरिरहेका छन् ।

नेपाल सरकारले एचआइभी रोग नियन्त्रणका लागि हालसम्म ७५ करोड खर्च गरिसकेको र विभिन्न दातृनिकायबाट एचआइभी नियन्त्रणका लागि १ अर्ब २५ करोड अनुदानस्वरूप प्राप्त भएको केन्द्रका सूचना अधिकृत वीरबहादुर रावलले बताए ।

नेपाल एचआइभी एड्स अलाइन्सका अध्यक्ष ऋषि ओझाले सरकारले सानो संख्यामा संक्रमित रहेका वर्गमा करोडौँ खर्च गरिरहेको भन्दै वैदेशिक रोजगारीमा जाने कामदारका परिवारका लागि कुनै पनि कार्यक्रम ल्याउनतर्फ ध्यान नदिएको आरोप लगाए । ‘कैदीबन्दी र माइग्रेन्ट वर्कर्समा सरकारले चासै दिएन,’ ओझाले भने । सरकारले प्रदेशमा पैसा पठाएको भने पनि काम नभएको उनले बताए ।

केन्द्रका निर्देशक डा. पोखरेलले भने भोलुमका हिसाबले सानो भए पनि सबै वर्ग र क्षेत्रमा कार्यक्रम पुगेको बताए । उनले एचआइभी क्षेत्रमा बजेटको आकार र प्राथमिकता घटिरहेकाले आगामी दिनमा थप चुनौती आउन सक्ने बताए ।

सरकारले सन् २०१६ देखि २०२१ सम्मका लागि तीनवटा प्रमुख लक्ष्यसहित रणनीति बनाएको छ । जसमा अनुमानित करिब ३१ हजार एचआइभी संक्रमितमध्ये ९० प्रतिशतलाई पत्ता लगाउने, त्यसको ९० प्रतिशतलाई उपचार सुरु गर्ने र उपचार सुरु गरेका मध्ये ९० प्रतिशतको भाइरल लोड काउन्ट गरेर त्यसलाई नियन्त्रणमा राख्ने कार्यक्रम रहेको डा. पोखरेलको भनाइ छ ।

कुन  जिल्लामा कति थपिए ?

१ काठमाडौं ४६४
२ रुपन्देही १६२
३ धनुषा ११०
४ बाँके १०४
५ पर्सा १०२
६ सुनसरी १०२
७ पाल्पा ९८
८ कैलाली ९३
९ मोरङ ९३
१० अछाम ६८
११ चितवन ६१
१२ झापा ५८
१३ कास्की ५४
१४ नवलपरासी ५०
१५ रौतहट ४५
१६ सर्लाही ३९
१७ बारा ३६
१८ डोटी ३०
१९ बैतडी २९
२० सिरहा २८
२१ सुर्खेत २८
२२ दाङ २६
२३ गुल्मी २५
२४ कपिलवस्तु २५
२५ कञ्चनपुर २४
२६ दैलेख २१
२७ तनहुँ १८
२८ भक्तपुर १५
२९ बाग्लुङ १४
३० स्याङ्जा १४
३१ गोरखा १३
३२ नुवाकोट १३
३३ प्युठान १२
३४ बझाङ ११
३५ ललितपुर ११
३६ डडेल्धुरा १०
३७ मकवानपुर ८
३८ बर्दिया ७
३९ धादिङ ७
४० उदयपुर ७
४१ महोत्तरी ६
४२ अर्घाखाँची ६
४३ पाँचथर ५
४४ सप्तरी ५
४५ बाजुरा ४
४६ दार्चुला ४
४७ म्याग्दी ३
४८ रोल्पा ३
४९ धनकुटा १
५० इलाम १
५१ लमजुङ १
५२ संखुवासभा १

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै