उपचारात्मक महाशाखा

स्वास्थ्यसेवा विभागअन्तर्गतको उपचारात्मक महाशाखाले उत्तरी खोटाङमा सञ्चालन गरेको निःशुल्क घुम्ती स्वास्थ्यशिविरमा करिब ३ हजारभन्दा बढी स्थानीयले उपचारसेवा लिएका छन् । उत्तरी खोटाङको जालपा, बाक्सिला, खार्ताम्छा, ऐँसलुखर्क र हलेसीमा ‘हस्पिटल फर इमर्जेन्सी केअर एन्ड सपोर्ट’ नामक स्थानीय संस्थाको सहयोगमा महाशाखाले २२ पुसदेखि १० दिने घुम्ती शिविर सञ्चालन गरेको थियो ।...