३६ घण्टामा ८ करोड ज्यान लिन सक्ने हावाजनित रोगको उच्च खतरामा विश्व, विशेषज्ञले दिए चेतावनी

विश्वले महामारी रोगको उच्च जोखिमको सामना गरिरहेको छ । यसका कारण लाखौँ मानिसले ज्यान गुमाउन सक्छन् र विश्व अर्थव्यवस्थाले भारी संकटको सामना गर्नुपर्ने हुन सक्छ । एक अन्तर्राष्ट्रिय प्यानलले चेतावनी दिँदै सरकारहरुलाई यसका लागि तयार रहन र खतरा कम गर्ने दिशामा काम गर्न सल्लाह दिएको छ । विश्व बैंक तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा सहआयोजित एक सम्मेलनमा ग्लोबल प्रिपियर्डनेस मोनिटरिङ बोर्ड (जिपिएमबी) ले चेतावनी दिएको छ– इबोला, फ्लु तथा सार्सजस्ता महामारी फैलिनेखालका संक्रामक रोगबाट विश्वलाई बचाउन ज्यादै मुस्किल भइरहेको छ । यसका पछाडि लामो समयदेखि चलिरहेको संघर्ष, संकटग्रस्त देश तथा जबर्जस्ती विस्थापन मुख्य कारणका रुपमा रहेको जिपिएमबीको भनाइ छ ।

जिपिएमबीले रिपोर्ट जारी गर्दै भनेको छ, ‘विश्वमा प्यान्डेमिक (महामारीका रुपमा फैलिने रोग) फैलनु वास्तवमै गम्भीर हो । द्रुत गतिमा फैलिने यो रोगमा लाखौँ मानिसलाई मृत्युवरण गराउने अर्थव्यवस्थालाई बाधित गर्ने र राष्ट्रिय सुरक्षालाई अस्थिर बनाउने क्षमता छ । रिपोर्टमा भनिएको छ, ‘यद्यपि, केही सरकारी तथा अन्तर्राष्ट्रिय एजेन्सीहरुले पश्चिम अफ्रिकामा सन् २०१४ र ०१६ मा विनाशकारी इबोला आउटब्रेकजस्ता घातक रोगसित सतर्क तथा तयार रहनका लागि अनेक प्रयास गरेका थिए, तर ती प्रयास समग्र रुपले अपर्याप्त छन् ।’डब्लुएचओका पूर्वहेड तथा जिपिएमबीका सहअध्यक्ष ग्रो हार्लेम ब्रुन्डेटल्यान्डले भने, ‘रोग र स्वास्थ्यको आपत्कालीन स्थितिका लागि वर्तमान दृष्टिकोण, आतंक र उपेक्षाको चक्रको एक विशेषता हो ।’

ग्लोबल प्रिपेयर्डनेस मोनिटरिङ बोर्ड (जिपिएमबी) ले चेतावनी दिएको छ– विश्वले महामारी रोगको उच्च जोखिमको सामना गरिरहेको छ, जसका कारण लाखौँ मानिसले ज्यान गुमाउन सक्छन् र विश्व अर्थव्यवस्थाले भारी संकटको सामना गर्नुपर्ने हुन सक्छ । डब्लुएचओले समेत वर्षको सुरुवातमै प्यान्डेमिक फ्लुको अन्य रुप अपरिहार्य भएकाले सजग रहन भनिसकेको छ ।

रिपोर्टमा सन् १९१८ ‘स्पेनिस फ्लु’ महामारीको हवाला दिइएको छ, जसका कारण करिब ५ करोड मानिसले ज्यान गुमाएका थिए । प्रत्येक दिन ठूलो संख्यामा मानिस विमानका माध्यमबाट विश्वभर घुमिरहेका छन् । यसका कारण हावाजनित यो रोग ३६ घण्टाभन्दा कम समयभित्र विश्वभर फैलन सक्छ र करिब ५ देखि ८ करोड मानिसलाई मृत्युवरण गराउन सक्छ, साथै विश्वको करिब ५ प्रतिशत अर्थव्यवस्थालाई स्वाहा बनाउन सक्छ । रिपोर्टका अनुसार प्यान्डेमिकको सवालमा कैयौँ राष्ट्रिय स्वास्थ्यप्रणाली (विशेषगरी गरिब देशहरुका) नराम्ररी टुट्नेछन् ।

विश्व बैंकका कार्यकारी चिफ एक्जिक्युटिभ तथा प्यानलका एक सदस्य एक्सल वैन ट्रोटसेनबर्गले भने, ‘गरिबी तथा नाजुकता संक्रामक रोग फैलने प्रमुख कारण हो, जब कि उनीहरुलाई गरिने मद्दतले प्यान्डेमिकजस्ता रोगको रोकथाम तथा नियन्त्रणको स्थिति रचना गर्न सक्छ ।’ डब्लुएचओका डाइरेक्टर जनरल टेड्रोस अधानोमले यस्ता बिरामीको प्रकोपले हामीलाई सिकाएको बताउँदै खतरा फैलिनुअघि नै बचउका उपाय आविष्कार गर्न सरकारहरुलाई आह्वान गरे । उनले विश्वभरका सरकारले स्वास्थ्यप्रणालीलाई मजबुत बनाउनका लागि लगानी गर्नुपर्ने, नयाँ प्रविधिमा शोधका लागि फन्ड बढाउनुपर्ने, बेहत्तर समन्वय, सञ्चार प्रणालीमा द्रुतता ल्याउनुपर्ने तथा लगातार निगरानी राख्नुपर्नेमा जोड दिए ।  डब्लुएचओले यस वर्ष (२०१९) को सुरुवातमा यो पनि चेतावनी दिएको छ कि, प्यान्डेमिक फ्लु (हावाजनित भाइरसका माध्यमबाट फैलने रोग) का अन्य नयाँ रुप अपरिहार्य छ र यसका लागि विश्व तयार रहनुपर्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कंगोमा फेरि इबोला

प्रजातान्त्रिक गणतन्त्र कंगोमा हालै देखापरेको इबोला प्रकोपमा अहिलेसम्म २ सय भन्दा बढी मानिसको ज्यान गइसकेको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । ज्यान गुमाउनेहरू मध्ये करिब आधा मानिसहरू नर्थ किभु क्षेत्रको बेनी सहरका रहेका राष्ट्रिय स्वास्थ्य निकायले जनाएको छ। उक्त क्षेत्रमा करिब ८ लाख मानिसहरूको बसोबास रहेको छ। खोप कार्यक्रमले अहिलेसम्म २५ हजार मानिसहरूलाई खोप लगाइसकेको छ।

प्रजातान्त्रिक गणतन्त्र कंगोमा हालै देखापरेको इबोला प्रकोपमा अहिलेसम्म २ सय भन्दा बढी मानिसको ज्यान गइसकेको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

आक्रान्त अवस्था
स्वास्थ्य मन्त्री ओली इलुङ्गाले सशस्त्र विद्रोही लडाकुहरूले स्वास्थ्य टोलीलाई दुर्व्यवहार गरिरहेको बताएका छन्। सेप्टेम्बर महिनामा, सशस्त्र विद्रोही समूहले धेरै घण्टासम्म हमला गरेकोले बेनीमा खोप कार्यक्रम स्थगित गरिएको थियो। वर्षौं लामो गृहयुद्ध र राजनीतिक उथलपुथलले कंगो आक्रान्त बनेको छ। गत जुलाईमा सुरु भएको इबोला अहिले कंगोमा प्रकोपको रुपमा देखापरेको छ। सन् १९७६ मा सुरुमा पत्ता लागेयता कंगोमा इबोला देखिएको यो १० औं पटक हो।

बाधा नपुर्याउन आह्वान
पछिल्लो विवरण अनुसार स्वास्थ्य मन्त्रीले अहिलेसम्म २ सय ९१ जनामा इबोला देखिएको र ती मध्ये २ सय १ जनाको मृत्युको पुष्टि भएको बताएका छन् । संयुक्त राष्ट्रसंघका शान्तिसेनाहरूले इबोला भाइरसविरुद्ध काम गरिरहेका स्वास्थ्यकर्मीलाई बाधा नपुर्याउन सशस्त्र समूहहरूलाई आह्वान गरेका छन् । इलुङ्गाले शुक्रबार स्वास्थ्यकर्मीको टोलीले शारीरिक हमला र धम्की झेल्नुपरेको बताएका छन्। साथै उनीहरूको सामान पटकपटक तोडफोड पनि गरिएको उनले बताए । द्रूत सेवा दिने र्यापिड रेस्पोन्स मेडिकल युनिटका दुई सहकर्मीले हमलाका क्रममा ज्यानैसमेत गुमाएको उनले बताए।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै