कलिलै उमेरमा ग्यास्ट्राइटिस किन ?

बालबालिकालाई पेट दुख्दा सामान्यतया जुका परेर वा खानपान नमिलेर होला भन्ने सोचाइ आम रूपमा रहेको पाइन्छ । ठूला मानिसलाई पेट दुख्नेबित्तिकै ग्यास्ट्राइसिटसको शंका गर्ने आम धारणा बच्चाको हकमा भने ठिक विपरीत छ । साधारणतया बच्चालाई ग्यास्ट्राइटिस (बोलीचालीको भाषामा ग्यास्ट्रिक) हुँदैन भन्ने आम सोचाइ छ, जुन साँचो होइन ।

बालबालिकाको पेटमा इन्फेक्सन भएको खण्डमा कलिलै उमेरमा पनि ग्यास्ट्राइटिस हुने गर्छ, जुन एच पाइलोरी नामक कीटाणुले निम्त्याउने गर्छ । जब बच्चाको खानपानमा बाहिरको खाना संलग्न हुँदै जान्छ, एच पाइलोरी कीटाणु शरीरमा प्रवेश गर्छ । यो कीटाणु पानी वा फोहोर खानाको माध्यमबाट सर्ने गर्छ ।

एच पाइलोरी भाइरसको संक्रमण ठूला मानिसमा हुँदा हामी त्यसलाई पेटमा अल्सर तथा घाउ भयो भन्छौँ । तर, यो भाइरसको इन्फेक्सन सानो उमेरमा पनि हुन सक्छ । कीटाणुले बालबालिकाको पेटमा पनि घाउ बनाउँछ । यस्ता कीटाणु एसिडमा बढी बाँच्ने गर्छन् । एच पाइलोरी कीटाणुको इन्फेक्सन भएर पेटमा असर गरिसकेपछि खानाले लक्षणहरू बढाउने गर्छ । जस्तै, अमिलो, पिरो, चिल्लो खानाले ग्यास्ट्राइटिस बढाउने होइन कि, यस्ता किसिमका खानेकुरा खाएपछि त्यसले रोगका लक्षणहरू बढाइदिने गर्छ । बालबालिकामा एच पाइलोरी कीटाणुको संक्रमण भएपछि पेट र नाइटोको वरिपरि दुख्ने, उल्टी हुने, वाकवाकी लाग्ने, खाना नरुच्नेलगायत समस्या देखिन्छन्, जुन ग्यास्ट्राइटिसका लक्षण हुन् ।

बालबालिकामा पेटदुखाइको प्रमुख कारण– कब्जियत
बालबालिकाको पेट ग्यास्ट्राइटिसले मात्र नभएर अन्य कारणले पनि दुख्ने गर्छ । बालबालिकाको पेट सबैभन्दा बढी कब्जियतका कारण दुखेको पाइन्छ । ठूला मानिसमा हुने र बालबालिकामा हुने कब्जियतमा भिन्नता हुन्छ । ठूला मानिसमा साग–सब्जी कम खानाले, पानी कम पिउनाले, खानपान तथा जीवनशैली राम्रो नहुनाले कब्जियत हुने गर्छ । बालबालिकामा भने दिसा राम्रोसँग भएन भने कब्जियत हुन्छ । जस्तै, हतार–हतारमा स्कुल जाने, स्कुलको ट्वाइलेटमा दिसा गर्न हिचकिचाउने, घरमा आएर पनि दिसा गर्ने अल्छी गर्ने कारणले गर्दा साइकल बन्छ र दिसा झन्–झन् कडा हुँदै जान्छ । दिसा कडा भएपछि बच्चाले दिसा गर्दा रोक्न खोज्ने, सानो बच्चा छ भने कुनामा खुट्टा च्यापेर बस्ने, अलि ठूला बालबालिकाले कपडामै दिसा गर्ने आदि कब्जियतका लक्षण हुन् । कब्जियत बालबालिकाको पेट दुख्ने प्रमुख कारणका रूपमा रहेको पाइन्छ ।

बालबालिकामा इन्डोस्कोपी गर्न धेरै अभिभावक डराउँछन् । तर, सानो उमेरका कारण इन्डोस्कोपी गर्न गाह्रो हुने भने होइन, डरका कारण गाह्रो हुने हो । यस्तो अवस्थामा बच्चालाई लठ्याएर इन्डोस्कोपी गर्नुपर्ने हुन्छ । यसका लागि बेहोस पार्ने डाक्टरको सहायता लिनुपर्ने हुन्छ । इन्डोस्कोपीमार्फत पेटमा घाउ छ कि छैन भनेर हेरेर बायप्सीका लागि मासु निकाल्ने प्रक्रिया ३ देखि ५ मिनेटमा सकिन्छ ।

रिफ्लक्स
खाना खाने नली र पेटको भागमा भएको मांसपेशी खुकुलो भएको खण्डमा पेटको खाना, खाना खाने नलीमा आउँछ । यसलाई चिकित्सकीय भाषामा रिफ्लक्स भनिन्छ, जुन धेरैजसो सानो उमेरका बच्चालाई हुने गर्छ । तर, यसका कारण हुने पेटको दुखाइ माथिल्लो भाग अर्थात् छातीमा हुन्छ । सानो बच्चाले खाएको खाना हुलुक्क निकाल्ने, तौल राम्रोसँग नबढ्ने भएमा यसको लक्षणका रूपमा बुझ्नुपर्छ ।

बच्चामा हुने ग्यास्ट्राइटिसका लक्षण, निदान र उपचार
ग्यास्ट्राइटिस भएपछि बच्चाको खानामा रुचि कम हुने गर्छ । बच्चाहरूको बढ्ने उमेर हुन्छ । जन्मिएदेखि निश्चित उमेरसम्म बच्चाहरू बढिरहेका हुन्छन्, कहिले तौल त कहिले उचाइमा । ग्यास्ट्राइटिसले बालबालिकाको तौल र उचाइमा केही फरक पारिरहेको हुन्छ । खाना नरुच्ने, अमिलो पानी आउने, पेट दुख्ने, अमिलो डकार आउने, भोकै पेटमा पनि पेट दुख्नेजस्ता लक्षण देखाएको खण्डमा एच पाइलोरी कीटाणुका कारण बच्चाको पेट दुखेको हो भन्न सकिन्छ । यसको जाँच दुई किसिमले गर्न सकिन्छ ।
कुनै बालबालिकालाई तौल र उचाइमा केही असर परेको छ भने इन्डोस्कोपी गरेर हेर्न सकिन्छ । अर्को विधिमा फुकेर हेर्न सकिन्छ, जसमा मेसिनको सहयोगले फुकेर भाइरस भए–नभएको जाँच गरिन्छ । तर, फुकेर हेर्नलाई बच्चा ५ वर्ष नाँघेको हुनुपर्छ ।

बालबालिकामा इन्डोस्कोपी गर्न धेरै अभिभावक डराउँछन् । तर, सानो उमेरका कारण इन्डोस्कोपी गर्न गाह्रो हुने भने होइन, डरका कारण गाह्रो हुने हो । यस्तो अवस्थामा बच्चालाई लठ्याएर इन्डोस्कोपी गर्नुपर्ने हुन्छ । यसका लागि बेहोस पार्ने डाक्टरको सहायता लिनुपर्ने हुन्छ । इन्डोस्कोपीमार्फत पेटमा घाउ छ कि छैन भनेर हेरेर बायप्सीका लागि मासु निकाल्ने प्रक्रिया ३ देखि ५ मिनेटमा सकिन्छ ।

समयमा उपचार नभएको अवस्थामा पछि गएर दीर्घकालीन असरसमेत हुने गर्छ । समयमा उपचार नहुँदा घाउ झन् ठूलो हुँदै जान्छ र कसैकसैलाई अल्सर पनि देखिने गर्छ । सानो बच्चामा अल्सर त्यति धेरै देखिँदैन । तर, अलि ठूलो उमेरका बच्चामा भने देखिन्छ । ठूला मानिसमा सानो आन्द्रा तथा पेटमा जुन किसिमको अल्सर हुन्छ, त्यो १३–१४ वर्षको बच्चामा पनि देखिने गर्छ ।

ठूला मानिसमा साग–सब्जी कम खानाले, पानी कम पिउनाले, खानपान तथा जीवनशैली राम्रो नहुनाले कब्जियत हुने गर्छ । बालबालिकामा भने दिसा राम्रोसँग भएन भने कब्जियत हुन्छ । जस्तै, हतार–हतारमा स्कुल जाने, स्कुलको ट्वाइलेटमा दिसा गर्न हिचकिचाउने, घरमा आएर पनि दिसा गर्ने अल्छी गर्ने कारणले गर्दा साइकल बन्छ र दिसा झन्–झन् कडा हुँदै जान्छ । दिसा कडा भएपछि बच्चाले दिसा गर्दा रोक्न खोज्ने, सानो बच्चा छ भने कुनामा खुट्टा च्यापेर बस्ने, अलि ठूला बालबालिकाले कपडामै दिसा गर्ने आदि कब्जियतका लक्षण हुन् ।

बायप्सी परीक्षणमा कीटाणु पोजेटिभ देखिएको खण्डमा आवश्यकताअनुसार १४ दिनसम्मको एन्टिबायोटिक दिने गरिन्छ । त्यसका साथै लामो समयसम्म एसिड कम गर्ने औषधि दिने गरिन्छ । दुखाइ ठिक नभएसम्म दुखाइको औषधि पनि दिनुपर्ने हुन्छ । बिरामीको खानपानमा थोरै परिवर्तन ल्याउनुपर्ने हुन्छ । बढी अमिलो भएका फलफूल तथा चिल्लोको सेवन कम गरिन्छ । ग्यास्ट्राइटिस भन्नेबित्तिकै एकदम खल्लो खाना, तेल, घ्यु नभएको खाना खानुपर्छ भन्ने होइन र यसरी बार्नुपर्दैन । घरमा पाक्ने नर्मल खानेकुरा खानुपर्छ । चिल्लो खानेकुरा र एसिड बढी भएका फलफूल मात्र बारे पुग्छ ।

४–५ वर्षअघिसम्म चिकित्सक स्वयंमा बालबालिकामा इन्डोस्कोपी गर्नुपर्छ भन्ने सोच थिएन
सुरुमा बच्चाका लागि इन्डोस्कोपी भन्ने नै थिएन । म आफ्नो अध्ययन सकेर सन् २०१२ मा नेपाल आउँदा बच्चाको इन्डोस्कोपी गर्न नेपालबाहिर गइरहेको अवस्था थियो । हाल इन्डोस्कोपी बालबालिकामा आवश्यक छ भनेर जनचेतना अभिवृद्धि भइरहेको अवस्था छ । अहिले कतिपय आमाबुबा बच्चालाई इन्डोस्कोपी गराउन आफैँ पनि आउनुहुन्छ । ४–५ वर्षअघि यस्तो परिवेश थिएन । त्यतिवेला बच्चामा इन्डोस्कोपी गर्दा खाना खाने नलीमा असर पार्छ कि अथवा बेहोस गरेर कसरी गर्ने हो, ठूलो जाँच हो भनेर डर मान्नुहुन्थ्यो । हाल बालबालिकाको पेटसम्बन्धी चिकित्सक ३–४ जना नेपालमा कार्यरत हुनुहुन्छ । पहिले चिकित्सकमा पनि बच्चालाई इन्डोस्कोपी गर्न पठाउनुनपर्ने सोचाइ हुन्थो । ४–५ वर्षअघिसम्म बच्चालाई इन्डोस्कोपीभन्दा पहिले दुखाइ कम गर्ने तथा एसिड कम गर्ने औषधि दिएर हेरिन्थ्यो । इन्डोस्कोपी ठूलालाई मात्रै हो भन्ने सोचाइ थियो, जुन बिस्तारै परिवर्तन हुँदै गएको छ ।

(हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंसितको कुराकानीमा आधारित)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

इन्डोस्कोपी र कोलोनोस्कोपी किन ?

चिकित्साशास्त्रका विभिन्न विधामध्ये इन्डोस्कोपी र कोलोनोस्कोपी पनि महत्वपूर्ण विधा हुन् । पेट, सानोआन्द्रा, ठूलोआन्द्रालगायत पेटसम्बन्धी रोग तथा गडबडीबारे पत्ता लगाउने तथा उपचार गर्ने शास्त्र नै इन्डोस्कोपी हो ।

पेट तथा आन्द्राको स्थिति थाहा पाउन यो विधि आवश्यक हुन्छ । भिडियो एक्स रे, सिटी स्क्यानले पनि केही हदसम्म यस्तो खराबी पत्ता लगाउन सके पनि त्यसबाट सबै पत्ता लाग्दैन । पेट तथा आन्द्राभित्रै गएर हेर्नका लागि इन्डोस्कोपी तथा कोलोनोस्कोपीको आविष्कार भएको हो । घाँटीबाट एकप्रकारको यन्त्र छिराएर पेटको स्थितिबारे जानकारी लिने विधि इन्डोस्कोपी हो भने मलद्वारबाट पाइप छिराएर सफा गर्ने तथा आन्तरिक स्थिति थाहा पाउने प्रविधि कोलोनोस्कोपी हो । कोलोनोस्कोपीमा मलद्वारबाट पाइप छिराएर ठूलोआन्द्रा हुँदै सानोआन्द्रासम्म पुर्याइन्छ ।

इन्डोस्कोपी विशेषगरी दुई अवस्थामा गरिन्छ– डाइग्नोसिसका लागि, थेरापीका लागि । डाइग्नोसिसका लागि पाइप राख्ने गरिन्छ र त्यसबाट इमेज हेरेर ग्यास्ट्रिक तथा अल्सर भए–नभएको, अनावश्यक मासु बढे–नबढेको पत्ता लगाइन्छ । इन्डोस्कोपीमार्फत ड्रोनोन्स्कोपले हेरेर पित्तनलीमा खराबी भए–नभएको पनि हेर्न सकिन्छ ।

पेट अत्यधिक दुखेको र रक्तस्राव भइरहेको छ भने पनि अल्सर भएको हुन सक्ने अनुमान गरी यस प्रविधिको प्रयोग गरिन्छ । अथवा, माथिल्लो पेटमा असहज महसुस भएमा तथा खानामा रुचि नभएमा पनि इन्डोस्कोपी गर्नु आवश्यक मानिन्छ ।

इन्डोस्कोपी कस्तो अवस्थामा गर्ने ?
यो प्रविधि बिरामीका लागि अनिवार्य भने छैन । उपचारका लागि आएको बिरामीलाई चिकित्सकले सल्लाह दिएमा मात्रै यस्तो गर्नुपर्ने अवस्था आउन सक्छ । कुनै पनि मानिसले लामो समयदेखि ग्यास्ट्रिकको औषधि खाँदा पनि ठिक भएको छैन भने यो प्रविधिको प्रयोग गर्नु अनिवार्य मानिन्छ । अथवा, पेट अत्यधिक दुखेको र रक्तस्राव भइरहेको छ भने पनि अल्सर भएको हुन सक्ने अनुमान गरी यस प्रविधिको प्रयोग गरिन्छ । अथवा, माथिल्लो पेटमा असहज महसुस भएमा तथा खानामा रुचि नभएमा पनि इन्डोस्कोपी गर्नु आवश्यक मानिन्छ ।

थेरापीका लागि इन्डोस्कोपी
इन्डोस्कोपीको माध्यमबाट थेरापीमा विश्व पहिलेभन्दा धेरै नै अगाडि बढिसकेको अवस्था छ । इन्डोस्कोपीले पेटभित्रका विभिन्न समस्या समयमै पहिचान गरी कतिपय अवस्थामा मानिसको मृत्यु हुनबाट रोक्छ । कतिपय अवस्थामा आन्द्रा साँघुरिएर पनि मानिसले खाएको खाना पास नहुने समस्या पनि हुने गर्छ, जसका कारण बारम्बार वान्तासमेत हुन सक्छ । त्यस अवस्थामा इन्डोस्कोपी गर्दा साँघुरिएको प्वालबाट तार छिराइन्छ, सिआरई बेलुन छिराएर त्यसलाई फुकाउने काम गरिन्छ ।

विगतमा यसका लागि ठूला–ठूला शल्यक्रिया गर्नुपर्ने अवस्था रहेकोमा सिआरई बेलुन प्रविधिको सुरुवातपछि त्यसको अन्त भएको छ । अत्यधिक मात्रामा रक्सी तथा सुर्ती सेवन गर्ने तथा कतिपय त्यसको सेवन नगर्ने मानिसमा पनि खाद्यनलीको क्यान्सर भएको अवस्थामा खानेकुरा त परै जाओस्, थुकसमेत निल्न ज्यादै कष्ट भइरहेको हुन्छ । त्यस्तो वेला इन्डोस्कोपीको माध्यमबाट एक जालीजस्तो यन्त्र छिराएर त्यसलाई फुकाउने गरिन्छ ।

इन्डोस्कोपी तथा कोलोनोस्कोपी सेवा अन्यत्र पनि उपलब्ध भए पनि डबल बेलुन इन्डोस्कोपी सेवा भने वीर अस्पतालमा मात्र उपलब्ध छ । वीर अस्पतालले यो सेवा सुरु गरेपछि यसका लागि विदेश जानुपर्ने समस्याबाट छुटकारा मिलेको छ । यो प्रविधिमा विदेश र वीरमा पाइने सेवामा केही फरक छैन । यसमा वीरले प्रयोग गर्दै आएको मेसिन जापानमा निर्माण भएको हो ।

इन्डोस्कोपीले पेट र जोर्डनमका केही भाग हेर्छ भने कोलोनोस्कोपीले ठूलो आन्द्रा र सानो आन्द्राको अन्तिम भाग हेर्छ । विगतमा सानो आन्द्रा हेर्ने प्रविधि नेपालमा थिएन, तर अहिले वीर अस्पतालमा ‘डबल बेलुन इन्डोस्कोपी’ नामक प्रविधि आइसकेको छ । त्यसको माध्यमबाट अहिले सानो आन्द्राको पूरै भाग हेर्न सकिन्छ । यसमा आधा भाग माथिबाट पाइप छिराएर (इन्डोस्कोपी) हेर्ने गरिन्छ भने आधा भाग तलबाट (कोलोनोस्कोपी) हेर्ने गरिन्छ । त्यसैले अहिले इन्डोस्कोपी, कोलोनोस्कोपी तथा डबल बेलुन इन्डोस्कोपीका माध्यमबाट आन्द्राको सम्पूर्ण भाग हेर्न सकिन्छ ।

विश्वका अन्य मुलुकका तुलनामा नेपालमा इन्डोस्कोपी ज्यादै सस्तो छ । अमेरिका, बेलायत, सिंगापुरलगायत विकसित मुलुकको तुलनामा नेपालमा यो प्रविधि सस्तो छ । नेपालीको कमजोर आर्थिक अवस्थाका कारण यो प्रविधि महँगोजस्तो लागेको हो, जुन वास्तवमा होइन । वीर अस्पतालमा इन्डोस्कोपीको शुल्क ७ सय ५० रुपैयाँ छ भने कोलोनोस्कोपीको शुल्क २ हजार रुपैयाँ छ । वार्डमा भर्ना भएका बिरामीको हकमा उक्त शुल्कमा ५० प्रतिशत छुट हुने व्यवस्था छ । निजी अस्पतालहरूमा भने इन्डोस्कोपीको शुल्क २ हजारदेखि ४ हजार ५ सयसम्म छ भने कोलोनोस्कोपीको शुल्क ४ हजारदेखि ९ हजारसम्म रहेको पाइन्छ ।

डबल बेलुन इन्डोस्कोपी वीरमा मात्र
नेपालमा पहिलोपटक इन्डोस्कोपी तथा कोलोनोस्कोपीको सुरुवात वीर अस्पतालबाट भएको हो । इन्डोस्कोपी तथा कोलोनोस्कोपी सेवा अन्यत्र पनि उपलब्ध भए पनि डबल बेलुन इन्डोस्कोपी सेवा भने वीर अस्पतालमा मात्र उपलब्ध छ । वीर अस्पतालले यो सेवा सुरु गरेपछि यसका लागि विदेश जानुपर्ने समस्याबाट छुटकारा मिलेको छ । यो प्रविधिमा विदेश र वीरमा पाइने सेवामा केही फरक छैन । यसमा वीरले प्रयोग गर्दै आएको मेसिन जापानमा निर्माण भएको हो ।
भारतका मेदान्त, गंगारामलगायत अस्पतालको शुल्कको तुलनामा नेपालमा इन्डोस्कोपी तथा कोलोनोस्कोपीको शुल्क निकै सस्तो छ । सरकारी अस्पतालमा मात्र नभएर नेपालका निजी अस्पतालमा समेत यो सेवाबापतको शुल्क विदेशमा भन्दा सस्तो छ ।

डा. खनाल वीर अस्पतालमा कार्यरत छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै