आरोप–पत्र

काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा इन्जिनियर पदमा कार्यरत प्रदीपकुमार यादवविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । छानबिनका क्रममा यादवले जागिरका लागि नक्कली प्रमाणपत्र पेस गरेको पाइएपछि अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाहीका लागि आइतबार विशेषमा आरोप–पत्र दायर गरेको हो...