आयुर्वेद चिकित्सकले फोनबाटै स्वास्थ्य सल्लाह दिने

कोरोना भाइरस संक्रमण रोकथामका लागि देश पूर्णरूपमा ‘लकडाउन’ भएपछि नागरिकलाई नि:शुल्क आयुर्वेद परामर्श दिने गरी चिकित्सकहरूको व्यवस्था गरिएको छ।

नेपाल आयुर्वेद विद्यार्थी समाजको संयोजकत्वमा आयुर्वेद चिकित्सकहररूको सूची प्रकाशन गरी विभिन्न समय र माध्यमबाट विशेषज्ञ आयुर्वेद परामर्श लिन सकिने जानकारी गराइएको छ।

‘लकडाउनको स्थितिमा नागरिक स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यसाथ यो सेवा सञ्चालनमा ल्याएका हौं,’ समाजका अध्यक्ष डा. लोचन आचार्यले भने, ‘यो सेवामार्फत् सर्वसाधारण नागरिकले फोन वा ह्वाट्सएप जुनसुकै माध्यमबाट चिकित्सकहरूसँग सम्पर्क गरी घरमै बसेर पनि अवलम्बन गर्न सकिने आयुर्वेद उपचार विधिबारे सल्लाह लिन सकिन्छ।’

शरीरलाई स्वस्थ राख्न एवं रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न आयुर्वेद चिकित्सा पद्धति लाभदायी मानिँदै आएको छ। यसअघि नेपाल चिकित्सक संघले स्वास्थ्य संस्थामा भिडभाड नगर्न र कोरोना भाइरससम्बन्धित सल्लाहका लागि फोनमार्फत नै चिकित्सकहरूसँग सम्पर्क गर्न अनुरोध गर्दै चिकित्सकहरूको सूची प्रकाशन गरेको थियो।

क्र.सं.चिकित्सकको नामसम्पर्क नम्बरसमय
1.डा. ऋषिराम कोईराला9851030828साँझ ५:०० देखि ६:०० बजेसम्म
2.डा. काजल झा9851229382 (WhatsApp)बिहान १०:०० देखि ११:०० बजेसम्म
3.डा. जनक अधिकारी9851135549बिहान ८:०० देखि ९:०० बजेसम्म
4.डा. पुष्पराज पौडेल9849021253बिहान ८:०० देखि ९:०० बजेसम्म
5.डा. पुनेश्वर केशरी9860808363साँझ ६:०० देखि ७:०० बजेसम्म
6.डा. अशोककुमार महतो9841918131बिहान ८:०० देखि साँझ ८:०० बजेसम्म
7.डा. मदन भण्डारी9849654845बिहान ८:०० देखि साँझ ८:०० बजेसम्म
8.डा. शंकर गौतम+91-8302148804 (WhatsApp)जुनसुकै समय
9.डा. प्रवेश श्रीवास्तव+91-9340901447 (WhatsApp)साँझ ६:०० देखि ७:०० बजेसम्म
10.डा. नरेन्द्र गिरी9841719056दिउँसो १२:०० बजे देखि ४:०० बजेसम्म
11.डा. अर्जुनराज शर्मा9857034401बिहान १०:०० बजे देखि साँझ ५:०० बजेसम्म
12.डा. राजन गुप्ता9845233403बिहान ११:०० देखि दिउँसो ३:०० बजेसम्म
13.डा. असिम वैद्य9841495536दिउँसो १२:०० बजे देखि २:०० बजेसम्म
14.डा. सुदर्शन पोख्रेल985115838जुनसुकै समय
15.डा. सैलेन्द्र सिंह9841858036बिहान ८:०० देखि साँझ ५:०० बजेसम्म
16.डा. भरतप्रसाद साह9840123552दिउँसो १२:०० बजे देखि २:०० बजेसम्म
17.डा. रामप्रोबोध मण्डल9841898593बिहान ८:०० देखि साँझ ८:०० बजेसम्म
18.डा. अनिल थापा9846264350जुनसुकै समय
19.डा. धिरेन्द्र महतो9844020121साँझ ८:०० देखि ९:०० बजेसम्म
20.डा. सुजित कर्ण9849017188दिउँसो २:०० बजे देखि ३:०० बजेसम्म
21.डा. सुमन खनाल+91-9170745835 (WhatsApp)दिउँसो १:०० बजे देखि २:०० बजेसम्म
22.डा. नरेन्द्र लामिछाने9857834862बिहान ५:०० बजे देखि साँझ ८:०० बजेसम्म
23.डा. प्रशन्न नेपाल9846476406बिहान ८:०० देखि साँझ ८:०० बजेसम्म
  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

वडाअध्यक्षले नै भने, ‘आयुर्वेद भन्ने पनि रहेछ’

बाग्मती अञ्चल आयुर्वेद औषधालय प्राविधकको भरमा सञ्चालन भइरहेको छ।

२००८ सालमा स्थापना भएको औषधालयमा ६ जनाको दरबन्दी रहेको छ । जसमा बाहुल्यता प्राविधक तर्फकै छ । आयुर्वेद चिकित्सक, कविराज र वैध १–१ जना रहेका छन् भने प्राविधिक ३ जनाको दरबन्दी रहेको औषधालय जनाकारी दिएको छ।

आयुर्वेद पनि रहेछ  :  जनप्रतिनिधि
औषधालयले शनिबार जनप्रतिनिधि एवं पत्रकारलाई आयुर्वेद सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम राखेको थियो।

तर, कार्यक्रममा जनप्रतिनिधिको उपस्थिति नगन्य थियो। आएका जनप्रतिनिधिलाई पनि आयुर्वेद औषधालयको बारेमा केही कुरा थाहा थिएन।
कार्यक्रमको अतिथिको रुपमा रहेका काठमाडौ महानगरपालिका वडा नै ७ का वडाअध्यक्ष सुकुकुमार ढंगोललाई आयुर्वेद औषधालय छ भनेर समेत थाहा नपाएको बताए।

‘आयुर्वेद औषधालय छ भनेर अस्ति भर्खर योग दिवसको दिन थाहा पाएँ, ढंगोलले भने, ‘जनप्रतिनिधिलाई समेत थाहा छैन भने आम नागरिकलाई कसरी थाहा हुन्छ । अब जनचेतान बढाउनतिर लाग्नुहोस्।’
‘सेवा विस्तार गर्न सकिएन’

१७ वर्षदेखि चावहिल मित्रपार्कमा रहेको आयुर्वेद औषधालयको बारेमा आमनागरिक सेवाको बारेमा बेखबर छन्।
सबै नागरिकलाई औषधालयले दिने सेवाको बारेमा जानकार नभएका कारण सेवा अझै विस्तार गर्न नसकिएको औषाधालयको प्रमुख डा. अञ्जु कार्की बताउँछिन् ।

हाल दैनिक रुपमा १५ जनाले सेवा लिइरहेको औषधालयको तथ्याङ्क रहेको छ ।

२३ थरिका आयुर्वेद औषधि निःशुल्क

औषधालयमा २३ थरीका आयुर्वेदका औषधि निशुल्क पाइन्छ।

‘अन्तिम अवस्थामा कतैपनि उपचार हुन नसकेपछि बिरामी आउनुहुन्छ, डा. कार्की भन्छिन् ‘धेरै बिरामी आयुर्वेदको औषधिको कारणले निको भएर जानुभएको छ।’
आयुर्वेदको भ्रामक प्रचार–प्रसारका कारण पनि आममानिसमा यसप्रति विश्वास हराएको डा. कार्कीको भनाई छ।
‘पछिल्लो समयमा आयुर्वेद क्षेत्रमा पनि सर्जरी अनि प्रविधिको विकास भएको छ’, डा. कार्कीले भनिन् ‘तर यसप्रति मानिसमा अझै विश्वास भर्न सकिएको छैन।’

औषधालयबाट पाइने उपचारात्मक सेवा

१. – नियमित निःस्शुल्क स्वास्थ्य परीक्षण
– चिकित्सकको प्रेषण बमोजिम नेपाल सरकार, आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागबाट निर्दिष्ट अत्यावश्यक आयुर्वेद औषधीहरु निस्शुल्क वितरण
– आवश्यकता अनुसार रोग निदान एवं उपचार व्यवस्थापनको लागि सुविधा सम्पन्न अस्पतालमा प्रेषण
– पूर्वकर्म (अभ्यङ्ग, स्वेदन, शिरोधारा)
– नसर्ने रोग व्यवस्थापनको लागि शहरी क्लिनिक

२. स्वास्थ्य प्रवर्धनात्मक कार्यक्रमहरु
ज्येष्ठ नागरिकका लागि स्वास्थ्य सेवा प्रवर्धन सेवा कार्यक्रम
स्तनपायि (६ महिना सम्मको सुत्केरी) आमालाई मातृशिशु सुरक्षार्थ दुग्धवर्धक आयुर्वेद औषधी वितरण तथा प्रवर्धन कार्यक्रम

३. जीवनशैली व्यवस्थापन सम्बन्धी कार्यक्रमहरु
स्वस्थकर तथा रोग अनुसार पथ्यापथ्य आहार विहार सम्बन्धी परामर्श
योग (आसन, प्राणायाम)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

चिसो मौसममा दही : के भन्छ आयुर्वेद ? के भन्छ आधुनिक विज्ञान ?

चिसो मौसममा दहीसेवनलाई लिएर मानिसको दिमागमा अनेकथरी सवाल उब्जिन्छन् । तपाईं पनि जाडो बढेसँगै दही खाने विषयमा द्विविधामा हुनुहुन्छ होला । यहाँ दहीबारे तपाईंको मनका सबैखाले जिज्ञासालाई आयुर्वेद र आधुनिक विज्ञानका दृष्टिले समाधान दिने कोसिस गरिनेछ ।

जाडो मौसमको एक महत्त्वपूर्ण पक्ष स्वादिष्ट भोजन हो । चिसो मौसममा सबैखाले व्यञ्जनको आनन्द लिनुका साथै आफ्नो शरीरलाई घट्दो तापमानबाट जोगाएर राख्नु महत्त्वपूर्ण छ । किनकि, केही खाद्यपदार्थ यस्ता छन् जो खासगरी गर्मी मौसमका लागि बनेका छन् । यदि तपाईं त्यस्ता खाद्यवस्तुको सेवन चिसो मौसममा गर्नुहुन्छ भने केही सावधानी अपनाउनु जरुरी हुन्छ । यहाँ अधिकतर मानिसको रोजाइको आहार दहीको बारेमा चर्चा गरिनेछ ।

आमरूपमा मानिन्छ कि, चिसो मौसममा दहीसेवनबाट बच्नुपर्छ, किनकि यसको सेवनले सर्दी वा घाँटीको समस्या हुन सक्छ । के यो सत्य हो ?
दही राम्रा ब्याक्टेरिया, भिटामिन, प्रोटिन, म्याग्नेसियम, क्याल्सियम र पोटासियमले भरपूर हुन्छ । त्यसो भए हामी दहीबाट किन बच्ने ? चिसो मौसममा दही खानुपर्छ वा यसबाट बच्नुपर्छ भन्नेबारे आयुर्वेद र आधुनिक विज्ञानका दृष्टिले निर्क्योल निकालौँ ।

दहीबारे के भन्छ आयुर्वेद ?
विश्वको प्राचीनतम र भरपर्दो उपचार पद्धति आयुर्वेदका अनुसार चिसो मौसममा दहीबाट बच्नुपर्छ, किनकि यसको सेवनले ग्रन्थि निष्कासन (म्युकस सेक्रेसन) बढाउँछ । दही प्रकृतिमा कफको कारक हो, जसका कारण यसको सेवन त्यस्ता व्यक्तिका लागि जोखिमपूर्ण हुन्छ जसलाई दम, खोकी, श्वासप्रश्वास तथा चिसोसम्बन्धी अन्य समस्या हुन्छन् । आयुर्वेदले खासगरी चिसो मौसममा र रातको समयमा दहीबाट बच्न सल्लाह दिन्छ । ‘नक्तं दधि न भुञ्जीत अर्थात् रातिमा दही नखानू’ यो उक्ति निकै प्रसिद्ध छ ।

दहीबारे के भन्छ आधुनिक विज्ञान ?
दहीमा निकै स्वस्थकर ब्याक्टेरिया पाइन्छ जुन तपाईंको आँतका लागि लाभदायक हुन्छ । यो एक प्रकारको ‘फर्मेटेड फुड’ हो जसले सेवनकर्ताको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँछ । दही क्याल्सियम, भिटामिन बी१२ र फोस्फोरसको खानी हो । चिसो मौसममा दहीको सेवनले तपाईंको समग्र स्वास्थ्यलाई राम्रो बनाउँछ । यद्यपि, श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीले भने साँझ ५ बजेभन्दा पछि दहीको सेवनबाट बच्नुपर्छ, किनकि यसले एलर्जी र दमपीडितमा ग्रन्थिनिष्कासनको समस्या पैदा गर्न सक्छ ।
आधुनिक विज्ञानका अनुसार दही भिटामिन सीले भरिपूर्ण हुन्छ जसले चिसोपीडित व्यक्तिका लागि निकै फाइदाजनक हुन्छ । तर, तपाईंले घरको तापमानमा भने ध्यान दिनु जरुरी हुन्छ । दहीलाई जमाएपश्चात् फ्रिजमा राख्नुहुँदैन ।

निष्कर्ष
आयुर्वेद र आधुनिक विज्ञानको दहीबारेको दृष्टिकोण, अध्ययन–अनुसन्धानको निष्कर्षलाई केलाउँदा भन्न सकिन्छ कि– चिसो मौसममा तपाईंले आफ्नो रोजाइको कचौराभरिको दही खानु जरुरी छैन । चिसो मौसममा दहीको सेवन सीमित गर्न सक्नुहुन्छ । विशेषगरी, जब चिसो र फ्लुले पीडित हुनुहुन्छ, त्यतिवेला दहीको सेवन सीमित मात्रामा मात्र गर्नुहोस् । यसका साथै आफ्नो कोठाको तापक्रम सन्तुलनमा पनि विशेष ध्यान दिनुहोस् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

धन्वन्तरी जयन्तीमा देशभर राष्ट्रिय आरोग्य दिवस मनाइँदै

आज (शनिबार) देशभर धन्वन्तरी जयन्ती तथा राष्ट्रिय अरोग्य दिवस मनाइँदै छ । चिकित्सापद्धतिका प्रवर्तक देवका रूपमा पुजिने धन्वन्तरीको उत्पत्ति दिनका रूपमा प्रत्येक वर्ष कार्तिककृष्ण त्रयोदशीका दिन धन्वन्तरी दिवस मनाउँदै आइएको छ । यसै दिनलाई सरकारी तथा गैरसरकारी क्षेत्रमा राष्ट्रिय आरोग्य दिवसका रूपमा मनाइन्छ । देशभरका आयुर्वेदकर्मी र त्यसका अनुसरणकर्ता यतिवेला धन्वन्तरी जयन्ती मनाइरहेका छन् ।

धन्वन्तरी विश्वकै प्राचीनतम चिकित्सापद्धति आयुर्वेदका प्रणेता हुन् । आयुर्वेदप्रेमीहरू स्वस्थ रहन र रोग निराकरण गर्न धन्वन्तरीलाई सम्झने गर्छन् । धन्वन्तरी र आयुर्वेदका सबैभन्दा बढी अनुयायी छिमेकी देश भारतमा छन् । नेपालमा वि.सं. १९७४ मा आयुर्वेद चिकित्सा क्याम्पस, नरदेवी स्थापना भएपछि धन्वन्तरी जयन्ती मनाउन थालिएको हो । धन्वन्तरी जयन्तीकै दिनलाई ०५६ सालदेखि आयुर्वेदकर्मी तथा अनुसरणकर्ताले राष्ट्रिय आरोग्य दिवसका रूपमा मनाउँदै आएका छन् ।

धन्वन्तरी विश्वकै प्राचीनतम चिकित्सापद्धति आयुर्वेदका प्रणेता हुन् । आयुर्वेदप्रेमीहरू स्वस्थ रहन र रोग निराकरण गर्न धन्वन्तरीलाई सम्झने गर्छन् । पछिल्लो समय नसर्ने रोग चिकित्साविज्ञानका लागि प्रमुख चुनौती बनेसँगै नेपाल र भारतमा मात्र नभएर समग्र विश्वमै योग तथा आयुर्वेदप्रति आकर्षण बढ्दो छ ।

हालैको स्वास्थ्य सर्वेक्षणअनुसार मृत्युको प्रमुख कारणमा हृदयरोग, उच्च रक्तचाप, मधुमेह, श्वासप्रश्वास, मिर्गौलारोग, क्यान्सरजस्ता नसर्ने रोग छन् । यसको नियन्त्रण व्यक्ति र समाजको जीवनशैलीमा स्वस्थकर परिवर्तनबाट मात्र सम्भव छ । योग तथा आयुर्वेद चिकित्सापद्धतिको व्यावहारिक अनुसरण नै नसर्ने रोगबाट बच्ने सर्वोत्तम उपाय भएको समग्र विश्वले स्विकारिसकेको छ । यस्तोमा नेपाल सरकार र सरोकारवाता पक्षहरूले नसर्ने रोगको रोकथाम र उपचारका निमित्त आयुर्वेद र अन्य उपचार पद्धितलाई एकीकृत रूपमा सञ्चालन गर्ने नीति लिएका छन् ।

धन्वन्तरी जयन्तीका अवसरमा शनिबार बिहानैदेखि देशका विभिन्न स्थानमा आयोग्यसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिएका छन् । आयुर्वेदकर्मी, विद्यार्थी तथा यस पद्धतिका अंगीकर्ताले धन्वन्तरीको विधिवत् पूजा गरेका छन् । नरदेवी क्याम्पस, सिंहदरबार वैद्यखाना तथा सामाखुसीस्थित धन्वन्तरी अस्पतालमा विभिन्न कार्यक्रमको आयोजना गरी आयुर्वेदको महत्त्व जनमानसमा पुर्याउने कोसिस गरिएको छ । पछिल्लो समय नसर्ने रोग चिकित्सा विज्ञानका लागि प्रमुख चुनौती बनेसँगै नेपाल र भारतमा मात्र नभएर समग्र विश्वमै योग तथा आयुर्वेदप्रति आकर्षण बढ्दो छ ।

नरदेवी आयुर्वेद चिकित्सालयले धन्वन्तरी दिवसमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्यराज्यमन्त्री डा. सुरेन्द्र यादवले आयुर्वेद चिकित्सापद्धतिको महत्त्व बढ्दै गएको बताए । अस्पतालले आरोग्य दिवसको अवसर पारेर शनिबार नै रक्तदान कार्यक्रमसमेत सम्पन्न गरेको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

स्थानीय सरकारप्रमुखहरुलाई आयुर्वेद चिकित्सामा अभिमुखीकरण

रुपन्देहीका १६ स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई आयुर्वेद चिकित्साका विषयमा अभिमुखीकरण गरिएको छ । लुम्बिनी आयुर्वेद चिकित्सालयले बुटवलमा आयुर्वेदसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सहभागीले प्राकृतिक चिकित्सासँग सम्बन्धित आयुर्वेदपद्धतिमार्फत दीर्घरोगको समेत उपचार हुने भएकाले त्यसतर्फ आकर्षण बढेको बताए ।

अभिमुखीकरणमा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले परम्परागत उपचार विधि भएकाले पनि पछिल्लो समय आयुर्वेदतर्फ आकर्षण बढ्दै गएको बताए । उनले वनजंगल उपचारको स्रोत रहेको भन्दै त्यसको उपयोग गर्नुपर्ने बताए ।सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले स्थानीय तहमा आयुर्वेदको आवश्यकता औँल्याउँदै त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।

वरिष्ठ आयुर्वेद कन्सल्टेन्ट डा. बुद्धिप्रसाद पौडेलले आयुर्वेदलाई राज्यले हेर्ने दृष्टिकोण सकारात्मक नभएको भन्दै त्यसतर्फ ध्यान पुर्याउन आग्रह गरे । उनले आयुर्वेदिक उपचारमा प्रतिअसर (साइड इफेक्ट)समेत नहुने भन्दै यसको अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

लुम्बिनी आयुर्वेद चिकित्सालयका प्रमुख डा. नालिननाथ तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा डा. बुद्धिप्रसाद पौडेल र डा. कलावती विकले सहजीकरण गरेका थिए । कार्यक्रममा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुबीच अभिमुखीकर्ताको अन्तरक्रिया सञ्चालन गरिएको थियो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

आयुर्वेदबाट पनि सम्भव छ बाथरोगको उपचार

सामान्यतया शरीरका विभिन्न हाड तथा जोर्नीको दुखाइसम्बन्धी रोगलाई बाथरोग भन्ने गरिएको पाइन्छ । यस्ता जोर्नीका दुखाइ एकै प्रकारका नभएर विभिन्न प्रकारका हुने गर्छन् । सामान्यतया जोर्नीसम्बन्धी रोगलाई ३ प्रकारमा बाँड्न सकिन्छ :
१. आमवात/जोर्नी सुन्निने, दुख्ने
२. सन्धिवात/हड्डी खिइने
३. युरिक एसिड

लक्षण
– जोर्नीहरू दुख्ने, सुन्निने,
– बिहानको समयमा जोर्नी कक्रक्क पर्ने, जकडिने,
– जोर्नीको चाल खुम्च्याइ–फैलावटमा कमी आउने,
– ज्वरो आउने,
– चिसोपानी चलाउँदा वा नुहाउँदा तथा चिसो मौसममा दुखाइ बढ्ने,
– जोर्नी क्रमश ः बाङगो हुँदै जाने र लचिलोपन हराउँदै जाने,
– हड्डी खिइएर हुने दुखाइ मुख्यतया ६० वर्ष कटेपछि र महिनावारी बन्द भएका महिलामा ढाड र शरीरको भार जोर्नीहरू (घुँडा)मा दुखाइ हुने,
– पिसाब पोल्ने ।

कारण
– शरीरभित्रै उत्पन्न भएका अटोएन्टिबडीका कारण रुमाटिककिसिमको बाथरोग हुन्छ ।
– युरिक एसिड वा अन्य यस्तै प्रकारका क्रिस्टलहरू सञ्चय भई गाउट हुन सक्छ । यसको मुख्य कारण भने प्रोटिन पदार्थको राम्रो अपचय (मेटाबोलिजम) हुन नसक्नु नै हो । प्रोटिनको अधिक सेवनले यो रोग बढ्न जान्छ ।
– ६० वर्ष नाघ्नु, महिलाको महिनावारी बन्द हुनु, शरीरको तौल बढी भई भार पर्नु, जोर्नीमा चोटपटक लाग्नु ।
– त्यसैगरी, बढी बसिराख्ने, उठिराख्ने, भारी उठाउने, निहुरेर काम गर्ने, निरन्तर काम गर्ने तथा नियमित व्यायामको अभावले पनि सन्धिवात हुन जान्छ ।

– समयमै उपचार नभएमा बाथरोगले छाला, आँखा, मुटु र मिर्गौलालाई प्रभावित पार्न सक्छ ।

वर्तमान परिदृश्य
विश्व स्वास्थ्य संगठनका अनुसार रुमाटिक रोगहरू विश्वमा ०.३–१ प्रतिशत पाइएका छन् । यो विशेषतः विकासोन्मुख देशहरूमा खासगरी महिलामा हुने गरेको तथ्यांकले देखाएको छ । नेपालमा पनि करिब ३५ लाख मानिस कुनै न कुनै प्रकारका हाडजोर्नीसम्बन्धी रोगबाट प्रभावित छन् भने जम्मा १० प्रतिशत मात्र उपचारको दायरामा आएको पाइएको छ । हड्डी खिइएर हुने सन्धिवात विश्वभरमा ६० वर्ष नाघेका पुरुषमा ९.६ प्रतिशत र महिलामा १८ प्रतिशत पाइएको छ ।

बच्ने उपाय/रोकथाम
– यसलाई दीर्घकालीन उपचार आवश्यक पर्छ । यसको राम्रो उपचार आयुर्वेदबाट सम्भव छ । साथै, जोर्नीहरूको सञ्चालन गर्ने किसिमको शारीरिक व्यायाम र योगासन यसमा आवश्यक छ ।

सही आसनमा बस्ने, सुत्ने, उठ्ने, उचित किसिमको मात्र शारीरिक श्रम गर्नाले हड्डी खिइने रोगबाट बच्न सकिन्छ ।
दुग्धजन्य आहारबाट हाडजार्नीलाई चाहिने क्याल्सियमजस्ता पदार्थको परिपूर्ति हुन्छ । अतः सन्तुलित आहारको सेवन गर्नुपर्छ ।
– युरिक एसिडबाट बच्न बढी प्रोटिनयुक्त पदार्थ, अम्लीय पदार्थ, मदिरा, रातो मासु अधिक मात्रमा सेवन गर्नुहुँदैन र समयमै रोगको निदान गराई उपचार गराउनुपर्छ ।

प्रयोग हुने जडीबुटी
एरण्ड, रास्ना, निगुण्डी, रसोन, देवदारु, गुगल, तगर, कुचिला, नीलगिरि, अश्वगन्धा, दशमूल, सुठो । यी जडीबुटीमध्ये स्वास्थ्यकर्मीको सल्लाहमा प्रयोग गर्न सकिन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

परम्परागत चिकित्साज्ञानलाई उपाधि…..

आयुर्वेद एक प्राचीन महत्व बोकेको परम्परागत चिकित्सापद्धति हो । यो विभिन्न कालखण्डमा संगृहीत अनेकौँ तथ्य र त्यसका उपयोगिताहरूको अन्वेषणले जन्माएको विधा हो । सयौँ शताब्दी पुरानो यस चिकित्सा प्रणालीलाई आज पनि त्यही मूल्य र मान्यताका साथ रोगप्रतिरोधात्मक एवम् चिकित्सकीय विधिका रूपमा लिइँदा जनमानसमा आश्चर्य लाग्नु स्वाभाविक हो । विज्ञानले नयाँ र नौला तथ्यको अन्वेषणसँगै पुरानालाई विस्थापित गर्ने सन्दर्भ यस विधासँग मेल नखान सक्छ । यसको निचोडमा जवाफ, आयुर्वेद, आयुर्विज्ञान कृृत्रिमत्व कृत्रिम वस्तुसँग आधारित)सँग कहिले पनि जोडिएन, प्रकृतिकै तत्वरूपी महाभूत, दोषकै आधारमा उत्तर एवम् उपाय खोजियो । अहिले पनि प्रकृतिका अनेकौँ नियम एवम् प्रभावमा परिवर्तन छैन, केवल परिवर्तन त मानव जातिका व्यवहार, संस्कार र आधुनिकतामा छ । आयुर्वेद परम्परागत ज्ञानको स्वरूप हो, जुन नेपालमा राष्ट्रिय चिकित्सापद्धतिका रूपमा स्थापित छ ।

पतञ्जलि योगपीठका आचार्य बालकृष्णले केही महिनाअघि आयोजित एक कार्यक्रममा नेपालमा भएका आयुर्वेद तथा परम्परासम्बन्धी मौलिक ज्ञान बोकेका हस्तलेखहरूको आधुनिकीकरण (डिजिटलाइजेसन)मा पूर्ण रूपमा सहयोग गर्ने बताएका थिए । पतञ्जलि योग संस्थानले योग तथा भारतमा रहेको आयुर्वेद एवम् परम्परागत ज्ञानसम्बन्धी अनेकौँ पाण्डुलिपिलाई आधुनिकीकरण गरी संरक्षण गरेको छ । त्यही ज्ञानको अध्ययनबाट विभिन्न नयाँ आविष्कार एवम् औद्योगिक योजना बनाइरहेको छ । त्यसैले त आज पतञ्जलि आर्थिक रूपमा सबल एवम् आयुर्वेदको अनुसन्धानमा अग्रणी भूमिकामा छ ।

सन् २०१८ मा भारतको केरेलानिवासी ७५ वर्षीय लक्ष्मीकुटी, जसलाई जंगलकी माताका रूपमा चिनिन्छ र जो एक परम्परागत वैद्य हुन्, उनलाई भारत सरकारले जीवनभर चिकित्सा क्षेत्रमा योगदान गरेबापत प्रतिष्ठित पदम पुरस्कार प्रदान गर्यो । सोही वर्ष नेपालका आँखाका आधुनिक चिकित्सक सन्दुक रुइतलाई चिकित्सा क्षेत्रमा सोही उपाधि प्रदान गरिएको थियो ।

सन् २०१८ मा भारतको केरेलानिवासी ७५ वर्षीय लक्ष्मीकुटी, जसलाई जंगलकी माताका रूपमा चिनिन्छ र जो एक परम्परागत वैद्य हुन्, उनलाई भारत सरकारले जीवनभर चिकित्सा क्षेत्रमा योगदान गरेबापत प्रतिष्ठित पदम पुरस्कार प्रदान गर्यो । सोही वर्ष नेपालका आँखाका आधुनिक चिकित्सक सन्दुक रुइतलाई चिकित्सा क्षेत्रमा सोही उपाधि प्रदान गरिएको थियो । परम्परागत चिकित्सक उपाधि पाउने लक्ष्मीकुटी मात्र एक प्रतिनिधि होइनन्, विगतमा भारत सरकारले यस क्षेत्रको विकास र उत्थानका लागि यस्ता चिकित्सक एवम् वैज्ञानिकहरूलाई उच्चतम उपाधि दिँदै आएको छ । लक्ष्मीकुटी आफ्नो जीवनभरको ज्ञान एवम् आफ्नी आमाबाट प्राप्त चिकित्सकीय ज्ञानबाट ५ सयभन्दा बढी जडीबुटीको प्रयोगद्वारा विभिन्न रोग तथा सर्प, कीटलगायत विषयुक्त जनावरको टोकाइको उपचार गर्छिन् । यही ज्ञानको उपयोग गर्दै उनले त्यस क्षेत्रमा ‘क्षेत्र प्रशामक एकाइ’को स्थापना गरेकी छिन्, जसलाई भारतले राष्ट्रियस्तरबाटै सहयोग एवम् मान्यता दिएको छ । उनको चिकित्सासीप, सर्वसुलभ र वैज्ञानिक रूपमा सफल छ ।

सन् २०१५ मा चिनियाँ परम्परागत चिकित्सापद्धतिमा आधारित अनुसन्धानबाट मलेरियाविरुद्धको आर्टिमिसिन तत्व पत्ता लगाएबापत युयटुले नोबेल पुरस्कार पाइन् ।’ त्यसपश्चात् यस्ता चिकित्सापद्धतिमा थप प्रमाणुस्तरका एवम् फार्माकोलोजीसम्बन्धी अध्ययन सुरु हुन थाले । नोबेल विजेता युयटुले परम्परागत ज्ञानका आधारमा चिकित्सामा प्रयोग हुँदै आएको तितेपातीको प्रजातिमा अन्वेषण गरेकी थिइन् । त्यसबाट प्राप्त रसायन आर्टिमिसिनको लामो अध्ययन एवम् खोजपछि मलेरिया उपचारका लागि प्रमाणित गरेकी थिइन् । आज यस्ता अनेकौँ ज्ञानमाथि बृहत् अनुसन्धान भइरहेका छन् र प्राकृतिक बहुमूल्य वस्तुहरूलाई त्यही रूपमा प्राकृतिक स्वरूपमा) अपनाउन खोजिँदै छ ।

हाम्रा गाउँघरमा यस्ता क्षमतावान् परम्परागत चिकित्सक, जो जिन्दगीभर बिरामीको उपचारमा सरिक भइरहे, यस्ता व्यक्ति नभएका होइनन् । तर, नेपालमा यस्ता परम्परागत चिकित्सकलाई राज्यले प्रोत्साहन दिनु त परको कुरा, मान्यता नै दिएको छैन । आजको दिनसम्म पनि यस्ता चिकित्सकहरू डर–त्रासको स्थितिमा आफ्नो सीप चिकित्सामार्फत प्रदान गर्दै आएका छन् । कुनै देशमा ज्ञानलाई उपाधि दिइन्छ भने हाम्रो देशमा प्रतिबन्ध लगाइन्छ, गैरकानुनी मानिन्छ । राज्यको नीति र नियमन नहुँदा यस्ता सच्चा पद्धति एवम् यसमा आबद्ध चिकित्सकहरू लोप हुँदै छन् भने उपचारका नाममा गाउँघरमा ठगी गर्ने झोले डाक्टरहरूको बिगबिगी बढ्दो छ ।

छिमेकी देशहरू भारत र चीनले परम्परागत सीपलाई राष्ट्रको गौरवका रूपमा परिचित गराएको हामी देख्न सक्छौँ । योग विश्वमा भारतलाई चिनाउने बलियो माध्यम बनिसक्यो । त्यही योगलाई केही दशकपूर्व हाँसो बनाइन्थ्यो, अवैज्ञानिक मानिन्थ्यो, तर आज संसारलाई चकित पार्दै नसर्ने रोेगको न्यूनीकरण एवम् उपचारका लागि उत्तम उपाय बनेको छ ।

यस्ता परम्परागत चिकित्सकको समूहगत उपस्थिति छ, तर उनीहरूको मूल्य–मान्यता अहिलेसम्म स्थापित बन्न सकेको छैन । केही गैरसरकारी संस्थाहरूले उनीहरूको अभियानमा साथ दिन गोष्ठी, कार्यक्रम गरे पनि उनीहरू राज्यबाट सधैँ उपेक्षित बन्दै आएका छन् । उपेक्षित हुनुका पछाडि यो विधालाई सधैँ कमजोर देख्ने राज्यको रोग मुख्य कारणका रूपमा छ । छिमेकी देशहरू भारत र चीनले परम्परागत सीपलाई राष्ट्रको गौरवका रूपमा परिचित गराएको हामी देख्न सक्छौँ । योग विश्वमा भारतलाई चिनाउने बलियो माध्यम बनिसक्यो । त्यही योगलाई केही दशकपूर्व हाँसो बनाइन्थ्यो, अवैज्ञानिक मानिन्थ्यो, तर आज संसारलाई चकित पार्दै नसर्ने रोेगको न्यूनीकरण एवम् उपचारका लागि उत्तम उपाय बनेको छ ।

राज्यको यस कमजोरीपनका पछाडिको कारक एक मात्र छ, वैज्ञानिक तथ्यका साथ अघि बढ्न नसक्नु । त्यही परम्परागत ज्ञानलाई अन्वेषण, खोज एवम् शिक्षासँग जोड्न सके मात्र देशको शक्ति एवम् गौरव बन्न सक्छ । पक्कै पनि यस्ता चिकित्सकीय सिद्धान्तलाई आधुनिक अनुसन्धान विधिको ढाँचाबाट पुष्टि गर्न चुनौतीपूर्ण छ । विश्वका विकसित देशहरूमा, विशेषगरी औषधिसम्बन्धी अनुसन्धानमा नवीन अनुसन्धानको संकट छ । त्यसैकारण आयुर्वेद, राष्ट्रिय परम्परागत उपचारपद्धतिलगायत वैकल्पिक क्षेत्रमा विश्वका अनेकौँ देश आकर्षित छन् । यस्ता क्षेत्रमा बृहत् अनुसन्धान गर्नु उनीहरूको उद्देश्य छ । अबको समयलाई हामी नेपालीले देशमा रहेका यस्ता जनशक्तिलाई कमजोरी नभई अवसरका रूपमा ग्रहण गरी योग्य अनुसन्धानमा सरिक गराउन सके राष्ट्रकै लागि पहिचान र महत्वपूर्ण उपलब्धिको विषय बन्न सक्छ ।

[email protected]

(लेखक भारतको एसडिएम आयुर्वेद क्याम्पस तथा अस्पताल उडूपीमा विषविज्ञानसम्बन्धी विषयमा स्नातकोत्तर गर्दै छन् ।)

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

आयुर्वेद अनुसन्धान केन्द्रमा ६ दिनदेखि तालाबन्दी, तलब नपाएपछि कर्मचारी आन्दोलित

राष्ट्रिय आयुर्वेद अनुन्धान तथा तालिम केन्द्रमा कर्मचारीले तालाबन्दी गरेको सातादिन पुग्नै लागेको छ । करारमा कार्यरत केन्द्रका कर्मचारीले ४ महिनादेखि तलब नपाएको भन्दै यथाशीघ्र तलब उपलब्ध गराउनुपर्नेलगायत मागसहित २९ चैत ०७५ मा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

लामो समयदेखि करारमा सेवा दिइरहेका कर्मचारीलाई स्थायी गर्ने प्रक्रिया अघि नबढाएको, करार–सम्झौताअनुसार पाउनुपर्ने तलब–भत्ता नपाएको तथा पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको भन्दै कर्मचारीहरू तालाबन्दीकै तहमा उत्रिएका हुन् ।
हाल केन्द्रमा पाँचौँ, छैटौँ, सातौँ, आठौँ र नवौँ तहका गरी ६२ जना कर्मचारी करारमा कार्यरत छन् ।

करारका कर्मचारीको माग व्यवस्थापन पक्षबाट सम्बोधन हुन नसक्दा केन्द्रका ओपिडी जाँच, अनुन्धान र तालिमलगायत नियमित कार्यक्रमसमेत ठप्प भएको केन्द्रका योग चिकित्सक विनोद घिमिरे बताउँछन् । करार कर्मचारीका लागि तलब शीर्षकमा सरकारबाट आउने बजेट केन्द्रका निर्देशक डा. सिद्धकुमार ठाकुरले विभिन्न कार्यक्रमका नाममा हिनामिना गरेको कर्मचारीको आरोप छ ।

 

केन्द्रका निर्देशक डा. ठाकुरले सरकारले बजेट कम दिएका कारण करारका कर्मचारीलाई तलब खुवाउन नसकेको बताए । ‘यसबारे मन्त्रालयसँग पहल भइरहेको छ, आजै पनि सचिवज्यूसँग भेटेर समस्या समाधानबारे छलफल गरेको छु,’ उनले भने, ‘भोलि नै समाधान निस्कने सम्भावना छ ।’

डा. ठाकुरका अनुसार करारका ६२ कर्मचारीको तलब–भत्ताका लागि केन्द्रको मासिक करिब १६ लाख रुपैयाँ खर्च हुन्छ । यस हिसाबले ती कर्मचारीको ४ महिनाको तलब–भत्ताका लागि केन्द्रले ६४ लाख रूपैयाँ जुटाउनुपर्ने हुन्छ ।

सरकारले अनुसन्धानलगायतका काम र करारका कर्मचारीको तलब–भत्तासमेतलाई गरी चालू आर्थिक वर्षमा जम्मा २ करोड बजेट विनियोजन गरेकोमा अपुग हुन गएकाले समस्या सिर्जना भएको डा. ठाकुरको भनाइ छ । व्यवस्थापनले तलब–भत्ताको बजेट हिनामिना नगरेको जिकिर गर्दै निर्देशक डा. ठाकुरले सरकारले केन्द्रलाई पर्याप्त बजेट उपलब्ध गराउनुपर्ने बताए ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

तागतवर्धक कुरिलो अनेक रोगको औषधि

पहाडी क्षेत्रमा साउने संक्रान्तिमा गरिने विशेष पूजामा प्रयोग गरिने वनस्पति कुरिलोलाई औषधि एवम् पोषणयुक्त खाद्यान्नका रूपमा पनि प्रयोग गर्न सकिन्छ भन्ने कमैलाई थाहा होला । आयुर्वेदका अनुसार अम्लपित्त, मस्तिष्क दुर्बलता, पिसाब पोल्ने, महिलामा हुने बढी रक्तस्राव, उच्च रक्तचाप र हृदयरोगको उपचारमा समेत कुरिलो लाभकारी वनस्पति हो । सुत्केरी महिलामा दूध नआउने समस्या भएमा कुरिलोबाट बनेको विशेष प्रकारको औषधि प्रयोग गर्ने गरिन्छ ।

सुत्केरी महिलाको प्रशस्त दूध नआएमा बच्चालाई कुपोषणबाट बचाउन कुरिलोबाट बनेको तयारी औषधिसमेत पाइन्छ । प्रशस्त दूध नपाएका बच्चामा रोगविरूद्ध लड्ने क्षमता कम हुनुका साथै शारीरिक, मानसिक वृद्धि–विकासमा पनि अवरोध निम्तिन्छ ।

कुरिलो काँडेदार सदाबहार वनस्पति हो । यसका डाँठ, फूल र फललाई समेत औषधिका रूपमा प्रयोग गर्न सकिन्छ । सुत्केरी महिलालाई कुरिलो खुवाएमा दूध बढाउने मात्र नभई पर्याप्त तागत बढाउनसमेत मद्दत पुग्ने आयुर्वेद चिकित्सकको भनाइ छ ।

कुरिलोमा भिटामिन सी, फोलिक एसिड, भिटामिन ई, भिटामिन बी६ र मिनरलहरू पाइने भएकाले यसको सेवनले शरीरबाट पिसाब बाहिरलेक्रम बढाउन सघाउँछ । यसका कारण पाठेघरको संक्रमण घटाउन मद्दत पुग्छ ।

चिकित्सकका अनुसार कुरिलोको सेवनले दुखाइ र सुन्निएको घटाउँछ, मिर्गौलामा हुने पत्थरीको जोखिम कम गर्छ, जोर्नीको दुखाइ कम गर्छ, कब्जियत घटाउँछ, रक्तअल्पता घटाउँछ र अनुहारमा चमक ल्याउन सघाउँछ । कुरिलो काँडेदार सदाबहार वनस्पति हो । यसका डाँठ, फूल र फललाई समेत औषधिका रूपमा प्रयोग गर्न सकिन्छ । सुत्केरी महिलालाई कुरिलो खुवाएमा दूध बढाउने मात्र नभई पर्याप्त तागत बढाउनसमेत मद्दत पुग्ने आयुर्वेद चिकित्सकको भनाइ छ ।

कुरिलोको टुसा तरकारी वा अचार बनाएर खान सकिन्छ । यसको जराको रस निकालेर चूर्ण बनाएर वा पकाएर क्वाथका रूपमा प्रयोग गर्न सकिन्छ । चूर्णलाई दूधमा घोलेर खान सकिन्छ । त्यस्तो औषधिजन्य चूर्ण ३ देखि ६ ग्राम, स्वरस १० देखि २० मिलिलिटर र क्वाथ ५० देखि १०० मिलिलिटरसम्म सेवन गर्न सकिन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

आयुर्वेद विभागमा पनि प्रमुख विशेषज्ञको दरबन्दी, अम्चीदेखि अकुपन्चरसमेत समेटिने

पूर्वीय ज्ञानमा आधारित मौलिक र परम्परागत चिकित्सा पद्धतिलाई समेट्दै सरकारले आर्युर्वेद तथा वैकल्पिक चिकित्सा विभागको समेत पुर्नसंरचना गर्ने भएको छ ।
स्वास्थ्य मन्त्रालयले संघीय संरचनअनुसार नयाँ संगठन संरचना बनाउँदै गर्दा आर्युवेदमा पनि १२ तह (विशेषज्ञ चिकित्सक)को दरबन्दी थप्न लागेको हो । हाल विभागमा ११औँ तहका विशेषज्ञ महानिर्देशक हुने व्यवस्था छ ।

मन्त्रालय स्रोतका अनुसार नयाँ संरचनामा विभागमा दुई महाशाखाको नेतृत्व २ उपमहानिर्देशकले गर्नेछन् । प्रस्तावित संरचनाअनुसार आयुर्वेद चिकित्सा महाशाखा र औषधि तथा वैकल्पिक चिकित्सा महाशाखा रहनेछन् ।

आर्युर्वेद चिकित्सा महाशाखामा योजना, अनुगमन तथा समन्वय शाखा, आयुर्वेद स्वास्थ्य प्रवर्धन शाखा आयुर्वेद सेवा व्यवस्थापन शाखा रहनेछन् । त्यसैगरी बैकल्पिक चिकित्सा महाशाखा अन्तर्गत जडिबुटी, औषधि व्यवस्थापन शाखा, बैकल्पिक चिकित्सा शाखा, रहनेछन् ।

आर्युर्वेद चिकित्सा महाशाखामा योजना, अनुगमन तथा समन्वय शाखा, आयुर्वेद स्वास्थ्य प्रवर्धन शाखा आयुर्वेद सेवा व्यवस्थापन शाखा रहनेछन् । त्यसैगरी बैकल्पिक चिकित्सा महाशाखा अन्तर्गत जडिबुटी, औषधि व्यवस्थापन शाखा, बैकल्पिक चिकित्सा शाखा, रहनेछन् ।

तीबाहेक आर्थिक प्रशासन र प्रशासनका छुट्टै शाखा रहनेछन् । खासगरी नयाँ बन्ने संरचनामा कम प्राथमिकतामा परेका होमियोप्याथी र आम्ची, प्राकृतिक चिकित्सा तथा अकुपञ्चरका लागि समेत संरचना र दरवन्दी बन्ने भएका छन् ।
नयाँ संरचना बन्दा आयुर्वेदको हाल भएको भन्दा ४ वटा मात्रै दरवन्दी थपिनेछ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

नरदेवी आयुर्वेद चिकित्सालयमा आयुर्वेद र एलोपेथीको एकीकृत आकस्मिक सेवा

नरदेवी आयुर्वेद चिकित्सालयले आकस्मिक उपचारसेवा सुरु गर्ने भएको छ । मूलतः आयुर्वेदिक उपचारपद्धतिअन्तर्गत रही रोगको प्रकृति र बिरामीको अवस्थाअनुसार एलोपेथिकतर्फको समेत सेवा उपलब्ध गराउने गरी छिट्टै आकस्मिक सेवा सुरु गर्न लागिएको चिकित्सालयले जनाएको छ । आकस्मिक कक्षमा आयुर्वेदिक र एलोपेथिक दुवै चिकित्सकले मिलेर सेवा दिने अस्पतालले जनाएको छ ।

चिकित्सालयका निमित्तनिर्देशक श्यामबाबु यादवले आकस्मिक सेवा सञ्चालनका लागि करिब–करिब सबै तयारी पूरा भइसकेको जानकारी दिए । ‘हामीले आकस्मिक कक्ष सञ्चालनका लागि सबै तयारी पूरा गरिसकेका छौँ,’ उनले भने । उपकरणहरू जडान गर्न, एलोपोथिक चिकित्सक ल्याउन, चिकित्सक, कविराज, वैद्य तथा अन्य कर्मचारीलाई तालिम दिन केही समय लाग्ने यादवले बताए । आकस्मिक वार्डको निर्माणको काम भइरहेको छ भने एलोपोथिक चिकित्सक ल्याउन मन्त्रालयमा कुरा भइरहेको यादवले जानकारी दिए । एलोपोथिक चिकित्सक लोकसेवामार्फत ल्याउने कि अन्य माध्यमबाट भन्देबारे भने निधो भइनसकेको उनले बताए । व्यवस्थापनको काम पूरा भइसकेपछि छिट्टै आकस्मिक सेवा सुरु गर्ने अस्पतालले जनाएको छ ।

मिश्रित आकस्मिक उपचारसेवा
एलोपोथिक र आयुर्वेद दुवैका आकस्मिक उपचारसेवालाई मिश्रित रूपमा प्रयोग गर्ने योजना नरदेवी चिकित्सालयको छ । नेपालको चिकित्साक्षेत्रमा प्राचीनतम आयुर्वेदिक उपचारपद्धति र अत्याधुनिक एलोपोथीको यस्तो मिश्रित सेवा सम्भवतः नौलो प्रयोग हुनेछ । सामान्यतया प्राचीन आयुर्वेदिक उपचारपद्धतिमा आकस्मिक सेवा नदिइने आमबुझाइ छ । यसलाई चिर्दै चिकित्सालयले आकस्मिक सेवा सञ्चालनमा ल्याउन लागेको हो । आयुर्वेदले पनि आकस्मिक सेवा प्रदान गर्न सक्छ र यसको शास्त्रीय र परम्परागत व्यवस्था छ भन्ने कुरा गरेर देखाउन र यसको लाभ बिरामीलाई पुर्याउन सेवा सुरु गर्न लागिएको डा. यादवको भनाइ छ ।

आकस्मिक सेवाका लागि अक्सिजन सिलिन्डर, इसिजी मेसिन, सुचिङ मेसिन, डिफिरेक्टर कार्डियोमोनोरेक्टर मेसिन, अम्बुज पम्पजस्ता आवश्यक उपकरण तथा सामग्रीहरू ल्याइएको डा. यादवले जनाएका छन् । ‘आकस्मिक उपचारमा काम आउने पहिले नै भएका केही मेसिनहरू प्रयोगविहीन भएर खेर जाने अवस्था थियो,’ डा. यादवले भने, ‘अब तिनको पनि सदुपयोग हुने भएको छ ।’

सुरुमा १०–५ दिवा सेवा, बिस्तारै २४ घण्टेमा विस्तार
चिकित्सालयले सुरुवाती चरणमा १० बजेदेखि ५ बजेसम्म मात्र आकस्मिक सेवा सञ्चालनमा ल्याउने बताएको छ । पर्याप्त जनशक्ति व्यवस्थापनका लागि केही समय लाग्ने भएका कारण प्रारम्भमा दिउँसोको कार्यालय समयमा मात्र आकस्मिक सेवा सुरु गर्न लागिएको हो । आवश्यक जनशक्ति उपलब्ध भएपछि भने २४सै घण्टा सेवा प्रदान गर्ने चिकित्सालयको योजना छ ।

अस्पतालले हाल १ सय २० बेडमार्फत सेवाप्रवाह गर्दै आएको छ । चिकित्सालयबाट दैनिक सयदेखि १ सय ५० जनाले बहिरंग सेवा लिँदै आएका छन् । चिकित्सालयमा हाल पञ्चकर्मसहित दुईवटा अन्तरंग सेवा उपलब्ध छन् । अस्पतालले शल्यक्रिया, ल्याब, एक्स रेलगायत सेवा दिँदै आएको छ । चिकित्सालयमा ४ जना विशेषज्ञसहित जम्मा १९ जना चिकित्सकले सेवा दिँदै आएका छन् । ओपिडीका लागि अस्पतालले ६ वटा कोठा उपलब्ध गराएको छ । कायचिकित्सा विभाग, जनरलचिकित्सा विभाग, शल्यशालक्य विभाग, बालरोग विभाग, स्त्री तथा प्रसूति विभागमार्फत चिकित्सालयले बिरामीलाई सेवा दिँदै आएको छ ।नरदेवी आयुर्वेद चिकित्सालय प्रतिष्ठान बन्ने प्रक्रियामा छ । प्रतिष्ठान बन्ने प्रक्रिया करिब–करिब अन्तिम चरणमा पुगेको अस्पतालले जनाएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

आयुर्वेदका तीन संगठनको माग : एक स्थानीय तह – एक दरबन्दी

स्वास्थ्यसेवाको पुनःसंरचित दरबन्दी संरचनामा राष्ट्रको मौलिक चिकित्सापद्धतिका रूपमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको प्रतिनिधित्व शून्य भएको भन्दै आयुर्वेद क्षेत्रमा क्रियाशील विभिन्न तीन संगठनले ९ बुँदे मागसहित सरकारको ध्यानाकर्षण गराएका छन् ।
स्वास्थ्य मन्त्रालयमा आइतबार ध्यानाकर्षण पत्र बुझाउँदै नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज, नेपाल आयुर्वेद चिकित्सक संघ र सिभिल आयुर्वेद चिकित्सक संघले सर्वसुलभ स्वास्थ्य कार्यक्रमका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने आयुर्वेद क्षेत्र र जडीबुटीको महत्वलाई सरकारले नजरन्दाज गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरूले प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा आयुर्वेदको दरबन्दी कायम गरिनुपर्नेसहितका ९ बुँदे माग अघि सारेका छन् ।

संवैधानिक प्रावधानको अवमूल्यन भयो
पुनःसंरचित दरबन्दी संरचनाले आयुर्वेदसम्बन्धी संवैधानिक प्रावधानको समेत अवमूल्यन गरेको उनीहरूको आरोप छ । ‘नेपालको संविधानको भाग ४, धारा ५१(ज)(७)मा नेपालको परम्परागत चिकित्सापद्धतिको रूपमा रहेको आयुर्वेदिक, प्राकृतिक चिकित्सा र होमियोपेथिकलगायत स्वास्थ्यपद्धितिको संरक्षण र प्रवर्धन गर्ने, र धारा ५१(ज)(९)मा स्वास्थ्यसेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन स्वास्थ्य अनुसन्धानमा जोड दिँदै स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीको संख्या वृद्धि गर्दै जाने, भन्ने व्यवस्थालाई अवमूल्यान गरिएको मनन गरी हालको दरबन्दी संरचनामा दरबन्दी थपलगायत आयुर्वेदसम्बन्धी हाम्रा मागहरू यथाशीघ्र सम्बोधन गर्न जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

यस्ता छन् माग–
गाउँपालिका र नगरपालिकामा काविराज वा आयुर्वेद सहायक पदको ५, ६ वा ७औँ तहको एउटा दरबन्दी अनिवार्य हुनुपर्ने उनीहरूको माग छ । त्यसैगरी, उपमहानगरमालिकामा ८औँ तहको एक आयुर्वेद चिकित्सकसहित काविराज वा आयुर्वेद सहायक पदको ५, ६ वा ७औँ तहको एक गरी २ वटा दरबन्दी हुनुपर्ने तथा महानगरको हकमा आयुर्वेद चिकित्सक वा कन्सल्टेन्ट आयुर्वेद विज्ञ एकजना र काविराज वा आयुर्वेद सहायक पदको ५, ६ वा ७औँ तहको एकजना गरी २ वटा दरबन्दी सिर्जना गरिनुपर्ने माग उनीहरूले अघि सारेका छन् ।
मुलुकका ७५३ स्थानीय तहमध्ये हालसम्म २५४ मा आयुर्वेद संस्थाहरूको उपस्थिति रहेको र बाँकी प्रतिनिधित्व नै नभएका ४९९ स्थानीय तहमा आयुर्वेद तथा वैकल्पिक चिकित्सासँग सम्बन्धित कार्य सञ्चालनका लागि कम्तीमा १–१ वटा दरबन्दी सिर्जना गर्न उनीहरूले जोड दिएका छन् ।

औषधि व्यवस्था विभागमा आयुर्वेद औषधि उद्योग, औषधि पसल तथा सोसम्बन्धी कार्य गर्न एकजना आयुर्वेद चिकित्सकले सम्भव नहुने ठहर गर्दै उनीहरूले ९ वा १०औँ तहको कन्सल्टेन्ट आयुर्वेद विज्ञ र ५, ६ वा ७औँ तहको कविराज वा आयुर्वेद सहायक पद सिर्जना गर्नुपर्ने माग उनीहरूले अघि सारेका छन् ।

यसका साथै कान्छा जिल्लाहरू रुकुम पूर्व र नवलपुरमा सबै जिल्लास्तरीय कार्यालयहरू स्थापना भइसकेको अवस्थामा आयुर्वेद स्वास्थ्यकेन्द्र पनि स्थापना गर्नुपर्ने उनीहरूको माग छ ।
सामाजिक विकास मन्त्रालयअन्तर्गत सातै प्रदेशमा संरचना तयार गरी कामकाज गर्न खटाइसकेको कविराज पदको ५, ६ वा ७औँ तहको दरबन्दी काटिएको प्रति विरोध जनाउँदै उनीहरूले उक्त दरबन्दी पुनः कायम गराउन माग गरेका छन् ।
यसैगरी, प्रदेश स्वास्थ्य निर्देशनालयमा ८औँ तहको आयुर्वेद चिकित्सकको दरबन्दी थप गर्नुपर्ने, प्रादेशिक स्वास्थ्य तालिमकेन्द्रमा ८औँ तहको आयुर्वेद चिकित्सक र ५, ६ वा ७औँ तहको कविराज पदको दरबन्दी थप गर्नुपर्ने, राष्ट्रिय स्वास्थ्य तालिमकेन्द्रमा आयुर्वेद विज्ञको दरबन्दी यथावत् राख्नुपर्ने, संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ११औँ तहको प्रमुख कन्सल्टेन्ट आयुर्वेद विज्ञको व्यवस्था गरिनुपर्ने माग उनीहरूको छ । औषधि व्यवस्था विभागमा आयुर्वेद औषधि उद्योग, औषधि पसल तथा सोसम्बन्धी कार्य गर्न एकजना आयुर्वेद चिकित्सकले सम्भव नहुने ठहर गर्दै उनीहरूले ९ वा १०औँ तहको कन्सल्टेन्ट आयुर्वेद विज्ञ र ५, ६ वा ७औँ तहको कविराज वा आयुर्वेद सहायक पद सिर्जना गर्नुपर्ने माग उनीहरूले अघि सारेका छन् ।
त्यसैगरी, कर्मचारी समायोजन अध्यादेश २०७५ को दफ ३(५)मा कर्मचारी समायोजन गर्दा तहगत दरबन्दी सिर्जना गर्नुपर्ने, दफा ७(८)मा सेवाको तहमा समायोजन गर्दा सम्बन्धित तहमा समायोजन गर्ने व्यवस्था भए पनि सोअनुसार नभएको भन्दै उनीहरूले स्वास्थ्यसेवाका हरेक तहमा तहगत दरबन्दी सिर्जना गरी समायोजन गर्न माग गरेका छन् ।
‘स्वास्थ्य क्षेत्रको आमूल पुनःसंरचना, प्रत्येक वडापालिकामा आयुर्वेद संस्थाको स्थापना’ भन्ने मूल उद्देश्यका साथ आफूहरू आयुर्वेद विधालाई सर्वसाधारणको पहुँचमा पुर्याउन अग्रसर रहेको समेत उनीहरूले जनाएका छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

नरदेवी आयुर्वेद चिकित्सालय प्रतिष्ठान बन्ने सँघारमा

आयुर्वेद क्षेत्रको पहिलो तथा केन्द्रीयस्तरको नरदेवी आयुर्वेद चिकित्सालय अब आयुर्वेद प्रतिष्ठान बन्ने भएको छ । काठमाडौंको नरदेवीस्थित चिकित्सालयलाई राष्ट्रिय आयुर्वेद प्रतिष्ठानका रूपमा विकास गर्ने योजनाअनुरूप अस्पतालले एमडी तथा एमएसको पठन–पाठन सुरु गर्ने प्रकिया अघि बढाएको हो ।

अस्पतालका निमित्तनिर्देशक श्यामबाबु यादवका अनुसार यथाशीघ्र अस्पतालका विज्ञहरूबीच कार्यशाला गोष्ठीको आयोजना गरी छलफलबाट योजनालाई अन्तिम रूप दिई मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको छ । मन्त्रिपरिषद्बाट योजना स्वीकृत गरी सैद्धान्तिक सहमति प्रदान गरेपछि प्रतिष्ठानको मोडालिटीलगायत सम्बन्धमा ऐन निर्माणको प्रक्रिया अघि बढ्ने र संसद्बाट ऐन पारित भएसँगै अस्पतालले प्रतिष्ठानको स्वरूप प्राप्त गर्नेछ । यसअघि वि.सं. २०६६ मै सरकारले मन्त्रीस्तरबाट चिकित्सालयलाई आयुर्वेद प्रतिष्ठानका रूपमा विकास गर्ने निर्णय गरिसकेको भए पनि काम अगाडि बढ्न सकेको थिएन ।

प्रतिष्ठानमा ऐनअनुसार उपकुलपति, शिक्षाध्यक्ष, कुलसचिवलगायत पदाधिकारी तथा विभागीय प्रमुखहरू नियुक्त हुनेछन् । तत्पश्चात् अवश्यक पूर्वाधारको व्यवस्था गरी प्रतिष्ठानमा पठन–पाठनलगायत प्रज्ञिक गतिविधि सुरु हुनेछ ।

यस्तो छ प्रक्रिया
निर्देशक यादवका अनुसार अहिले अस्पताल प्रतिष्ठान स्थापनाको योजनालाई अन्तिम रूप दिनेक्रममा छ । योजनाको मस्यौदालाई अस्पतालका अन्तिम रूप दिन अस्पतालले छिट्टै आफ्ना विशेषज्ञ चिकित्सकबीच छलफलका लागि कार्यशाला–गोष्ठी गर्दै छ । कार्यशालामा बृहत् छलफलपछि योजनालाई अन्तिम रूप दिइनेछ र सैद्धान्तिक स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइनेछ । मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिएपश्चात् ऐन निर्माणको ढोका खुल्नेछ । सरकारले प्रतिष्ठानको मोडालिटीलगायत विषयमा प्रस्ताव गरी संसद्मा विधेयक प्रस्तुत गर्नेछ । संसद्बाट विधेयक पारित भएसँगै प्रतिष्ठानले आकार पाउनेछ । प्रतिष्ठानमा ऐनअनुसार उपकुलपति, शिक्षाध्यक्ष, कुलसचिवलगायत पदाधिकारी तथा विभागीय प्रमुखहरू नियुक्त हुनेछन् । तत्पश्चात् अवश्यक पूर्वाधारको व्यवस्था गरी प्रतिष्ठानमा पठन–पाठनलगायत प्रज्ञिक गतिविधि सुरु हुनेछ ।

के छ पूर्वाधार र जनशक्तिको अवस्था ? आवश्यक कति ?
अस्पतालले हाल १ सय २० बेडमार्फत सेवाप्रवाह गर्दै आएको छ । नवनिर्मित ओपिडी भवन हस्तान्तरण हुन मात्र बाँकी छ । हाल अस्पतालमा पञ्चकर्मसहित दुईवटा इन्डोर सेवा उपलब्ध छन् । अप्रेसन थिएटर, ल्याब, एक्स रेलगायत सेवा अस्पतालले दिँदै आएको छ । तर अस्पतालमा जम्मा ४ जना विशेषज्ञ चिकित्सक उपलब्ध छन्, जुन प्रतिष्ठानका लागि ज्यादै न्यून हो । अस्पतालमा हाल १९ जना चिकित्सकले सेवा दिँदै आएका छन् । ओपिडीका लागि अस्पतालले ६ वटा कोठा उपलब्ध गराएको छ । कायचिकित्सा विभागमा ५, जनरलचिकित्सा विभागमा ४, शल्यशालक्य विभागमा ४, बालरोग विभागमा २ र स्त्री तथा प्रसूति विभागमा ४ जना चिकित्सक कार्यरत छन् ।

प्रतिष्ठानका लागि आवश्यक पूर्वाधार तथा मानवसंसाधन अस्पतालको आवश्यकताअनुसार थपिँदै जाने विषय भएकाले अहिले त्यसमा अल्झिनुनपर्ने निर्देशक यादव जिकिर गर्छन् । प्रतिष्ठानमा पठन–पाठनका लागि नयाँ एकेडेमिक भवन बनाउनुपर्ने उनी बताउँछन् । ‘बिरामीको फ्लोअनुसार पठन–पाठनका लागि संख्या निर्धारण हुने होइन, बेडअनुसार हुने हो,’ निर्देशक यादव भन्छन्, ‘पिजी पढाउनका लागि बेडभन्दा पनि प्रोफेसर चाहिन्छ, त्रिविलगायत अन्य क्षेत्रबाट प्रोफेर हायर गरेर पठन–पाठन गराउँछौँ ।’

यादवका अनुसार हाल दुई विद्यार्थीबराबर एकजना प्रोफेसर हुनुपर्ने प्रावधान छ । यसरी हेर्दा हाल प्रतिष्ठानका लागि उपलब्ध जनशक्ति अपुग हुने देखिन्छ । यद्यपि, प्रतिष्ठानले पढाउने विद्यार्थी कोटाका आधारमा आवश्यक प्रोफेसरको संख्या निर्धारण हुन्छ ।

अध्यापनका लागि सबै किसिमका फ्याकल्टी (प्रोफेरस) नेपालमै उपलब्ध भएको यादवको भनाइ छ । ‘भारतबाट एमडी पठेर आएका छन्,’ डा. यादवले भने, ‘आयुर्वेदका आठ विधामध्ये कम्तीमा चार विधाको फ्याकल्टी नेपालमै उपलब्ध छ ।’ भारत सरकारले ३ वर्षदेखि आयुर्वेद विशेषज्ञ उत्पादन गर्दै आएको छ ।

अन्तर्राष्ट्रियस्तरमा ५ बेडबराबर एकजना विद्यार्थी भर्ना गर्ने मापदण्ड रहे पनि नेपालमा भने हालसम्म यो नियमको अनुसरण नगरिएको डा. यादको भनाइ छ । प्रतिष्ठानमा विद्यार्थी कोटा कति निर्धारण गर्ने भन्ने विषय फ्याकल्टी बैठकले पछि नै निर्णय गर्ने उनी बताउँछन् ।
अध्यापनका लागि सबै किसिमका फ्याकल्टी (प्रोफेरस) नेपालमै उपलब्ध भएको यादवको भनाइ छ । ‘भारतबाट एमडी पठेर आएका छन्,’ डा. यादवले भने, ‘आयुर्वेदका आठ विधामध्ये कम्तीमा चार विधाको फ्याकल्टी नेपालमै उपलब्ध छ ।’ भारत सरकारले ३ वर्षदेखि आयुर्वेद विशेषज्ञ उत्पादन गर्दै आएको छ । नेपालमा पनि प्रतिवर्ष नेपालमा १५ देखि २० जना उच्च गुणस्तरको एमडी जनशक्ति नेपाल भित्रिने गरेका छन् । ‘पहिलो ब्याज जनशक्ति आइसकेको छ,’ उनले भने ।

प्रतिष्ठानबाट उत्पादन हुने जनशक्ति स्वदेशमै खपन हुने आकलन डा. यादवको छ । सरकारका विशेषज्ञ दरबन्दी, त्रिवि तथा अन्य निजी कलेजहरूमा जनशक्ति खपत हुने उनको तर्क छ । प्रतिष्ठान स्थापनाका लागि आवश्यक खर्च नेपाल सरकारले उपलब्ध गराउने समेत उनले जानकारी दिए । हाल नेपालमा प्रतिवर्ष दुईजना मात्र आयुर्वेदका विशेषज्ञ जनशक्ति उत्पादन हुने गरेको छ भने बाँकी भारतबाट अध्ययन गरेर आउने गरेका छन् । प्रतिष्ठान स्थापनासँगै देशको आवश्यकता प्रतिष्ठानबाटै पूर्ति हुनेमा डा. यादव आशावादी छन् ।

देशमा संघीयताको कार्यान्वयनसँगै आयुर्वेदिक चिकित्साको समेत संगठन संरचना निर्माण भइसकेको छ । जसअनुसार नरदेवी आयुर्वेद चिकित्सालय स्वास्थ्य मन्त्रालयमातहतको केन्द्रीय अस्पतालका रूपमा रहने भएको छ । यसअघि चिकित्सालय आयुर्वेद विभागअन्तर्गत थियो । कलेजबाट सुरु भएको चिकित्सालयले उच्च शिक्षा अध्यापन गराउने प्रतिष्ठान बन्ने सँघारमा आइपुग्दा निकै उतार–चढावलाई पार गरिसकेको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

के छन् आयुर्वेदका योजना तथा चुनौती ?

आयुर्वेद नेपालको राष्ट्रिय चिकित्सापद्धति हो । आयुर्वेद चिकित्साको मौलिक परम्परा, पाण्डुलिपि, अभिलेख र प्रशस्त पाइने जडीबुटीको औषधीय प्रयोग नेपालका अमूल्य निधि हुन् । नेपाल सरकारको बजेट भाषण तथा अन्य स्वास्थ्य कार्यक्रममा आयुर्वेद र अन्य वैकल्पिक चिकित्सालाई एकीकृत गरेर लैजाने सरकारको पोलेसी छ । तर, आयुर्वेदको क्षेत्रमा काम गर्ने व्यक्तिहरूमा अब कस्तोखाले मोडालिटीमा जान्छ भन्ने उत्सुकता, जिज्ञासा तथा डर छ ।

एकीकृत सेवापश्चात् देशलाई प्रशासनिक बोझ कम भयो, प्रयोगशाला तथा तालिमको सुविधाजस्ता धेरै कुरामा हामी अभ्यस्त हुने अवसर पाइन्छ र हाम्रो एक्सपोजर राम्रो हुन्छ तथा काम राम्रो गर्न सक्छौँ भन्ने धारणा छ । नरदेवी आयुर्वेद चिकित्सालयलाई फुल डिपार्टमा विकास गरी अकुपन्चर, योग, नेचुरोपेथी सबैलाई एकै ठाउँमा ल्याएर एकीकृत सेवा दिन सक्ने केन्द्र बनाउनुपर्छ ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार राष्ट्रिय आयुर्वेद, योग तथा पञ्चकर्म केन्द्र सेन्टर बूढानीलकण्ठमा परिकल्पना गरिएको छ । हेल्थ एक्सिलेन्सी सेन्टर तथा हेल्थ टुरिजम गर्ने उद्देश्यले केन्द्र बनाउन लागिएको हो । नेपालले आइपिआर राइट तथा वैदिक सम्पदा संरक्षण अधिकार र प्याटर्न राइटका लागि जडीबुटीको प्याटर्न, परम्परागत रूपमा आएको सीप, ज्ञान तथा प्रविधिलाई डिजिटलाइज गरेर टिकेडिएल (ट्रेडिसनल नलेज डिजिटल लाइब्रेरी) स्थापना गर्ने योजना छ ।

योजना
१) देशमा उपलब्ध जडीबुटीको व्यवस्थापन र उपयोग गर्दै आयुर्वेद चिकित्सा विकास तथा प्रचलित अन्य पूरक चिकित्सा प्रणालीको संरक्षण एवम् व्यवस्थित विकास गर्ने,
२) आयुर्वेद प्रणालीको क्रमबद्ध रूपमा विकास गरिनेछ । यस क्षेत्रमा अनुसन्धानद्वारा सेवाको गुणस्तर मूल्यांकन एवम् परिमार्जन गरिनेछ । होमियोप्याथी, युनानी तथा अन्य पूरक चिकित्सा प्रणालीको संरक्षण, विकास एवम् विस्तारका दीर्घकालीन योजना निर्माण गरी लागू गर्ने,
३) आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई एकीकृत गर्ने,
४) राष्ट्रिय आयुर्वेद योग तथा पञ्चकर्म केन्द्र बनाउने,
५) राष्ट्रिय आयुर्वेद प्रतिष्ठनको निर्माण गर्ने,
६) राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिमकेन्द्रको स्थापना गर्ने,
७) आयुर्वेद तथा जडीबुटीका नाममा हुने विभिन्न गतिविधिका लागि नियम बनाई अनुगमन गर्ने,
८) योग तथा आयुर्वेदका विभिन्न पुरातन पद्धतिलाई अगाडि बढाउने तरिकाले नीति बनाउने ।

चुनौती
१) पहिला विभागबाट औषधि तल्लो तहमा पुर्याउँदा औषधिको गुणस्तरको ग्यारेन्टी हुन्थो भने आहिले तल्ला सरकारहरूले नै खरिद र वितरण गर्ने हुनाले औषधिमा सोही गुणस्तर कायम होला कि नहोला भन्ने शंका छ ।
२) जनशक्तिको व्यवस्थापन प्रमुख चुनौती बनेको छ ।
३) राष्ट्रिय आयुर्वेद स्वास्थ्य नीति २०५२ को समयानुकूल परिवर्तन हुने गरी अहिलेको छाता ऐनले सम्बोधन गर्छ कि गर्दैन भन्ने चुनौती छ ।
४) आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई एलोपेथीसँग एकीकृत गर्ने पोलेसी, तर आयुर्वेदको मौलिकता र वैशिष्ट्यलाई कायम राख्दै एकीकृत पोलिसी निर्माण र त्यसको सफल कार्यान्वयन फलामको चिउराबराबर नै छ ।
५) राष्ट्रिय आयुर्वेद प्रतिष्ठान कस्तो बनाउने भन्ने योजना निर्माण पनि सजिलो विषय छैन ।
६) सरकारले मौलिक हकको कार्यान्वयनका क्रममा आधारभूत स्वास्थ्यसेवाका कार्यक्रम कसरी स्थानीय तहमा पुर्याउने भन्ने चुनौती छ ।

(भुर्तेल आयुर्वेद व्यवस्था विभाग अनुगमन, अनुसन्धान तथा समन्वय शाखाका प्रमुख हुन् । हेल्थपोस्टकी इन्जु ढकालसँगको कुराकानीमा आधारित)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

अब ७ वटा प्रादेशिक आयुर्वेद अस्पताल, ७५३ तहमै आयुर्वेदका संरचना

आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवालाई प्रवद्र्धन एवम् विस्तार गर्न सरकारले सातवटै प्रदेशमा प्रदेश आयुर्वेद अस्पताल बनाउने भएको छ । सबै स्थानीय तहमा आयुर्वेदका कुनै न कुनै संरचना बनाइने भएको छ ।
आयुर्वेदिक सर्जरी, उपचारसहित वैकल्पिक चिकित्साका विभिन्न विधासमेत समेटी प्रदेश सरकारमातहत रहने गरी ५० शय्याको प्रदेश आयुर्वेद अस्पताल बनाउन लागेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ । पुरानो संरचनाअनुसार दाङमा रहेको आयुर्वेदको एउटा मात्रै क्षेत्रीय अस्पताल प्रदेश ५ सरकारमातहत गइसकेको छ । बाँकी ६ वटा प्रदेशमा आयुर्वेद अस्पताल बनाउने गरी नीतिगत निर्णयका लागि मन्त्रिपरिषद्मा प्रस्ताव गइसकेको छ ।

आयुर्वेद व्यवस्था विभाग अनुगमन, अनुसन्धान तथा समन्वय शाखाका प्रमुख आयुर्वेद चिकित्सक विजय भुर्तेलका अनुसार नयाँ संरचनाअनुसार ४ सय ९९ वटा स्थानीय तहमा थप संस्था बनाउनुपर्नेछ । हाल भएका ३ सय ५ वटा आयुर्वेद औषधालयहरू २ सय ५४ वटा स्थानीय तहअन्तर्गत छन्, जुन स्थानीय सरकारमातहत गइसकेका छन् ।

विभागका महानिर्देशक आयुर्वेद चिकित्सक वासुदेव उपाध्यायका अनुसार प्रदेश १ का लागि झापाको लखनपुर र प्रदेश ७ मा गेटा, कैलालीमा पूर्वाधार निर्माणसमेत भइसकेको छ । तीबाहेक जनकपुर र कास्कीमा पनि प्रादेशिक अस्पताल बनाउनका लागि जग्गा प्राप्तिको क्रम चलिरहेको छ ।
महानिर्देशक डा. वासुदेव उपाध्यायका अनुसार प्रादेशिक अस्पतालको नीतिगत निर्णय केन्द्र सरकारबाट भएपछि बनाउने र सञ्चालनको काम भने प्रदेश सरकारमातहतमै हुनेछ ।
‘प्रदेश तहमा एक–एकवटा रेफरल अस्पताल, स्थानीय तहमा पनि कुनै न कुनै संरचना हुन्छ,’ डा. उपाध्यायले भने । अस्पतालहरूबाट आयुर्वेदिक औषधि, पञ्चकर्म, योग, क्षारसूत्र (सर्जरी) सँगै प्राकृतिक चिकित्सा, अकुपन्चर, होमियोप्याथी, आम्ची, युनानीलगायत सेवा पर्छन् ।

साबिकको ‘आयुर्वेद विभाग’लाई नयाँ संरचनामा ‘वैकल्पिक चिकित्सा’ समेत थपेर ‘आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग’ नामकरण गरिएको छ । विभागअन्तर्गत ‘वैकल्पिक चिकित्सा महाशाखा’ थप गरिएको छ । महाशाखाअन्तर्गत होमियोप्याथी तथा आम्ची चिकित्सा शाखा, प्राकृतिक तथा अकुपन्चर चिकित्सा शाखासमेत नयाँ बनेका छन् ।

आयुर्वेद व्यवस्था विभाग अनुगमन, अनुसन्धान तथा समन्वय शाखाका प्रमुख आयुर्वेद चिकित्सक विजय भुर्तेलका अनुसार नयाँ संरचनाअनुसार ४ सय ९९ वटा स्थानीय तहमा थप संस्था बनाउनुपर्नेछ । हाल भएका ३ सय ५ वटा आयुर्वेद औषधालयहरू २ सय ५४ वटा स्थानीय तहअन्तर्गत छन्, जुन स्थानीय सरकारमातहत गइसकेका छन् ।
मन्त्रिपरिषद्ले ४ वैशाखमा स्वीकृत गरेको संगठन संरचनाअनुसार यसअघि जिल्ला तहमा रहेका आयुर्वेद स्वास्थ्यकेन्द्रहरू प्रदेश सरकारमातहत गइसकेका छन् । पुरानो संरचनाअनुसार एउटा क्षेत्रीय आयुर्वेद अस्पताल १४ वटा अञ्चल आयुर्वेद औषधालय, ६१ जिल्ला आयुर्वेद स्वास्थ्यकेन्द्र सञ्चालनमा थिए ।
हाल आयुर्वेदअन्तर्गत सरकारीस्तरमा २ हजारभन्दा बढी जनशक्ति कार्यरत रहेकोमा १ हजार प्राविधिक र सोहीहाराहारीमा अप्राविधिक छन् । तीमध्ये ९० को हाराहारीमा मात्रै आयुर्वेद चिकित्सक छन् ।
आयुर्वेदका विद्यमान स्वास्थ्यसंस्थाहरूबाट ९० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने भनिए पनि हाल २३ प्रकारका औाषधि मात्रै १२ महिनै उपलब्ध गराउन सकिएको डा. उपाध्याय बताउँछन् । ‘बजेट कम हुँदा सबै औषधि सधैँ पुर्याउन सकिएको छैन,’ डा. उपाध्यायले भने, ‘त्यसैले टप १० डिजिजमा प्रयोग हुने २३ प्रकारका औषधि उपलब्ध गराउँदै आएका छौँ ।’
आयुर्र्वेदलाई मौलिक, भरपर्दो र साइडइफेक्टरहित चिकित्सा पद्धति भनिए पनि यो सरकारको प्राथमिकतामा पर्न सकेको छैन । सिंगै विभाग नै खडा गरिए पनि स्वास्थ्यसेवाको कुल बजेटको करिब ४ प्रतिशत मात्रै आयुर्वेदले पाउने गरेको छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागअन्तर्गत ३ वटा महाशाखा छन् । जसमा जडीबुटी, औषधि एवम् अनुसन्धान महाशाखा, आयुर्वेद चिकित्सा महाशाखा तथा वैकल्पिक चिकित्सा महाशाखा छन् । जडीबुटी, औषधि एवम् अनुसन्धान महाशाखाअन्तर्गत ३ वटा शाखा छन्, जसमा जडीबुटी तथा औषधि व्यवस्थापन शाखा, आयुर्वेद स्वास्थ्य प्रवर्धन शाखा र प्रशासन शाखा रहेका छन् ।

रेफरल तहका अस्पताल बनाउँदा कति जनशक्ति आवश्यक पर्छ भन्ने यकिन भए पनि विशेषज्ञ जनशक्ति भने झन्डै दोब्बर आवश्यक पर्ने अधिकारीहरू बताउँछन् ।

संघीय संरचनामा आयुर्वेद – नाम परिवर्तन, जनशक्ति उही
साबिकको ‘आयुर्वेद विभाग’लाई नयाँ संरचनामा ‘वैकल्पिक चिकित्सा’ समेत थपेर ‘आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग’ नामकरण गरिएको छ । विभागअन्तर्गत ‘वैकल्पिक चिकित्सा महाशाखा’ थप गरिएको छ । महाशाखाअन्तर्गत होमियोप्याथी तथा आम्भी चिकित्सा शाखा, प्राकृतिक तथा अकुपन्चर चिकित्सा शाखासमेत नयाँ बनेका छन् ।
केन्द्र सरकारअन्तर्गत नरदेवी अस्पताल, सिंहदरबार वैद्यखाना, आयुर्वेद चिकित्सा परिषद्, राष्ट्रिय आयुर्वेद प्रतिष्ठान र राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र छन् । जनशक्तिका हिसाबले सबै संरचना रहेको हुँदा कुनै पनि जनशक्ति फाजिलमा जाने अवस्था नरहेको विभागले जनाएको छ ।
हाल आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागअन्तर्गत ३ वटा महाशाखा छन् । जसमा जडीबुटी, औषधि एवम् अनुसन्धान महाशाखा, आयुर्वेद चिकित्सा महाशाखा तथा वैकल्पिक चिकित्सा महाशाखा छन् । जडीबुटी, औषधि एवम् अनुसन्धान महाशाखाअन्तर्गत ३ वटा शाखा छन्, जसमा जडीबुटी तथा औषधि व्यवस्थापन शाखा, आयुर्वेद स्वास्थ्य प्रवर्धन शाखा र प्रशासन शाखा रहेका छन् ।
आयुर्वेद चिकित्सा महाशाखाअन्तर्गत आयुर्वेद सेवा व्यवस्थापन शाखा र अनुगमन, अनुसन्धान तथा समन्वय शाखा गरी २ वटा शाखा छन् । वैकल्पिक चिकित्सा महाशाखाअन्तर्गत २ वटा शाखा छन्, जसमा होमियोप्याथी तथा आम्ची चिकित्सा शाखा र प्राकृतिक तथा अकुपन्चर चिकित्सा शाखा छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

अन्तर्राष्ट्रिय सम्मेलनमा आयुर्वेद प्रतिनिधि भएर जाँदा…

सन् २०१८ को १६ देखि १९ नोभेम्बरसम्म बंगलादेशको साभारमा आयोजित चौथो ‘पिपुल्स हेल्थ एसेम्ब्ली’ धनी–गरिब दुवै देशमा स्वास्थ्यसेवामा पहुँच राम्रो हुनुपर्ने निचोडका साथ सम्पन्न भएको छ । सम्मेलनमा एसिया, युरोप, अफ्रिका, दक्षिण र उत्तर अमेरिकाबाट करिब ७८ देशका १ हजार ४ सय प्रतिनिधि सहभागी थिए । बंगलादेशी प्रधानमन्त्री सेख हसिनाले एसेम्ब्लीको सफलताको कामना गर्दै पठाएको शुभकामना सन्देश वाचनसँगै सुरु भएको कार्यक्रममा नेपालको पनि प्रतिनिधित्व थियो ।
निजी स्वास्थ्यसंस्थाहरू सेवाभन्दा बढी व्यापारकेन्द्रित भएकाले गरिब जनता आधारभूत स्वास्थ्यसेवाबाट वञ्चित रहनुपरेको तीतो यथार्थतर्फ ध्यानाकर्षण गराउन नेपालबाट यस सम्मेलनमा भाग लिने जनस्वास्थ्य विज्ञहरूमा पिपुल्स हेल्थ मुभमेन्ट, नेपालका संयोजक प्रा.डा. शरद वन्त, डा. केदार बराल, डा. खेमबहादुर कार्की, डा. अरुणा उप्रेतीलगायत हुनुहुन्थ्यो । त्यस्तै, नेपालको मौलिक चिकित्सापद्धति आयुर्वेदको प्रतिनिधित्व गर्दै डा. सरिता श्रेष्ठ र म बंगलादेश पुगेका थियौँ ।

आयुर्वेद चिकित्सापद्धति प्राचीनकालदेखि नै स्वस्थ, सबल, रोगमुक्त जीवनको चिन्तनद्वारा आरोग्य स्थापनाका निमित्त स्थापित छ । मंगलदायी प्रेरणाको मूलका रूपमा प्रसिद्ध दिव्यौषधिहरूको भण्डार हिमालयको काखमा अवस्थित हाम्रो देश नेपाल यसनिम्ति धन्य रहेको कुरा अन्तर्राष्ट्रिय जगत्मा व्यक्त गर्ने अवसर जुट्यो ।

आयुर्वेद चिकित्सापद्धति हाम्रो सभ्यता, संस्कृति एवम् जीवनका परम साध्य– धर्म, अर्थ, काम, मोक्षसँग सान्निध्य राख्ने पद्धति हो । मानवलगायत सम्पूर्ण प्राणीको स्वास्थ्यसंवर्धन एवम् रोगनिवारणका लागि निरन्तर प्रेरणा दिने, आफू बाँचेर अरूलाई पनि बचाउने शिक्षा दिने विद्या हो आयुर्वेद । आयुर्वेदले प्राणीमात्रको स्वास्थ्यको संवर्धनका लागि एकातिर अश्वायुर्वेद, हस्त्यायुर्वेद, वृक्षायुर्वेदको रूप लिएको छ भने अर्कोतर्फ कायचिकित्सा, शल्य, शालाक्य, कौमारभृत्य, रसायन, वाजीकरण, भूतविद्या, अगदतन्त्रजस्ता पहिलेदेखि प्रसिद्ध ८ अंगसहित यसले द्रव्यगुण, रसशास्त्र, भैषज्यकल्पना आदि उपांगहरूको पनि विकास गर्दै आएको छ ।

आयुर्वेद चिकित्सापद्धति प्राचीनकालदेखि नै स्वस्थ, सबल, रोगमुक्त जीवनको चिन्तनद्वारा आरोग्य स्थापनाका निमित्त स्थापित छ । मंगलदायी प्रेरणाको मूलका रूपमा प्रसिद्ध दिव्यौषधिहरूको भण्डार हिमालयको काखमा अवस्थित हाम्रो देश नेपाल यसनिम्ति धन्य रहेको कुरा अन्तर्राष्ट्रिय जगत्मा व्यक्त गर्ने अवसर जुट्यो ।
आयुर्वेद चिकित्सालाई अन्तर्राष्ट्रिय चिकित्साअनुरूप विकास गर्न विषयगत अनुसन्धान तथा प्रयोगका साथै विज्ञहरूको सभामा संवाद, विचार–विमर्श, संशोधन, परिष्कारसहित विशिष्ट शोधग्रन्थहरूको प्रकाशन तथा वितरणसँगै सामाजिक तथा संस्थागत प्रतिबद्धतासहित कार्ययोजना, आर्थिक व्यवस्थापनसमेत चाहिन्छ । साथसाथै, सम्पूर्ण सरोकारवालाले गुणस्तर, व्यावसायिकता, भौगोलिक सन्तुलन र सामाजिक न्याय कायम गर्ने उद्देश्यसमेत बोक्नुपर्ने धारणा विभिन्न प्लेनरी सेसनमा हामीले व्यक्त गर्यौँ । यससँगै त्यहाँको रहनसहन, लोकसंस्कृति, खानपानमा अभ्यस्त रहँदै विभिन्न देशका नाँचगानमा रमाउँदै बंगलादेशको यात्रा सफल बनाएर हामी स्वदेश फर्कियौँ ।

(ब्याचलर अफ आयुर्वेदिक मेडिसिन एन्ड सर्जरी, चिकित्साशास्त्र अध्ययन संस्थान)

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

आयुर्वेद समूहमा सफल चिकित्सक सम्मानित

नेपाल विद्यार्थी संघ त्रिवि आयुर्वेद क्याम्पस एकाइले लोकसेवा उत्तीर्ण एवम् आन्तरिक बढुवामा परेका चिकित्सकको सम्मान गरेको छ । सम्मनित हुनेमा वरिष्ठ आयुर्वेद कन्सल्टेन्ट एघारौँ तहको परीक्षामा सफल डा. रामाधर यादव, दशौँ तहमा आन्तरिक बढुवामार्फत बढुवा भएका डा. शोभाराम सुवेदी, नवौँ तहमा नियुक्त हुनुभएका डा. बुद्धिप्रसाद पौडेल, डा. काशी खतिवडा, डा. सुरेश महर्जनलगायत छन् । त्यसैगरी आयुर्वेद चिकित्सक आठौँ तहमा नियुक्त डा. सरोज राय, डा. ललिता पाण्डे, डा. सुजाता घिमिरे तथा डा. अर्चना शुक्लालाई समेत सम्मान गरिएको हो ।

कार्यक्रममा हालै मात्र नियुक्त वरिष्ठ आयुर्वेद कन्सल्टेन्ट डा. रामाधार यादवले शैक्षिक तथा अनुसन्धानका कार्यक्रम अगाडि बढाउन सके मात्र आयुर्वेद चिकित्सा सेवा सुदृढ हुने बताए । नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीले संघीयतामा आयुर्वेदलाई खुम्चाउन खोजिएको आरोप लगाए । उनले हालै नियुक्ति पाएका तथा बढुवा भएका चिकित्सकहरूसित स्वास्थ्य संरचनामा आयुर्वेदको स्थान बढाउने गरी संघलाई सघाउन आग्रह गरे । प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. शंकर पौडेलले चिकित्सकहरूलाई कार्यक्षेत्रमा आफ्नो राजनीतिक आस्थालाई मनन गर्दा व्यावसायिकतामा कहीँ–कतै सम्झौता नगर्न आग्रह गरे ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

प्रदेश ५ मा आयुर्वेद प्रशोधन उद्योग स्थापना गर्छौं : मन्त्री बराल

आयुर्वेदका प्रवर्तक धन्वन्तरीको जयन्ती तथा आरोग्य दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै सामाजिक विकासमन्त्री सुदर्शन बराल ।

प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले आयुर्वेद सेवा विस्तारलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् । आमनागरिकको विश्वास र मागलाई ध्यानमा राखेर प्रदेश सरकारले कच्चापदार्थ उत्पादन, संकलन र प्रशोधन गर्ने गरी प्रदेशमै उद्योग स्थापना गर्न लागेको उनको भनाइ छ ।

आयुर्वेदका प्रवर्तक धन्वन्तरीको जयन्ती तथा आरोग्य दिवसका अवसरमा लुम्बिनी अञ्चल आयुर्वेद औषधालय देवीनगरले आयोजना गरेको कार्यक्रममा मन्त्री बरालले आयुर्वेदलाई समयसापेक्ष परिवर्तन गरेर लैजानुपर्ने बताए । ‘संस्कृतिमा लोकगीतको जति महत्व छ, उपचारमा आयुर्वेदको पनि त्यति नै महत्व छ,’ मन्त्री बरालले भने । उनले आयुर्वेदमा अनुसन्धान र वैज्ञानिकताको प्रमाणीकरण गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । आयुर्वेद अध्ययनको विषयलाई गर्वका रूपमा लिने वातावरण सिर्जना गर्न जरुरी रहेको उनको भनाइ थियो ।

‘यसवर्षदेखि प्रदेशमा आवश्यक पर्ने आयुर्वेदिक औषधि उत्पादन र प्रशोधन गर्ने गरी प्रशोधन केन्द्र स्थापना गर्दै छौँ,’ उनले भने । नुनको मूल्यमा नेपाली जडीबुटी बिक्री भइरहेको भन्दै उनले स्वदेशमै प्रशोधन केन्द्रबाट औषधि तयार बनाएर मूल्य पाउने गरी काम अघि बढाएको उनले बताए । ‘अस्पताल र औषधालयको समस्यालाई छिटोभन्दा छिटो सम्बोधन गर्ने गरी काम अघि बढेको छ,’ उनले भने ।
औषधालयका प्रमुख तथा कविराज गणेश सापकोटाले पूर्वाधार र जनशक्ति अभावमा सेवा दिन कठिनाइ भएको बताए । हिँड्न नसक्ने २० जना बिरामीलाई निको पारेको दाबी गर्दै उनले आयुर्वेदिक उपचारमा आकर्षण बढ्दै गएको बताए । औषधालयलाई स्तरोन्नति गरी १५ बेडमा विस्तार गर्न जरुरी रहेको समेत उनले बताए ।

सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले चार हजार वर्षअघि धन्वन्तरी, चरकले सुरु गरेको आयुर्वेदिक उपचार विधिमा अहिले फेरि आमनागरिकको आकर्षण बढेको भन्दै यसलाई सरकारीतवरबाट सम्बोधन हुने गरी काम गर्ने बताए । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरी, बुटवल उमपहानगरपालिकाका उपमेयर गुमादेवी आचार्य, बुटवल उपहानगरपालिका–११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले धारणा राखेका थिए । धन्वन्तरीले कार्तिककृष्णत्रयोदशीका दिनदेखि आयुर्वेदको प्रचार–प्रसार सुरु गरेको इतिहास छ । त्यसैले सोही दिनलाई नै धन्वन्तरी दिवसका रूपमा मनाइँदै आएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

विशेषज्ञ डाक्टर पर्खंदै दाङको क्षेत्रीय आयुर्वेद चिकित्सालय

मध्यपश्चिम क्षेत्रीय आयुर्वेद चिकित्सालय, बिजौरी, दाङ

मध्यपश्चिम क्षेत्रीय आयुर्वेद चिकित्सालय बिजौरी दाङमा दरबन्दीअनुसार विशेषज्ञ डाक्टर नहुँदा सेवा प्रभावित बनेको छ । चिकित्सालयमा ६ जना विशेषज्ञको दरबन्दी रहेकोमा एकजना मात्र कार्यरत छन् । चिकित्सालयमा जनरल, कार्यचिकित्सा, स्त्री तथा प्रसूति, शल्यशालक्य, बालरोग विशेषज्ञ र निर्देशक गरी ६ जनाको दरबन्दी छ । ३० बेडको चिकित्सालयले वर्षांैदेखि विशेषज्ञ डाक्टर पर्खिरहेको छ ।
चिकित्सालयका निमित्तनिर्देशक डा. रामकामेश्वर ठाकुर बालरोग विशेषज्ञ हुन् । तर, उनलाई बालरोग मात्र नहेरी निर्देशक र अन्य रोगका बिरामीसमेत हेर्नुपर्ने बाध्यता छ । दरबन्दीअनुसार चिकित्सक नहुँदा क्षेत्रीयस्तरको चिकित्सालयले सेवा दिन नसकेको डा. ठाकुरले बताए ।
विशेषज्ञ डाक्टर मात्र होइन, चिकित्सालयमा ३५ जनाको दरबन्दी रहेकोमा २२ जना मात्र कार्यरत छन् ।

चिकित्सालयमा २ जनाको आठौँ तहको बिएएमएसको दरबन्दी रहेकोमा उक्त पदसमेत रिक्त छन् । एकजना चिकित्सक रहेकोमा उनी पनि काजमा गएपछि उक्त पद रिक्त बनेको हो । चिकित्सालयका निमित्तनिर्देशक डा. रामकामेश्वर ठाकुरले दरबन्दीअनुसार विशेषज्ञ र स्वास्थ्यकर्मी नहुँदा सेवाप्रवाहमा कठिनाइ भएको बताए ।

रिक्त १३ चिकित्सकीय कर्मचारीदरबन्दीमा माथिल्लो र तल्लो तहका बढी छन् । यसकारण बीचका कर्मचारीलाई कामको बोझ कम छ । चिकित्सालयमा १० वर्षदेखि प्रसूति सेवामा सेवाग्राही आउन छाडेका छन् । निमित्तनिर्देशक डा. देवकला भण्डारी सरुवा भएपछि चिकित्सालयमा प्रसूति भवन रहे पनि सेवा प्रभावकारी हुन नसकेको हो । डा. भण्डारी रहँदा चिकित्सालयले २४ घण्टे प्रसूति सेवा प्रदान रहेको चिकित्सकहरू बताउँछन् । प्रसूति सेवा लिएबापत राज्यबाट प्राप्त हुने सुविधा चिकित्सालयमा उपलब्ध नहुँदा र सिजरिङ डेलिभरीका लागि चिकित्सक नहुँदा बिरामी सेवा लिन आउन छाडेको बताइन्छ ।

साझा फार्मेसीमा औषधि लिँदै बिरामी

चिकित्सालयमा २ जनाको आठौँ तहको बिएएमएसको दरबन्दी रहेकोमा उक्त पदसमेत रिक्त छन् । एकजना चिकित्सक रहेकोमा उनी पनि काजमा गएपछि उक्त पद रिक्त बनेको हो । चिकित्सालयका निमित्तनिर्देशक डा. रामकामेश्वर ठाकुरले दरबन्दीअनुसार विशेषज्ञ र स्वास्थ्यकर्मी नहुँदा सेवाप्रवाहमा कठिनाइ भएको बताए ।
साबिकको बिजौरी गाविसका अध्यक्ष तथा चिकित्सालय स्थापनाकालका चिकित्सालय सहयोग समिति सदस्य गोपीनाथ योगीले सरकारको ध्यान नपुग्दा चिकित्सालयले गतिका साथ सेवा दिन नसकेको बताए । अहिले चिकित्सालय प्रशासनको प्रयासका कारण सेवाप्रवाहमा सुधार आए पनि यसको सेवाक्षेत्र बढाउनका लागि दरबन्दीअनुसार चिकित्सक उपलब्ध गराउनुपर्ने उनले माग गरे ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै