आइसोलेसन अनुभव

सहकर्मी मित्र होमनाथ शर्माको पिसिआर परीक्षण पोजिटिभ आएको खबरले एक किसिमको त्रास उत्पन्न गरेको थियो। संसार नै कोरोनासँग लडिरहेको अवस्थामा यो लडाइ मेरा लागि पनि नजिकिएको अनुभूतिले मानसिक तनाब भइरहेको थियो। देवदह नगरपालिकाको केस इन्भेस्टिगेसन तथा कन्ट्याक्ट ट्रेसिङ टिमको सल्लाहअनुसार होमनाथ शर्मा र मैले एकै ठाउँमा काम गर्ने भएकाले...