अमेरिकी कम्पनीद्वारा किन लुकाइयो अल्जाइमरको नयाँ औषधि ?

आजकल अल्जाइमरको समस्या आम बन्दै गएको छ । विशेषगरी, ६५ वर्ष उमेर पार गरेका मानिसमा अल्जाइमर मुख्य समस्याका रूपमा देखिन थालेको छ ।

चिकित्सकका अनुसार अल्जाइमर एक प्रगतिशील रोग हो । यो रोग लागेमा मानिसको स्मरणशक्ति बिस्तारै कम हुन थाल्छ । अल्जाइमररोगको अहिलेसम्म कुनै निश्चित उपचार फेलापरेको छैन । त्यसैले, अल्जाइमरको सही उपचारका लागि अहिले विश्वमा विभिन्न अध्ययन–अनुसन्धान भइरहेका छन् ।

फाइजर नामक अमेरिकाको चर्चित औषधि कम्पनीले पनि अल्जाइमर तथा पार्किन्सन्सरोगको प्रभावकारी उपचारकै लागि केही वर्षदेखि एउटा बृहत् अनुसन्धान गरिरहेको थियो । तर, समस्या तब आयो, जब फाइजरले गत जनवरीमा अल्जाइमर तथा पार्किन्सन्सजस्ता रोगको उपचारमा प्रयोग गरिने नयाँ औषधि नबनाउने घोषणा ग¥यो ।

फाइजरको यो घोषणाले बिरामी तथा शोधकर्ताबीच व्यापक निराशा छायो । त्यसअघि सो कम्पनीले अल्जाइमररोगमा प्रयोग गरिने औषधिको खोजीका लागि लाखौँ डलर खर्चिएको थियो । तर, एकाएक उक्त कम्पनीले सो रकम अन्य काममा खर्च गर्ने निर्णय गरेको घोषणा गर्यो ।
यस विषयमा फाइजरले भनेको थियो, ‘हामीलाई यो रकम त्यहाँ खर्च गर्न जरुरी छ, जहाँ वैज्ञानिकको पकड मजबुत छ ।’

अमेरिकी पत्रिका वासिंग्टन पोस्टले जनाएअनुसार यो खोजबाट आएको नतिजा अल्जाइमरविरुद्धको लडाइँमा महत्वपूर्ण हुनुका बाबजुद पनि उक्त कम्पनीले शोधको नतिजा गोप्य राख्यो । आखिर, यो नतिजा उनीहरूले किन गोप्य राखे ? मानसिक स्वास्थ्यलाई अहिले चिकित्सा जगत्मा चुनौतीका रूपमा हेर्न थालिएकाले पनि यो बुझ्न गाह्रो छ ।

यद्यपि, यो अध्ययन सयौँ दाबीका आधारमा गरिएको थियो, जहाँ के पत्ता लागेको थियो भने र्यूमेटिक आर्थराइटिसमा इन्फ्लेमेसन कम गर्न प्रयोग गरिने फाइजर कम्पनीको औषधि ‘एन्ब्रेल’ले अल्जाइमरको खतरालाई ६४ प्रतिशतसम्मले कम गर्न सक्छ । सन् २०१८ मा फाइजर कम्पनीले एउटा समिति गठन गरी दिएको प्रस्तुतिमा भनिएको थियो, ‘एम्ब्रेलले अल्जाइमरलाई रोक्न सक्थ्यो, अल्जाइमरको उपचार र अल्जाइमरको गतिलाई बढ्नबाट कम गर्न सक्थ्यो ।’ कम्पनीले भने वासिंग्टन पोस्टसितको कुराकानीमा यो नतिजा सार्वजनिक नभएको पुष्टि गरेको छ ।

अखबारका अनुसार ३ वर्षसम्म भएको आन्तरिक समीक्षाका क्रममा एम्बे्रल नामक औषधि सीधै मस्तिष्कमा पुग्न नसक्ने भएकाले यो औषधि अल्जाइमरका लागि प्रभावकारी नभएको कम्पनीले बताएको थियो । फाइजरका अनुसार अल्जाइमरविरुद्ध प्रयोग गरिने यो औषधिको क्लिनिकल ट्रायलको सम्भावना पनि कम थियो ।

गलत बाटो
वासिंग्टन पोस्टका अनुसार फाइजरले यो नतिजा सार्वजनिक नगर्नुको पछाडि अल्जाइमरको प्रभावकारी उपचारको खोजमा लागेका वैज्ञानिकलाई योे नतिजाले भट्काउन सक्ने कारण मुख्य थियो । जब कि, अल्जाइमरबारे शोध गरिरहेका शोधकर्ता हार्डबर्ड मेडिकल स्कुलका प्रोफेसर रुडोल्फ ई. टेन्जीले यो नतिजा सार्वजनिक गर्नु जरुरी रहेको बताएका थिए ।

‘वैज्ञानिकका लागि यो जानकारी निकै उपयोगी हुन सक्थ्यो । चाहे उक्त जानकारी सकारात्मक होस् वा नकारात्मक, हामीलाई सही फैसला लिनमा मद्दत गर्थ्यो,’ अल्जाइमररोगबारे अनुसन्धान गरिरहेका अर्का एक शोधकर्ता जन्स हापकिन्स विश्वविद्यालयका प्रोफेसर किनन वाकरले भने ।

यो नतिजा सार्वजनिक नगर्नुका पछाडि फाइजरको जे–जस्तो कारण भए पनि फाइजरलाई के कुरा थाहा छ भने कैयौँपटक एउटा रोगको उपचारका लागि भनेर तयार पारिएको औषधि अन्य रोगको उपचारमा बढी प्रभावकारी साबित हुन्छन् । भायग्राको हकमा पनि त्यस्तै भएको थियो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

विश्वमा देखिएका प्रमुख आठ स्वास्थ्य समस्या

स्वास्थ्य समस्याहरू झन्पछि झन् जटिल बन्दै गइरहेका छन् । यसका दुई कारण हुन सक्छन्, १. मेडिकल साइन्समा भएको विकास, जसका कारण रोगको पहिचान गर्न सहज भएको छ । २. मानिसको जीवनशैली, जुन दिनप्रतिदिन अस्वस्थकर बन्दै गइरहेको छ । मेडिकल विज्ञान विश्वास गर्छ कि, समान्य स्वास्थ्य समस्याको सैद्धान्तिक कारण अस्वस्थकर खानपान, व्यायामको कमी, वातावरणीय ह्रास, अत्यधिक तनाव र वंशानुगत हुन्, जब कि, विगतमा सरुवारोग मुख्य समस्या थियो भने अहिले नसर्ने रोगको महामारी छ ।
अहिले विश्वमा सामान्य बन्दै गएका र मानिसलाई चुनौती बन्दै गएका प्रमुख स्वास्थ्य समस्या–

१. क्यान्सर
क्यान्सर २१औँ शताब्दीको सर्वाधिक चासो तथा चुनौतीको विषय बनेको छ । वातावरणीय क्षति, खाद्यान्नमा बढ्दो केमिकल र रेडिएसनको प्रभाव, विकासको नाममा बढ्दो औद्योगीकरण र यसले निम्त्याएको वातावरणीय क्षति क्यान्सरका प्रमुख कारण हुन् ।
क्यान्सरको कुनै एउटा विशेष कारण नहुने भए पनि धेरै रिस्क फ्याक्टर विभिन्नखाले क्यान्सर गराउनमा जिम्मेवार हुन्छन् । सुर्तीजन्य पदार्थ, धूमपान, मध्यपान, मोटोपन, अत्यधिक सूर्यको किरणमा बस्नु र विकिरण क्यान्सरका प्रमुख कारक हुन् भने वंशानुगत कारणले पनि परिवार तथा आफन्तमा क्यान्सर बढाउने भूमिका खेल्छ । अन्य धेरैखालका संक्रमण, जस्तै, हेपाटाइटिस बी भाइरस, ह्युमन प्यापिलोमा भाइरस पनि क्यान्सरका वाहक हुन् । प्रोस्टेड र ब्रेस्ट क्यान्सर क्रमशः पुरुष र महिलाका प्रमुख समस्या हुन् ।
विभिन्नखाले क्यान्सरविरोधी औषधि, केमोथेरापी, रोडिएसन थेरापी र सर्जरीका माध्यमबाट क्यान्सरको उपचार गरिन्छ । तथापि, क्यान्सरको पूर्ण उपचार भने अझै पनि असम्भवप्रायः छ । त्यसैले सुरुवाती चरणमै रोग पहिचान गर्नु नै महत्वपूर्ण कुरा हो ।
नियमित स्वास्थ्यपरीक्षण, जीवनशैली परिवर्तन, नियमित व्यायाम, स्वस्थ खानपान, धूमपान तथा मद्यपानबाट मुक्ति नै क्यान्सरबाट जोगिने मुख्य उपाय हुन् ।

विभिन्नखाले क्यान्सरविरोधी औषधि, केमोथेरापी, रोडिएसन थेरापी र सर्जरीका माध्यमबाट क्यान्सरको उपचार गरिन्छ । तथापि, क्यान्सरको पूर्ण उपचार भने अझै पनि असम्भवप्रायः छ । त्यसैले सुरुवाती चरणमै रोग पहिचान गर्नु नै महत्वपूर्ण कुरा हो ।

२. मधुमेह
असामान्य रूपमा रगतमा ग्लुकोजको मात्रा बढ्नु नै मधुमेह हो । फास्टिङमा रगतमा सुगरको मात्रा ११० एमजीभन्दा माथि र खाएको समयमा २०० एमजीभन्दा माथि भएमा मधुमेह भएको मानिन्छ । मधुमेहले धेरैखाले क्रोनिक स्वास्थ्यसमस्या निम्त्याउँछ । यसले शरीरका सबैजसो अंगमा असर पुर्याउँछ, जस्तै, मस्तिष्क (स्ट्रोक, कग्निटिभ इम्पेयरमेन्ट, पक्षघात), आँखा (र्याटिनोप्याथी, ग्लुकोमा), छालाको संक्रमण बढाउँछ । भनिन्छ, यो मानिसलाई सबैभन्दा कमजोर बनाउने शक्तिशाली रोग हो ।
जीवनशैली परिवर्तन, नियमित व्यायाम, फाइबरयुक्त खाद्यान्न, नट्स, फलफूल तथा तरकारी र साधारण तौल मेन्टेन गर्नु नै मधुमेहबाट बच्ने उत्तम विकल्प हो ।
३. मुटुरोग
मुटुसम्बन्धी रोग जस्तै, हृदयाघात, एन्जिना, हार्टफेलर, सबैभन्दा बढी मृत्यु गराउने रोगमा पर्छन् । अमेरिकामा सबै प्रकारका क्यान्सरका कारण मर्नेको भन्दा मुटुरोगका कारण मर्नेको संख्या बढी छ । धूमपान, फ्याटयुक्त खाद्यान्न, व्यायामको कमी, विलासी जीवनशैली यसका मुख्य कारण हुन् । त्यस्तै, मधुमेह तथा संक्रमणका कारण पनि मुटुसम्बन्धी रोग लाग्ने गर्छ ।
धूमपान नगर्ने, नुन कम खाने, नियमित व्यायाम, कम बोसोयुक्त खाना र नियमित स्वास्थ्यपरीक्षण मुटुरोगबाट बच्ने प्रमुख उपाय हुन् ।

४. मिर्गौलारोग
किड्नी फेलर पनि एक मुख्य स्वास्थ्य सरोकारको विषय बन्दै गएको छ । रगतलाई फिल्टर गर्ने क्षमताका आधारमा किड्नीको अवस्था जाँचिन्छ । किड्नीमा पूर्वक्षति, जस्तै, डिहाइड्रेसन, रगतको क्षतिका कारण किड्नीमा झड्का लाग्छ, इन्फेक्सन हुन्छ, पिसाबको प्रवाहमा बाधा पुग्छ र अन्ततः एक्युट किड्नी इन्जुरी हुन पुगी किड्नी फेल हुन्छ ।
किड्नीले ३ महिनाभन्दा बढी काम गर्न छाड्यो भने त्यसलाई क्रोनिक किड्नीरोग भनिन्छ । पिसाबको मात्रा घट्ने, रिँगटा लाग्ने, भोक नलाग्ने र मांसपेशी बाउँडिने किड्नीरोगका प्रमुख लक्षण हुन् ।
कम मात्रामा प्रोटिनयुक्त खाना खाने, नुन कम खाने, प्रशस्त झोलिलो खाना खाने, शरीरको तौल नियन्त्रणमा राख्ने, धूमपान त्याग्ने गर्नाले किड्नीरोगबाट बच्न सकिन्छ ।
मधुमेह तथा उच्च रक्तचापका कारण पनि किड्नीफेल हुने सम्भावना बढी भएकाले चिकित्सकहरू त्यसको निराकरणमा जोड दिन्छन् ।

स्ट्रोक यस्तो अवस्था हो, जतिवेला मस्तिष्कमा रक्तप्रवाह रोकिन्छ र मस्तिष्कका सेलको डेथ हुन्छ । यस्तो अवस्थामा आर्टरी थुनिएर हृदयरोग र हेमरेज पनि हुन सक्छ । मोटोपन, शारीरिक निष्क्रयता, उच्च रक्तचाप, मधुमेह तथा वंशानुगत यसका कारण हुन् ।

५. अल्जाइमर
अल्जाइमरले मस्तिष्कको चेतना प्रवाहित गर्ने प्रणालीमा असर गर्छ । यो पुरुषमा भन्दा महिलामा बढी हुने गर्छ । पुरुषमा भने अर्को मस्तिष्करोग पार्किन्सन्स बढी छ । अल्जाइमरको मुख्य कारण अज्ञात नै छ, तर बुढ्यौली र पारिवारिक कारण यसका मुख्य कारण हुन् भने मोटोपन, उच्च रक्तचाप, डाउनसिन्ड्रोम पनि यसका कमन रिस्क फ्याक्टर हुन् । लक्षणका आधारमा मात्र यसको उपचार गरिन्छ । नियमित शारीरिक व्यायामले रोग बढ्न कम गर्छ र कार्डियोरेस्पिरेटोरी फिटनेसले पनि रोगको विकास कम गर्न सघाउँछ ।

६. इन्फ्लुएन्जा
एक स्वस्थ मानिस इन्फ्लुएन्जासित आफैँ लड्न सक्छ भने रोगप्रतिरोधी क्षमता कम भएका मानिस जस्तै, बालक, वृद्ध, गर्भवती महिला, मधुमेहका बिरामी, उच्च रक्तचापका बिरामी इन्फ्लुएन्जा र निमोनियाको उच्च जोखिममा हुन्छन् ।
स्वाइनफ्लु (एच१एन१) भाइरसका कारण मृत्यु हुनेको संख्या ह्वात्तै बढेपछि ११ जुन २००९ मा विश्व स्वास्थ्य संगठनले ‘फ्लु पेन्डामिक’ घोषणा गरेको थियो । २००९–०१० मा र त्यसपछिका वर्षहरूमा यो नियमित समस्या बन्दै आएको छ । यसको संक्रमण भएमा भ्याक्सिनेसनलगायत हात धुने, नाक तथा मुखमा अनावश्यक हात नलाने, मास्क लगाउने, संक्रमितको सम्पर्कबाट बच्ने, संक्रमणको समयमा भिडभाडमा नजाने गर्नुपर्छ ।

७. स्ट्रोक
स्ट्रोक यस्तो अवस्था हो, जतिवेला मस्तिष्कमा रक्तप्रवाह रोकिन्छ र मस्तिष्कका सेलको डेथ हुन्छ । यस्तो अवस्थामा आर्टरी थुनिएर हृदयरोग र हेमरेज पनि हुन सक्छ । मोटोपन, शारीरिक निष्क्रयता, उच्च रक्तचाप, मधुमेह तथा वंशानुगत यसका कारण हुन् । यसले विभिन्नखालका जटिलता, जस्तै, प्यारालाइसिस, चेतनाप्रणालीमा क्षति, इमोसनल समस्या र असाधारण व्यवहारजस्ता समस्या निम्त्याउन सक्छ । कुनै पनि बेनसम्बन्धी रोगको उपचार जटिल छ । त्यसैले स्ट्रोकबाट बच्ने उपायबारे सचेत हुनु नै मुख्य विकल्प हो ।

८. एड्स
चिम्पान्जीबाट मानिसमा सरेको एड्स विश्वव्यापी संकटको रूपमा परिचित छ । करिब ३७ मिलियन मानिस एड्सबाट प्रभावित छन्, जब कि, आधाजासो (१७ मिलियन) मानिसलाई मात्र आफूलाई यो रोग लागेको थाहा छ । सब–साहारन अफ्रिका यो रोगबाट सबैभन्दा प्रभावित क्षेत्र हो, जहाँ २५ दशमलव ८ मिलियन मानिस एड्स भाइरसबाट प्रभावित भएको मानिन्छ । जसमा उल्लेख्य संख्यामा बालबालिका (आमाबाबुबाट सर्ने, गर्भवती अवस्थामा, स्तनपानका कारण) प्रभावित छन् । शरीरका फ्लुडबाट सर्ने, जस्तै, सेमेन, आमाको दूध, भेजाइनल फ्लुड, रेक्टल फ्लुडको संसर्गबाट जोगिन सकेमा यो रोगबाट बच्न सकिन्छ । त्यसैले सुरक्षित रक्तदान, सुरक्षित यौनसम्पर्क र सकेसम्म कम यौनसाथी बनाउने र यौनजन्य रोगको परीक्षण गर्नु यसबाट जोगिने मुख्य उपाय हुन् ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

बिर्सने रोगको जोखिम पुरुषभन्दा महिलामा बढी

अल्जाइमर स्मृतिक्षय हुने रोग हो । विस्तारपूर्वक भन्ने हो भने अल्जाइमर मस्तिष्कका विकृतिहरूको समूहगत रोग हो, जसले सोच, स्मृति, बोली, निर्णय क्षमता, छनोट तथा व्यक्तित्वलाई दुष्प्रभावित गर्छ । यो रोगले व्यक्तिको व्यवहार तथा व्यक्तित्व परिवर्तन गर्ने, बिसर्ने, संशय पैदा गराउने, नयाँ कुरा सिक्न नसक्ने, हिँडडुल गर्न नसक्ने बनाउँछ ।

यो रोग बिस्तारै बढ्दै जाने भएकाले सुरुमा यसको निदान हुँदैन, जसका कारण सुरुको अवस्थामा अधिकांश बिरामीले परीक्षण तथा उपचारको आवश्यकता महसुस गर्दैनन् । बुद्धि ह्रास हुँदै जाने भएकाले बिरामीले खाना बनाउने, टेलिफोन उठाउने, उपयुक्त कपडा लगाउनेजस्ता दैनिक कामकाज गर्न सक्दैन । अन्ततः आफ्नै छोराछोरीसमेत नचिन्ने अवस्था हुन्छ । उमेर बढेसँगै बढी देखिने यो रोग यति व्यापक हँुदै गएको छ कि, सन् २०५० सम्ममा विश्वका १ प्रतिशतभन्दा बढी (प्रत्येक ८५ मा एकजना) मानिस यसबाट पीडित हुने अनुमान गरिएको छ ।
जोखिमका कारण

बढ्दो उमेर
६५ वर्षमुनिका व्यक्तिमा यो रोग बिरलै पाइएको छ ।
पारिवारिक इतिहास :
यदि नजिकका नातामा अल्जाइमर लागेको छ भने आफूलाई पनि हुने सम्भावना अधिक हुन्छ ।

लिंग
पुरुषको तुलनामा महिला बढी बाँच्ने भएकाले तिनलाई अल्जाइमर हुने बढी सम्भावना हुन्छ । टाउकोमा लागेको चोटपटक तथा संज्ञानात्मक बधिरता (चेतनामा हानि), मुटुरोगसँग सम्बन्धित जोखिमका कारणहरू (उच्च रक्तचाप, मधुमेह, मोटोपन, उच्च लिपिडेमिया)ले पनि अल्जाइमर रोग बढाउनमा भूमिका खेलेका हुन्छन् ।

लक्षण
स्मरणशक्तिमा ह्रास आउन थाल्नु नै अल्जाइमर रोगको संकेत हो । अल्जाइमर रोगीले आफूलाई अल्जाइमर भएको थाहा नपाउन सक्छ, तर परिवारका अन्य सदस्यले उसका व्यवहार हेरेर लख काट्न सक्छन् । अल्जाइमर रोग लागेपछि देखिने स्मरणशक्तिसँग सम्बन्धित केही उदाहरण यसप्रकार छन् :
महत्वपूर्ण तिथिमिति बिर्सनु,
एउटै प्रश्न बारम्बार सोध्नु,
सम्झाउने कुराहरू वा सहयोगी चाहिनु,
आफ्ना दैनिक काम पूरा गर्न नसक्नु,
ठाउँ, मिति र समयबारे भ्रम उत्पन्न हुनु,
असामान्य ठाउँमा सामान राख्नु, आफूले राखेको ठाउँ बिर्सेर फेला पार्न नसक्नु,
राम्रो निर्णय गर्न नसक्नु, जस्तै : जोपायो उसलाई ठूलो रकम दिएर पठाउनु,
सामाजिक क्रियाकलापबाट हात झिक्नु,
आफूलाई मनपरेका कुराहरू पनि नगर्नु,
व्यक्तित्व र मुडमा परिवर्तन आउनु, जस्तै : स–साना कुरामा डराउनु, दिग्भ्रमित हुनु, शंकालु हुनु,
कुनै कुरालाई राम्रोसँग मिलाएर राख्न नसक्ने हुनु, जस्तै :कुर्सी, टेबुल मिलाउन नजान्नु, आदि ।

उपचार
अल्जाइमर रोगको कुनै निश्चित उपचार छैन, खाली चिकित्सकले स्मरण क्षमतामा आएको कमी तथा मस्तिष्कका अन्य क्रियाकलापलाई कसरी व्यवस्थित गर्ने भन्ने सिकाउनेछन् । नियमित शारीरिक व्यायाम, सामाजिक तथा बौद्धिक क्रियाकलापमा सक्रियतालगायतले यो रोग बढ्ने गतिलाई मत्थर पार्छन् ।

रोकथाम
जीवनशैलीका केही तरिकाले अल्जाइमर रोग हुने सम्भावना घटाउन सक्छन् । सामाजिक क्रियाकलापमा बढी सक्रिय हुनु तथा बौद्धिक व्यायाम हुनेखालका काममा लाग्नुले तपाईंको मस्तिष्कको कार्यक्षमतालाई जोगाउन सक्छ । सँगसँगै रक्तसञ्चार प्रणालीलाई चुस्त–दुरुस्त राख्नेखालका नियमित शारीरिक व्यायामले पनि मस्तिष्कलाई ओरालो लाग्नबाट जोगाउने क्षमता राख्दछ । चिल्लोपदार्थ कम भएको खानेकुरा, सागसब्जी र फलफूलको नियमित सेवन पनि अल्जाइमर रोगको सम्भावनालाई न्यून गर्ने उपाय हो । भेजिटेरियानलाई अल्जाइमर हुने संभावना कम हुन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै