‘महामारीको सामना गर्न निजी स्वास्थ्य संस्था तम्तयार छन्’

नेपाल निजी स्वास्थ्य संस्थाहरुको संघ(अफिन)ले सबै निजी स्वास्थ्य संस्थाहरु सरकारको निर्देशनअनुसार महामारीसँग जुध्न तयारी अवस्थामा रहेको जनाएको छ।

‘नेपाल सरकार स्वास्थ्य मन्त्रालयमा गठित समितिबाट तोकिएका निजी अस्पतालहरुमा संक्रमित बिरामीहरुको उपचाराथ आइसियू, फिबर क्लिनिक र आइसोलेसन कक्षको व्यवस्थापन गरी तयारी अवस्थामा रहेको व्यहोरासमेत सम्बन्धित सबैलाई जानकारी गराउँछौं’ संघका महासचिब हेमराज दाहालले प्रेस विज्ञप्ती जारी गर्दै भनेका छन्।

त्यस्तै महामारीको अवस्थामा कुनै पनि नागरिकलाई स्वास्थ्य सेवाबाट बन्चित नगर्न र नगराउन पनि सबै निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई संघले आग्रह गरेको छ।

‘सामाजिक उत्तर दायित्वप्रति जिम्मेवारी बोध गरी यस कोभिड—१९को असरलाई सामना गर्न जस्तोसुकै परिस्थितिका वावजुद निश्वार्थरुपमा राज्यलाई सहयोग गर्न निजी स्वास्थ्यक्षेत्र तम्तयारी अवस्थामा रहेको प्रतिवद्धता व्यक्त गर्दछौं’ विज्ञप्तीमा भनिएको छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै