अनिश्चितकालीन सेवा–बहिष्कार

कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै सरकारी चिकित्सकहरू एक सातादेखि सेवा–बहिष्कार आन्दोलनमा छन् । सरकारी चिकित्सक संघ नेपाल (गोदान)को गत शुक्रबारदेखि देशभर जारी अनिश्चितकालीन सेवा–बहिष्कार आन्दोलनका कारण दैनिक करिब ५० हजार निम्न आयस्तरका बिरामी मर्कामा परेका छन् । लामो समयदेखि ओपिडीसेवा बन्द रहँदा सरकारी अस्पतालका आकस्मिककक्षमा भिड अत्यधिक बढेको छ ।...