चितवनमा ब्रेनडेथपछि अंग प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी, कानुनी अड्चन हटाउनुपर्नेमा जोड

चितवनमा पहिलोपटक ब्रेनडेथ भएका व्यक्तिबाट अंग प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रियस्तरको गोष्ठी सम्पन्न भएको छ । ब्रेनडेथ भएका व्यक्तिका अंगहरू अन्य बिरामीमा प्रत्यारोपण गर्न सकिनेबारे सर्वसाधारणमा जनचेतना जगाउन पुरानो मेडिकल कलेज (सिओएमएस) ले गोष्ठीको आयोजना गरेको हो ।

दुई दिनसम्म सञ्चालन भएको गोष्ठीमा भारत र नेपालका १ सय ५० भन्दा बढी मानव अंग प्रत्यारोपण सर्जनको सहभागिता थियो । कार्यक्रममा ६० जना सर्जनले आफ्नो मानव अंग प्रत्यारोपणका विषयमा प्रस्तुति दिएका थिए ।

शुक्रबारदेखि सुरु भएको गोष्ठीका सहभागीले मानव अंग प्रत्यारोपणका लागि कानुन बलियो बनाउन सरकारलाई दबाब दिनुपर्ने तथा अंगदानका लागि स्थानीय तह हुँदै सर्वसाधारणसम्म जनचेतना जगाउनुपर्ने धारणा राखेको पुरानो मेडिकल कलेजका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले जानकारी दिए । चिकित्सकलाई सुरक्षा र बिरामीलाई विश्वास दिलाउन कानुन आवश्यक रहेको उनीहरूको भनाइ थियो । सरकारले यससम्बन्धी कानुन बनाउन ढिलो गर्न नहुने सहभागीले बताए । देशले अंग प्रत्यारोपणसम्बन्धी काममा सफलता हासिल गरिरहेको अवस्थामा केही कानुनी अड्चन देखिएको चिकित्सकहरू बताउँछन् । कार्यक्रममा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कानुन निर्माण गर्न आफूले सक्दो सहायोग गर्ने प्रतिबद्धता जनाए ।

मानव शरीरको अंग प्रत्यारोपणसम्बन्धी ऐन, २०५५ मा बिरामीका नजिकका नातेदारले मात्र अंग दिन पाउने प्रावधान छ । यो कानुनले बिरामीका छोराछोरी, आमा–बाबु, दाजु–भाइ, दिदी–बहिनी, काका, भतिजा, भतिजी, बाबुतर्फको बाजेबज्यै, छोरातर्फको नातिनातिनी, छोरीतर्फको नातिनातिनी र दुई वर्षदेखि अटुट रूपमा सम्बन्ध कायम रहेका पति–पत्नी, धर्मपुत्र, धर्मपुत्री, सौतेनी आमा, सौतेनी बाबु र सासूससुरालाई नजिकको नातेदार मानेको छ । कानुनविपरीत मिर्गौला प्रत्यारोपण गर्नेलाई पाँच वर्ष कैद र ५ लाखसम्म जरिवाना हुने प्रावधान छ ।

ब्रेनडेथ भएका व्यक्तिको जीवन केही दिन लम्ब्याउन सकिए पनि बचाउन नसकिने भएकाले उनीहरूबाट अंग झिकेर आवश्यक भएका बिरामीमा प्रत्यारोपण गर्न सकिन्छ । ब्रेनडेथ भएको निश्चित समयमा शरीरभित्र सक्रिय र स्वस्थ रहेका अंगहरू दान गरी ती अंग फेल भएका बिरामीको शरीरमा प्रत्यारोपण गरिन्छ ।
एउटा ब्रेनडेथ भएको व्यक्तिले मर्दामर्दै मिर्गौला फेल भएका दुई बिरामीलाई जीवनदान दिएर जान सक्छ । त्यस्तै, मुटु, फोक्सोलगायतको पनि प्रत्यारोपण गर्न सकिने भएकाले मृत्यु निश्चित भएको एक व्यक्तिले करिब आधा दर्जन बिरामीलाई जीवन दिन सक्ने चिकित्सकहरू बताउँछन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कलेजो प्रत्यारोपणको सुस्ततम गति : ४ अस्पताल, २ प्रत्यारोपण ! नयाँ निजीले देलान् त राहत ?

चिकित्साविज्ञानमा जटिलतम सेवामध्ये मानिने कलेजो प्रत्यारोपणका लागि नेपालमा अनुमति पाउने स्वास्थ्यसंस्थाको संख्या ४ पुगेको छ । स्वास्थ्यसेवा विभागअन्तर्गतको अंग प्रत्यारोपण समन्वय समितिले पछिल्लोपटक निजीस्तरमा सञ्चालित फोफसलका दुई मेडिकल कलेजलाई प्रत्यारोपण अनुमति दिएसँगै कलोजो प्रत्यारोपण अनुमति पाउने स्वास्थ्यसंस्था ४ पुगेका हुन् । पछिल्लोपटक चितवनका चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसले कलेजो प्रत्यारोपण अनुमति पाएका छन् । सरकारीस्तरमा भक्तपुरस्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र र महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले यसअघि नै कलोजो प्रत्यारोपण अनुमति पाइसकेका छन् ।

प्रत्यारोपण अनुमति पाउने स्वास्थ्यसंस्था थपिरहँदा कलेजो प्रत्यारोपणको अवस्था भने शून्यप्रायः नै छ । पहिलोपटक दुई बिरामीमा कलेजो प्रत्यारोपण गराएको मानव अंग प्रत्यारोपण केन्द्रले पनि त्यसपछि प्रत्यारोपणलाई निरन्तरता दिन नसकेको अवस्था छ । त्रिवि शिक्षणले भने करिब ४ महिनाअघि नै अनुमति पाएर प्रत्यारोपणका सम्पूर्ण तयारी पूरा भएको जनाए पनि हालसम्म प्रत्यारोपण सुरु गर्न सकेको छैन ।

अनुमति पाएसँगै सम्पूर्ण तयारी पूरा भइसकेकाले एक महिनाभित्रै सेवा सुरु गर्ने जनाएको देशकै उपचारको केन्द्र मानिने त्रिवि अस्पतालले ४ महिना बितिसक्दा पनि सेवा सुरु गर्न नसक्नुले कलेजो प्रत्यारोपणको संवेदनशीलता र जटिलतालाई उजागर गर्छ ।

विशेषगरी, कलेजो लिने व्यक्तिको दिने व्यक्ति (डोनर)सँगको रक्तसमूह, कलेजोको आकार, शरीरको एनाटोमी, कानुनले निर्धारण गरेको परिधिभित्रको नाता मेल खान नसक्नु नै प्रत्यारोपणमा ढिलाइको प्रमुख कारकतत्व रहेको अस्पतालका सम्बन्धित विज्ञहरूको भनाइ छ ।

किन सकेनन् अनुमति पाएकाले सेवालाई निरन्तरता दिन ?
कलेजो प्रत्यारोपण सेवा चिकित्साविज्ञानकै जटिलतम र संवेदनशील सेवा भएकाले यसको सफल क्रियान्वयनका लागि प्राविधिक सम्पन्नता, विशेषज्ञ चिकित्सक तथा अन्य आवश्यक दक्ष जनशक्तिको पर्याप्त उपलब्धता, पूर्वाधार तथा अत्याधुनिक यन्त्र–उपकरणहरूको सुलभ उपलब्धता, बिरामीको आर्थिक क्षमता त अत्यावश्यक छ नै, त्यसका अलावा कलेजो लिने र दिने व्यक्तिबीचको आंगिक, जैविक, कानुनी र सहमतिगत मेल पनि उत्तिकै आवश्यक हुन्छ ।

त्रिवि शिक्षण अस्पतालले सम्पूर्ण पूर्वाधार, प्रविधि र जनशक्तिगत तयारी पूरा भएको घोषणासहित एक महिनाभित्र प्रत्यारोपणलाई मूर्त रूप दिन प्रारम्भ गर्ने जनाएको ४ महिनाभन्दा बढी बितिसक्दा पनि प्रत्यारोपण सुरु हुन नसक्नुपछाडिको प्रमुख कारण बिरामीसित अंगदाताका आवश्यक पक्षहरूको मेल गराउन नसक्नु रहेको अस्पतालले जनाएको छ ।

विशेषगरी, कलेजो लिने व्यक्तिको दिने व्यक्ति (डोनर)सँगको रक्तसमूह, कलेजोको आकार, शरीरको एनाटोमी, कानुनले निर्धारण गरेको परिधिभित्रको नाता मेल खान नसक्नु नै प्रत्यारोपणमा ढिलाइको प्रमुख कारकतत्व रहेको अस्पतालका सम्बन्धित विज्ञहरूको भनाइ छ । यसका अतिरिक्त केही हदसम्म बिरामीमा प्रत्यारोपणका लागि आवश्यक महँगो शुल्क तिर्न सक्ने क्षमता अभाव पनि समस्याकै रूपमा छ ।

यसअघि नै दुई बिरामीमा सफल प्रत्यारोपण गरेर कलेजो प्रत्यारोपणको क्षेत्रमा चिकित्सक तथा अन्य स्वस्थ्यसंस्थाको पनि प्रेरणाको स्रोत बनेको मानव अंग प्रत्यारोपण केन्द्रले पनि प्रत्यारोपणलाई निरन्तरता दिन नसक्नुलाई भने विशेषज्ञहरू तयारीको कमीका रूपमा विश्लेषण गर्छन् । उपचारको संवेदनशीलता, जोखिम र जटिलताअनरूप त्यसलाई चिर्न सक्ने तहको पूर्वाधारलगायत सम्पूर्ण पक्षको तयारी हुन नसक्दा नै प्रत्यारोपणले निरन्तरता पाउन नसकेको उनीहरूको भनाइ छ ।

सोमबार प्रत्यारोपण अनुमतिको पत्र पाएकामध्ये कलेज अफ मेडिकल साइन्सेसले एकदेखि दुई महिनाभित्र कलेजो प्रत्यारोपणसेवालाई मूर्त रूप दिने जनाएको छ । अस्पतालका अनुसार प्रत्यारोपणका लागि बिरामी र अंगदाता पनि छनोट भइसकेको छ । विश्वविख्यात कोरियन विशेषज्ञ टोलीको नेतृत्व, भारतीय विशेषज्ञसमेतको संलग्नतामा प्रत्यारोपणको सुरुवात गरिने अस्पतालको भनाइ छ

नयाँ अनुमति पाएका निजीले सक्लान् त सेवालाई मूर्त रूप दिन ?
सोमबार प्रत्यारोपण अनुमतिको पत्र पाएकामध्ये कलेज अफ मेडिकल साइन्सेसले एकदेखि दुई महिनाभित्र कलेजो प्रत्यारोपणसेवालाई मूर्त रूप दिने जनाएको छ । अस्पतालका अनुसार प्रत्यारोपणका लागि बिरामी र अंगदाता पनि छनोट भइसकेको छ । विश्वविख्यात कोरियन विशेषज्ञ टोलीको नेतृत्व, भारतीय विशेषज्ञसमेतको संलग्नतामा प्रत्यारोपणको सुरुवात गरिने अस्पतालको भनाइ छ । ‘हामीकहाँ  डा. प्रवीण जोशीलगायत कलेजो प्रत्यारोपणका विशेषज्ञ सर्जनहरू कार्यरत हुनुहुन्छ, जसले विभिन्न समयमा भारतका प्रतिष्ठित अस्पतालहरूमा कलेजो प्रत्यारोपणमा सफल सहभागिता जनाइसक्नुभएको छ,’ अस्पताल स्रोतले भन्यो ।

करिब ४ वर्षअघि नै सन् २०१५ अप्रिलमा मिर्गौला प्रत्यारोपण अनुमति पाई सेवालाई निरन्तरता दिइरहेको र सार्क क्षेत्रकै पहिलो सर्जिकल मेडिकल कलेजका रूपमा समेत परिचय बनाएकाले पनि कलेजो प्रत्यारोपणमा पनि आत्मविश्वास बलियो रहेको अस्पतालको दाबी छ । यद्यपि, तोकिएकै समयमा सेवा सुरु हुँदा पनि प्रत्यारोपण सेवाले पाउने निरन्तरताका विषयमा भने मानव अंग प्रत्यारोपण केन्द्रकै अवस्था नहोला भन्न सकिँदैन । यसबारे अस्पताल स्रोत भन्छ, ‘कलेजो प्रत्यारोपणजस्तो जटिल विषय, त्यसमाथि पनि नेपालजस्तो देशमा ‘रेयर’ नै हुने गर्छ । त्यसैले सेवाले गति लिने विषय बिरामीका विविध पक्षमा निर्भर गर्छ ।’

त्यसैगरी मिर्गौलासँगै कलेजो प्रत्यारोपणको अनुमति पाएको चितवन मेडिकल कलेज (सिएमसी)मा कलेजो प्रत्यारोपण विशेषज्ञका रूपमा डा. छेतेन योन्जन तामाङ, डा. वरुण श्रेष्ठलगायत विशेषज्ञ चिकित्सक कार्यरत छन् । सिएमसीलाई सबैभन्दा राम्रो आइसियू ब्याकअप भएको अस्पतालका रूपमा समेत हेर्ने गरिएको छ । चितवनका यी दुवै मेडिकल कलेजले स्वास्थ्यसेवा विभागअन्तर्गतको अंग प्रत्यारोपण समन्वय समितिको १६ वैशाखको निर्णयबाट प्रत्यारोपण अनुमति पाएका हुन् ।

नेपालमा एकतिहाइभन्दा पनि कम खर्च
प्रत्यारोपणमा नेपाल आत्मनिर्भर नहुँदा ठूलो संख्याका बिरामी भारतलगायत विदेशी मुलुकहरूमा महँगो मूल्यमा सेवा लिन बाध्य छन् । विभिन्न कारणले लिभरसिरोसिस भई पूर्ण रूपमा ड्यामेज भएको कलेजोलाई फालेर स्वस्थ कलेजो भएको अन्य व्यक्तिको केही भाग काटेर प्रत्यारोपण गरिन्छ । कानुनतः अंग प्रत्यारोपणका लागि चिकित्सक र संस्था दुवै सूचीकृत भएर अनुमति लिनुपर्छ । प्रत्यारोपण गरेको बिरामीलाई उच्च निगरानी र हेरचाहका साथ राख्नुपर्छ । त्यसैले कति प्रत्यारोपण गर्ने भन्ने अस्पतालको क्षमतामा भर पर्छ ।

यसअघि नै अनुमति पाएका सरकारीस्तरका दुई अस्पतालमध्ये मानव अंग प्रत्यारोपण केन्द्रले ३ वर्षअघि नै २ सफल प्रत्यारोपण गरे पनि सेवालाई निरन्तरता दिन सकेको छैन भने उच्च क्षमताको त्रिवि शिक्षण अस्पतालले अझै सुरु गरेको छैन ।

कलेजो प्रत्यारोपण सेवा नियमित गर्न सकेमा नेपालमा उपचारका लागि धान्ने नसक्ने बिरामी आउने विशेषज्ञहरू बताउँछन् । यहाँको सुलभ मूल्यका कारण बाहिरी मुलुकबाट पनि बिरामी आकर्षित हुने उनीहरूको अनुमान छ । नेपालमा कलेजो प्रत्यारोपणका लागि करिब २० देखि २५ लाख रूपैयाँ लाग्ने अनुमान गरिएको छ, जुन छिमेकी देश भारतको तुलनामा एकतिहाइभन्दा पनि कम हो । भारतमा कलेजो प्रत्यारोपण गरेबापत बिरामीले ७० लाखभन्दा बढी खर्च गर्नुपर्ने बताइन्छ । अस्पतालमा हुने यो खर्चबाहेक पनि बिरामी कुरुवालगायत अनेकन खर्च जोडिने जानकारहरू बताउँछन् ।

अमेरिकाका वरिष्ठ सर्जन डा. थोमस स्टार्लले सन् १९६३ मा पहिलोपटक कलेजो प्रत्यारोपण सुरु गरेका थिए भने पहिलो सफल कलेजो प्रत्यारोपण सन् १९६७ मा भएको थियो । नेपालमा भने मानव अंग प्रत्यारोपण केन्द्रले विदेशी विशेषज्ञ टोलीसमेतको सहयोग र संलग्नतामा वि.सं. ०७३ मा पहिलोपटक कलेजोको सफल प्रत्यारोपण गरेको थियो । दुई बिरामीमा सफल प्रत्यारोपण गरिए पनि पर्याप्त तयारी अभावमा सेवाले निरन्तरता भने पाउन सकेको छैन ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

संसार छोडि नै सकेपछि अरू ८ जनालाई बचाएर किन नजाने ?

नेपालमा रक्तदान कार्यक्रम धेरै प्रभावकारी छ । त्यसैगरी आँखाको नानी दान गर्ने कार्य स्थापित हुँदै गएको छ । मुत्युपश्चात् जेलेर खरानी भएर वा गाडेर कुहिएर जाने अंगहरू अरू कसैका लागि पुनर्जन्मको ठूलो स्रोत वा साधन हुन सक्छन् । कुनै परिवारको सदस्यमा कुनै अंग फेल भएको छ, त्यो परिवारको मर्म, दुःख, पीडा जसले भोगेको छ, उसलाई मात्र थाहा हुन्छ ।

एक परिवारमा एकजना व्यक्तिको मिर्गौला फेल भयो भने पूरै परिवारको मिर्गौला फेल भएबराबर नै पीडा हुन्छ । त्यो परिवारले उपचारमा यति धेरै लगानी तथा समय खर्चनुपर्छ कि परिवारका पूरै सदस्य त्यही एकजना बिरामीको पछि लाग्दालाग्दै आर्थिक रूपले क्षतविक्षत हुने हुन्छ । समय त खेर गयो–गयो, अन्तिममा गएर परिवारको सदस्य गुमाउनेबाहेक अन्य विकल्प रहँदैन ।

त्यसैले यदि मिर्गौला तथा अन्य अंग फेल भएको अवस्थाको कुनै परिवारलाई अर्को परिवारको कुनै सदस्यको मस्तिष्कमुत्यु भएको छ भने उसको खेर जाने अंग दिँदा जाँदाजाँदै उसले ८ जना व्यक्तिलाई बचाएर जान सक्छ । २ वटा फोक्सो, २ मिर्गौला, मुटु, कलेजो, प्यानक्रियाज र सानो आन्द्राले ८ जना व्यक्तिको ज्यान बचाउन सक्छ । दिने परिवारले के नै गुमाउँछ र ? मुत्यु निश्चित भएको व्यक्तिको के नै गुम्छ र ? अंग प्रत्यारोपणमा नेपालमा संसारभरको उत्कृष्ट कानुन बनेको छ, कानुनमा सबै विधा समावेश गरिएको छ । यसलाई अब कार्यान्वयन गर्ने जिम्मेवारी छ । सरकारले नियम–कानुन बनाएको छ, अबको जिम्मेवारी तपाईं–हाम्रो काँधमा छ, जसबाट हामी पछाडि हट्नुहुँदैन । यसको कार्यान्वयनका लागि प्रत्येक परिवार, सबै नेपाली दाजु–भाइ तथा दिदी–बहिनीले अंग फेल भएको अवस्थामा खेर जाने अंग दिन कुनै हिचकिचाहट गर्नुहुँदैन । नेपालमा मात्र होइन, संसारका सबै देशमा मुत्युपश्चात् अंगदान दिने कार्य धेरै पछाडि सुरु भएको छ ।

यदि मिर्गौला तथा अन्य अंग फेल भएको अवस्थाको कुनै परिवारलाई अर्को परिवारको कुनै सदस्यको मस्तिष्कमुत्यु भएको छ भने उसको खेर जाने अंग दिँदा जाँदाजाँदै उसले ८ जना व्यक्तिलाई बचाएर जान सक्छ । २ वटा फोक्सो, २ मिर्गौला, मुटु, कलेजो, प्यानक्रियाज र सानो आन्द्राले ८ जना व्यक्तिको ज्यान बचाउन सक्छ । दिने परिवारले के नै गुमाउँछ र ? मुत्यु निश्चित भएको व्यक्तिको के नै गुम्छ र ?

अमेरिकाको कुरा गर्ने हो भने नियम–कानुन बन्यो, तर तत्काल काम भएन, किनभने परिवारलाई सचेत गराउने तथा बुझाउने कार्य, मुत्युपछि खेर जाने अंग कसैको पुनर्जन्मका लागि काम आउँछ भन्ने कुरा एक महिना, एक वर्षमा पनि सम्पन्न भएको छैन ।

दक्षिण कोरियाकै उदाहरण लिने हो भने त्यहाँ ३० वर्षअघि नेपालमा जस्तै मृत्युपश्चात् अंगदानको कानुन लागू हुँदा कसैले पनि अंगदान गर्न मान्दैनथे । अंगदान गर्नुको सट्टा अन्त्येष्टि नै गरौँ भन्नेखालको मानसिकता थियो । यस्तो मानसिकतालाई परिवर्तन गरेर मुत्यु हुुनै लाग्दालाग्दै कसैलाई बचाएर किन नजाने भन्ने मनसाय बुझाउनका लागि धेरै मिहिनेत गर्न बाँकी छ ।

अंग प्रत्यारोपणबारे सरकारबाट नीति–नियम बनाउने कार्य सम्पन्न भइसकेको छ । अब जिम्मेवारी नेपाली जनताकै काँधमा आएको छ । हामी मरेर जाँदा हामीले आफ्नो अंगदान गरेर जान्छौँ र कोही पनि नेपाली दाजुभाइ–दिदीबहिनीको अंग फेल भएका कारण मुत्यु हुन दिँदैनौँ भन्ने प्रतिज्ञा सबैले गर्नुपर्छ ।

अंगदान र अंग प्रत्यारोपणको सम्बन्ध नङ र मासुको जस्तै छ । अंगदान नगरी अंग प्रत्यारोपण नै हुँदैन । अंग फेल भएका व्यक्तिहरू प्रत्यारोपण नभई बाँच्नै सक्दैनन् । यति साधारण कुरालाई सबैले मनन गर्न सक्यौैँ भने अंग प्रत्यारोपणको विषयलाई अझ सहज रूपले अगाडि बढाउन सकिन्छ ।

काठमाडौं उपत्यकामा मात्र वर्षमा हजारजनाको मस्तिष्कमुत्यु हुने गरेको छ । हजारजना मस्तिष्कमुत्यु भएका व्यक्तिको अंग प्रयोग गर्न मात्र सकियो भने २ हजार मिर्गौला, फोस्सो, हजारवटा मुटु, कलेजो, प्यानक्रियाज र सानो आन्द्रा उपलब्ध हुन्छन् । यति धेरै अंग प्रयोग हुन सकेको खण्डमा नेपाल प्रत्यारोपण क्षेत्रमा आत्मनिर्भर हुन सक्छ ।

नेपालको लगभग ३ करोड जनसंख्यामा बर्सेनि ३ हजार जनाको मिर्गौला फेल हुने गर्छ । त्यसैगरी १ हजारको कलेजो फेल हुन्छ । त्यस्तै, ३० लाखको हाराहरीमा मधुमेहका बिरामी रहेको अनुसन्धानले देखाएको छ । मुटु र फोक्सोका बिरामीको यकिन तथ्यांक नै छैन । विशेषगरी मिर्गौला फेल भएका व्यक्तिलाई नेपाल सरकारले निःशुल्क डाइलाइसिस सेवा उपलब्ध गराउँदै आएको छ । यसमा हुने लगानीले स्वास्थ्यको अधिकांश बजेट अंग फेल भएका व्यक्तिमा नै गइरहेको छ ।

आज यो विषयलाई अझ उपयोगी बनाउने हो भने सरकारले दिएको पैसाले मात्र पुग्ने स्थिति छैन । यदि ३ हजार मिर्गौलाका बिरामीलाई पुनर्जन्म दिने हो भने, देशका लागि उपयोगी नागरिक बनाउने हो भने डायलाइसिसमा मृत्युतुल्य अवस्थामा राख्नुको सट्टा प्रत्यारोपण गरेर स्वस्थ, परिपक्व र सक्षम नागरिक बनाउनुपर्छ, त्यसका लागि अंगदान गर्नैपर्छ ।

काठमाडौं उपत्यकामा मात्र वर्षमा हजारजनाको मस्तिष्कमुत्यु हुने गरेको छ । हजारजना मस्तिष्कमुत्यु भएका व्यक्तिको अंग प्रयोग गर्न मात्र सकियो भने २ हजार मिर्गौला, फोस्सो, हजारवटा मुटु, कलेजो, प्यानक्रियाज र सानो आन्द्रा उपलब्ध हुन्छन् । यति धेरै अंग प्रयोग हुन सकेको खण्डमा नेपाल प्रत्यारोपण क्षेत्रमा आत्मनिर्भर हुन सक्छ ।

आफ्नो मुत्युपछि मात्रै अंगदान गर्छु भनेर प्रतिबद्धता गर्ने हो भने नेपाल अंग प्रत्यारोपणको क्षेत्रमा आत्मनिर्भर हुन सक्छ ।
मरणोप्रान्त मात्र नभई आफू स्वस्थ्य भएको अवस्थामा पनि अंगदान गरेर आफ्नो परिवारमा अंग फेल भएका सदस्यलाई बचाउन सकिन्छ । कुनै पनि नाता पर्ने नेपाली दाजु–भाइ, दिदी–बहिनीले आफ्नो परिवारको सदस्यलाई अंगदान गर्न सक्छन् । संसारमा यस्तो व्यवस्था कुनै पनि देशमा छैन ।

आममानिसले ‘मस्तिष्कमुत्यु’ र ‘कोमा’को अर्थ अलि नबुझेजस्तो लागिरहेको छ । विशेषज्ञ चिकित्सकले ६ घण्टाको फरकमा दुईचोटि जाँच गरेपछि मस्तिष्कमुत्यु भएको छ या छैन यकिन हुने गर्छ । चिकित्साविज्ञानमा मस्तिष्कमुत्यु भनेको शतप्रतिशत मुत्यु हो । यो कुरा संसारभर चिकित्साविज्ञानले प्रमाणित गरेको छ । मस्तिष्कमुत्यु भएको मानिस कहिले पनि फर्केर आउँदैन, उसको दिमाग पूर्ण रूपमा अपरिवर्तनीय रूपमा बिग्रिसकेको हुन्छ । उदाहरणका लागि मस्तिष्कमुत्यु भएको मानिसको कलाप खोलेर हेर्दा दिमाखको भागमा पानीबाहेक केही हुँदैन ।

मस्तिष्कमुत्यु भएको मानिसको मुटु, फोक्सो चलिरहेको हुन्छ र मिर्गौलाले पिसाब छानिरहेको हुन्छ । आमनागरिकलाई मेरो मान्छेलाई केही भएकै छैन, अझ उपचार गर्छु भन्ने लागिरहेको हुन्छ । तर, यसले खर्च हुनेदेखि लिएर अनावश्यक रूपमा परिवारलाई तनाव हुने गर्छ । त्यसैले मस्तिष्कमुत्यु भएको अवस्थामा हामी सहज रूपले मुत्यु स्वीकार गर्नुपर्छ । तर, कोमामा गएको मानिस पछि निको हुने सम्भावना हुन्छ ।

जबसम्म हामीले मस्तिष्कमुत्यु भएको मानिसको शतप्रतिशत मुत्यु हो भन्ने बुझाउन सक्दैनौँ, तबसम्म उसको परिवारले अंगदान गर्न मान्दैन ।
पश्चिमा मुलुकहरूमा ८० प्रतिशत मस्तिष्क भएको मानिसबाट अंग प्रत्यारोपण हुने गरेको छ । मस्तिष्कमुत्यु भएको अंग खेर जानुभन्दा किन दान नगर्ने भन्ने कुरा उनीहरूले बुझिसकेका छन् ।

वीर अस्पतालमा सयवटा अंग प्रत्यारोपण गर्दा लिनेमा ९० जना पुरुष र दिनेमा ८० जना महिला पाइएको थियो । आमाले छोरालाई, छोरीले बुबालाई र सबैभन्दा बढी श्रीमतीले श्रीमान्लाई दिएको पाइएको थियो । पुरुषले दिनुपरेमा म आफैँ कमजोर छु, कमाइ गरेर घर चलाउनुपर्ने भन्ने कुरा आउने गर्छ । श्रीमतीमा आफ्नो श्रीमान् बाँच्यो भने आफ्नो अस्तित्व रहन्छ भन्ने मनोभावना आउने तर पुरुषमा चाहिँ नआउने, यस्तो किसिमको लैंगिक भेदभाव अहिलेसम्म पनि कायम छ ।

आममानिसले ‘मस्तिष्कमुत्यु’ र ‘कोमा’को अर्थ अलि नबुझेजस्तो लागिरहेको छ । विशेषज्ञ चिकित्सकले ६ घण्टाको फरकमा दुईचोटि जाँच गरेपछि मस्तिष्कमुत्यु भएको छ या छैन यकिन हुने गर्छ । चिकित्साविज्ञानमा मस्तिष्कमुत्यु भनेको शतप्रतिशत मुत्यु हो । यो कुरा संसारभर चिकित्साविज्ञानले प्रमाणित गरेको छ । मस्तिष्कमुत्यु भएको मानिस कहिले पनि फर्केर आउँदैन, उसको दिमाग पूर्ण रूपमा अपरिवर्तनीय रूपमा बिग्रिसकेको हुन्छ ।

ट्रमा सेन्टरमा संलग्न चिकित्सकले दुर्घटनामा परी चोटपटक लागेका बिरामीको शतप्रतिशत उपचारको सफलताका लागि कोसिस गर्नुपर्छ । तर, सधैँ व्यक्ति बाँचेर जान्छ भन्ने छैन, यस्तो भएको खण्डमा निराश नभईकन उनीहरूसँग अरु मानिसको जीवन बचाउने क्षमता छ भनेर बुझाउनुपर्छ ।

हालसम्म मस्तिष्कमुत्यु भएका ३ जनाको अंगबाट ६ जनाको मिर्गौला प्रत्यारोपण र एकजनाको कलेजो प्रत्यारोपण गरेका छौँ । नेपाल सरकारले सहिद धर्म प्रत्यारोपण केन्द्रलाई कानुनमै मस्तिष्कमृत्युबाट आएको अंग समन्वयको जिम्मासमेत दिएको छ ।

नेपालको कुनै पनि अस्पतालको कुनै पनि क्षेत्रको बिरामीले स्पष्ट मापदण्डअनुसार अंग पाउने व्यवस्था गरिएको छ । जस्तो कि, मिर्गौला प्रत्यारोपण गर्नका लागि कति समय वेटिङमा बसेको हो, प्रत्यारोपण गर्न कत्तिको योग्य अवस्था छ त्यसलाई हेरेर प्राथमिकता निर्धारण गरिएको छ । लैंगिक हिसाबले महिलालाई प्राथमिकतामा राखिएको छ ।

(सातौँ फर्मा एन्ड हेल्थ एक्स्पो’मा व्यक्त विचारको सम्पादित अंश)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै