खबर
काठमाडौं महानगरमा १० हजार संक्रमित, ८० जनाको मृत्यु
काठमाडौं महानगरपालिकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब १० हजार पुगेको छ। कामपामा हालसम्म नौ हजार ८२५ जना कोरोना भाइरसबाट सङ्क्रमण भएका छन् । यसमध्ये सबैभन्दा बढी १५ नम्बर वडाका छन्। उक्त वडामा ८७१ सङ्क्रमित छन्। वडा नं ३, ११,...

-
वीरगन्जमा ५ वर्षे बालकदेखि ७७ वर्षे वृद्धमा संक्रमण पुष्टि
वीरगन्जको नारायणी प्रयोगशालामा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पिसिआर परीक्षणमा ७ महिला र २८ पुरुष गरी ३५ जनामा संक्रमण देखिएको हो। थपिएका संक्रमितहरू पर्सा, बारा, रौतहट र कास्कीका...
-
संक्रमण भएकाे १६ दिनपछि २५ वर्षीया युवतीको मृत्यु
कोरोना संक्रमण पुष्टि भएर उपचारार्थ रहेको १६ दिनपछि २५ वर्षीया युवतीको बाँकेमा मृत्यु भएको छ। कोरोना संक्रमित नेपालगन्ज उपमहानगरपालिका ९ बाँके गाउँकी युवतीको मृत्यु भएको हो। उनलाई भदौ ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो। जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन...
-
कैलाली प्रहरी हिरासतमा रहेका ७ थुनुवामा कोरोना पुष्टि
जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका ७ जना थुनुवालाई कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टका अनुसार शुक्रबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ११ प्रहरीसहित १९ जनामा कोरोना संक्रमण पुष्टि...
-
किरिया बसेका १३ जनामा कोरोना संक्रमण
किरिया बसेका १३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। आमाको मृत्युपछि काजकिरियामा बसेका एकै परिवारका १३ जनामा संक्रमण देखिएको हो। झापाको मेचीनगर नगरपालिका–८ की ७२ वर्षीया बृद्धाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो। उनको १३ दिने काजकिरिया गर्न बसेका...
-
अफिनले भन्यो— निजी ल्याबका माग नाजायज छैन
एशोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन)ले निजि ल्याबहरूले लिदैँ आएको पिसिआर शुल्क बढी नभएको जनाएको छ। शुक्रबार अफिन तथा पिसिआर टेष्ट गर्ने निजी क्षेत्रद्वारा संचालित ल्यावहरु तथा अस्पतालहरुबीच बसेको वैठकले निजी क्षेत्रका ल्यावहरुलाई नागरिकको स्वास्थ्य परीक्षणमा वाधा पर्ने...
-
कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु
पछिल्लो विवरण अनुसार नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय २० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आठवटा जिल्लाका ४ महिला र ७ पुरुष गरी ११ जनाको मृत्यु भएको...
-
कर्तव्यनिष्ट चिकित्सक गुमाउनु पर्योः स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार निधन भएका चिकित्सक हरि सापकोटाको निधनप्रति दुःख व्यक्त गरेको छ। एक विज्ञप्तीमार्फत श्रद्धाञ्जली व्यक्त गर्दैै डा. सापकोटाको निधनले एक कर्तव्यनिष्ट चिकित्सक सरकारले गुमाउनुपरेको बताएको छ। कोरोना संक्रमण भएपछि दुई सातादेखि भेरी अस्पतालमा उपचाररत अर्थोपेटिक...
-
वीर अस्पतालको शुल्क २० प्रतिशतले बढ्यो, ३५ करोड बढी घाटामा
आम्दानी घटेपछि वीर अस्पतालले सेवा शुल्क बढाएकाे छ। अस्पतालले शुक्रबारदेखि लागू हुनेगरी २० प्रतिशत शुल्क बढाएको हो। सबै शाखालाई परिमार्जित शुल्कअनुसार शुल्क लिन निर्देशन दिएको अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले बताए। ‘विधागत रूपमा शुल्क बढाएका छौं। कुनैमा बढी वा...
-
पाटन अस्पतालका कर्मचारी धमाधम राजीनामा दिँदै, बिदा बस्दै
पाटन अस्पतालमा कार्यरत कर्मचारीहरू दिनदिनै राजीनामा दिन र बिदा बस्न थालेका छन्। पछिल्लाे दुई महिनायता करिब ४० जना कर्मचारी बिदामा बस्ने र राजीनामा दिन थालेका हुन्। अस्पताल प्रशासनले भने कोही कर्मचारीको पनि राजीनामा स्वीकृत नगरिएकोे अस्पतालका निर्देशक डा. रवि...
-
कोरोनाबाट स्वास्थ्यकर्मीको मृत्यु भए एक करोड क्षतिपूर्ति माग
नेपाल चिकित्सक संघले कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु भएका एक करोड बराबर क्षतिपूर्ति दिनुपर्ने सरकारसँग माग गरेको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै संघले कोरोना उपचारमा खटिएका चिकित्सकको मृत्यु भएमा एक करोडसम्म बिमा रकम पाउने सुनिश्तिता गर्न सरकारसँग माग गरेको...
-
प्रदेश ५ सरकारले थप्यो कोरोना कोषमा १० करोड
प्रदेश ५ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा थप १० करोड निकासा दिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्री परिषदको बैठकले उक्त निर्णय गरेको हो । यसअघि पनि कोषको स्थापना गर्दा प्रदेश सरकारले १० करोड रकम छुट्याएर कोषको...
-
पूर्व राष्ट्रपति यादवले डा. केसीलाई भेटे, अनशन त्याग्न आग्रह
१९ दिनदेखि चिकित्सा क्षेत्रका विभिन्न माग लिएर आमरण अनशनमा बसेका चिकित्सक गोविन्द केसीलाई पूर्व राष्ट्रपति डा. रामवरण यादवले भेटेका छन्। विश्व अहिंसा दिवसको अवसर पारेर यादवले त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. केसीलाई भेटेका हुन्। उनले डा. केसीको स्वास्थ्य अवस्था...
-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीलाई कोरोना संक्रमण
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीलाई कोरोना संक्रमण भएको छ। ट्रम्प र उनकी पत्नी तथा अमेरिकी फर्स्ट लेडी मेलानिया ट्रम्पलाई पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ। शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी...
-
नारायणी प्रयोगशालामा आज ३३ जनामा कोरोनाको संक्रमण पुष्टि
नारायणी प्रयोगशालामा थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहिबार राति गरिएको पिसीआर परीक्षणमा ९ जना महिला र २४ जना पुरूष गरी ३३ जनामा संक्रमण देखिएको हो। थपिएका संक्रमितहरू पर्सा, बारा, सर्लाहीका रहेका...
-
प्राकृतिक चिकित्साविधिबाट काेराेना संक्रमितकाे उपचार
भरतपुर महानगरपालिका-१ स्थित वागेश्वरीको प्राकृतिक चिकित्सालय केही महिनायता भिन्न र फरक रूपमा चलिरहेछ। यहाँ अरू बेला जस्तो विभिन्नखाले दीर्घरोगी देखिँदैनन्। कोरोना भाइरसका संक्रमितले प्राकृतिक चिकित्सालय भरिएको छ। चारैतिर जंगलले घेरिएको चिकित्सालयमा बिहानदेखि नै मानिसको चहलपहल बढ्छ। ५ बजेदेखि नै...
-
महामारीको बहानामा अवैधानिक भेन्टिलेटरको व्यापार
नेपाल-कोरिया मैत्री अस्पतालले स्वीकृत नभएको भेन्टिलेटर प्रयोगमा ल्याएको पाइएको छ। ‘पाइला टेक्नोलोजी नेपाल’ ले बनाएको भेन्टिलेटर कोरोना संक्रमितको उपचारका लागि प्रयोगमा ल्याएको हो। तर, यस भेन्टिलेटरको सफल परीक्षण नभएको कारणले मानव उपचारमा ल्याउन नहुने विज्ञहरूले बताउँदै आएका छन्। भेन्टिलेटर...
-
निको भइसकेकी संक्रमितलाई पुनः संक्रमण
यही असोज ३ गते नेपालगञ्ज हुँदै हुम्ला पुगेकी जिल्लाकै पहिलो कोरोना संक्रमितमा कोरोना परीक्षण गर्दा पुनः संक्रमण पुष्टि भएको छ। नेपालगञ्जबाट हुम्ला पुगेकी सर्केगाड गाउँपालिका गोठी गाउँकी २१ वर्षीया युवतीमा दोस्रो पटक संक्रमण पुष्टि भएको हो। ४१ जनामा गरिएको...
-
गैंडाकोट नगरपालिकाका सबै कर्मचारीको स्वाब लिइने, शुक्रबार कार्यालय बन्द
कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अन्यको परीक्षण गर्न गैंडाकोट नगरपालिका शुक्रबार बन्द हुने भएको छ। पञ्जीकरण शाखामा कार्यरत दुई कर्मचारीमा बुधबार संक्रमण पुष्टि भएपछि नगरपालिकाले शुक्रबार सबै कर्मचारीको पिसिआर परीक्षण गर्न स्वाब लिने भएको हो। नगरप्रमुख छत्रराज पौडेलले कर्मचारीमा संक्रमण...
-
भक्तपुर र मध्यपुर नगरपालिकामा कोरोना संक्रमितको संख्या बढी
पहिलो चरणको लकडाउन हुँदासम्म भक्तपुरमा कोरोना संक्रमितको संख्या न्यून थियो। तर, जब लकडाउन सकिएर केही दिनका लागि खुला भयो, त्यसयता धमाधम कोरोनाका संक्रमित बढिरहेका छन्। अहिलेसम्म भक्तपुर जिल्लामा जम्मा दुई हजार ८६ जना कोरोनाका संक्रमित पुगेका छन्। संक्रमितमध्ये एक...
-
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका २७ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, सेवा अनिश्चितकालका लागि बन्द
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। २७ जनाभन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि आकस्मिक बाहेकका अन्य सेवा बन्द गरिएको प्रतिष्ठानका कोभिड फोर्कल पर्सन डा. धिरज गुरूङले बताए। ‘२७ जनाभन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको...
-
कोरोना संक्रमणपछि अर्जुनधारा नगरपालिकाका पाँच वडा कार्यालय बन्द
झापा अर्जुनधारा नगरपालिकाका १० जना कर्मचारी होम आइसोलेसनमा बसेको र तीन शाखा बन्द भएकै बेला थप तीन वडा कार्यालय अनिश्चित समयका लागि बन्द गरिएको छ । अर्जुनधारा नगरपालिका ९ का स्थानीयमा मंगलबार कोरोना संक्रमण भएपछि झापाको अर्जुनधारा नगरपालिकाका थप...
-
वीरगन्ज महानगरका २४ पुरुषमा काेराेना संक्रमण
वीरगन्जको नारायणी प्रयोगशालामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार राति कूल ९६ जनाको स्वाब परीक्षण गर्दा ३० जनामा संक्रमण देखिएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए। पर्सामा २४ जना, बाराका ३ जना, रौतहटका २...
-
लज्जित भएर डा. सावकाे समर्थन गर्न आएको हुँ: डा. भट्टराई
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विगत १७ दिनदेखि अनशनरत चिकित्सक गोविन्द केसीलाई भेटेका छन्। पूर्व प्रधानमन्त्रीस्तरिय नेतृत्वबाट डा. केसीसँगको भेट यो पहिलो हो। केसीको अवस्था कमजोर बन्दै गएको स्थितिमा भट्टराईले केसी अपचाररत त्रिवि शिक्षण अस्पतालमै पुगेर सत्याग्रहप्रति नैतिक समर्थन...
-
चिकित्सकलाई सडकमा आउन बाध्य नपारियोसः चिकित्सक संघ
१७ दिनखेखि आमरण अनशनमा बसेका चिकित्सक गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघले सरकारलाई गम्भीर बन्न ध्यानाकर्षण गराएको छ। बुधबार एक विज्ञप्ती जारी गर्दै संघले चिकित्सकहरुलाई सडकमा उत्रिन बाध्यत्मक स्थिति सिर्जना नगर्न अपिल गरिएको छ। चिकित्सा शिक्षा...
-
कोरोना संक्रमणबाट ७ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको छ। यस्तै देशभर १५ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ। १२ हजार २०५ पिसिआर परीक्षण गरिएको छ।...
-
देशभर १५५९ नयाँ संक्रमित थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर एक हजार पाँच सय ५९ जना काेराेना भाइरसका नयाँ संक्रमित थपिएका छन्। यससँगै देभभर सक्रिय संक्रमितको संख्या २० हजार ८८१ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार गत...
- ताजा समाचार
- जनप्रिय
-
स्वास्थ्य उपचारपछि आज स्वदेश फर्किँदै बाबुराम भट्टराई
-
फेरिँदो मौसममा पेटमा ग्यास भरिने समस्याबाट कसरी छुट्कारा पाउने?
-
स्नातकोत्तर तहको छात्रवृत्तिमा ४२ जना छनौट (नामसहित)
-
स्वास्थ्यकर्मी श्यामाकान्त चौधरीको निधन
-
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यवहाक उपकुलपतिमा प्रा. डा. राजेशनाथ गंगोल
-
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. मंगल रावल नियुक्त
-
१९ फागुनदेखि सांसद, संसदका पदाधिकारी र कर्मचारीलाई खोप लगाइने
-
वीरमा भएको अनियमितामा छानबीन गर्न समिति गठन, १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन
-
कमिसनको चंगुलमा वीर : उपकरण मर्मतमा ध्यान छैन, नयाँ किन्ने हतारो
-
काठमाडौंका ३५ स्थानबाट कोरोना खोप लगाइने
-
वीर अस्पतालले माग्यो कर्मचारी
-
आठ ब्रान्डका औषधी बिक्री वितरणमा रोक
-
स्वास्थ्य अनुसन्धान परिषद्ले माग्यो कर्मचारी
-
मेडिकल शिक्षा स्नातक तहका प्रवेश परीक्षा चैत्रमा : चिकित्सा आयोग
-
नर्सलाई न्युनतम पारिश्रमिक दिन स्वास्थ्य संस्थाहरूलाई मन्त्री त्रिपाठीको निर्देशन
-
स्वास्थ्य विभागद्वारा पारामेडिक्सतर्फका ३ सय ६३ जनाको स्तरवृद्धि (सूचीसहित)
-
स्वास्थ्यकर्मी खगेन्द्र थापाको निधन
-
स्वास्थ्य मन्त्रालयले माग्यो कर्मचारी समायोजनका लागि कागजपत्र
-
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो ठूलो संख्यामा कर्मचारी
-
त्रिवि सेवा आयोगले माग्यो स्वास्थ्य कर्मचारी
मुख्य खबर
-
स्वास्थ्य उपचारपछि आज स्वदेश फर्किँदै बाबुराम भट्टराई
-
स्नातकोत्तर तहको छात्रवृत्तिमा ४२ जना छनौट (नामसहित)
-
स्वास्थ्यकर्मी श्यामाकान्त चौधरीको निधन
-
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यवहाक उपकुलपतिमा प्रा. डा. राजेशनाथ गंगोल
-
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. मंगल रावल नियुक्त