४८०० स्वास्थ्यकर्मीले दिए गुनासो निवेदन, प्रायः अनमी र अहेव, अधिकांशको सिकायत पद परिवर्तन र अपायक

हेल्थपोस्ट नेपाल
फाइल तस्बिर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन भई पदस्थापनपत्र पाइसकेका कर्मचारीमा कुनै गुनासो भए प्रमाण र उपयुक्त कारणसहित निवेदन दिन दिएको समयसीमा शुक्रबार (आज) सकिँदै छ । गुनासो निवेदन दर्ता गर्ने अन्तिम दिन अपराह्न २ बजेसम्म ४ हजार ८ सय कर्मचारीले मन्त्रालयमा निवेदन दर्ता गराएको मन्त्रालयले जनाएको छ । अन्तिम दिन निवेदन दिनेको चाप खासै नदेखिएकाले बाँकी २ घण्टामा केही निवेदन थपिए पनि ५ हजार नकट्ने अनुमान मन्त्रलयको छ ।

मन्त्रालयले ९ असोजमा सूचना जारी गर्दै समायोजनपछि पदस्थापनपत्र पाइसकेका कर्मचारीमा आफ्नो समायोजनसम्बन्धी कुनै गुनासो भए १७ असोजसम्म प्रमाण, आधार र कारणसहित निवेदन पेस गर्न आह्वान गरेको थियो । मन्त्रालयले दोस्रोपटक दिएको गुनासो गर्ने मौकामा विशेषगरी अनमी र अहेवले मात्र गुनासो निवेदन दर्ता गरेको मन्त्रालयले जनाएको छ ।

गुनासो दर्ताको समयसीमा शुक्रबार सकिएपछि मन्त्रालयले दसैँ सकिएलगत्तै प्राप्त गुनासा संकलन, अध्ययन, विश्लेषण गरी पर्याप्त कारण र आधार भएमा समायोजन संशोधन गर्ने जनाएको छ । समायोजनको काम अन्तिम चरणमा पुगिसकेको जनाउँदै मन्त्रालयले दसैँ, तिहार, छठलगायत चाडपर्व सकिएपछि छिट्टै समायोजन टुंगोमा पुग्ने बताएको छ ।

गुनासो निवेदन दर्ता गराएका अधिकांशले आफूलाई अपायक पर्दाको कठिनाइ र पद परिवर्तन भएको प्रति सिकायत प्रस्तुत गरेको मन्त्रालयका जनस्वास्थ्य प्रमुख शम्भु काफ्लले जानकारी दिए । कर्मचारीले गरेको गुनासो संकलनपछि तिनको विस्तृत अध्ययन–विश्लेषण गरी पर्याप्त कारण, आधार र प्रमाण देखिएमा मात्र गुनासो सम्बोधन हुने मन्त्रालयले जनाएको छ । निवेदन आह्वानको समयमै मन्त्रालयले यो सर्त राखिसकेको छ । मन्त्रालयले ३१ भदौमा समायोजित कर्मचारीमा आफ्नो समायोजनप्रति कुनै गुनासो भए त्यसको सम्बोधनका लागि सिफारिस गर्न ‘गुनासो व्यवस्थापन र सहजीकरण समिति’ गठन गरिसकेको छ ।

मन्त्रालयले दोस्रोपटक दिएको गुनासो गर्ने मौकामा विशेषगरी अनमी र अहेवले मात्र गुनासो निवेदन दर्ता गरेको मन्त्रालयले जनाएको छ । गुनासो निवेदन दर्ता गराएका अधिकांशले आफूलाई अपायक पर्दाको कठिनाइ र पद परिवर्तन भएको प्रति सिकायत प्रस्तुत गरेको मन्त्रालयका जनस्वास्थ्य प्रमुख शम्भु काफ्लले जानकारी दिए ।

गुनासो दर्ताका क्रममा अधिकांश कर्मचारीले आफू कार्यरत स्थानमै समायोजन गरिदिनुपर्ने माग राखेका छन् । पद परिवर्तन भएर समायोजन भएको तथा आफूलाई अपायक पर्ने ठाउँमा समायोजन गरिदिएको भन्दै कर्मचारीले त्यसलाई सच्याउन माग गरेका छन् । मन्त्रालयले समायोजनको अन्तिम सूची प्रकाशन भई कार्यरत निकायमा समायोजनपत्र प्राप्त नभएसम्म जो जुन स्वास्थ्यसंस्था वा कार्यालयमा कार्यरत छ, सोही कार्यालयमा रहेर सेवाप्रवाह गरिरहन सबै कर्मचारीमा पुनः आग्रह गरेको छ ।

गुनासो दर्ताको समयसीमा शुक्रबार सकिएपछि मन्त्रालयले दसैँ सकिएलगत्तै प्राप्त गुनासा संकलन, अध्ययन, विश्लेषण गरी पर्याप्त कारण र आधार भएमा समायोजन संशोधन गर्ने जनाएको छ । समायोजनको काम अन्तिम चरणमा पुगिसकेको जनाउँदै मन्त्रालयले दसैँ, तिहार, छठलगायत चाडपर्व सकिएपछि छिट्टै समायोजन टुंगोमा पुग्ने बताएको छ ।

यसअघि लामो कसरतपछि सामान्यले दिएको स्वास्थ्यको समायोजन सूचीमा व्यापक त्रुटि भेटिएपछि स्वास्थ्यले कर्मचारीलाई गुनासो दर्ता गर्ने समय दिएको थियो । त्यतिवेला करिब १३ हजार गुनासो दर्ता गराएका थिए । त्यसमध्ये ७ हजार ७ सय ४० गुनासालाई जायज ठहर गर्दै तिनमा समायोजन सच्याउन गुनासो सम्बोधन प्राविधिक उपसमितिले सिफारिस गरेको थियो । सोही आधारमा मन्त्रालयले चरणबद्ध रुपमा समायोजन सूची सार्वजनिक गर्दै आएको छ ।

 



Leave a Reply

Your email address will not be published.