रेडियोग्राफर ५, ६, ७औँ तह र डार्करुम ४, ५, छैटौँ तहका १७३ कर्मचारीको समायोजन सूची सार्वजनिक

हेल्थपोस्ट नेपाल

स्वास्थ्य मन्त्रालयले रेडियोग्राफर उपसमूहका १ सय ३० कर्मचारीको समायोजन सूची सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक गरिएको समायोजन सूचीमा सातौँ तहका वरिष्ठ रोडियोग्राफर निरीक्षक, छैटौँ तहका रेडियोग्राफर निरीक्षक तथा पाँचौँ तहका रेडियोग्राफर छन् । अधिकांश रेडियोग्राफरको समायोजन प्रदेश र संघमा गरिएको छ । केही रेडियोग्राफर मात्र स्थानीय तहमा समायोजित भएका छन् ।

त्यसैगरी, मन्त्रालयले मंगलबार नै डार्करुम उपसमूहका ४३ कर्मचारीको पनि समायोजन सूची सार्वजनिक गरेको छ । समायोजित हुनेमा छैटौँ तहका डार्करुम असिस्टेन्ट निरीक्षक छैटौँ तह, वरिष्ठ डार्करुम असिस्टेन्ट पाँचौँ तह र डार्करुम असिस्टेन्ट चौथो तहका कर्मचारी छन् । यस उपसमूहका अधिकांश कर्मचारीको समायोजन प्रदेशअन्तर्गत गरिएको छ । केही कर्मचारी मात्र संघमा समायोजित भएका छन्

हेर्नुहोस् समायोजन सूची




Leave a Reply

Your email address will not be published.