मलेरिया लामखुट्टेका ४ प्रकार, कुन कति घातक ?
बदलिँदो परिवेशमा नयाँ–नयाँ रोगले जन्म लिइरहेका छन् । केही रोग यस्ता हुन्छन्, जसका अलग–अलग रूप हुन्छन् । यस्तोमा तिनको पहिचान गर्न निकै मुस्किल हुन्छ । मलेरिया ज्वरो एक यस्तो भाइरस हो, जसका अनेक रूप हुन्छन् । मलेरिया परजीवीले विभिन्न रूपमा शरीरमा अलग–अलग प्रभाव पार्छन्, जसको पहिचान अनेक परीक्षणपछि मात्र हुन सक्छ । लामखुट्टेको टोकाइबाट शरीरमा फैलिने मलेरिया परजीवी कुन प्रकारको हो भन्ने पहिचान गर्नु अति आवश्यक छ । वास्तवमा मलेरिया कुन–कुन रूपमा फैलिन्छ त ? यसबारेको सामग्री यहाँ प्रस्तुत गरिन्छ ।
मलेरिया परजीवीका मुख्य ४ प्रजाति
– प्लाज्मोडियम विवक्स
– प्लाज्मोडियम ओवेल
– प्लाज्मोडियम फाल्सिपेरम
– प्लाज्मोडियम मलेरिया
मलेरिया परजीवीलाई केवल माइक्रोस्कोपको सहायताले मात्र देख्न सकिन्छ । यदि तपाईंलाई मलेरियाको संक्रमण भएको छ भने तपाईंको रगतको एक थोपामै सयौँ परजीवी देख्न सकिन्छ । मलेरिया पूरै दुनियाँमा फैलिएको छ । मानिस प्रतिवर्ष भारी संख्यामा मलिरियाबाट ग्रस्त हुन्छन् । तथ्यांकअनुसार विश्वमा करिब १२ लाख मानिस मलेरियाका कारण मर्ने गर्छन् । यद्यपि, पछिल्लो समय यो पनि आशा गरिएको छ कि, आगामी वर्षहरूमा मलेरियालाई जरैदेखि उन्मूलन गर्न सकिनेछ ।
प्लाज्मोडियम विवक्स
मलेरिया परजीवीको यो प्रजाति सामान्यतया अधिक हुन्छ । यो लामखुट्टेको टोकाइबाट शरीरमा प्रवेश गर्दछ । लामखुट्टेको यो प्रजातिले भिडभाड हुने इलाका, प्रदूषित नाली तथा अँध्यारो ठाउँमा बढी आश्रय लिने गर्छ । मादा एनाफिलिज लामखुट्टेले अँध्यारो भएपछि टोक्ने गर्छ । शरीरमा यो प्रजातिले २ प्रकारले मलेरिया फैलाउने गर्छ । पहिलो यसले कलेजोमा र दोस्रो रगतको कणका माध्यमले मलेरिया फैलाउँछ । दुवै अवस्थामा कलेजो र रगतका कण प्रभावित हुन्छन्, जसका कारण मलेरिया लगातार बढ्दै जान्छ ।
प्लाज्मोडियम विवक्स – कलेजो र रगतका कणमा संक्रमण ।
प्लाज्मोडियम ओवेल – संक्रमित कोमामा जान्छ वा केही घण्टा/दिनमा मृत्यु हुन्छ ।
प्लाज्मोडियम फाल्सिपेरम – संक्रमणले मृत्युको खतरा हुँदैन ।
प्लाज्मोडियम मलेरिया – मलेरिया फैलाउनमा भूमिका निभाउँछ ।
प्लाज्मोडियम फाल्सिपेरम
गम्भीर मलेरिया विशेषतः पी फल्सिपेरमका कारण हुन्छ र सामान्यतया संक्रमणको ६ देखि १४ दिनसम्म रहन्छ । यो प्रजातिले मलेरिया फैलिएपछि या त संक्रमित व्यक्ति कोमामा जान्छ, या त केही घण्टा वा दिनभित्र उसको मृत्यु हुन्छ । सबैभन्दा बढी मलेरिया यही परजीवीको माध्यमले फैलिन्छ ।
प्लाज्मोडियम ओवेल
यो मलेरियाको पुरानो परजीवी हो । तर, यो मानिसका लागि त्यति धेरै घातक हुँदैन । यो प्रजातिले मात्र सामान्य मलेरिया फैलाउँछ । यसको संक्रमणले मृत्युको खतरा रहँदैन ।
प्लाज्मोडियम मलेरिया
यो मलेरियाको यस्तो प्रजाति हो, जसले मलेरिया फैलाउनमा आफ्नो भूमिका निभाउँछ । प्लाज्मोडियम मलेरिया मलेरिया फैलाउनमा सहयोगी बन्छ । मलेरियाका यी सबै रूप ‘प्लाज्मोडियम’ प्रजातिको यो समूहमा सामान्यतया मलेरिया परजीवीका नामले चिनिन्छन्, जसले मानिसमा मलेरिया फैलाउनमा अहम् भूमिका निर्वाह गर्छन् ।