गंगालालको कार्यकारी निर्देशकमा डा. युवराज लिम्बू

हेल्थपोस्ट नेपाल
डा. युवराज लिम्बू

बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. युवराज लिम्बू नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले निर्देशक ज्योतीन्द्र शर्माको पदावधि सकिएकै दिन आइतबार डा. लिम्बूलाई निमित्तनिर्देशकको जिम्मेवारी दिएको हो ।

छुट्टै ऐनद्वारा निर्देशित संस्थाको प्रमुख नियुक्ति मन्त्रिपरिषद्बाट हुनुपर्ने कानुनी प्रावधान भए पनि स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरीय निर्णयबाट डा. लिम्बूलाई आर्थिक अधिकारसहितको निमित्तनिर्देशकको जिम्मेवारी दिएका छन् ।

मुटुरोग विशेषज्ञ डा. लिम्बूले यसअघि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज र पाटन अस्पतालमा काम गरेका थिए । ती अस्पतालमा कार्यरत रहँदा डा. लिम्बूको कार्यक्षमतामाथि प्रश्न उठेका कारण उनले अस्पतालबाट बिदा लिनुपरेको थियो ।

डा. लिम्बू ०५९ सालदेखि गंगालाल अस्पतालमा कार्यरत छन् । उनले जातीय आन्दोलनमा बढी सक्रिय रहने गरेको आरोप खेप्दै आएका छन् ।



Leave a Reply

Your email address will not be published.