सकियो गंगालालका निर्देशक शर्माको कार्यकाल, दोहोर्‍याउन मानेनन्, अब को ?

हेल्थपोस्ट नेपाल

शहीद गंगालाल ह्दय केन्द्रका कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्माको चार वर्षे कार्यकाल आजदेखि पूरा भएको छ । शर्मा कार्यकाल सकिएसँगै केन्द्र आजदेखि नेतृत्वविहीन भएको छ । तत्कालिन कार्यकारी निर्देशक डा. मनबहादुर केसीपछि अस्पतालको नेतृत्व सम्हालेका शर्माले दोस्रको कार्यकालका लागि जिम्मेवारी दिन अनिच्छा देखाएका छन् । शर्माले चार वर्षे कार्यकालयको अन्तिम दिन सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर आफ्नो कार्यकाल भौतिक पूर्वाधार निर्माण र अस्पतालका राजस्व बृद्धिका लागि महत्वपूर्ण बनेको दावी गरेका छन् ।

शर्माले निर्देशक भएलगतै निर्माण प्रारम्भ गराएको अस्पतालको ओपिडी भवन दुई साताअघि मात्रै प्रधानमन्त्रीबाट उद्घाटन गराएका थिए । ‘मैले सेवा प्रवाह, बिरामीको उपचार, कर्मचारीको बृद्धि विकास र अस्पतालका मासिक आम्दानीलाई ७ करोडबाट १३ करोड पु¥याउँन र अस्पतालको सेवालाई काठमाडौं बाहिर विस्तारमा महत्वपूर्ण काम गर्नसकेँ,’ शर्माले उल्लेख गरेका छन् ।

उनले आफूले गरेको यो काम अस्पतालका बोर्ड सदस्यहरु, मन्त्रालय सहयोगविना संभव नहुने समेत उल्लेख गरेका छन् । उनले एउटा कार्यकालयको ‘सम्मान, गर्व, सन्तुष्टीका साथ पूरा गरेको’ भन्दै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दोस्रो कार्याकालका लागि पनि नेतृत्व लिन  गरेको प्रस्तावको सम्मान गर्दै स्वीकार नगर्ने बताएका छन् । उनले नयाँ नयाँ कार्यकारी निर्देशक नियुक्ती प्रक्रिया अगाडी बढाउँन आग्रह गरेका छन् ।

सार्वजनिक अस्पतालमध्ये सबैभन्दा प्रभावकारी सेवा र उच्च व्यवस्थापनका लागि कहलिएको गंगालालको शर्माअघि डा. मनबहादुर केसी, डा. अरुण मास्के, डा. भगवान कोइरालाले सफल नेतृत्व दिएका थिए ।

अब को ?
आगामी कार्यकालका लागि अस्पतालको निर्देशक बन्न तीन जना चिकित्सक दौडमा देखिएका छन् । बरिष्ठ चिकित्सकमध्ये डा. रामेश कोइराला, डा. चन्द्रमाणि अधिकारी र डा. युवराज लिम्बुले नेतृत्वमा इच्छा देखाएका छन् । यी मध्ये सबैभन्दा सिनियर डा. कोइराला का लागि राजनीतिक र अन्य वातावरण खासै अनुकूल देखिएको छैन् । मन्त्रालयको नेतृत्वकर्ता दलका केही नेतासँग नजिक भएका डा. लिम्बु दौडमा अगाडि देखिएपनि अस्पतालका चिकित्सक र कमृचारी लिम्बुसँग बढी त्रास्त छन् ।

यसअघि काम गरेका अधिकांश संस्थाबाट समन्वय र क्लिनिक क्षमतामा प्रश्न उठेर निकालिएका लिम्बु अन्तर विभाग समन्वयमा समेत कम्जोर मानिन्छन् । प्रधानमन्त्री निकट दलको समर्थन रहेका डा. अधिकारीका लागि लिम्बुपछि वातावरण सहज छ । तर, मन्त्री र प्रधानमन्त्रीका दलबीच मन्त्रालयका गतिविधिमा उचित समन्वय नभएको अवस्थामा अधिकारीका लागि पनि अस्पतालका अध्यक्ष एवं स्वास्थ्यमन्त्रीको समर्थन जुटाउन त्यति सहज छैन् ।



Leave a Reply

Your email address will not be published.