हावाहुरी प्रभावितका नाममा नेशनल मेडिकल कलेजको असुली, प्रधानमन्त्रीबाट प्रशंसा, मुख्यमन्त्रीबाट चेक

हेल्थपोस्ट नेपाल

बारा र पर्सामा ‘टोनार्डो’ नामक हावाहुरीबाट घाइते परिवारलाई निःशुल्क उपचार गर्ने घोषणा गरेको नेशनल मेडिकल कलेजले अन्ततः प्रदेश सरकारबाट ३१ लाख रुपैँया लिएको लियो । सरकारका प्रमुखले अस्पतालले निःशुल्क रुपमा उपचार गरेको भन्दै जनतासँग प्रधानमन्त्री कार्यक्रममा नीजि कलेजको उच्च प्रशंसा गरेका थिए । अधिकांश घाइतेका उपचार सरकारी अस्पतालमा भएपनि प्रधानमन्त्री ओलीले सरकारी अस्पतालको नामै नलिइकन नेशनलकलेजको प्रशंसा गरेका थिए ।

त्यही कलेजले केही दिनअघि मुख्यमन्त्रीबाट लाजै नमानी चेक बुझे । ‘टोनार्डो’ प्रवाति क्षेत्रमा अनुगमनमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीकै अगाडी सकलेज संचालक बसरुद्धिन अन्सारीले सञ्चारमाध्यममा घाइतेलाई निःशुल्क उपचार गर्ने घोषणा समेत गरेका थिए । सोपछि नेपाल टेलिभिजनबाट प्रशारित जनतासँग प्रधानमन्त्री कार्यक्रममा ओलीले ‘घाइतेको उपचारमा राम्रारी ध्यान दिएको पाएँ’ भन्दै कलेजको प्रशंसा सुरु गरेका थिए ।

ओलीले भनेका थिए – ‘अझै नेशनल मेडिकल कलेजले त उपचार निःशुःल्क, अप्रेसन निःशुल्क, औषधि निःशुल्क सबै घाइते र कुरुवालाई खानासमेत प्रवन्ध समेत निःशुल्क ढंगले गरेर उपचार ठूलो मात्रामा पु-याएको पाइयो, यो बहुत स्वगतयोग्य कुरा हो’ ।

ओलीले भनेका थिए – ‘अझै नेशनल मेडिकल कलेजले त उपचार निःशुःल्क, अप्रेसन निःशुल्क, औषधि निःशुल्क सबै घाइते र कुरुवालाई खानासमेत प्रवन्ध समेत निःशुल्क ढंगले गरेर उपचार ठूलो मात्रामा पु-याएको पाइयो, यो बहुत स्वगतयोग्य कुरा हो’ ।

तर, अहिले आएर कलेजले २ सय ३३ जनालाई उपचार गरेको बिल मुख्यमन्त्री कार्यालयमा पेश गरी भुत्तानी लिएको हो । मुख्यमन्त्री लालबाबु राउतले समेत उक्त घोषणालाई वेवास्ता गर्दै सार्वजनिक रुपमा फोटो खिचाएरै मेडिकल कलेजका निर्देशक आविद हुसैन अन्सारीलाई रु.३१ लाख ३८ हजार २ सय ८४ को चेक हस्तान्तरण गरे ।
घाइतेकै उपचारका विलबापत वीरगंज हेल्थ केयर हस्पिटलले १३ लाख ६३ हजार २ सय ५६ रुपैँया भुत्तानी लिएको छ । ०७५ चैत्र १७ मा आएको हावाहुरी ‘टोनार्डो’ बाट ३० भन्दा बढीको मृत्यु भएको थियो भने सयौँ व्यक्ति घाइते भएका थिए ।



Leave a Reply

Your email address will not be published.