एसएलसी पास प्राथमिक शिक्षक र एमबिबिएस डाक्टरको तलब जम्मा रु. १७४ फरक, १२ पास शिक्षकभन्दा डाक्टरको रु. २,२२० कम

हेल्थपोस्ट नेपाल

सरकारले आफूमातहतका कर्मचारीहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको सुरु (साउन)देखि नै लागू हुने गरी सरकारले कायम गरेको निजामती कर्मचारी, शिक्षक, चिकित्सक, प्राविधिक कर्मचारीलगायतको तलबमानमा एसएलसी उत्तीर्ण प्राथमिक तहको शिक्षक र एमबिबिएस चिकित्सकको अन्तिम तलबमान करिब–करिब समान रहेको छ । प्रथमिक तह प्रथम श्रेणीको शिक्षक र एमबिबिएस चिकित्सक दुवैको अन्तिम तलबमान मासिक साढे ४५ हजारको हाराहारीमा छ ।

एमबिबिएस डाक्टरको तलब एलएलसी पास शिक्षकको भन्दा जम्मा १ सय ७४ रुपैयाँ बढी
सेवाप्रवेशका बखत खरिदारसरहको प्राथमिक तृतीय श्रेणीको शिक्षकलाई दुईपटकसम्म बढुवा हुने अवसर छ । यसरी बढुवा भएर प्रथम श्रेणीमा पुगेको प्राथमिक शिक्षकको सुरुको तलबस्केल अधिकृत छैटौँसरह अर्थात् ३५ हजार ९ सय ९० रुपैयाँ छ । उक्त प्रथम श्रेणीको प्राथमिक शिक्षकले बढीमा ८ ग्रेड खान पाउने व्यवस्था छ । नयाँ व्यवस्थामा एक ग्रेडको रकम एक दिनको तलबबराबर हुन्छ । यसरी ८ वर्षभन्दा बढी प्रथम श्रेणीमा काम गरेको प्राथमिक शिक्षकले प्रति ग्रेड १२०० का दरले ८ ग्रेडबराबर ९ हजार ६ सय रुपैयाँ थप पाउँछ । यसरी प्रथम श्रेणीको प्राथमिक शिक्षकको अन्तिम तलब स्केल ४५ हजार ५ सय ९० हुन आउँछ ।

त्यसैगरी, अधिकृत आठौँ तहको डाक्टरको सुरुको तलबमान ४० हजार ३ सय ८० छ । उसले अधिकतम ४ ग्रेड मात्र खान पाउँछ । उसको प्रतिग्रेड रकम अर्थात् एक दिनको तलब १३४६ छ । यसरी ४ वर्षभन्दा बढी सेवा गरेको आठौँ तहको डाक्टरले अधिकतम ५ हजार ३ सय ८४ रुपैयाँ ग्रेड पाउँछ । यसरी आठौं तहका डाक्टरको अन्तिम तलबमान ४५ हजार ७ सय ६४ रुपैयाँ हुन आउँछ, जुन प्राथमिक तहको प्रथम श्रेणीको शिक्षकको अन्तिम तलबमानभन्दा मात्र १ सय ७४ रुपैयाँ बढी हो ।

जम्माजम्मी विद्यालय तह (कक्षा १२)सम्मको पाढाइसमेत पूरा नगरेको एसएलसी (हालको एसइई अर्थात् कक्षा १०) मात्र उत्तीर्ण प्राथमिक शिक्षकको र कम्तीमा एमबिबिएस उत्तीर्ण चिकित्सकको तलबमा २ सयको पनि फरक नहुँदा चिकित्सकहरू बेखुसी देखिएका छन् । एसएलसी मात्र उत्तीर्ण प्राथमिक शिक्षक र एसएलसीपछि ११, १२ उत्तीर्ण गरी सबैभन्दा ठूलो प्रतिष्पर्धामा अब्बल ठहरिएर लाखौँ (पेइङमा पढ्नेको हकमा करिब ५० लाख) खर्च गरी ६ वर्ष लगाएर एमबिबिएस उत्तीर्ण गरेको चिकित्सकको तलब समान हुनु अत्यन्त विभेदपूर्ण र अवैज्ञानिक भएको चिकित्सकहरूको भनाइ छ ।

१२ पास निम्नमाध्यमिक शिक्षकको भन्दा डाक्टरको तलब कम
प्रथमिक शिक्षकबराबर तलब भएका आठौँ तहका चिकित्सकको तलब १२ वा प्रवीणता प्रमाणपत्र तह पास गरेका निम्नमाध्यमिक तहका प्रथम श्रेणीका शिक्षक र स्नातक तह उत्तीर्ण माध्यमिक तह द्वितीय र प्रथम श्रेणीका शिक्षकभन्दा कम छ । निमावि प्रथम श्रेणीका शिक्षकको अन्तिम तलबमान ४७ हजार ९ सय ८४ रुपैयाँ छ । त्यसैगरी मावि द्वितीय र प्रथम श्रेणीका शिक्षकको अन्तिम तलबमान क्रमशः ५१ हजार १ सय ४८ र ५६ हजार ८ सय ५४ रुपैयाँ छ ।

स्वास्थ्यमा कसको मासिक तलब कति ?
स्वास्थ्यसेवामा कार्यरत सहायक प्रथमस्तरका कर्मचारीदेखि अधिकृत १२औँ तह (विशिष्ट श्रेणी)सम्मका चिकित्सक तथा कर्मचारीको सुरु तलब स्केल, अधिकतम ग्रेडसंख्या, प्रतिग्रेड रकम अन्तिम तलबमान यसप्रकार कायम गरिएको छ :



One thought on “एसएलसी पास प्राथमिक शिक्षक र एमबिबिएस डाक्टरको तलब जम्मा रु. १७४ फरक, १२ पास शिक्षकभन्दा डाक्टरको रु. २,२२० कम

  1. s.l.c.fail neta haru ko talab bivinna sirsak ma garera 70-80 hajar aajha i.a paas mantri haru ko ta katti ho thaha nai chhana dherai padhanu,pahaunu pani murkhata nai hune vayo yo des ma ki kya ho sarkar….

Leave a Reply

Your email address will not be published.