सिरहाका १४ स्वास्थ्यसंस्था बन्द गराइने, ६ वर्षको समय दिँदा पनि मापदण्ड पूरा गर्न देखाएनन् चासो
सिरहामा मापदण्डविपरीत सञ्चालन भइरहेका एक दर्जनभन्दा बढी निजी स्वास्थ्यसंस्था बन्द हुने अवस्थामा पुगेका छन् । जिल्ला स्वास्थ्य कार्यालय सिरहाले पटक–पटक मापदण्ड पूरा गरेर दर्ता नवीकरणका लागि आउन निर्देशन दिए पनि ती स्वास्थ्यसंस्थाहरू बलमिच्याइँ गर्दैै सञ्चालनरत छन् ।
भवनको मापदण्ड नपुगेका कारण स्वास्थ्यसंस्थाहरू नवीकरण हुन सकेका छैनन् । पटक–पटक ताकेता गरेर प्रक्रियामा आउन आग्रह गरे पनि अटेर गरी मापदण्डविपरीतका भवनामा सञ्चालन भइरहेका कारण जिल्लाका ८ अस्पताल र ६ पोलिक्लिनिक बन्द हुने अवस्थामा पुगेका हुन् ।
मापदण्डविपरीत सञ्चालनरत स्वास्थ्यसंस्थामा लहान–४ का लहान लाइफ केयर हस्पिटल प्रालि, फ्रेन्ड्स हस्पिटल र कामना नर्सिङ होम, लहान–३ को डिफाइन हस्पिटल केयर प्रालि, गोलबजार–८ को सगरमाथा मोडेल हस्पिटल प्रालि, गोलबजार–६ को धमिनी हस्पिटल प्रालि, मिर्चैया–६ को रेखा नर्सिङ केयर एन्ड डाइग्नोस्टिक सेन्टर प्रालिसहित ८ वटा स्वास्थ्यसंस्था छन् । त्यसैगरी, लहान–८ को आदित्य मेडिकेयर सेन्टर, बेस्ट राधाकृष्ण डेन्टल क्लिनिक, छपराडीको अल फ्रेन्ड हेल्थ केयर प्रालि र मिर्चैयाको सहलेश पोलिक्लिनिक नवीकरणविनै सञ्चालनमा रहेको पाइएको छ ।
नियमविपरीत सञ्चालनमा रहेका सबै स्वास्थ्यसंस्था मापदण्ड पूरा पनि नगर्ने र बन्द पनि नगर्ने हो भने गैरकानुनी रूपमा संस्था सञ्चालन गरेको अभियोगमा प्रचलित कानुनबमोजिम कारबाही हुन्छ,’ डा. यादवले भने । स्वास्थ्य कार्यालय सिरहामा २० भदौ ०७५ मा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा बसेको बैठकले नवीकरणका लागि २ महिनाको समय तोकेको थियो ।
उल्लेखित स्वास्थ्यसंस्थाहरू रहेका भवन ०७० सालभन्दा पहिले नै निर्माण गरिएका थिए । तर, स्वास्थ्यसंस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० ले स्वास्थ्यसंस्था रहने भवन भूकम्पप्रतिरोधी हुनुपर्ने प्रावधान ल्यायो । निर्देशिकाबमोजिम मापदण्ड नपुगेका स्वास्थ्यसंस्थालाई ६ वर्षभित्र मापदण्ड पूरा गर्न निर्देशन दिइएको जिल्ला कार्यालय सिरहाका प्रमुख डा. नागेन्द्रप्रसाद यादवले बताए । ‘मापदण्ड पूरा गर्न दिइएको समयसीमा अगामी असोजमा पूरा हुँदै छ,’ डा. यादवले भने, ‘तर, आजसम्म पनि यी स्वास्थ्यसंस्थाले भूकम्पप्रतिरोधी भवन निर्माण कुनै काम सुरु गरेको देखिएको छैन ।’
नवीकरण समाप्त भएका स्वास्थ्यसंस्थालाई नवीकरणका लागि प्रक्रिया पुर्याएर आउन ताकेता गरे पनि अटेर गरेकाले स्वास्थ्यसंस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० बमोजिम संस्था बन्द गरी सम्बन्धित कार्यालयमा जानकारी गराउन २२ जेठमा पत्राचार गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. यादवले बताए । ‘नियमविपरीत सञ्चालनमा रहेका सबै स्वास्थ्यसंस्था मापदण्ड पूरा पनि नगर्ने र बन्द पनि नगर्ने हो भने गैरकानुनी रूपमा संस्था सञ्चालन गरेको अभियोगमा प्रचलित कानुनबमोजिम कारबाही हुन्छ,’ डा. यादवले भने । स्वास्थ्य कार्यालय सिरहामा २० भदौ ०७५ मा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा बसेको बैठकले नवीकरणका लागि २ महिनाको समय तोकेको थियो ।
स्वास्थ्यसंस्थाहरूले भने स्थानीय तहसँग स्वीकृति लिएर नवीकरण गराएको दाबी गदैँ आएको तर स्थानीय तहले मापदण्ड नपुगेका स्वास्थ्यसंस्थालाई कारबाही गर्न कुनै चासो नलिएको डा. यादव बताउँछन् । ‘स्थानीय तहले नै यो विषयको निचोड निकाल्नुपर्ने हो, तर अहिले पनि स्वास्थ्यसंस्थाहरू मापदण्डविपरीत चलिरहेको कुरामा भने दुईमत छैन,’ डा. यादवले भने ।
‘तराईका अधिकांश भूभाग अहिले डुबानमा परेका कारण हामी राहत वितरणमा लागेका छौँ,’ उनले भने, ‘मानवीय उद्धारमा मापदण्ड नपुगेका स्वास्थ्यसंस्थाले पनि क्याम्प राखेर सेवा दिइरहेका कारण हाललाई कारबाहीको प्रक्रिया रोकिएको छ ।’ मन्त्रालयले कसले के काम गर्ने भन्ने नै स्पष्ट नपारेकाले कारबाही प्रक्रियामा अलमल परिरहेको डा. यादवको भनाइ छ ।
स्वास्थ्यसंस्थाहरूले भने स्थानीय तहसँग स्वीकृति लिएर नवीकरण गराएको दाबी गदैँ आएको तर स्थानीय तहले मापदण्ड नपुगेका स्वास्थ्यसंस्थालाई कारबाही गर्न कुनै चासो नलिएको डा. यादव बताउँछन् । ‘स्थानीय तहले नै यो विषयको निचोड निकाल्नुपर्ने हो, तर अहिले पनि स्वास्थ्यसंस्थाहरू मापदण्डविपरीत चलिरहेको कुरामा भने दुईमत छैन,’ डा. यादवले भने ।