गंगालाल अस्पतालमा नयाँ ओपिडी भवन, प्रधानमन्त्रीले भने– मुटुरोगको उपचारमा शिकारी युगको अन्त्य

हेल्थपोस्ट नेपाल

प्रधानमन्त्री केपी शर्मा ओलीले गंगालाल अस्पतालको स्थापनाले मुटुरोगको उपचारको क्षेत्रमा शिकारीयुगको अन्त्य भएको बताएका छन् । गंगालाल अस्पतालका नवनिर्मित ओपिडी भवन एवं विस्तारित आकस्मिक सेवाको उद्घाटन गर्न पुगेका ओलीले सुरुमा रोगको निदान नभइकनै मान्ने मर्ने गरेको र त्यसलाई शिकारी लागेको भन्ने गरिएको प्रसंग उप्काउँदै अहिले त्यस्तो अवस्था नरहेको सुनाए ।

उनले गंगालाल अस्पताल स्थापना हुँदाको प्रसंगमा त्यतिबेला आफू गृहमन्त्री रहेको भन्दै चिकित्सकहरु मुटुको अस्पताल खोल्ने कुरा गर्दा निकै खुसी भएको सुनाए । ‘होचो सिलिङ भएको ठाउँ हुन्थ्यो भने, टाउको ठोकिन्थ्यो होला, म त्यति खुसी भएको थिएँ’ उनले भने, ‘मलाई चिन्ता भनेको शिकारयुगको अन्त्य होला र विज्ञान युगको सुरुवात होला कि नहोला भन्ने थियो’

ओलीले आफू सानो हुँदा अधिकांश मानिस मर्दा शिकारी लागेको, शिकारीले बाण हानेको भन्ने गरिएको सुनाए । ‘त्यही अस्पतालबाट अहिले १७ हजारको त ओपनहार्ट सर्जरी भएछ, यहीबाट नयाँ जीवन पाएकाहरु देशभर छन्’ ओलीले भने । ओलीले मुटुसँगै आँखा, प्लाष्टिक सर्जरी, मिगौला प्रत्यारोपणका क्षेत्रमा नेपालले उल्लेख्य प्रगती हाँसिल गरेको समेत बताए । ओलीले हाम्रा धर्मशास्त्रले अन्धविश्वास मात्रै नपस्किएको, विज्ञान प्रविधिको विकासका आधार र ज्ञान दिएको समेत बताए । ओलीले धवन्तरी, पतन्जलीदेखि चरकजस्ता तवस्वी र योगीहरु चिकित्सा विज्ञानमा धेरै प्रयोग गरेको बताए ।

म नक्कली हैन् अस्थायी बिरामी
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपनि अस्पतालको उद्घाटनमा आएको भन्दै अस्पतालका निर्देशकले स्वागत मन्तव्यकै क्रमा प्रसंग कोट्याएका थिए । निधार्रित समयभन्दा १ घण्टा ढिला पुगेको ओलीले स्वास्थ्यका कारण बसेरै संवोधन गरेपछि परम्परागत र आधुनिक चिकित्सा पद्धतिबारे करिव १ घण्टा धारप्रवाह दिए । ओलले मन्तव्य अन्त्य गर्ने समयमा भने, ‘यति धेरै बोल्यो नक्कली बिरामी रहेछ भन्नुहोला’ उनले भने, ‘म नक्कली बिरामी होइन् अस्थायी बिरामी ’

उनले आफू सुतिरहेको र निकै कर गरेपछि मात्रै आएको बताए । अन्य स्वास्थ्य समस्या के भएको थियो भन्ने नखुलाईकनै ओलीले मन्तव्यको बीचमा बुद्धिबंगारा झरेको प्रसंग उप्काए । ‘मेरो दायाँपट्टीको बुद्धिबंगारो हिजो आफै सुस्कियो, छामेर हेरेँ रगत पनि आएको थिएन् जरा पनि रहेनछ’ ओलीले थपे, ‘मेरो हजुरआमा १०१ वर्षको हुँदासम्म मकै चपाउँनुहुन्थ्यो’
उनले थपे, ‘मेरो हजुरआमालाई प्रेसर, सुगर केही थिएन, न कहिल्यै सुई लगाउँन दिनुभयो’ उनले भने, ‘उपचार भनेकै उहाँको एउटा खल र लोहोरो थियो, त्यसैमा कुटेर विभिन्न औषधि घरमै बनाएर खानुहुन्थ्यो’

भावुक बने निर्देशक,अवरुद्ध भयो गला
अस्पतालको इतिहास, थपिएको सेवाबारे जानकारी दिन मञ्चमा पुगेका अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माका गला मन्तव्यका क्रममा रोकिए । स्वार काप्यो – जब शर्माले आफूलाई सहयोग गर्नेका नाम लिए । शर्माले अस्पतालका पूर्व निर्देशकहरु डा. मनबहादुर केसी, डा. भगवान कोइरालादेखि आफूलाई निर्देशकको नियुक्ती हुँदाका स्वास्थ्यमन्त्री खगराज अधिकारीसम्मलाई सम्झे । श्रीमती, छोराछोरी, बाबुआमा र सासुससुरालाई धन्यवाद दिइरहँदा उनको गला अवरुद्ध भएका थिए । शर्माले आफ्नो कार्यकाल जम्मा १५ दिनमात्रै वाँकी रहेको भन्दै अगामी कार्यकालयका लागि आफूभन्दा योग्य व्यक्तिलाई निर्देशक बनाउँन समेत सरकारसँग आग्रह गरे ।

प्रधानमन्त्री दुई उपप्रधानमन्त्रीहरु ईश्वार पोखरेल र उपेन्द्र यादवसमेत उपस्थित कार्यक्रममा शर्मा २४ वर्षअघि ९ वेडबाट सुरु भएको अस्पताल अहिले मुटुरोगका सम्पूर्ण उपचार संभव भएको अन्तराष्ट्यि अस्पताल भएको बताए । उनले अस्पतालले हालसम्म १७ लाखलाई ओपिडी सेवा, ७० हजार प्रोस्युजुअर, १७ हजार ओपन हार्डसर्जरी र २३ हजार मुटुका शल्यक्रिया गरेको जानकारी दिए । करिव ५१ करोड लागतमा नवनिर्मित भवन चार वर्षअघि शर्मा नै निर्देशक भएपनि निर्माण प्रारम्भ भएको थियो । नवनिर्मित भवनबाट ३४ बेडको विस्तारित आकस्मिक कक्षसहित, ओपिडीसहित अन्य थुपै सेवा विस्तार गर्ने जानकारी शर्माले दिए । कार्यक्रममा तोकिएकै समयमा भवन निर्माण पूरा गर्न सघाएको भन्दै भवन विभागका इन्जिनियारसहित निर्माण कम्पनीसमेतलाई सम्मान गरिएको थियो ।



Leave a Reply

Your email address will not be published.