बिपी स्वास्थ्यविज्ञान प्रतिष्ठानका भिसी प्रा.डा. रौनियार ८ लाख घुससहित रंगेहात पक्राउ

हेल्थपोस्ट नेपाल

सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार ८ लाख घुससहित रंगेहात पक्राउ परेका छन् ।

उपकुलपति रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले घुस लिइसकेको अवस्थामा उपकुलपतिको निवास धरानबाट बिहीबार रंगेहात नियन्त्रणमा लिएको हो । उनीसँगै डा. रामहरि रौनियारसमेत पक्राउ परेको अख्तियारले बिहीबार विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

अख्तियारका अनुसार रौनियारद्वयले प्रतिष्ठानको भवन निर्माण ठेक्कामा कमिसनबापत सेवाग्राहीसँग घुस लिएका थिए । उपकुलपति रौनियारले सेवाग्राहीसँग कमिसनबापत घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार, टंगालको टोली धरानमा खटिएको थियो ।

ठेकेदारले अख्तियारलाई जानकारी गराई घुस दिएको र रौनियारले उक्त कमिसनबापतको घुस रमक लिएलगत्तै अख्तियारले रौनियारद्वयलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका रौनियारद्वयमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.