लुम्बिनी प्रादेशिक अस्पतालको सेवामा सुधार गर : मानवअधिकार आयोग

हेल्थपोस्ट नेपाल

राष्ट्रिय मानवअधिकार आयोगले लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको अनुगमन गरी अस्पतालको अवस्थामा सुधार गर्न निर्देशन दिएको छ । अनुगमनका क्रममा अस्पतालमा सुधार गर्न सकिने न्यूनतम सुविधामा समेत ध्यान नदिएको पाइएपछि आयोगले सुधारका लागि निर्देशन दिएको हो ।

आकस्मिक रूपमा गरिएको अनुगमनमा नेपाल पत्रकार महासंघ र मानवअधिकार तथा शान्तिसमाजका पदाधिकारी एवम् इन्सेक जिल्ला प्रतिनिधिसहित अस्पताल पुगेका थिए । टोलीले अस्पतालमा कार्यरत चिकित्सक तथा उपचारमा आएका बिरामीसँग भेटघाट गरी कुराकानीसमेत गरेको थियो ।

अनुगमनका क्रममा अस्पतालमा धेरै विषयमा सुधार गर्नुपर्ने अवस्था भेटिएको र सामान्य विषयमा समेत ध्यान नदिएको पाइएको मानवअधिकार आयोग बुटवल कार्यालयका निर्देशक सम्झना शर्माले बताइन् ।

अनुगमनका क्रममा बिरामी र कुरुवाका लागि शुद्ध पिउने पानीको व्यवस्था नभएको, शौचालय अत्यन्त फोहोर रहेको, फार्मेसीमा अत्यावश्यक औषधि नभएको पाइएको आयोगले जनाएको छ । त्यसैगरी, टिकट काउन्टरमा ज्येष्ठ नागरिक र महिलाका लागि अलग–अलग लाइन हुनुपर्नेमा नभएको, बिरामी भेट्ने समय निश्चित नभएको, बिरामीले भुइँमा र एउटै बेडमा २ जना बस्नुपरेको, सिसिटिभी क्यामरा काम लाग्ने अवस्थामा नरहेको पाइएको आयोगले जनाएको छ ।

अनुगमनका क्रममा सेवाग्राहीले बिहानमा टिकट काउन्टर खुल्न ढिलो हुने गरेको, बिरामी र आफन्तलाई अस्पतालका कर्मचारी तथा नर्सिङ स्टाफले बिरामीमैत्री व्यवहार नगर्ने गरेको गुनासो गरेका थिए ।

Leave a Reply

Your email address will not be published.