चिकित्सक नहुँदा बिरामीको मृत्यु ! आफन्त भन्छन् – बोलाउन जाँदा उल्टै खानुप-यो थर्काइ
दाङको घोराहीस्थित राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानमा चिकित्सकको लापरबाहीका कारण एक महिलाको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । बंगलाचुली गाउँपालिका–७ सिरुखर्ककी ४९ वर्षीया भिमी सारुमगरको ज्वरो र पखालाका कारण सोमबार बिहान मृत्यु भएको हो ।
आफन्तका अनुसार आकस्मिककक्षमा भर्ना भएकी भिमीको स्वास्थ्यअवस्थामा सुधार आएपछि चिकित्सकले उनलाई वार्डमा पठाएका थिए । तर, आइतबार रातिबाट पिसाब रोकिएर छटपटाउन थालेको तर चिकित्सक नहुँदा बिरामीको मुत्यु भएको मृतकका श्रीमान् टीकाराम सारुमगरले बताएका छन् ।
‘हि‘हिजोसम्म बोल्ने, शौचालय जाने गरेकी थिइन्, राति एक्कासि पिसाब रोकिएर छटपटाउन थालिन्,’ सारुमगर भन्छन्, ‘बिरामी छटपटाउन थालेपछि सुरुमा नर्सलाई बोलायौँ, तर नर्सबाट उल्टै थर्काइ खानुपर्यो ।’
जोसम्म बोल्ने, शौचालय जाने गरेकी थिइन्, राति एक्कासि पिसाब रोकिएर छटपटाउन थालिन्,’ सारुमगर भन्छन्, ‘बिरामी छटपटाउन थालेपछि सुरुमा नर्सलाई बोलायौँ, तर नर्सबाट उल्टै थर्काइ खानुपर्यो ।’ प्रतिष्ठानमा ड्युटीमा रहेकी नर्सलाई पटक–पटक बिरामी हेर्न आग्रह गर्दा नआएको र डाक्टर पनि नआएका कारण श्रीमतीको अस्पतालभित्रै पनि उपचार अभावमा मृत्यु भएको सारुमगरको भनाइ छ ।
‘सोमबार बिहान ६ बजे एकजना डाक्टर आउनुभएको थियो,’ सारुमगरले भने, ‘डाक्टर आएर हेरेको केही क्षणमा बिरामीको मृत्यु भयो ।’
तर, अस्पतालका डा. जितनारायण यादवले भने बिरामीलाई पखाला लागेका कारण रक्तचापमा कमी आई मृत्यु भएको बताए ।
बिरामीको मृत्यु भइसके पनि प्रतिष्ठानले अझै मृतकका आफन्तलाई मृत्युको कारणबारे केही जानकारी दिएको छैन । घटनापछि प्रतिष्ठानपरिसरमा प्रहरी परिचालन गरिएको छ ।
झाडापखाला ले बिरामी मर्नु लाजमर्दो !! जाबो झाडापखाला को बिरामी लाई बचाउन नसक्ने अस्पताल राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान रे! लाज लागेन त्यहाँ का डाक्टर हरुलाई???