यी हुन् न्याम्स उपकुलपतिमा २२ प्रतिस्पर्धी
मुलुककै ठूलो विशेषज्ञ डाक्टर उत्पादन गर्ने स्वास्थ्य विज्ञान प्रतिष्ठान ‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान–न्याम्स (वीर अस्पताल)को रिक्त उपकुलपतिका लागि निवर्तमान उपकुलपति डा. गणेश गुरुङदेखि आठौँ तहकी ग्यास्ट्रोलोजिस्ट रमिला श्रेष्ठसमेत आकांक्षी देखिएका छन् ।
आकांक्षीमध्ये अधिकांश प्रतिष्ठानअन्तर्गत वीर अस्पतालका विभिन्न स्थानमा कार्यरत चिकित्सकहरू हुन् । प्रतिष्ठान उपकुलपति सिफारिस गर्न गठित स्वास्थ्यमन्त्री उपेन्द्र यादव संयोजकत्वको समितिले मागेको दरखास्त दिने अन्तिम मिति आइतबारसम्म २२ जनाले उम्मेदवारी हालेका छन् । उम्मेदवारी हालेर उपकुलपति नबन्ने भन्दै केही प्रतिष्ठित प्राध्यापकले भने दरखास्त नै हालेका छैनन् ।
दरखास्त हाल्नेमा निवर्तमान उपकुलपति डा. गणेश गुरुङ, निवर्तमान रेक्टर डा. यहुनचन्द्र सिवाकोटी, रजिस्ट्रार डा. किरण मानन्धरदेखि परीक्षातर्फका सहायक डिन डा. पियूष दाहालसम्म छन् । त्यसैगरी, पूर्वडिन डा. सीताराम चौधरी, पूर्वनिर्देशकहरू डा. स्वयंप्रकाश पण्डित, डा. बुलन्द थापा, पूर्वरेक्टर डा. श्रीकृष्ण गिरीसमेत छन् । न्याम्सबाहिरबाट कान्ति बाल अस्पतालका पूर्वनिर्देशक डा. अजित रायमाझी र प्रसूतिगृहका वर्तमान निर्देशक डा. जागेश्वर गौतम, मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ पनि दौडमा छन् ।
उपकुलपतिमा वीरका नाक, कान, घाँटी विभाग प्रमुख एवं चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा. ढुण्डीराज पौडेल, मेडिसिन विभागका डा. अनिल मिश्रले समेत दरखास्त हालेका छन् । प्रतिष्ठानकै चिकित्सकहरू विधाननिधि पौडेल, रेवतीरमणजी मल्ल र आकस्मिक विभाग प्रमुख डा. भोलाराम श्रेष्ठले समेत उपकुलपति हुने इच्छा देखाएका छन् ।
तीबाहेक प्रतिष्ठानबाहिरबाट डा. गेहनाथ बराल, रामपरीक्षण यादव, डा. विश्वनाथ यादव, डा. डिएन साह, वीरबाट अवकाश पाएका सर्जन विजयकुमार शर्माले उपकुलपतिमा दरखास्त हालेका छन् । यीमध्ये डा. चौधरी, डा. गुरुङ, डा. मिश्र, डा. गिरी, डा. बराल, डा. डिएन साह र डा. जागेश्वर गौतमबीच बढी प्रतिस्पर्धा हुने जानकारहरू बताउँछन् । मन्त्री संयोजक रहेको सिफारिस समितिमा प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटा सदस्य छन् । उम्मेदवारी फाइनल भएपछि अन्तर्वार्तालगायतबाट छानिएका उम्मेदवारमध्ये तीनजनाको नाम कुलपतिसमक्ष सिफारिस हुनेछ ।
दरखास्त दिने उम्मेदवारको सूची
१) प्रा.डा. सीताराम चौधरी
२) प्रा.डा. गणेशबहादुर गुरुङ
३) प्रा.डा. स्वयंप्रकाश पण्डित
४) प्रा.डा. अनिलकुमार मिश्र
५) डा. पियूष दाहाल
६) प्रा.डा. श्रीकृष्ण गिरी
७) प्रा.डा. बुलन्द थापा
८) प्रा.डा. गेहनाथ बराल
९) डा. रामपरीक्षण यादव
१०) प्रा.डा. किरण मानन्धर
११) प्रा.डा. विधाननिधि पौडेल
१२) प्रा.डा. रमिला श्रेष्ठ
१३) प्रा.डा. विजयकुमार शर्मा
१४) प्रा.डा. यहुनचन्द्र सिवाकोटी
१५) डा. विश्वनाथ यादव
१६) डा. देवनारायण शाह
१७) प्रा.डा ढुण्डीराज पौडेल
१८ प्रा. डा. अजित रायमाझी
१९) प्रा.डा. जागेश्वर गौतम
२०) प्रा.डा. रेवतीरमणजी मल्ल
२१) डा. पुकारचन्द्र श्रेष्ठ
२२) डा. भोलाराम श्रेष्ठ
न्याम्सका निबर्तमान उपकुलपति ले कनिष्ठ कर्मचारिहरु जो राजनिति मात्र गर्छन तिनका नातागोतालाई जागिर ख्वाउने भर्ति केन्द्र बनाई ४ बर्षे अबधि सफल्तापुर्वक चलाए । निबर्तमान रेक्तर किरणले प्रश्न पत्र बेच्ने पि जि को भर्नामा बिचौलियाको काम गरेर ४ बर्ष जेल बिताएका कर्मचरि लाई पुन जागिर दिन सफल प्रशासक( रजिसट्रार) मानिन्छन। चौधरि सर पनि यस्तै कान्डमा अख्तियारको फन्दामा परेका आफ्नो कार्यकाल्मा ठोश् केहि गर्न नसकेका प्रख्यात डिन मानिन्छन।
गिरि डाकसाब डव्लु एच ओ को पैसामा बिद्यार्थि लाई दिनु पर्ने सुबिधा आफै खर्च गर्ने माहिर रेक्टर मानिन्छन।
कुरा काट्ने, काम गर्न नसक्ने असन्टुष्ट पन्डित प्रष्न पत्र बेच्ने, नक्कलि भर्ना गरि पैसा बाड्ने मुड्बरि को सङ्रक्षक मानिन्छन।
मानब अङग मा बसेर न्यायधिस दाजुको आड्मा भ्रस्टचार गर्ने पुकार्को पनि राज्नैतिक् साठ्गाठ राम्रै मानिन्छ।
मन्त्रालयको चिकित्शा फाटमा बसेर सिन्को नभाच्ने भोला को कुनै शक्षिक प्रतिस्ठान चलाउन सक्ने औकात, अनुभब छैन। जगेस्वोर् गौटम सधै कुहिएर गन्हाउदै जागेका राज्नैतिक श्रश्टाका शिशु हुन।