ओम अस्पताल र मृतक रामप्यारी परिवारबीच सहमति
ओम अस्पतालमा पित्तथैलीको उपचारको क्रममा गत विहीबार मुत्यु भएकी रामप्यारीका आफन्त र अस्पताल प्रशाासन बीच सहमति भएको छ । अस्पतालले मृतक परिवारप्रति समवेदना स्वरुप अस्पतालमा तिर्न बाँकी रकम मिनाहा गर्ने सहमति भएको अस्पतालको प्रबन्धक सञ्चालक बाबुकाजी कार्कीले जनाकारी दिए ।
आफन्तले भने मृतककी छोराको शिक्षामा सघाउँने सहमति भएको जनाएका छन् । सहमतिपछि रामप्यारीको शब आइतबार राती नै पशुपति आर्यघाटमा अन्यष्टि गरिएको छ ।
ओम अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्की, मृतकका आफन्त मोहन थापा तथा महानगरिय प्रहरी वृत चक्रपथको रोहबरमा सहमति भएको हो । अस्पताल प्रशासनको पनि केही कमिकजोरी भएको स्वीकार गरिएको कार्कीले बताए ।
मृत्युको घटनापछि मृतकका आफन्तले अस्पतालको परिसरमा धर्ना दिँदै प्रदर्शन गरेका थिए । यसक्रममा प्रहरीले अस्पतालमा अश्रुग्याँस र प्रदर्शनकारीमाथि लाठि समेत हानेको थियो ।
सिन्धुपाल्चोक इन्द्रावती–१० की ५० वर्षीया रामप्यारी थापालाई जेठ २४ गते अस्पतालमा भर्ना गरिएको थियो । पित्तथैलीमा रहेको पत्थरीको अप्रेशन गर्दा भुलवस आन्द्रा काटिएपछि संक्रमण फैलिएर उपचारकै क्रममा मृत्यु भएको थियो ।