१९ वर्षपछि ‘राष्ट्रिय किशोरकिशोरी स्वास्थ्य तथा विकास’ रणनीति, यस्तो छ ७ वर्षे मार्गचित्र

हेल्थपोस्ट नेपाल

किशोरकिशोरीको स्वास्थ्यको विकास एवं प्रवद्धर्नका लागि ‘राष्ट्रिय किशोरकिशोरी स्वास्थ्य तथा विकास’ रणनीति २०७५ तयार पारिएको छ ।
सुरुमा २०५७ मा बनेको किशोर किशोरी रणनीति समयसापेक्षको नभएको महसुसगरि नयाँ आवश्यकताको संवोधन गर्नेगरी नयाँ रणनीति जारी गरिएको परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा. आरपी बिच्छाले जानकारी दिए ।

महाशाखाले मंगलबार एक कार्यक्रम आयोजना गरेर रणनीति सार्वजानिक ग-यो । डा. बिच्छाले सरकारले यस क्षेत्रमा काम गरिरहेपनि अपेक्षकृत रुपमा परिणाम आउन नसकेको सुनाए । उनले भने, ‘अपेक्षाकृत परिमाण ल्याउनको लागि स्वास्थ्य क्षेत्रको लगानी बढ्नु पर्दछ ।’महाशाखाका अनुसार १३ देखि १७ बर्षका १३.७ प्रतिशत किशोर किशोरीमा कुनै न कुनै बेला आत्महत्याको प्रयास गर्ने गरेका छन् । त्यसैगरी, सोही उमेरका समुहका किशोर किशोरीले ५.२ प्रतिशतले मध्यपान गर्ने र ८ प्रतिशतले सुर्तीसन्य पदार्थ प्रयोग गरिरहेका छन् ।

किशोरकिशोरीमा देखिएको यस्तो स्वास्थ्य समस्याको समयमै समधान नगरेर पछि ठुलो दुद्र्यटना भोक्नु पर्ने डा.बिच्छाले बताए ।‘राष्ट्रिय किशोरकिशोरी स्वास्थ्य तथा विकास रणनीति’ मा सहयोगी र सुरक्षित वातावरण निर्माण, यौन तथा प्रजजन स्वास्थ्य सुधार, पोषण अवस्थमा सुधार, लागु पदार्थ दुव्र्यसनको रोकथाम, नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रण लागि स्वास्थ्य प्रबर्धन जस्ता विषय समेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. दिपेन्द्र रमण सिंहले संघीय स्तरसम्ममा सो रणनीतिले तय भएको भन्दै रणनीतिले किशोरकिशोरीका विषयलाई संवोधन गर्नसक्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीले सरकारले किशोरकिशोरीको स्वास्थ्य क्षेत्रमा विशेष पहल गर्नु पर्ने बताए ।

यस्ता छन् रणनीति तथा मार्गचित्र
– किशोरकिशोरीको सहभागिता र नेतृत्व
– समता र समावेशीकरण
– जिम्मेवारीलाई महसुस गर्ने अधिकारमुखी पद्धती
– रणनीतिक साझेदारी
– सहकारी, गैरसरकारी तथा निजी क्षेत्रको साझेदार मार्फत किशोरकिशोरी कार्यक्रमको बिस्तार
– नेपालको संघीय संरचनामा भुमिका

प्राथमिकताको मुख्य कदमहरु
– सहयोगी र सुरक्षित वातावरणको निर्माण
– यौन तथा प्रजनन स्वास्थ्य सुधार
– पोषण अवस्थामा सुधार
– यौन तथा एच.आइ.भी संक्रमणको नियन्त्रण
– दुर्घटना, चोपटपक, प्राकृतिक प्रकोप र हिंसाबाट सुरक्षा
– लागु पदार्थको दुव्र्यसनको रोकथाम
– मनोसामाजिक, भावनात्मक र मानसिक स्वास्थ्यको विकास तथा प्रवद्र्धन
– नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रण लागि स्वास्थ्य प्रर्बधन

चुनौतीहरु
– समाज विद्यमान रहेका कुरीति,कुसंस्कारका कारण किशोरकिशोरीमा सेवा लिनमा,बाल बिबाह रोक्नमा कठिनाई
– सामाजिक संजालहरुको प्रयोग बढ्दो मात्रामा छ यसको गलत प्रयोगको कारणबाट किशोरकिशोरी खराब क्रियाकलाप तर्फ आकर्षित हुन सक्ने खतरा
– नीतिगत रुपमा किशोरकिशोरीलाई स्थानीय स्तरमा स्वास्थ्य संस्था संचालन तथा ब्यवस्थापन समितिमा अनिवार्य रुपमा समावेश गरिएको छैन, यसबाट स्वास्थ्य संस्थाबाट दिईंने सेवा तथा परामर्शमा उनीहरुको अपन्वत्वको भावना कम हुने
– यस कार्यक्रमका लागि बहुपक्षिय तथा बहुक्षेत्रियको आवश्यकता पर्छ, यसको लागि सम्बन्धित सबै मन्त्रालय, विभाग तथा निकाय र अन्य संघहरुसंग प्रभावकारी समन्वय गरेर कार्यक्रम संचालन गर्न कठिनाई हुने सक्छ
– कार्यक्रमको प्रभावकारिता मापन गर्नको लागि स्वास्थ्य ब्यवस्थापन तथा सुचना प्रणालीमा समावेश भएका सुचांकहरुले मात्रै कार्यक्रमको सम्पुर्ण प्रभावकारिता मापन हुन नसक्ने
– किशोरकिशोरी मैत्री सेवा प्रमाणित भएका स्वास्थ्य संस्थाहरुमा गुणस्तरीय सेवाको निरन्तरता



Leave a Reply

Your email address will not be published.