यौनमनोविज्ञान : उत्तेजना तथा भ्रम
धेरै मानिस यौनसमस्या लिएर अस्पताल आउँछन् । खासगरी यौनइच्छामा कमी आउने, यौनक्रियामा वीर्य छिटै खस्ने, यौनउत्साह नहुने, यौनइच्छा बढी हुने, हस्तमैथुन गर्ने तथा निद्रामा स्खलन हुने (Night Fall) वा धातुलगायत समस्या लिएर बिरामीहरू चिकित्सककहाँ आउँछन् ।
मानिसमा यौनको उत्तेजना मनोवैज्ञानिक तरिकाबाट निस्कन्छ । जब यौनबारे सोचिन्छ वा यौनक्रियाअगाडि हाम्रो सोचाइले मस्तिष्कमा रहेको पिट्युटरी ग्रन्थिबाट उत्तेजनाको सुरुवात हुन्छ, जसबाट हर्मोन सञ्चालन भई हाम्रो यौनांगलाई उत्तेजित पारी पुरुष र महिलाका यौनांगबाट एकप्रकारको रस निस्कन्छ, जसले वंशानुगत गुण सन्ततिमा सार्न सहयोग गर्छ र मानिसलाई उत्तेजित तथा आनन्दित बनाउँछ ।
यौनइच्छा नहुने समस्या पुरुष तथा महिलामा हुने एक जटिल समस्या मानिन्छ । यौनइच्छा नहुँदा बाँझोपन पनि देखापर्न सक्छ । तर, कतिपयमा यौनइच्छा हुँदैन भन्ने बिरामी अन्य रोगबाट पनि अदृश्य रूपमा पीडित भइरहेका हुन्छन् । खासगरी, डिप्रेसनरोग, जसमा यौनइच्छाको कमी पाइन्छ । हर्मोनको गडबडी र मानसिक तनाव यसका मुख्य कारण हुन सक्छन् । यौन मनको उत्तेजनासित सम्बन्धित हुने हुनाले मन खुसी हुँदा यौनइच्छा बढ्ने, मनमा चिन्ता पर्दा यौनइच्छा घट्ने हुन्छ । भनिन्छ, यौनउत्तेजनामा परिवर्तन गरी मानिसलाई १० वर्ष उमेर घटाउन सकिन्छ ।
राम्रो कुरा देख्दा, सुन्दा, सिनेमाका कुरा मनमा आउँदा, मन प्रफुल्ल हुँदा यौनउत्तेजना सकारात्मक हुनुका साथै मानिस यौनक्रियामा बढी सक्षम देखिन्छन् । तर, जब मानिस तनावमा पर्छ वा अनेकौँ जटिल समस्या दैनिक क्रियाकलापमा आउँछन्, तब यौनइच्छा एकाएक घट्छ ।
राम्रो कुरा देख्दा, सुन्दा, सिनेमाका कुरा मनमा आउँदा, मन प्रफुल्ल हुँदा यौनउत्तेजना सकारात्मक हुनुका साथै मानिस यौनक्रियामा बढी सक्षम देखिन्छन् । तर, जब मानिस तनावमा पर्छ वा अनेकौँ जटिल समस्या दैनिक क्रियाकलापमा आउँछन्, तब यौनइच्छा एकाएक घट्छ । यौनइच्छाको कुरा गर्दा उमेरको पनि ठूलो हात हुन्छ । वयस्कमा यौनइच्छा बढी हुने र बुढ्यौली लाग्दै जाँदा क्रमशः घट्दै जान्छ ।
अर्को प्रसंग, यौनक्रियामा वीर्य छिटै खस्ने समस्या लिएर धेरै बिरामी आउँछन् । सामान्यतः पुरुषमा यौनउत्तेजना छिटै आउने गर्छ भने महिलामा ढिलो आउने गर्छ । सफल यौनक्रियामा पुरुष र महिलाको उत्तेजना एकैचोटि हुनुपर्छ । वीर्य छिटै खस्ने पुरुष बिरामीमा यौनउत्तेजना पनि छिटै हराउने हुनाले महिलामा यौनउत्तेजना सुरु हुन नपाउँदै यौनक्रिया समाप्त हुन्छ, जसले गर्दा दम्पतीमा मतभेद आउने पनि हुन सक्छ । त्यसैले दुवैलाई उत्तेजना आउने उपाय सोच्नुपर्छ । खासगरी भर्खरै विवाह भएका दम्पतीमा यो समस्या देखिन्छ ।
केही बिरामी यौनइच्छा बढी भएको लक्षण बताउँछन् । यस्ता मानिस कहिलेकाहीँ मनोरोगबाट पनि पीडित हुन सक्छन् । खासगरी हाइपोमोर्निया तथा मेनियारोग एवम् यौनइच्छा बढ्ने रोगका कारण यस्तो भएको हुन्छ । यस्ता मानिसमा यौनइच्छा बढी हुन्छ र धान्न सक्दैनन् र विभिन्न समस्या आउन सक्छन् । हाम्रो समाजमा हस्तमैथुन धेरैले गरेको तर गोप्य राखेको पाइन्छ । खासगरी, किशोरावस्थामा यो बढी पाइन्छ ।
हस्तमैथुन गर्ने तर गोप्य राख्दा मनमा एक मनोवैज्ञानिक असर देखापर्छ, ‘मैले गल्ती गरेँ’ भन्ने बिरामी पनि आउँछन् । त्यस्तै, निद्रामा स्खलन हुने (Night Fall) भयो र कमजोर भइयो भनेर धेरै मानिस चिकित्सककहाँ आउँछन् । वीर्य खस्दा रगतभन्दा खतरा हुन्छ भन्ने धारणाले गर्दा बढी चिन्तित रहन्छन् र धातुरोग भनेर उपचार गर्न आउँछन् । यसबाहेक समलिंगी (पुरुष–पुरुष र महिला–महिला)बीच यौनक्रिया गर्ने आदि समस्या भएका बिरामी पनि गोप्य रूपमा डाक्टरकहाँ आउँछन् ।
कतिपय डिप्रेसनका बिरामी मेरो रोग यौनरोग हो भन्दै उपाय खोज्दै हिँडेका हुन्छन् । मेनियारोगका बिरामीमा यौनउत्तेजना बढी हुन्छ । यस्ता बिरामी उमेरै नपुगी विवाह गर्ने, बहुविवाह गर्ने वा वेश्यावृत्तिको अवस्थामा पनि पाइन सक्छन् ।
यौनक्रिया अत्यन्त गोप्य कुरा भएको हुनाले आफ्नो समस्या लामो समयसम्म सहेर बस्ने बिरामी पनि धेरै छन् । रक्सी पिउने बिरामीले श्रीमतीलाई परपुरुषसँग हिँडेको दोष लगाउँछन् र आफूमा यौनमा कमी आएको बताउँछन् । यौन समस्या भएका बिरामी सर्जन, स्त्रीरोग विशेषज्ञ, प्रहरी चिकित्सक, छालारोग विशेषज्ञदेखि मनोरोग विशेषज्ञकहाँसम्म पुगेका हुन्छन् । डिल्युजनरोगका बिरामीले आफ्नो श्रीमान् वा श्रीमतीलाई शंका गर्छन्, अनेकौँ कुरा तथा प्रमाण जुटाउन खोजी–नीति गर्छन् र शंकै–शंकामा डुबेका हुन्छन् । डिप्रेसनरोगमा यौनइच्छामा कमी आएको पाइन्छ ।
कतिपय डिप्रेसनका बिरामी मेरो रोग यौनरोग हो भन्दै उपाय खोज्दै हिँडेका हुन्छन् । मेनियारोगका बिरामीमा यौनउत्तेजना बढी हुन्छ । यस्ता बिरामी उमेरै नपुगी विवाह गर्ने, बहुविवाह गर्ने वा वेश्यावृत्तिको अवस्थामा पनि पाइन सक्छन् । सिर्जोफोनियाका बिरामीमा यौनउत्तेजना हुँदैन । उनीहरू यौनबारे अनेकौँ गलत विश्वास लिई बसेका हुन्छन् ।
यौनमनोविज्ञानमा जान्नै पर्ने कुराहरू
– यौन एक मनोवैज्ञानिक समस्या हो । मनलाई परिवर्तन गरी यौनइच्छा बढाउने र घटाउने गर्न सकिन्छ ।
– यौनलाई अत्यन्त गोप्य राख्दा अनेकौँ मनोवैज्ञानिक समस्या आउन सक्छन् ।
– यौनसमस्या पुरुष र महिला दुवैमा पाइन्छ ।
– यौनबारे वैज्ञानिक धारणाको आवश्यकता छ ।
– उपचार गरे यौनरोग निको हुन्छ ।
– यौनांग र यसका कामबारे धरै मानिसमा जानकारी छैन ।
– प्रसिद्ध मनोवैज्ञानिक फ्रायडका अनुसार मानिसका हरेक गतिविधि यौनबाट सञ्चालित हुन्छन् ।
– यौनबारे सम्झना गरिरहँदा मनको तनाव घट्छ ।
– शरीरमा यौनांगको विकास महिलामा १२–१३ वर्षदेखि र पुरुषमा १४–१५ वर्षदेखि सुरु हुन्छ ।
– विवाहपछि वंशज रक्षा गर्न वा सन्तान जन्माउन यौनक्रियाको महत्वपूर्ण भूमिका रहन्छ । यदि यौनक्रियामा आनन्द नहुँदो हो त मानिसको वंश नै लोप हुन्थ्यो होला ।
– महिलामा यौनचाहना महिनावारीको चक्रअनुसार परिवर्तन भइरहन्छ, तर पुरुषमा त्यस्तो किसिमको हुँदैन, जतिवेला पनि चाहना बढ्ने वा घट्ने हुन सक्छ ।
– सामान्यतया मन आनन्दित हुुँदा मानिसमा यौनचाहना बढ्ने र मनमा तनाव हुँदा यौनचाहना घट्ने हुन्छ ।
– यौनचाहना नहुँदा श्रीमान्–श्रीमतीबीच विवाह–बन्धन टुटेको धेरै मानिसका उदाहरण छन् । विवाह त भयो, तर सँगै नसुत्ने र दम्पतीमध्ये कनै एकमा यौनचाहना नै नहुँदा छोडपत्र भएका धेरै उदाहरण छन् ।
– यौनबारे जानकारी नहुँदा वा असुरक्षित यौनसम्पर्क गर्दा धेरै मानिस एड्स, हेपाटाइटिस बीजस्ता रोगबाट पीडित हुन्छन् । त्यसैले सुरक्षित यौनसम्पर्क आवश्यक छ ।
– मानिसमा यौनचाहना उत्तेजनाबाट सुरु हुन्छ । मनमा सोचाइ लिँदा, फिल्मका दृश्यहरू सम्झँदा मानिसमा यौनचाहना बढ्छ र तत्काल यौनसम्पर्क गर्न सक्षम हुन्छन् ।
(नसा तथा मनोरोग विशेषज्ञ, चितवन मेडिकल कलेज)