घरमै बनाउनुहोस् चामत्कारिक यी औैषधि
मोटोपन एवम् मधुमेहका लागि–
५००–५०० ग्राम गहुँ, रातो (उसिनेको) चामल, चुनेलो र बोक्रासहितको मुँगीमा २० ग्राम ज्वानो, ५० ग्राम सेतो तिल मिलाई भुट्ने र जाँतोमा दलेर वा सिलौटोमा हल्का कुटेर सिसा वा स्टिलको भाँडोमा जस्ताको तस्तै राख्ने । अब आवश्यकताअनुसार उक्त मिश्रणको ५० ग्रामलाई एक माना पानीमा हालेर पकाउने । त्यसमा स्वादअनुसार सब्जी र हल्का सिधेनुन हालेर एक–डेढ महिनासम्म नियमित सेवन गर्नाले मधुमेह (चिनीरोग)मा विशेष फाइदा पुर्याउँछ । मोटोपनबाट पीडित मुटुरोगीले यसको सेवन नियमित गर्नाले वजन घाउन ठूलो मद्दत गर्छ ।
मोतियाविन्दु र आँखासम्बन्धी अन्य रोगका लागि–
गोबरमल हालेर उत्पादन गरिएको सेतो प्याज, पहाडे कागती र अदुवाको रस १०–१० ग्राममा मिसावटरहित ५० मिलिग्राम मह मिलाएर दिनमा दुईपटक (बिहान–बेलुका) नियमित आँखामा २–२ थोपाका दरले हाल्दा मोतियाविन्दु हटेर जान्छ, साथै आँखासम्बन्धी अन्य रोगहरूमा विशेष लाभ पुर्याउँछ ।
दाँतका सम्पूर्ण विकारका लागि–
बेसार, फिटकिरी, बबुलको बोक्रा, सिधेनुन र निमपत्ता १००–१०० ग्राममा अकरकराको फूल, टिम्मरको बिउ र बर्राेको दानाको बोक्रा ५०–५० ग्राम मिलाउने । उक्त मिश्रणमा २० ग्राम ल्वाङ पनि मिलाएर मसिनो गरी पिँधेर मन्जन बनाउने र उक्त धुलोले दाँत माझ्नाले मुख तथा दाँत गन्हाउने, दाँतमा किरा लाग्ने, दाँत तथा गिजाबाट रगत आउनेजस्ता यावत् समस्याबाट चाँडै छुटकारा मिल्दछ ।
मुटुरोग, अम्लपित्त तथा पेटका लागि–
सानो लामोखाले (५०० ग्राम) लौकामा ८–१० वटा पुदिना र तुलसीका पत्ता मिलाएर एक कप रस निकाली खालीपेटमा नियमित पिउनाले मुटुका धमनीहरूमा आएकोे अवरोध खुल्दछ । अम्लपित्त एवम् पेटका सम्पूर्ण रोग नाश भएर जान्छन् ।

कमजोर मुटु हुनेका लागि–
५–१० ग्राम काहुले (काहुलो)को बोक्रालाई १ कप दूध र ३ कप पानीमा राखेर पकाई एक कप बाँकी रहेपछि छानेर बिहान खालीपेटमा नियमित केही दिनसम्म पिउनाले कमजोर मुटुका रोगीलाई अति लाभकारी हुन्छ । त्यस्तै, खालीपेटमा २–३ केस्रा लशूनलाई पानीसँग नियमित खानाले मुटुका रोगीलाई राम्रो फाइदा गर्छ ।

पहेँले (जन्डिस)÷हेपाटाइटिसका लागि–
टटलोको बोक्रा, भुइँअमलाको गुदी, पन्नरे झारको मूल (जरा)को बराबर भागलाई मिलाएर पिँधी एक कप रस निकालेर बिहान खालीपेटमा नियमित सेवन गर्नाले पहेँले एवम् हेपाटाइटिस रोग नाश भएर जान्छ ।

पुरानो खोकीका लािग–
५–७ दाना मरिचलाई मुखमा राखेर दिनभरि चुसिरहनाले खोकी लाग्न सुरु भएकै दिनबाट आराम दिन्छ । एकपल्टमा २–३ दाना मरिच मुखमा हालेर नियमित चुसिरहनाले धेरै पुरानो खोकी पनि ठिक हुन्छ ।

रक्तस्रावका लागि–
१–२ ग्राम खाने कपुरलाई एक टुक्रा केरामा राखेर खालीपेटमा खाँदा रक्तस्राव बन्द हुन्छ । एकपटक खाँदा रगत रोकिएन भने तीनपटकसम्म पनि खान सकिन्छ ।
एक गिलास गाईको तातो दूधमा १–२ टुक्रा कागतीको रस निचोरेर तुरुन्तै पिउनाले रक्तस्राव बन्द हुन्छ । तर, यस्तो प्रयोग १–२ पटकभन्दा बढी गर्नुहुँदैन ।