स्वास्थ्य मन्त्रालयबाट प्रशासन समूहका सचिव फिर्ता
सरकारले स्वास्थ्य मन्त्रालयमा खटाएका प्रशासन समूहका सचिव चन्द्रकुमार घिमिरेलाई सरुवा गरेको छ । घिमिरेलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेको छ ।
तीन महिनाअघि मात्रै उद्योग तथा आपूर्ति मन्त्रालयबाट स्वास्थ्यमा सरुवा गरेका घिमिरेको नयाँ सरुवासँग स्वास्थ्यमा चिकित्सकमात्रै सचिव भएका छन् । सोमबार बसेको मन्त्री परिषद्ले घिमिरेसहित तीन सचिवको सरुवाको निर्णय गरेको थियो ।यसबीचमा सरकारले गत असोजमा स्वास्थ्य सचिव डा. पुष्पा चौधरीलाई प्रधानमन्नत्री कार्यलयमक सरुवा गरेसँगै स्वास्थ्यमा सचिव विवाद जारी थियो ।
यसबीचमा घिमिरेलाई जनसंख्या र प्रशासन र डा. चौधरीलाई स्वास्थ्य तर्फको जिम्मेवारी दिइएको भनिएपनि कर्मचारीहरुले आफूअनुकुल फाइल फरकफरक सचिवसमक्ष पेश गर्ने गरेका थिए । प्रशासन सचिव सरुवासँगै यसबीचमा डा. चौधरीलाई असहयोग गरेका प्रशासन समूहका कर्मचारी भने, अब अप्ठ्यारोमा परेका छन् ।
पछिल्लो समयमा पनि प्रशासन समूहका केदारबहादुर अधिकारीलाई स्वास्थ्य पठाएकोमा अधिकारीलाई सरुवा गरेर घिमिरे आएका थिए । घिमिरेसँग पनि स्वास्थ्य सचिव डा. चौधरीको राम्रो सम्बन्ध हुन सकेको थिएन् ।