औषधि उत्पादक संघद्वारा हावाहुरीप्रभावित क्षेत्रमा औषधि वितरण

हेल्थपोस्ट नेपाल

विनाशकारी हावाहुरीका कारण क्षतविक्षत बनेका बारा र पर्साका पीडितलाई उद्धार र राहतमा सहयोग पुर्याउनेक्रम देशभर सामूहिक तथा व्यक्तिगत रूपमा चलिरहँदा नेपाल औषधि उत्पादक संघले हावाहुरीप्रभावित क्षेत्रमा औषधि वितरण गरेको छ । आइतबारको विनाशकारी हावाहुरीले बारा, पर्सालगायत अन्य जिल्लामा पुगेको क्षतिप्रति दुःख प्रकट गर्दै संघले नेपाल रेडक्रस सोसाइटी र मेडिकल एसोसिएसनसँग सहकार्य गर्दै औषधि उपलब्ध गराएको हो ।

संघमा आबद्ध वीरगंजमा भएका उद्योगहरूबाट सोमबार बिहानैदेखि औषधि उपलब्ध गराइएको संघले जनाएको छ । नेपाल औषधि उत्पादक संघका प्रभात रुङगटाले नेपाल मेडिकल एसोसिएसनका वीरगन्ज च्याप्टरका महासचिवलाई नारायणी अञ्चल अस्पतालमा उपलब्ध औषधि हस्तान्तरण गरेका छन् ।

संघका अनुसार हावाहुरीप्रभावित अन्य स्थानमा समेत उद्योगबाट औषधि संकलन भइरहेको छ । ‘हामी जतिसक्दो चाँडो घटनास्थलमा औषधि पुर्याउन लागिरहेका छौँ,’ संघका मिडिया कोअर्डिनेटर विप्लव अधिकारीले भने ।



Leave a Reply

Your email address will not be published.