‘एचथ्रिएनटु’ भाइरस के हो? यसका लक्षणहरू जान्नुहोस्

हेल्थपोस्ट नेपाल

इन्फ्लुएन्जाको सब-टाइप ‘एचथ्रिएनटु’ ( H3N2) जसलाई सामान्यतया हङकङ फ्लू भनिन्छ।

यो इन्फ्लुएन्जा भाइरस हो, जसले श्वासप्रश्वासमा संक्रमण गराउँछ।

‘एचथ्रिएनटु’ भाइरस इन्फ्लुएन्जा–ए भाइरसको उप प्रकार हो। डब्ल्यूएचओ र यूएस सीडीसीका अनुसार यो मानिसमा इन्फ्लुएन्जाको मुख्य कारण हो।

कोरोना पछि ‘एचथ्रिएनटु’ को डर

भारतमा डिसेम्बर १५ यता ज्वरोका आधा केस ‘एचथ्रिएनटु’ भाइरस भेटिएको छ। अस्पतालमा भर्ना भएका आधा बिरामीहरू ‘एचथ्रिएनटु’ का शिकार हुन्छन्। भर्ना भएका कुल बिरामीमध्ये ९२ प्रतिशतलाई लाई ज्वरो, ८६ प्रतिशतलाई खोकी र २७ प्रतिशतलाई सास फेर्न गाह्रो भएको थियो।

‘एचथ्रिएनटु’ का बिरामी मध्ये १० प्रतिशतलाई अक्सिजन चाहिन्छ र ७ प्रतिशतलाई आइसीयुमा भर्ना गर्नु पर्छ।

‘एचथ्रिएनटु’ को लक्षण

कुनै पनि रोग बुझ्न र उपचार गर्न, यसको लक्षणहरू बुझ्न सबैभन्दा महत्वपूर्ण हुन्छ। जसले गर्दा सबैभन्दा पहिले रोगको सही निदान गर्न सकिन्छ । यसका लक्षणहरू मौसमी फ्लू सँग मिल्दोजुल्दो छन्, जुन कहिलेकाहीँ अचानक देखापर्छ। ‘एचथ्रिएनटु’ का लक्षणहरू यस्ता छन््।

खोकी

सिँगान बग्ने वा नाक बन्द हुने

घाँटी दुख्ने

टाउको दुख्ने

शारीरिक पीडा

ज्वरो

चिसो लाग्ने

थकान महसुस हुने

पखाला

बान्ता

‘एचथ्रिएनटु’ फ्लू को कारण

‘एचथ्रिएनटु’ फ्लू मानिसबाट मानिसमा सर्न सक्छ। यद्यपि, यसको समुदायमा फैलिएको घटनाहरू अहिलेसम्म रिपोर्ट गरिएको छैन। यो संक्रामक भाइरस संक्रमित व्यक्तिको खोक्दा र हाछ्युँ गर्दा निस्कने साना थोपाका कारण फैलिन सक्छ। संक्रमित व्यक्तिसँग कुरा गर्दा निस्कने थोपाले पनि यो फ्लू फैलाउन सक्छ।

यदि संक्रमित व्यक्तिले आफ्नो मुख, नाक छोयो र त्यसको सम्पर्कमा अन्य व्यक्ति पुगे यो फ्लुबाट संक्रमित हुन सक्छ। गर्भवती महिला, बालबालिका र वृद्धहरू ‘एचथ्रिएनटु’ बाट संक्रमित हुने उच्च जोखिममा हुन्छन्।

‘एचथ्रिएनटु’  कसरी फैलिन्छ?

‘एचथ्रिएनटु’ इन्फ्लुएन्जा एक अत्यधिक संक्रामक भाइरस हो। जुन मुख वा नाकबाट निस्कने थोपाहरू मार्फत एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ। हाच्छ्युँ गर्दा, खोक्दा र बोल्दा पनि निस्कने थोपाले वरपरका मानिसहरूलाई संक्रमण गर्न सक्छ। संक्रमित सतहलाई छोएर र त्यसै हातले आफ्नो मुख वा नाक छोएर पनि संक्रमित हुन सक्छन्।

गर्भवती महिला, साना केटाकेटी, वृद्धवृद्धा र पहिलेदेखि नै गम्भीर रोगबाट ग्रसित भएकाहरूलाई यो भाइरसको संक्रमणको जोखिम झन् बढ्छ।

‘एचथ्रिएनटु’ कुन भाइरस हो?

‘एचथ्रिएनटु’ इन्फ्लुएन्जा ए भाइरसको उप प्रकार हो। यो पहिलो पटक सन् २०१० मा अमेरिकामा सुँगुरहरूमा पहिचान भएको थियो। त्यसपछि २०१२ मा १२ जना मानिसहरूमा संक्रमण पत्ता लागेको थियो।

एजेन्सि



Leave a Reply

Your email address will not be published.